Thursday, January 30, 2020

सिंघे भ्लोनलाई अग्रीम श्रद्धाञ्जली

हेटौडा उपमहानगरपालिका २७ नं वडा बासामाडी शेरशेर का १४ वर्षिय वालक सिंघे भ्लोन चार महिनादेखि टाउको दुख्ने व्यथाले थलिएका छन् । उनी परिवारको नवौं सन्तान मध्येको माहिला छोरा हुन, उनी पछिका तीन सन्तान छन् । बसामाडीबाट ४ घण्टा उकालो लागेपछि उनको गा“उ पुगिन्छ । १० वर्षको उमेरमा काठमाण्डौमा गलैचा बुन्न पुगेका सिंघे शरिर थलिएपछि गा“उ फर्केका हुन । उनको टाउको एकदम दुख्ने, दुखाई सहन नसकेर घोप्टो परेर आमाको काखामा रोएर बस्ने उनको दैनिकी छ । दुखेको बेला बान्ता पनि आउने गर्छ । टा“उको दुख्ने व्यथाले धेरै च्यापेपछि बसामाडीका उनको नातापर्ने एक जना दिदीलेले आ“खा अस्पतालमा उपचारको लागि ल्याएका थिए । आ“खामा कुनै समस्या नदेखिएपछि उनलाई सीटि स्क्यान गर्नु पर्ने सल्लाहा अनुसार सिटी स्क्यान गराउदा उनको टाउकोमा ट्युमर देखिएको हो । उपचारकोलागि करिव एक लाख लाग्ने चिकित्सकहरुले बताएपछि परिवारका सदस्यहरु हरेश खाएर घरमा बसेका छन् ।
जाडोमा एक सरो कपडाको पनि अभाव भएको अवस्थामा उनको परिवारलाई यो उपचार खर्च ल्याउन असम्भव छ, कसैले सहयोग गरे बा“च्ला नत्र यो त्यसै मर्छ होला उनका परिवार तामाड्ड भाषमा चिन्ता मिश्रीत स्वरमा भन्दै थिए । आफन्तको सर सहयोगले भरतपुरमा परीक्षण गराउ“दा टाउकोको भित्री भाग(मगज)मा सिड्डो सुपारी जस्तो मासुको डल्ला देखिएको छ । जुन बिस्तारै बिस्तारै ठुलो हु“दै गई दिमाग र अन्य नसाहरुलाई चेप्दै गएको छ । जस्ले गर्दा उनको दृष्य क्ष्ँमतामा कमि हुनुका साथै टाउको दुखाई पनि बढ्दै गएको छ । चिकित्सकहरुका अनुसार उनको शल्यक्रिया १५ दिन भित्र गरी सक्नु पर्ने छ । अन्यथा उनको जीवनले लामो समयसम्म निरन्तरता पाउने सम्भावना कम छ ।

“आमा न्हानन थोबो स्वहाजी, ङादा मन लदोजी” आमा एकदम टाउको दुख्यो मलाई औषधि ल्याई दिनुस, तामाड्ड भाषा मात्र बुझ्ने उनको आमालाई भ्लोनले आफ्नो दुखाई सहन नसकेपछि रोएर याचाना गर्दै थिए । जति सुकै चन्चल, जति सुकै बदमास, जति सुकै घुमन्ते भए पनि पिडाको बेला बच्चाहरुको साहारा भनेको आमा नै हो । उनीहरुलाई आफ्नो आमाले जे पनि गर्न सक्दछ, चाहेको जे पनि ल्याई दिन सक्छ, दुख परेको जे पनि हटाई दिन सक्छ जस्तो लाग्दछ । सिंघेले त्यहि आशले आफ्नो आमालाई गुहारी रहेका थिए । उनको नजिकिदो मृत्युबाट कसैले नसके पनि मेरो आमाले त मलाई बचाउछ होला भन्ने आशमा आमाको काखमा लुटुपुटु गरेर रोई रहेका थिए ।

“फान्ला जा, थाकाराको कोला” निको हुन्छ छोरा नरोउ भन्दै आमाले स्नेहको हातले उनको टाउ“को मुसारी रहेका थिए । आमा मन मनै मेरो छोराको नजिकिदो मृत्युसंग कसरी लडने होला भनेर भक्कानिदै उनलाई सम्झाउन खोजी रहकी थिईन । उनको हातमा कुनै दिव्य शक्ति भए मेरो छोराको टाउको मुसारेर भए पनि त्यो मासुका डल्ला फाल्न पाए मेरो छोरा बच्थ्यो होला भन्ने उनी कल्पाना गरी रहन्थिन ।

हेटौडा वजार आईपुग्न नै खर्च अभावका कारण चार महिना लागेका ति बालकले थप उपचारको लागि के गर्लान का“हा जाला के गर्लान । पुषमा बढेको जाडोमा फित्ता चुडिन लागेको म्याजिक चप्पल, चार घण्टा हिडेर पसिना र धुलो टा“सिएर कालो माटोको तह तह परेको कुर्कुच्चा, सानो भएर नलि खुट्टा सम्म पुग्न लागेको पाईन्ट, एक सरो पहेलो भेष्टमा उपचारकोलागि हेटौडा आईपुगेका ति बालक थप उपचारको खोजिमा छन् । छोरा जाडो भएर खुम्चिएको देखेपछि आमाको स्नेह थामि नसक्नु भएर आफूले ओडीरहेको तामाड्ड समुदायका महिलाहरुले आड्ने रातो पछौरा छोरालाई ओडन दिई आफू जाडो बाट बच्न दुई हात बाधरे बसिन । रुन्चे मुख लगाएका ति बालक थप उपचारकोलागि सहयोगीहातहरुको खोजीमा छ । केही संघसंस्थाहरुले सहयोग रकम उनको परिवारलाई हस्तान्तरण गरेका छन् जुन उनको औषधि खरिदकोलागि मात्र पुग्ने देखिन्छ । शल्यक्रियकालागि आवश्यक ठूलो रकमकोलागि ठूलै धन र मन भएको मानिसको आवश्यकता छ ।

चार महिनादेखिको टाउको दुखाईले उनको शरिर शिथिल भएको छ । आखा“ले एक हात पर सम्मकोमात्र चिज बस्तु देख्न सक्दछ त्यो पनि स्पष्ट छैन । बोली मधुरो छ । भरतपुरमा दुखाई कमगर्ने औषधि खाए पछि उनको चार महिना देखिको टाउको को पिडा क्ष्ँणिक समयकोलागि कम भए पछि उनको ओठमा केहि लजालु मस्कान देखिएको थियो । अवको १५ दिन भित्र उपचार प्रकिया केहि शुरु भएन भने त्यो मुस्कान केहि दिनको लागि मात्र हुनेछ । उनका बावु परिवारमा त्यत्ति चासो नदिने धेरै समय वन तिर नै हराउने भएकोले परिवारको सम्पूर्ण जिम्मेवारी आमालाई नै छ । तर आमा बेसाहारा छिन चाहेर पनि केहि गर्न सकिरहेकी छैनन । गा“उ घरकै विद्यालयमा सामान्य शिक्षा दिनु बाहेक उनीहरुका अभिभावकले केहीगर्न सकेका छैनन । चामलको मुख कहिले कहि देखिने घरमा पौष्टिक तत्वको आश गर्नु वेकार छ । त्यहि भएर होला हेटौडामा सिंघेले दुघ र दुनोट खादा निकै रमाई रमाई खाईरहेका थिए । लाग्थ्यो उनले त्यो खाजा वर्षौ पछि पाएका थिए । अव कहि कतैबाट उनको परिवारले सहयोग पाए उनले फेरी नया“ जीवन पाउन सक्लान अन्यथा मन अमिलो पारेर भएपनि भन्ने पर्छ सिंघेलाई अग्रिम श्रद्धाञ्जली ।

सुधिर भद्र
२०७१ माघ १५ गते

No comments:

Post a Comment