आफ्नो कममा ध्यान दिने, अर्काको चियो चर्चोमा समय खेर नफाल्ने, अफ्नो पुरा समय आफू कार्यरर्त संस्थालाई दिने कर्मवीरहरु अचेल थोरै पाईन्छ । केहि समय अघि एउटा संस्थामा त्यस्तै कर्मवीरलाई नजिकबाट नियाल्ने मौका मिलेको थियो । उनी साधारण थिए । थोरै बोल्ने, आफ्नो क्षेत्रको सीपमा पोख्त थिए । उनको क्षेत्रमा नेपालमा अगाडी आउने नामहरुमा उनको पनि आउथ्यो । तर उनमा अलि कति पनि अहमको क्षणक थिएन । उनको नेतृत्वमा उनले सम्हालेको संस्थाको कायापलट भएको सबैले अनुभव गरेका थिए । सर्वसाधारणले विश्वास गर्न छाडेको संस्थामा विश्वासको मुना देखिन थालेको थियो । यस्तै विग्रे भत्केको सम्हाल्न उनलाई जिम्मेवारी दिएर ल्याईएको थियो । भविष्यमा अझ ठूलो जिम्मेवारी दिने पनि अनौपचारीक छलफल भएका थिए । उनले आफ्नो अनुभव साटनलाई पुन एकपटक यसै क्षेत्रमा सेवा गर्ने अठोट लिए । छोटो समयमा उनका सुधारहरु धेरै प्रष्टरुपमा देखिने भएका थिए । यीनै कर्मवीर यस क्षेत्रमा उनको विषय बस्तुसंग समबन्धित विकासको लागि साचेर राखेका आफ्ना सबै ईच्छा, आकांक्षा र अठोटहरुलाई छोडेर यहा“बाट बर्हिगमन भएका छन् ।
आफूले जानको र बुझेको कुरा जे हो त्यहि स्पष्ट राख्थे । संस्थागत हितकोलागि उनले आफ्नै सहकर्मीहरुलाई पनि कारवाहीको शुरुवात गरेर संस्थामा दण्डहीनताको समय समाप्त भएको आभाष दिन खोजेका थिए । उनको यो कदमबाट जसले संस्थागत कमि कमजोरीहरु गरी रहेका थिए उनीहरु सतर्क भएका थिए । दण्डहीनतामा नै अभ्यस्त हाम्रो समाजलाई यस्तो संस्कार पचेन, स्थानीय स्तर देखि राष्ट्रिय स्तर सम्मको दवाव आउन थाल्यो । सम्पूर्ण सेवाग्रहीले खुशी मानेको उनको कदममा उनकै संस्थाबाट सहयोग भएन । उनी एक्लै भए तल लडिरहे सायद उनको यहि कमजोरी थियो ।
संस्थामा भई रहेको निर्माण कार्यमा आफनो घरमा भन्दा बढि समय दिएर नियली रहेका थिए । अन्य कार्यालयमा जस्तो निर्माण कम्पनिले दिने अतिरिक्त रकम संस्थाको कोही कर्मचारीहरुलाई नदिनु त्यसको सट्टा संस्थामा नै गर्नु पर्ने भौतिक पूर्वाधार निर्माणमा सौजन्य गरी दिनु भन्ने उनको स्पष्ट भनाई थियो । निर्माण कम्पनिहरुले आफ्नो राजी खुशीले संस्थाको खर्च बिना नै केही पूर्वाधारहरु निर्माण गरिएका थिए । लामो समयदेखि अतिरिक्त लाभ लिई रहेकाहरुलाई यो कदम केहि साथीहरुलाई मन परेको थिएन होला । जनु संरचनामा काम हुने गरेको थियो त्यसको चेन ब्रेक भयो । यसमा पनि उनी एक्लै भए पनि लडि रहे सायद यो पनि उनको कमचजोरी थियो ।
कुनै एक कुरारको जिम्मेवारी पाए पछि जति सक्दो चा“डो काम सक्काउने उनको बानि थियो । एक दिनमा नै काठमाण्डौ पुगेर काम गरेर फर्कन पनि पछि परेका थिएनन् । एउटा सानो कामलाई हप्ता दिनको जाते आते खर्च बनाएर संस्थाबाट खर्च असुल्ने हरुलाई उहा“को यो काम पाच्य भएन । महिना भरी काम गरे बापत आउने तलव भन्दा बेला बेलामा दुई चार दिन बाहिर गएर आउ“दा बढी खर्च लिई रहेकाहरुलाई यसरी द्रुत रुपमा गरिएको कार्य स्वीकार्य भएन । सायद यो पनि उनको एउटा कमजोरी थियो होला ।
समाजमा सजिलै घुलमिल नहुन, आफ्ना सकहर्मीहरुसंग समय टिममा बाधेर बस्नु नसक्नु, ज्यू हजुर गरेर धेरै फरमल भएर बोल्न नसक्नु, स्थानिय देखि राष्ट्रिय स्तरसम्मका नेताहरुका बिभिन्न् माध्यमबाट पहु“च बनाएर राख्न नसक्नु, उनका व्यक्तिगत कमजोरीहरु थिए । संस्थागत हितकोलागि उनको मनमा लागे पछि गरी छाड्ने उनको हठी स्वभाव थियो । कारबाही फुकुवा वा कम बारवाही गर्नकोलागि बिभिन्न माध्यमबाट आएको अनुरोध तथ निर्देशनलाई उनले कार्यरत संस्थागत विकासकोलागि ठाडो अस्वीकार गर्ने गरेकका थिए । संस्थागत विकास हुनु भनेकै सेवा ग्रहीले पाउने सेवामा सुदृढिकरण हो । उनले कति पय स्थानमा संस्थागत विकासकोलागि लिएका निर्णयहरु राजनैतिक नेतृत्व र सिमित व्यक्तिहरुको समूहलाई सहज भएन । भविष्यमा ठूलो जिम्मेवारी दिईने भनिएको स्थानमा पनि उनको बिकल्प खोज्न लागियो ।
आफ्नो घरबार, अवसर सबै कुरा त्यागेर यस क्षेत्रमा पछाडी परेको सेवाको विकास गर्छु भनेर आएका एक कर्मविरको बहिर्गमन भएको छ । हामीले परिवर्तनको आभास गरेको स्थानमा फेरी पनि उहि पुरानै संस्कार र संस्कृतिको विकास हुने सम्भावना धेरै बढी छ । आशा गरौ फेरी नेतृत्व लिन आउने उनी जस्तै कर्मवीर होउन, व्यक्तिगत हित भन्दा संस्थागत हितमा धेरै ध्यान दिउन ।
सुधिर भद्र
२०७७ भाद्र ३० गते
sudhirshrestha.htd@gmial.com
No comments:
Post a Comment