Tuesday, February 14, 2017

म आफैमा हराउन थालि सके ।

आशाका जराहरु ढल्न थालि सके
निराशाको बादलहरु मडारीन थालि सके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।

आफ्नाहरु सबै पराई भई सके
पराईहरु झन पराई भईसके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।

क्षितिजको ज्योति देख्न छाडी सके
कल्पाना भित्रको मिठो परिकल्पना गर्न छाडी सके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।

सुधिर भद्र
२०७३ माघ २६ गते
sudhirhtd@yahoo.co.uk

No comments:

Post a Comment