Wednesday, March 15, 2017

काकंडाका याकुब चेपाड्ड

सेतो सटको परिचय धुलो र मैलो ले गर्दा फेरी सकेको थियो । तिन पत्र परेको सटको कलरमा परेको मैल, अनि सयौपटक मुजा परेको पछाडी पट्टिको भाग त्यसमा अड्किएको ढूलो, हातको टाक खुस्किएर दुवै तीर फैलिएर बसेको बाहुला, छातीमा एउटा लामो दाग अनि लजाएर बोल्ने परिचय थियो ११ वर्षिय याकुव चेपाड्डको, मकवानपुरको अत्यन्त विकट गा“उ कांकडाका याकुवलाई सानै उमेर देखि मुटुमा रोग देखिएको थियो । एक छाक खान धौ धौ पर्ने चेपाड्ड परिवारलाई याकुवको उपचार असम्भव थियो । गा“उमा कार्यरत एक गैरसरकारी संस्थाले उनको उपचारको सम्पूर्ण खर्च  व्यहोरी रहेको छ । धन्य छ याकुव र सहयोग गर्ने संस्था अन्यथा याकुवको जीवनको कहानी कहा“ गएर समाप्त हुन्थ्यो होला ।

सिलिड्डे १ का ४५ वर्षिय गणेशलाल चेपाड्ड र जयलड्डमाया चेपाड्डको १ छोरी र ४ छोरा मध्ये पहिलो सन्तातनको रुपमा याकुव चेपाड्डको जन्म भएको थियो । सानो उमेरमा स्वास फेर्न समस्या तथा ज्वरो आईरहने समस्या भएपछि उनीहरुले आफ्नो छोारेको उपचारको शुरुवात धामी झाक्रीबाट गरे । धामी झक्रीको लामो प्रयास पछि पनि उपचारमा कुनै सुधार नआएपछि स्वास्थ्य चौकीमा पुगे । दुई घण्टाको उकालो ओरालो बाटो हिडेर कयौ पटक स्वास्थ्य चौकी पुगे । राम्रो सुधार नआएपछि भण्डारा हु“दै भरतपुर अस्पतालसम्म पुगी उपचार प्रक्रिया चलिरह्यो । भरतपुर अस्पतालबाट बच्चामा जटिल प्रकृतिको समस्या देखिएकोले कान्तिबाल अस्पतालमा ज“चाउन लाग्ने सुझाव दिए । 

आफूसंग भएको अलि अलि पैसाले भरतपुरसम्मको उपचारमा खर्च भयो । काठमाण्डौ उपचार गर्न जानकोलागि उनीहरुमा आर्थिक रुपमा क्षमता थिएन र भौतिक रुपमा आट पनि थिएन । बच्चाले सास फेर्दा गाहो भएर रोएको देखेर आमा जयलड्डमायाको मन कुडिन्थ्यो । बेला बेलामा ज्वरोले चापेर गाह्रो भएर रोएको देख्दा बुवा गणेशलाल पनि गाह्रो भएर 
आउथ्यो । बच्चालाई रोगबाट उन्मुक्ति दिलाउन मुलापाते लगायत चेपाड्ड ग्रामीण जडीबुटीहरुको पनि निकै प्रयोग गरे तर खासै सुधार आउन सकेन । उनीहरुले आफ्नो बच्चालाई साह्रै गाह्रो भएको सहन नसकेर गा“उमा १० हजार सापट लिएर काठमाण्डौ जाने निधो गरे । गणेशलालले आफ्नो जीवनमा देखेको ठूलो बजार भण्डारा र हेटौडा बाहेक अर्को कुनै थिएन । काठमाण्डौ उनकोलागि सात समुन्द्र पारी भन्दा टाढा थियो । उसलाई काठमाण्डौ एक्लै जान आट आएन, साथीको सहयोगमा आफ्नो छोरा लिएर काठमाण्डौ आए । कान्तिबाल अस्पतालमा याकुवको सम्पूर्ण उपचार पश्चात उनमा मुटुको समस्या देखियो  । सहिद गंगालाल अस्प्तालमा जा“च गराउन जानु पर्ने भयो । लगेको पैसा सकिएपछि उनीहरु गंगालालमा जान थप खर्च जम्मा गर्नकोलागि पुनः एकपटक आफ्नो गाउ“ फर्के ।

श्री राष्ट्रिय मावि, सिलिड्डेमा अध्यनरत याकुव लामो समयसम्म विद्यालय नआएपछि बालबालिका, शिक्षा तथा स्वास्थ्य सम्बन्धि सोही विद्यालयमा कार्यक्रम चलाईरहेको एक संस्था यूएसडी नेपालले उनको रोगको बारेमा थाहा पायो ।  त्यसपछि संस्थाकै सक्रियतामा उनको थप उपचार सहिद गंगालाल अस्पतालमा भयो । उनको मुटुमा समस्या देखिएपछि दुई वर्ष अगाडी उनको मुटुको ओपन हर्ट सर्जरी भयो । चेपाड्ड भएकोले अस्पतालले उनको उपचार खर्च सम्पूर्ण व्यहोरी थियो । उनको आफन्तको खर्च र त्यहासम्म पु¥याउने, आवश्यक रेखदेख गर्ने र फर्काएर ल्याउने जिम्मा चाहि उनलाई लाने संस्थाले लियो । हाल कक्षा ७ मा अध्ययनरत याकुव अहिले पनि संस्थाको प्रत्यक्ष निगरानीमा औषधी उपचारमा छ । भर्खरै मात्र सम्पन्न एउटा शिविरमा उनको आ“खाको परीक्षण गर्दा आ“खामा मोतिविन्दु पनि देखा परेको थियो । घाममा हेर्दा दुबै आ“खा चिम्सो गरेर हेर्ने, टाढाको नदेख्ने समस्याबाट उनी पिडित हुंदै आएका थिए । हाल उनको मोतिविन्दुको सफल शल्यक्रिया सम्पन्न भई सकेको छ । उनी अहिले प्रष्टरुपमा टाढाको कुरा देख्न सक्ने भएका छन् । 

चेपाड्ड र तामड्ड जातीको बाहुल्यता रहेको कांकडा गाविसमा ९० प्रतिशत भन्दा बढि मानिस शहरी भौतिक सुख सुविधा भन्दा टाढा रहेका छन् । १२ देखि १४ वर्षको उमेरमा विहे अनी २० वर्षको उमेरमा ३ सन्तानको आमा हुने संस्कार रहेको छ काकडाका चेपाड्ड समुदायमा । माछा मार्ने जालोले बुनेको झोला लोप हुन लागेको चेपाड्ड संस्कृतिको परिचय हो । खेतीपातीको राम्रो व्यवस्था र जग्गा जमिन नहु“दा दैनिक ज्यालादारी र केही पशुपंक्षीको व्यापार नै यहा“का चेपाड्डहरुको मुख्य आय श्रँेत हो । विस्तारै विस्तारै शिक्षित हुनु पर्छ भन्ने आभास गा“उमा पुगेका बिभिन्न संघसंस्थाहरुले दिन थालेपछि प्राथमिक स्तरको पढाई सम्पूर्ण चेपाड्ड बालवालिकाहरुले गरको देखिन्छ । 

पोषणयुक्त खानेकुरा खानु पर्ने बालवालिकाहरु गा“उघरमा जे जे छ त्यहि खाईरहेका छन् । कतिको परिवार त दैनिक एक छाकमा मात्र सिमित भएका छन् । त्यस्ता घरका बालबालिकाहरुको स्वस्थता कसरी मापन गर्ने । सरकारले त्यस्ता पोषणयुक्त खाना नपाएका बालवालिकाहरुलाई बिभिन्न केन्द्र मार्फत खुवाउने व्यवस्था मिलाएको छ । स्पष्ट जानकारीको अभाव र सहज पहुंच नहुंदा यस्ता बालवालिकाहरुले अकालमा मृत्यु व्यहोर्नु परिरहेको छ । स्वास्थ्य चौकी पुग्न लामो समय हिडनु पर्ने हुनाले जस्तो सुकै रोग लाग्दा पनि पहिला धामी झाक्री, अनि त्यसपछि घरेलु उपचार त्यसबाट पनि भएन भने मात्र स्वास्थ्य चौकी जाने परम्परा छ । यस्तो क्रियाकलापले गर्दा सबैभन्दा बढी बालवालिकाहरु प्रभावित हुन्छन । सहन सक्ने ठूलामानिसहरु त सहन्छन तरा स साना बालवालिकाहरुको पिडा अत्यन्त असहज हुन्छ ।

धन्य छ विकासे संघसंस्था जो गा“उ गाउ“मा पुगेर बिकट क्ष्ँेत्रका ग्रामीण बस्तीहरुमा पगुी केही न केही सहयोग गरी रहेका छन् । कसैले निश्वार्थ भाव ले गाउ“मा काम गरेका छन् भने कसैको स्वार्थ लुकेको होला । जे भएपनि केहि उपचार नपाउने गा“उलेहरुले उपचार पाएका छन् । जाडोमा न्यानो लुगा नपाएर कठयग्रिनु पर्ने बालवालिकाहरुले तातो लुगा पाएका छन् । खाली पेट स्कुलमा पढनु पर्ने विद्याथीहरुले खाजा पाएका छन् । खुला चौरमा बसेर पढनु पर्ने विद्याथीहरुले कक्ष्ाँ कोठा पाएका छन् । याकुव चेपाड्ड जस्ता बालबालिकाहरुलाई मृत्यूको मुखबाट छिनेर ल्याएक छन् ।  जय होस ।। 

सुधिर भद्र
२०७३ फागुन २६ गते
sudhirhtd@yahoo.co.uk


Tuesday, February 14, 2017

म आफैमा हराउन थालि सके ।

आशाका जराहरु ढल्न थालि सके
निराशाको बादलहरु मडारीन थालि सके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।

आफ्नाहरु सबै पराई भई सके
पराईहरु झन पराई भईसके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।

क्षितिजको ज्योति देख्न छाडी सके
कल्पाना भित्रको मिठो परिकल्पना गर्न छाडी सके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।

सुधिर भद्र
२०७३ माघ २६ गते
sudhirhtd@yahoo.co.uk

Monday, November 14, 2016

विजय र गगन

१९ वर्षिय विजय खड्काले अफ्नो जीवनको असहज अवासन गरेका छन् । १९ वर्षको बैसालु उमेरमा सबैलाई हुने एक प्रकारको जीवनको चढाव उनमा पनि लागेको थियो । लामो पालिएको कपाल, कानमा हालिएको एयरफोनबाट नै उनमा बैसको उन्मत्ताता झल्केको थियो । ठूलै पारीवारीक घराना नभएपनी बुवाको सानो जागिरले उनको मनको रहर पु¥याउदै आएका थिए । करीव दुई वर्ष अघि जव उनको स्वास्थ्यमा केही खरावी आयो तवदेखि उनको जोस जागर सबै झरेर गयो । उपचार पनि निको नहुने भनेर थाहा पाए पछि त झन उनी चल मल हुन सकेनन् । उनलाई वास्तविकता थाहा थियो, आफ्नो परीवारको, घरको बा को जागिरको अनि त्यसमाथि लागेको आफ्नो शरिरको रोगको । 

अँैला यसो उठाएर खिचिने फोटोहरु उनको भित्तामा ठडिएका थिए । अव उनको औला उठाएर फोटो खिच्ने न साहस नै थियो न जागर नै भयो । उनले आफ्नो दुवै मृगौलाले काम नगर्ने भनेर थाहा पाए । त्यसको उपचारकोलागि लाग्ने खर्च र त्यसको सम्भावना पनि थाहा पाए । त्यसपछि त्यसको लागि आफ्ना बाबा आमाले व्यहोरेको छटपटाहट पनि थाहा पाए । शुरु शुरुमा स्वास्थ्यमा सामान्य मात्रामा खरावी आउदासम्म उनलाई जीवनमा अहिल्यै केहि नभई हाल्ने भन्ने लागेको थियो होला । रोगले विस्तारै गाज्दै गएपछि डायलिससम्मको अवस्था आएपछि शायद उनले जीवनबाट हरेश खाए होलान । सरकारले दुईटा निशुल्क डायलिससेवा दिएता पनि रोगको जटिलताको कारण उनलेलाई थप एक शसुल्क डायलिसस गर्नु परेको थियो । प्रत्येक पटकको थप उपचारकोलागि घरमा पैसा खोज्नकोलागि हुने दौडधुपसंग उनी वाक्क भईसकेका थिए होला । 

उनलाई कहिले काहि दैवी चमत्कारबाट आफ्नो रोग सबै निको हुन्छ कि भन्ने पनि सानो आश थियो होला । समाचारमा सुनेका विशिष्ट व्यक्तिको उपचारमा गरिएको खर्च आफ्नो भागमा पनि आउछकि भन्ने सम्भावना सोचेका थिए होला । त्यहि भएर उनका परिवारका सदस्य जिल्लाका नेताहरुकासम्म पुगी छोराको जीवनको बचाउनकोलागि पहल गरी दिन हुन अनरोध गरेका रहेछन् । सामान्य सुरक्षागार्डको जागिरे बुवाको अनुरोध उनीहरुको कानसम्म पुग्न सकेन । नेताको चुनाव हराउन वा जिताउन सक्ने कौशल उनीसंग भएका भए सायद उनको अनुरोध सुनिन्थयो होला त्यो नभएकोले उनको बिलौना सन्ने मात्र काम भयो त्यसको निकसा दिने काम भएन । 

बचि खुचेको बचत रकम आफैले खर्च गर्दै उपचार गरी रहेको परिवारजनको तडप त्यस माथि आमाको अपार स्नेहले छोरालाई एउटा मृगौला दिनकोलागि तयार भएकी थिईन । विविध कारणले गर्दा त्यो सम्भव नभएपछिको तोड उनमा थियो । अन्तिम दिनमा उसको घरले अस्पतालले मागेको रकम पु¥याउन नसक्दा त्यहा“का कर्मचारीहरुबाट उपचार गर्न नसक्ने भए घरमा नै लगेर राख्नु भन्ने शव्द उनले सहजै स्वीकार्नै सकने । आफूले गर्दा सम्पूर्ण परीवारका सदस्यहरुले व्यहार्नु परेको सारा दुःख कष्ट मेटाउनकोलागि उनले आफैलाई नै समाप्त पार्ने योजना बनाए । उपयुक्त स्थानको खोजी गर्दा गर्दै उनले आफू बसेको शिक्षण अस्पताल महाराजगंजको माथिल्लो तल्ला रोजे । आफन्तलाई जानकारी दिनकोलागि अस्पताले औषधि लेखि दिएको कागजको पछाडी पट्टिको सेतो कागज रोजे । उनलाई थाहा थियो उनको आमा निरक्ष्ँर छन भनेर त्यसै कारणले उनले आफूलाई अस्पतालमा राती आमा कुर्न आएको मौका छोपी आफ्नो सकसपूर्ण जीवनलाई पूर्ण विराम लाउने निधो गरे । रातको समयमा परिवारका सदस्यहरुलाई अन्तिम विदाई भन्दै आफूले गल्ति गरेको भए माफ माग्दै आमाको मुहार अन्तिम पटक हेर्दै उनी सदाबाट विदा हुन तिनतले अस्पतालको झ्यालतिर पुगे । हाम्फाल्नु अधि उनले आफूलाई जन्म दिने आमालाई एक पटक हेरेर आफ्नो निर्णय बदलु कि जस्तो पनि लाग्यो होला, फेरी उनको मनमा उपचार खर्चको जोहो गर्न अमा बाबाले गर्ने चटारो सम्झे होला । अनि उनले मुटु दरो पार्दै आफ्नै निर्णयलाई निरन्तरता दिए र विदा भए सबैबाट ।

विजय खड्का यी सबै घटनाका प्रमुख नायक हुन, उनी एउटा प्रतिनिधि पात्र मात्र हुन । उनी जस्ता धेरै नेपाली दाजुभाई दिदी बहिनीहरुले अकालमा यसरी नै ज्यान गुमाई रहेका छन् । कोही उपचार अभावमा मृत्युको दिन कुरेर भने कोही उपचार अभावमा नै मृत्यु भन्दा अगाडीनै आफैले आफ्नो मृत्युलाई नजिक बोलाएर आफ्नो जीवनमा पूर्ण विराम लगाउ“दै छन् । 

पैसा नहुनेहरुको उपचार यात्रा यसरी वियोगान्तमा टुड्डिएको अवस्थमा छ भने पैसा हुनेहरु जो आफैले खर्च गरेर आफ्नो उपचार गर्न सक्ष्ँम छन् । जसका धेरै घरजग्गा मध्ये एउटा टुक्रा मात्र बेच्दा पनि आफ्ना सम्पूर्ण उपचार खर्च गर्न पुग्छ । जसले आफू र आफ्ना परिवारले लगाउने गर गहानाको केही अंश मात्र बेचेर भएपनि आफनो बन्दोबस्त गर्न सक्छन् । त्यस्ता लव्धप्रतिष्ठितहरुको उपचारकोलागि हाम्रो सरकार निकै अगाडी छ । विशिष्टहरुको उपचार राज्यले गरी दिनु पर्छ त्यसमा दुईमत छैन होला । तर विशिष्टका आशेपासेले समेत डलरमा भत्ता पाउने भन्ने कुरा सुनिन आएको छ । 
उपचार खर्चको बोझ व्यहोर्न नसकेर मृत्यु अंगाल्नेलाई वास्ता नगर्ने मुलुक उपचार खर्च आफै सक्षम हुने अझ त्यसमा पनि स्वदेशमा नै उपचार सम्भव भएकाहरुलाई समेत विदेशका सुविधा सम्पन्न होटलमा राज्यको ढुकुटीबाट उपचार खर्च व्यहोरी रहिएको छ  । 

यहि र यस्ता निरन्तर प्रक्रियाको क्रमभंग गर्नकोलागि मुलुकले स्वास्थ्य क्ष्ँेत्रमा युवाहरु माझ लोकप्रिय नेता गगन थापा मन्त्रीको रुपमा पाएको छ । उनका विगतका भाषण र जनताको लागि गर्ने भनेर भनिएका आश्वासनहरु कति कार्यान्वयन गर्लान । गगनको कार्याकालको शुरुवातमा नै विजय खडकाले मुलुकका स्वास्थ्य स्थिितको बारेमा स्पष्ट रुपमा चरित्र चित्रण गरेर गएका छन् । हेरौ संवेदनशिल र भावि पुस्ताका आशालाग्दा नेतृत्वकर्ता जसले आम नेपालीको स्वास्थ्य स्थिति र उपचार गर्ने सामाथ्र्यता राम्रो रुपमा बुझेका छन्,उनको स्वास्थ्य रणनीति कस्तो हुन्छ ।

सुधिर भद्र
२०७३ भाद्र ३० गते
sudhrihtd@yahoo.co.uk

Sunday, June 26, 2016

YES THEY ARE MINE


If I feel lonely
They give me company
If I feel trouble
They solve my problems
Yes they are mine

If I feel tiered
They care me as child
If I feel stress
They make me cheerful
Yes they are mine

If I care them
They respect as guardian
If I shouted them
They obey as teacher

Yes they are mine, Yes they are mine

Sudhir Bhadra
2073 Asadh 12




 

Wednesday, June 22, 2016

तालिवान तिमी माहान

दिनै दिन मान्छेको बलि चाहिन्छ तिमीलाई
खै किन हो किन
बारुदको गन्ध प्यारो छ तिमीलाई
तालिवान तिमी माहान
तालिवान तिमी माहान

काखे बालकको अभिभावक खोस्न शक्ति चाहिन्छ तिमीलाई
खै किन हो किन
मानिसको रगत प्यारो छ तिमीलाई
तालिवान तिमी माहान
तालिवान तिमी माहान

भागवानकोलागि लडेका छौ भन्छौ कहा“ पाईन्छ भगवान तिमीलाई
खै किन हो किन
लासमाथि भगवान खोज्ने चाल प्यारो छ तिमीलाई
तालिवान तिमी माहान
तालिवान तिमी माहान

सुधिर भद्र
२०७३ असार ८ गते (सन्दर्भः काबुल घटना)

Monday, January 4, 2016

धरातल नर्बिसिऔ

धेरै वर्ष पहिले चल्तिको थोक बिक्रेताको पसलमा कार्यरत अनिल शर्मा अहिले आफ्नै पसलको मालिक, घर वंगला छोरा छोरी उच्च शिक्षा आदि लगायत सम्पूर्ण सुख सुविधाले सम्पन्न भईसकेका छन् । बजारको सुक्ष्म अध्ययन गर्ने हो भने पहिले अरुका पसलमा कर्मचारीको रुपमा कार्य गर्ने केहि समय पछि आफैले पसल खोल्नेहरुको जमात बाक्लो छ । निरन्तरताको प्रश्न गर्दा सोच्नु पर्ने अवस्था आउछ । कोही सफल भएका छन् । कोही व्यवसाय शुरु गरे पनि फेरी अर्काकै पसलमा काम गर्नु पर्ने अवस्थामा आईपुगेका छन् । शुरु शुरुमा रहर, सौख वा ईश्याले गर्दा पसल खोल्छन त्यसमा पछि त्यसको निरन्तरताको ठैलो चुनौतिको सामाना गर्नु पर्छ । 

मैले पनि अनिल शर्माको उन्नती केही सुनेको र केही देखेका थिए । ठूला व्यापारीक घरानामा काम गर्ने भएकोले पसलमा आउने बिभिन्न कम्पनिका प्रतिनिधिहरुसंग राम्रो सम्बन्ध विस्तार हुन थालि सकेको थियो । बिभिन्न तह र तप्काका क्रेता तथा ठूला सामाजिक पृष्ठभूमि भएका व्यक्ति तथा व्यक्तित्वहरुसंग पनि भेटघाट हुन थाल्यो । साथ साथै बिभिन्न कार्यक्रमहरुमा पनि संगै उठबस हुन थाल्यो । सबै क्षेत्रमा अफ्नो सहज पह“ुच देखेपछि मानविय स्वभाव नै हो मलाई आफू पनि केहि गरौ भन्ने भावना आउन थाल्यो । शुरुका वर्षहरुमा चार पा“च हजारको जागिर नै मेरोे लागि ठूलो महत्व राख्थ्यो । बेलुका स्टोभमा मट्टितेल नभएर, बोरामा चामल नभएर अनि खल्तिमा पैसा नभएर भोकै सुतेका रातहरुको प्रतिवाद गर्न यो ठूलो हतियार थियो ।

मेरो नाम बिस्तारै बिस्तारै थोक बिक्रेताहरुको माझमा परिचित हुन थाल्यो । बजारमा हिड्दा पनि दुई चार जनाले हात उठाएर नमस्कार गर्ने सम्म औकात बनि सकेको थियो । समय काल संगसंगै मेरो मनमा बिभिन्न किसिमका भावनाहरु आउन थाल्यो । मेरो सा“हुजीको अधिकांश काम म आफै गर्छु । उनी अह्राउने पह्राउने काम मात्र गर्छन । मैले पनि यति सारो मानिस चिनिसके म किन आफै आफ्नो काम नगर्ने भन्ने आत्मविश्वास भनौ या अहम भनौ त्यस किसिमको सोच विकास हुन थाल्यो ।

शुरुमा साईकल यात्रा नै ठूलो मान्ने विस्तारै साहुजीको मोटरसाईकल यात्रामा मन भरिन थालेपछि आफ्नै निजी बाहन चढन उनको मन उताउलो हुन थाल्यो । म जे गरी रहेको छु त्यो मेरो व्यक्तिगत जीवन धान्नको लागि नभई मेरा साहुजीको व्यापार बढाउनको लागि मात्र हो भन्ने भावना आउन थाल्यो । दश वर्षे जागिरको अनुभव मैले अव आफ्नै काममा लगाउने निधो गरी एउटा सानो पसल खोल्ने बिचार गरे । बजारमा उपलव्धहुने सामानहरु मध्येको आधा आधाी जासो सामानको थोक बिक्रेता अनि दैनिक लाखौको व्ययापार हुने पसल छाडे । सानो १५ हजारमो मासिक भाडामा ३ लाख जतिको सामान राखेर व्यवसायको शुरुवात गरे । त्यो रकमको जोहो गर्न पनि मलाई निकै हम्मे परेको थियो । बा“उ बाजेको चिनो सानो एउटा जग्गा थियो त्यो पनि सहकारीमा धितो राखोर ऋण लिएका थिए । नपुग आफूले अलि अलि जम्मा गरेकोबाट खर्चेका थिए । 

शुरुका दिनमा त चिने जानेको बधाई खादै व्यापारको शुरुवात गर्दा म निकै मख्ख थिए । दिन बित्तदै गयो मानिसहरुको चहलपहल सुनसान हुन थाल्यो । पसलमा चिनेजानेको मानिसहरुको पनि आउने क्रम पातलिन थाल्यो । म पुरानो भए पनि शहरमा भएका धेरै पसलहरुमध्ये मेरो नया“ थियो । मलाई आफ्नो अस्तित्व जोगाउन निकै गाह्रो परिरहेको थियो । मेरो पसलभन्दा एकदुई पसल माथि लामो समय देखि त्यस्तै किसिमका व्यापार गरी रहेका अर्को पसल थियो । मेरोे पसलले खुद्रा व्यापारमा दैनिक पा“चसय हजार भन्दा बढी व्यापार गर्न सकेको थिएन । 

पुरानो पसलमा कार्यरत रहदा चिनजानको एकजना बिक्री प्रतिनिधिको सल्लाहमा मैले एउटा नया“ डिलरसिप लिने निधो गरे् । त्यसकोलागि फेरी धरौटी र अन्य रकमको खोजी गर्नु पर्ने भो । कम्पनि खासै ठूलो नभएकोले धरौटी हाल्नु नपरेपनि सामान मज्जाले उठाउने पर्ने भो । पुरानो चिनजानको आधारमा सामान बेच्न सकि हाल्छु भनेर ऋणघन गरेर रकम जम्मा गरेर फेरी  सामान उठाए । अव शुरु भयो थोक व्यापार, म सामान बेच्न निकै खटिए, आफ्नो पुरानो सम्बन्धका सबै फर्मूलाहरु प्रयोग गरे । तर सबै फर्मूलाहरु सफल भएनन् । मुश्किलले आधा आधी सामान मात्र जोर तोडले बेच्न भ्याए । त्यत्तिजेन्लसम्म बेचेका पैसाहरु पनि आफ्नै दालभात र छोराछोरीको पढाईमा मासी सकेका थिए । 

समानको बा“की पैसाकोलागि उद्योगबाट तारन्तार फोन आउन थाल्यो । अव मलाई गाह्रो हुन थाल्यो, सहकारीको व्याज, उद्योगको बक्यौता रकम, घरभाडा अनि आफ्नो मासिक खर्चको तनावले रन्थनिन थाले । अनि मैले पसल खोल्ने सम्बन्धमा लिएको निर्णय गलत हो की होईन भन्नेमा बिचार विमर्श गर्न थाले । अहिले जागिर मात्र खाई रहेको भए म मा कुनै टेन्सन थिएन, महिना मर्ने बित्तिकै तलव हात परि हाल्थ्यो । धेरै नपुगे पनि आफू र आफ्नो परिवार पाल्नकोलागि कुनै समस्या थिएन । छोराछोरी लाई राम्रैसंग पढाएर राखेको थिए, स्कुल जाने बेलमा बाबा पैसा भनेर माग्न आउ“दा केहि रकम दिनसक्ने मसंग सामथ्र्य थियो । त्यो सामथ्र्यता प्रदान मलाई त्यही पसलको जागिरले नै बनाएको थियो ।  अहिले म स्कुल जाने बेलामा छोरा छोरीदेखि टाढा बस्ने पर्ने अवस्था छ । उनीहरुलाई केहि गर्न मनले धेरै चाहेको छ तर मैले बेलामा अफ्नो धरातल बिर्सिएर नया“ काममा हात हाल्दा केही गर्न नसक्ने भएको छु । मेरा सा“हु अह्राउने पह्राउने काम मात्र गरेका रहेनछन् उनको बोझ हाम्रो भन्दा धेरै रहेछ, उनले कसरी म भन्दा धेरै त्यत्रा ठूला ठूला ऋृणहरुको तिरोतारोको व्यवस्था मिलाएर हामलाई समेत पैसा दिन भ्याउथे होला.... धन्य मेरो साहु अनि मलाई पहिलो जागिर दिने मेरो साहुको पसल.......... । 

मैले आफू लगायत आफ्ना लालाबालाको राम्रैकोलागि नया“ कामकाु शुरुवात गरेका थिए । व्यापारको दौरानमा म सफल हुन सकिन ।  सबैकाम सबैले गर्न सक्ने भए समाजमा किन वर्ग सर्घषका कुराहरु आउथ्यो । समाजमा एउटा निश्चित वर्ग छ जसको आर्थिक क्रियाकलाप ठूलो छ, उनीहरुलाई साना तिनो रकम डुवे पनि कुनै चिन्ता हु“दैन । अर्को एउटा यस्तो वर्गछ छ जसलाई सय पचास रुपैया भनेको पनि ठूलो रकम हो । त्यसकारण कहिल्यैपनि कहि कतै खर्च गर्दा, नया“ काम गर्दा यद्यपी नया“ सोचको थालनि गर्दा पनि कसैले आफ्नो घरातल कहिल्यै नर्बिसिऔ । 

सुधिर भद्र
२०७२ पौष १६ गते
कगमजष्चजतम२थबजयय।अय।गप 

Monday, December 28, 2015

नया“ शक्ति

हजारौ हजार नेपालीको योगदान पछि प्राप्त गणतन्त्रकले हुकर्ने अवसर नपाउदै त्यस तर्फ योगदान दिएका राष्ट्रिय दलहरुमा चिरा चिरा पर्न थालिसकेको छ । विशेषगरी नेकपा माओवादीमा धेरै परिवर्तन आईसकेको छ । संगै हिडेकासाथीहरु आ—आफनै समुह बनाएर हिडन थालेका छन । सबै भन्दा पहिले मातृका यादव अल्लगिए । तत्पश्चात बैद्य समुह अलग्गियो केहि समयमा फेरी त्यसबाट चन्द समूह चोईटियो । भर्खरै नया“ शक्तिको रुपमा बाबुराम भट्टराई फेरी अल्लगिएका छन् । 

भट्टराई अहिले आफ्नो नया“ शक्तिको प्रचार प्रसारमा देश दौडाहामा निस्केका छन् । उनले आफ्नो माउ पार्टीका असन्तुष्ट पक्ष लगायत अन्य पार्टी एवम् स्वतन्त्र विचार बोकेकाहरुलाई आफ्नो नया“ शक्तिमा समेटन खोजेका छन् । नया“ शक्तिको भेलाहरुमा उनले सामाना गर्ने साझा आरोपको रुपमा भारतीय पक्षपोषकको रुपमा लिईन्छ । जुन समयमा उनले अलग हुने निर्णय लिए वास्तवमा समस्त नेपालीहरुले बाबुराम भट्टराई जस्तो बुद्धिजीवि मानिसले यस्तो निर्णय लिन्छन होला भन्ने अपेक्षा पनि गरेका थिएनन् ।

मधेश आन्दोलनले मुलुक पुरा थिलो थिलो पारीरहेको थियो, त्यस माथि भारतीय नाकावन्दि शुरु भएको अवस्थामा करौडौ नेपालीहरुको अभिभावकको रुपमा प्रधानमन्त्रीको रुपमा कार्य गरी सकेका व्यक्तित्वबाट आएको अकल्पनिय निर्णय सबैलाई सहज भएको थिएन । ऐनेकपामाओवादीलाई त झन कत्तिको झट्का लाग्यो होला वा त्यो उहा“हरुले पूर्वानुमान गर्नु भएको थियो त्यो आफ्नो ठा“उमा छ । साधारण कार्यकर्ताहरु पनि निकै रणभुल्लमा परेका थिए, कुन समुहको चाहि माओवादी कार्यकर्ताको रुपमा आफूलाई समाहित गरौ भनेर ।

मकवानपुरमा पनि डा. भट्टराई दुई पटक आई पुगी सकेका छन् । उनले नया“ शक्तिको खा“चो र उनको क्रियाशिलताको विषयमा स्पष्ट पार्न खोजेका थिए । यहा“का कार्यक्रमहरुमा उनले सहजै जनयुद्धको एक अध्याय सकियो अव नया“ शक्तिो खा“चो मुलुकले गरेको छ त्यसकारण सवै एक जुट भएर लाग्नु पर्छ भन्ने कुरा भने । उनले यसो भनि रहदा उनको पछि लागेर लालसलामा र अभिवादन कमरेड भनेर हिड्ने सोझो साझो कार्यकर्ताहरुको अनुहार सबै सहभागीहरुको आ“खामा आयो होला । कुनै बेला उहा“हरुको नेतृत्व र आदेश मानेर ज्यानको बाजी थापेर हिडेकाहरु आज टुहुरा भएका छन् । पार्टीकोलागि भनेर आफ्नो घरवार परिवार छोडेर दुनियासंग बैरीभाव गर्दै हिडेकाहरु आज घर न घाट भएका छन् । आफूहरुले अभिभावक मान्दै आएका तीनैजना शिर्षथ नेताहरु तीन तिर फर्केका छन् । जनमिलियशियाको रुपमा रोल्पाको भिरपाखादेखि गोरखाको पहाडसम्म पैदल शिर्ष नेताहरुले देखाएकै बाटोमा ज्यानको बाजि थापेर तत्कालिन शासनसंग सघर्षगरेकाहरु आज विलखबन्दमा परेका छन् । 

एउटा परिवर्तनको खा“चो छ भन्ने, सोझा साझा हजारौं नेपालीहरुलाई आफ्नो तार्किक कुशलताको कारण विश्वासमा ल्याउने । समय समयमा हतिायार बोकाउने, मान्छे मार्न लगाउने, लुटन लगाउने अनि फेरी एक्लै छोडेर त्यो अध्याय सकियो भनेर आफू अन्यत्रै जाने । कस्तो लाग्ला कठै वर्षौ आफ्नो भनेर बिताएकाहरुले अनाहकमा त्यसै छोडेर जा“दा ति कार्यकर्ताहरुलाई । नेतृत्वकर्ताहरुले आफ्नो अध्याय सकियो भनेर सजिलैसंग पार्टि त्याग गर्दा उनीहरुले के गरेर बस्ने हो । 

आफै क्रान्तिका ठूला ठूला भाषाहरु सिकाएर कठोर भन्दा कठोर क्रान्तिकारीहरुको झुण्ड निर्माण गर्ने अनि त्यो झुण्डको काम सकियो भनेर फेरी अर्को शक्ति निर्माणमा लाग्ने कुरा कति समम जायज होला । नया“ निर्माण भएको नया“ शक्ति कति समयकोलागि भएको हो । त्यसको के ग्यारेण्टी छ त । वाक कौशलता र बुद्धिमानी छविको कारण पछि लागेका मानिहरु कति पटक र कहिले सम्म पछि लाग्ने हो । खुखार कम्युनिष्टवादी चिन्तन भएका कामरेड अहिले सबै विचार र पक्ष्ँका मानिसहरु समेटर नया“ शक्तिमा लाग्नु भएको छ । भिन्न विचारका केहि सो कल्ड बुद्धिजीविहरु नया“ शक्तिमा आईसकेको हल्ला पनि आएको छ । एउेटै विचार बोेकेका मानिसहरु त पार्टिमा लामो समयसम्म टिक्न सकेनन भने भिन्न विचारभएकाहरुको सहकार्य कतिसम्म चल्ने हो हेर्न बाकि छ । 

आम नेपालीलाई नया“ शक्ति पुरानो शक्ति जे भनेपति दिर्घकालिन शान्तिको आवश्यकता छ । अत्यावश्यक बस्तुहरुको सहज आपूर्तिको खा“चो छ । बालवालिहरुको शुलभ शिक्षा एवम् स्वास्थ्यको आवश्यकता  छ । दिनानुदिन उधो गति तिर गईरहेको मुलुकलाई उभो गति तिर ल्याउने एउटा कुशल योद्धाको खा“चोे छ । अहिले आम मानिसहरुमा एकदमै ठूलो राजनैतिक बितृष्णा जागेको छ । राष्ट्रिय स्तरका नेताहरु प्रति उनीहरुको विश्वास एकदमै कम भएको छ । उनीहरुको क्रियाकलाप एवम् निर्णयहरु सहर्ष स्वीकार गर्न सकिरहेका छैनन । यद्यपी मुलुकको निकास यीनै राजनैतिक दलहरुले नै निकाल्छन भन्ने झिनो आश पनि छ । तर यस्तो आश लामो समयसम्म रहने सम्भाना निकै कम छ । 

पछिल्लो घटनाक्रम झन झन भयावह हु“दै छ । मान्छे मारीने क्रम रोकिएको छैन,आन्दोलन झन उग्र बन्दैछ । जतिसुकै शान्तिपूर्ण भनिएपति उर्लिएको भिडमा शान्तिको खोजी गर्नु गाह्रो कुरा हो । झन दलवल सहित बसेका सूरक्षाकर्मीहरु देखेपछि भिड झन उत्तेजित हुनु सामान्य कुरा हो । त्यसमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा त भिड झन आक्रमक हुनु स्वभाविक हो । कुरो जे भएपनि नया“ शक्ति भनेर नया“ झुण्ड निर्माण गरेर नया“ क्रान्तिका कुरा गर्नु भन्दा पनि बिद्यमान शक्तिहरु बीच नै शक्ति समिकरण गरेर समस्याको समाधान निकाले बेस हुने आमा नेपालीहरुको अपेक्ष्ाँ छ । 

सुधिर भद्र
२०७२ पौष १२ गते
sudhirhtd@yahoo.co.uk