Friday, September 4, 2020

कोरोनामा मकवानपुर


मकवानपुर जिल्लामा कोरोनाको संक्रमण तिब्ररुपमा बढि रहको सन्दर्भमा सम्बन्धित निकायहरुले आअफ्नो क्षेत्रबाट गरिरहनु भएको कार्य संह्रायनिय छ । आफ्नो घर परिवार छोडेर आफ्नो दायित्य निर्वाह गर्नु लागि पर्नु भएको छ । रोगको प्रकोप बढेसंगै कामहरु पनि बढन गएको छ, मानिसहरुको असन्तुष्टि पनि बढन गएको छ , शत प्रतिशतत सन्तुष्ट बनाउन अवश्य पनि सकिदैन  यो साश्वत सत्य हो । हामीले गरेको धेरै राम्रा कामहरु सतहमा नै हराउछन नराम्रा एउटा काम सतह भन्दा धेरै माथि आएर राम्रा कामहरु सबै ओझेलमा पार्छन । यस्तो बेला कोरोनाको क्ष्ँेत्रमा दिलो ज्यान दिएर लागिरहुन भएकाहरुलाई लाग्न सक्छ यसरी मरी मेटेर काम गर्दा पनि हामीले सबैको गाली सुन्नु पर्दछ भने किन मरी मेटर गर्नु । जिल्लावासीहरु तपाईहरुको दायित्यव भएकोले बढी भन्दा बढीलाई सन्तुष्टि बनाएर आफ्बाट भएका गल्तिहरुलाई कहा“ कसरी कम गर्न सकिन्छ भनेर कार्य गर्दा अझ राम्रो हुन्छ होला  

सर्वप्रथम पीसीआर परीक्षणको दायरा र परीणाम चा“डो भन्दा चा“डो निकाल्नु पर्ने अपरिहार्यता देखिएको छ । जिल्लामा समुदाय स्तरमा रोगको संक्रमण फैलिन थालको अवस्था छ । परीक्षणको दायरा नबढाईकन हामीले संक्रमित संख्या पत्ता लगाउन सक्दैनौ । देखिएका संक्रमित मात्रको गनणा गर्यौ भने नया“ संक्रmमित फेरी फेरी थपिन सक्छन । कम्तिमा एक घर एकजनाको परीक्षण गर्दा जिल्लामा विद्यमान रागीको पहिचान गरी उचित व्यवस्थापन गर्न सजिलो हुन्छ । यस पछि बाहिर जिल्लाबाट मकवानपुर आवत जावत पूर्णरुपमा कडा गर्नु पर्दछ । अहिले पनि बिभिन्न स्वास्थ्य संस्थाको कार्ड, औपाधि उपकरण, दुध तरकारी र अन्य खाद्य पदार्थ सप्लाईको नामाम चोरी छिपी अन्य सर्वसाधरणको पनि आवत जावत भई रहेको देखिन्छ । यस किसिमको अवत जावतलाई सम्बन्धित संघ संस्थाको काममा गएको हो होईन पत्ता लगाई सजिलै किसिमले गर्ने गरेको आवत जावतलाई तुरुन्त बन्द गर्नु पर्दछ । 


पीसीआर परीक्ष्ँणको परीणाम चा“डो ननिस्किदा संक्रमितले अरु धेरै संक्रमणको संख्या बढाउन सक्ने देखिन्छ । परीणाम चा“डो निकाल्नको लागि उपकरण खरिद गर्नु पर्ने भए हाल स्थानिय निकायहरुले छुट्टाएको बाटो घोटो, मठ मन्दिर भवन निर्माण जस्ता विकाश खर्च रकम सबै कट्टा गरी उपकरण खरीद गर्न लागि पर्दा राम्रो हुन्छ होला । हाल एक सातादेखि दुई सातासम्म लागिरहेको समयलाई घटाएर  बढीमा २ दिनमा परिणमा निकाल्ने व्यवस्था गरौ, यसो गर्दा रोगीको पहिचान चाडो भई अन्यमा संक्रमण फैलाउन सक्ने सम्भावना कम हुन्छ ।


रोगीको पहिचान भई सके पछि कोही संक्रमित भए के गर्ने र कसो गर्ने भन्ने विषयमा स्पष्ट जानकारीको अभाव देखिन्छ । कन्ट्याक्ट ट्रेसिगंकोलागि सम्बन्धित बडा स्वास्थ्य ईकाईहरुले काम गरी रहेको छ यसलाई अझ प्रभावकारी बनाउ“दा राम्रो होला । होम आईसोलेसन बस्दा के गर्ने के नगर्ने,  दुई साता भएपछि के गर्ने र आफ्नो स्वास्थयको अन्य नियमित परीक्षण कसले कसरी गर्छ भन्ने कुरामा अन्यौल रहेको अवस्था देखिन्छ । त्यसको लागि भोलिन्टीयर संघसंस्थाहरुकोलागि निश्चित जिम्मेवारी दिएर कार्य गराएर सबैलाई सूचनाको प्रवाह गर्न सकिन्छ होला । 


हाल परीक्षणको रिर्पोटहरु बिभिन्न माध्यमहरुबाट आउन थालेको छ, कुनै बेला हस्त लिखित, कुनै बेला आईसोलेशन सेन्टरकै पत्रमा हस्ताक्षर नभएको लिस्ट बाहिर आएको देखिन्छ । आधिकारीक व्यक्तिको जनकारी विना सूचनाहरु बाहिर आएको जस्तो देखिन्छ । विरामीको संख्या र कोरोना संक्रमणको बारेमा जानकारी गराउन एकद्धार प्रणाली लागु गरे राम्रो हुन्छ होला । यसबाट बाहिर जनमानसमा सहि सूचना मात्र बाहिर आउने र अनावश्यक रुपमा त्रशित हुने वातावरण हुदैन । केहि अगाडी एउटा बैंकको १ जना संक्रमित भएकोमा बाहिर ९ जनाको समाचार आएको थियो  भने एउटा अस्पतालको १ जना कर्मचारी हुनु पर्नेमा २ जना स्वास्थ्यकर्मी संक्रमित भएको समाचारहरु बाहिर आएको थियो । समाचार प्रसारण गर्ने निकायले पनि सम्बन्धित कार्यालयहरुसंग समन्वय गरेर समाचार प्रकाशन गर्दा सहि सूचनाको प्रवाह हुन्थ्यो होला ।  विगतमा नगर उपप्रमुखबाट जनकारी दिने प्रयास शुरु भएको पनि थियो हाल यसको निरन्तरता दिन पाए अझ बेस हुन्थ्यो होला ।

कर्रामा आईशोलेन हु“दा सायद थोरै विरामीहरु थिए जसले गर्दा व्यवस्थापन गर्न सजिलो भएको थियो । गौरीटार जाने बित्तिकै बिभिन्न किसिमका समस्याहरु देखा परे । समस्याहरु खासै ठूलो जस्तो लाग्दैन अलिकति व्यवस्थापनकोलागि भएको असमझदारी मात्र होलो । यदि खाना नै ढिलो भएको भएपनि स्पष्ट रुपमा बिरामीहरुलाई भनि दिएको भए सायद विरामीहरुले यहिले परीस्थिति बुझेर त्यसलाई ठूलो बनाउदैन थिए होला । अर्को सामान्य सम्बोधनमा भएको  विषय आएको छ । मन मिलेको बेला जत्रो ठूलो कुरा भने पनि केहि लाग्दैन जव मन मिल्दैन सानो सानो कुराहरु पनि ठूलो हुन जान्छ । यसमा विरामीको र कर्मचारी दुवैको बोल्ने शैलीले नकारात्मक प्रभाव पारेको हुन सक्छ । कर्मचाीहरु तनावमा थिए होला, तनावलाई उचित व्यवस्थापन गर्न सके यस किसिमको दुर्घटना निम्तिदैन थिए होला । कर्मचारीहरुको लागि सबै विरामीलाई एउटै जानकारी दिएको जास्तो लाग्छ तर विरामी जस्ले जिज्ञाशा राख्दछ उसले सम्बन्धित कर्मचारीहरुस“ग धेरै अपेक्षा गरेको हुन्छ । यो कुरालाई आईशोलेशनमा बस्ने कर्मचारीहरुले ध्यान पु¥र्याई दिनु भए धेरै राम्रो हुने थियो होला । 

सबै जना एक जुट होउ सबैले आ—आफ्नो क्ष्ँेत्रबाट रोग विरुद्ध लडनकोलागि एकयवद्धता जाहेर गरौ । सबैले सबै क्ष्ँेत्रबाट सकारात्मक सोच एवम् चिन्तन ग¥यौ भने अवश्य पनि हामीले कम क्ष्ँत्तिमा यो रोग विरुद्ध विजय हासिल गर्न सक्छौ ।


सुधिर भद्र

२०७७ भाद्र १३ गते

sudhirshrestha.htd@gmail.com


No comments:

Post a Comment