Monday, November 14, 2016

विजय र गगन

१९ वर्षिय विजय खड्काले अफ्नो जीवनको असहज अवासन गरेका छन् । १९ वर्षको बैसालु उमेरमा सबैलाई हुने एक प्रकारको जीवनको चढाव उनमा पनि लागेको थियो । लामो पालिएको कपाल, कानमा हालिएको एयरफोनबाट नै उनमा बैसको उन्मत्ताता झल्केको थियो । ठूलै पारीवारीक घराना नभएपनी बुवाको सानो जागिरले उनको मनको रहर पु¥याउदै आएका थिए । करीव दुई वर्ष अघि जव उनको स्वास्थ्यमा केही खरावी आयो तवदेखि उनको जोस जागर सबै झरेर गयो । उपचार पनि निको नहुने भनेर थाहा पाए पछि त झन उनी चल मल हुन सकेनन् । उनलाई वास्तविकता थाहा थियो, आफ्नो परीवारको, घरको बा को जागिरको अनि त्यसमाथि लागेको आफ्नो शरिरको रोगको । 

अँैला यसो उठाएर खिचिने फोटोहरु उनको भित्तामा ठडिएका थिए । अव उनको औला उठाएर फोटो खिच्ने न साहस नै थियो न जागर नै भयो । उनले आफ्नो दुवै मृगौलाले काम नगर्ने भनेर थाहा पाए । त्यसको उपचारकोलागि लाग्ने खर्च र त्यसको सम्भावना पनि थाहा पाए । त्यसपछि त्यसको लागि आफ्ना बाबा आमाले व्यहोरेको छटपटाहट पनि थाहा पाए । शुरु शुरुमा स्वास्थ्यमा सामान्य मात्रामा खरावी आउदासम्म उनलाई जीवनमा अहिल्यै केहि नभई हाल्ने भन्ने लागेको थियो होला । रोगले विस्तारै गाज्दै गएपछि डायलिससम्मको अवस्था आएपछि शायद उनले जीवनबाट हरेश खाए होलान । सरकारले दुईटा निशुल्क डायलिससेवा दिएता पनि रोगको जटिलताको कारण उनलेलाई थप एक शसुल्क डायलिसस गर्नु परेको थियो । प्रत्येक पटकको थप उपचारकोलागि घरमा पैसा खोज्नकोलागि हुने दौडधुपसंग उनी वाक्क भईसकेका थिए होला । 

उनलाई कहिले काहि दैवी चमत्कारबाट आफ्नो रोग सबै निको हुन्छ कि भन्ने पनि सानो आश थियो होला । समाचारमा सुनेका विशिष्ट व्यक्तिको उपचारमा गरिएको खर्च आफ्नो भागमा पनि आउछकि भन्ने सम्भावना सोचेका थिए होला । त्यहि भएर उनका परिवारका सदस्य जिल्लाका नेताहरुकासम्म पुगी छोराको जीवनको बचाउनकोलागि पहल गरी दिन हुन अनरोध गरेका रहेछन् । सामान्य सुरक्षागार्डको जागिरे बुवाको अनुरोध उनीहरुको कानसम्म पुग्न सकेन । नेताको चुनाव हराउन वा जिताउन सक्ने कौशल उनीसंग भएका भए सायद उनको अनुरोध सुनिन्थयो होला त्यो नभएकोले उनको बिलौना सन्ने मात्र काम भयो त्यसको निकसा दिने काम भएन । 

बचि खुचेको बचत रकम आफैले खर्च गर्दै उपचार गरी रहेको परिवारजनको तडप त्यस माथि आमाको अपार स्नेहले छोरालाई एउटा मृगौला दिनकोलागि तयार भएकी थिईन । विविध कारणले गर्दा त्यो सम्भव नभएपछिको तोड उनमा थियो । अन्तिम दिनमा उसको घरले अस्पतालले मागेको रकम पु¥याउन नसक्दा त्यहा“का कर्मचारीहरुबाट उपचार गर्न नसक्ने भए घरमा नै लगेर राख्नु भन्ने शव्द उनले सहजै स्वीकार्नै सकने । आफूले गर्दा सम्पूर्ण परीवारका सदस्यहरुले व्यहार्नु परेको सारा दुःख कष्ट मेटाउनकोलागि उनले आफैलाई नै समाप्त पार्ने योजना बनाए । उपयुक्त स्थानको खोजी गर्दा गर्दै उनले आफू बसेको शिक्षण अस्पताल महाराजगंजको माथिल्लो तल्ला रोजे । आफन्तलाई जानकारी दिनकोलागि अस्पताले औषधि लेखि दिएको कागजको पछाडी पट्टिको सेतो कागज रोजे । उनलाई थाहा थियो उनको आमा निरक्ष्ँर छन भनेर त्यसै कारणले उनले आफूलाई अस्पतालमा राती आमा कुर्न आएको मौका छोपी आफ्नो सकसपूर्ण जीवनलाई पूर्ण विराम लाउने निधो गरे । रातको समयमा परिवारका सदस्यहरुलाई अन्तिम विदाई भन्दै आफूले गल्ति गरेको भए माफ माग्दै आमाको मुहार अन्तिम पटक हेर्दै उनी सदाबाट विदा हुन तिनतले अस्पतालको झ्यालतिर पुगे । हाम्फाल्नु अधि उनले आफूलाई जन्म दिने आमालाई एक पटक हेरेर आफ्नो निर्णय बदलु कि जस्तो पनि लाग्यो होला, फेरी उनको मनमा उपचार खर्चको जोहो गर्न अमा बाबाले गर्ने चटारो सम्झे होला । अनि उनले मुटु दरो पार्दै आफ्नै निर्णयलाई निरन्तरता दिए र विदा भए सबैबाट ।

विजय खड्का यी सबै घटनाका प्रमुख नायक हुन, उनी एउटा प्रतिनिधि पात्र मात्र हुन । उनी जस्ता धेरै नेपाली दाजुभाई दिदी बहिनीहरुले अकालमा यसरी नै ज्यान गुमाई रहेका छन् । कोही उपचार अभावमा मृत्युको दिन कुरेर भने कोही उपचार अभावमा नै मृत्यु भन्दा अगाडीनै आफैले आफ्नो मृत्युलाई नजिक बोलाएर आफ्नो जीवनमा पूर्ण विराम लगाउ“दै छन् । 

पैसा नहुनेहरुको उपचार यात्रा यसरी वियोगान्तमा टुड्डिएको अवस्थमा छ भने पैसा हुनेहरु जो आफैले खर्च गरेर आफ्नो उपचार गर्न सक्ष्ँम छन् । जसका धेरै घरजग्गा मध्ये एउटा टुक्रा मात्र बेच्दा पनि आफ्ना सम्पूर्ण उपचार खर्च गर्न पुग्छ । जसले आफू र आफ्ना परिवारले लगाउने गर गहानाको केही अंश मात्र बेचेर भएपनि आफनो बन्दोबस्त गर्न सक्छन् । त्यस्ता लव्धप्रतिष्ठितहरुको उपचारकोलागि हाम्रो सरकार निकै अगाडी छ । विशिष्टहरुको उपचार राज्यले गरी दिनु पर्छ त्यसमा दुईमत छैन होला । तर विशिष्टका आशेपासेले समेत डलरमा भत्ता पाउने भन्ने कुरा सुनिन आएको छ । 
उपचार खर्चको बोझ व्यहोर्न नसकेर मृत्यु अंगाल्नेलाई वास्ता नगर्ने मुलुक उपचार खर्च आफै सक्षम हुने अझ त्यसमा पनि स्वदेशमा नै उपचार सम्भव भएकाहरुलाई समेत विदेशका सुविधा सम्पन्न होटलमा राज्यको ढुकुटीबाट उपचार खर्च व्यहोरी रहिएको छ  । 

यहि र यस्ता निरन्तर प्रक्रियाको क्रमभंग गर्नकोलागि मुलुकले स्वास्थ्य क्ष्ँेत्रमा युवाहरु माझ लोकप्रिय नेता गगन थापा मन्त्रीको रुपमा पाएको छ । उनका विगतका भाषण र जनताको लागि गर्ने भनेर भनिएका आश्वासनहरु कति कार्यान्वयन गर्लान । गगनको कार्याकालको शुरुवातमा नै विजय खडकाले मुलुकका स्वास्थ्य स्थिितको बारेमा स्पष्ट रुपमा चरित्र चित्रण गरेर गएका छन् । हेरौ संवेदनशिल र भावि पुस्ताका आशालाग्दा नेतृत्वकर्ता जसले आम नेपालीको स्वास्थ्य स्थिति र उपचार गर्ने सामाथ्र्यता राम्रो रुपमा बुझेका छन्,उनको स्वास्थ्य रणनीति कस्तो हुन्छ ।

सुधिर भद्र
२०७३ भाद्र ३० गते
sudhrihtd@yahoo.co.uk

No comments:

Post a Comment