Thursday, January 30, 2020

अब उठ्नै पर्ने भो ।

अरुको कुरा सुन्ने मात्र होईन
सबैलाई कुरा सुनाउनै पर्ने भो ।
अब उठनै पर्ने भो
भारी बोक्नै पर्ने भो ।

अरुले गरेको हेर्ने मात्र होईन
आफै हात चलाउनै पर्ने भो
अब उठनै पर्ने भो
भारी बोक्नै पर्ने भो ।

तिमले बाजी मा¥र्यो मात्र भन्ने होईन
आफैले पनि जुवा खेल्नु पर्ने भो
अब उठनै पर्ने भो
भारी बाक्नै पर्ने भो

आफ्नो ठानेर सुझाव दिने मात्र होईन
कुरा नसुन्नेलाई त्यतिकै छोड्नु पर्ने भो
अब उठनै पर्ने भो
भारी बाक्नै पर्ने भो



सुधिर भद्र
२०७६ माघ १६ गते
sudhirhtd@yahoo.co.uk

1 comment: