भर्खरै सम्पन्न १ महिने अस्पताल व्यवस्थापन सम्बन्धि तालिममा सिकाईएको धेरै कुरा मध्ये एउटा महत्वपूर्ण कुरा पेसेन्ट ईस अल्वेज राईट अर्थात बिरामी जहिल्यै पनि सहि हुन्छन भन्ने थियो । जसरी व्यवसायीक क्षेत्रमा व्यवसायीक विज्ञहरुले कस्टमटर ईज अलवेज राईट भन्छन त्यसैगरी अस्पताल क्षेत्रमा काम गर्ने जो कोहिले पनि पेसेन्ट ईज अलवेज राईट भन्नु भर्छ भन्ने उहा“हरुको मान्यता थियो ।
कुरा ठिक पनि लाग्यो । तर अस्पतालमा काम गर्ने कर्मचारीहरुले कुन अवस्था सम्म बिरामीले गरेका सम्पूर्ण कार्यहरु ठिक छन भन्ने विषय पनि गम्भीर छ । सबै मानिसहरुको आ—आफ्नो आत्मसम्मान हुन्छ । कसैलाई पनि आफ्नो आत्मसम्मानमा ठेस पु¥याउने काम गरेको सह्य हुदैन । त्यो चाहे बिरामीको होस वा अस्पतालका कर्मचारी एवम् चिकित्सकको । यसमा दुवै पक्ष सतर्क हुनु पर्दछ ।
अस्पतालका कर्मचारी एवम् चिकित्सकहरु बिरामीको उपचार गर्न नै बसेको हुन्छ । चिकित्सकले उपचारमा सकेसम्म सफलता हासिल नै गर्न खोज्छ, भन्ने कुरा बिरामीले बुझ्ने गरी भाषमा चिकित्सकको बोलि व्यवहार र हाउभाउबाट झल्किनु पर्दछ । बिरामी आफू वा बिरामीको पक्षले मेरो बिरामीकोलागि चिकित्सक यति लागि परिरहेको छ भन्ने देखिएमा कुनै पनि अस्पतालमा चिकित्सक र बिरामी बिचको द्वन्द चल्दैन ।
बिरामीले चिकित्सकहरुको उपचार प्रद्धतीलाइ विश्वास गर्नु पर्दछ । सेवा वा केहि हदसम्म व्यपार पनि गर्न बसेका हुन सक्छन । त्यसलाई नकारात्मक चित्रण गरेर उपचारमा सहभागी भई रहयो भने सानो सानो त्रुटि पनि ठूलो लाग्न सक्दछ । उपचारको क्रममा हुने साना तिना समस्याहरु तत्काल सकारात्मक तरिकाले समाधान गर्नु पर्दछ । ठूलो समस्या आएमा समय लिएर बिभिन्न पक्षसंग सल्लाह गरेर सम्बन्धित निकायमा जानु पर्दछ । धेरै व्यवसायीक हुन थालेको देखियो भने कानूनी उपचारमा जानु पर्दछ ।
Picture: Googleविरामीले अपनाउन पर्ने सर्तकता
कुनै पनि कुरा दुई पक्ष बीचको सम्बन्ध एकदम सौर्हाद वातावरण छ भने जे जस्तो शव्द वा प्रश्न सोध्दा पनि सामान्य नै लाग्छ । यदि छैन भने सानो कुराले पनि ठूलो रुप लिन्छ । बिरामीले नाम दर्तामा आफनो परिचय दिदा खेरी देखि जाँच गर्ने स्थानमा सभ्य रुपमा प्रस्तुत हुनु पर्दछ । बिरामी र चिकित्कसको रुपमा भर्खरै परिचय भई कुरा कानी शुरु भएको अवस्थामा एक अर्कालाई राम्रोसंग चिन्न भ्याएको हुन्न । त्यस्तो अवस्थामा एक अर्काको काडा बोली दुवै पक्षलाई असामान्य लाग्न सक्दछ । त्यसैले संयम पु¥याएर बोल्नु पर्दछ ।
उपचार पाउनु बिरामीको हक हो । त्यहि उपचार गर्न नै चिकित्सकहरु आ—आफ्नो परिवार छाडेर खटिरहेका छन भन्ने बिरामीले बुझ्नु पदर्छ । हाम्रो जस्तो मुलुकमा चिकित्सकलाई थोरै भन्दा थोरै बिरामी हेर्ने वातावरण बनाएर उनीहरुको धेरै समय बिरामीलाई परामर्श गराउन सम्भव छैन । धेरै बिरामी हेर्दा हेर्दै, धेरै बिरामीहरुसंग बोल्दा बोल्दै थाक्न सकेका हुन्छ । त्यस्तो अवस्थामा आफ्नो वा आफ्नो बिरामीको बारेमा चिकित्सकहरुलाई प्रश्नहरु सोध्दा नम्र भएर प्रस्तुत भई दिदा राम्रो हुुन्छ । आफ्नो रोगको विवरण र आफूलाई विगतमा लागेको रोगहरु वा अन्य कुनै कुराको एलर्जी भएमा सो को बारेमा राम्रो जानकारी चिकित्सकलाई दिनु पर्दछु ।
अहिले आर्टिफिसिल ईन्टलिजेन्सको जमाना छ । रोगको बारेमा विज्ञका जानु भन्दा पहिला ईन्टरनेटमा सो को बारेमा जानकारी लिने चलन छ । यो राम्रो पनि हो । यसको बारेमा उपचार गर्ने चिकित्सकलाई शेयर गर्नु राम्रो पनि हो । तर मैले यो रोगको बारेमा धेरै जानी सके भन्ने अहमताका साथ चिकित्सकका प्रस्तुत हुन भएन । यसरी प्रस्तुत हुंदा चिकित्सकले अझ खुलेर उपचार पु¥याउन सक्दैन ।
चिकित्सा क्षेत्रको अध्ययन महंगो छ । विपन्न परिवार र मध्यम वर्गिय परिवारका सन्ततीहरु बिरलै चिकित्सक भएका छन् । आफ्नो पढाईको लगानी कसरी उठाउने । आफ्नो पारीवारीक पृष्ठभूमी अनुसार खर्च कसरी व्यवस्थित गर्ने भन्नेमा चिकित्सकहरु केन्द्रित हुनु सामान्य हो । यस्तो क्रियाकलाले बिरामीको स्वास्थ्यम उपचारमा प्रत्यक्षवा अप्रत्यक्ष रुपमा केहि असर गरेको छैन भने ठिक छ । यसमा बिरामीले अनावश्यक विष उठान गर्नु हुदैन । तर बिरामीको स्वास्थ्यलाई नै असर पर्ने गरेर आर्थिक हितकोलागि मात्र चिकित्सकहरु केन्द्रित भएका छन भने त्यस विषयमा व्यक्तिगत रुपमा नभई तथ्य प्रमाण संकलन गरी सम्बन्धित निकायमा बोल्नु पर्दछ ।
उपचार एवम् शल्यक्रियाको क्रमममा मानिसको शरिरीक वनावट र शरिरमा भएको अन्य रोगको कारण कम्पिलीकेशन आउन सक्छ । कुनै बेला अस्पताल एवम् चिकित्सकको लापरवाहिले पनि आउन सक्छ । यस्तो अवस्थामा सत्य तथ्य बुझेर लापरवाहि गरेको भए पनि सम्बन्धित निकायहरुमा पुगेर उजुरी हाल्नु पर्दछ । लापरवाहि भएको खण्डमा त्यसको क्षतिपूर्ति पाएको उदाहरणहरु पनि धेरै छ ।
अस्पताल कर्मचारी एवम् चिकित्सकले अपनाउन पर्ने सर्तकता
कुनै पनि बिरामीको पहिलो उपचार भनेको अस्पतालको कर्मचारी र चिकित्सकको व्यवहार हो । अस्पतला पुग्ने बित्तिकै ठोकिने पहिलो सूरक्षा गार्ड, नाम दर्ता लगायत अन्य स्थानका कर्मचारीहरु हो । बोलिमा मिठास भयो भने बिरामीहरु संयम भएर बस्छन ।
बिरामीको समस्या के हो, के भएर देखाउन आएको, अरु के के समस्या छ यी यादी कुराहरु सयंमीत भएर सुन्नु पर्दछ । रोग निको नभएर बिरामी पटक पटक आउन परेर एक दुई पल्ट रिसाय पनि आफू नरम भएर के कारणले त्यस्तो भएको हो स्पष्ट पारी दिनु पर्दछ । यसले गर्दा विवादले ठूलो रुप लिन पाउँदैन ।
कोहि कोहि बिरामी आफ्नो सत प्रतिशत गल्ति हुँदा पनि विवाद गर्ने प्रकृतिका हुन्छन त्यसस्तो बिरामीहरुलाई आफूले सम्झाउन सके सम्झाएर वातवारण सहज बनाउनु पर्दछ । धेरै लामो विवाद बढदै गयो भने समाधानकोलागि माथिल्लो निकाय वा गुनासो सुन्ने अधिकारीका पठाई दिन पर्दछ । आफै विवाद गरी नवस्दा राम्रो हुन्छ ।
अस्पतालमा सयौ देखि हजारौ बिरामीहरु आउँछन । यो अस्पतालको लागि बिरामीको संख्या मात्र हो । त्यहि हजारौ बिरामीहरुमा जो परिवारलाई लिएर उपचारकोलागि गएको छ उसकोलागि त्यो बिरामी करौडौमा एक हुन्छ ।
उसको बुवा, आमा, श्रीमती, छोरा, छोरी जो उसंग गएको हुन्छ उसको लागि धेरै महत्व राख्छ र चिकित्सकले उ प्रति गर्ने व्यवहार पनि महत्वपूर्ण हुन्छ । अस्पतालमा ध्यान दिएर हेर्दियोस भन्ने चाहना हुन्छ । चिकित्सकहरुले मेरो परिवारसंग हाँसी हाँसी बोलि दियोस भन्न्ने हुन्छ । अझ व्यक्तिगत कुरा बिरामीलाई चिकित्सकले सोध्दा त बिरामीहरु चिकित्सकलाई आफ्नै परिवारको मान्छे ठान्छन । त्यसकारण बिरामी वा बिरामी कुरुवासंग कहिल्यै पनि ठूलो स्वरमा बोल्नु हुंदैन । बिरामीले नबुझेका कुरा झर्को नमानि सम्झाउनु पर्दछ ।
सबै उपचार एकै अस्पतालमा सम्भव हुंदैन, उपचार प्रविधिहरु पनि फरक फरक हुन्छन । विरामीलाई चिकित्सक आफूले गरेको उपचार प्रविधिको बारेमा स्पष्ट जानकारी गराउन पर्दछ । यसबाट पर्न सक्ने साईड ईफेक्टको बारेमा पनि अग्रिम जानकारी गराउन पर्दछ । उपचारको लागि अन्य स्थानमा जान चाहने बिरामीहरुको हकमा बिरामीको ईच्छालाई ध्यानमा दिएर काम गर्नु पर्दछ । स्वास्थ्य बीमा भएको हकमा स्वास्थ्य बीमाको सीमाको बारेमा सम्झाउनु पर्दछ ।
यदि उपचरा सम्भव नभएर बाहिर लानु पर्ने भए र रोगको अवस्था जटिल नै भए पनि बिरामीको अगाडी नै सबै कुरा भन्नु हुंदैन । विरामीको आत्मवल बलियो बनाउनकोलागि बिरामीको आफन्तलाई सबै कुरा जानकारी गराउनु पर्दछ । बिरामीको अगाडी नै तपाईलाई कडा भन्दा कडा रोग लागेको छ, अव यसको उपचार गर्न कठिन छ भन्दा बिरामीसंग भएको आत्मवल कम भई रोगले झन गाल्न सक्छ ।
अहिले नयाँ नयाँ प्रविधिको विकाससंगै रोगको पहिचान गर्न बिभिन्न किसिमको परीक्षणहरु पनि गराउने गरिएको छ । आवश्यक बिरामीलाई मात्र यस किसिमको टेष्ट गराउनु पर्दछ । अस्पतालको आर्थिक पक्ष सबल बनाउन टेष्ट तथा औषधिको मात्रा बिरामीलाई बढाउनु हुंदैन ।
सुधिर भद्र
sudhirshrestha.htd@gmail.com
२०८० असोज १ गते
No comments:
Post a Comment