Sunday, March 13, 2011

स्कुटर ¥याली र मकवानपुरे महिला

मार्च ८ तारिख, नेपाली फाल्गुन २४ गते विहान स्थानीय एफएममा राजधानीबाट प्रसारीत हुने कार्यक्रमहरुको किस्ताबन्दि रुपमा प्रसारीत एक कार्यक्रममा मार्खु,मकवानपुरकी ५० वर्षिय महिला कान्छिमाया ब्लोन समग्र मकवानपुरकै नारीको प्रतिनिधित्व गर्दै आफ्ना भावनाहरु राख्दै थिईन । १०१ औ नारी दिवशको अवसरमा ग्रामीण क्षेत्रमा अग्रसर महिलाहरुको अनुभव प्रसारण गर्ने उद्देश्यले प्रसारीत कार्यक्रममा ब्लोन ले आफ्ना अनुभव, भोगाई र त्यसबाट प्राप्त शिक्षा तामाड्डी लवजमा नेपाली भाषा प्रयोग गर्दै सुनाईरहेकी थिईन ।

१०१ औ नारी दिवशको पूर्व सन्ध्यामा नै हेटौडा बजारमा केहि अगुवा महिलाहरुको सक्रियतामा स्कुटर ¥याली पनि आयोजना गरियोे, देशव्यापी रुपमा गरिएको स्कुटर ¥यालीको उपादेयीता वा त्यसको प्रभाव के हो त्यो चा“ही थाहा छैन, सिमित तथा खुलेरै भन्न पर्दा स्कुटर चढन सक्ने हैसियत भएकाहरुले आ¥आफ्नो सवारी साधनको प्रचार प्रसार बाहेक त्यसबाट अरु केहि हुन्छ जस्तो लाग्दैन । कालो चश्माले घामको प्रकाश ढाकेर, अनुहारको सौन्दर्यता नबिग्रियोस भनेर प्लेकार्डले मुख छोपी निकालिएको ¥यालीले दिनभारी तातो घाममा बारी खनेर बस्नु पर्ने अनि तातोले हप्पिएको खोलाको बगरमा बालुवा चालेर बस्नुका साथै  एक घुटको  पानी खान घण्टौ उकालो चढ्नु पर्ने महिलाहरुको प्रतिनिध्त्व कसरी गर्छ होला त्यो बुझन अलि गाह्रो भयो ।

तर पनि यसलाई सकारात्मक रुपमा सोच्दा जनचेतना जगाउने एउटा माध्यमको रुपमा बुझन पर्छ होला, बजारमा त्यसरी हिड्न सक्नेहरुको लागि नारी हक र अधिकारको बारेमा जानकारी दिएको मान्न सकिन्छ होला । यसरी समय कालसंगसंगै जनजेतना जगाउने बिभिन्न आरोह अवरोहका साथसाथै अन्य कार्यक्रमहरु गर्दै गरेर मकवानपुरे महिलाहरु पनि स्थानीय तथा राष्ट्रिय स्तरमा अगाडी आउदै गरेको पाईन्छ ।

राजनैतिक क्षेत्रमा पञ्चायतकालमा ओमु टेम्पा लामाले शुरुवात गरेको महिला सहभागीतालाई महालक्ष्मी डीना उपाध्याय, मुनु सिग्देल, रीता खनाल, गोमा तिमल्सिनालगायतका निरन्तरता दिईरहेकी छिन । लक्ष्मी श्रेष्ठ, लक्ष्मी माझी, लक्ष्मी पाख्रिन लगायतको जिल्लाको महिला संजालले पनि राजनैतिक सहकार्यको नमूनाको रुपमा कार्य गरिरहेको छ ।

सामाजिक क्ष्ँेत्रमा विष्णु ओझा, जुनेली श्रेष्ठ, भगवति पुडासैनीले गरेका कामहरु सहनिय छन् । कपडा उद्योगमा सामान्य मजदुरको रुपमा कार्यरत ओझा र श्रेष्ठमा आएको चेतनाको विकासले नै होला मकवानपुरमा उहाहरुद्वयले विजारोपन गर्नु भएको संस्थाका कार्यक्रमहरुबाट निकै विपन्न वर्गहरु लभान्वित भएका छन् । भिमफेदीमा सामान्य जीवनयापन गर्दै बसेकी भगवति पुडासैनीमा आएको जनचेतनाको विकासले होला उहाको सक्रियतामा संचालित संस्थाले गरेका क्रियाकलापहरु पनि राम्रै मानिन्छ । यद्यपी उहा“हरु सम्बन्धित संस्थालाई कुनै एक राजनैतिक दलसंग निकट रहेर काम गरेको र दलगत भावनाबाट कार्यहरु संचालन भएको हो कि भन्ने आरोप सुन्ने गरीन्छ ।

उहा“हरुकै आदर्शमा मकवानपुरका अन्य क्ष्ँेत्रहरुमा गोगनेकी हिरा विष्ट, मन्थलीकी कौशीला, मार्खुकी साबित्रि विष्ट, भिमफेदीकै पार्वती राना, चरीयामाईकी कविता क्षेत्री र श्रृजना श्रेष्ठ पदमपोखरीकी लक्ष्मी थिगं लगायत भारती पाठक एवम् अन्य महिलाहरुले आ¥आफ्नो गाउ“ समाजको विकासमा गरीरहेको योगदानलाई प्रभावकारी रुपमा नै लिन सकिन्छ ।

खेलकुद क्ष्ँेत्रमा नेपालकै पहिलो महिला फिफा रेफ्री कल्पना शर्मा र अन्तराष्ट्रिय खेलकुदमा पदक ल्याउन सफल पार्वती गिरीको नाम आउने गरेको छ । उद्यँेग व्यापारको क्षेत्रमा मकवानपुरबाट आफ्ना उत्पादनहरु विदेश निकाशी गर्न सफल एवम् मकवनपुरबाट पहिलोपटक महिला उद्यमीको रुपमा उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्यँेग वाणिज्य महासंघको केन्द्रिय सदस्य शर्मिला डंंगोल एवम् नेपालमै पहिलो उद्यँेग वाणिज्य संघको महिला कार्यकारी सचिवको रुपमा सुशीला पाण्डे मानन्धरलाई लिन सकिन्छ ।

संञ्चार क्षेत्रमा धेरै महिला संञ्चारकर्मीहरुले आफ्नो कार्यलाई विविध कारणवश निरन्तरता दिन नसके पनि स्थानीय रुपमा सरिता दाहाल,नानीमैया विष्ट, सम्झना कार्की लगायतले गरेका कार्यहरु सह्रायिन छन भने राष्ट्रिय स्तरमा दुर्गा लामिछाने, स्वेता सिंन्हा, सरला अधिकारीले पनि मकवानपुरको तर्फबाट प्रतिनिधित्व गर्दै आएका छन् । साहित्यिक क्षेत्रमा बवि थापा, रुकु कार्की, दुर्गा ढुंगेलका नामहरु अगाडी आउछन् । अध्ययनको क्षेत्रमा आफ्नो सोधपत्रमा क्ष्ँेत्रीय पुरस्कार प्राप्त गर्न सफल प्रज्ञा श्रेष्ठको नाम लिनु पनि आवश्यक देखिन्छ ।

निजामति क्ष्ँेत्रमा लामो समय सम्म बसामाडी गाविसको सचिवको जिम्मेवारी सम्हाली रहनु भएका करुणा जोशीको नाम आउछ भनै त्यसैगरी गाविसमा आउने विभिन्न समस्याहरुलाई कुशलतापूर्वक पार लगाउन सचिवको सहयोगीको रुपमा रहदै आउनु भएकी पदम पोखरी गाविसका साहायक माया पौडेल अधिकारीको योगदानलाई पनि कम आकन सकिन्न ।

अन्तराष्ट्रिय स्तरमा नर्वदा क्ष्ँेत्रीले अमेरीकामा गरिरेकी सामाजिक कार्य र सुमित्रा लामाले  नया“दिल्लमीमा मास कम्युनिकेशनमा स्नात्तकोत्तर तहमा अध्ययन गर्ने क्रममा गरेका कार्यहरुले मकवानपुरलाई अन्तराष्ट्रिय क्ष्ँेत्रमा पनि पु¥याउने कार्य गरेको छ ।

सायद माथि उल्लेखित अनुहारहरुमा चेतनाको विकास नभएको भए उहा“हरुमा आफूमा आत्मबल आउन सक्दैन थियो होला र उहा“हरुबाट आउन सक्ने योगदान पाउन सकिदैन थियो होला जे भए पनि कहिले सडकमा हिडेर, कहिले सडकमा बसेर नारा लगाएर, कहिले सडकमा नाटक देखाएर अनि कहिले सडकमा स्कुटर कुदाएर गरीने जनचेतनाको विकासले अझ मकवानपुरका महिलाहरु अगाडी बढन सक्छन होला ।


सुधिर भद्र
हेटौडा, २०६७ फागुन ८ गते (श्रोत संकलन सहयोगी ः— दीपकराज मिश्र)

Monday, February 21, 2011

जेठादाई!! जय मशिहा


aNn aNn b]p/fnLsf] :s'nsf] cf]/fnf] ;lsP/ :jf:Yo ;DaGwL Ps sfo{qmdsf] l;nl;nfdf O{kf ufp ljsf; ;ldlt k'Ug yfn]kl5 b'O{ tLg hgf dlxnfx?sf] ;d"x ho dlzxf eGb} b'j} xft hf]8\b} xfd|f] ;d"xsf] lg/ cfO{k'u], xfdL;+u} uPsf kfZr/afn] ho dlzxf eGb} clejfbg kmsf{P / k/d]Zj/n] ;a}nfO{ sNofg u?g eg]/ cflz{jfb klg lbg EofP .

sf]u6] eGbf clndfly rd]n]df xfd|f] uf8L /fv]kl5 xfdL s/Lj b'O{306f dfly lhNnf ljsf; ;ldltsf] ;xof]udf :yfgLo pkef]Qmf ;ldltn] agfPsf] 6«ofssf] eUgfjz]if;+u k}7f hf]/L v]Nb} b]p/fnLsf] :s'n;Dd k'u]sf lyof} . ;fem ljxfg dlg{· jfs clg ljbfsf] lbgdf nf]sn xfO{ls· afx]s cGoq glx8]sf] xfd|f] 6f]nL b]p/fnLsf] psfnf] k'Ubf;Dd cflwh;f] uln ;s]s]f lyof] . xfdL;+u uPsf kyk|bzsn] xfdL hfg] 7fp ToxL xf] eg]/ dflyaf6 lgnf] h:tf ePsf] 3/ b]vfpbf cj t cfO{k'Ug nfUof] eg]/ xfd|f] 6f]nLdf pT;fx yk]sf] lyof] .

cj nfdf] 6«ofssf] eUgfjz]; 5f]8]/ ;Nnfsf] h+undf ?vsf xfuf ljuf ;dfTb} cf]/fnf] emg]{ qmdnfO{ lg/Gt/tf lbbf xfdLnfO{ ef]nL of] psfnf] s;/L r9g] xf] eGg] s'/fn] klg TolQs} lrlGtt agfO{/x]s]f lyof] . xfd|f] ;fdfg af]Sg] el/of efO{ Pjd\ bfO{nfO{ ;fob Tof] af6f] kfgL kw]/f] eP/ xf]nf lgs} k'mlt{;fy lx8\b} lyP .

ljxfg ;a}/}sf] ofqfdf ledkm]bLdf km'nf}/f / rgf gf:tfsf] ?kdf vfP/ lx8]sf] xfd|f] 6f]nLnfO{ s/Lj ! jh] O{kf k'Ubf zl//df /x]sf] Jofsck O{glh{ klg ;lsg yfln ;s]sf] lyof] . xfd|f]nflu :yfgLo cfof]hsn] pknJw ;fwg / >f]tsf] k|of]u u/]/ ;s];Dd /fd|f];+u vfgfsf] Joj:yf ug{sf] nflu b'O{yf]s t/sf/L, d'nf, xl/of] n;'gsf] crf/ clg bfn / eftsf] /fd|f] k|aGw ug'{ ePsf] lyof] .

xfdL af; a;]sf h]7fbfO{ klg ljZjf;L cyf{t oz' lqmi6sf cg'ofoL x'g'x'bf] /lx5 . s7fotx?sf] afx'Notf /x]sf] O{kfdf h]7fbfO{sf] gfd;+u} y/ klg s7fot hf]l8Psf] lyof] . tLg 5f]/f5f]/Lsf afp h]7fbfO{sf ;a} 5f]/fx? /fhwfgLdf Jofkf/ tyf cWoogsf] l;nl;nfdf k'u]/ ptfO{ a;fO{ ;l/;/]sf /x]5g\ . h]7fbfO{ bDklt / sfG5L 5f]/Lsf] kl/jf/ dfq O{kfdf c6fPsf /x]5g\ . kfZr/afn] a]n'sfsf] a;fO{sf] qmddf cfbd b]lv xNjf;Ddsf k/d]Zj/sf ;';dfrf/x? wf/f k|jfx lbO{ /xbf l;:g]/Lsf gu/sf]6L bfO{ / h]7bfO{ dhfn] 6fpsf] xNnnfO{ xNnfO{ s'/f ;'lg/x]sf lyP . of] b]Vbf nfUYof] pgLx?df k/d]Zj/ k|ltsf] ljZjf; lgs} uf9f;Dd a;L ;s]sf] lyof] .

ufpsf] d]nf] d];f] a'em\bf h]7fbfO{ nufot w]/}h;f] JolQmx? k/d]Zj/sf cg'ofoL eO{;s]sf] 5gs cfO{/x]sf] lyof] . s]lx jif{ cuf8L;Dd lxGb' / af}4dfuL{x?sf] afx'Notf /x]sf] ufpdf cj qm; klg em'l08g yfn]5 . gd:t] / Nxf;f] ;'lgg] 7fpdf cj ho dlzxfn] klg :yfg kfpb} uP5 . kfZr/afnfO{ tkfO{x?sf] cg'ofoLx? lgs} a9]sf 5g h:tf] 5 elg lh1fzf /fVbf pgn] cltwstd dfqfdf cg'ofoLx? a9\b} u/]sf] atfP . k/d]Zj/df ljZjf; ug'{ clg d b[i6 cfTdfnfO{ TofU5' eg]/ cfpg]x? lgs} ;kmn ePsf] pgn] atfP .

cGo wd{x?df b]lvPsf hftkftsf] e]befj tyf cGo gsf/fTds lsDabGtLx?sf] k|efj k/d]Zj/sf ;';dfrf/afrsx?af6 wf/f k|jfx lbP/ ufpzx/df cg'ofoLx?sf] ;+Vof ck]Iffs[t?kdf a9]sf] cg'dfg nufpg ;lsG5 . cGo wd{sf] t'ngfdf o; wd{df nfUg] cg'ofoLx?sf] lqmoflzntf zfob cln al9 eP/ klg xf]nf k/d]Zj/sf cg'ofoLx?sf] ;+Vof lbg k|ltlbg a9\b} uPsf] 5 .

tfdf·hftLsf] afx'Notf /x]sf] dsjfgk'/df Nxf;f]sf] cfjfh u'Ghg] 7fpdf ufp j]zLdf cj ho dlzxfsf] cfjfh klg u'Ghg yfn]sf] 5 . sfo{qmd ;sfP/ lxhf]sf] sl7g ofqf ;Dem]/ 3/ kms{g k'/f ug'{ kg]{ csf]{ ofqf sNkgf ub}{ sNkfgfdf g} ylst x'b} alr v'r]sf] ;fx; lnP/ uflj; ejgaf6  O{kfsf] 3§sf] af6f] x'b} dfly nfUbf wfld{s ;lxi0f'tf pbfx/0f af]s]sf] b]zn] cfzf u/f} eljiodf s'g} klg b'3{6gf glgDTofpg eGg] ;f]Rb} xfd|f] kfO{nf cuf8L a9\of] .

;'lw/ eb|
x]6f}8f, @)^& kmfu'g * ut]

Thursday, January 6, 2011

डेडे पाउ“रोटीवालाको एक दिन

विहान ४ः३० वजे खासा घडिको आलर्म बजेपछि ओछ्यान छोडन मन नलागे पनि केहि बेर अल्छि मान्दै विस्तारै जिउ“ तन्काउदै उठ्छु । कहिले त एकछिन वढि सुत्न पाए कस्तो रमाईलो हन्ुथ्यो होला जस्तो लाग्छ तर मुखमा माड लाउन परिश्रम नगरी नहुने हु“दा सवै ईच्छालाई आफ्नो मनको एक कुनामा कैद गर्दै म आफ्नो नित्य कर्म गर्न अगाडी बढ्छु र सवैले माया“ले बोलाउने डेडे पाउरोटीवालाको रुपमा वजारमा निस्कन्छु ।

जीवनमा आफ्नो परिश्रमले जोडेको पहिलो सम्पति १० वर्ष अगाडी भारतको रक्सौलमा किनेको हिरो जेट साईकल विस्तारै आफ्नो सा“धुरो कोठाको एक कुनाबाट झिक्छु । त्यसमा पा“उरोटी बोक्नको लागि बनाईएको टिनको बाक्सा राखेर रबरले बा“धे पछि पा“उरोटी उद्योगमा गएर दिनभरी बेच्न पुग्ने पा“उरोटी राखेर हिडेपछि मेरो दैनिकी शुरु हुन्छ ।

पछाडी टिनको डब्बाको पाउरोटी र अगाडी कुकिजको भारलाई विस्तारै दूवै हातले सन्तुलनमा राखेर सधै साईकल डो¥याउदा डो¥याउदै म बाजारको उकाली ओरालीहरु“ग पारंगत भै सकेको छु । मलाई नै खाउला जस्तो गरी आउने ठूला ठूला बस ट्रकलाई कति बाटो चाहिन्छ र तीनीहरु“ग कस्तो व्यवहार गर्ने मलाई थाहा भै सकेको छ । साना गाडीको आवाजमा मेरो साईकल आफै सर्तक भै साईड लाग्न खप्पिस भै सकेको छ  ।

कहिलेकाही सम्झिन्छु मलाई जिस्काएर हर्न बजाउदै हिड्ने मोटरसाईकललाई मेरो पाउरोटीको भारी बोकाएर हिडाउन पाए कति आनन्द आउथ्यो होला मेरो व्यापार र मलाई हेर्ने व्यापारीको दृष्टिकोण कतिको फरक पथ्र्यो होला तर मस“गै बसेर काधमा तरकारी बोकेर बेची आफ्नो गुजारा चलाईरहेको तरकारीवालालाई देख्दा म सोच्छु हे भगवान मलाई मोटरसाईकल होईन उसलाई साईकल देउ ११ कम्तिमा उस्ले बोक्ने भारी उस्को साईकलले त बोक्छ । 

लामो जाममा फस्दा प्रायः मेरो साईकलसंगै नया“ नया“ ब्राण्डका आयातित गाडी देखि मेरो गा“उको सिड्डै घरको मुल्य पर्ने साना सना स्कुटिहरु रोकिन्छ । त्यसमा सबार हुनेहरुको मगमगाई रहेको विदेशी अत्तर र फरफराई रहेको कपालले देख्दा मेरो आ“खामा गा“उको बतैयाको अनुहार आउ“छ, तीनकै उमेरकी बतैयाले पिच बाटो पनि शायदै दखेकी होली, खेती बारी  चुलो चपेटाबाट मुक्त भएर उ कहिले त्यसरी हिड्न सक्ने होलिन ।

त्यहि हुलको एक कुनाबाट चियाउ“दा स“गै पेटीमा पसिनै पसिनाले भिजेको बुढीमाउ“ले एक हातले आफ्नो निधारको पसिना पुछ्दै अर्को हातले कडा कागजले हम्काउदै धु“वै धु“वाले भरिएको मक्कल फुकी मकै पोलीरहेको देख्छु । आफ्नो गा“उको बतैया, ती बुढीमाउ र स्कुटीमा सवार सुन्दरीको बीचको अन्तर भेट्टाउन आफै अल्मलिन्छु ।

पाउरोटी बेच्ने महंगो पसल अर्थात शहरीया भाषामा भन्नु पर्दा बेकरी क्याफेको फोहर फाल्ने ठा“उमा एक सर्को मात्र तानिएर फालिएको महंगा चुरोटको ठूटाहरु जसकोे मोलमा गा“उको बिर्जु चाचाले खाने नं.१ छाप बिडीको एक प्याकेट नै आउछ । मेरो बिर्जु चाचा त्यहि बिडी पनि भोलीलाई भाग पुग्दैन भनेर आधा खाएर निभाएर राख्नु हुन्छ ।  एक सर्कोमात्र तानिएर फालिएको चुरोटमा बिर्जुचाचाको नं. १ छाप बिडी सम्झन्छु ।

उकालोमा सकि नसकि उठेर साईकल चलाएर शरिरको सम्पूर्ण बल खर्च गरेर उकालो कटाउने शुर गर्छु शायद मेरो आमाले बच्चामा घाममा राखेर तोरीको तेल लगाउने बेलामा बलियोस“ग लगाईदिनु भएको थियो क्यारे त्यसैले होला मेरो पसिनाले भिजेर चप्पल चिप्लन खोजेको खुट्टमा पनि निकै राम्रो बल आईरहेको महशुस गरिरहेको छु । निधारबाट तर्रर पसिना  मुखमा गई नुनिलो स्वाद आईरहदा त्यसको स्वादले मेरो श्रीमतीले मलाई गा“उमा खुवाउने चनाको दालको सातुको याद दिलाई रहेको छ ।

अस्ताउन लागेको सुर्यले छाडेको रातो घाम स“गस“गै आफ्नो आमा, श्रीमती र मेरो गा“उलाई सम्झदै मेरो सन्तोष रेडियोमा भोजपुरी गीत खोज्न कान बटारदै भोलीको तयारीमा जुटनको लागि आफ्नो कोठ तिर लम्कन्छु , भोली फेरी मलाई डडे पाउरोटीवालको अर्को दिनको शुरुवात गर्नु पनि त छ । 

—सुधिर भद्र

Sunday, December 26, 2010

संगीता अधिकारीको बाको आंशु

सिन्धुली हर्साईको दनुवार टोलमा हुर्की खेलो फड्को गर्दै जीवनको अडतिर्सौ बर्षमा हिड्दै गरेका आठ छोरा छोरीका बाउ भुखना अधिकारी आठ वर्षे संगीता अधिकारीका पिता हुन  । तीन ठांउमा टालेर सिलाईएको हाफ पाईनट, तुना चुडेर कपडाले सिलाईएको चप्पल, जाडो छल्नको लागि कलर घुमरकिएको कमिजमाथि खुईलिएको निलो जकेट भुखनाको पहिचान थियो । धनले गरीव देखिएको उनको बाहिरी आवरणलाई उनले आफ्नो छोरी माथि देखाएको मातृबासल्यले ओझेलमा पारेको थियो ।
जन्मजात मोतिविन्दुका कारण दुवै आंखा अन्धो भएर बसेकी संगीता अधिकारी सधै बाबुको हात समायर हिडने गर्थिन । उनको परिवारलाई थाहा थिएन के को कारणे उनको छोरीको दृश्य शक्ति गएको हो भनेर । सामान्य झारफुक गर्दै उनीहरुले छोरीलाई देख्ने बनाउने प्रयास गरेका थिए ।
डाक्टरलाई देखाएन त भनेर प्र्रश्न गर्दा सदरमुकाम सिन्धुली हालसम्म १ पटक मात्र पुगेका भिखनाले बाहिर उपचार गर्न लाने ज्ञान पनि भएन र मसंग पैसा पनि भएन, गांउकै धामी झाक्रिलाई केहि खर्च बन्दोबस्त गरी उपचार गरेर बाबुले आफ्नो छोरा छोरीलाई गर्नु पर्ने दायित्व पुरा गर्ने कोशिस भुखनाले गरेका थिए ।
खेतमा एफएम सुनेर काम गरीरहेका भुखनाले स्थानिय रेडक्रसको सक्रियतामा आंखा शिविर आउन थालेको थाहा पाएपछि उनी त्यस दिन विहानै उठेर हर्साईको शिविरमा पुगेका रहेछन । हर्साईमा आ“खा परीक्षण पश्चात दुधौलीमा लगेर शल्यक्रिया गर्नु पर्ने निश्चित भएपछि उनी दुधौली जाने तयारीमा जुटेका थिए । शल्यक्रिया गर्ने बेलामा अन्य बच्चालाई झै डाक्टरको सुईको हाउबुजी भएर छोरी डराएर कहालिएर रोएको बेलामा उनले आफ्नो मनलाई कठोर बनाएर समाएर भएपनि गर्नु पर्छ डाक्टरसाव अहिले म हुंदासम्म त ठिक  छ भोलि पर्सी यसले आफ्नो जीवन कसरी पाल्छ भनेर भनेको संवाद अत्यन्त मर्मस्पर्शी थियो । 
हल्का लठ्यानउे सुई दिएर अधिल्लो र पछिल्लो दिन गरी दुवै आ“खाको शल्यक्रिया पश्चात संगीता निकै खुशी देखिएकी थिईन । नेपाली भाषा बोल्न नजान्ने संगीता दनुवार भाषमा तोते बोलीमा कुरागर्दै बाबुको काखमा खुशीले लटपटिएर खैल्दै थिईन । शायद बाबु छोरीलाई त्यो दिन निकै खुशीको दिन थियो होला । उनको खुशीले छछल्किएको आंशु आ“खामा कता कता लुकेको थियो । यो शिविरमा मेरो छोरीको शल्यक्रिया नभएको भए म कहिल्यैपनि छोरीलाई आंखा देखाउन सक्दिनथे तपाईहरुलाई धेरै धन्यवाद भन्ने उनको चाहना भित्री मनामा देखिएता पनि अरुको खेत बटैया गरेर जोहो गर्दै आएका भुखनालेलाई त्यसको ज्ञान नभएर होला उनले व्यक्त गर्न चाहि सकेनन तर उनको हाउभाउले उनले धन्यवाद र आभार व्यक्त गर्न खोजेको भान भईरहेको थियो ।
स्थानीय दुधौली रेडक्रशको आयोजना र हेटौडा सामुदायिक आंखा अस्पताल र जानकी आ“खा अस्पतालको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमबाट संगीताले त नया“ जीवन पाईन होला तर देशका कुना काप्चामा यस्ता संगीताहरु धेरै होलान यस प्रति नजर पु¥याउने कसले होला ? विकासे कार्यक्रमहरु गर्ने नाममा आ—आफ्नो राजनैतिक क्ष्ँेत्रमा सस्तो लोकप्रियता कमाउन दिर्धकालिन अध्ययन बिना अल्पकालिन सोचले डा“डै डा“डा रोड खन्ने, घर घर सडक पु¥याउने, आवश्यक अनावश्यक जहा“ तहि पुल बनानउने काममा व्यस्त राष्ट्रनेताहरुबाट कसले के अपेक्षा गर्ने ? ठूला नेताहरु आपसी किचलोमा व्यस्ता सानाहरु ठूलाहरुको आदेश सिरोपर गर्दै व्यस्त भएका बेला स्वास्थ्य क्षेत्रको विकास र भुखना र संगीता जस्तोको कारेमा कस्ले सोच्ने हो ??

सुधिर भद्र

Friday, December 17, 2010

मैले गल्ति गरेको छ कि छैन ??

म एउटा कुरामा निकै कन्फ्यूज भएको छु, घटना सानो थियो तर त्यसबाट कुनै एक जना बेकसुर मानिस पिडित हुनु परेछ, थाहा छैन मलाई मेरै कारणले हो वा कुन कारणले भएको हो । तर त्यसको जिम्मेवारी प्रत्यक्ष्ँ तथा अप्रत्यक्ष्ँ रुपमा म पनि छु जस्तो लाग्छ । सायद मैले हाम्रो सम्झेर कुनै कुरा गरे होला, आफ्नै व्यवहार देखाए होला तर अर्कैको भईसकेको मानिसलाई त्यस्तो व्यवहार देखाउन उपयुक्त नहुने रहिछ भन्ने कुराको आभास मलाई भएको छ ।

आफ्नो वा हाम्रो सम्झदा खेरी अरुलाई के कस्तो असर पर्दछ भन्ने कुरा सायद मैले बुझ्नु पर्ने थियो होला, मेरो बुझाईको कमजोरीको कारणले जसलाई मैले आफ्नो वा हाम्रो सम्झेको थियो उसले उसको आफ्नो मान्छेलाई उसले स्पष्टिकरण दिनु प¥र्यो । शाव्दिक हमलाको साथसाथै शारिरिक हमलाको पनि शिकार हुनु प¥यो ।

मलाई पनि उसले आफ्नै वा हाम्रै सम्झेर गरेको व्यवहारले म पनि शायद उत्साहित भएको थिए होला, उनले मैले गरेको व्यवहारमा कहि कतै पराईले गरेको व्यवहार नसम्झि आफनै वा हाम्रै परिवारको मानिसले गरेको जस्तो व्यवहार गरेको मैले  प्रष्ट महशुस गरेको थिए । मैले जुन कार्य गरे त्यसको मलाई गल्ति गरेको आभास भएको छैन । तर मेरो कार्यको बुझाईमा भएको असमझदारीले उसले पाएको पिडा मलाई पनि कता कता गडेको छ 

तर मलाई अव एउटा ज्ञान भएको छ सबैलाई आफ्नै वा हाम्रै जस्तो व्यवहार गर्नु हुदैन रहिछ, जस्लाई आफ्रनै वा हाम्रै व्यवहार गरीन्छ उनका पनि हाम्रै वा आफ्नै मान्छे ह“ुदो रहिछ । तर म आफूले आफैलाई विश्वास दिलाउन सकिरहेको छैन, मैले गल्ति गरेको छ कि छैन भनेर...............

Sunday, November 28, 2010

सिद्धिचरणको गा“उ रोएको छ ।

सुनकोशी नदीको झुलुड्डे पुल पार गरी चार घण्टाको यात्रा तय गरेपछि पिहिलोपटक सद्धिचरणको गा“उ ओखलढुड्डा पुगियो । हवाई यात्रामा पहु“च हुने मानिसहरुको लागि रुम्जाटार एयरपोर्टबाट ओखलढुड्डा पुग्न सहज होला तर चर्को हवाई भाडाका साथ साथै रुम्जाटारबाट ओखलढुड्डासम्म आउन साना सवारी साधनले लिने भाडादरले सबै मानिसलाई त्यो यात्रा सायद त्यति सहज नहोला ।
सिराहको मिर्चैयासम्म तराई मधेशको हावा खादै कटारी लाग्ने बाटो तिर गाडी तेस्रे पछि पहाडको बास्ना अलि अलि आउन थाल्छ । कुलेखानी काठमाण्डौको बाटो सम्झउने कटारीबाट घुर्मीसम्मको खतरायुक्त यात्रामा शरिरलाई तराईको गर्मी र बेतिनीको चुचुरामा पुग्दा चिसो हावाले हान्दा सन्तुलनमा राख्न गाह्रो भएको थियो ।
किलोमा सुन्तला किनेर खानी बानी बसेका हामी मकवानपुरवासीलाई बेतिनीमा गोटामा सुन्तलाको व्यापार देख्दा अचम्म लागको थियो । त्यहाबाट दुई घण्टाको यात्रा पछि सुनकोशी नदीको किनारमा रहेको घुर्मी बजारमा व्यवसायीहरुको झुप्राझाप्री छिचोल्दै झुलुड्डे पुल तरेर ओखलढुड्डा जिल्ला छोईयो । उदयपुर जिल्लाको सिमाना पार गरी ओखलढुड्डा जिल्लामा टेक्दा सिलवरको कचौराबाट आएको गन्ध हाम्रो नाकमा ठोकिएको थियो । घुलाम्ये सडकको तिरमा भरीया तथा सवारी चालकहरुलाई लक्षित गरी राखिएको पसलको पहिलो प्राथमिक व्यापार स्थानीय मदिरा अनि अलि पैसा हुनेहरुको लागि ब्राण्डेड मदिरा र लोकल कुखुराको मासु थियो ।
ओखलुढड्डामा नै पहिलो पटक भित्रीएको फोर व्हिल टाटा सुमोलाई पनि तान्न गाह्रो हुने उकालो उरालो घुम्टी हरुलाई छिचोल्दै माने भञ्ज्याड्ड, क्यातुके, लुगलुगे, गोरुमारेजस्ता बाटाका बिचका सानातिना विजनेश सेन्टरहरुपार गर्दै रमाईलो डांडाबाट रामबजार हु“दै सिद्धिचरणको गाउ“ ओखलढुड्डा प्रवेश गरीएको थियो । युगकविको गा“उमा पहिलो पटक प्रवेश गर्न लागकोले होला देखिने र सुनिने कुरा सबै राम्रा हुन्छ भन्ने लागेको थियो ।
तर युगकविको गा“उले व्यहोरी रहेको समस्या सुन्दा त्यहा राम्रा कुराहरुलाई नराम्राकुराहरुले अतिक्रमण गरिसकेको जस्तो लाग्दथ्यो । सा“झ चार बजे काटिने विद्युतको लाईन भोलि बेलुका ११ बजे आ“उदा त्यहाको जनजीवन कस्तो हुन्छ हामी सहजै अनुमान लगाउन सक्छौ । सानो तिनो लोडसेडिड्डको अनुभव हामीलाई भएता पनि त्यो किड्डसाईजको लोडसेडिड्ड हाम्रोलागि अनि अनौठौ नै थियो ।
सञ्चारको विकासको क्रमसंगै तीनवटा एफ.एम रमाईलो सामुदयिक एफ.एम, आफ्नै सामुदायिक एफ.एम. र रेडियो ओखलढुंड्डाले आफ्नो प्रशारणलाई निरन्तरता दिएको भए पनि दैनिक पत्रिका हेर्नको लागि मौसमको अनुकुलता र जहाजको आगमनलाई पर्खिनु पर्ने वाध्यता पत्रकारीता क्षेत्रमा होमनाग दाहाल, पुरुषोत्तम दाहाल, पुष्पहरी क्याम्पाराई जस्ता परिचित हस्तिहरु उत्पादन गरी सकेका ओखलढुड्डाले व्यहोर्नु परिरहेको रहेछ ।
ईन्टरनेट र ईमेलबाट समाचार आदान प्रदान गर्न डायलअपबाट कनेक्ट नै नहुने र सिडिएमएको लाईनबाट पेज खोल्न ढिलो हुने समस्याबाट स्थानीय संचारर्मी मित्रहरु दिक्क भईसकोको भान भएको थियो । यी सव समस्याहरुका बरेमा कान्तिपुरका संवाददता कुम्भराज राई र एभिन्यूज टेलिभिजनका सम्वादाता दिपेन्द्र रुम्जालीले व्यक्त गरीरहदा उहा“ लगायत अन्य सम्वाददाताहरुले आफ्नो पेशा कसरी धानी रहेका छन जस्तो लागीरहेको थियो ।
हामीले देखेको र ओखलढुड्डाबासीको सबैको सामुहिक समस्या भनेको सनुकोशी नदीमा आधि बनेर छोडिएको पुल र त्यसको विकल्पमा संचालन गर्न लागिएको फेरी रहेछ । विगतमा संचालनमा भएको फेरी ठेकेदार र स्थानीय सरोकारवालाहरुको मिलिमतोमा थौरै रकममा टेण्डर खोलिएको र फेरी पार गर्न सवारी साधन र मानिसहरुसंग निकै महंगो भाडा दर अशुलिएको गुनासो आएकोले अहिले त्यसको विकल्पको रुपमा सरकारी रुपमा सडक विभाग आफैले फेरी संचालन गर्न लागेको रहेछ । स्थानीयवासीको रुपमा विगतमा फेरी चलाएर मनग्ये आय आर्जन गर्न खप्पिस भईसकेकाहरुले सरकारी फेरी चलाउन नदिने अड्डिी कसेका छन् भन्ने कुरा ओखलढुड्डाका हस्तीहरु एवम् सम्बन्धित सरोकारवालाहरुलाई राम्रैसंग बुझेका रहेछन । हालसम्म गुनासो नआएको हुनाले कारवाही गर्न नसकिने स्थानिय प्रशासनले कारण देखाउने गरेका स्थानीयवासीहरुको भनाईबाट बुझियो । चोरले चोरेर गुनासो आएपछि समाउने हो कि, चोरलाई चोर्न नदिने हो त्यो कुराचा“ही हाम्ले बुझन सकेनौ । 
तर जे भएपनि ओखलढुड्डाको भ्रमण पुरा गरेपछि सिद्धचरणको गाउ“ रोएको जस्तो लाग्यो । व्याकुल माईलाले खाएको पानीको मुल सकेको जस्तो लाग्यो, पुष्पहरी क्याम्पाराईले शव्दोच्चारण गर्न सिकेको आवाजहरु सुकेको जस्तो लाग्यो, होमनाथ दाहाल र पुरुषोत्तम दाहालले कलम चलाउन सिकेका हातहरु रोकिएको जस्तो लाग्यो सिद्धिचरणको ओखलढुंड्डा रोएको जस्तो लाग्योे लाग्यो ।

सुधिर भद्र
२०६७ मंसीर १२ गते

Tuesday, November 2, 2010

वायु पत्रिकाको शुरुवात

नियमित रुपमा अचेल कम्प्युटर प्रयोगकर्ताहरु मध्ये धेरैले चलाउने फेशबुक चलाउने क्रममा मकवानपुरको सेरोफेरो समेटिएको एउटा वायु पत्रिकाको बारेमा दाजु प्रमेश प्रधान एवम् मेरा अनन्य मित्र ऐलनजीले शुरुवात गर्नु भएको भन्ने कुरा थाहा पाए । मकवानपुरको सेरोफोरोको घटनाको बारमो थाहा पाउन अव स्थानीय पत्रिकाको मात्र भर पर्न नपर्ने भएको छ । पत्रिकाको पहुच नभएको ठांउमा ईन्टनेटको सञ्जालको माध्यमबाट सहजै स्थानीय सरोकारका विषयहरुमा जानकारी राख्न अव सहज भएको छ ।
मकवनपुरमा छापा तथा पत्रपत्रिकाको क्षेत्रमा परिचित अनुहार एवम् मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपकप्रसाद श्रेष्ठ गत छ महिना लामो अमेरिका बसाईमा मकवानपुरका समाचारको बारेमा जानकारी लिन निकै उत्सुक हुनु हुन्थ्यो वा भनौ एकप्रकारले उहा“लाई आफ्नो जिल्लाको घटना सुन्नको लागि निकै व्याकुल हुनु हन्थ्यो । यसको लागि बेला बेलामा मेरो उहा“संग वायुपत्रद्वारा समाचार आदान प्रदान हुन्थ्यो, त्यसबेला नै मेलै यस किसिमको वायु पत्रिकाको आवश्यकताको महशुस गरेको थिए ।
ढिलो भए पनि राम्रै शरुवात भएको छ, यसकोलागि उहा“हरुले गर्नु भएको शुरुवातलाई म आफ्नो अन्तरमनदेखि साधुवाद दिन चाहन्छु । संचारमाध्यमको विकासको कारण अहिले विश्व साधुरिएको छ, विश्वको एक कुनामा भएको घटनाको पूर्ण विवरण एउटा औंलाको क्लिकको भरमा सवैले सहजै थाहा पाउन सक्ने भैसकेका छन् यद्यपि हाम्रो देशमा अझै पनि समाचार पु¥याउन हप्तौ दिन हिडेर चिठी पु¥याउने पर्ने वाध्यता यथावत  छ । तर पनि  संचार साधनको पहु“च राम्रो भएको अन्य भागमा भने विश्वको सबै खाले घटनाको विषयमा जानकारी राख्न सकिने सामथ्र्यता हासिल गर्न सक्ने भईसकेका  छन् ।
हेटौडामा गनिएका सम्पन्न परिवारका प्रायः छोरा छोरीहरु उच्च शिक्षा अध्ययनको लागि विदेशीएका छन् उनीहरुलाई पनि आफू पढेको हुर्केको ठा“उको बारमो जानकारी राख्न निकै उत्साहित हु“दो हो त्यस्तो अवस्थामा छुट्टीमा आएको बेला पुरानो फ्ल्यासब्याक समाचार सुन्नु भन्दा तुरुन्ता तुरुन्तै समाचार सुन्न पाउ“दा अवस्यपनि रमाईलो लाग्छ होला ।
मकवानपुरको पहिलो वायु पत्रिका र पत्रकारीता क्ष्ँेत्रमा लामो अनुभव संहाली सक्नु भएका साथीहरुको संलग्नतामा संचाललित यस पत्रिकाले मकवानपुरको शिक्षा, स्वास्थ्य, उद्यँेग व्यवसाय आदि  समग्र क्षेत्रका मुख पत्रको रुपमा कार्य गर्न सक्नु पर्दछ । यसलाई चुनौतिको रुपमा लिई यो टिमले आफ्नो कार्य अगाडी बढाएमा अवश्य पनि सफलता हासिल गन सक्नेछ ।

सुधिर भद्र
२०६७ कार्तिक १४ गते