Sunday, December 26, 2010

संगीता अधिकारीको बाको आंशु

सिन्धुली हर्साईको दनुवार टोलमा हुर्की खेलो फड्को गर्दै जीवनको अडतिर्सौ बर्षमा हिड्दै गरेका आठ छोरा छोरीका बाउ भुखना अधिकारी आठ वर्षे संगीता अधिकारीका पिता हुन  । तीन ठांउमा टालेर सिलाईएको हाफ पाईनट, तुना चुडेर कपडाले सिलाईएको चप्पल, जाडो छल्नको लागि कलर घुमरकिएको कमिजमाथि खुईलिएको निलो जकेट भुखनाको पहिचान थियो । धनले गरीव देखिएको उनको बाहिरी आवरणलाई उनले आफ्नो छोरी माथि देखाएको मातृबासल्यले ओझेलमा पारेको थियो ।
जन्मजात मोतिविन्दुका कारण दुवै आंखा अन्धो भएर बसेकी संगीता अधिकारी सधै बाबुको हात समायर हिडने गर्थिन । उनको परिवारलाई थाहा थिएन के को कारणे उनको छोरीको दृश्य शक्ति गएको हो भनेर । सामान्य झारफुक गर्दै उनीहरुले छोरीलाई देख्ने बनाउने प्रयास गरेका थिए ।
डाक्टरलाई देखाएन त भनेर प्र्रश्न गर्दा सदरमुकाम सिन्धुली हालसम्म १ पटक मात्र पुगेका भिखनाले बाहिर उपचार गर्न लाने ज्ञान पनि भएन र मसंग पैसा पनि भएन, गांउकै धामी झाक्रिलाई केहि खर्च बन्दोबस्त गरी उपचार गरेर बाबुले आफ्नो छोरा छोरीलाई गर्नु पर्ने दायित्व पुरा गर्ने कोशिस भुखनाले गरेका थिए ।
खेतमा एफएम सुनेर काम गरीरहेका भुखनाले स्थानिय रेडक्रसको सक्रियतामा आंखा शिविर आउन थालेको थाहा पाएपछि उनी त्यस दिन विहानै उठेर हर्साईको शिविरमा पुगेका रहेछन । हर्साईमा आ“खा परीक्षण पश्चात दुधौलीमा लगेर शल्यक्रिया गर्नु पर्ने निश्चित भएपछि उनी दुधौली जाने तयारीमा जुटेका थिए । शल्यक्रिया गर्ने बेलामा अन्य बच्चालाई झै डाक्टरको सुईको हाउबुजी भएर छोरी डराएर कहालिएर रोएको बेलामा उनले आफ्नो मनलाई कठोर बनाएर समाएर भएपनि गर्नु पर्छ डाक्टरसाव अहिले म हुंदासम्म त ठिक  छ भोलि पर्सी यसले आफ्नो जीवन कसरी पाल्छ भनेर भनेको संवाद अत्यन्त मर्मस्पर्शी थियो । 
हल्का लठ्यानउे सुई दिएर अधिल्लो र पछिल्लो दिन गरी दुवै आ“खाको शल्यक्रिया पश्चात संगीता निकै खुशी देखिएकी थिईन । नेपाली भाषा बोल्न नजान्ने संगीता दनुवार भाषमा तोते बोलीमा कुरागर्दै बाबुको काखमा खुशीले लटपटिएर खैल्दै थिईन । शायद बाबु छोरीलाई त्यो दिन निकै खुशीको दिन थियो होला । उनको खुशीले छछल्किएको आंशु आ“खामा कता कता लुकेको थियो । यो शिविरमा मेरो छोरीको शल्यक्रिया नभएको भए म कहिल्यैपनि छोरीलाई आंखा देखाउन सक्दिनथे तपाईहरुलाई धेरै धन्यवाद भन्ने उनको चाहना भित्री मनामा देखिएता पनि अरुको खेत बटैया गरेर जोहो गर्दै आएका भुखनालेलाई त्यसको ज्ञान नभएर होला उनले व्यक्त गर्न चाहि सकेनन तर उनको हाउभाउले उनले धन्यवाद र आभार व्यक्त गर्न खोजेको भान भईरहेको थियो ।
स्थानीय दुधौली रेडक्रशको आयोजना र हेटौडा सामुदायिक आंखा अस्पताल र जानकी आ“खा अस्पतालको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमबाट संगीताले त नया“ जीवन पाईन होला तर देशका कुना काप्चामा यस्ता संगीताहरु धेरै होलान यस प्रति नजर पु¥याउने कसले होला ? विकासे कार्यक्रमहरु गर्ने नाममा आ—आफ्नो राजनैतिक क्ष्ँेत्रमा सस्तो लोकप्रियता कमाउन दिर्धकालिन अध्ययन बिना अल्पकालिन सोचले डा“डै डा“डा रोड खन्ने, घर घर सडक पु¥याउने, आवश्यक अनावश्यक जहा“ तहि पुल बनानउने काममा व्यस्त राष्ट्रनेताहरुबाट कसले के अपेक्षा गर्ने ? ठूला नेताहरु आपसी किचलोमा व्यस्ता सानाहरु ठूलाहरुको आदेश सिरोपर गर्दै व्यस्त भएका बेला स्वास्थ्य क्षेत्रको विकास र भुखना र संगीता जस्तोको कारेमा कस्ले सोच्ने हो ??

सुधिर भद्र

No comments:

Post a Comment