Monday, December 28, 2015

नया“ शक्ति

हजारौ हजार नेपालीको योगदान पछि प्राप्त गणतन्त्रकले हुकर्ने अवसर नपाउदै त्यस तर्फ योगदान दिएका राष्ट्रिय दलहरुमा चिरा चिरा पर्न थालिसकेको छ । विशेषगरी नेकपा माओवादीमा धेरै परिवर्तन आईसकेको छ । संगै हिडेकासाथीहरु आ—आफनै समुह बनाएर हिडन थालेका छन । सबै भन्दा पहिले मातृका यादव अल्लगिए । तत्पश्चात बैद्य समुह अलग्गियो केहि समयमा फेरी त्यसबाट चन्द समूह चोईटियो । भर्खरै नया“ शक्तिको रुपमा बाबुराम भट्टराई फेरी अल्लगिएका छन् । 

भट्टराई अहिले आफ्नो नया“ शक्तिको प्रचार प्रसारमा देश दौडाहामा निस्केका छन् । उनले आफ्नो माउ पार्टीका असन्तुष्ट पक्ष लगायत अन्य पार्टी एवम् स्वतन्त्र विचार बोकेकाहरुलाई आफ्नो नया“ शक्तिमा समेटन खोजेका छन् । नया“ शक्तिको भेलाहरुमा उनले सामाना गर्ने साझा आरोपको रुपमा भारतीय पक्षपोषकको रुपमा लिईन्छ । जुन समयमा उनले अलग हुने निर्णय लिए वास्तवमा समस्त नेपालीहरुले बाबुराम भट्टराई जस्तो बुद्धिजीवि मानिसले यस्तो निर्णय लिन्छन होला भन्ने अपेक्षा पनि गरेका थिएनन् ।

मधेश आन्दोलनले मुलुक पुरा थिलो थिलो पारीरहेको थियो, त्यस माथि भारतीय नाकावन्दि शुरु भएको अवस्थामा करौडौ नेपालीहरुको अभिभावकको रुपमा प्रधानमन्त्रीको रुपमा कार्य गरी सकेका व्यक्तित्वबाट आएको अकल्पनिय निर्णय सबैलाई सहज भएको थिएन । ऐनेकपामाओवादीलाई त झन कत्तिको झट्का लाग्यो होला वा त्यो उहा“हरुले पूर्वानुमान गर्नु भएको थियो त्यो आफ्नो ठा“उमा छ । साधारण कार्यकर्ताहरु पनि निकै रणभुल्लमा परेका थिए, कुन समुहको चाहि माओवादी कार्यकर्ताको रुपमा आफूलाई समाहित गरौ भनेर ।

मकवानपुरमा पनि डा. भट्टराई दुई पटक आई पुगी सकेका छन् । उनले नया“ शक्तिको खा“चो र उनको क्रियाशिलताको विषयमा स्पष्ट पार्न खोजेका थिए । यहा“का कार्यक्रमहरुमा उनले सहजै जनयुद्धको एक अध्याय सकियो अव नया“ शक्तिो खा“चो मुलुकले गरेको छ त्यसकारण सवै एक जुट भएर लाग्नु पर्छ भन्ने कुरा भने । उनले यसो भनि रहदा उनको पछि लागेर लालसलामा र अभिवादन कमरेड भनेर हिड्ने सोझो साझो कार्यकर्ताहरुको अनुहार सबै सहभागीहरुको आ“खामा आयो होला । कुनै बेला उहा“हरुको नेतृत्व र आदेश मानेर ज्यानको बाजी थापेर हिडेकाहरु आज टुहुरा भएका छन् । पार्टीकोलागि भनेर आफ्नो घरवार परिवार छोडेर दुनियासंग बैरीभाव गर्दै हिडेकाहरु आज घर न घाट भएका छन् । आफूहरुले अभिभावक मान्दै आएका तीनैजना शिर्षथ नेताहरु तीन तिर फर्केका छन् । जनमिलियशियाको रुपमा रोल्पाको भिरपाखादेखि गोरखाको पहाडसम्म पैदल शिर्ष नेताहरुले देखाएकै बाटोमा ज्यानको बाजि थापेर तत्कालिन शासनसंग सघर्षगरेकाहरु आज विलखबन्दमा परेका छन् । 

एउटा परिवर्तनको खा“चो छ भन्ने, सोझा साझा हजारौं नेपालीहरुलाई आफ्नो तार्किक कुशलताको कारण विश्वासमा ल्याउने । समय समयमा हतिायार बोकाउने, मान्छे मार्न लगाउने, लुटन लगाउने अनि फेरी एक्लै छोडेर त्यो अध्याय सकियो भनेर आफू अन्यत्रै जाने । कस्तो लाग्ला कठै वर्षौ आफ्नो भनेर बिताएकाहरुले अनाहकमा त्यसै छोडेर जा“दा ति कार्यकर्ताहरुलाई । नेतृत्वकर्ताहरुले आफ्नो अध्याय सकियो भनेर सजिलैसंग पार्टि त्याग गर्दा उनीहरुले के गरेर बस्ने हो । 

आफै क्रान्तिका ठूला ठूला भाषाहरु सिकाएर कठोर भन्दा कठोर क्रान्तिकारीहरुको झुण्ड निर्माण गर्ने अनि त्यो झुण्डको काम सकियो भनेर फेरी अर्को शक्ति निर्माणमा लाग्ने कुरा कति समम जायज होला । नया“ निर्माण भएको नया“ शक्ति कति समयकोलागि भएको हो । त्यसको के ग्यारेण्टी छ त । वाक कौशलता र बुद्धिमानी छविको कारण पछि लागेका मानिहरु कति पटक र कहिले सम्म पछि लाग्ने हो । खुखार कम्युनिष्टवादी चिन्तन भएका कामरेड अहिले सबै विचार र पक्ष्ँका मानिसहरु समेटर नया“ शक्तिमा लाग्नु भएको छ । भिन्न विचारका केहि सो कल्ड बुद्धिजीविहरु नया“ शक्तिमा आईसकेको हल्ला पनि आएको छ । एउेटै विचार बोेकेका मानिसहरु त पार्टिमा लामो समयसम्म टिक्न सकेनन भने भिन्न विचारभएकाहरुको सहकार्य कतिसम्म चल्ने हो हेर्न बाकि छ । 

आम नेपालीलाई नया“ शक्ति पुरानो शक्ति जे भनेपति दिर्घकालिन शान्तिको आवश्यकता छ । अत्यावश्यक बस्तुहरुको सहज आपूर्तिको खा“चो छ । बालवालिहरुको शुलभ शिक्षा एवम् स्वास्थ्यको आवश्यकता  छ । दिनानुदिन उधो गति तिर गईरहेको मुलुकलाई उभो गति तिर ल्याउने एउटा कुशल योद्धाको खा“चोे छ । अहिले आम मानिसहरुमा एकदमै ठूलो राजनैतिक बितृष्णा जागेको छ । राष्ट्रिय स्तरका नेताहरु प्रति उनीहरुको विश्वास एकदमै कम भएको छ । उनीहरुको क्रियाकलाप एवम् निर्णयहरु सहर्ष स्वीकार गर्न सकिरहेका छैनन । यद्यपी मुलुकको निकास यीनै राजनैतिक दलहरुले नै निकाल्छन भन्ने झिनो आश पनि छ । तर यस्तो आश लामो समयसम्म रहने सम्भाना निकै कम छ । 

पछिल्लो घटनाक्रम झन झन भयावह हु“दै छ । मान्छे मारीने क्रम रोकिएको छैन,आन्दोलन झन उग्र बन्दैछ । जतिसुकै शान्तिपूर्ण भनिएपति उर्लिएको भिडमा शान्तिको खोजी गर्नु गाह्रो कुरा हो । झन दलवल सहित बसेका सूरक्षाकर्मीहरु देखेपछि भिड झन उत्तेजित हुनु सामान्य कुरा हो । त्यसमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा त भिड झन आक्रमक हुनु स्वभाविक हो । कुरो जे भएपनि नया“ शक्ति भनेर नया“ झुण्ड निर्माण गरेर नया“ क्रान्तिका कुरा गर्नु भन्दा पनि बिद्यमान शक्तिहरु बीच नै शक्ति समिकरण गरेर समस्याको समाधान निकाले बेस हुने आमा नेपालीहरुको अपेक्ष्ाँ छ । 

सुधिर भद्र
२०७२ पौष १२ गते
sudhirhtd@yahoo.co.uk

No comments:

Post a Comment