Monday, March 17, 2025

सरल एवम् सफल एन्जिला

हाम्रो घर समाजका प्राय धेरै जसो घरको परिवेशको चित्रण एन्जिलामा गरिएको छ । धेरै घरपरिवारका वालवालिकाहरु अभावमा हुर्किएका हुन्छन । यस्ता परिवेशमा हुर्किएका सबै सफल हुदैनन । कति त्यहि गाँउ घरको चार सिमाना पनि पार नगरी त्यसैमा रमाई जीवन त्याग गर्छन । त्यस मध्येका केहि एन्जिला जस्तो सफल बन्न सक्छन । नेपाली राष्ट्रिय महिला टोली क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारीत चलचित्र एन्जिलाले २ घण्टा ३० मिनेट दर्शकलाई राम्ररी बाधेर राख्न सफल भएको छ । 


शुरुको केहि घण्टा लिम्वु परिवेशको चित्रणमा ईलाम वरपरको गाँउ घर समेटिएको छ । गाँउ घरमा हुने सामाजिक गतिविधि संस्कति एवम् कुसस्कृति सामान्य ढंगले देखाईएको छ । मदिरा पान, बहु विवाह, घरेलु हिंसा आदि कुराहरु समाजमा अझै पनि छन् । त्यसैलाई जस्ताको तस्तै देखाईएको छ । आफ्नो गाँउ घरमा उपलव्ध साधन र श्रोतको भरमा पनि आफ्नो मनमा लागेको ईच्छा पुरा कसरी गर्न सकिन्छ भनेर देखाईएको छ । सानै देखि फुटबल खेल्न धैरे चाहना राख्ने एन्जिला र उनकी दिदीले मोजाको बल बनाएर खेलेको देख्दा अलि पाका मानिसहरुले आफूले पनि सानो बेलामा मोजाको बल बनाएर खेलेको याद आउछ होला । खेलको ईच्छा भएपछि त्यसको चाहना मेटाउन जुन ठाउ“मा पनि अभ्यास गर्न सकिन्छ भन्ने कुरा उनीहरु बालापनमा घर बारीको काम गर्दा, सुन्तला टिप्दा, फर्सी टिप्दा पनि फुटबलको अभ्यास गरेका छन । 

आमाको मायाको एकदम सजिव चित्रण गरिएको छ । घरपरिवारलाई वास्ता नगर्ने बावु भएपनि साना नानी बावुहरुलाई कसरी हुर्काए, हर्काउन के कस्तो समस्या आई प¥र्यो र बच्चाहरुकै खुशीको लागि कस्तो कस्तो निर्णय लिनु पर्दो रहेछ भनेर देखाईएको छ । घर भाडा तिर्न नसकेर आफूले लगाई रहेको तिलहरी दिएर काखका नानीहरु बोकेर हिडेको दृष्य एकदम मर्मशपी छ । गा“उ छिमेक र घरपरिवारको दवावमा उनले छोरीलाई फुटबल खेल्ने काम रोक्न भनेका दिए । काखमा लुटपुलिएर आ“खामा आ“शु राख्दै छोरीले आफूलाई फुटबल खेल्न दिन अनुरोध गरेपछि छोरीको ईच्छाको अगाडी केहि गर्न सक्दिनन् । आफ्नै खतरा मोलेर टाढाको नाता पर्ने बहिनीकोमा फुटबल खेल्नकोलागि छोरीलाई काठमाण्डौ पठाउछिन । 

काठमाण्डौ पुगे पछि एन्जिलाको शहरी संघर्ष शुरु हुन्छ ।
गा“उबाट फुटबल खेल्न मात्र आएको भनेर उनले त्यत्ति सहानभूति पाउदिनन् । घरायासी काम कोठा सफा गर्ने, खाना बनाउने, लृगा धुनेकाममा काठमाण्डौमा बसेका सानीमाको परिवारलाई सहयोग गर्नु परेको थियो । उनको मनमा फुटबल खेल्ने चाहना मरेको थिएन । आमाले काठमाण्डौ जाने क्रममा हातमा पैसा राखि एउटा सानो मोबाईल किन्नु भनेर दिएका थिए । त्यहि पैसाले एक दिन मोबाईल किन्न जा“दा खेलकुद सामग्री बेच्ने पसल देख्छिन । उनको मनमा उकुस मुकुस्एिर रहेको फुटबल खेल्ने चाहना पुनः प्रस्फुटित हुन्छ । एक दिन मोबाईल किनेर बा“की रहेको पैसाले जर्सी कट्टु किन्न पुग्छिन र सोही पसलेलाई फुटबल खेल्ने ठा“उ सोध्छिन । उनले शसत्र प्रहरीको हल्चोकको खेल मैदानमा खेल्न पाईने भनेर लग्दिन्छन । शसत्रका प्रहरी निरीक्ष्ँकले गा“उबाट आएको सोझी केटी र उनको फुटबल खेल्ने लागाव देखेर एक मौका दिन्छन । उनी आत्तिएर राम्रो खेल दृखाउन सक्दिनन । मन भित्र पिडा बोकेर घर फर्कि रहेको बेला पाहुना बसेको घरबेटीले पनि राम्रो व्यवहार नदेखेपछि उनी त्यो घरबाट बाहिर निस्किन्छिन ।

कहा“ जनो के गर्ने भन्ने केहि थाहा नभएको अवस्थामा काठमाण्डौको सडक र सडकमा हिड्ने मानिस नै उनको साथी हुन्छ । जुन कामकोलागि आमासंग आमाको विश्वास जितेर गा“उबाट काठमाण्डौ आएको हो त्यो पुरा नगरी घर फर्किन मन लागेन । उनी फेरी एक पटक एक मौका माग्न उनै प्रहरी निरीक्षकका जाने निष्कर्षमा पुग्छिन । दोश्रो पटक उनले खुलेर आफ्नो गेम देखाउन पाउ“छिन र उनी छनौटमा पनि पर्छिन । आफनो मेहनत र आमाको उत्प्रेरणाले गर्दा शुरु भएको उनको खेल यात्रा राष्ट्रिय टिम हु“दै अन्तराष्ट्रिय क्लव सम्म पुग्छ । उनै निरीक्षक उनको गेमबाट प्रभावित भएर एन्जिला शसत्र प्रहरीको जागीरे पनि हुन्छिन । 

कहिले रक्सि बेचेर, कहिले चिया बगानमा काम गरेर कहिले बारीमा काम गरेर छोरा छोरीको खर्च र खुशी पुरा गर्न खटि रहने आमाको रुपमा सृजना सुब्बाको अभिनय अब्बल छ । छोरीलाई उर्जा थप्ने र छोरीको प्रेरणाको श्रोत बनेर उनले राम्रो काम गरेकी छिन । उको अभिनयमा सबैले आफ्नो आमालाई स्मरण गर्छन ।  जन्म दिने बुवाको रुपमा देखिएका माआत्से गुरुगंले आफ्नो भूमिकामा पूर्ण रुपमा न्याय गरेका छन् । हामीलाई हेर्दा पर्दाको बुवा नभर्इं एन्जिलाको आफ्नै बुवा जस्तो लाग्ने बनाएका छन् । दयाहागं राई बिहिरी रुपमा कडा भए पनि मनले नरम बावुको रुपमा देखिएका छन् । छोरी सफल भए पछि उनालई प्रदान गरिएको प्रमाण पत्र सबैलाई देखाउ“दै हिड्छन् । गाउ“घरमा सबैका बा आफ्ना सन्ताको प्रगति देखाउन तल्लिन हुन्छन । उनले सबैका बा को प्रतिनिधित्व गरेका छन् । विजय बराल र बुद्धि तामागले पनि उर्जा थपेका छन । 

एन्जिलाको भूमिकामा रहेका स्वयं एन्जिालाको पनि दमदार अभिनय रहेको छ । काठमाण्डौमा बस्ता शुरुवाती दिनहरुको सघर्षले सबैको मन छुन्छ । थोरै पैसाले पुरा महिना टार्नु पर्ने अवस्थामा बस भाडा र खाजा खर्चको मिलाउन कठिन अवस्थामा पनि दैनिक अभ्यास गर्ने हुटहुटी । एउटै सानो कोठामा बसेर खेल अभ्यास गर्नु पर्ने, जीवन खर्चको लागि दैनिक ज्याला मजदुरी देखि रेष्टुरेन्टमा वेटर काम गर्नु पर्ने, दशैंमा सबैजना घर जादा आफै एक्लै आमा सम्झेर बस्नु पर्ने जस्ता दृष्यहरुले सबैलाई भावुक बनाउछ । 

निर्देशक मिलन चाम्सले पनि राम्रो अध्ययन गरेर चलचित्र बनाएका छन् । व्याकराउण्ड म्युजिक, दृष्य, पोषाक एवम् सम्बादहरुको सहि समिश्रण गरेका छन् । शुरुवाती खेल अभ्यासको क्रममा रकम अभावको कारण पोषिलो डाईट खान पनि कठिन भएको अवस्था पार गरेकी चेली अहिले राष्ट्रिय टिम डो¥याउदै छिन । सरल एवम् सफल एन्जिलाको बा“की खेल जिवन अझ प्रगतिमय होस भन्ने शुभकामना ।   


सुधिर भद्र
sudhirshrestha.htd@gmail.com
२०८१ चैत्र ४ गते 



किन खोजिदैछ फेरी राजा

 गत मंगलवार राजधानीमा बाक्लो भिड जम्मा भयो, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नाराहरु घन्किए । यस्तै भिडले केहि वर्ष अघि गणतन्त्र मागेको थियो । राजा चोर देश छोड भनेको थियो । अन्तिम पटक राजाले सम्बोधन गरेर नारायणहिटी छाड्दा सम्बोधन पछि राजा बस्ने कुर्सिमा ठूलो तमासा भएको थियो । केहि वर्षको अन्तरलामा माग फेरीएको छ । उही जनता,उही स्थान तर मांग फेरीएको छ । 


२०६२÷०६३ को आन्दोलन पश्चात एक हर्ष थियो सबैमा, व्यवस्था परिवर्तन भयो अब सबै राम्रो हुन्छ,  देशको विकाशमा तिब्रता आउछ भन्नेमा । राजनैतिक क्रान्ति सफल भयो अव पालो आर्थिक क्रान्तिको भन्ने घारणाहरु सबैले व्यक्त गर्न लागेका थिए । प्राजातन्त्रको नाम फेरीएर अलि नया ब्राण्डिगं गरेर ल्याईएको गणतन्त्रमा जुन अपेक्षा गरिएको थियो त्यो चाहि पुरा हुन सकेको छैन । विश्वमा नै अभ्यास गरि रहेको प्राजातन्त्रको अनुभव नेपाली जनताले पनि गर्न पाए । आ—आफ्नो विचार र भावनाहरु स्पष्टसंग राख्न पाए । अहिले सरकारी कार्यालयहरु जांदा कर्मचारीहरुको नाम पढ्दा मिश्रित जनजातीहरुको सहभागीता देखिन पाईयो । महिलाहरुको पनि उल्लेख्य सहभागीता देखियो । पछिल्लो समयमा कोटा प्रणालीले गर्दा समान सहभागीतामा केहि सजिलो भएको छ । सामान्य सरकारी काम गर्न सदरमुकाम धाउन पर्ने बाध्यातालाई स्थानीय स्तरमा नै सरल पह“ुच गरी दिदा सेवाग्रहीहरु लाभान्वित भएका छन् । हालको तीन तहको व्यवस्थापकिय पद्धतीमा प्रदेश सरकारको भूमिकाचाही खासै देखिदैन । 


शुरुवाती वर्षहरुमा सात दल मिलेर सरकार चलाएका थिए । एक किसिमको प्रतिपक्ष बिहिन सरकार चलाएका थिए । केही गर्ने सम्भावना पनि बोकेको सरकार थियो । तर अफसोच यसमा पनि जनताले सोचेको जस्तो र चाहेको जस्तो हुन सकेन । सिमित व्यक्ति र नेताहरुका नजिकाले मात्र लाभ लिन सके ।  पार्टिहरु टुटने फुटनेका श्रृखलाहरु बढन थाले । जनताको भन्दा पनि व्यक्तिगत स्वार्थमा दलहरु केन्द्रित भएको देखिन थाल्यो । 


पछिल्लो पटक केपी वलीको सरकारले चुच्चे नक्सा ल्याएपछि सच्चा राष्ट्रवादी छविको रुपमा उनलाई हेर्ने गरेको पाईएको थियो । लभ यु केपी बा को क्रेज निकै बढेको थियो । अध्यादेशको राजनीति, पार्टी फुटाउने जोड घटाउमा उनको नामा आउन थाले पछि यो नारा अलि सेलाएको छ । भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरु घमाघम पक्राउ पर्न थाले पछि जनातामा सरकारले निश्पक्ष छानविन गर्न लागेको भान भएको थियो । यस घटनामा संलग्न एक प्रमुख व्यक्ति पक्राउसंगै नया“ ट्वीस्ट आएपछि उनी प्रतिको सम्मानमा अलि घटेको जस्तो देखिन्छ । 


त्यसैगरी गिरीबन्धुको जग्गा प्रकरणमा उनी स्पष्टसंग प्रतिवाद गर्न पछि परेको देखिन्छ । रवि लामाछानेसंग सम्बन्धित कुराहरुमा पनि उनी प्रति नकारात्मक धारणाहरु देखिन थालेको छ । लामिछाने दोषी होलान तर अलि व्यक्तिगत नै गएको हो कि जस्तो नि भान पर्न थालेको छ । देशका विभिन्न स्थानमा विभिन्न क्ष्ँेत्रबाट अनुशन्धान बढाईएको छ यस्तै अन्यको हकमा भने कानूनी प्रक्रियामा केहि शिथिलता अपनाईएको आरोप उनलाई छ । 


अहिले कुलमान घिसिगंसंग सम्बन्धित विवादास्पद निर्णयहरु पनि चर्चामा छ । लोडसेडिगं हटाउन अहम भूमिका खेलेकोमा जनताहरु कुलमानलाई उदाहरणको रुपमा पेश गर्छन । उनको एकल प्रयासले मात्र भएको होईन होला तर उनको सक्रियतामा भएको कुरा हामीले मान्नै पर्छ । कुनै दलसंग उनी नजिक छ भनेर उनको सबै कामको नकारात्मक मात्र टिप्पणी गर्नु हुन्न । बिभिन्न बाहनामा सामान्य मर्यादाको पनि ख्याल नगरी सरकारले अपनाएको रबैया राम्रँे मानिएको छैन । स्पष्ट रुपमा व्यक्तिगन ईगो साधेको देखिएको छ । त्यसको मुख्य हतियार उर्जा मन्त्रीलाई बनाईएको देखिएको छ । 


काठमाण्डौ महानगरपालिकासंग पनि सरकारको सम्बन्ध त्यत्ति राम्रो देखिएको छैन । नेपालमा मात्र नभई विश्व मानसमा नै छोटो समयमा काठमाण्डौको मेयरको नाम चिनाउन उनी सफल भएका छन् । अपवादको रुपमा उनका कुनै कुनै अभिव्यक्तिमा अलि परिपक्व पन देखिएको छ । उनले काठमाण्डौमा देखिने गरी परिवर्तन चाहि अवश्य लाएका छन् । देखिने परिवर्तनका कारण नै सबै खाले नेतृत्वबाट यसै किसिमको परिवर्तनको अपेक्षा गरिएको छ । 


राजनैतिक नियुक्ति गरिएका व्यक्तिहरु भ्रष्ट्राचार र अन्य कसुरमा दोषी ठहरीएका छन् । धरै जसो राजनैतिक नियुक्ति विवादित छन् । आर्थिक लेनदेनको अडियो भिडियोहरु असरल्ल बजारमा छन् । सबैको मनमा एउटा प्रश्न छ राजनैतिक दलहरुले नियुक्त गरेका मानिसहरुले बदमासी गरे पछि त्यसको जिम्मेवार राजनैतिक दल एवम् त्यसका प्रमुख व्यत्ति हुने कि नहुने । आर्थिक हिनामिना सहमितिमा गरिएको हुन सक्ने आंकलन जनताले गर्न थालेका छन । पार्टिगत र  व्यक्तिगत स्वार्थकोलागि  विधान प्रक्रियालाई पुनरलेखन र मिलना गरिएको देखिन्छ ।


पछिल्लो पटकको आन्दोलनबाट ल्याईएको व्यवस्थाबाट पनि उल्लेख्य सुधार नदेखिएपछि जनताहरु विकल्पको खोजीमा छन् । विवेकशिल साझा पार्टि, राष्ट्रिय स्वतन्त्र पार्टि, बालेन साह, हर्क साम्पागं, दिनेश हमाल यसकै उदाहरण हुन । अहिले मुलुकले एउटा गतिलो अभिभावक खोजी गरी रहेको छ । जसको पर्यायको रुपमा राजालाई एक समुहले लिन थालेको छ । अहिलेको छिन्न भिन्न अवस्था प्रति वाक्क भएकाहरुको समूह बढदै छ । यो भिडमा कोहि देशका लागि छन, कोहि आफ्ना पार्टीको ब्राण्ड भ्यालु बढाउन छन, कोही व्यक्तिगत फाईदाका लागि छन् । सबैको सामूहिक बुझाई लामो समयसम्म नेतृत्वमा रहेकाहरुले केही फरकको अनुभव देखाउन सकने भन्नेमा नै हो ।  


सुधिर भद्र
sudhirshrestha.htd@gmail.com
२०८१ फागनु २२ गते 


Monday, September 18, 2023

पेसेन्ट इस अलवेज राईट !

भर्खरै सम्पन्न १ महिने अस्पताल व्यवस्थापन सम्बन्धि तालिममा सिकाईएको धेरै कुरा मध्ये एउटा महत्वपूर्ण कुरा पेसेन्ट ईस अल्वेज राईट अर्थात बिरामी जहिल्यै पनि सहि हुन्छन भन्ने थियो । जसरी व्यवसायीक क्षेत्रमा व्यवसायीक विज्ञहरुले कस्टमटर ईज अलवेज राईट भन्छन त्यसैगरी अस्पताल क्षेत्रमा काम गर्ने जो कोहिले पनि पेसेन्ट ईज अलवेज राईट भन्नु भर्छ भन्ने उहा“हरुको मान्यता थियो । 

कुरा ठिक पनि लाग्यो । तर अस्पतालमा काम गर्ने कर्मचारीहरुले कुन अवस्था सम्म बिरामीले गरेका सम्पूर्ण कार्यहरु ठिक छन भन्ने विषय पनि गम्भीर छ । सबै मानिसहरुको आ—आफ्नो आत्मसम्मान हुन्छ । कसैलाई पनि आफ्नो आत्मसम्मानमा ठेस पु¥याउने काम गरेको सह्य हुदैन । त्यो चाहे बिरामीको होस वा अस्पतालका कर्मचारी एवम् चिकित्सकको । यसमा दुवै पक्ष सतर्क हुनु पर्दछ । 

अस्पतालका कर्मचारी एवम् चिकित्सकहरु बिरामीको उपचार गर्न नै बसेको हुन्छ । चिकित्सकले उपचारमा सकेसम्म सफलता हासिल नै गर्न खोज्छ, भन्ने कुरा बिरामीले बुझ्ने गरी भाषमा चिकित्सकको बोलि व्यवहार र हाउभाउबाट झल्किनु पर्दछ । बिरामी आफू वा बिरामीको पक्षले मेरो बिरामीकोलागि चिकित्सक यति लागि परिरहेको छ भन्ने देखिएमा कुनै पनि अस्पतालमा चिकित्सक र बिरामी बिचको द्वन्द चल्दैन ।

बिरामीले चिकित्सकहरुको उपचार प्रद्धतीलाइ विश्वास गर्नु पर्दछ । सेवा वा केहि हदसम्म व्यपार पनि गर्न बसेका हुन सक्छन । त्यसलाई नकारात्मक चित्रण गरेर उपचारमा सहभागी भई रहयो भने सानो सानो त्रुटि पनि ठूलो लाग्न सक्दछ । उपचारको क्रममा हुने साना तिना समस्याहरु तत्काल सकारात्मक तरिकाले समाधान गर्नु पर्दछ । ठूलो समस्या आएमा समय लिएर बिभिन्न पक्षसंग सल्लाह गरेर सम्बन्धित निकायमा जानु पर्दछ । धेरै व्यवसायीक हुन थालेको देखियो भने कानूनी उपचारमा जानु पर्दछ ।

Picture: Google

विरामीले अपनाउन पर्ने सर्तकता

कुनै पनि कुरा दुई पक्ष बीचको सम्बन्ध एकदम सौर्हाद वातावरण छ भने जे जस्तो शव्द वा प्रश्न सोध्दा पनि सामान्य नै लाग्छ । यदि छैन भने सानो कुराले पनि ठूलो रुप लिन्छ । बिरामीले नाम दर्तामा आफनो परिचय दिदा खेरी देखि जाँच गर्ने स्थानमा सभ्य रुपमा प्रस्तुत हुनु पर्दछ । बिरामी र चिकित्कसको रुपमा भर्खरै परिचय भई कुरा कानी शुरु भएको अवस्थामा एक अर्कालाई राम्रोसंग चिन्न भ्याएको हुन्न । त्यस्तो अवस्थामा एक अर्काको काडा बोली दुवै पक्षलाई असामान्य लाग्न सक्दछ । त्यसैले संयम पु¥याएर बोल्नु पर्दछ । 

उपचार पाउनु बिरामीको हक हो । त्यहि उपचार गर्न नै चिकित्सकहरु आ—आफ्नो परिवार छाडेर खटिरहेका छन भन्ने बिरामीले बुझ्नु पदर्छ । हाम्रो जस्तो मुलुकमा चिकित्सकलाई थोरै भन्दा थोरै बिरामी हेर्ने वातावरण बनाएर उनीहरुको धेरै समय बिरामीलाई परामर्श गराउन सम्भव छैन । धेरै बिरामी हेर्दा हेर्दै, धेरै बिरामीहरुसंग बोल्दा बोल्दै थाक्न सकेका हुन्छ । त्यस्तो अवस्थामा आफ्नो वा आफ्नो बिरामीको बारेमा  चिकित्सकहरुलाई प्रश्नहरु सोध्दा नम्र भएर प्रस्तुत भई दिदा राम्रो हुुन्छ । आफ्नो रोगको विवरण र आफूलाई विगतमा लागेको रोगहरु वा अन्य कुनै कुराको एलर्जी भएमा सो को बारेमा राम्रो जानकारी चिकित्सकलाई दिनु पर्दछु । 

अहिले आर्टिफिसिल ईन्टलिजेन्सको जमाना छ । रोगको बारेमा विज्ञका जानु भन्दा पहिला ईन्टरनेटमा सो को बारेमा जानकारी लिने चलन छ । यो राम्रो पनि हो । यसको बारेमा उपचार गर्ने चिकित्सकलाई शेयर गर्नु राम्रो पनि हो । तर मैले यो रोगको बारेमा धेरै जानी सके भन्ने अहमताका साथ चिकित्सकका प्रस्तुत हुन भएन । यसरी प्रस्तुत हुंदा चिकित्सकले अझ खुलेर उपचार पु¥याउन सक्दैन ।

चिकित्सा क्षेत्रको अध्ययन महंगो छ । विपन्न परिवार र मध्यम वर्गिय परिवारका सन्ततीहरु बिरलै चिकित्सक भएका छन् । आफ्नो पढाईको लगानी कसरी उठाउने । आफ्नो पारीवारीक पृष्ठभूमी अनुसार खर्च कसरी व्यवस्थित गर्ने भन्नेमा चिकित्सकहरु केन्द्रित हुनु सामान्य हो । यस्तो क्रियाकलाले बिरामीको स्वास्थ्यम उपचारमा प्रत्यक्षवा अप्रत्यक्ष रुपमा केहि असर गरेको छैन भने ठिक छ । यसमा बिरामीले अनावश्यक विष उठान गर्नु हुदैन ।  तर बिरामीको स्वास्थ्यलाई नै असर पर्ने गरेर आर्थिक हितकोलागि मात्र चिकित्सकहरु केन्द्रित भएका छन भने त्यस विषयमा व्यक्तिगत रुपमा नभई तथ्य प्रमाण संकलन गरी सम्बन्धित निकायमा बोल्नु पर्दछ ।  

उपचार एवम् शल्यक्रियाको क्रमममा मानिसको शरिरीक वनावट र शरिरमा भएको अन्य रोगको कारण कम्पिलीकेशन आउन सक्छ । कुनै बेला अस्पताल एवम् चिकित्सकको लापरवाहिले पनि आउन सक्छ । यस्तो अवस्थामा सत्य तथ्य बुझेर लापरवाहि गरेको भए पनि सम्बन्धित निकायहरुमा पुगेर उजुरी हाल्नु पर्दछ । लापरवाहि भएको खण्डमा त्यसको क्षतिपूर्ति पाएको उदाहरणहरु पनि धेरै छ । 

अस्पताल कर्मचारी एवम् चिकित्सकले  अपनाउन पर्ने सर्तकता

कुनै पनि बिरामीको पहिलो उपचार भनेको अस्पतालको कर्मचारी र चिकित्सकको व्यवहार हो । अस्पतला पुग्ने बित्तिकै ठोकिने पहिलो सूरक्षा गार्ड, नाम दर्ता लगायत अन्य स्थानका कर्मचारीहरु हो । बोलिमा मिठास भयो भने बिरामीहरु संयम भएर बस्छन । 

बिरामीको समस्या के हो, के भएर देखाउन आएको, अरु के के समस्या छ यी यादी कुराहरु सयंमीत भएर सुन्नु पर्दछ । रोग निको नभएर बिरामी पटक पटक आउन परेर एक दुई पल्ट रिसाय पनि आफू नरम भएर के कारणले त्यस्तो भएको हो स्पष्ट पारी दिनु पर्दछ । यसले गर्दा विवादले ठूलो रुप लिन पाउँदैन । 

कोहि कोहि बिरामी आफ्नो सत प्रतिशत गल्ति हुँदा पनि विवाद गर्ने प्रकृतिका हुन्छन त्यसस्तो बिरामीहरुलाई आफूले सम्झाउन सके सम्झाएर वातवारण सहज बनाउनु पर्दछ । धेरै लामो विवाद बढदै गयो भने समाधानकोलागि माथिल्लो निकाय वा गुनासो सुन्ने अधिकारीका पठाई दिन पर्दछ । आफै विवाद गरी नवस्दा राम्रो हुन्छ ।   

अस्पतालमा सयौ देखि हजारौ बिरामीहरु आउँछन । यो अस्पतालको लागि बिरामीको संख्या मात्र हो । त्यहि हजारौ बिरामीहरुमा जो परिवारलाई लिएर उपचारकोलागि गएको छ उसकोलागि त्यो बिरामी करौडौमा एक हुन्छ । 

उसको बुवा, आमा, श्रीमती, छोरा, छोरी जो उसंग गएको हुन्छ उसको लागि धेरै महत्व राख्छ र चिकित्सकले उ प्रति गर्ने व्यवहार पनि महत्वपूर्ण हुन्छ । अस्पतालमा ध्यान दिएर हेर्दियोस भन्ने चाहना हुन्छ । चिकित्सकहरुले मेरो परिवारसंग हाँसी हाँसी बोलि दियोस भन्न्ने हुन्छ । अझ व्यक्तिगत कुरा बिरामीलाई चिकित्सकले सोध्दा त बिरामीहरु चिकित्सकलाई आफ्नै परिवारको मान्छे ठान्छन । त्यसकारण बिरामी वा बिरामी कुरुवासंग कहिल्यै पनि ठूलो स्वरमा बोल्नु हुंदैन । बिरामीले नबुझेका कुरा झर्को नमानि सम्झाउनु पर्दछ ।  

सबै उपचार एकै अस्पतालमा सम्भव हुंदैन, उपचार प्रविधिहरु पनि फरक फरक हुन्छन । विरामीलाई चिकित्सक आफूले गरेको उपचार प्रविधिको बारेमा स्पष्ट जानकारी गराउन पर्दछ । यसबाट पर्न सक्ने साईड ईफेक्टको बारेमा पनि अग्रिम जानकारी गराउन पर्दछ ।  उपचारको लागि अन्य स्थानमा जान चाहने बिरामीहरुको हकमा बिरामीको ईच्छालाई ध्यानमा दिएर काम गर्नु पर्दछ । स्वास्थ्य बीमा भएको हकमा स्वास्थ्य बीमाको सीमाको बारेमा सम्झाउनु पर्दछ ।

यदि उपचरा सम्भव नभएर बाहिर लानु पर्ने भए र रोगको अवस्था जटिल नै भए पनि बिरामीको अगाडी नै सबै कुरा भन्नु हुंदैन । विरामीको आत्मवल बलियो बनाउनकोलागि बिरामीको आफन्तलाई सबै कुरा जानकारी गराउनु पर्दछ । बिरामीको अगाडी नै तपाईलाई कडा भन्दा कडा रोग लागेको छ, अव यसको उपचार गर्न कठिन छ  भन्दा बिरामीसंग भएको आत्मवल कम भई रोगले झन गाल्न सक्छ ।

अहिले नयाँ नयाँ प्रविधिको विकाससंगै रोगको पहिचान गर्न बिभिन्न किसिमको परीक्षणहरु पनि गराउने गरिएको छ । आवश्यक बिरामीलाई मात्र यस किसिमको टेष्ट गराउनु पर्दछ । अस्पतालको आर्थिक पक्ष सबल बनाउन टेष्ट तथा औषधिको मात्रा बिरामीलाई बढाउनु हुंदैन ।  

सुधिर भद्र

sudhirshrestha.htd@gmail.com

२०८० असोज १ गते 


Friday, July 15, 2022

हेटौडा अस्पतालको सुधार सम्भव छ


४ दशक अगाडी म आफू जन्मेको अस्पताल अहिले पनि आफ्नो अस्तित्वको लागि लडि रहेको छ ।  मकवानपुर जिल्लाको स्वास्थ्य क्षेत्रमा टेवा पु¥याउँदै आएको अस्पताल कहिले स्वत स्फूर्त रुपमा हिड्न सक्षम हुन्छ । कहिले ढलमल ढलमल गर्दै हिड्नु परि रहेको छ । अस्पतलाको नेतृत्व लिन आउने र त्यो टिममा काम गर्ने टोलिको सहयोगमा अस्पतालको गति भर परेको छ । हेटैडा अस्पतालमा घेरै सम्भावनाहरु छन् । यो अस्पताले पु¥याउँदै आएको सेवा पनि आफ्नो क्षमता अनुसार ठिकै होला । अलि कति व्यवस्थापकीय कुराहरुलाई ख्याल गर्न सके धेरै हदसम्म उठेका असन्तुष्टिहरु साम्य हुन सक्छ ।

कुनै समय थियो हेटौडा अस्पतालमा स्त्री रोग विशेषज्ञ थिएन, सामान्य सुत्केरी गराउनकोलागि कि भगवान भरोसा भनेर यहि खतरा मोलेर बस्नु पर्दथ्यो । धेरै पैसा हुनेहरु सुविधा सम्पन्न ठाँउमा गएर सुत्केरी गराउँदथे पैसा नहुनेहरु यहि खतरा मोलेर सुत्केरी गराउँथे । अहिले त्यो माहोल परिवर्तन भएको छ । ३ जना स्त्री रोग विशेषज्ञहरु छन् उहाँहरुले आफ्नो क्षमताले भ्याएसम्म सेवा प्रदान गरी रहुन भएको छ । जसले गर्दा सामान्य आय श्रोत हुने विरामीहरु जो बाहिर उपचार गर्न सक्दैनन उनीहरुले सेवा प्राप्त गरी रहेका छन् । यसका अतिरिक्त हाल अस्पताले जनाए अनुसार हाडजोर्नी विशेषज्ञ, बालरोग सेवा, दन्त सेवा, फिजिसियन सेवा, नाक कान घाटी सेवा, मनोरोग सेवा, फिजियोथेरापी सेवा, न्युरो सेवा, विशेषज्ञ सेवा, आईसीयु, एचडीयु,युएसजी, सीटी स्कयान, डायलिसस लगायतका सेवाहरु प्रदान गरीदै आएको छ ।

तर एउटा कुरा के सत्य हो भने । अस्पतालले प्रदान गर्ने सेवाहरुबाट पछिल्लो अवस्थामा विरामीहरु सन्तुष्ट हुन सकेका छैनन । केहि समय अगाडी विरामीहरुमा अस्पताल प्रति सकारात्मक सोचको विकास भई सकेको थियो भने अस्पतालमा चिकित्सकहरुमा पनि आत्मविश्वास आई सकेको थियो । अहिले अवस्था परिवर्तन हँुदै गई रहेको छ । अस्पताल प्रति विरामीहरको विश्सवा कम हुँदै गई रहेको छ भने चिकित्सकहरुमा पनि आत्मविश्वस कम भई रहेको छ । यसमा दुवै पक्षले आ—आफ्नो तर्फबाट सुधार गरी अस्पतालको सेवा विकासमा लाग्नु पर्दछ ।

हेटौडा अस्पतालमा सरकारी नियुक्ति र विकास समितिबाट नियुक्ति गरी चिकित्सकहरु नियुक्त भएका छन् । चिकित्सकहरुले कति समयसम्म अस्पतालमा सेवा दिनु पर्ने, शल्यक्रियामा कति समय दिनु पर्ने बाहिर निजी क्षेत्रमा सेवा दिन पाँउने नपाउने त्यो कुरा स्पष्ट नियुक्त गर्ने संस्थाको कार्यविधिमा उल्लेख छ । त्यहि अनुसार नियुक्त गर्ने निकाय र सो को आधारमा नियुक्त भएका चिकित्सकहरुले ईमान्दार भएर काम गर्नु पर्दछ । चिकित्सा क्षेत्रमा अध्ययन अत्यन्त महगो छ । सामान्य तलवको भरमा आफू वा आफ्नो घर परिवारले गरेको लागानी उठाउन सकिन्न । त्यसकोलागि तलव बाहेक अतिरिक्त आयको लागि चिकित्सकहरुले काम गर्नु पर्ने देखिन्छ । चिकित्सकको सामाजिक प्रतिष्ठा राख्न पनि त्यहि अनुसारको खर्च गर्नु पर्ने भएकोले त्यहि अनुसार आयको खोजी हुनु स्वभाविक हो । निजी क्षेत्रमा खटिनु पर्ने बाध्यता भए पनि पहिलो प्राथमिकता आफू नियुक्त भएको संस्थालाई दिनु पर्दछ । त्यस पछिको समय निजी क्षेत्रलाई छुट्टयाउन पर्दछ । 

अस्पतालको स्वीकृतिमा नीजि क्षेत्रमा सेवा दिन जानु पर्दछ यो कुरा ऐन नियममा पनि उल्लेख छ तर व्यवहारत कार्यन्वयन भएको छैन । अस्पतालले एउटा गतिलो अनुगनमनको व्यवस्था गर्न सक्यो भने अस्पतालमा आवद्ध भएका कर्मचारीहरु आफै लाईनमा आउन सक्छ । कार्यालय समय कति हो, कति बजेसम्म अनिवार्य बस्नु पर्ने ओपीडी वा ओटीमा के के सेवा दिनु पर्ने पर्ने हो सो को जानकारी स्पष्टरुपमा चिकित्सकहरुलाई गराउन प¥र्यो । बाहिरबाट अनगुमन गरी दवावमा चिकित्सकहरुले काम गर्नु भन्दा अस्पताल कै आफ्नै अनुगमन संयन्त्र बनाएर काम गर्नु प¥र्यो । अस्पतालको सामान्य रकम तिर्न पनि गाह्रो हुने बिरामीहरुलाई बाहिर जानु भन्दा अस्पतालमा नै उपचार सहजको वातावरण बनाई दिन प¥र्यो । पैसा हूने हरु आफै अस्पतालको लामो लाईनमा बस्दैनन, निजी क्षेत्रमा आफूलाई विश्सास लागेको चिकित्स्क खोज्दै जान्छन् ।

अस्पतालमा काम गर्ने चिकित्सक, नर्स, व्यवस्थापक लगायात प्राविधिक, अप्राविधिक कर्मचारीहरले आफूले काम गर्ने कार्यथलोलाई घरको रुपमा लिनु प¥र्यो । म सरकारी कर्मचारी भन्ने मानसिकताबाट बाहिर आउन पर्यो । कामको लागि मात्र काम गर्ने परिपाटि अन्त गरीनु पर्यो । व्यवसायीक क्षेत्रमा एउटा भनाई छ कस्टमर ईज अलवेज राईट अर्थात ग्राहक जहिले पनि सहि हुन्छ । ग्राहकले जति सुकै गल्ति गरे पनि व्यवसायीक हितकोलागि उसको गल्तिलाई तत्कालको अवस्थामा सहि मानेर विस्तारै ग्राहक स्वयंलाई पछि आफूले गल्ति गरेको महशुस गराउनु पर्दछ । त्यसैगरी अस्पतालको हकमा पेसेन्ट ईज अलवेज राईटको आधारमा काम गरी सेवाग्रहीसंग नम्र र सहयोगी भावनाले काम गर्नु पर्यो । कुनै कुरा गलत छ वा हुनै सक्दैन भने सहि तरिकाले बिरामीलाई सम्झाउनु पर्दछ । यसबाट साना तिना विवादहरु सतहमा मिल्दै जान्छन । यसले भविष्यमा ल्याउन सक्ने ठूलो दुर्घटनालाई टार्न केहि हदसम्म सहयोग गर्दछ ।

बागमति प्रदेशको राजधानीको अस्पताल अहिलेको हालको अस्पतालले प्रतिनिधित्व गर्न सुहाउदैन । नयाँ भवन बन्दै छ, सायद बने पछि केहि सुधार होला । व्यवस्थापकिय सुधारको र सबै पक्षको ईमान्दारीता बिना जति सुकै ठूलो भवन बनोस सेवाको प्रभावकारीता उल्लेख्य हुन्न । बिभिन्न अत्याधुनिक उपकरणहरु छन् त्यसको सम्भार र सुधार गरी संचालनमा ल्याउन प¥र्यो हाल बायोमेडिकल ईन्जिनियर पनि नियुक्त भएका छ । अस्पतालको विद्यामान उपकरणको पनि समय समयमा परीक्ष्ँण गर्नू प¥र्यो । जनशक्तिको माग गर्नु पर्ने भए सम्बन्धित निकामा जोडदार माग गर्नु पर्यो । 

सरकारी सेवा भनेपछि सेवाग्रहीहरुमा पनि अस्पतालको गेटबाट भित्र पस्दा खेरी देखि नै नकारात्मक प्रभाव परी रहेको हुन्छ । मानविय क्रुटि जहिले पनि हुन सक्दछ सामान्य मानविय क्रुटीलाई गम्भीर लापरवाहिको रुपमा हेरीनु हुन्न । त्यसलाई अतिरंजित पनि बनाउनु हुन्न । बारम्बर मानविय त्रुटि दोहरी रह्यो भने त्यसलाई गम्भीर लापरवाहीको रुपमा आवश्यक विभागीय कारवाहिको रुपमा लानु पर्दछ । 

सामान्य उपचार गर्न जाँदा पनि रोग निको हुने ग्यारेन्टि र आजको भोलि नै शरिरमा सुधार आउनु पर्छ भन्ने मानसिकताबाट सेवाग्रहीहरु बाहिर आउनु पर्दछ । मानव शरिरमा कम्पिलकेशन भन्ने कुरा जुन बेला पनि आउन सक्दछ । जसले गर्दा सामान्य रुपमा विरामी भएर आएका विरामी पनि बिस्तारै गम्भीर हुदै जान सक्छन । त्यसलाई दुवै पक्षले एक अर्कालाई सहज र सौहार्द ढंगमा बुझाउनु पर्दछ । दुवै पक्षको सम्बन्ध राम्रो भयो भने उपचार गर्नेलाई पनि अझ बढि आफ्नो सीप कौशल प्रयोग गर्न मन लाग्दछ । विरामी पक्ष सहयोगी भएन भने बाहिर रिफर पठाउन सक्छन् । 

मकवानपुर जिल्लावासीहरुमा चिकित्सकहरु प्रति हेरीने दृष्टिकोण राम्रो छैन भन्ने कुरा चिकित्सा क्षेत्रमा लागेका समूहमा छ । पछिल्लो क्रममा सेवाग्रही र चिकित्सकको सम्बन्ध सौह्रार्द हुदै गएको छ भन्ने सन्देश जान शुरु भएको छ । यसैलाई निरन्तरता दिन हामी सबै लागौ । अस्पतालको सुधारकै क्रममा स्वतन्त्र युवा समुह लागेका छन् संयमित भएर गल्ति कमजोरीहरु औलाईदिउ । यदि कुनै गल्ति कमजोरी भए आफै व्यक्तिगत रुपमा कारवाही गर्न अगाडी नबढौ । कारवाही गर्ने अधिकार प्राप्त निकायकोलागि कारवाही गर्न दबाव दिउँ । अस्पतालको व्यवस्थापनको नेतृत्व लिने, काम गर्ने चिकित्सक लगायतका सम्पूर्ण टोली, सेवाग्रही र नागरीक सामाज सबै मिले हेटौडा अस्पतालमा सुधार सम्भव छ । 


सुधिर भद्र

sudhirshrestha.htd@gmail.com

२०७९असार ३० गते 


Monday, October 11, 2021

पोहर सालको दशैं



बाबु भनेर मलाई बोलाउने नाम मैले सम्झना गरेसम्म गह्रुगो स्वरबाट आउने आवाज मेरो बुवाको थियो । उहाँसंगको सामिप्यमा मैले चार दशक विताउने मौका पाए । सामान्य बाबु छोराको सम्वाद बाहेक हाम्रो धेरै अन्य कुरामा बहस हुदैन थियो । मैले बुवाले भनेको सबै मान्ने र बुवाले मेरो आगाडी मैले भनेको सबै मान्ने प्रक्रिया चलिरहेको थियो । उमेर संगसंगै शरिरमा बिभिन्न किसिमको कमजोरीले बुवा गल्दै जानु भएको थियो । आश्विन महिनाको मध्य तिर बुवाको साँझको दैनिक नास्ता समय पश्चात बुवा बाहिर कौसीमा बसिरहनु भएको थियो । एक छिनपछि मलाई बोलाउनु भयो बावु ...................बावु.................म बाहिर गए । मलाई कस्तो झुम्म भई रहेको छ मलाई भित्र लगि देउन भन्नु भयो । मैले हात समातेर बुवा लाई भित्र ल्याए । के भयो भनेर प्रश्न गरे खोई झुम्म भई रहेको छ उठ्न सकिन भन्नु भयो । खाटमा राखेर म यता गाएको थिए बुवा भुक्लुक्क लड्नु भयो । आमालाई बोलाएर हामी दुवै भएर बुवालाई हल्लाएर बोलायौ ।  दात किर्नु भएको थियो दातमा हात राखेर फ्ट्यायौ । एक छिन पछि आँखा खोल्नु भयो । 


परिवारका अन्य सदस्यहरु पनि जम्मा भई सकेका थिए । हामीले अस्पताल लग्ने तयारी गर्न थाल्यो तर बुवा अस्पताल जान मान्नु भएन, भोली विहान जाने कुरामा अडिग हुनु भयो । हामीले धेरै कर ग¥यौ तर मान्नु भएन । राती उहाँलाई अलि स्वास प्रस्वासमा समस्या भएछ विहानै अस्पताल जान तयार हुनु भयो । हामी सबै हेटौडा अस्पताल गयौ । अस्पतालले निमोनिया भएकोले भरतपुर वा काठमाण्डौ लान सल्लाह दियो हामी भरतपुर जान तयार भयौ । बुवा भरतपुर जान तयार हुनु हुन्थेन । मलाई केहि भएको छैन औषधि मात्र लेख्न भन डाक्टरलाई भनेर हामी सबैलाई भनि रहनु भएको थियो । डाक्टर देखाएर फर्कि हाल्ने भनेर हामीले फकाएर लग्यौ । भरतपुर अस्पतालले भर्ना गर्न भन्यो बुबा फर्किन जोड गरिरहनु भएको थियो । हामी निको भएर पछि जाने भनेर फेरी फकायौ । एक छिन पछि अलि धेरै गाह्रो भयो । बुवालाई बोल्न धेरै गाह्रो हुन थाल्यो ।


भरतपुरमा शुरुका दूई दिन बुवालाई धेरै गाहै्रो भएको थियो । आईसीयूमा राखिएको थियो । पछि बिस्तारै सामान्य हुँदै गयो । अलि कति सामान्य हुने बित्तिकै घर जान निकै हतारनिु हुन्थ्यो । एकसाताको बसाई पछि हामी घर फर्कियौ, घरमा दशैको माहौल शुरु हुंदै थियो । बुवालाई सकुशल घर फर्काउन सकेकोमा हामी धेरै खुशी थियौ । बुवाले नियमति औषधि सेवन गरी रहनु भएका थियो । बिस्तारै शरिरमा फूर्ति पनि आउन थालको थियो । विहान सधै ईष्टमित्रलाई फोन गर्दे समय कटि रहनु भएको थियो । दिउँसो पत्रिका र केहि थान किताव पढेर बस्ने उहाँको दिनचार्य बनिरहेको थियो । अष्टमीको दिन हामीले सबै नेवारी परम्परको भोज कुछी भ्वए संगै खायौ । बुवालाई सधै राती राती अलिकति खाने बानी परेको थियो । बिरामी परेदेखि उहाँको नियमित सेवन रोकिएको थियो । उहाँलाई त्यसको निकै तल तल लागिरहेको हामीले बुझि रहेका थियौ । राती केहि समय निदाउनु भए पश्चात बिउझिनु भयो । उठेर बसि रहुन भएको थियो, मैले गाह्रो भयो भनेर सोधै अलि अलि भनेर टाउको हल्लाउनु भयो । हामीले भरतपुरमा जस्तो गाह्रो होलाकि भनेर अक्सिजन घरमै राखेका थियौ । मलाई आमालाई उठाउ भन्नु भयो, मैले आमालाई उठाए अनि अक्सिजन लगाई दिए । 


उहाँको गाह्रो पन बढ्दै गयो । घडीमा रातको १ बज्दै थियो, पटक पटक घडि हेर्दै हुनु हुन्थ्यो । सायद चाँडै विहान कहिले हुन्छ भनेर होला, पल पल हिसाब गरी रहनु भएको थियो । सिलिण्डरमा अक्सिजन सकिन थालेछ, बुवालाई झन धेरै गाह्रो  हुन थाल्यो । अक्सिजन छैन भनेर सौध्नु भएको थियो, मैले उहाँको मनोबल बढाउनकोलागि छैन भन्न सकिन बिस्तारै आउँदैछ भने । तर बुवाको गाह्रौ मैले हेर्न सकिन, धेरै नै गाह्रो भए पछि कहिल्यै अस्पताल जान नमान्ने बुवाले आफैले मलाई चुरे हिल जाउँ बाबु भन्नु भयो । मैले त्यत्तिखेरसम्म चुरेहिल हस्पिटलको बिवेक भाई र सञ्चो हस्पिटलको मित्रता बहिनिलाई अस्पतालको बारेमा बुभ्mदा विशेषज्ञ डाक्टरसाबहरु दशैंमा घर जानु भएको र आकस्मिक सेवा मात्र संचालनमा रहेको जानकारी पाएको थिए । जे भए पनि अस्पताल नै जाम भनेर माथिल्लो तल्लाबाट तल्लो तल्ला ओर्लिने क्रममा मैले बुवालाई बोक्न खोजे मान्नु भएन, त्यसरी गलेको अवस्थमा पनि छोरालाई गाह्रो हुन्छ भनेर उहाँ सम्पूर्ण गाह्रो आफै सहेर भ¥यागं ओर्लिन थाल्नु भयो । धेरै गाह्रो भएकोले उहाँ तल ओर्लेपछि थुचुक्क बस्नु भयो । उहाँको स्वास धेरै फुलेको थियो धेरै गाह्रो भई रहेको थियो ।


दशै भएकोले अस्पतालमा कन्सल्टैन्टहरु नहुन ुभएकोले के गर्ने के नगर्ने भन्नेमा हामी दोधारमा थियौ । अक्सिजनको खोजीको लागि केन्द्रगोविन्द जोशीदाईसंग सहयोग माग्यौ उहाँले राती २ बजे अक्सिजन ल्याई दिनु भयो ।  फेरी अक्सिजन जोडियो बिस्तारै बुवा तग्रिन थाल्नु भयो । हामी सबै परिवार तल कोठामा बसकेका थियौ । सबैको अनुहार पालै पालो हेरेर बुवाले मैले गर्दा तिमीहरुलाई धेरै गाह्रो भयो हगी भन्नु भयो । परिवारीक भिड भाड धेरै मन पराउने हुनाले हामी अरु बेलामा पनि प्राय उहाँकै वरिपरी नै हुन्थ्यौ । बिहान हुँदै गएपछि फेरी फ्रेस हुँदै जानु भयो । सबैसंग बोलेर हासी खेली बोलेर बसी रहनु भएको थियो । आमालाई खाना पकाउन र माहिली दिदीलाई खाना खाएर जान भनि रहनु भएको थियो । 


म र कान्छी बहिनी नवमिको विहान मन्दिर गएका थियौ, श्रीमती एलीसा आईशोलेनमा बस्नु पर्ने भएर छुट्टै कोठामा बसीरहेकी थिईन । मन्दिरबाट आए पछि प्रसाद दिएर एक छिन कुरा गर्दै थियो । त्यसको केहि समय पछि फेरी बुवालाई गाह्रो हुन थाल्यो । अक्सिजन दियौ, मुखबाट हाल्ने पम्प ग¥र्यौ तर पनि बुवाको गाह्रो पन कम भएन । हामी तत्काल अस्पतला लाने बिचारमा पुगी मेरा कार्यालका भाईहरु नविन र मोहनलाई एम्बुलेन्स खोज्न सहयोग गर्न अनुरोध गरे । उनीहरुले एम्बुलेन्स पठाई दिए, जानु अधि औषधि खाएर जाँउ भनेर भरतपुरबाट दिएको औषधि खुवायौ । अन्तिममा चुस्ने औषधि एउटा थियो उहाँले चुस्न सक्नु भएन । उहाँको अनुहार सबै छोरा छोरीमा घुमी रहेको थियो । जेठी दिदीले बा गाह्रो भयो भनेर सोध्नु भयो छैन भनेर टाउको मात्र हल्लाउनु भायो ।


एम्बुलेन्स आयो बुबाले उठ्ने कोशिस गर्नु भयो तर सक्नु भएन, ठूलो भिनाजुले बोकेर एम्बुलेन्सनमा राखि हामी सञ्चो हस्पिटमा पुग्यो । घरबाट सञ्चो अस्पताल पुग्न जेलसम्म म आस्थामा को पम्प बुवाको मुखमा बेला बेलामा हालि रहेको थिए भने आमा बुवालाई झक झकाई रहनु भएको थियो । अस्पताल पुग्ने बित्तिकै अक्सिजनको मात्रा निकै कम देखायो । अस्तपलमा अक्सिजनको मात्रा बढाउन निकै कोशिस गरी रहेका थिए । स्क्रिनमा लाईनहरु सिधा आउन थालि सकेका थिए, नम्बरहरु देखाउन छाडेको थियो । म दुई हातको मुठी कसेर ईश्वरीय चमत्कारको प्रतिक्षामा थिए । तर धेरै वेरको प्रयास गर्दा पनि सफल भएन । ड्युटीमा रहेका चिकित्सकले म नजिकै आएर अवस्था जानकारी गरायो । मैले आमालाई संगै लगेर बुवा भएको ठाउँमा लगे के भयो..... के भन्यो.....डाक्टरलाई प्रश्नहरु सोधी रहनु भएका थियो म अवाक थिए उत्तर दिन सकिरहेको थिईन । आट गरेर भने बा जानु भयो...... अनि अस्पतालको माहोल शोकमग्न भयो ।


हरेक सालको विजया दशमीमको नवमीको दिन हाम्रोलागि बुवासंगको अन्तिम दिनको सम्झना मात्र हुने भयो, अष्टमीको भोज अन्तिम भोज भयो । दशैंको माहोलमा सधै रमाईलो गरेर खानु पर्ने बुबालाई त्यस बर्षको दशैंमा अरु कुरा केहि पनि नखाई शुद्ध कोकाकोला मात्र हातमा समाएर रमाईलो गरी रहनु भएको थियो । औषधी उपचारको क्रममा पनि आफूले गरेका जिद्धिपनको बारेमा हामीसंग माफी माग्दै हुनु हुन्थ्यो । अनि हामीलाई रमाईलोसंग सधै खुशी भएर खान भनि रहनु भएको थियो, हामी त्यहि पोहर सालको दशैंको सम्झनामा अब प्रत्येक सालको दशैंमा सबैजना संगै बसेर रमाउने छौ  बा......। 


सुधिर भद्र

२०७८ आश्विन २१ गते, घटस्थापना 

sudhirshrestha.htd@gmail.com

नारायणकाजीको सम्झनामा



युवाअवस्था देखि प्रौढ अवस्था सम्मका समकालिन हितैषि मित्रको स्मरण गर्दा श्री नारायणकाजीे टड्कारै झुल्कीरहन्छन् मेरो मानसपलटमा ।

वि.सं. २०२० दशकको मध्यवर्षताका नारायणकाजीलाई मैले नारायणी पत्रिका मार्फत नारायण “मिलन” को नामले वहाँसंग अप्रत्यक्ष रुपमै परिचित भई सकेको थिए । नारायणी पत्रिकाको सम्पादन त्यस वेलाकै प्रशिद्ध संगीतकार, गायक एवम् कवि भीमविरागज्यूले गर्नु हुन्थ्यो ।

विरागदाईसंग मेरो परिचय बिरगंज बसाई देखि नै थियो । त्यसैले वहाँलाई भेटन म नारायणी प्रेसमा पुगीरहन्थे । नारायणकाजीसंग मेरो पहिलो भेट र चिनजान त्यहिबाट शुरु भएको थियो । 

नारायण मिलन अर्थात एक नवोदित गीतकार,नारायणी पत्रिकामा झुल्किरहने एक सर्जक,चल्तीको नाम नारायणकाजी औपचारीक नाम नारायणबहादुर श्रेष्ठ

वहाँ प्रणय गीत लेख्नु हुन्थ्यो र वहाँको उपमा सहितको मिल्दो नाम नारायण “मिलन” । वहाँ लवाई, खवाई र बोलाईमा सौम्य एवम्  मिजासिलो हुनु हुन्थ्यो । सबैका प्रिय भएकाले नारायणकाजी, सानै कदका भए पनि निडर र आँटिला स्वभावका हुनाले नारायण बहादुर र सभ्य सुसंस्कृत समुदायका हुनाले वहाँको पुरानाम नारायण बहादुर श्रेष्ठ । अनि उहाँ गीत मार्फत झुल्कि रहने पत्रिका पनि नारायणी ।

सरसर्ति बुझ्दा वहाँ नारायणै नारायणको संज्ञाले सशुोभित एवम् परिचित व्यक्तित्व । नारायणकाजी, नारायण “मिलन”, नाराणिबहादुर श्रेष्ठ र नारायण बावु । यी चारवटै नारायणहरु मध्ये एउटा एउटा नारायणमा अभ्यस्त हुने हामीहरु । 


उमेरमा हामी दुवै समकालिन, हामी दुवैको जन्म वि.स. २००२ साल । म आफूलाई वहाँ भन्दा केहि जेठो ठानेर वहाँलाई नारायण बावु सम्बोधन गर्दथे । हाम्रो भेटभाट बेला, बेलामा पातलिए पनि एक अर्का प्रति स्नेही भाव पछि पर्यन्त कायमै रहि रहयो ।


म भैंसेको वहाँ हेटांैडाको । म हेटौडा झरेको बेला भीम विरागदाईको नारायणी प्रेसमा पुगी रहन्थे । नारायण बावुसंग प्रत्यक्ष चिनापर्चि र भेटभाट त्यहिंबाट भएको हो । हामी बेला बेलामा भेटघाट हुने गथ्र्यौ ।

नारायण बावु त्यति वेलामा नै सडक विभाग तत्कालिन च्त्इ मा जागीरे हुनु हुंदो रहिछ । त्यति बेला मैले वीए फाईनल उत्तिर्ण गरी सकेको थिए तर अलि अल्लारे नै थिए । जीवनमा के गर्ने ठेगान नलागेको म । खोला पारी तर्न नपाएर वरै किनारमै रल्लेर उभिरहेको जस्तो । नारायण बावु भने जीवनको गोरेटोमा यात्रा शुरु गरी सक्नु भएको ।

विराग दाई हाम्रा मान्यवर अनि अभिभावक जस्ता । त्यहि कारण हुनुपर्छ मलाई ईगित गर्दै विराग दाई भन्नु हुन्थ्यो, “तिम्रो उमेर भई सक्यो । कि उच्च शिक्षाको पढाई थाल, कि कुनै व्यावसाय गर वा जागिर खाउ । अव रल्लिने होईन” तुल्सी ।

म नारायण बावु तिर हेर्थे र सोच्थे होतनी अव मैले पनि केही गर्नु पर्छ ।


विराग दाईको  झक् झकाई र रुपचन्द्र विष्टसंगको आफ्नो परिचय । कुराको तालमेल मिल्ला जस्तो लाग्ये । म लागें रुपचन्द्र विष्टको पछि । उनी त्यस वखतमा पनि हामी युवा पुस्ताका आकर्षक, आदर्श व्यत्तित्व थिए । वहाँले बोलाउनु भयो । म वहाँलाई भेट्न पालुगं पुगे । शुरु हुने भएको रहेछ जीन्दगीको यात्रा । त्यस वखत वहाँ जनकल्याण हाईस्कुलको प्रधानाध्यापक हुनु हुन्थ्यो । प्रत्येक दिन वहाँले मलाई कुनै न कुनै कक्ष्ाँमा पढाउन लगाउनु भयो । म पनि सुरु सुरुमा जान्थें, पढाउथे । जांगर थियो आंट थियो । 


एकहप्तापछि वहाँले विद्यालय संचालक समितीको बैठकको निर्णय अनुसारको नियुक्ति पत्र मलाई थमाई दिनु भयो र विश्वस्त ढंगले भन्नु भयो “राम्रो पढाउँदो रहेछौ, झनै राम्रो गर्नु । एक खेप घर पुगेर आए पछि तिम्रो अभिभारा शुरु हुने छ ।”

यो मेरो लागि शुभ खवर थियो । जिन्दगीको यात्रामा रुपचन्द्र विष्टले जुराई दिएको बाटोमा तनमनका साथ हिडन थाले । 

यो सन्दर्भ यस आलेखको मुल सन्दर्भसंग जोडिएकोले उल्लेख गरेको हुं । दुवै सन्दर्भले खुशीयाली ल्याएकोछ । एउटा सन्दर्भले जीवनको यात्रा प्रारम्भ गरेको, अर्को सन्दर्भले जीवनको यात्रामा मित्रता जुरेको ।

त्यहि पालुगंको त्रिभुवन राजपथ सडक विभागको क्याम्पमा हेटौडाबाट सरुवा भई वि.स. २०२७ सालदेखि नै आफ्नो मित्र नारायण बावु कार्यरत रहेछन् । 


कस्तो संयोग हामी दुवैको,हामी दुवैको जन्म वि.सं. २००२ साल, जन्मथलोः भिमफेदी, भैसै(हाल दुवैको भिमफेदी गाँउपालीका),नारायण बावुको जागिर शुरु ः २०२४ मेरो स्नातक उत्र्तिणः २०२४, वहाँको पालुगं सरुवाः२०२७ मेरो शिक्षक पेशा शुरुः२०२७


पालुगंमा हाम्रो संगती बाक्लियो पनि । आ—आफ्नो भोगाई अनुसार ठिक बेठिक बुझने, के कस्तो गर्दा आफ्नो क्यारियर सुध्रिन्छ, ? अवसरहरु कस्ता कस्ता छन् कसरी प्रयोजनमा ल्याउने ? समस्या कति प्रवल छन् कसरी सुल्झाउने ? जस्ता व्यवहारीक एवम् व्यवसायीक ज्ञानशीप, बुद्धि विवेक बारे एक आपसमा आदान प्रदान गर्न थाल्यौ । 


मित्रताको त्यो पाटोले जीवन बुझन सघाएकै हो हामी दुवैलाई । यस्तो लाग्छ अहिले, हामी त्यस वखत एक अर्काका परिपुरक थियौ । म त वहाँको संगतिमा मानवीय संवेग सहि ढंगले बुझने हुन थालेछु । वहाँलाई सारै भद्र, विवेकी र मानवीय सामाजिक मर्यादामा अटल रहने व्यक्तित्वको रुपमा चिन्न थाले ।

 

जीवनको आरोह अवरोहमा चरित्र निर्माणमा मित्रताको प्रभाव गहिरो ढंगले पर्छ नै । यस अर्थमा मैले वहाँबाट धेरै आचार विचार ग्रहण गरेको छु । तर पालुगंमा वहासंगको सामिप्य करिव ३÷४ वर्ष मात्र जु¥र्यो । म आफै पढाई र जागिरको सिलसिलामा एक ठांउबाट अर्को ठांउ हुँदै नारायण बावुबाट छुट्टिएर हिडेको जीवनको उर्जामय २०÷२२ वर्ष भई सकेको रहेछ । आफू निवृत भई हेटौडा नवलपुरमा बसोबास गर्न थालेपछि मात्र वहाँसँग भेटने अवसर मिल्यो । 


त्यो अवसर आकस्मिक थियो कुनै निर्धारित थिएन । बुद्धचोक नजिकै भिन्तुना रोडमा नेपाल भाषा खलःको कार्यालय छ । त्यहाँको एउटा कार्यक्रममा आमन्त्रित थिएँ । त्यहा पुग्ने अवसर मिल्यो । सभाकक्षमा पुगेपछि चारै तिर हेरे जोजोलपा आदान प्रदान भयो नारायणकाजी त्यहाँ नहुने कुरै थिएन । वहाँ त्यहाँ हुंनु हुने छ भन्ने अन्दाज थियो नै । वहाँ उठेर जोजोलपा थापादाई भन्दै म निरै आई पुग्नु भयो र मलाई हात समाएर आफू बस्ने लाईनमा संगै राख्नु भो । सभा कक्षमा गफ हाकि हाल्न नि भएन । एक अर्कालाई हेरेर मुस्कुरायौ । सञ्चै हुनु हुन्छ भन्ने हातको ईशारामा साउती ग¥यौ । त्यो आत्मियता दर्शाउदा वहाँको मुहारमा खुशी छाएको त देखे तर वहाँको मुहार अलि चाउरिएको पाए । वहाँले मेरो अनुहारमा पनि त्यसतै बुढ्यौलीपन छर्लगं देख्नु भयो होला ।



हैन, यो समय किन कहिल्यै रोकिंदैन । सधंै किन यसलाई बित्नै हतारो हुन्छ । त्यस क्षण मनमनै गुनगुनाए पनि । हामी बिच भेटघाट नभएको पनि वर्षौ भई सकेछ । किन बिचैमा एक चोटी जहाँ भएपनि भेटने प्रयास हामी दुवैबाट कहिल्यै भएन ? पछुताव पनि लागि रह्यो । 


अव बेला मौकामा भेटी रहने अठोट जाग्यो । हामीले आफ्ना अमुल्य वर्षहरु खेर गएको सोधभर्ना गर्नै पर्छ । यो भाव ममा जाग्यो, वहाँमा पनि जागेको हुनु पर्छ ।

फेरी हाम्रो घेटघाट बाक्लियो । सर सल्लाह, विचार विमर्श, दुःख सुख साटने आत्मियता  ताजा हुँदै आयो नै । 


यसै बिच वहाँले नेपाल भाषा खलःको कार्यवाहाक अध्यक्षको जिम्मेवारी सम्हाल्न थाल्नु भयो । प्रारम्भ देखि नै वहाँ समाज सेवामा सक्रिय रहने गर्नु हुन्थ्यो । भाषा खलः मार्फत भाषा संस्कृति, कला साहित्यको संरक्षण सम्बर्धन तर्फ यथाशक्य लागि पर्नु भएकोमा हामी खुशी थियौ ।


वहाँले भन्नु हुन्थ्यो, भाषा, संस्कृति, कला साहित्य तर्फको दायित्व वहन गर्नुे उद्देश्यले हेटौडामा स्थापित सबै गैरसरकारी संस्थाहरुको एककृत समन्वयात्मक रुपमा कार्यक्रम संचालन हुनु पर्दछ । नगरपालिका मार्फत योजनावद्ध कार्यक्रम गर्ने गराउने तर्फ सहयोग समर्थन जुटाउन हामी प्रयत्नशिल छौ भन्नु हुन्थ्यो ।

हामी त नारायणजीको यस्तो परियोना तर्जुमा होस, कार्यान्वयन होस, सफल होस भन्ने चाहन्थ्यौ, शुभकामना दिन्थ्यौ, साथ सहयोग पु¥र्याउथ्यौ ।

यस्तो अपेक्षा गर्नु मुर्खता थिएन । आशा गर्नु भनेको भविष्य निर्माणमा लाग्नु हो । तर हर समय हरेक भविष्य निर्माण नहोला पनि । ति भत्किन्छन्, तहस नहस हुन्छन् किन ?


त्यस्तै विपरीत भयो । गत २०७७ कार्तिक ९ गते नारायण बाबुले अनन्तमा विलिन हुने गरी विदा लिनु भयो । कुन दिशा भएर आयो त्यो दशा । कुन दिशा तिर गयो त्यो दशा । कसैले के ठम्याओस । वहाँ जहाँ भएपनि यस ईहलोकमा रहँदा जस्तै मिजाशिलो, गम्भिर, सौम्य भई ब्रम्हाण्डमा नै रहि विचरण गरी रहोस । 

जोजोल्पा नारायाण काजी

न्याहथाय जुसा छक ला नापलाय माली ।

जोजोलपा 


तुल्सी थापा

हेटौडा, नवलपुर ।

हार्दिक आभा र एवम् धेरै धेरै धन्यवाद यो मिठो स्मरणको लागि, तुल्सी थापा सर


Sunday, November 1, 2020

मेरो बुवा अल्कोहोलिक होईन (बुबाको १३ औंदिनको पुण्य तिथीमा)


 दुई साता अघि श्वास प्रस्वासको समस्या भए पछि हेटौडा अस्पतालमा बुवालाई लिएर गएका थियौ । एक्सरेमा निमोनिया अलि गहिरीएको देखिएपछि हेटौडा अस्पताका चिकित्सकहरुले आईसीयू भएको अस्पतामा लान सुझाव दिए । सामान्य गाह्रो भएर आएको बिरामीलाई अन्यत्र रिफर गरेर जांच्न जानु पर्छ भनेर हामीले सोचेका पनि थिएनौ । जानै पर्ने भएपछि तत्काल एम्बुलेन्स् बन्दोबस्त गरेर भरतपुर पुग्यौ । भरतपुरको ठूलो अस्पताल पुग्दा त्यस्तै किसिमका समस्या लिएर आएका धेरै विरामीहरु थुर्पै थिए । बालबालिका, युवा युवति देखि बृद्धबृद्धासम्म सबै श्वास प्रश्वासको समस्याले ल्याईएका थिए । 

हाम्रो विरामीको बारेमा केहि समय पछि सोधि खोजी भयो । स्वास प्रश्वास्को समम्या भन्ने बित्तिकै पहिला उहां“हरुले कोरोनाको शंका गर्नु भयो । फेमीली हिस्ट्री लिनु भयो । कोरोना जा“च गरेर किन नआएको भन्ने विषयमा त्यहा“का ड्युटी ईन्चार्जले लामो भाषण दिन थाल्नु भयो ।  अनि बिरामीको हिस्ट् सोध्न थाल्नु भयो । रक्सि चुरोट लिनु हुन्छ भनेर थाहा पाएपछि, रोगको सबै कारण रक्सि चुरोट ने ह्ँे भन्ने निचोड सुनाईयो । विहानै देखि रक्सि चुरोटको मातमा मात्तिने मानिसको जस्तो व्यवहार देखाईयो । त्यहि सूचना सहकर्मी र जुनियर स्टाफहरुलाई पनि दिईयो । मैले जीवनमा अहिलेसम्म मेरोबुवा रक्सिले सधै मात्तिएर घर आएको देखेको छुईन । एकपल्ट राती घर आंउदा मात्तिएर आएदा म भर्खर एसएलसी पास गर्दाको समय विहानै म संग माफ माग्नु भएको थियो । सानै देखि दुःखमा हुर्केको हुनाले उहालाई दैनिक रुपमा खान पिनको बानी बसको होला । अहिलको सडक विभाग तत्कालिन आरटीओमा जागीर खादा देखि अहिलेको सडक विभागको नायव सुब्बाको जिम्मेवारी सम्हालदै रिटाएर हुंदासम्म साथीभाई संग जम्ने बानी परेको होला । हो मेरो बुवा ले रक्सि सधै खानु हुन्थ्यो उहा“को कोटा कोकको २ सया ५० एमएलको बोतलको एक बोतल थियो तर उहा“ कहिले मात्तिनु भएको थिएन । सधै नियन्त्रित नै हुनु हुन्थ्यो ।

कोरोनाको रिर्पोट नेगेटिभ आई सके पछि पनि निमोनियाको समस्याको प्रमुख दोष दिएर विरामीको मनोवल खस्काउनु भन्दा मनोवल उच्च राखेर उपचार प्रक्रियामा ध्यान दिने शैलीको अभाव मैले चिकित्सकको पहिलो दोश्रँे सम्वादमा नै ख्याल गरेको थिए । अहिले कोरोनाको बिरामीको चापको कारण स्वास प्रश्वासका बढि उमेरका बिरामीहरु त्यस माथि रक्सि चुरोट खाने बिरामी भने पछि उनीहरु बिरामीको उपचार भन्दा अव बिरामीको समय आयो गाह्रो छ बचाउन भन्ने सुचना प्रवाह गर्न व्यस्त देखिन्थे । त्यो बिरानो शहरमा मेरो बुवालाई एउटा अल्कोहोलिक पेसेन्टको चिनारी दिलाउन सबै व्यस्त थिए । चिकित्सकको पहिलतो दायीत्व भनेको उनको रोगको पहिचान गरी उपचारमा लाग्नु हो । सधै रक्सिले मातेर हल्लेर बस्ने यदि उपचार गर्न आए भने पनि पहिलो उनको उपचारमा लाग्नु पर्छ ।

भीमफेदीको ११ सालको बाढी पिडितहरुलाई हेटौडामा जग्गा मुआव्जा दिए पछि हजुरबुवाको परिवार बुवा सहित अहिले को वन विज्ञान अध्यन संस्थानमा बसेको थियो । त्यहा पनि क्याम्पसले जग्गा अधिग्रहण गरेपछि हेटौडा वडा नं. ९ मा हाम्रो बसाई सरेको थियो । हजुरबुवा भीमफेदीमा राणाहरु आउंदा जांदा उनीहरुंग बाक्लो संगद परेको हुनाले सामाजिक कार्य गर्न अलि क्रियाशिल हुनु हुन्थ्यो । उहाको सक्रियतामा बनेको पानी खाने जरुवाको धारा अहिले सम्म छ  । जसको पछिल्ला क्रममा उदय थापाको सक्रियतामा मन्दिरको पुरनरनिर्माण र राजेन्द्र भट्राईको सक्रियतामो बिभिन्न भौतिक पूर्वाधाहरु निर्माण भएका छन । हजुरबुवाको सिको गर्दै बुवा पनि हालको भुट्नदेवी माध्यामिक बिद्यालय तत्कालिन हिमालय रात्री स्कुलमा अध्ययन गर्दै सामाकिज कार्य तथा आरटीओमा पनि जागीर शुरु गर्न थाल्नु भयो ।

२०२० साल तिर होला पशुपतिनगरका सक्रिय बासिन्दाहरुको सहयोगमो हालको प्रगति उच्च माध्यामिक विद्यालय प्रगति स्कुलको नाममा स्थापना गर्न बुवा पनि सहभागी हुनु भएको थियो । खानेपानी उपभोक्ता समिति मार्फत खानेपानीको व्यवस्थागर्न गठित समितिमा बसेर कार्य गर्नु भएका,  नेपाल रेडक्रश सोसाईटी उपशाखा ८ र ९ स्थापना गर्न पनि सक्रिय रुपमा सहभागी हुनु भएको थियो । पछिल्लो क्रममा नेपाल भाषा खलः को उपाध्यक्ष र काबा अध्यक्षको जिम्मेवारी  र सीतु बचत तथा ऋण सहकारी संस्थको सदस्य समेतको जिम्मेवारी सम्हाल्नु भएको थियो । 

सडक विभागको जागिरको क्रममा थुप्रै समय पालुगं बस्न भएको थियो । त्यस समयमा आदरणीय तुलसी थापा त्यहिको विद्यँलयमा अध्यापन गराउन हुन्थ्यो सायद उहा“कै संगतको प्रभावले होला नारायण मिलनको साहित्यिक उपनामले कोरीएका कविताहरु अहिले पनि पुरानो डायरीमा भेटिन्छ । आदरणीय स्व.भीम विरागज्यूले निकाल्ने पत्रिकामा पनि बुवाको सहयकार्य थियो क्यारे ।

जागिरकै क्रममा जनकपुर मुजेलियामा हामीले पनि प्राथमिक कक्ष्ाँ त्यहि अध्ययन गरेका थियौ । २०४२÷०४३ सालतिर होला सायद हामीले सुब्बा सावको छोरा छोरीकै हैसियतले राम्रो सुख सुविधा भोगेका थियौ । कहिले कहि सडक विभागको पुरानो रसियन जिपमा हामी हेटौडा जनकपुरसम्म गथ्र्यौ  । २०४९ सालमा ३० वर्षिय सेवा अवधिको कारण रिर्टायर हुन भएपछि छोरा छोरीहरुको उच्च शिक्षाको जिम्मेवारी बहन गर्न अलि गाह्रँे भएको थियो । समय अनुसार व्यवस्थित हुदै गयो । आईरन गरेर क्रिज मिलाएको सर्ट पाईन्ट, लाईनिड गरि मिलाईएको कपाल, कालो चश्मा, खल्तिमा डायरी र काईयो उहा“को ट्रेडमार्क थियो । आफ्नो छोरा छोरीको सानो भन्दासानो सफलता पनि सुनाउन निकै हातारिनु हुन्थ्यो । चोकमा बसेर उमेर ७५ भए पनि सधै आफूलाई युवा सम्झेर चोकमा चुरोट तानेर गफ गरी बस्ने उहा“को सौख थियो ।

अस्पतालमा दैनिक हजारौ बिरामीहरु आउछन मेरो बुवा पनि उहा“हरुले हेर्ने हजारौ बिरामी मध्ये एक थियो होला । उहा“हरुको सामुन्ने एउटा शिष्ट विद्यार्थी जस्ते मैले शिष्ट रुपमा म प्रस्तुत भई रहेको थिए । दैनिक ६ हजार तिरेर आईसीयूमा उपचार गरी रहेका म र मेरा बुवासंग बोल्न ६ सकेण्ड पनि उहा“हरुसंग समय थिएन । मैले शिष्ट रुपमा राखेका प्रश्नको उत्तर दिन पनि उहा“को शिष्टतामा खडेरी परेको थियो । सुब्वा सावको सौखमा बसेका मेरो बा लाई चिकित्सकको व्यवहार मन परेको थिएन । मेडिकल कलेज भएको हुनाले मेरो बुवा लगायत अन्य विरामी उहा“हरुकोलागि विरामी मात्र नभएर एउटा केश थियो जुन केशमा मेडिकल अफिसरहरु प्रयाक्टिकल गरि रहेका थिए । उनीहरुको सोचमा एउटा कमि थियो त्यहा लाईएका बिरामी उसको परिवारकोलागि हजारौमा मात्र होईन करोडौमा एक हो ।

अस्पतालको एक साताको उपचार पछि बुवाको स्वास्थ्यमा सुधार आए पछि हामी खुशी मनाउदै घर फर्केका थियौ । एक सातासम्म हामी हाम्रो परिवार हासि खुशी बसेको थियो । अस्पतालबाट फर्केको एकसाता पछि हामीलाइै धेरै माया गर्नु हुने, सत्कर्ममा प्रेरित गर्नु हुने,सधै अनुशासनमा बस्न सिकाउन हुने, हाम्रँे सानो भन्दा सानो प्रगति सबैलाई सुनाउन हातारिनु हुने, हामीलाई सधै स् साना बालबालिकाहरुलाई जस्तो केयर गरी रहुन हुने हाम्रो बा यस पटक को विजय दशमीमा सधै जसो विहानै चिटिक्क परेर हाम्रो सफलताको कामान गरी टिका लगाएर धेरै आशिष दिन हुन भौतिक रुप्मा हामी माझ हुनु हुन्न तर हाम्रो वरपरका प्रत्येक बस्तुमा बा को स्मृति ताजा छ, बा र हामी संगै छौ ।


सुधिर भद्र

२०७७।७।२१


Wednesday, September 16, 2020

एक कर्मवीरको बर्हिगमन

आफ्नो कममा ध्यान दिने, अर्काको चियो चर्चोमा समय खेर नफाल्ने, अफ्नो पुरा समय आफू कार्यरर्त संस्थालाई दिने कर्मवीरहरु अचेल थोरै पाईन्छ । केहि समय अघि एउटा संस्थामा त्यस्तै कर्मवीरलाई नजिकबाट नियाल्ने मौका मिलेको थियो । उनी साधारण थिए । थोरै बोल्ने, आफ्नो क्षेत्रको सीपमा पोख्त थिए । उनको क्षेत्रमा नेपालमा अगाडी आउने नामहरुमा उनको पनि आउथ्यो । तर उनमा अलि कति पनि अहमको क्षणक थिएन । उनको नेतृत्वमा उनले सम्हालेको संस्थाको कायापलट भएको सबैले अनुभव गरेका थिए । सर्वसाधारणले विश्वास गर्न छाडेको संस्थामा विश्वासको मुना देखिन थालेको थियो  । यस्तै विग्रे भत्केको सम्हाल्न उनलाई जिम्मेवारी दिएर ल्याईएको थियो । भविष्यमा अझ ठूलो जिम्मेवारी दिने पनि अनौपचारीक छलफल भएका थिए । उनले आफ्नो अनुभव साटनलाई पुन एकपटक यसै क्षेत्रमा सेवा गर्ने अठोट लिए । छोटो समयमा उनका सुधारहरु धेरै प्रष्टरुपमा देखिने भएका थिए । यीनै कर्मवीर यस क्षेत्रमा उनको विषय बस्तुसंग समबन्धित विकासको लागि साचेर राखेका आफ्ना सबै ईच्छा, आकांक्षा र अठोटहरुलाई छोडेर यहा“बाट बर्हिगमन भएका छन् ।


संस्थमा भएका वेथितिहरुलाई सुधार गर्न खोज्दा कहिले सहकर्मीहरुको साथ पाए, कहिले उनी एक्लै भए । तर पनि उनको दृढ ईच्छा शक्तिको कारण उनी एक्लो भए पनि कहिल्यै पछाडी फर्केनन । सायद उनको कमजोरी यहि थियो होला, जसले गर्दा उनले समय समयमा आफ्ना सहकर्मीहरुको विश्वास पनि गुमाउनु परेको थियो ।  पुरानो उखान नै छ एक्लो बृहस्पती झुटो सायद उनी त्यही एक्लो बृहस्पतीमा परे होला । कार्यालय समय व्यवस्थापन, कार्यशैलीको सुधार, अन्य व्यवस्थापन लगायत सेवाग्रहीले पाउने सुविधामा के कसरी सुधार गर्न सकिन्छ भन्ने बारेमा सधै तल्लिन थिए । संस्थाको कार्य चुस्त दुरुस्त राख्न राय सुझावको लागि आफू भन्दा माथिका देखि आफू भन्दा तलका अन्य संघसंस्थाहरुमा छलफल गरी रहन्थे ।

आफूले  जानको र बुझेको कुरा जे हो त्यहि स्पष्ट राख्थे । संस्थागत हितकोलागि उनले आफ्नै सहकर्मीहरुलाई पनि कारवाहीको शुरुवात गरेर संस्थामा दण्डहीनताको समय समाप्त भएको आभाष दिन खोजेका थिए । उनको यो कदमबाट जसले संस्थागत कमि कमजोरीहरु गरी रहेका थिए उनीहरु सतर्क भएका थिए । दण्डहीनतामा नै अभ्यस्त हाम्रो समाजलाई यस्तो संस्कार पचेन, स्थानीय स्तर देखि राष्ट्रिय स्तर सम्मको दवाव आउन थाल्यो । सम्पूर्ण सेवाग्रहीले खुशी मानेको उनको कदममा उनकै संस्थाबाट सहयोग भएन । उनी एक्लै भए तल लडिरहे सायद उनको यहि कमजोरी थियो ।

संस्थामा भई रहेको निर्माण कार्यमा आफनो घरमा भन्दा बढि समय दिएर नियली रहेका थिए । अन्य कार्यालयमा जस्तो निर्माण कम्पनिले दिने अतिरिक्त रकम संस्थाको कोही कर्मचारीहरुलाई नदिनु त्यसको सट्टा संस्थामा नै गर्नु पर्ने भौतिक पूर्वाधार निर्माणमा सौजन्य गरी दिनु भन्ने उनको स्पष्ट भनाई थियो । निर्माण कम्पनिहरुले आफ्नो राजी खुशीले संस्थाको खर्च बिना नै केही पूर्वाधारहरु निर्माण गरिएका थिए । लामो समयदेखि अतिरिक्त लाभ लिई रहेकाहरुलाई यो कदम केहि साथीहरुलाई मन परेको थिएन होला । जनु संरचनामा काम हुने गरेको थियो त्यसको चेन ब्रेक भयो ।  यसमा पनि उनी एक्लै भए पनि लडि रहे सायद यो पनि उनको कमचजोरी थियो ।

कुनै एक कुरारको जिम्मेवारी पाए पछि जति सक्दो चा“डो काम सक्काउने उनको बानि थियो । एक दिनमा नै काठमाण्डौ पुगेर काम गरेर फर्कन पनि पछि परेका थिएनन् । एउटा सानो कामलाई हप्ता दिनको जाते आते खर्च बनाएर संस्थाबाट खर्च असुल्ने हरुलाई उहा“को यो काम पाच्य भएन । महिना भरी काम गरे बापत आउने तलव भन्दा बेला बेलामा दुई चार दिन बाहिर गएर आउ“दा बढी खर्च लिई रहेकाहरुलाई यसरी द्रुत रुपमा गरिएको कार्य स्वीकार्य भएन । सायद यो पनि उनको एउटा कमजोरी थियो होला ।

समाजमा सजिलै घुलमिल नहुन, आफ्ना सकहर्मीहरुसंग समय टिममा बाधेर बस्नु नसक्नु, ज्यू हजुर गरेर धेरै फरमल भएर बोल्न नसक्नु, स्थानिय देखि राष्ट्रिय स्तरसम्मका नेताहरुका बिभिन्न् माध्यमबाट पहु“च बनाएर राख्न नसक्नु, उनका व्यक्तिगत कमजोरीहरु थिए । संस्थागत हितकोलागि उनको मनमा लागे पछि गरी छाड्ने उनको हठी स्वभाव थियो । कारबाही फुकुवा वा कम बारवाही गर्नकोलागि बिभिन्न माध्यमबाट आएको अनुरोध तथ निर्देशनलाई उनले कार्यरत संस्थागत विकासकोलागि ठाडो अस्वीकार गर्ने गरेकका थिए । संस्थागत विकास हुनु भनेकै सेवा ग्रहीले पाउने सेवामा सुदृढिकरण हो । उनले कति पय स्थानमा संस्थागत विकासकोलागि लिएका निर्णयहरु राजनैतिक नेतृत्व र सिमित व्यक्तिहरुको समूहलाई सहज भएन । भविष्यमा ठूलो जिम्मेवारी दिईने भनिएको स्थानमा पनि उनको बिकल्प खोज्न लागियो । 

आफ्नो घरबार, अवसर सबै कुरा त्यागेर यस क्षेत्रमा पछाडी परेको सेवाको विकास गर्छु भनेर आएका एक कर्मविरको बहिर्गमन भएको छ । हामीले परिवर्तनको आभास गरेको स्थानमा फेरी पनि उहि पुरानै संस्कार र संस्कृतिको विकास हुने सम्भावना धेरै बढी छ । आशा गरौ फेरी नेतृत्व लिन आउने उनी जस्तै कर्मवीर होउन, व्यक्तिगत हित भन्दा संस्थागत हितमा धेरै ध्यान दिउन ।


सुधिर भद्र

२०७७ भाद्र ३० गते

sudhirshrestha.htd@gmial.com


Friday, September 4, 2020

जात्रामा दायित्व बिर्सिएपछि

 



14Shares
facebook sharing button Share
twitter sharing button Tweet
email sharing button Email

एउटा वर्दिवाल प्रहरी मोटरसाईकल लिएर भीडमा आईपुग्छ । भीडले उसलाई लडाउँछ, उ माथि मुक्का प्रहार गर्छ । उ ज्यान जोगाउन प्रयास गर्न खोज्छ । भिडले फेरी तान्छ । सयौंको सङ्ख्यामा उपस्थित भीडको लगातार प्रहार छल्न उ मोटरसाईकल छोडेर दौडन्छ । केहि समयपछि थप प्रहरी आई पुग्छ र उसको उपचार गर्न अस्पताल लगिन्छ । यो घटना सुन्दा कुनै चलचित्रका लागि रचिएको काल्पनिक दृश्यको एउटा अंश जस्तो लाग्छ । कसैले कल्पना पनि गर्न नसकेका यस्तो घटना बिहीबार ललितपुरमा देखियो । मच्छिन्द्रनाथको रथ निकाल्ने विषयमा भएको झडपको क्रममा जम्मा भएका भीडले आफ्नो कर्तव्य निर्वाह गरेर फर्केर आएका प्रहरी माथि गरिएको आक्रमण अत्यन्त निन्दनीय छ । यसको जति भत्सर्ना गरे पनि कम हुन्छ ।

सुधीर भद्र

रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्पर राजा नरेन्द्रदेवको पालादेखि चलेको मानिन्छ । गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई मानिन्छ । गोरखानाथ नेपालको भ्रमणमा आएका बेला उपत्यकावासीहरुले उनलाई राम्रो व्यवहार नगरेका कारण उनले उपत्यकामा वर्षा नहुने बनाई दिएका थिए । उपत्यकावासीहरुलाई वर्षा नभएर निकै समस्या परेकोले राजालाई गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई बोलाई सम्झाउन अनुरोध गर्न गए । मच्छिन्द्रनाथले गोरखनाथलाई सम्झाएपछि उपत्यकामा फेरी वर्षा भयो । सबै उपत्यकावासीहरुमा हर्ष छायो । त्यहिबेलादेखि यो रथ निकाल्ने परम्परा चल्न थालेको मानिन्छ । अन्तिम दिन भोटो देखाएपछि यो जात्राको समापन हुन्छ ।

नेपाललाई चिनाउने पुरानो संस्कृति मध्येका एक रातो मच्छिन्द्रनाथको जात्रा पनि हो । नेपालको प्राचिन संस्कृतिको संरक्षण र सम्बद्र्धनमा नेवारी समुदायको भूमिका अत्यन्त महत्वपूर्ण छ । वर्तमान समय र अवस्थाको कारण यो रथ तान्ने कार्यक्रम पटक–पटक रोकिएको थिएन । रथ तान्ने परम्पराले अवश्य पनि निरन्तरता पाउनु पर्दछ । यसलाई अहिले नै निरन्तरता दिने हो वा स्थिति सहज भए पश्चात गर्ने भन्ने विषयमा बृहत छलफल आवश्यक छ । यो जात्राले ललितपुरवासीहरु मात्र होईन, नेवार जातिमात्र होईन यो सम्पूर्ण नेपालीहरुको जात्राको रुपमा प्रतिनिधित्व गर्दछ ।

ललितपुर उपमहानगरपालिकाका प्रमुख चिनकाजी महर्जन नेवारी समुदायकै छन् । नेवारी समुदायका धेरै हस्तीहरु ललितपुरमा छन्, संस्कृतिविद् सत्यमोहन जोशीदेखि नेवारी कला र संस्कृतिमा धेरै दख्खल राख्ने व्यक्तिहरु छन् । स्थानीय प्रशासन यदि रथ निकाल्न नमिल्ने भन्ने निर्णयमा प्रतिवद्ध थियो भने एक पटक यस्ता संस्कृतिका व्यक्तित्वहरुसँग छलफल गर्नु पर्दथ्यो । सायद सत्यमोहन जोशीले ललितपुरवासीसँग एकपटक हामी रथ निकाल्ने सवालमा धैर्य गरौं भनिदिनुभएको भए कसैले हतारो गर्दैन थिए होला । जसको कारण आज (बिहीबार) को दुर्घटना हुँदैन थियो होला । प्रमुख जिल्ला अधिकारीले केहि समन्वय त अवश्य पनि गर्नु भएको होला तर उहाँले कहाँ समन्वय गरेर यस्तो निर्णय लिनु भएको हो त्यो स्पष्ट भएन । रथ निकाल्नै नमिल्ने निर्णय भएको हो भने प्रष्टसँग सम्बन्धित गुठियारहरुलाई यसको सन्देश पुर्‍याउनु पथ्र्यो । यदि स्पष्ट जनकारी सबैलाई अग्रिम रुपमा पुर्‍याइएको भए राज्यको एक जिम्मेवार निकायको आदेश नमान्नेलाई कानूनी कारवाहीको दायरमा ल्याउन सक्नु पथ्र्यो ।

सम्बन्धित निकायहरुको समन्वय अभावको कारण बिहीबारको घटना भयो भन्नुमा अत्युक्ति नहोला । भीडलाई भड्किन नदिन वा नियन्त्रणमा लिन नसक्नु प्रहरीतर्फको नेतृत्व पनि अलमलमा परेको देखिन्छ । जसको कारण भीड झन अराजक हुँदै गयो । सबैले आ–आफ्नो दायित्व बिर्सिँदै गए । कसैले कसैलाई नियन्त्रणमा राख्न सकेन । जसको कारण कमल घिमिरे जस्तो समान्य प्रहरी जवानले सयौं लात र मुक्का खानु पर्‍यो । उसको दोष केहि थिएन । कुपण्डोलमा सवारीको जाम व्यवस्थापन गर्दै थिए । आफ्नो जिविकोपार्जन गर्नका लागि सामान्य नेपालीले जस्तै सानोतिनो जागिर खाएका थिए । बाल बच्चाहरुको खुशीका लागि दिनभर रोडमा खटिन्थे, सामाजिक सञ्जालमा आएका भिडियो उनको बालबच्चा र घरका मान्छले हेरेर उनका बाबुलाई किन लखेटेर पिटेको भन्दा के उत्तर दिने ? तिम्रो बाबुले सवारी व्यवस्थापनमा सहयोग गरेका भनेर उपत्यकावासीले सम्मान स्वरुप लेखेटी लखेटी पिटेको भन्नु ? यस्तो रोगको सङ्क्रमण बढिरहेका बेला घर–परिवार नभनी जनताको सेवामा खटिरहेको पुरस्कार स्वरुप बीच सडकमा ईटा प्रहार गरे भीडले भन्नु ।

कर्तव्य पालनको सिलसिलामा नै राजधनी जस्तो शिक्षित, सुरक्षाको दृष्टिले चुस्त दुरुस्त ठाउँमा त प्रहरी पोशाकमा प्रहरीले यसरी कुटाई खानु पर्दछ भने अन्य सामान्य जनताको हालत के होला ? केहि सज्जनहरुले हमला रोक्ने प्रयास नगरेका होईनन् तर अराजक र दायित्व बिर्सिएका भीडले उनीहको कुरा सुनेनन् । यस किसिमको घटना अलि अगाडि पनि सामाजिक सञ्जालमा आएको थियो । त्यसको के कति कारवाही भयो थाहा भएन । प्रहरीहरु पनि सबै सही हुन्छन् भन्ने छैन । सबैको कारवाही गर्ने आफ्नो निकाय छ । भीड र हुल हुज्जतले कारवाही गर्दै जाने हो भने भोलिको अवस्था झन डरलाग्दो हुन्छ । संंस्कृति हामी सबैको हो, हामी सबै मिलेर संरक्ष्ँण गर्नु पर्दछ तर संस्कृतिको संरक्षण गर्ने नाममा यदि कतै कसैले अमानवीय कार्यलाई प्रश्रय दिइरहेको छ भने त्यस्तो कार्यलाई तत्काल रोकिनु पर्दछ ।

Sudhirshrestha.htd@gmail.com

Published in https://samriddhasamaj.com

कोरोनामा मकवानपुर


मकवानपुर जिल्लामा कोरोनाको संक्रमण तिब्ररुपमा बढि रहको सन्दर्भमा सम्बन्धित निकायहरुले आअफ्नो क्षेत्रबाट गरिरहनु भएको कार्य संह्रायनिय छ । आफ्नो घर परिवार छोडेर आफ्नो दायित्य निर्वाह गर्नु लागि पर्नु भएको छ । रोगको प्रकोप बढेसंगै कामहरु पनि बढन गएको छ, मानिसहरुको असन्तुष्टि पनि बढन गएको छ , शत प्रतिशतत सन्तुष्ट बनाउन अवश्य पनि सकिदैन  यो साश्वत सत्य हो । हामीले गरेको धेरै राम्रा कामहरु सतहमा नै हराउछन नराम्रा एउटा काम सतह भन्दा धेरै माथि आएर राम्रा कामहरु सबै ओझेलमा पार्छन । यस्तो बेला कोरोनाको क्ष्ँेत्रमा दिलो ज्यान दिएर लागिरहुन भएकाहरुलाई लाग्न सक्छ यसरी मरी मेटेर काम गर्दा पनि हामीले सबैको गाली सुन्नु पर्दछ भने किन मरी मेटर गर्नु । जिल्लावासीहरु तपाईहरुको दायित्यव भएकोले बढी भन्दा बढीलाई सन्तुष्टि बनाएर आफ्बाट भएका गल्तिहरुलाई कहा“ कसरी कम गर्न सकिन्छ भनेर कार्य गर्दा अझ राम्रो हुन्छ होला  

सर्वप्रथम पीसीआर परीक्षणको दायरा र परीणाम चा“डो भन्दा चा“डो निकाल्नु पर्ने अपरिहार्यता देखिएको छ । जिल्लामा समुदाय स्तरमा रोगको संक्रमण फैलिन थालको अवस्था छ । परीक्षणको दायरा नबढाईकन हामीले संक्रमित संख्या पत्ता लगाउन सक्दैनौ । देखिएका संक्रमित मात्रको गनणा गर्यौ भने नया“ संक्रmमित फेरी फेरी थपिन सक्छन । कम्तिमा एक घर एकजनाको परीक्षण गर्दा जिल्लामा विद्यमान रागीको पहिचान गरी उचित व्यवस्थापन गर्न सजिलो हुन्छ । यस पछि बाहिर जिल्लाबाट मकवानपुर आवत जावत पूर्णरुपमा कडा गर्नु पर्दछ । अहिले पनि बिभिन्न स्वास्थ्य संस्थाको कार्ड, औपाधि उपकरण, दुध तरकारी र अन्य खाद्य पदार्थ सप्लाईको नामाम चोरी छिपी अन्य सर्वसाधरणको पनि आवत जावत भई रहेको देखिन्छ । यस किसिमको अवत जावतलाई सम्बन्धित संघ संस्थाको काममा गएको हो होईन पत्ता लगाई सजिलै किसिमले गर्ने गरेको आवत जावतलाई तुरुन्त बन्द गर्नु पर्दछ । 


पीसीआर परीक्ष्ँणको परीणाम चा“डो ननिस्किदा संक्रमितले अरु धेरै संक्रमणको संख्या बढाउन सक्ने देखिन्छ । परीणाम चा“डो निकाल्नको लागि उपकरण खरिद गर्नु पर्ने भए हाल स्थानिय निकायहरुले छुट्टाएको बाटो घोटो, मठ मन्दिर भवन निर्माण जस्ता विकाश खर्च रकम सबै कट्टा गरी उपकरण खरीद गर्न लागि पर्दा राम्रो हुन्छ होला । हाल एक सातादेखि दुई सातासम्म लागिरहेको समयलाई घटाएर  बढीमा २ दिनमा परिणमा निकाल्ने व्यवस्था गरौ, यसो गर्दा रोगीको पहिचान चाडो भई अन्यमा संक्रमण फैलाउन सक्ने सम्भावना कम हुन्छ ।


रोगीको पहिचान भई सके पछि कोही संक्रमित भए के गर्ने र कसो गर्ने भन्ने विषयमा स्पष्ट जानकारीको अभाव देखिन्छ । कन्ट्याक्ट ट्रेसिगंकोलागि सम्बन्धित बडा स्वास्थ्य ईकाईहरुले काम गरी रहेको छ यसलाई अझ प्रभावकारी बनाउ“दा राम्रो होला । होम आईसोलेसन बस्दा के गर्ने के नगर्ने,  दुई साता भएपछि के गर्ने र आफ्नो स्वास्थयको अन्य नियमित परीक्षण कसले कसरी गर्छ भन्ने कुरामा अन्यौल रहेको अवस्था देखिन्छ । त्यसको लागि भोलिन्टीयर संघसंस्थाहरुकोलागि निश्चित जिम्मेवारी दिएर कार्य गराएर सबैलाई सूचनाको प्रवाह गर्न सकिन्छ होला । 


हाल परीक्षणको रिर्पोटहरु बिभिन्न माध्यमहरुबाट आउन थालेको छ, कुनै बेला हस्त लिखित, कुनै बेला आईसोलेशन सेन्टरकै पत्रमा हस्ताक्षर नभएको लिस्ट बाहिर आएको देखिन्छ । आधिकारीक व्यक्तिको जनकारी विना सूचनाहरु बाहिर आएको जस्तो देखिन्छ । विरामीको संख्या र कोरोना संक्रमणको बारेमा जानकारी गराउन एकद्धार प्रणाली लागु गरे राम्रो हुन्छ होला । यसबाट बाहिर जनमानसमा सहि सूचना मात्र बाहिर आउने र अनावश्यक रुपमा त्रशित हुने वातावरण हुदैन । केहि अगाडी एउटा बैंकको १ जना संक्रमित भएकोमा बाहिर ९ जनाको समाचार आएको थियो  भने एउटा अस्पतालको १ जना कर्मचारी हुनु पर्नेमा २ जना स्वास्थ्यकर्मी संक्रमित भएको समाचारहरु बाहिर आएको थियो । समाचार प्रसारण गर्ने निकायले पनि सम्बन्धित कार्यालयहरुसंग समन्वय गरेर समाचार प्रकाशन गर्दा सहि सूचनाको प्रवाह हुन्थ्यो होला ।  विगतमा नगर उपप्रमुखबाट जनकारी दिने प्रयास शुरु भएको पनि थियो हाल यसको निरन्तरता दिन पाए अझ बेस हुन्थ्यो होला ।

कर्रामा आईशोलेन हु“दा सायद थोरै विरामीहरु थिए जसले गर्दा व्यवस्थापन गर्न सजिलो भएको थियो । गौरीटार जाने बित्तिकै बिभिन्न किसिमका समस्याहरु देखा परे । समस्याहरु खासै ठूलो जस्तो लाग्दैन अलिकति व्यवस्थापनकोलागि भएको असमझदारी मात्र होलो । यदि खाना नै ढिलो भएको भएपनि स्पष्ट रुपमा बिरामीहरुलाई भनि दिएको भए सायद विरामीहरुले यहिले परीस्थिति बुझेर त्यसलाई ठूलो बनाउदैन थिए होला । अर्को सामान्य सम्बोधनमा भएको  विषय आएको छ । मन मिलेको बेला जत्रो ठूलो कुरा भने पनि केहि लाग्दैन जव मन मिल्दैन सानो सानो कुराहरु पनि ठूलो हुन जान्छ । यसमा विरामीको र कर्मचारी दुवैको बोल्ने शैलीले नकारात्मक प्रभाव पारेको हुन सक्छ । कर्मचाीहरु तनावमा थिए होला, तनावलाई उचित व्यवस्थापन गर्न सके यस किसिमको दुर्घटना निम्तिदैन थिए होला । कर्मचारीहरुको लागि सबै विरामीलाई एउटै जानकारी दिएको जास्तो लाग्छ तर विरामी जस्ले जिज्ञाशा राख्दछ उसले सम्बन्धित कर्मचारीहरुस“ग धेरै अपेक्षा गरेको हुन्छ । यो कुरालाई आईशोलेशनमा बस्ने कर्मचारीहरुले ध्यान पु¥र्याई दिनु भए धेरै राम्रो हुने थियो होला । 

सबै जना एक जुट होउ सबैले आ—आफ्नो क्ष्ँेत्रबाट रोग विरुद्ध लडनकोलागि एकयवद्धता जाहेर गरौ । सबैले सबै क्ष्ँेत्रबाट सकारात्मक सोच एवम् चिन्तन ग¥यौ भने अवश्य पनि हामीले कम क्ष्ँत्तिमा यो रोग विरुद्ध विजय हासिल गर्न सक्छौ ।


सुधिर भद्र

२०७७ भाद्र १३ गते

sudhirshrestha.htd@gmail.com


Wednesday, February 5, 2020

विम्ब र प्रतिविम्ब

न बुटा कुदेर राम्रो बनाउन सक्छौ ।
न धोएर सफा बनाउन सक्छौ ।।
जे छौ त्यही देखिन्छौ ।
जे छैनौ त्यो देखिन्दैनौ ।।
यो विम्ब र प्रतिविम्बको सम्बन्ध हो ।

न ढाकेर छोप्न सक्छौ ।
न पगालेर गाल्न सक्छौ ।।
जे छौ त्यही देखिन्छौ ।
जे छैनौ त्यो देखिन्दैनौ ।।
यो विम्ब र प्रतिविम्बको सम्बन्ध हो ।

न पखालेर लागेको दाग हटाउन सक्छौ ।
न उखालेर गडेको बचन झिक्न सक्छौ ।।
जे छौ त्यही देखिन्छौ ।
जे छैनौ त्यो देखिन्दैनौ ।।
यो विम्ब र प्रतिविम्बको सम्बन्ध हो ।

न छलेर लगाएको मोहनी दरो हुन्छ ।
न ढाटेर बसालेको प्रित कसिलो हुन्छ ।।
जे छौ त्यही देखिन्छौ ।
जे छैनौ त्यो देखिन्दैनौ ।।
यो विम्ब र प्रतिविम्बको सम्बन्ध हो

सुधिर भद्र
२०७६ माघ २२ गते
sudhirhtd@yahoo.co.uk

Thursday, January 30, 2020

अब उठ्नै पर्ने भो ।

अरुको कुरा सुन्ने मात्र होईन
सबैलाई कुरा सुनाउनै पर्ने भो ।
अब उठनै पर्ने भो
भारी बोक्नै पर्ने भो ।

अरुले गरेको हेर्ने मात्र होईन
आफै हात चलाउनै पर्ने भो
अब उठनै पर्ने भो
भारी बोक्नै पर्ने भो ।

तिमले बाजी मा¥र्यो मात्र भन्ने होईन
आफैले पनि जुवा खेल्नु पर्ने भो
अब उठनै पर्ने भो
भारी बाक्नै पर्ने भो

आफ्नो ठानेर सुझाव दिने मात्र होईन
कुरा नसुन्नेलाई त्यतिकै छोड्नु पर्ने भो
अब उठनै पर्ने भो
भारी बाक्नै पर्ने भो



सुधिर भद्र
२०७६ माघ १६ गते
sudhirhtd@yahoo.co.uk

सिंघे भ्लोनलाई अग्रीम श्रद्धाञ्जली

हेटौडा उपमहानगरपालिका २७ नं वडा बासामाडी शेरशेर का १४ वर्षिय वालक सिंघे भ्लोन चार महिनादेखि टाउको दुख्ने व्यथाले थलिएका छन् । उनी परिवारको नवौं सन्तान मध्येको माहिला छोरा हुन, उनी पछिका तीन सन्तान छन् । बसामाडीबाट ४ घण्टा उकालो लागेपछि उनको गा“उ पुगिन्छ । १० वर्षको उमेरमा काठमाण्डौमा गलैचा बुन्न पुगेका सिंघे शरिर थलिएपछि गा“उ फर्केका हुन । उनको टाउको एकदम दुख्ने, दुखाई सहन नसकेर घोप्टो परेर आमाको काखामा रोएर बस्ने उनको दैनिकी छ । दुखेको बेला बान्ता पनि आउने गर्छ । टा“उको दुख्ने व्यथाले धेरै च्यापेपछि बसामाडीका उनको नातापर्ने एक जना दिदीलेले आ“खा अस्पतालमा उपचारको लागि ल्याएका थिए । आ“खामा कुनै समस्या नदेखिएपछि उनलाई सीटि स्क्यान गर्नु पर्ने सल्लाहा अनुसार सिटी स्क्यान गराउदा उनको टाउकोमा ट्युमर देखिएको हो । उपचारकोलागि करिव एक लाख लाग्ने चिकित्सकहरुले बताएपछि परिवारका सदस्यहरु हरेश खाएर घरमा बसेका छन् ।
जाडोमा एक सरो कपडाको पनि अभाव भएको अवस्थामा उनको परिवारलाई यो उपचार खर्च ल्याउन असम्भव छ, कसैले सहयोग गरे बा“च्ला नत्र यो त्यसै मर्छ होला उनका परिवार तामाड्ड भाषमा चिन्ता मिश्रीत स्वरमा भन्दै थिए । आफन्तको सर सहयोगले भरतपुरमा परीक्षण गराउ“दा टाउकोको भित्री भाग(मगज)मा सिड्डो सुपारी जस्तो मासुको डल्ला देखिएको छ । जुन बिस्तारै बिस्तारै ठुलो हु“दै गई दिमाग र अन्य नसाहरुलाई चेप्दै गएको छ । जस्ले गर्दा उनको दृष्य क्ष्ँमतामा कमि हुनुका साथै टाउको दुखाई पनि बढ्दै गएको छ । चिकित्सकहरुका अनुसार उनको शल्यक्रिया १५ दिन भित्र गरी सक्नु पर्ने छ । अन्यथा उनको जीवनले लामो समयसम्म निरन्तरता पाउने सम्भावना कम छ ।

“आमा न्हानन थोबो स्वहाजी, ङादा मन लदोजी” आमा एकदम टाउको दुख्यो मलाई औषधि ल्याई दिनुस, तामाड्ड भाषा मात्र बुझ्ने उनको आमालाई भ्लोनले आफ्नो दुखाई सहन नसकेपछि रोएर याचाना गर्दै थिए । जति सुकै चन्चल, जति सुकै बदमास, जति सुकै घुमन्ते भए पनि पिडाको बेला बच्चाहरुको साहारा भनेको आमा नै हो । उनीहरुलाई आफ्नो आमाले जे पनि गर्न सक्दछ, चाहेको जे पनि ल्याई दिन सक्छ, दुख परेको जे पनि हटाई दिन सक्छ जस्तो लाग्दछ । सिंघेले त्यहि आशले आफ्नो आमालाई गुहारी रहेका थिए । उनको नजिकिदो मृत्युबाट कसैले नसके पनि मेरो आमाले त मलाई बचाउछ होला भन्ने आशमा आमाको काखमा लुटुपुटु गरेर रोई रहेका थिए ।

“फान्ला जा, थाकाराको कोला” निको हुन्छ छोरा नरोउ भन्दै आमाले स्नेहको हातले उनको टाउ“को मुसारी रहेका थिए । आमा मन मनै मेरो छोराको नजिकिदो मृत्युसंग कसरी लडने होला भनेर भक्कानिदै उनलाई सम्झाउन खोजी रहकी थिईन । उनको हातमा कुनै दिव्य शक्ति भए मेरो छोराको टाउको मुसारेर भए पनि त्यो मासुका डल्ला फाल्न पाए मेरो छोरा बच्थ्यो होला भन्ने उनी कल्पाना गरी रहन्थिन ।

हेटौडा वजार आईपुग्न नै खर्च अभावका कारण चार महिना लागेका ति बालकले थप उपचारको लागि के गर्लान का“हा जाला के गर्लान । पुषमा बढेको जाडोमा फित्ता चुडिन लागेको म्याजिक चप्पल, चार घण्टा हिडेर पसिना र धुलो टा“सिएर कालो माटोको तह तह परेको कुर्कुच्चा, सानो भएर नलि खुट्टा सम्म पुग्न लागेको पाईन्ट, एक सरो पहेलो भेष्टमा उपचारकोलागि हेटौडा आईपुगेका ति बालक थप उपचारको खोजिमा छन् । छोरा जाडो भएर खुम्चिएको देखेपछि आमाको स्नेह थामि नसक्नु भएर आफूले ओडीरहेको तामाड्ड समुदायका महिलाहरुले आड्ने रातो पछौरा छोरालाई ओडन दिई आफू जाडो बाट बच्न दुई हात बाधरे बसिन । रुन्चे मुख लगाएका ति बालक थप उपचारकोलागि सहयोगीहातहरुको खोजीमा छ । केही संघसंस्थाहरुले सहयोग रकम उनको परिवारलाई हस्तान्तरण गरेका छन् जुन उनको औषधि खरिदकोलागि मात्र पुग्ने देखिन्छ । शल्यक्रियकालागि आवश्यक ठूलो रकमकोलागि ठूलै धन र मन भएको मानिसको आवश्यकता छ ।

चार महिनादेखिको टाउको दुखाईले उनको शरिर शिथिल भएको छ । आखा“ले एक हात पर सम्मकोमात्र चिज बस्तु देख्न सक्दछ त्यो पनि स्पष्ट छैन । बोली मधुरो छ । भरतपुरमा दुखाई कमगर्ने औषधि खाए पछि उनको चार महिना देखिको टाउको को पिडा क्ष्ँणिक समयकोलागि कम भए पछि उनको ओठमा केहि लजालु मस्कान देखिएको थियो । अवको १५ दिन भित्र उपचार प्रकिया केहि शुरु भएन भने त्यो मुस्कान केहि दिनको लागि मात्र हुनेछ । उनका बावु परिवारमा त्यत्ति चासो नदिने धेरै समय वन तिर नै हराउने भएकोले परिवारको सम्पूर्ण जिम्मेवारी आमालाई नै छ । तर आमा बेसाहारा छिन चाहेर पनि केहि गर्न सकिरहेकी छैनन । गा“उ घरकै विद्यालयमा सामान्य शिक्षा दिनु बाहेक उनीहरुका अभिभावकले केहीगर्न सकेका छैनन । चामलको मुख कहिले कहि देखिने घरमा पौष्टिक तत्वको आश गर्नु वेकार छ । त्यहि भएर होला हेटौडामा सिंघेले दुघ र दुनोट खादा निकै रमाई रमाई खाईरहेका थिए । लाग्थ्यो उनले त्यो खाजा वर्षौ पछि पाएका थिए । अव कहि कतैबाट उनको परिवारले सहयोग पाए उनले फेरी नया“ जीवन पाउन सक्लान अन्यथा मन अमिलो पारेर भएपनि भन्ने पर्छ सिंघेलाई अग्रिम श्रद्धाञ्जली ।

सुधिर भद्र
२०७१ माघ १५ गते

म आफैमा हराउन थालि सके ।

आशाका जराहरु ढल्न थालि सके
निराशाको बादलहरु मडारीन थालि सके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।

आफ्नाहरु सबै पराई भई सके
पराईहरु झन पराई भईसके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।

क्षितिजको ज्योति देख्न छाडी सके
कल्पाना भित्रको मिठो परिकल्पना गर्न छाडी सके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।

सुधिर भद्र
२०७३ माघ २६ गते
sudhirhtd@yahoo.co.uk

Sunday, September 29, 2019

बुद्धको घर चुहिएको छ ।

बेमौसमको वर्षा लागेको छ । जता ततै हिलो नै हिलो भएको छ, हट्यो सारा हिलो मैला, हरायो पानीको वर्षा भन्ने पुरानो कविता पनि अपवादमा पर्न लागेको छ । थन्काएर राखिएको वर्षादी र छाताहरु पुनः सक्रिय हुन थालको छन् । आज रोक्ला, भोली रोक्ला भन्ने पानीले पनि आफ्नो म्याद थप्दै लगेको छ । मौसम विदको भविष्यवाण्ी र गुगल बाबाको भिवष्यवाण्ी पनि घण्टा घण्टामा फेरीन थालको छ । व्यापारी व्यवसायीहरु दर्शैको व्यापार वर्षाले नास हुनेमा चिन्तित छन् ।

यस्तै मौसममा भैरहवामा कार्यक्रमको शिलशिलमामा पुग्दा सहभागीहरुसबैलाई बुद्ध जन्मेको ठा“उमा एक पटक पुग्न हुट हुटी जागेको थियो । आयोजकले पनि सहभागीहरुले घुमाउनकोलागि यातायताको व्यवस्था गरेको थियो । कोही पुग्दै नपुगेका कोही दुई चार वर्ष अघि पुगेका सहभागीहरु सहितको टोली भ्रमणकोलागि हिडेका थियौ । बुटवल भैरहवाको सडकको अवस्था देख्या हाम्रा मनमा बुद्ध जन्मेका ठा“उ लुम्बिनीका धेरै कुराहरु खेलीरहेको थियो । 

भैरहवा शहर छोडने बित्तिकै जव हिलो बाटोमा गाडीको टायर दवेका आवाजमा मन्द गतिमा गाडी चल्न थाल्यो, बुटवल भैरहवा खण्डमा देखिएका राम्रा सडकका कल्पाना त्यहिबाट समाप्त भयो । अरुबेला आधा घण्टा समय लाग्ने बाटो त्यति नै समय थपेर अचेल एक घण्टाको भएको रहेछ । घाम लागेको बेला धुलो अनि पानी परेको बेला हिलो, यहा“को बाटोको पर्याय भई सकेको रहेछ । हामीसंग सहभागी मध्ये एक जना विदेशी पाहुनालाई पनी हामीले बुद्ध जन्मेको ठा“उ भनेर घुमाउन लगको थियौ । बुद्धका बारेमा  यात्रामा निकै गफहरु भएका थिए । लुम्बिनी पुग्ने बेलमा गर्मी भएर झयालको के खोलेका मात्र थियौ उताबाट आएको गाडीले उछिट्ट्एको पानी हाम्रो गाडी भित्र छिरेर विदेशी पाहुनको सटमा लाग्न पुग्यो । हामीले उसलाई बुद्ध सानो छदा“ फुटबल खेल्ने ठा“उको माटो तिम्रौ सटमा परेछ यसलाई भवगान वुद्धको प्रसादको रुपमा लिनु भनेर सान्तवना दियौ ।

विदेशका ठूला ठूला फोरमहरुमा बुद्ध वाज वर्न ईन नेपाल भनेर वहस गर्नेहरु साच्चै नै बुद्ध जन्मेकै ठाउ“मा पुगेर गर्नु पर्ने अत्यावश्यक कार्य गर्न पछि परेको हामीले पायौ । सन् २०२० भिजीट नेपाल वर्ष भनेर मनाउने कुरा आई रहेको बेला । देशकै महत्वपूर्ण गनतव्य लुम्बिनीको बारेमा अझ धेरै सोच्नु पर्दछ । विदेश तिरका साना साना पार्कहरुमा समेत पर्यटककोलागि यथेस्ट सूचनाहरु राखिएका हुन्छन् । तर विश्वको नै ध्यान खिच्नु पर्ने बुद्धको जन्म स्थानमा प्रयापत सूचनाहरुको अभाव देखियो । हामीलाई पनि कति धेरै जिज्ञाशाहरु थियो तर हामीले त्यसबारेमा जान्नकोलागि कहि कतै केहि लेखिएको पाईएन न त सोध्नकोलागि आधिकारीक व्यक्ति कोही पायौ । बाटाको छेउ छेउमा कलात्मक स्ट्रिट ल्याम्पहरु ठडिएका छन् तर बाटोको दाया बाया“को झार ठूलो भएर बाटोको आधा सीमा नै खाई त्यो स्ट्रिट ल्याम्प पनि छोपी सकेको छ । बेलुका त्यसको उज्यालो बाटोमा आउछ की आउदैन त्यस्मा पनि प्रश्न चिन्ह खडा भएको छ ।

मायादेवीको मन्दिरमा पानी चुही रहेको देख्दा सबै भन्दा बढी दुःख लाग्यो । संसार पुरा ब्रम्हाण्ड अनि विश्वमा नेपाल चिनाउने महत्वपूर्ण स्थान त्यहि स्थानमा पानी चुहिनु अनि त्यसको मर्मत सम्हार बेलामै नहुनुले त्यसमा सबै जना सच्चा नेपाली शिर झुकाएको छ । आकाशको पनी चुहिएकोले पुरातात्विक महत्वको केहि सर सामानहरु पनि भिजिएका थिए । त्यसको मर्मत सम्हार कस्ले गर्ने हो थाहा भएन । समान्य चुहिएको देखिएमा त्यसको चुस्त व्यवस्थापन गरी चा“डो भन्दा चा“डो त्यसको व्यवस्थापन गर्नु पर्ने थियो । दैनिक हजारौ संख्यामा आउने विदेशी पर्यटकहरुले यस्तो देखेमा के भन्ठान्छन होला । बुद्ध नेपालमा जन्मेको हो भनेर वकालत गर्नेहरु एक पटक लुम्बिनी जाऔ, सबै भन्दा पहिले बुद्धको घर बनाऔ । बुद्धको घर अहिले चुहिएको छ । हामीसंगै गएका विदेशीलाई हामीले तमाम नेपालीहरुको घर पनि चुहिएको हुनाले बुद्धको घर पनि चुहिएर समस्त नेपाली घरहरुको प्रतिनिधित्व गरी रहेको बताएर हाम्रो लाज ढाक्ने प्रयास ग¥यौ ।

लुम्बिनी विकास कोष लामो समय देखि यस क्ष्ँेत्रको संरक्षण एवम् विकास विस्तारमा लागि रहेको छ । माया देवी मन्दिर, अशोक स्तभ लगाएतका प्राचिन संस्कृतिका घरोहरहरुको संरक्षणमा अलि खटन पटन नपुगेको हामीले महशुस गरेका छौ । मन्दिर वर पर पक्कै पनि फोहर व्यवस्थापनको लागि कर्मचारीहरु खटाईएका होलान तर फोहर भएको ठाउ“मा उपस्थिती शुन्य देखियो । संसारको ध्यान खिच्न सक्ने मायादेवी मन्दीरमा यदि कसैले एउटा कागजको टुक्रा फालेमा एकै छिनमा सफा गर्न आई पुग्नु पर्ने हामीले सोचेका थियौ । त्यहा पानीको खाली बोतल फालिएको घण्टौ भएको थियो तर त्यहा सफाई कर्मचारीहरुको उपस्थिति देखिएन । उक्त बोतल हावाले उडाएर पोखरीमा नै पु¥याउन थाले पछि हाम्रै टोलीको सदस्यले त्यसलाई उठाएर डष्ट विनमा हाले । त्यहा घुम्न आउने पर्यटकहरुसंग झिझो लाग्ने गरी अनियन्त्रित बाल बालिकाहरुले पछि लागेर पैसा मागी रहेको दृष्य देख्दा हामी कुनै गल्लिमा छौ की संसारकै बहुमुल्य पर्यटकीय स्थलमा छौ भन्ने कुरामा अल्मलिएका थियो ।

पर्यटन वर्षको नामाम अवश्य पनि यस पावन भूमिका बिभिन्न कायृक्रमहरु गर्ने योजना बनाएका होला । विदेशी बस र सव स्टेशन हरुमा बुद्ध नेपालमा जन्मेका हुन भनेर ठुला ठुला अक्ष्ँरमा लेखेर राखेका होलान । उनीहरुले बुद्ध जन्मेको ठाउमा तिमीहरुले के के गरेका छौ भनेर सोध्यो भने हामीले के भनेर उत्तर दिने । तिमले त्यो चुहिएको मायादेवी मन्दिर किन बनाएनौ भन्यो भने के भन्ने । यस्ता पावन भुमीमा सर सफाई व्यवस्थापन गर्न सकेनौ भने के भन्ने । लामा लामा अव्यवस्थित झारपात किन व्यवस्थित गरेनो भने के भन्ने ।

हामी अवसरै अवसरको बीचमा छौ । बुद्धको पावन भूमिमा विभिन्न कृषि उत्पादनलाई प्रसय गरेर बुद्धको नाम राखेर उत्पादन गरीएका कृषि उत्पादनहरुको व्यापार लाई अन्तराष्ट्रिय करण गर्न सकिन्छ । तर अहिले त्यस क्ष्ँेत्रमा उव्जाउ योग्य भूमिहरु बिस्तारै बिस्तारै ठूला ठूला कंक्रिट उद्योगहरुले ढाकिन थालको छन् । विशेषगरी बुद्ध घर्म मान्ने मुलुकहरुले यस क्ष्ँेत्रमा उत्पादन भएका कृषि उत्पादनहरु खरिद गरेर लान सक्छन । अथवा बुद्ध र सो संग सम्बन्धित बिभिन्न मायाको चिनोहरु व्यवस्थित रुपमा बनाएर त्यसको व्यापारबाट पनि आर्थिक स्थिति उकास्न सक्छन् ।  सबैले सवै क्ष्ँेत्रबाट बुद्धको जन्मभूमीको बारेमा सोच्ने बेला आएको छ ।

सुधिर भद्र
२०७६ असोज १२

Friday, May 17, 2019

म अरुलाई देखाउन होईन....... मलाई अरुले हेरेको हेर्न चाहन्छु ।

यो आडम्वरकोखोल उघार्न चाहन्छु
रीत भित्रको रिवाज फेर्न चाहन्छु ।
म अरुलाई देखाउन होईन
मलाई अरुले हेरेको हेर्न चाहन्छु ।

तलाई सवैले छाडेर गै सक्यो भन्नेहरु पनि छन यहा“
तेरो आवाज सवैले सुन्न छाडी सक्यो भन्नेहरु पनि छन् यहा“
म अरुलाई देखाउन होईन
मलाई अरुले हेरेको हेर्न चाहन्छु ।

हो म एकनाश हिड्छु,
हो म दौडन सक्दिन
यदि कुदने मानिसहरुको मात्र बोलवाला छ भने
म सहभागी छैन त्यो भीडमा त्यो दौडमा
म अरुलाई देखाउन होईन
मलाई अरुले हेरेको हेर्न चाहन्छु ।

सुधिर भद्र
२०७६ जेठ ३

Tuesday, February 12, 2019

हस्पिटल डायरी

यो चित्त दुख्ने मुटु फाल्न पाए पनि कति सन्चो हुने थियो होला हगी, काभ्रेकी ५६ वर्षिय कान्छिमाया तामाड्ड अन्य अस्पतालमा विरामी कुरेर बसेका अन्य विरामीहरुसंग गफिदै थिईन । घरमा हासि खेली बसीरहेको परिवारमा ७३ वर्षिय आमालाई एक्कसी ज्वरोले समाते पछि गा“उकै सामान्य औषधि दोकानमा औषधि किनेर खान दिएका थिए । पसलको औषधिले ज्वरोमा कुनै कमि न ल्याएपछि उनीहरुले नजिकैको अस्पतालमा पु¥याएका थिए । अस्पतालले काठमाण्डौ रिफर गरे पछि उनीहरु सर्व प्रथम शिक्षण अस्पताल पुगेका थिए । विरामीको सामान्य चेकजा“च पछि आईसीयूमा राख्नु पर्ने चिकित्सकाके सल्लाह बमोजिम उनीहरुले शिक्षण अस्पतालमा आईसीयू खोजे । शिक्ष्ँण अस्पतालमा आईसीयू पाउनु सामान्य मानिसकोलागि त्यति सजिलो छैन । देश भरीका विरामी आउने एवम् राम्रा उपचारको प्राथमिकता नजिकका मानिसले मात्र पाउने भएकोले सामान्य मानिसका लागि सहज छैन शिक्ष्ँण अस्पताल ।

शिक्ष्ँण अस्पतालका चिकित्सकहरुकै सल्लाहमा उनीहरुले रिड्डरोडकैे निजी अस्पतालमा आईसीयूको बेड पाए, उनीहरुलाई केही आश भयो । आईसीयूको उपचारलाई सहि हिसावले सोच्यौ भने यो विरामीकोलागि एक किसिमको वरदान नै हुने उपचार हो । न्यून आय भएकाहरुकोलागि यसमा राखेर गरेर गरिने उपचार निकै महड्डो पर्दछ । तामाड्ड परिवारले पनि शुरुका दिनहरुमा आफ्नो आमाको जीवन रक्षा गर्नकोलागि आफूसंग भएको बचतले भ्याएसम्म गरे त्यसपछि भएको जाय जेथा बेचेर पनि शुरु गरी रहेका थिए । ठूला ठूला प्लास्टिकका झोरा भरी ओषधि दिनको दुई पटक ल्याउनु पर्दथ्यो । दैनिक १५ हजार भन्दा बढीको औषधि, बेड चार्ज र अन्य गरेर दशौ हजार तिर्नकोलागि जो कोहीलाई पनि सहज हुंदैन । तामाड्ड परिवारले पनि भ्याएसम्म गरे अन्तमा रकम अभाव भएको जानकारी अस्पताल प्रशासनलाई गराएर उनीहरु फेरी केही सस्तो सरकारी अस्पतालको खोजीमा हिड्न थाले । आमाको दैनिक उपचारमा समान्य मात्र प्रगति भएकोले उनीहरु केही हतास तथा केही उत्साहित थिए । 

अग्रेजी नाम अनि सुन्दै अलि सफा लाग्ने नाममा विरामीको चाप राम्रै थियो । आठवटा वेड भएको आईसीयू प्राय खाली हु“दैन थियो । विष सेवन गरेर आएका दुई जना युवाहरुको पनि उपचार भई रहेको थियो । अस्पतालमा दैनिकी विरामी हेर्दा विष सेवान पनि अहिलेको नया“ फेशन जस्तो लागि रहेको थियो । स्थायी घर नेपलको पश्चिम लमजुड्ड भएका तर लामो समयदेखि रोजगारकै शिलशिलमा भारतमा रहेको ब्राम्हण परीवारका काठमाण्डौमा होटल चलाईरहेको जेठो छोरो पनि विष सेवन गरेर उपचारकोलागि ल्याईएको थियो । शुरुका तीन दिनसम्म त विरामीको कुनै होश थिएन । पछि विस्तारै होस आउन थालेको थियो ।  उनको परिवार, भारतीय सरकारी जागीरे आमा सबै आई पुगेका थिए । नेपाली नबुझने ४ वर्षिय बहिनी पनि दाजुको स्वास्थ्य स्थितिकोबारेमा जानकारी राखी रहेकी थिईन । काठमाण्डौमा नै सानातिनो व्यपार गरी रहेका २८ वर्षिय युवाको पनि विष सेवनबाट तीन दिनसम्म आईसीयूमा बोलचाल नै बन्द भएर उपचार भईरहेको थियो । चौथौ दिनमा होस आए पछि उनको वरी परी ५ वर्षिय र ३ वर्षिय छोरीहरु बाबासंग झुम्मिएर बसेको दृष्य सारै मार्मिक थियो ।

बालाजुमा काठा लिएर बसेकी अर्को एकजना २१ व्र्षिय महिला पनि विष सेवन गरेर उनको परिवारले ल्याई पु¥याएका थिए । संगै कोठाको मान्छेले भोलिपल्ट देखेर परिवारलाई जानकारी गराएपछि मात्र उनको उद्दार गरिएको थियो । समयमानै उद्दार हुन नसकेको कारण उनको जीवन अगाडी बढन सकेन । भीडमा केटीको दिउ“सो कुनै केटा मान्छेसंग झगडा भएको र सोही कारणले आत्महत्या गरेको चर्चा चलि रहेको थियो । उक्त युवकलाई प्रहरीमा जाहेरी दिनेसम्म हल्ला आएको थियो । आर्थिक श्रोत त्यत्ति राम्रो नभएको र पहु“च कम भएको कारण त्यो हल्ला त्यही भिडमा नै हरायो ।

खुमलटार तिरका मंगोलियन परिवारका एक जना बुढा बा पनि आईसीयूमा राखिएको थियो । पचास काटिसकेका छोराहरु बावुको उपचारमा लागिरहेका थिए । नातीहरु पनि मोबाईलमा गेम खेलेर भएपनि हजुरबुवा भर्ना भएको अस्पतालमा दिनभरी हजुरवुवालाई कुरेर बसिरहेका थिए । सायद चिकित्सकले विरामीको अन्तिम अवस्था छ भनेर होला, पारिवारीक समुहमा बेला बेलामा रुवावासी चल्थ्यो । अन्तिम आशको रुपमा आप्mनो घार्मिक गुरुलाई ल्याएर पैसा फुकेर पानीमा हालेर खुवाउने काम पनि भई रहेको थियो ।

कुपण्डोलका एकमात्र छोरा भएको परिवारको पनि हालत उस्तै थियो । केही नभएको मानिस विहान उठ्दा होस थिएन रे त्यस दिन देखि आईसीयूमा राखिएको २० औं दिनसम्म आईसीयूमा नै थियो । विरामीको अवस्थामा केही सुधार आएको थिएन । बेदेशिक रोगजारमा काम गर्ने दिदीले विरामीको सम्पूर्ण खर्च व्यहोरी रहेको थियो । १५ लाखभन्दा बढीको हिसाव आईसकेको कुरा गर्दै थिए । अर्को अस्पतालमा लैजान पनि तपाईहरको रिस्कमा लानु भनेर अस्पताल आफू पन्छिन खोजीरहेको थियो । विरामीको अवस्थामा कुनै सुधार नआउनु र बारम्बार ठूलो रकम खर्च गरेर औषधि मात्र किनिरहनु पनि सजिलो थिएन । अन्तत उनीहरुले आफ्नै रिस्कमा विरामीलाई अर्को अस्पतालमा लगे ।

एकहप्ताको अस्पतालमा बसाईमा नेपालमा स्वास्थ्य क्ष्ँेत्रमा सर्वसाधरणले भोग्नु परेको समस्याहरुको बारेमा निकै नजिकैसंग जान्न र बुझ्न पाईयो । सामान्य दैनिक खर्च चलाउन त गाह्रो पर्ने ८० प्रतिशत भन्दा बढी नेपालीहरुले दैनिक रुपमा यति महंगो उपचार खर्च कसरी ल्याउछन होला भन्ने प्रश्न मेरो मन मस्तिष्कमा घुम्यो । सरकारले भर्खरै लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमले केही हदसम्म स्वास्थ्य क्षेत्रको समस्यालाई सम्बोधन गर्न खोजेको छ । सरकारी स्वास्थ्य क्षेत्रमा आम नेपालीहरुले अहिले सरकारले उपलव्ध गराएका सेवाहरु पनि सहज रुपमा पाउन सकि रहेका छैनन । सरकारी अस्पताल हाक्ने नेतृत्वकर्तामा अस्पतालको सेवा र पहुच निर्भर हुन्छ ।

सुधिर भद्र
२०७५ वैशाख १०
sudhirhtd@yahooo.co.uk

Sunday, February 10, 2019

रित्ति सकेछ

गंगाबाट संगलोपानी अञ्जुलीमा ल्याएको थिए
बाटामा नै हात खाली भईसकेछ ।
कैलाशबाट हिउ“को छिटो कोसेली ल्याएको थिए
बाटामा नै पग्लि सकेछ ।
खानीबाट एक अंगालो फलाम ल्याएको थिए
बाटामा नै सबै खिया लागि सकेछ ।

गाउँको बगैचाबाट फलफूल लाएको थिए
बाटामा नै कुहिई सकेछ ।
पहाडको फुलवारीबाट फुलहरु ल्याएको थिए
बाटामा नै ओईलाई सकेछ ।
बजारको साहुसंग वर्ष भरीलाई ऋण ल्याएको थिए
बाटामा नै खल्ती रित्ति सकेछ ।

सुधिर भद्र
२०७५ माघ २७

Wednesday, July 25, 2018

छोराले पठाई दिएको सेल्फी स्टिक

निधारमा पसिनाको धाराहरु थिए, कभरले सुरक्षित गरी राखिएको सामसुड्ड मोबाईलमा अनगिन्ति फोटोहरु बिभिन्न पोज पोजमा खिचिदै थिए । यसपालि टेक्सास जादा छोरा बुहारीले किनिदिएको मोबाईल र सेल्फि स्टिकको प्रशंसा गर्दा गर्दा थापाकाजी र उनको अधाड्डीनी थाकेका थिएनन् । २५वर्ष अघि सामान्य जागिरको भरमा चलेको थापा काजीको परिवारमा एउटा छोरा र छोरीको आगमनले पूर्णता पाएको थियो । 

सामान्य सरकारीको विद्यालयमा अध्ययन गरेका छोरा छोरीको भविष्यकोलागि दम्पत्तिले गरेको दुःख देख्दा बावु आमाले सन्तान प्रति निभाउनु पर्ने कर्तव्य पूर्ण रुपमा निभाएको देखिन्थ्यो । उच्च शिक्षाको अध्ययनकोलागि राजधानी हु“दै चार वर्ष अघि अमेरिका पुगेका छोरा अहिले ढुक्कैसंग उतै बसेका छन् । विद्यार्थीको रुपमा छिरेर अहिले जागीरे जीवनको रुपमा अमेरीकामा रमाउ“दै आएका छन् । काम गर्दा गर्दै माया प्रेम बसेर उतै अन्तरजातीय विवाह पनि गरी भ्याई सकेका छन् । 

शुरुका दिनमा पुग्दा उनका छोरा विद्यार्थीको रुपमा बसेका थिए । साथी भाईसंगै बसेको केही समय पछि अध्ययनका साथ साथै सानो तिनो नोकरी पनि शुरु गर्न थालेपछि छुट्टै बस्न थाले । जागिरे जीवनसाथी भए पछि झन खर्च र वचतको सन्तुलत मिलाउन समस्या भएन । उता कमाएको पैसा यता आएर मात्र धेरे हुने हो । उता खर्च गर्नलाई निकै सोच पु¥याएर गर्नु पर्ने हुन्छ । मासिक घर खर्च, गाडीको बीमा, किस्ता लगायत अन्य खर्चबाट बचेको केहि रकमबाट यसवर्षका गर्मी महिनामा उनले बुवा आमालाई अमेरिका घुमाउने योजना बनाए । 

थापाकाजीलाई काठमाण्डौ पनि राम्रोसंग परिचित थिएन । त्यसमाथि अमेरिका जानु ठूलो कुरो थियो । अचेल अनलाईलनको जमाना अनि बिद्युतिय कारोबारले सजिलो भएका छ । छोराको साथी पनि उतै फर्कने भएकोले उनीहरुलाई सजिलो भयो । उतैबाट बुक गरी दिएको टिकट लिएपछि उनीहरुको यात्रा शुरु भयो । नेपालको एयरपोर्टमा कसरी जाने कसलाई भेटने । प्लेनमा बस्दा कसरी बस्ने, खानेकुरा कसरी खाने । त्यसपछिको ट्रान्जिटमा कसरी ओर्लने, अनि अर्को प्लेनमा कसरी चढने  । आफूसंगको व्यागमा के के लानु हुन्छ, के के लानु हु“दैन त्यो सबै कुरा छोराले फोनमा पहिला नै सम्झाएका थिए । 

कतारको दोहामा ट्रान्जिट भएकोले उनीहरुले केही समय त्यहा“ पर्खनु प¥र्यो । गगनचुम्बी घर, जता ततै बत्तिकै उज्यालै उच्यालोले भरिएको देखेर उनीहरु कतार त यस्तो छ अमेरिका कस्तो होलो भनेर उत्साहित थिए । उनीहरु दुई जनामात्र भएको भए अलि गाह्रो हुने थियो । संयोगवश छोराको साथीको पनि फर्कने बेला भएकोले सजिलो भयो । अचेल उता बसेकाले आमा बावुलाई बोलाउने पर्यो भने ह्वील चियर प्रयोग गर्ने गरेका छन् । ह्वील चियरमा बस्यो अनि सहयोगीले कहा“ कहा“ जानु पर्ने त्यही लगिदिने चलन छ ।

टेक्सास एयरपोर्टमा छोरा वुहारी देखिए पछि थापाकाजीको मुहारमा उज्यालो पन अयो । जुन उज्यालो २५ वर्ष अगाडी उनले अस्पतालको वेडमा पहिलो पल्ट आफ्नो छोरोको मुहार देख्दा आएको थियो । नेपालमा हु“दा सामान्य मुस्कानमा सम्बोधन गर्ने छोराले शिर नुहु¥याएर दर्शन भेट ग¥र्यो । हामीलाई एयरपोर्टबाट गाडीमा राखेर आफू बस्ने घर तिर लिएर गयो । चिल्लो सफा बाटो, बेतोडले हुईकिरहने गाडीको भिडमा छोराले मज्जैले हाकेका थिए । यो देखेर उलने छोरालाई तलाई राम्रैसंग चलाउन आउछ बावु, विस्तारै चलाउनु है भन्दे विदेशी भुमीमा पहिलो सल्लाह दिन भ्याए ।

थापाकाजीका केटाकेटीहरु साना साना हु“दा महिनाको थोरो तिनो आम्दानदीमा सामान्य परिवार चलेको थियो । घर व्यवहारको खर्च, चा“डवाडको खर्च, पढाई खर्च जसो तसो चलिरहेको थियो । परिवारका सवै सदस्यहरुसंगै हुन्थे अफूले चाहेको बेलामा भने जसरी खर्च गर्न बचत हुदैन थियो । अहिले बुढा बुढी मात्र घरमा चाहेजती खर्च गर्न पुगेसरी पैसा छ । साथ दिने परिवारका सदस्यहरु सबै आ—आफ्नै ठाउ“उमा छन् संगै कोही पनि छैनन् । अवस्था फेरीएको छ ।

घरको पुरानो शौचालयमा पहिले पहिले प्यान राख्ने चलन थिएन । ईटा राखेर दुईवटा खुट्टा टेक्ने बनाईएको हुन्थ्यो ।सानो बेलामा छोरालाई शौचालयको प्रयोग गर्न सिकाउन थापाकाजीको दम्पतिलाई निकै गाह्रो भएको थियो । अहिले तिनै दम्पतिलाई छोराले सुविधासम्पन्न शौचालयको प्रयोगको बारेमा सिकाउ“दै थिए । यहा“ थिचे पछि तातो पानी आउ“छ, यहा“ थिचेपछि चिसो पानी आउ“छु, हात पुछ्ने कागज त्यहा“छ, साबुन लिनलाई यसरी गर्नुस भनेर सिकाउ“दा दम्पति एक अर्काको आ“खामा हेरेर छोराले बालापनमा त्यसरी नै शौचालय जान सिकाउन आफूले गरेका कसरत सम्झेर मुस्कुराउदै थिए ।

नाती भर्खर दुई महिना पुगेको छ । प्रायः विदेश बसेका छोराछोरीका आमाबावुहरु नाता नातीनी पाउने बेलामा जाने गरेको बढी मात्रामा देखिन्छ । उता वसेकाहरुलाई त्यस्तो बेलामा हाम्रो नेपाली आत्मीयता हिसावले सहयोग गर्ने मानिसहरुको कमि हुन्छ । सबै जना व्यस्त हुन्छन् । व्यस्त नभई त्यो खर्चिलो सहरमा टिक्न गाह्रो हन्छ । मानिसहरुले अरुको सहयोगकोलागि त्यत्ति सजिलो समय निकाल्न सक्दैनन् । त्यहि भएर त्यस्तो बेलामा उनीहरुले नया“ सन्तान हुनु अगाडीको दुःख । सन्तान प्राप्ती पछिको सुख बाडन आफ्ना परीवारलाई धेरै सम्झन्छन र डाक्ने गर्छन । 

विहान उठन् वित्तिकै भजन गाएर पूजा गर्नु पर्ने, ठूलो स्वरले घण्टी बजाएर भगवानलाई सुनाउनु पर्ने थापाकजीको श्रीमतीलाई त्यो नौलो सहरमा अनुमति थिएन् । छोराले पहिले नै त्यसको जानकारी गराई सकेको थिए । आमा तपाई घरमा जस्तो ठूलो स्वरले भगवानको नाम लिएर भजन गाउनु होला, यहा“ त राम्रा मान्दैनन् भनेर । छोराले गरेको अन्तरजातिय विवाहमा खुलेर सहमती पनि जनाउन नसकेका र असहमत पनि हुन सकेका थिएनन् तर बुहारीले गरको सम्मानमा भने उनीहरु सन्तुष्ट थिए । उनीहरुलाई त्यो घरमा गरीने पुजाको त्यत्ति आनन्द पनि लिन सकेक थिएनन् । 

६ महिनाको लामा बसाई पछि फर्किदा उनीहरुको मन भारी भएको थियो, छोरा बुहारी भन्दा पनि सानो नातीको बढी याद आईरहेको थियो  । ठूला ठूला घर हरु, चिल्ला चिल्ला गाडीहरु, पार्कहरुमा सयौ मानिसहरुको भीड भएतापनि उनीहरुलाई आफ्नै भिर पाखाहरुको सम्झनाले सताई रहेका थियो । पुराना घरहरुको चित्र आ“खामा आई रहेको थियो । मानिसको भिडभाडले भरिएको सार्वजनिक सवारी साधनको गन्धसंग समिप्य नभएको धेरै भईसकेको थियो । कुना काप्चामा जम्मा भएरु बस्ने फोहरको बास्ना पनि नसुधेको धेरै भई सकेको  थियो । अन्तिम विदाई दिन छोराले किनिदिएको सामसुड्ड मोबाईलमा सपरीवारको फोटो सेल्फी स्टिकबाट खिचियो अनि त्यसैलाई सामाजिक संजालमा हालियो । अहिलेसम्म त्यो सेल्फी स्टिकले बिभिन्न अवसरमा फोटो खिच्न सजिलो बनाई रहेको छ ।


सुधिर भद्र
२०७५ साउन ९ गते
sudhirhtd@yahoo.co.uk