दाया पाखुरामा बडेमानको गितारको चित्र कुदिएको थियो । बाया हात हत्केला देखि कुहिनोसम्म अजिगंरको चित्रले छोपिएको थियो । उमेरमा व्यायाम गरेर बनाएको हस्ट पुस्ट शिरर दुव्लाएको थियो । उति बेला बनाएका बाईसेप्स र ट्राईसेप्सका केहि अवसेशहरु मात्र बा“की थिए । बजारको एक कुनामा राखिएको ग्यास स्टोभमा चिया भकभकिदै थियो । चाईनिज एप्पल ब्राण्डको मोबाईलमा अंग्रजी हेभी मेटलको रिड्डटोन बजेर बेला बेलामा चियाको अर्डर आईरहेको थियो । चियाको स्वादमा फरफराएको जिब्रोलाई सान्तवना दिन पुराना मित्रले गरेको अनुरोधलाई सहर्ष स्वीकार गरी त्यस पसलमा चिया खान आईपुगेका थियौ ।
बाग्मती प्लास्टिकका दुईवटा ठूला बाल्टिनमा घरको कुनामा रहेको सानो धाराबाट पानी थापेर ल्याउनु उनको पहिलो काम रहेछ । नजिकै रहेको किराना पसलबाट दैनिक २० प्याकेट दुघ ल्याउनु उनको दाश्रो महत्वपूर्ण कार्य रहेको थाहा पाईयो । उनको ट्याटु मोह देखेर मेरो मनमा लागेको जिज्ञाशा मेटन प्रश्न तेर्साउने निधो गरे । भाई त उमेरमा निकै हिरो थियौ कि क्या हो ? अलिकति लाज मान्दै , अलिकति प्रफल्लित हु“दै अनि अलिकति क्रँेधित हु“दै म तिर हेरेर मुसुक्क मुस्काउदै उत्तर दिए । उमेरमा त के के गरियो के के गरियो नि दाजु । तेसैको त परिणाम भोग्दै छु नि
अहिले ।
लाग्थ्यो उनी आफ्नो विगत सुनाउन निकै आतुर थिए । साथी भाई निकै बनाईयो । निकै रमाईलो गरियो । चटपटेवाला देखि दुनोटबालासम्म निकै चुटियो । तर अहिले सबै बेकार लाग्दैछ । सुर्ती च्यापिएको ओठबाट पिच्च थुक फाल्दै आफ्नो बेकारी सुनाउ“दै थिए । दुई तीन ठाउमा छेडिएको कान मध्ये अहिले एउटामा सानो चा“दीको मुन्द्रा अल्झिरहेको थियो ।
उनको विगतमा अझ घोतलिन मन लागेर मैले उसका अध्ययनको बारेमा कुरा कोट्टयाउन थालेको थिए । उनले तीन कक्षासम्म अफू फस्र्ट व्याई भएको कुरा निकै गर्वका साथ सुनाए । तीन कक्ष्ाँ पछि घर भन्दा अलि टाढा स्कुल जानु पर्ने भएकोले साथीको संगतले पढाई भन्दा अन्यत्र तिर मन बरालिन थाल्यो रे उनको । बिस्तारै बिस्तारै उनको पढाईको स्टयामिना घटदै गएर नौ कक्ष्ाँमा दुईपटक फेलभए पछि अध्ययन जीवनमा फुल स्टप लाग्यो रे । चुरोट खान शुरु गरे पछि सारोमा ढुंगा र गिलो मा दिशाा बाहेक सबै कुरा खाएको छन रे उनले ।
उनको विगतको तमक झमकबाट चिया पसलेको जीवनमा कसरी परिवर्तन आयो होला भन्ने मलाई जान्न मन लाग्यो । बिस्तारै कुरा फुस्काउनको लागि मैले अर्को प्रश्न राखे । यो पसल खोल्नु भएको कति भयो भाई । चार वर्ष, एकै स्वासमा उत्तर दिए । दिउसोको समयमा पसलमा ग्राहकको चाप कम भएकोले उनी कुच्चिएको शिखर चुरोटको डव्बा खल्तिबाट निकाली चुरोट सल्काएर आकाश तिर धुवा उडाउ“न थाले । मैले प्रतिप्रश्न गरे भाडा कति तिर्नु हुन्छ त ? दुई हजार, भाडा तिर्न र दुई छाक भात खान मात्र यो पसल ठिक छ दाजु । १६ वर्षमा नै माया प्रेममा परियो । आउ“दा जादा“ सधै देखिने लामा थरकी केटीसंग मुटु साटियो । ६ महिनासम्म लास्ट डेटिड्ड गईयो नि दाजू । त्यसपछि त बिहे गर्ने शुर कसियो अनि अहिले त एउटा छोरा पनि छ ।
छोरा जन्मे पछि चिया पसल खोलियो । नत्र कहा“ मेरो मन अरुले खाएको जुठो गिलास माझन मान्थ्यो र । छोरा जन्मेको ६ महिनामा ठूलो विरामी प¥यो । उपचारको खर्चको लागि खल्तिमा सुको थिएन । मेरो घर पनि बलियो थिएन पैसा जम्मा गरेर राख्न । छरछिमेकसंग सापटि माग्नकोलागि मेरा छवि पनि राम्रो थिएन । बहुत गाह्रोसंग मैले त्यस दिन रकम जम्मा गरेर डाक्टर लाई देखाए नी दाजु अलि भावुक भएर सुनाए । त्यस पछि देखि अव त केहि गर्नु प¥र्यो भनेर शुरुमा ठेलामा चिया बेच्न शुरु गरे । विस्तारै यो एउटा सानो कोठा लिएको छु । अहिलेसम्म जेनतेन चल्दैछ ।
एकदिन मसंगै पढने साथी साहुजी चिया दिनुस त भन्दै आईपुगे, मलाई निकै लाज लागेको थियो । तर के गर्ने मेरो बाच्ने आधार नै चिया बेच्नु भएकोले मैले मनलाई बाधेर उनलाई चियो पु¥याए । मेरो आ“खा र उनको आ“खा एक छिन
जुध्यो ।उसको आ“खाले मेरो आ“खालाई तैले अहिले चिया बेच्ने भईस भन्यो, मेरो आ“खाले के गर्ने साथी उमेरमा तिमीहरु जस्तो पढन सकिएन बाच्नको लागि नराम्रो काम गर्नु भन्दा आफ्नै काम गरेर चिया बेचेर खानु नै बेस भन्ने लागेर यो काम गरेको भनेर उत्तर दियो । उनले तितो तर यथार्थपरक स्मरण सुनाए ।
काम भनेको आफ्नै गर्नु पर्छ । कुनै पनि काम सानो ठूलो हु“दैन । हरेश खान हु“ुदैन राम्रै हुन्छ । उनको विगतको तितो यथार्थलाई स्मरण गर्दै मैले सान्तवना स्वरुप केहि शव्द उसलाई सुनाए । उनको दिमागमा युवा अवस्थामा रहेका विचारहरु सायद अहिले परिवर्तन भईसकेका होला । उमेरमा देखाएको रवाफ सव बेकार हो भन्ने भान उनालाई भैसकेको होला । त्यति नभएको भए उनले ठेलाको चियाको शुरुवात अवस्य पनि गदैन थिए होला ।
उनको हातमा खोपिएको ट्याटु र कानमा लगाईएको मुन्द्राले उनको विगत राम्रै संग झल्काईरहेको थियो । फिटिड्ड टाईट भेस्ट, कपालमा चिल्लो तेल, कालो चश्मा , ड्याम बुट लगाएर हिडने ठिटो अहिले चियाको जुठो गिलास बोक्दै हिड्नु परेको छ । अलिहे पनि उनको हातमा खोपिएका ट्याटु विद्यमान छ । अध्ययनमा फुलस्टप नलगाएर उनका साथीहरुसंगै केही तन्काएको भए सायद उनले चियाको थाल बोकेर पसल पसल चाहर्नु पर्दैन थियो होला । दुई कप चियाको तीस रुपैया २० को एउटा नोट र १० को एउटा नोट दिदै उनको ट्याटु खोपेको हातले कहिलेसम्म चिया बोक्नु पर्ने हो भन्ने कुरामा म सोचमा परे ।
सुधिर भद्र
२०६९ फागुन २९ गते
No comments:
Post a Comment