दाया पाखुरामा बडेमानको गितारको चित्र कुदिएको थियो । बाया हात हत्केला देखि कुहिनोसम्म अजिगंरको चित्रले छोपिएको थियो । उमेरमा व्यायाम गरेर बनाएको हस्ट पुस्ट शिरर दुव्लाएको थियो । उति बेला बनाएका बाईसेप्स र ट्राईसेप्सका केहि अवसेशहरु मात्र बा“की थिए । बजारको एक कुनामा राखिएको ग्यास स्टोभमा चिया भकभकिदै थियो । चाईनिज एप्पल ब्राण्डको मोबाईलमा अंग्रजी हेभी मेटलको रिड्डटोन बजेर बेला बेलामा चियाको अर्डर आईरहेको थियो । चियाको स्वादमा फरफराएको जिब्रोलाई सान्तवना दिन पुराना मित्रले गरेको अनुरोधलाई सहर्ष स्वीकार गरी त्यस पसलमा चिया खान आईपुगेका थियौ ।
बाग्मती प्लास्टिकका दुईवटा ठूला बाल्टिनमा घरको कुनामा रहेको सानो धाराबाट पानी थापेर ल्याउनु उनको पहिलो काम रहेछ । नजिकै रहेको किराना पसलबाट दैनिक २० प्याकेट दुघ ल्याउनु उनको दाश्रो महत्वपूर्ण कार्य रहेको थाहा पाईयो । उनको ट्याटु मोह देखेर मेरो मनमा लागेको जिज्ञाशा मेटन प्रश्न तेर्साउने निधो गरे । भाई त उमेरमा निकै हिरो थियौ कि क्या हो ? अलिकति लाज मान्दै , अलिकति प्रफल्लित हु“दै अनि अलिकति क्रँेधित हु“दै म तिर हेरेर मुसुक्क मुस्काउदै उत्तर दिए । उमेरमा त के के गरियो के के गरियो नि दाजु । तेसैको त परिणाम भोग्दै छु नि
अहिले ।
लाग्थ्यो उनी आफ्नो विगत सुनाउन निकै आतुर थिए । साथी भाई निकै बनाईयो । निकै रमाईलो गरियो । चटपटेवाला देखि दुनोटबालासम्म निकै चुटियो । तर अहिले सबै बेकार लाग्दैछ । सुर्ती च्यापिएको ओठबाट पिच्च थुक फाल्दै आफ्नो बेकारी सुनाउ“दै थिए । दुई तीन ठाउमा छेडिएको कान मध्ये अहिले एउटामा सानो चा“दीको मुन्द्रा अल्झिरहेको थियो ।
उनको विगतमा अझ घोतलिन मन लागेर मैले उसका अध्ययनको बारेमा कुरा कोट्टयाउन थालेको थिए । उनले तीन कक्षासम्म अफू फस्र्ट व्याई भएको कुरा निकै गर्वका साथ सुनाए । तीन कक्ष्ाँ पछि घर भन्दा अलि टाढा स्कुल जानु पर्ने भएकोले साथीको संगतले पढाई भन्दा अन्यत्र तिर मन बरालिन थाल्यो रे उनको । बिस्तारै बिस्तारै उनको पढाईको स्टयामिना घटदै गएर नौ कक्ष्ाँमा दुईपटक फेलभए पछि अध्ययन जीवनमा फुल स्टप लाग्यो रे । चुरोट खान शुरु गरे पछि सारोमा ढुंगा र गिलो मा दिशाा बाहेक सबै कुरा खाएको छन रे उनले ।
उनको विगतको तमक झमकबाट चिया पसलेको जीवनमा कसरी परिवर्तन आयो होला भन्ने मलाई जान्न मन लाग्यो । बिस्तारै कुरा फुस्काउनको लागि मैले अर्को प्रश्न राखे । यो पसल खोल्नु भएको कति भयो भाई । चार वर्ष, एकै स्वासमा उत्तर दिए । दिउसोको समयमा पसलमा ग्राहकको चाप कम भएकोले उनी कुच्चिएको शिखर चुरोटको डव्बा खल्तिबाट निकाली चुरोट सल्काएर आकाश तिर धुवा उडाउ“न थाले । मैले प्रतिप्रश्न गरे भाडा कति तिर्नु हुन्छ त ? दुई हजार, भाडा तिर्न र दुई छाक भात खान मात्र यो पसल ठिक छ दाजु । १६ वर्षमा नै माया प्रेममा परियो । आउ“दा जादा“ सधै देखिने लामा थरकी केटीसंग मुटु साटियो । ६ महिनासम्म लास्ट डेटिड्ड गईयो नि दाजू । त्यसपछि त बिहे गर्ने शुर कसियो अनि अहिले त एउटा छोरा पनि छ ।
छोरा जन्मे पछि चिया पसल खोलियो । नत्र कहा“ मेरो मन अरुले खाएको जुठो गिलास माझन मान्थ्यो र । छोरा जन्मेको ६ महिनामा ठूलो विरामी प¥यो । उपचारको खर्चको लागि खल्तिमा सुको थिएन । मेरो घर पनि बलियो थिएन पैसा जम्मा गरेर राख्न । छरछिमेकसंग सापटि माग्नकोलागि मेरा छवि पनि राम्रो थिएन । बहुत गाह्रोसंग मैले त्यस दिन रकम जम्मा गरेर डाक्टर लाई देखाए नी दाजु अलि भावुक भएर सुनाए । त्यस पछि देखि अव त केहि गर्नु प¥र्यो भनेर शुरुमा ठेलामा चिया बेच्न शुरु गरे । विस्तारै यो एउटा सानो कोठा लिएको छु । अहिलेसम्म जेनतेन चल्दैछ ।
एकदिन मसंगै पढने साथी साहुजी चिया दिनुस त भन्दै आईपुगे, मलाई निकै लाज लागेको थियो । तर के गर्ने मेरो बाच्ने आधार नै चिया बेच्नु भएकोले मैले मनलाई बाधेर उनलाई चियो पु¥याए । मेरो आ“खा र उनको आ“खा एक छिन
जुध्यो ।उसको आ“खाले मेरो आ“खालाई तैले अहिले चिया बेच्ने भईस भन्यो, मेरो आ“खाले के गर्ने साथी उमेरमा तिमीहरु जस्तो पढन सकिएन बाच्नको लागि नराम्रो काम गर्नु भन्दा आफ्नै काम गरेर चिया बेचेर खानु नै बेस भन्ने लागेर यो काम गरेको भनेर उत्तर दियो । उनले तितो तर यथार्थपरक स्मरण सुनाए ।
काम भनेको आफ्नै गर्नु पर्छ । कुनै पनि काम सानो ठूलो हु“दैन । हरेश खान हु“ुदैन राम्रै हुन्छ । उनको विगतको तितो यथार्थलाई स्मरण गर्दै मैले सान्तवना स्वरुप केहि शव्द उसलाई सुनाए । उनको दिमागमा युवा अवस्थामा रहेका विचारहरु सायद अहिले परिवर्तन भईसकेका होला । उमेरमा देखाएको रवाफ सव बेकार हो भन्ने भान उनालाई भैसकेको होला । त्यति नभएको भए उनले ठेलाको चियाको शुरुवात अवस्य पनि गदैन थिए होला ।
उनको हातमा खोपिएको ट्याटु र कानमा लगाईएको मुन्द्राले उनको विगत राम्रै संग झल्काईरहेको थियो । फिटिड्ड टाईट भेस्ट, कपालमा चिल्लो तेल, कालो चश्मा , ड्याम बुट लगाएर हिडने ठिटो अहिले चियाको जुठो गिलास बोक्दै हिड्नु परेको छ । अलिहे पनि उनको हातमा खोपिएका ट्याटु विद्यमान छ । अध्ययनमा फुलस्टप नलगाएर उनका साथीहरुसंगै केही तन्काएको भए सायद उनले चियाको थाल बोकेर पसल पसल चाहर्नु पर्दैन थियो होला । दुई कप चियाको तीस रुपैया २० को एउटा नोट र १० को एउटा नोट दिदै उनको ट्याटु खोपेको हातले कहिलेसम्म चिया बोक्नु पर्ने हो भन्ने कुरामा म सोचमा परे ।
सुधिर भद्र
२०६९ फागुन २९ गते
Hi there, Namaste and warm welcome to my blog. I would like to collect my feelings, experience, some & the emotional ups and downs I face. If you have any comment, feedback or suggestions, I would be more than happy to listen and improve my blog. Stay tuned and keep in touch Sudhir Bhadra
Sunday, March 17, 2013
Saturday, December 1, 2012
पचहर्वा रिभिजिटेड
“पाईलागु मालिक, हमर खेतमे पानी नलगली खेतो पुरा बाझ है”, आगनभरी बसेका गाउलेहरु मध्येबाट एकजनाले मरो हजुबुवालाई सुनाए । पुरानो काठको मेचमा उपरखुट्टी लगई, बुढी औला र चोरी औलाको बीच भागबाट बिडी तानेर मेरो हजुरबुवा समस्या सुनी रहनु भएको थियो । सफा सोतो धोती, सेतो कुर्ता अनि स्टकोटमा सजिएका हजुरबुवा “महिन्दर ऐ महिन्दर ऐने आ, ओ बैलके वाहर लकर बाध न” भन्दै हाम्रो मामाघरको गाई बस्तु हेर्ने मानिसलाई पनि काम लगाउन भ्याई रहनु भएको थियो । २० वर्ष अधिको मेरो मस्तिष्कमा यी धभिला स्मरणहरु अझै पनि खेलिरहन्छन ।
२०४६ सालको जनआन्दोलनमा ६ जना सहिद भएको धनुषा जिल्लाको यदुकुहा गाविससंगै जोडीएको मेरो मामाघर पचहर्वा गाविसमा अव ति धमिला स्मरणहरु केवल ईतिहासका पाना मात्र भईसकेछन् । युवा उमेरमा नै काठमाण्डौबाट जग्गा जमिन सम्हाल्न पचहर्वा आईपुग्नु भएका हजुरवुवालाई तराईको रमाईलो नै प्यारो लागेर स्थायी रुपमा नै गा“उमा बस्न थाल्नु भएको थियो । तराईको गाउ“मा चल्ता फुर्ता काठमाण्डौ बाट आएको युवकको शान नै छुट्टै थियो उनको । सायद त्यहि भएर होला उनले पञ्चायत कालाम लामो समयसम्म पचहर्वा गाविसको प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए ।
पचहर्वाका उतीवेलाका ति दिनहरुमा उनी राजर्षी सानका साथ बसेका थिए । उतीबेला उनको बोलीले नै कानूनको काम गथ्र्यो । गा“उमा समस्या आई प¥र्यो भने त्यसको समाधान प्रधानजी अर्थात मेरो हजुरबुवाका हुन्थ्यो । गाउ“लेहरुमा बादविवाद आएमा त्यसको न्याय निसाफ छुट्टयाउने काम प्रधानजी अर्थात काजीबावुले नै गर्थे । त्यो सबैलाई स्वीकार्य पनि हुन्थ्यो । सयौ विघा जमिनको हेरचाह गर्न दुई दर्जन भन्दा बढी जन अर्थात कामदारहरु थिए । भैसीको शुद्ध दुघ विहानको नास्तासंग पाईन्थ्यो । ध्यूका ठूला ठूला डब्बा हुन्थे, माटोको भाडोमा दही दलिनमा झुण्डाईएको हुन्थ्यो ।
प्रधानजीको पहिलो सन्तानको विहे अर्थात मेरी आमाको विहे भव्य रुपमा भएको थियो रे । भीमफेदीमा जन्मेका मेरो वुवा र पचहर्वामा जन्मेकी मेरी आमाको लगन जुरेको थियो । उतीवेला गा“उ हिडेर जानु पर्ने भएकोले हजुरवुवाले दुलाहकोलागि हात्तिको व्यवस्था गरी दिनु भएको थियो जसको प्रमाणको रुपमा पुरना फोटोहरु अझ पनि विद्यमान छ । प्रधानजीको पहिलो नाती भएकै कारणले होला मैले मामाघर जा“दा कहिल्यै पनि हिड्नु परेन । म सधै महिन्दरको काधमा बसेर मामाघर पुग्थे ।
एक किसिमको प्राकृतिक सुन्दरता गा“उमा थियो । बासको चोयामा माटोले छापेर बनाईएका घरहरुको बीचमा पक्कि घर एउटा प्रधानजी अर्थात हाम्रो मामाघर थियो । हाते कल सार्वजनिक ठा“उहरुमा राखिएको थियो । केहि स्थानहरुमा ईनार पनि थियो । हाम्रो मामाघरमा चाहि आगनमा नै हाते कल राखिएको थियो । मान्छेको नाम उनको आफ्नो जन्मस्थानसैगै जोडेर बोलाउने तराईको पुरानो प्रचलनको कारण बीर्ता वाली, खजुरी वाली, गिदाहा वाला जस्ता नामले यहा“का गाउ“लेहरुलाई उपनामले बोलाईन्थ्यो ।
२०४६ सालको जनआन्दोल पश्चात आएको मुलुकमा आएको परिवर्तनले हाम्रो मामाघरमा पनि असर गर्न थालेछ । सोझा साझा गाउ“लेहरुको बीचमा सोषक र सामन्तिको परिभाषाको गलत व्याख्या गर्न थालिएछ । प्रधानजी माथि आ“खा जुधाएर बोल्न नसक्नेहरु औला ठडाएर कुरा गर्न थालेछन् । काम नगरे दैनिक हातमुख जोर्न गाह्रो हुनेहरु काम गर्दा सोषित भएको सम्झन थालेछन् । विस्तारै मामाघरमा काम गर्ने जमातमा कमि आउन थाल्योे । तर जतिसुकै हक अधिकारको कुरा गरेपनि काम नगरी माम नपाईइने तितो यथार्थ सवैले बुझन थाले । आफू अन्य काम गर्न सक्षम नभएपछि पुनः खेतको काम गर्ने प¥र्यो । विस्तारै सोषकको र सामिन्तको गलत परिभाषा लगाउन कुचेष्टा गर्नेहरु आफै असफल हुन थाले ।
अहिले हजुरवुवा बितिसक्नु भयो । गाउ“को सम्पूर्ण जिम्मेवारी हजुरआमाले हेरी रहनु भएको छ । मामा जागीरे भएका कारण गा“उमा त्यति बस्न पाउुन हुन्न । वंशाणुगत गुण भएर होला उहा“लाई पनि राजनैतिक सचेतना छ । आफ्नो रिटायर्ड लाईफ गाउ“मा नै बिताउने उह“ाको योजना छ । खोल लगाएर कोठाको भित्तामा राखिएको पुरानो गितार र ब्रसुली सैलीमा खिचिएको पुराना श्याम स्वेत फोटोले उनले आफने उमेरमा प्रधानजीका छोराले गरेका सौखहरु प्रतिविम्वित गर्दथ्यो ।
गा“उमा मधेश आन्दोलन ताका सेलाएको सम्बन्ध अहिले फेरीएको छ । अहिले गाउ“का अधिकाशं युवाहरु विदेशिएका छन् । गाईबस्तुको हेरचाह र खेती किसानीकाम गर्नकोलागि जनशक्तिको अभाव भई सकेको छ । माटाका घरहरु विस्तारै पिल्लर हालिएर पक्कि हुदैछन् । साईकल चढने कुरा नै ठुलो भएको गा“उमा अहिले घरै पच्छिे मोटरसाईकल देखिन थालेको छ । पहिले कछाड र लुड्डीमा देखिने मानिसहरु अहिले ब्राण्डेड विदेशी कपडामा देखिन्छन । विदेशी रेमिटेन्सको प्रभाव स्पष्ट भेटिन थालेकोे छ । विदेशीएकाहरुले धेरै पैसा पठाएर होला गा“उमा भैसी पाल्ने चलन हराउन थालेछ । पहिले शुद्ध दुध फालाफाल हुने ठा“उमा दुधवाला चिया खान आधा धण्टा पर दुध लिन जानु पर्ने भएछ ।
अध्ययनको कमि, दक्ष सीपको कमि भएका गाउलेहरु पूर्णरुपमा निर्माण कम्पनिमा काम गर्ने अदक्ष कामदारको रुपमा अरव, कतार पुगेका छन् । कोहि त दुःख पाएर फर्कि पनि सकेका छन् । हाम्रो घरमा बेला बेलामा मामाघरको कोसेली ल्याउने काम गर्ने शिवजीका तिन छोरा पनि विदेशमा रहिछन् । “हमर एगो बेटा साउदी, एगो कतार या एगो मलेसिया मे है । यी छोट्का कै पोता है” भन्दै काखमा भएको सानो नाती देखाउदै, आफ्नो विदेशिएका छोराहरुको बारेमा सुनाउदै थिए । अहिले गाउ“मा प्रष्ट रुपमा देखिएको परिवर्तन भन्नु पर्दा उतीवेला युवा देखिएका अहिले सबै बुढा देखिन थालेछन् । अनि सबैको घरमा एउटा वा दुईटा नाता नातिनी भै सकेछन् ।धेरै परिश्रम पनि पौष्टिक तत्व युक्त खानाको अभावले होला यहा“का पुराना पुराना मानिसहरुको अल्प आयुमा नै मृत्यु भै सकेछ । बा“की भएकाहरुमा पनि बिभिन्न किसिमका रोगहरु देखिन थालेछ । यहा“ पनि शहर तिर जस्तो ब्लड प्रेसर र सुगर सामान्य हुन थालेछ । उतीबेलाका पानी खाने ईनारहरु पुरीन थालेछन ।
गाउ“मा गरिएको उल्लेख्य विकासको रुपमा विद्युतको सुविधा र यातायातको सुविधालाई देखिन्छ । टुकि बत्ति र लालटिनको शाहरामा बस्नु पर्ने गा“उ अहिले झिलमिले भएको छ । यद्यपि अहिले पनि विद्युत आउने जाने समयको कुनै टुंगो छैन । पहिले जनकपुर जयनगर चल्ने रेल चढेर मामाघर जानु पर्ने वाध्यता थियो । परवाहा, महिनाथपुर वा वैदही स्टेशनमा ओर्लेपछ तीन या चारघण्टा हिडेपछि पचहर्वा पुगिन्थ्यो । अहिले त्यो वाध्यता हटेको छ । जनकुपुरबाट यदुकुहासम्म दैनिक पा“च छ वटा बस चल्दो रहिछ । बाटोको अवस्था हेर्दा वर्षायाममा गाडी चल्न सक्ने सम्भावना अलि कम देखिन्छ ।
पछिल्लो जनआन्दोलन पश्चात राजनैतिक चेतनाको विकास भएर होला गाविमा छुट्टाईएको बजेटबाट केहि सामान्य विकासका कार्यहरु भएको देखिन थालेको छ । गाविस स्तरीय राजनैतिक चलखेल पनि देखिन थालेछ ।
सुधिर भद्र
२०६९ मंसीर ११ गते
Thursday, November 22, 2012
हातलाग्यो शुन्य
भर्खरै रंगाएका राईकहरुको ईनामेलको गन्ध कोठामा फैलिएको थियो । दशैको रौनकसंग पछि खोलिएको दोकानमा जाडोको पहिलो घामको प्रकाशहरु अगाडीको शिसामा टल्कदै थिए । पहिल जस्तो विहानै देखि देखिने भिडभाड अहिले सेलाएको छ । विहानदेखि एक्लै, दुक्लै र परिवार सहित देखिन ग्राहकहरुको भिडभाड विस्तारै ओरालो लाग्दै थियो । तिहारको रड्डीचड्डी सामानहरु विस्तारै विस्तारै निस्कन थालेको छ ।
व्यवसायी हुने जोस चलेर जीवनमा पहिलो पटक दशै अगाडी किनिएको फेन्सी दोकानका सर सामानहरु मसंग अझ राम्ररी परिचित भैसकेका छैन्न । कुन सामान कहा“ छ भन्ने मेसो मैले रामरी पाउन सकेको छैन । दैनिक पा“चसय तिरेर रंगाईएका सो केश र राईकहरु झलल बलेका छन् । महिनाभरीको तलव थाप्दा आउने पैसा दशैको अगाडी एकै दिनको व्यापारमा आएको दैख्दा मन निकै फुरुड्ड भाको थियो । माहाबौद्ध, असन, इन्द्रचोक, रञ्जना गल्ली र केहि सपिड्ड कम्पेल्क्सहरु धेरै पटक घुमियो तर यसपटक दशै अगाडीको घुमाई बेग्लै थियो । पसलको सामान किन्न आफूलाई उधारो नपत्याउने डरले पुराना चिनजानको पसलेलाई लगिएको थियो । नया“ व्यवसायीलाई उधारो दिने हो कि नदिने भन्ने डर मनमा थियो । त्यसमाथि धेरै सामान किनियो भने दशैमा बिक्छ कि बिक्दैन भन्ने डरले पनि पोलिरहेको रहेको थियो ।
सामान रोजी छानी गरेपछि मोटो रकमको बिल हातमा लिदै फर्किईयो । सामान बेच्दा आउने नाफा र त्यसको बाडफाडमा यात्रा बितेको पत्तै भएन । दुई चार दिन पछि सामान आईपुग्यो । नया“ कपडाको बास्नाले कार्टुन मगमगिएको थियो । सामान झिक्दै मिलाउदै रात अलि छिप्पि सकेको थियो । नया“ नया“ जोसको कारण मिडियम, लार्ज, एक्सट्रा लार्ज र अन्य नाप अनुसारको लुगाको थान मिलाउन निकै रमाईलो भईरहेको थियो । भर्खर भर्खर चलाउन सिकिएको बिक्रि मुल्य टास्ने मेसिनमा बिल अनुसारको रकमा आफूले घटाउन मिल्ने कोड हाली टास्ने काम पनि संगसगै भईरहेको थियो ।
आफ्नो पसल अगाडीबाट हिडेका मानिसहरु सबै मेरै पसलमा आउने भन्ने कामना मनमा लागि रहेको थियो । त्यसै भएर होला बाटोमा हिडेका मानिसहरुलाई मेरो मुखबाट स्वत स्फूर्त निस्केको मुस्कानले आमन्त्रण गरिरहेको थियो । सायद यहि भएर होला सामान भरिभराउ भएपछि खोलिएको दोकानमा विहान सबैरै देखि ग्राहकहरु आउने क्रम शुरु भएको थियो । प्लास्टिकको मानवआकृतिमा पनि नया“ लुगा लगाईएको थियो । राईकका माथि ह्याड्डर झुण्डाउन बनाईएका अंकुशेशहरुमा पनि नया“ नया“ डिजाईनका सर्टहरु झुण्डाईएको थियो । पसल नै नया“ कपडाको बास्नाले भरिभराउ भएको थियो । पसलमा आउने मानिस समान नकिनि नफर्किउन भन्ने चाहना मनमा थियो । उमेर अलि खाई सकेको भएपनि नक्कली तन्नेरी पन देखाई युवाहरुको मन जित्ने असफल प्रयास म गर्दै थिए ।
दिनभरीको व्यापार राम्रै भएको थियो । पा“चवटा शुन्यको हाराहारीमा व्यापार गरिएको थियो । दुई चार दिनसम्म पैसा आफू संग राख्दा निकै रामाईलो अनुभव भाथ्यो । त्यसैबाट बिस्तारै मेरो सामान्य खर्च पनि चलिरहेको थियो । घरतिरको झिना मसिना खर्च पनि त्यसैले धानी रह्यो । आफूलाई पनि दशैमा गतिलो सर्ट र पाईन्ट लाउने ईच्छा, त्यसमाथि नया“ पसलको नलगाउने त कुरै भएन । त्यसको खर्चको हिसाव पनि पसलमा नै गाभियो त्यसबाहेक सानो छोराको पनि ईच्छा पुरा गर्ने प¥यो । त्यसको खर्च पनि पसले नै पुर्ति गर्नु प¥यो । चा“डवाडको अन्य खर्चको पनि हिसाव त्यसैमा जोडिने भयो ।
टिकाटालो सकिएपछि फेरी पसल खोल्ने कामले निरन्तरता पाउन लाग्यो । विहानको ठेलाको चिया संगसैगै पसलकोलागि नै किनिएको सिटिजन क्यालकुलेटरमा हिसाव राख्ने कामले निरन्तरता पाउन थाल्यो । तिर्नु पर्ने र लिनुपर्ने पैसाहरुको लिस्ट पुराना पत्रिकाको लेख्न मिल्ने ठा“उ भउको छेउतिर उतार्न थाले । तिर्नु पर्ने रकमले लिनु पर्ने रकमलाई नराम्रोसंग पछाडी पारी सकेको रहेछ । अव दिमागमा त्यो समिकरण कसरी मिलाउने भनेर खेल्न थाल्यो । काठमाण्डौका साहुहरुसंग गरिएको पहिलो चोटीको कारोबारको व्यवहार कसरी मिलाउने भन्ने तर्फ मन डुल्न थाल्यो ।
अहिलेसम्म बिक्रिबाट जम्मा भएको रकम हेर्दा बैंकमा लामो समयसम्म सुस्ताएको खाता निकै माथि गएको थियो । बैंकको कम्पूटरको किबोर्डमा धेरै महिना अघि नथिचिएको मेरो एकाउन्ट नम्बरहर बारम्बर थिचिन थालिएका थिए । म पनि बैंकको नियमित ग्राहक भएकोमा मनमा एक किसिमका सुशुप्त घमण्ड थियो । म सधै बैंकमा जांदा आउ“दा मलाई अरुले हेरेका छन कि छैनन् भनेर नजर यताउता घुमाएर मात्र मोटरसाईकलमा बस्दथे । अव मलाई जममा गरेको रकम बैंकमा पु¥याउन हैन तिर्न पर्ने रकम कसरी ल्याने भने चिन्ताले सताउन थालको छ ।
जीवनमा व्यापार पहिलो पटक गरे, धेरै मानिससंग पहिलोपटक धेरै राम्रोसंग बोले, सबैसंग उनीहरु हास्नु भन्दा पहिले आफै हासेर सत्कार गरे, तपाई भन्दा अझ सम्मान गरेर हजुर भनेर बोल्न थाले । सधै अरुलाई यो देखाउनुस त्यो देखाउनुस भन्ने बानी परेको भएतापनि अरुले अह्राएको काम आज्ञाकारी युवकले जसरी गर्न थाले । छोटो समयमा पनि धेरै रकम पनि संकलन गरे तर अन्तमा कारोबार धेरै गरे पनि मेरो हात लाग्यो शुन्य । मैले तीन चार पटक क्यालकुलेटरमा धेरै पटक हिसाव गरे रिचेक पनि गरे । तर लिनु पर्ने भन्दा तिर्नु पर्ने निकै अगाडी देखे पछि म आफै सोचमा छु के गर्ने । फेरी तिहारमा एउटा अर्को लगानीकर्ता खोज्ने हो कि भन्ने बारेमा सोचमा छु ।
सुधिर भद्र
२०६९ कार्तिक १७ गते
Thursday, August 30, 2012
भट्टराईको ट्रयाक्टर एडभेन्चर
प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताड्ड गाडी चढेर शुरुका दिनमा जति लोकप्रियता कमाउन थालेको थिए त्यसले लामो समय सम्म निरन्तरता पाउन सकेन । उनका मन्त्रिपरिषदका सदस्यहरुले बेला बेलामा गर्ने क्रियाकलाप उनको लोकप्रियतामा कमि ल्याउने प्रमुख तत्वका रुपमा रहे । त्यसका साथ साथै उनी आफै पनि बिभिन्न कारणले गर्दा बिवादित बन्दै गए । सायद उनी आफैमा नराम्रो व्यक्ति होईन होला तर समयकालले उनलाई त्यस्ता कमद उठाउन बाध्य पारीए होला । जे भए पनि एक जुगका राम्रा ईन्जिनियर त्यसमाथि पनि विद्यावारीधि गरी सकेका व्यक्तिले नेतृत्व लिदा अवश्य पनि देश र जनताको हितकोलागि नै कार्य गर्छन होला भन्ने आश सबैको थियो । उनले आफैले अर्थ मन्त्रीको जिम्मेवारी सम्हाल्दा गरेका आर्थिक सुधारले पनि सर्वसाधारण धेरै आशावादी थिए । तर विविध कारणले गर्दा उनले गर्न सक्ने र गर्न खोजेका काम गर्न सकेनन होला । उनी द्वारा नरुचाईएका कार्यहरु गर्न वाध्य भए होलान । त्यत्तिका बिचमा पनि उनले एउटा नौलो कामको फेरी शुरुवात गरेका छन । प्रत्येक महिना बिभिन्न गाविसमा पुगेर स्थनीयवासीहरुसंग एक दिन विताउने ।
उनको यो कार्यक्रम स्थानीय स्तरमा पुगेर स्थनीयवासीहरुले स्थानीय स्तरमा भोग्नु परेका समस्याहरु पत्ता लगाउनु होला । उनले त्यहा देखेका समस्याहरुको समाधानकोलागि सरकाले गर्न सक्ने कार्यहरु प्राथमिकतामा पारेर गर्नु होला । यो कार्य अवश्य पनि राम्रो शुरुवात हो तर यो भट्टराईको हेलो सरकार जस्तो सुपर फल्प प्रोजेक्ट नहोस भन्नेमा आशावादी होऔ ।
काठमाण्डौबाट उडेर भरतपुरमा कालो झण्डाको सामना गर्दै लावा लस्कर सहित चितवनको सिद्धि गाविसमा पुग्ने उनको कार्यक्रमको शुरुवात निकै ताम झामका साथ गरिएको थियो । एउटा दैनिक पत्रिकामा ८९ वर्षिय बन्दिपुरे चेपाड्डको बारेमा समाचार प्रकाशन भएपछि उनी सिद्धि पुग्न हौसिएका थिए । सवारी साधन पुग्ने ठा“उसम्म उनी सहित सरकारी कार्यालका उच्च पदस्थ अधिकारीहरु वातानुकुलित गाडीमा पुगे । वर्षायाममा उर्लेर आएको खहरे तर्न नसकेपछि उनीलगायत उनको टोलीको साधन खोला वारी नै छोडेर स्थानीवासीहरुको सदावहार साधन ट्रयाक्टरमा सिद्धि पुग्ने योजना बन्यो । जनयुद्धकाला हिडेका धेरै अनुभवहरुलाई सिद्धि यात्राले रिफ्रेश्मेन्ट गरिदिए जस्तो थियो ।
उनी ट्रयाक्टरमा जानु ठूलो कुरा थिएन तर ती भेगका जनताको यातायातको मुख्य साधन नै त्यही हो भन्ने मुलकका कार्यकारी निकायका म्रमुख व्यक्तिले बुझनु ठूलो कुरा थियो । आकासबाट कहिले कहिले विश्राम लिदै परिरहेको एकनासे झरीमा ट्रयाक्टरको पछाडी भागको ढाला समातेर बसेका भट्टराईलाई ज्ञान छ कि छैन होला त्यहा“का स्थानीवासीहरुकोलागि त्यो साधन नै मर्सिडिज वेन्च भन्दा पनि बढि महत्वपूर्ण छ । त्यसमा समातेर हिड्दा हिड्दा हातका छालाहरु खुईलिएर ठेला परिसकेका छन् । त्यो पनि छुट्यो भने घण्टौ पैदल हिडनु पर्ने बाध्यता उनीहरु माथि छ । एम्बुलेन्स भने पनि, बस भने पनि, ट्याक्सी भने पनि उनीहरुको एउटै रोजाई त्यहि साधन हो ।
गाविस सचिव र हेल्थपोष्टका डाक्टरसावको अनुहार कहिले कहि मात्र देख्न पाउने स्थानीयवासीहरुले यतिका धेरै उच्च पदस्थ सरकारी कर्मचारीहरु देख्न पाउनु धेरै ठुलो कुरा थियो । भट्टराईज्यू तपाई सरकारी मेजमानीमा स्वास्थ्य चौकीको पक्की घरको कोठामा रात बिताउनु भयो होला । चिसो भुईमा भए एकसरो कपडा त्यो पनि नभए पोलिथिन बोरा ओछ्याएर बस्नेहरुलाई के थाहा सुत्केरीको बेलामा त्यहि हेल्थपोष्टमा कति पटक चिकित्सकको नियमित परिक्षण गराउनु पर्दछ भनेर । गांउका केहि सिमित टाठाबाठाहरुलेमात्र कखरा सिक्ने मौका पाएका र अरु अहिले पनि तीन बिसको हिसाव गर्नु पर्नेहरुलाई शिक्षाको महत्व र यसले पार्ने दुरगामी असरको बारेमा के थाहा ।
तपाई एक दिनको लागि जा“दा आपतकालिन औषधि र अन्य प्राथमिक उपचारको साधनसंगै लिएर जानु भयो होला । जहा“ झाडापखाला लागेको बेला जीवन जल पाउनु नै ठूलो कुरा छ । जे जस्तो रोग लागे पनि सिटोमोल र ब्रुफिन नै सबै रोगको उपचार गर्ने प्रमुख औषधि भनेर बस्नु परेको छ । स्वास्थ्यकर्मी भन्दा पनि धामी झार्की सर्वशुलभ भएर विरामीहरुको उपचारको पहिलो रोजाई शुक्र लागेको र शनिको दशा शान्ति स्वस्ती गराउनेमा हुन्छ । उपचार दोश्रो स्तरमा मात्र हेल्थपोष्ट र अस्पताल जानु पर्नेलाई लिईनछ ।
भट्टराईज्यू तपाई जानु भएको दिनमा त भान्छामा तपाईसंगै गएका सहयोगीहरुले मिठै कुराहरु पकाएर खुवाए होला । जहा“ चामलको अनुहार हेर्न दशैं तिहार कुर्नु पर्दछ वा कुनै दाताको दिन कुर्नु पर्दछ । गर्न सके दैनिक ज्यालादारी नसके जंगली कन्दमुल र अन्यको भरमा बस्नु परेका छन् । जसको प्रभाव बालवालिकादेखि बृद्ध बृद्धासम्म सबैलाई परेको छ । तपाईले त्यहा आफ्नो तिर्खा मेटाउन मिनरल वाटर खानु भयो होला तर खोलाको तरिमा रहेको कुवा कुलेसोको धमिलो पानी नै त्यहाका स्थानीयवासीहरुको प्यास मेटाउने श्रोत हो । त्यसमा हुन सक्ने किटानु र त्यसले पार्न सक्ने प्रभावको बारेमा न तिनलाई हिजो थाहा थियो न आज थाहा छ ।
भट्टराईज्यूले एक रात बिताउनु भयो, अध्ययनशील र विवेशिल मानिस भएका हुनाले उहा“ले धेरै कुरा बुझनु भयो होला । उहा“संगै जानु भएका भर्खरनै निजामति सेवाका उच्च व्यक्तित्व लिलामणी पौडेलले पनि त्यहा“को यथास्थिति राम्रोसंग बुझ्नु भयो होला । नेपालका ग्रामीण क्षेत्रमा देखिने अंधिकाशंको सामुहिक समस्या र आवश्यकताको प्रतिनिधित्व सिद्धि गाविसले गर्दछ । त्यसैको आधारमा सरकारी सेवा चुस्त दुरुस्त राख्नको लागि व्यवहारीक रणनीति बनाउनु हुन्छ होला ।
बेला बेलामा गरीने भ्रमण दुई चार जना गरीव गुरुवाहरुलाई बांडिने लत्ता कपडाहरुले समस्याको दिर्घकालिन समाधान गर्न सक्दैन । एक हुल मानिस जम्मा गरेर पत्र पत्रिकाको मुख्य समाचार बनाएर मात्र हुंदैन । स्थानीयस्तरमा पुगेर याथास्थिति बुझि सकेपछि त्यहा“ देखिएका समस्याहरुको निराकरणकोलागि आवश्यक कदम चालिनु पर्दछ । भ्रमणमा देखिएका सरकारी कमि कमजोरीमा सुधारको लागि प्रयास गरिनु पर्दछ । यदि त्यसो भएन भने यो भ्रमण ट्रेक्टर एडभेन्चरकोलागि मात्र सिमित हुन सक्दछ ।
सुधिर भद्र
२०६९ भाद्र ३ गते
Sunday, August 5, 2012
पार्वतीको भट्टी
दिनहरु सुसाउदै गएपछि, पार्वतीको आगन बाक्लिदै जान्छ । दिउसै छोडाएर राखिएको अदुवा लसुन अनि त्यसमाथि खोर्सानीको मिश्रण मासुका बिभिन्न परिकारको लागि तयार भई सकेको छ । छेउमा ग्यासमा मम पकाउनकोलागि पानि तताउने काम पनि शुरु भईसकेको छ । ग्यास चुलोको अर्को पटी मुखमा महिनौ देखि नमाझेर राखेको ताप्केको पिधमा हिजोको भुटुनको केहि थोपाहरु बा“की छ । बाक्लिदै गएको आगनमा मोटरसाईकलहरु अटाई नअटाई हुन थालेपछि टेबल पनि भरिदै गयो । पार्वतीका नियमित उपभोक्ताहरुकोे सा“झ छिप्पिदै गएपछि जिब्रो फपराउन शुरु हुन्छ । जहा“ भएपनि केहि समय ढिलो चा“डो गरी पार्वतीका टेबल सम्हालन आईपुग्छन ।
टेबल नं. १
खाली पेट थियो अस्ति दुई स्टिल नेट हानेको त म झ्याप भईरा, घरमा बा फायर, भर्खरैै जुगाको रेखि बसेका युवा आफ्ना साथीहरुलाई सुनाउदै थिए । अस्ति कलेज हाफ पछी निस्केर जी मा झ्याप नी क्या रिल्याक्स भाको थियो, यो मु......लाई हिड भनेको गएन । आफ्ना पुरानाकुराहरु स्मरण गर्दै धमिलो पानी भरिएको जस्तो देखिने सिसाको गिलास उठाउ“दै थिए । उनीहरु मध्ये कै एकको मोबाईलमा फोन आयो । मोबाईल र उ स्वयंले मात्र सुन्ने स्वरमा अलि संयमित भएर फोन गर्दै थिए । पा“च मिनेटसम्मको फोन सम्वादको अन्तिम तिर मिस यु र सि युको को वर्षादसंगै फोन सम्बाद टुंगियो । यसको जीएफको फोन आको होला हैन, दीनको १० पटक सम्म फोन गर्न सक्छ के मात्र गफ गर्छौ टेबलका साथी मध्येकै एकले प्रश्न गरे । फोन उठाउने साथीले स्पष्टिकरण दिदैं भने अस्ति हामी डेट गाको त्यसको बाले देखेछ क्या ११ को हो भनेर सोधेर ¥याग गरी रा छ रे क्या । के गर्ने बाल मतलव छैन, धेरै किच किच गर्न थाल्यो भने तेललाई लिएरै जानु पर्छ यार । एउटै प्लेटमा राखिएको नास्तामा भएको चार चम्चा मध्ये एउटा चम्चाले भटमास र दुई चोक्टा सुकुटी अठाएर मुखमा हाल्दै योजना सुनाउन थाले ।
टेबल नं. २
दीदी मःम ३ प्लेट, नास्ता २ ठा“उ अनि कचिला १ राख्दीनु है, अधवैसे मानिसहरुको समुहबाट पार्वतीलाई उनको रेगुलर मेन्युबाट अर्डर आयो । उनीहरु त्यहा आउनु भन्दा अगाडी अर्कै भोजमा मान मनितो भएर आईसकेका रहेछन । उनीहरुको दैनिक रेगुलर कोटाको केहि अंश भोजमा पुरा गरिसकेको भएतापनि पार्वतीको हातको स्वादको न्याश्रो मेटाउन उनीहरु आएका रहेछन् । ये सुन्न आई डन्ट लाईक टु ड्रिक बट यु फोर्स मी क्या, एकजना जिब्रो लरबराउर्दे अरु साथीहरुलाई आरोप लगाउदै थिए । यो अफिसबाट सिधै आएको थियो खाली पेटमा दुई प्याग हानेको थियो यसलाई धेरै भए जस्तो छ । अर्कोले उसको व्यवहार प्रति टिप्पणी गर्दै सुनाए । यसलाई खाएपछि अंग्रेजीको जा“च दिन लगाउनु पर्ने बोर्ड फस्ट नै हुन्थ्यो कि क्या हो, अर्कोले कटाक्ष गरे त्यहा हा“सोको फोहरा छुट्टयो । उनीहरुले त्यहा राष्ट्रिय देखि अन्तराष्ट्रिय चिन्तन सम्म गर्न भ्याए । सबैभन्दा धेरै गालि नेताहरुलाई गरे त्यसपछि स्थानीय निकायहरु पनि उनीहरुको गालिको सिकार भए । सबै जनाको सामूहिक स्वर एउटै थियो सा‘‘ नेताहरुले देश विगारे । उनीहरु तार्किक हिसावमा सहि छन वा गलत छन त्यो आफ्नो ठांउमा छन तर आफ्नो कुण्ठा पार्वतीकाको सोमरस पान गरेपछि आक्रमक रुपमा बाहिर आएको जस्तो लागेको थियो ।
टेबल नं. ३
आईरन गरिएर कडा पारिएको क्रिज सहितको सेटो सर्ट र निलो पाईन्ट लगाएका दुई भद्र एउटा कुनामा बसेका थिए । गिलास विस्तारै दाया“ हातले उचालेर मुखमा एक चुस्की लगाएपछि हा‘आ‘ गरेर मुख विगारेर गिलास टेबलमा पुनः राखे । आजको त्यति मिठो छैन, अस्तिको स्वादिलो थियो । पुराना स्वादका पारखी जस्तो उनीहरु सोमरसको मुल्याड्ढन गर्दै थिए । सधै हाकिमको अघि पछि गरेर मात्र हुन्छ, तेसले हाकीमलाई तेल घसेर काज मिलाएर खाई राछ । मलाई कुन दिन झोक चल्छ म हाकिमसंग डाईरेक्ट कुरा गर्छु । अस्ति पनि म काठमाण्डौ जानु पर्ने थियो यसो काज मिलाई देला भनेर सोध्न गाको त तेसलाई पठायो । हाकिमको व्यवहार प्रतिको असन्तुष्टि प्रकट गर्दै थिए । अर्कोले मुन्टो हल्लाउदै मौन समर्थन दिंदै आएका थिए । बेला बेलामा उसको आफ्नो असन्तुष्टि पनि सुनाउदै थिए । उनीहरु आ—आफ्नो संगठन मार्फत हाकिमको सरुवाको लागि केन्द्रिय स्तरका नेताहरुलाई पनि फोन लगाउ“दै थिए । उताबाट पनि चा“डो भन्दा चा“डो सरुवाको व्यवस्था गरीने आस्वासन पाउदै आएका थिए । यसलाई सरुवा गर्नु पर्छ अनि अर्को आउनेलाई पहिल्यै पढाउनु पर्छ । सुर्य चुरोटको लामो सर्को तान्दै वियरको प्रचार खुईलिएको पुरानो खरानी दानीमा चोर औलाले टवाक्क ट्वाक्क खरेर चुरोटको खरानी झार्दै सुनाए ।
टेबल नं. ३
के छ पार्वति दीदी ११ आज बिल पास हुन्छ भनेको आज पनि पास भएन । तपाईको अझ दुई चार दिन ढिला हुन्छ है । धुलै धुलोले ज्याकेट टकटकाउ“दै सुनाउदै एकजना निर्माण व्यवसायी पार्वती दिदीसंग भर्खर साईट गएर आएको व्यख्या गर्दै थिए । उनीसंग भएका अरु साथीहरुलाई भन्दै थिए कस्तो चोरहरु उसै त स्टिीमेट भन्दा ३० प्रतिसत लो रेटमा काम गरेको छ, त्यसमाथि पेमेन्टको चेक लिन पहिल्यै नै उसको कमिशन चाहियो भन्छ । ओभरसियरले फोन गर्दैथ्यो, के गर्ने यीनीहरुलाई नदीए बिल पास नै हुंदैन सीसाको गिलासमा भरिएको तरल एक धुट्कोमै स्वाट्ट पारेर लामो सास लिदैं सुनाउदै थिए ।
पार्वती पालै पालौ सबै टेवलको अर्डहरु सुन्दै त्यहि अनुसार पु¥याउदै आई रहेकी थिईन । उनको हात चुलोसंगै टेबलमा राखिएको कपिमा चल्दै थियो । तेलले अलि फोहर भएको धर्के कपिमा शिशु कक्षाका विद्यार्थीको अक्षर जस्ताें अक्ष्ँरले टेवल नं. सहित हिसाव राख्दै थिए । खानपिनको कार्यक्रम सकिएपछि जाउ“ है दिदी भन्दै विदावारी माग गरी उनका नियमति ग्रहकहरु फर्कन थालेका थिए । उनी पनि हवस भन्दै आत्मियता पूर्वक अभिवादन फर्काउदै फेरी भोलीको तयारीमा जुटन थालिन ।
सुधिर भद्र
२०६९ श्रावण २०
Monday, July 30, 2012
भय रहित सिकाई
मामा आज पिन्टु भाईले पिटाई खायो !! ११ वर्षकी भान्जिले कराउदै भाईको कुरा सुनाउदै थियो । उनीहरु पढने स्कुलमा पढन र पढाउनकोलागि प्रयोग हुने एउटै तत्व थियो लठी । उनीहरु मध्ये होमवर्क नगर्ने ले पनि पाउने सजाय लठी नै थियो । गल्ति काम गरेकोले पाउने सजाय पनि लठि नै थियो । शिक्षकहरुलाई बिद्यार्थी तह लगाउने एउटै माध्यम थियो लठी ।
विद्यालयमा मासिक पैसा तिर्न जाने क्रममा शिक्षक मित्रलाई बच्चाहरुलाई देखाउने डरको बारेमा लामो मलाकुसारी हुंदा उनी कस्सिएर भन्दै थिए बच्चाहरु अलि अलि डर नदेखाए मान्दै मान्दैनन् के गर्ने । उसलाई केहि समय अगाडी एउटा गैर सरकारी संस्थाको सक्रियतामा अव देखि स्कुलमा लठीको प्रयोग नगर्ने भनेर लठी भाचेको स्मरण गराउंदा उनी अलिकति ग्लानी महशुस गर्दै स्पष्टिकरण दिदै थिए “हामीहरुलाई पनि बच्चाहरुलाई पिटन त्यत्ति मन त लाग्दैन तर तह नै लिन गाह्रो छ के गर्ने” उनले आत्मसमपर्णको शैलीमा सुनाए ।
साधारणतया हाम्रो जस्तो समाजमा जन्मेको २ वर्षदेखि बच्चाहरुले पिटाईको अनुभव गर्न पाईसकेका हुन्छन् अझ छोरी बच्चाहरुको हकमा त त्यो भन्दा पनि चाडो हुन सक्छ । हाम्रो हालसम्मको विद्यमान समाजमा पनि छोरा बच्चा भन्दा कम प्राथमिकतामा छोरी बच्चा परेको कुरालाई नकार्न सकिदैन । बच्चा रुदा, खान मन नगर्दा, धेरै चल्दा आमा वा अरु स्यहार गर्ने मानिसको झापडको स्वाद चाखि सकेको हुन्छ । त्यहि क्रमको निरन्तरता उनीहरु ठूलो हुंदासम्म पाउ“दै जान्छ । जसको निरन्तरता विद्यालयमा पनि पाउछ । राम्रोसंग पढनकोलागि शिक्षकको लठीको डर, होमवर्क गर्नकोलागि शिक्षकको कान निमठाईको डर, अरु साथीसंग नचलेर बस्नकोलागि शिक्षकको डस्टरको डर विद्यार्थीकोलागि अपरिहार्य भईसकेको हुन्छ ।
औलामा गर्न सकिने केहि परिवार बाहेक अन्य जतिसुकै शिक्षित परिवारमा पनि केटाकेटीहरुले पिटाई खाने कुराको शुरुवात आफ्नै घरबाट गरेको हुन्छ । शुरु शुरुमा उनीहरुलाई पिटाईको केहि डर लागेता पनि यसको धेरै अनुभव भएपछि यसले पनि काम गर्न छोडछ अनि बालबालिकाहरु गलत संगतको शिकारमा पर्न सक्ने सम्भावना धेरै हुन्छ । मुखले मात्र गालि गरेर बच्चाहरु तह लगाउने र मुखको भरमा नै बच्चाहरु तह लागेर बस्ने बच्चाहरु पाउन निकै गाह्रो छ ।
एक विदेशी दम्पत्तिसंगसंगै उनीहरुका ३ वर्षिय छोरी र ५ वर्षिय छोरासंग एकहप्ता संगै बस्ने मौका पाईएको थियो । एक हप्तासम्म उनका छोराछारी हाम्रै घरतिरका केटाकेटिहरु जस्ते चल्थे, दाजु बहिनी जिस्कन्थे, बहिनीले दाजुको बारेमा आमालाई कुरा लगाउथे, भुईमा खेलेर उनीहरुको लुगा फोहर भएको हुन्थ्यो । यति हु“दा हु“दै पनि उनीहरुको आमाले उनीहरुलाई कहिल्यै ठूलो स्वरमा झर्केर बोलेन । कहिल्यै एक झापट पनि पिटेन । सारै गल्ति ग¥र्यो भने उसले विस्तारै नजिक गएर जस्ले गल्ति गरेको हो उसलाई सरी भन्न लगाउथ्यो । उस्ले सरी नभनेसम्म त्यहि कुरा दोह¥याउथ्यो । बच्चाहरु पनि आमाले धेरै टक भने पछि शिर निहु¥याएर बिस्तारै सरी भन्थ्यो । त्यसकोलागि उनलाई कहिल्यै ठूलो स्वरमा बोल्नु परेन र कहिल्यै बच्चाहरुलाई पिटनु परेन ।
हाम्रा बच्चाहरुले आमाको पेटबाट बाहिर निस्केको केहि समय देखिनै ठूलो स्वरमा आमाको आज्ञा सुन्नु परि सकेको हुन्छ । बच्चाहरुलाई गालि गर्नु पर्ने कारण पत्ता लगाउनु भन्दा पहिल्यै बच्चालाई डर देखाएर उनीहरुलाई चुप लगाउनु हाम्रँे नियति नै भईसकेको छ ।
विदेश तिर पढाईको शुरुवात गर्दा पनि उनीहरुको आफ्नो रुची र देखेर चिनेर पढाउने शैलीको विकास विकसित देशहरुमा देखिन्छ । उनीहरुलाई वज्ञानिक ढंगबाट अंक र अक्षरको बारेमा ज्ञान दिएपछि मात्र सैद्धान्तिक हिसावले पढाईन्छ । यसको केहि शुरुवात हामीकहा पनि शुरुवात भईसकेको छ । किनर गार्डेन र इसीडी मार्फत विद्यालयहरुमा यो शैली शुरुवात गरीएको छ ।
विद्यालयहरुले बाल मनोविज्ञानलाई आधार मानेर शिक्ष्ाँ दिनकोलागि किरन गार्डेन र इसीडीको शुरुवात गरेपनि हाम्रो समाजका बालबालिकाहरुका अंधिकाश घरमा नराम्रो काम गर्नु हुंदैन भन्ने ज्ञान भन्दा पनि नराम्रो काम गरे पिटाई खाईन्छ भन्ने मनमस्तिष्कमा परेको छ । त्यसको शुरुवात बालबालिहरुलाई पढाउने शिक्ष्ँक र विद्यालयमा भय रहित सिकाईको विगुल फुक्नु भन्दा पहिला बालबालिकाको घर परिवारमा नै पुगी भय रहित सिकाईको परामर्श गर्नु पर्ने आवश्यकता देखिएको छ ।
सुधिर भद्र
२०६९ श्रावण ९ गते
Tuesday, June 12, 2012
ल्वाप्पा ख्वाईगो संविधान सभाले !!
तेजबहादुर थिगं, उत्तरी मकवानपुरको विकट आग्रा चौवासका पुराना बासिन्दा हुन । हेटौडा वर्षको ५,६ पटक उनको ओहरदोहर हुन्छ । गाविस नजिकै उनको घर भएकोले उनलाई गाविसको योजना, अनुगमन, मुल्याड्डकन, दलिय संयन्त्र, परीषद आदि धेरै कुराको ज्ञान पनि छ । उनै तेजबहादुरसंग एक दिन गाविस सचिवको निम्तोमा नाम चलेको होटलमा नास्ता खाने मौका पाईएको थियो । टायल लगाएको होटलको भूईमा उनको डाडा“बासको चिसो माटो टासेको चप्पल चिप्लन खोज्दै थियो । उनी संयमित भएर पाईला चाल्दै थिए ।
टेबलमा बसियो, नास्ताको अर्डर भो, गर्मीलाई तत्काल कम गर्नकोलागि लस्सी खाने सल्लाह भो । केहि समय पछि आएको लस्सी गर्मीले मातेको जिउलाई शान्त गराउन सबैले हतार हतार आफूतिर तानेर खान थाले । तेजबहादुर दाई अल्मलिए, शिशाको गिलामा सेतो झोल देखे पछि गा“उमा सिल्भरको कचौरमा हालेर पिएको छयाड्डको उनलाई याद आयो । कसरी खाने भनेर सोच्दै मात्र थिए उनकै गा“उका एक चल्ता पुर्जा चन्द्रबहादुर दाईले तामाड्ड भाषामा “पाईपसे सोलगो”पाईपले तानेर खानु पर्ने कुरा सम्झाई दिएपछि उनको लस्सीपान शुरुभयो ।
नास्ताले पेट उकासीदै गएपछि राजनैतिक गफ शुरु हुन थाल्यो । संविधान सभाको विषय अहिले हट केक भएकोले तेजबहादुर दाईको यस विषयमा विचार बुझ्न मन लागेर सोधे “दाई तपाईलाई संविधान सभा भनेको के थाहा छ ? उनले टाउको हल्लाए । अनि एक छिन चुप लागेर बसे पछि अलि कड्किएर उत्तर दिए “ल्वाप्पा ख्वाईगो संविधान सभाले के गर्नु संविधान सभाको बारेमा जानेर” यहि संविधान सभाकोलागि भनेर गा“उमा १२÷१२ वर्षसम्म हामीले कति दुःख सहेर बस्यो त्यो कुरा हामीलाई थाहा छ । अव त अलिकति राम्रो होला भन्यो फेरी उही चाल छ नेताहरुको खै के गर्ने उनको निराशापन संगै निधारबाट पसिना पनि छुट्दै थियो ।
संविधान सभाले तेजबाहादुर दाईलाई मात्र ल्वाप्पा ख्वाको होईन समस्त नेपालको हित चहाने नेपालीहरुलाई ल्वाप्पा ख्वाएको छ । सर्वसाधरण नेपालीले जेठ १४ पछि को नेपालको कल्पना अर्कै गरेका थिए । उद्यँेगी व्यवसायीहरु लगानीका नया“ योजनाहरु कार्यान्वयन गर्न आतुर थिए । विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न पाईला उठाउ“दै थिए । बन्द र हडताल सदाकोलागि बन्द हुने आशहरु त्यसै त्यसै गर्भमा नै तुहिएर गए ।
धरै नेपालीहरुका धेरै आशाहरु ६०१ जना सभासदहरुको जिम्मामा पठाएका थिए । उनीहरुले केहि न केहि ल्याउने आशमा थिए । तर विचरा सभासदहरु उनीहरु आफै आफ्नै दलका ठूला नेताहरुको बन्धनमा परे । उनीहरुले चाहेर नचाहेर केहि गर्न सकेनन । खाली माथिल्लो निकाएले गरेको निर्णयको साक्षी बस्नु बाहेक उनीहरुको केहि काम भएन् । दुईचार वर्ष स्थानीय स्तरको प्रमुख अतिथि र अतिथि भएर भाषण ठोक्ने काम मात्र भयो । कोहि कोहि गलत धन्धामा लागेर आर्थिक लाभ गर्न तर्फ व्यस्त भए । कोहि महिनाको ४० हजार पारीश्रमिकमा रमाउनमा नै व्यस्त हुन थाले । कोहि समिति र उपसमितिमा झगडा गर्नमा नै व्यस्त हुन थाले । कोही आफ्नो आसेपासेलाई राम्रो ठा“उमा जागिर खुवाउन र आर्थिक लाभ वाडनमा नै व्यस्त हुन थाले ।
दुईचार वर्षको शहर वसाईपछि अव उनीहरुलाई गा“उ फर्कनु परेको छ । फेरी नया“ आशाहरु बाड्नु परेको छ । फेरी आसेपासेहरुको झुण्ड जम्मा गरेर देश दर्शनको चर्चा गर्नु परेको छ । के गर्नु अव फेरी चुनाव आउदैछ नि, चुनाव नै राजनीतिज्ञहरुको ठूलो परीक्षा हो । देश दर्शन, साम, दाम, दण्ड जे प्रयोग गरेर भए पनि चुनाव त जित्नै पर्छ । फेरी धेरै आशा बोकेका जमातहरु फेला पार्नु छ ।उनीहरुको आशालाई प्रतिवद्धता व्यक्त गर्दै सदासयता प्राप्त गर्नुछ । जेगरी जसरी भएपनि आम नेपाली जनताको चाहना संविधान सभाबाट बन्ने संविधान चाडो भन्दा चाडो नेपाली जनताको हातमा आओस, फेरी फेरी पनि संविधान सभाले ल्वाप्पा नखुवाओस ।
सुधिर भद्र
२०६९ जेठ २९ गते
Subscribe to:
Posts (Atom)