Monday, October 11, 2021

नारायणकाजीको सम्झनामा



युवाअवस्था देखि प्रौढ अवस्था सम्मका समकालिन हितैषि मित्रको स्मरण गर्दा श्री नारायणकाजीे टड्कारै झुल्कीरहन्छन् मेरो मानसपलटमा ।

वि.सं. २०२० दशकको मध्यवर्षताका नारायणकाजीलाई मैले नारायणी पत्रिका मार्फत नारायण “मिलन” को नामले वहाँसंग अप्रत्यक्ष रुपमै परिचित भई सकेको थिए । नारायणी पत्रिकाको सम्पादन त्यस वेलाकै प्रशिद्ध संगीतकार, गायक एवम् कवि भीमविरागज्यूले गर्नु हुन्थ्यो ।

विरागदाईसंग मेरो परिचय बिरगंज बसाई देखि नै थियो । त्यसैले वहाँलाई भेटन म नारायणी प्रेसमा पुगीरहन्थे । नारायणकाजीसंग मेरो पहिलो भेट र चिनजान त्यहिबाट शुरु भएको थियो । 

नारायण मिलन अर्थात एक नवोदित गीतकार,नारायणी पत्रिकामा झुल्किरहने एक सर्जक,चल्तीको नाम नारायणकाजी औपचारीक नाम नारायणबहादुर श्रेष्ठ

वहाँ प्रणय गीत लेख्नु हुन्थ्यो र वहाँको उपमा सहितको मिल्दो नाम नारायण “मिलन” । वहाँ लवाई, खवाई र बोलाईमा सौम्य एवम्  मिजासिलो हुनु हुन्थ्यो । सबैका प्रिय भएकाले नारायणकाजी, सानै कदका भए पनि निडर र आँटिला स्वभावका हुनाले नारायण बहादुर र सभ्य सुसंस्कृत समुदायका हुनाले वहाँको पुरानाम नारायण बहादुर श्रेष्ठ । अनि उहाँ गीत मार्फत झुल्कि रहने पत्रिका पनि नारायणी ।

सरसर्ति बुझ्दा वहाँ नारायणै नारायणको संज्ञाले सशुोभित एवम् परिचित व्यक्तित्व । नारायणकाजी, नारायण “मिलन”, नाराणिबहादुर श्रेष्ठ र नारायण बावु । यी चारवटै नारायणहरु मध्ये एउटा एउटा नारायणमा अभ्यस्त हुने हामीहरु । 


उमेरमा हामी दुवै समकालिन, हामी दुवैको जन्म वि.स. २००२ साल । म आफूलाई वहाँ भन्दा केहि जेठो ठानेर वहाँलाई नारायण बावु सम्बोधन गर्दथे । हाम्रो भेटभाट बेला, बेलामा पातलिए पनि एक अर्का प्रति स्नेही भाव पछि पर्यन्त कायमै रहि रहयो ।


म भैंसेको वहाँ हेटांैडाको । म हेटौडा झरेको बेला भीम विरागदाईको नारायणी प्रेसमा पुगी रहन्थे । नारायण बावुसंग प्रत्यक्ष चिनापर्चि र भेटभाट त्यहिंबाट भएको हो । हामी बेला बेलामा भेटघाट हुने गथ्र्यौ ।

नारायण बावु त्यति वेलामा नै सडक विभाग तत्कालिन च्त्इ मा जागीरे हुनु हुंदो रहिछ । त्यति बेला मैले वीए फाईनल उत्तिर्ण गरी सकेको थिए तर अलि अल्लारे नै थिए । जीवनमा के गर्ने ठेगान नलागेको म । खोला पारी तर्न नपाएर वरै किनारमै रल्लेर उभिरहेको जस्तो । नारायण बावु भने जीवनको गोरेटोमा यात्रा शुरु गरी सक्नु भएको ।

विराग दाई हाम्रा मान्यवर अनि अभिभावक जस्ता । त्यहि कारण हुनुपर्छ मलाई ईगित गर्दै विराग दाई भन्नु हुन्थ्यो, “तिम्रो उमेर भई सक्यो । कि उच्च शिक्षाको पढाई थाल, कि कुनै व्यावसाय गर वा जागिर खाउ । अव रल्लिने होईन” तुल्सी ।

म नारायण बावु तिर हेर्थे र सोच्थे होतनी अव मैले पनि केही गर्नु पर्छ ।


विराग दाईको  झक् झकाई र रुपचन्द्र विष्टसंगको आफ्नो परिचय । कुराको तालमेल मिल्ला जस्तो लाग्ये । म लागें रुपचन्द्र विष्टको पछि । उनी त्यस वखतमा पनि हामी युवा पुस्ताका आकर्षक, आदर्श व्यत्तित्व थिए । वहाँले बोलाउनु भयो । म वहाँलाई भेट्न पालुगं पुगे । शुरु हुने भएको रहेछ जीन्दगीको यात्रा । त्यस वखत वहाँ जनकल्याण हाईस्कुलको प्रधानाध्यापक हुनु हुन्थ्यो । प्रत्येक दिन वहाँले मलाई कुनै न कुनै कक्ष्ाँमा पढाउन लगाउनु भयो । म पनि सुरु सुरुमा जान्थें, पढाउथे । जांगर थियो आंट थियो । 


एकहप्तापछि वहाँले विद्यालय संचालक समितीको बैठकको निर्णय अनुसारको नियुक्ति पत्र मलाई थमाई दिनु भयो र विश्वस्त ढंगले भन्नु भयो “राम्रो पढाउँदो रहेछौ, झनै राम्रो गर्नु । एक खेप घर पुगेर आए पछि तिम्रो अभिभारा शुरु हुने छ ।”

यो मेरो लागि शुभ खवर थियो । जिन्दगीको यात्रामा रुपचन्द्र विष्टले जुराई दिएको बाटोमा तनमनका साथ हिडन थाले । 

यो सन्दर्भ यस आलेखको मुल सन्दर्भसंग जोडिएकोले उल्लेख गरेको हुं । दुवै सन्दर्भले खुशीयाली ल्याएकोछ । एउटा सन्दर्भले जीवनको यात्रा प्रारम्भ गरेको, अर्को सन्दर्भले जीवनको यात्रामा मित्रता जुरेको ।

त्यहि पालुगंको त्रिभुवन राजपथ सडक विभागको क्याम्पमा हेटौडाबाट सरुवा भई वि.स. २०२७ सालदेखि नै आफ्नो मित्र नारायण बावु कार्यरत रहेछन् । 


कस्तो संयोग हामी दुवैको,हामी दुवैको जन्म वि.सं. २००२ साल, जन्मथलोः भिमफेदी, भैसै(हाल दुवैको भिमफेदी गाँउपालीका),नारायण बावुको जागिर शुरु ः २०२४ मेरो स्नातक उत्र्तिणः २०२४, वहाँको पालुगं सरुवाः२०२७ मेरो शिक्षक पेशा शुरुः२०२७


पालुगंमा हाम्रो संगती बाक्लियो पनि । आ—आफ्नो भोगाई अनुसार ठिक बेठिक बुझने, के कस्तो गर्दा आफ्नो क्यारियर सुध्रिन्छ, ? अवसरहरु कस्ता कस्ता छन् कसरी प्रयोजनमा ल्याउने ? समस्या कति प्रवल छन् कसरी सुल्झाउने ? जस्ता व्यवहारीक एवम् व्यवसायीक ज्ञानशीप, बुद्धि विवेक बारे एक आपसमा आदान प्रदान गर्न थाल्यौ । 


मित्रताको त्यो पाटोले जीवन बुझन सघाएकै हो हामी दुवैलाई । यस्तो लाग्छ अहिले, हामी त्यस वखत एक अर्काका परिपुरक थियौ । म त वहाँको संगतिमा मानवीय संवेग सहि ढंगले बुझने हुन थालेछु । वहाँलाई सारै भद्र, विवेकी र मानवीय सामाजिक मर्यादामा अटल रहने व्यक्तित्वको रुपमा चिन्न थाले ।

 

जीवनको आरोह अवरोहमा चरित्र निर्माणमा मित्रताको प्रभाव गहिरो ढंगले पर्छ नै । यस अर्थमा मैले वहाँबाट धेरै आचार विचार ग्रहण गरेको छु । तर पालुगंमा वहासंगको सामिप्य करिव ३÷४ वर्ष मात्र जु¥र्यो । म आफै पढाई र जागिरको सिलसिलामा एक ठांउबाट अर्को ठांउ हुँदै नारायण बावुबाट छुट्टिएर हिडेको जीवनको उर्जामय २०÷२२ वर्ष भई सकेको रहेछ । आफू निवृत भई हेटौडा नवलपुरमा बसोबास गर्न थालेपछि मात्र वहाँसँग भेटने अवसर मिल्यो । 


त्यो अवसर आकस्मिक थियो कुनै निर्धारित थिएन । बुद्धचोक नजिकै भिन्तुना रोडमा नेपाल भाषा खलःको कार्यालय छ । त्यहाँको एउटा कार्यक्रममा आमन्त्रित थिएँ । त्यहा पुग्ने अवसर मिल्यो । सभाकक्षमा पुगेपछि चारै तिर हेरे जोजोलपा आदान प्रदान भयो नारायणकाजी त्यहाँ नहुने कुरै थिएन । वहाँ त्यहाँ हुंनु हुने छ भन्ने अन्दाज थियो नै । वहाँ उठेर जोजोलपा थापादाई भन्दै म निरै आई पुग्नु भयो र मलाई हात समाएर आफू बस्ने लाईनमा संगै राख्नु भो । सभा कक्षमा गफ हाकि हाल्न नि भएन । एक अर्कालाई हेरेर मुस्कुरायौ । सञ्चै हुनु हुन्छ भन्ने हातको ईशारामा साउती ग¥यौ । त्यो आत्मियता दर्शाउदा वहाँको मुहारमा खुशी छाएको त देखे तर वहाँको मुहार अलि चाउरिएको पाए । वहाँले मेरो अनुहारमा पनि त्यसतै बुढ्यौलीपन छर्लगं देख्नु भयो होला ।



हैन, यो समय किन कहिल्यै रोकिंदैन । सधंै किन यसलाई बित्नै हतारो हुन्छ । त्यस क्षण मनमनै गुनगुनाए पनि । हामी बिच भेटघाट नभएको पनि वर्षौ भई सकेछ । किन बिचैमा एक चोटी जहाँ भएपनि भेटने प्रयास हामी दुवैबाट कहिल्यै भएन ? पछुताव पनि लागि रह्यो । 


अव बेला मौकामा भेटी रहने अठोट जाग्यो । हामीले आफ्ना अमुल्य वर्षहरु खेर गएको सोधभर्ना गर्नै पर्छ । यो भाव ममा जाग्यो, वहाँमा पनि जागेको हुनु पर्छ ।

फेरी हाम्रो घेटघाट बाक्लियो । सर सल्लाह, विचार विमर्श, दुःख सुख साटने आत्मियता  ताजा हुँदै आयो नै । 


यसै बिच वहाँले नेपाल भाषा खलःको कार्यवाहाक अध्यक्षको जिम्मेवारी सम्हाल्न थाल्नु भयो । प्रारम्भ देखि नै वहाँ समाज सेवामा सक्रिय रहने गर्नु हुन्थ्यो । भाषा खलः मार्फत भाषा संस्कृति, कला साहित्यको संरक्षण सम्बर्धन तर्फ यथाशक्य लागि पर्नु भएकोमा हामी खुशी थियौ ।


वहाँले भन्नु हुन्थ्यो, भाषा, संस्कृति, कला साहित्य तर्फको दायित्व वहन गर्नुे उद्देश्यले हेटौडामा स्थापित सबै गैरसरकारी संस्थाहरुको एककृत समन्वयात्मक रुपमा कार्यक्रम संचालन हुनु पर्दछ । नगरपालिका मार्फत योजनावद्ध कार्यक्रम गर्ने गराउने तर्फ सहयोग समर्थन जुटाउन हामी प्रयत्नशिल छौ भन्नु हुन्थ्यो ।

हामी त नारायणजीको यस्तो परियोना तर्जुमा होस, कार्यान्वयन होस, सफल होस भन्ने चाहन्थ्यौ, शुभकामना दिन्थ्यौ, साथ सहयोग पु¥र्याउथ्यौ ।

यस्तो अपेक्षा गर्नु मुर्खता थिएन । आशा गर्नु भनेको भविष्य निर्माणमा लाग्नु हो । तर हर समय हरेक भविष्य निर्माण नहोला पनि । ति भत्किन्छन्, तहस नहस हुन्छन् किन ?


त्यस्तै विपरीत भयो । गत २०७७ कार्तिक ९ गते नारायण बाबुले अनन्तमा विलिन हुने गरी विदा लिनु भयो । कुन दिशा भएर आयो त्यो दशा । कुन दिशा तिर गयो त्यो दशा । कसैले के ठम्याओस । वहाँ जहाँ भएपनि यस ईहलोकमा रहँदा जस्तै मिजाशिलो, गम्भिर, सौम्य भई ब्रम्हाण्डमा नै रहि विचरण गरी रहोस । 

जोजोल्पा नारायाण काजी

न्याहथाय जुसा छक ला नापलाय माली ।

जोजोलपा 


तुल्सी थापा

हेटौडा, नवलपुर ।

हार्दिक आभा र एवम् धेरै धेरै धन्यवाद यो मिठो स्मरणको लागि, तुल्सी थापा सर


No comments:

Post a Comment