Monday, March 17, 2025

सरल एवम् सफल एन्जिला

हाम्रो घर समाजका प्राय धेरै जसो घरको परिवेशको चित्रण एन्जिलामा गरिएको छ । धेरै घरपरिवारका वालवालिकाहरु अभावमा हुर्किएका हुन्छन । यस्ता परिवेशमा हुर्किएका सबै सफल हुदैनन । कति त्यहि गाँउ घरको चार सिमाना पनि पार नगरी त्यसैमा रमाई जीवन त्याग गर्छन । त्यस मध्येका केहि एन्जिला जस्तो सफल बन्न सक्छन । नेपाली राष्ट्रिय महिला टोली क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारीत चलचित्र एन्जिलाले २ घण्टा ३० मिनेट दर्शकलाई राम्ररी बाधेर राख्न सफल भएको छ । 


शुरुको केहि घण्टा लिम्वु परिवेशको चित्रणमा ईलाम वरपरको गाँउ घर समेटिएको छ । गाँउ घरमा हुने सामाजिक गतिविधि संस्कति एवम् कुसस्कृति सामान्य ढंगले देखाईएको छ । मदिरा पान, बहु विवाह, घरेलु हिंसा आदि कुराहरु समाजमा अझै पनि छन् । त्यसैलाई जस्ताको तस्तै देखाईएको छ । आफ्नो गाँउ घरमा उपलव्ध साधन र श्रोतको भरमा पनि आफ्नो मनमा लागेको ईच्छा पुरा कसरी गर्न सकिन्छ भनेर देखाईएको छ । सानै देखि फुटबल खेल्न धैरे चाहना राख्ने एन्जिला र उनकी दिदीले मोजाको बल बनाएर खेलेको देख्दा अलि पाका मानिसहरुले आफूले पनि सानो बेलामा मोजाको बल बनाएर खेलेको याद आउछ होला । खेलको ईच्छा भएपछि त्यसको चाहना मेटाउन जुन ठाउ“मा पनि अभ्यास गर्न सकिन्छ भन्ने कुरा उनीहरु बालापनमा घर बारीको काम गर्दा, सुन्तला टिप्दा, फर्सी टिप्दा पनि फुटबलको अभ्यास गरेका छन । 

आमाको मायाको एकदम सजिव चित्रण गरिएको छ । घरपरिवारलाई वास्ता नगर्ने बावु भएपनि साना नानी बावुहरुलाई कसरी हुर्काए, हर्काउन के कस्तो समस्या आई प¥र्यो र बच्चाहरुकै खुशीको लागि कस्तो कस्तो निर्णय लिनु पर्दो रहेछ भनेर देखाईएको छ । घर भाडा तिर्न नसकेर आफूले लगाई रहेको तिलहरी दिएर काखका नानीहरु बोकेर हिडेको दृष्य एकदम मर्मशपी छ । गा“उ छिमेक र घरपरिवारको दवावमा उनले छोरीलाई फुटबल खेल्ने काम रोक्न भनेका दिए । काखमा लुटपुलिएर आ“खामा आ“शु राख्दै छोरीले आफूलाई फुटबल खेल्न दिन अनुरोध गरेपछि छोरीको ईच्छाको अगाडी केहि गर्न सक्दिनन् । आफ्नै खतरा मोलेर टाढाको नाता पर्ने बहिनीकोमा फुटबल खेल्नकोलागि छोरीलाई काठमाण्डौ पठाउछिन । 

काठमाण्डौ पुगे पछि एन्जिलाको शहरी संघर्ष शुरु हुन्छ ।
गा“उबाट फुटबल खेल्न मात्र आएको भनेर उनले त्यत्ति सहानभूति पाउदिनन् । घरायासी काम कोठा सफा गर्ने, खाना बनाउने, लृगा धुनेकाममा काठमाण्डौमा बसेका सानीमाको परिवारलाई सहयोग गर्नु परेको थियो । उनको मनमा फुटबल खेल्ने चाहना मरेको थिएन । आमाले काठमाण्डौ जाने क्रममा हातमा पैसा राखि एउटा सानो मोबाईल किन्नु भनेर दिएका थिए । त्यहि पैसाले एक दिन मोबाईल किन्न जा“दा खेलकुद सामग्री बेच्ने पसल देख्छिन । उनको मनमा उकुस मुकुस्एिर रहेको फुटबल खेल्ने चाहना पुनः प्रस्फुटित हुन्छ । एक दिन मोबाईल किनेर बा“की रहेको पैसाले जर्सी कट्टु किन्न पुग्छिन र सोही पसलेलाई फुटबल खेल्ने ठा“उ सोध्छिन । उनले शसत्र प्रहरीको हल्चोकको खेल मैदानमा खेल्न पाईने भनेर लग्दिन्छन । शसत्रका प्रहरी निरीक्ष्ँकले गा“उबाट आएको सोझी केटी र उनको फुटबल खेल्ने लागाव देखेर एक मौका दिन्छन । उनी आत्तिएर राम्रो खेल दृखाउन सक्दिनन । मन भित्र पिडा बोकेर घर फर्कि रहेको बेला पाहुना बसेको घरबेटीले पनि राम्रो व्यवहार नदेखेपछि उनी त्यो घरबाट बाहिर निस्किन्छिन ।

कहा“ जनो के गर्ने भन्ने केहि थाहा नभएको अवस्थामा काठमाण्डौको सडक र सडकमा हिड्ने मानिस नै उनको साथी हुन्छ । जुन कामकोलागि आमासंग आमाको विश्वास जितेर गा“उबाट काठमाण्डौ आएको हो त्यो पुरा नगरी घर फर्किन मन लागेन । उनी फेरी एक पटक एक मौका माग्न उनै प्रहरी निरीक्षकका जाने निष्कर्षमा पुग्छिन । दोश्रो पटक उनले खुलेर आफ्नो गेम देखाउन पाउ“छिन र उनी छनौटमा पनि पर्छिन । आफनो मेहनत र आमाको उत्प्रेरणाले गर्दा शुरु भएको उनको खेल यात्रा राष्ट्रिय टिम हु“दै अन्तराष्ट्रिय क्लव सम्म पुग्छ । उनै निरीक्षक उनको गेमबाट प्रभावित भएर एन्जिला शसत्र प्रहरीको जागीरे पनि हुन्छिन । 

कहिले रक्सि बेचेर, कहिले चिया बगानमा काम गरेर कहिले बारीमा काम गरेर छोरा छोरीको खर्च र खुशी पुरा गर्न खटि रहने आमाको रुपमा सृजना सुब्बाको अभिनय अब्बल छ । छोरीलाई उर्जा थप्ने र छोरीको प्रेरणाको श्रोत बनेर उनले राम्रो काम गरेकी छिन । उको अभिनयमा सबैले आफ्नो आमालाई स्मरण गर्छन ।  जन्म दिने बुवाको रुपमा देखिएका माआत्से गुरुगंले आफ्नो भूमिकामा पूर्ण रुपमा न्याय गरेका छन् । हामीलाई हेर्दा पर्दाको बुवा नभर्इं एन्जिलाको आफ्नै बुवा जस्तो लाग्ने बनाएका छन् । दयाहागं राई बिहिरी रुपमा कडा भए पनि मनले नरम बावुको रुपमा देखिएका छन् । छोरी सफल भए पछि उनालई प्रदान गरिएको प्रमाण पत्र सबैलाई देखाउ“दै हिड्छन् । गाउ“घरमा सबैका बा आफ्ना सन्ताको प्रगति देखाउन तल्लिन हुन्छन । उनले सबैका बा को प्रतिनिधित्व गरेका छन् । विजय बराल र बुद्धि तामागले पनि उर्जा थपेका छन । 

एन्जिलाको भूमिकामा रहेका स्वयं एन्जिालाको पनि दमदार अभिनय रहेको छ । काठमाण्डौमा बस्ता शुरुवाती दिनहरुको सघर्षले सबैको मन छुन्छ । थोरै पैसाले पुरा महिना टार्नु पर्ने अवस्थामा बस भाडा र खाजा खर्चको मिलाउन कठिन अवस्थामा पनि दैनिक अभ्यास गर्ने हुटहुटी । एउटै सानो कोठामा बसेर खेल अभ्यास गर्नु पर्ने, जीवन खर्चको लागि दैनिक ज्याला मजदुरी देखि रेष्टुरेन्टमा वेटर काम गर्नु पर्ने, दशैंमा सबैजना घर जादा आफै एक्लै आमा सम्झेर बस्नु पर्ने जस्ता दृष्यहरुले सबैलाई भावुक बनाउछ । 

निर्देशक मिलन चाम्सले पनि राम्रो अध्ययन गरेर चलचित्र बनाएका छन् । व्याकराउण्ड म्युजिक, दृष्य, पोषाक एवम् सम्बादहरुको सहि समिश्रण गरेका छन् । शुरुवाती खेल अभ्यासको क्रममा रकम अभावको कारण पोषिलो डाईट खान पनि कठिन भएको अवस्था पार गरेकी चेली अहिले राष्ट्रिय टिम डो¥याउदै छिन । सरल एवम् सफल एन्जिलाको बा“की खेल जिवन अझ प्रगतिमय होस भन्ने शुभकामना ।   


सुधिर भद्र
sudhirshrestha.htd@gmail.com
२०८१ चैत्र ४ गते 



No comments:

Post a Comment