Thursday, January 6, 2011

डेडे पाउ“रोटीवालाको एक दिन

विहान ४ः३० वजे खासा घडिको आलर्म बजेपछि ओछ्यान छोडन मन नलागे पनि केहि बेर अल्छि मान्दै विस्तारै जिउ“ तन्काउदै उठ्छु । कहिले त एकछिन वढि सुत्न पाए कस्तो रमाईलो हन्ुथ्यो होला जस्तो लाग्छ तर मुखमा माड लाउन परिश्रम नगरी नहुने हु“दा सवै ईच्छालाई आफ्नो मनको एक कुनामा कैद गर्दै म आफ्नो नित्य कर्म गर्न अगाडी बढ्छु र सवैले माया“ले बोलाउने डेडे पाउरोटीवालाको रुपमा वजारमा निस्कन्छु ।

जीवनमा आफ्नो परिश्रमले जोडेको पहिलो सम्पति १० वर्ष अगाडी भारतको रक्सौलमा किनेको हिरो जेट साईकल विस्तारै आफ्नो सा“धुरो कोठाको एक कुनाबाट झिक्छु । त्यसमा पा“उरोटी बोक्नको लागि बनाईएको टिनको बाक्सा राखेर रबरले बा“धे पछि पा“उरोटी उद्योगमा गएर दिनभरी बेच्न पुग्ने पा“उरोटी राखेर हिडेपछि मेरो दैनिकी शुरु हुन्छ ।

पछाडी टिनको डब्बाको पाउरोटी र अगाडी कुकिजको भारलाई विस्तारै दूवै हातले सन्तुलनमा राखेर सधै साईकल डो¥याउदा डो¥याउदै म बाजारको उकाली ओरालीहरु“ग पारंगत भै सकेको छु । मलाई नै खाउला जस्तो गरी आउने ठूला ठूला बस ट्रकलाई कति बाटो चाहिन्छ र तीनीहरु“ग कस्तो व्यवहार गर्ने मलाई थाहा भै सकेको छ । साना गाडीको आवाजमा मेरो साईकल आफै सर्तक भै साईड लाग्न खप्पिस भै सकेको छ  ।

कहिलेकाही सम्झिन्छु मलाई जिस्काएर हर्न बजाउदै हिड्ने मोटरसाईकललाई मेरो पाउरोटीको भारी बोकाएर हिडाउन पाए कति आनन्द आउथ्यो होला मेरो व्यापार र मलाई हेर्ने व्यापारीको दृष्टिकोण कतिको फरक पथ्र्यो होला तर मस“गै बसेर काधमा तरकारी बोकेर बेची आफ्नो गुजारा चलाईरहेको तरकारीवालालाई देख्दा म सोच्छु हे भगवान मलाई मोटरसाईकल होईन उसलाई साईकल देउ ११ कम्तिमा उस्ले बोक्ने भारी उस्को साईकलले त बोक्छ । 

लामो जाममा फस्दा प्रायः मेरो साईकलसंगै नया“ नया“ ब्राण्डका आयातित गाडी देखि मेरो गा“उको सिड्डै घरको मुल्य पर्ने साना सना स्कुटिहरु रोकिन्छ । त्यसमा सबार हुनेहरुको मगमगाई रहेको विदेशी अत्तर र फरफराई रहेको कपालले देख्दा मेरो आ“खामा गा“उको बतैयाको अनुहार आउ“छ, तीनकै उमेरकी बतैयाले पिच बाटो पनि शायदै दखेकी होली, खेती बारी  चुलो चपेटाबाट मुक्त भएर उ कहिले त्यसरी हिड्न सक्ने होलिन ।

त्यहि हुलको एक कुनाबाट चियाउ“दा स“गै पेटीमा पसिनै पसिनाले भिजेको बुढीमाउ“ले एक हातले आफ्नो निधारको पसिना पुछ्दै अर्को हातले कडा कागजले हम्काउदै धु“वै धु“वाले भरिएको मक्कल फुकी मकै पोलीरहेको देख्छु । आफ्नो गा“उको बतैया, ती बुढीमाउ र स्कुटीमा सवार सुन्दरीको बीचको अन्तर भेट्टाउन आफै अल्मलिन्छु ।

पाउरोटी बेच्ने महंगो पसल अर्थात शहरीया भाषामा भन्नु पर्दा बेकरी क्याफेको फोहर फाल्ने ठा“उमा एक सर्को मात्र तानिएर फालिएको महंगा चुरोटको ठूटाहरु जसकोे मोलमा गा“उको बिर्जु चाचाले खाने नं.१ छाप बिडीको एक प्याकेट नै आउछ । मेरो बिर्जु चाचा त्यहि बिडी पनि भोलीलाई भाग पुग्दैन भनेर आधा खाएर निभाएर राख्नु हुन्छ ।  एक सर्कोमात्र तानिएर फालिएको चुरोटमा बिर्जुचाचाको नं. १ छाप बिडी सम्झन्छु ।

उकालोमा सकि नसकि उठेर साईकल चलाएर शरिरको सम्पूर्ण बल खर्च गरेर उकालो कटाउने शुर गर्छु शायद मेरो आमाले बच्चामा घाममा राखेर तोरीको तेल लगाउने बेलामा बलियोस“ग लगाईदिनु भएको थियो क्यारे त्यसैले होला मेरो पसिनाले भिजेर चप्पल चिप्लन खोजेको खुट्टमा पनि निकै राम्रो बल आईरहेको महशुस गरिरहेको छु । निधारबाट तर्रर पसिना  मुखमा गई नुनिलो स्वाद आईरहदा त्यसको स्वादले मेरो श्रीमतीले मलाई गा“उमा खुवाउने चनाको दालको सातुको याद दिलाई रहेको छ ।

अस्ताउन लागेको सुर्यले छाडेको रातो घाम स“गस“गै आफ्नो आमा, श्रीमती र मेरो गा“उलाई सम्झदै मेरो सन्तोष रेडियोमा भोजपुरी गीत खोज्न कान बटारदै भोलीको तयारीमा जुटनको लागि आफ्नो कोठ तिर लम्कन्छु , भोली फेरी मलाई डडे पाउरोटीवालको अर्को दिनको शुरुवात गर्नु पनि त छ । 

—सुधिर भद्र

No comments:

Post a Comment