Sunday, March 13, 2011

स्कुटर ¥याली र मकवानपुरे महिला

मार्च ८ तारिख, नेपाली फाल्गुन २४ गते विहान स्थानीय एफएममा राजधानीबाट प्रसारीत हुने कार्यक्रमहरुको किस्ताबन्दि रुपमा प्रसारीत एक कार्यक्रममा मार्खु,मकवानपुरकी ५० वर्षिय महिला कान्छिमाया ब्लोन समग्र मकवानपुरकै नारीको प्रतिनिधित्व गर्दै आफ्ना भावनाहरु राख्दै थिईन । १०१ औ नारी दिवशको अवसरमा ग्रामीण क्षेत्रमा अग्रसर महिलाहरुको अनुभव प्रसारण गर्ने उद्देश्यले प्रसारीत कार्यक्रममा ब्लोन ले आफ्ना अनुभव, भोगाई र त्यसबाट प्राप्त शिक्षा तामाड्डी लवजमा नेपाली भाषा प्रयोग गर्दै सुनाईरहेकी थिईन ।

१०१ औ नारी दिवशको पूर्व सन्ध्यामा नै हेटौडा बजारमा केहि अगुवा महिलाहरुको सक्रियतामा स्कुटर ¥याली पनि आयोजना गरियोे, देशव्यापी रुपमा गरिएको स्कुटर ¥यालीको उपादेयीता वा त्यसको प्रभाव के हो त्यो चा“ही थाहा छैन, सिमित तथा खुलेरै भन्न पर्दा स्कुटर चढन सक्ने हैसियत भएकाहरुले आ¥आफ्नो सवारी साधनको प्रचार प्रसार बाहेक त्यसबाट अरु केहि हुन्छ जस्तो लाग्दैन । कालो चश्माले घामको प्रकाश ढाकेर, अनुहारको सौन्दर्यता नबिग्रियोस भनेर प्लेकार्डले मुख छोपी निकालिएको ¥यालीले दिनभारी तातो घाममा बारी खनेर बस्नु पर्ने अनि तातोले हप्पिएको खोलाको बगरमा बालुवा चालेर बस्नुका साथै  एक घुटको  पानी खान घण्टौ उकालो चढ्नु पर्ने महिलाहरुको प्रतिनिध्त्व कसरी गर्छ होला त्यो बुझन अलि गाह्रो भयो ।

तर पनि यसलाई सकारात्मक रुपमा सोच्दा जनचेतना जगाउने एउटा माध्यमको रुपमा बुझन पर्छ होला, बजारमा त्यसरी हिड्न सक्नेहरुको लागि नारी हक र अधिकारको बारेमा जानकारी दिएको मान्न सकिन्छ होला । यसरी समय कालसंगसंगै जनजेतना जगाउने बिभिन्न आरोह अवरोहका साथसाथै अन्य कार्यक्रमहरु गर्दै गरेर मकवानपुरे महिलाहरु पनि स्थानीय तथा राष्ट्रिय स्तरमा अगाडी आउदै गरेको पाईन्छ ।

राजनैतिक क्षेत्रमा पञ्चायतकालमा ओमु टेम्पा लामाले शुरुवात गरेको महिला सहभागीतालाई महालक्ष्मी डीना उपाध्याय, मुनु सिग्देल, रीता खनाल, गोमा तिमल्सिनालगायतका निरन्तरता दिईरहेकी छिन । लक्ष्मी श्रेष्ठ, लक्ष्मी माझी, लक्ष्मी पाख्रिन लगायतको जिल्लाको महिला संजालले पनि राजनैतिक सहकार्यको नमूनाको रुपमा कार्य गरिरहेको छ ।

सामाजिक क्ष्ँेत्रमा विष्णु ओझा, जुनेली श्रेष्ठ, भगवति पुडासैनीले गरेका कामहरु सहनिय छन् । कपडा उद्योगमा सामान्य मजदुरको रुपमा कार्यरत ओझा र श्रेष्ठमा आएको चेतनाको विकासले नै होला मकवानपुरमा उहाहरुद्वयले विजारोपन गर्नु भएको संस्थाका कार्यक्रमहरुबाट निकै विपन्न वर्गहरु लभान्वित भएका छन् । भिमफेदीमा सामान्य जीवनयापन गर्दै बसेकी भगवति पुडासैनीमा आएको जनचेतनाको विकासले होला उहाको सक्रियतामा संचालित संस्थाले गरेका क्रियाकलापहरु पनि राम्रै मानिन्छ । यद्यपी उहा“हरु सम्बन्धित संस्थालाई कुनै एक राजनैतिक दलसंग निकट रहेर काम गरेको र दलगत भावनाबाट कार्यहरु संचालन भएको हो कि भन्ने आरोप सुन्ने गरीन्छ ।

उहा“हरुकै आदर्शमा मकवानपुरका अन्य क्ष्ँेत्रहरुमा गोगनेकी हिरा विष्ट, मन्थलीकी कौशीला, मार्खुकी साबित्रि विष्ट, भिमफेदीकै पार्वती राना, चरीयामाईकी कविता क्षेत्री र श्रृजना श्रेष्ठ पदमपोखरीकी लक्ष्मी थिगं लगायत भारती पाठक एवम् अन्य महिलाहरुले आ¥आफ्नो गाउ“ समाजको विकासमा गरीरहेको योगदानलाई प्रभावकारी रुपमा नै लिन सकिन्छ ।

खेलकुद क्ष्ँेत्रमा नेपालकै पहिलो महिला फिफा रेफ्री कल्पना शर्मा र अन्तराष्ट्रिय खेलकुदमा पदक ल्याउन सफल पार्वती गिरीको नाम आउने गरेको छ । उद्यँेग व्यापारको क्षेत्रमा मकवानपुरबाट आफ्ना उत्पादनहरु विदेश निकाशी गर्न सफल एवम् मकवनपुरबाट पहिलोपटक महिला उद्यमीको रुपमा उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्यँेग वाणिज्य महासंघको केन्द्रिय सदस्य शर्मिला डंंगोल एवम् नेपालमै पहिलो उद्यँेग वाणिज्य संघको महिला कार्यकारी सचिवको रुपमा सुशीला पाण्डे मानन्धरलाई लिन सकिन्छ ।

संञ्चार क्षेत्रमा धेरै महिला संञ्चारकर्मीहरुले आफ्नो कार्यलाई विविध कारणवश निरन्तरता दिन नसके पनि स्थानीय रुपमा सरिता दाहाल,नानीमैया विष्ट, सम्झना कार्की लगायतले गरेका कार्यहरु सह्रायिन छन भने राष्ट्रिय स्तरमा दुर्गा लामिछाने, स्वेता सिंन्हा, सरला अधिकारीले पनि मकवानपुरको तर्फबाट प्रतिनिधित्व गर्दै आएका छन् । साहित्यिक क्षेत्रमा बवि थापा, रुकु कार्की, दुर्गा ढुंगेलका नामहरु अगाडी आउछन् । अध्ययनको क्षेत्रमा आफ्नो सोधपत्रमा क्ष्ँेत्रीय पुरस्कार प्राप्त गर्न सफल प्रज्ञा श्रेष्ठको नाम लिनु पनि आवश्यक देखिन्छ ।

निजामति क्ष्ँेत्रमा लामो समय सम्म बसामाडी गाविसको सचिवको जिम्मेवारी सम्हाली रहनु भएका करुणा जोशीको नाम आउछ भनै त्यसैगरी गाविसमा आउने विभिन्न समस्याहरुलाई कुशलतापूर्वक पार लगाउन सचिवको सहयोगीको रुपमा रहदै आउनु भएकी पदम पोखरी गाविसका साहायक माया पौडेल अधिकारीको योगदानलाई पनि कम आकन सकिन्न ।

अन्तराष्ट्रिय स्तरमा नर्वदा क्ष्ँेत्रीले अमेरीकामा गरिरेकी सामाजिक कार्य र सुमित्रा लामाले  नया“दिल्लमीमा मास कम्युनिकेशनमा स्नात्तकोत्तर तहमा अध्ययन गर्ने क्रममा गरेका कार्यहरुले मकवानपुरलाई अन्तराष्ट्रिय क्ष्ँेत्रमा पनि पु¥याउने कार्य गरेको छ ।

सायद माथि उल्लेखित अनुहारहरुमा चेतनाको विकास नभएको भए उहा“हरुमा आफूमा आत्मबल आउन सक्दैन थियो होला र उहा“हरुबाट आउन सक्ने योगदान पाउन सकिदैन थियो होला जे भए पनि कहिले सडकमा हिडेर, कहिले सडकमा बसेर नारा लगाएर, कहिले सडकमा नाटक देखाएर अनि कहिले सडकमा स्कुटर कुदाएर गरीने जनचेतनाको विकासले अझ मकवानपुरका महिलाहरु अगाडी बढन सक्छन होला ।


सुधिर भद्र
हेटौडा, २०६७ फागुन ८ गते (श्रोत संकलन सहयोगी ः— दीपकराज मिश्र)

No comments:

Post a Comment