Tuesday, February 12, 2019

हस्पिटल डायरी

यो चित्त दुख्ने मुटु फाल्न पाए पनि कति सन्चो हुने थियो होला हगी, काभ्रेकी ५६ वर्षिय कान्छिमाया तामाड्ड अन्य अस्पतालमा विरामी कुरेर बसेका अन्य विरामीहरुसंग गफिदै थिईन । घरमा हासि खेली बसीरहेको परिवारमा ७३ वर्षिय आमालाई एक्कसी ज्वरोले समाते पछि गा“उकै सामान्य औषधि दोकानमा औषधि किनेर खान दिएका थिए । पसलको औषधिले ज्वरोमा कुनै कमि न ल्याएपछि उनीहरुले नजिकैको अस्पतालमा पु¥याएका थिए । अस्पतालले काठमाण्डौ रिफर गरे पछि उनीहरु सर्व प्रथम शिक्षण अस्पताल पुगेका थिए । विरामीको सामान्य चेकजा“च पछि आईसीयूमा राख्नु पर्ने चिकित्सकाके सल्लाह बमोजिम उनीहरुले शिक्षण अस्पतालमा आईसीयू खोजे । शिक्ष्ँण अस्पतालमा आईसीयू पाउनु सामान्य मानिसकोलागि त्यति सजिलो छैन । देश भरीका विरामी आउने एवम् राम्रा उपचारको प्राथमिकता नजिकका मानिसले मात्र पाउने भएकोले सामान्य मानिसका लागि सहज छैन शिक्ष्ँण अस्पताल ।

शिक्ष्ँण अस्पतालका चिकित्सकहरुकै सल्लाहमा उनीहरुले रिड्डरोडकैे निजी अस्पतालमा आईसीयूको बेड पाए, उनीहरुलाई केही आश भयो । आईसीयूको उपचारलाई सहि हिसावले सोच्यौ भने यो विरामीकोलागि एक किसिमको वरदान नै हुने उपचार हो । न्यून आय भएकाहरुकोलागि यसमा राखेर गरेर गरिने उपचार निकै महड्डो पर्दछ । तामाड्ड परिवारले पनि शुरुका दिनहरुमा आफ्नो आमाको जीवन रक्षा गर्नकोलागि आफूसंग भएको बचतले भ्याएसम्म गरे त्यसपछि भएको जाय जेथा बेचेर पनि शुरु गरी रहेका थिए । ठूला ठूला प्लास्टिकका झोरा भरी ओषधि दिनको दुई पटक ल्याउनु पर्दथ्यो । दैनिक १५ हजार भन्दा बढीको औषधि, बेड चार्ज र अन्य गरेर दशौ हजार तिर्नकोलागि जो कोहीलाई पनि सहज हुंदैन । तामाड्ड परिवारले पनि भ्याएसम्म गरे अन्तमा रकम अभाव भएको जानकारी अस्पताल प्रशासनलाई गराएर उनीहरु फेरी केही सस्तो सरकारी अस्पतालको खोजीमा हिड्न थाले । आमाको दैनिक उपचारमा समान्य मात्र प्रगति भएकोले उनीहरु केही हतास तथा केही उत्साहित थिए । 

अग्रेजी नाम अनि सुन्दै अलि सफा लाग्ने नाममा विरामीको चाप राम्रै थियो । आठवटा वेड भएको आईसीयू प्राय खाली हु“दैन थियो । विष सेवन गरेर आएका दुई जना युवाहरुको पनि उपचार भई रहेको थियो । अस्पतालमा दैनिकी विरामी हेर्दा विष सेवान पनि अहिलेको नया“ फेशन जस्तो लागि रहेको थियो । स्थायी घर नेपलको पश्चिम लमजुड्ड भएका तर लामो समयदेखि रोजगारकै शिलशिलमा भारतमा रहेको ब्राम्हण परीवारका काठमाण्डौमा होटल चलाईरहेको जेठो छोरो पनि विष सेवन गरेर उपचारकोलागि ल्याईएको थियो । शुरुका तीन दिनसम्म त विरामीको कुनै होश थिएन । पछि विस्तारै होस आउन थालेको थियो ।  उनको परिवार, भारतीय सरकारी जागीरे आमा सबै आई पुगेका थिए । नेपाली नबुझने ४ वर्षिय बहिनी पनि दाजुको स्वास्थ्य स्थितिकोबारेमा जानकारी राखी रहेकी थिईन । काठमाण्डौमा नै सानातिनो व्यपार गरी रहेका २८ वर्षिय युवाको पनि विष सेवनबाट तीन दिनसम्म आईसीयूमा बोलचाल नै बन्द भएर उपचार भईरहेको थियो । चौथौ दिनमा होस आए पछि उनको वरी परी ५ वर्षिय र ३ वर्षिय छोरीहरु बाबासंग झुम्मिएर बसेको दृष्य सारै मार्मिक थियो ।

बालाजुमा काठा लिएर बसेकी अर्को एकजना २१ व्र्षिय महिला पनि विष सेवन गरेर उनको परिवारले ल्याई पु¥याएका थिए । संगै कोठाको मान्छेले भोलिपल्ट देखेर परिवारलाई जानकारी गराएपछि मात्र उनको उद्दार गरिएको थियो । समयमानै उद्दार हुन नसकेको कारण उनको जीवन अगाडी बढन सकेन । भीडमा केटीको दिउ“सो कुनै केटा मान्छेसंग झगडा भएको र सोही कारणले आत्महत्या गरेको चर्चा चलि रहेको थियो । उक्त युवकलाई प्रहरीमा जाहेरी दिनेसम्म हल्ला आएको थियो । आर्थिक श्रोत त्यत्ति राम्रो नभएको र पहु“च कम भएको कारण त्यो हल्ला त्यही भिडमा नै हरायो ।

खुमलटार तिरका मंगोलियन परिवारका एक जना बुढा बा पनि आईसीयूमा राखिएको थियो । पचास काटिसकेका छोराहरु बावुको उपचारमा लागिरहेका थिए । नातीहरु पनि मोबाईलमा गेम खेलेर भएपनि हजुरबुवा भर्ना भएको अस्पतालमा दिनभरी हजुरवुवालाई कुरेर बसिरहेका थिए । सायद चिकित्सकले विरामीको अन्तिम अवस्था छ भनेर होला, पारिवारीक समुहमा बेला बेलामा रुवावासी चल्थ्यो । अन्तिम आशको रुपमा आप्mनो घार्मिक गुरुलाई ल्याएर पैसा फुकेर पानीमा हालेर खुवाउने काम पनि भई रहेको थियो ।

कुपण्डोलका एकमात्र छोरा भएको परिवारको पनि हालत उस्तै थियो । केही नभएको मानिस विहान उठ्दा होस थिएन रे त्यस दिन देखि आईसीयूमा राखिएको २० औं दिनसम्म आईसीयूमा नै थियो । विरामीको अवस्थामा केही सुधार आएको थिएन । बेदेशिक रोगजारमा काम गर्ने दिदीले विरामीको सम्पूर्ण खर्च व्यहोरी रहेको थियो । १५ लाखभन्दा बढीको हिसाव आईसकेको कुरा गर्दै थिए । अर्को अस्पतालमा लैजान पनि तपाईहरको रिस्कमा लानु भनेर अस्पताल आफू पन्छिन खोजीरहेको थियो । विरामीको अवस्थामा कुनै सुधार नआउनु र बारम्बार ठूलो रकम खर्च गरेर औषधि मात्र किनिरहनु पनि सजिलो थिएन । अन्तत उनीहरुले आफ्नै रिस्कमा विरामीलाई अर्को अस्पतालमा लगे ।

एकहप्ताको अस्पतालमा बसाईमा नेपालमा स्वास्थ्य क्ष्ँेत्रमा सर्वसाधरणले भोग्नु परेको समस्याहरुको बारेमा निकै नजिकैसंग जान्न र बुझ्न पाईयो । सामान्य दैनिक खर्च चलाउन त गाह्रो पर्ने ८० प्रतिशत भन्दा बढी नेपालीहरुले दैनिक रुपमा यति महंगो उपचार खर्च कसरी ल्याउछन होला भन्ने प्रश्न मेरो मन मस्तिष्कमा घुम्यो । सरकारले भर्खरै लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमले केही हदसम्म स्वास्थ्य क्षेत्रको समस्यालाई सम्बोधन गर्न खोजेको छ । सरकारी स्वास्थ्य क्षेत्रमा आम नेपालीहरुले अहिले सरकारले उपलव्ध गराएका सेवाहरु पनि सहज रुपमा पाउन सकि रहेका छैनन । सरकारी अस्पताल हाक्ने नेतृत्वकर्तामा अस्पतालको सेवा र पहुच निर्भर हुन्छ ।

सुधिर भद्र
२०७५ वैशाख १०
sudhirhtd@yahooo.co.uk

No comments:

Post a Comment