Sunday, February 10, 2019

रित्ति सकेछ

गंगाबाट संगलोपानी अञ्जुलीमा ल्याएको थिए
बाटामा नै हात खाली भईसकेछ ।
कैलाशबाट हिउ“को छिटो कोसेली ल्याएको थिए
बाटामा नै पग्लि सकेछ ।
खानीबाट एक अंगालो फलाम ल्याएको थिए
बाटामा नै सबै खिया लागि सकेछ ।

गाउँको बगैचाबाट फलफूल लाएको थिए
बाटामा नै कुहिई सकेछ ।
पहाडको फुलवारीबाट फुलहरु ल्याएको थिए
बाटामा नै ओईलाई सकेछ ।
बजारको साहुसंग वर्ष भरीलाई ऋण ल्याएको थिए
बाटामा नै खल्ती रित्ति सकेछ ।

सुधिर भद्र
२०७५ माघ २७

No comments:

Post a Comment