Wednesday, June 22, 2016

तालिवान तिमी माहान

दिनै दिन मान्छेको बलि चाहिन्छ तिमीलाई
खै किन हो किन
बारुदको गन्ध प्यारो छ तिमीलाई
तालिवान तिमी माहान
तालिवान तिमी माहान

काखे बालकको अभिभावक खोस्न शक्ति चाहिन्छ तिमीलाई
खै किन हो किन
मानिसको रगत प्यारो छ तिमीलाई
तालिवान तिमी माहान
तालिवान तिमी माहान

भागवानकोलागि लडेका छौ भन्छौ कहा“ पाईन्छ भगवान तिमीलाई
खै किन हो किन
लासमाथि भगवान खोज्ने चाल प्यारो छ तिमीलाई
तालिवान तिमी माहान
तालिवान तिमी माहान

सुधिर भद्र
२०७३ असार ८ गते (सन्दर्भः काबुल घटना)

No comments:

Post a Comment