Hi there, Namaste and warm welcome to my blog. I would like to collect my feelings, experience, some & the emotional ups and downs I face. If you have any comment, feedback or suggestions, I would be more than happy to listen and improve my blog. Stay tuned and keep in touch Sudhir Bhadra
Saturday, December 1, 2012
पचहर्वा रिभिजिटेड
“पाईलागु मालिक, हमर खेतमे पानी नलगली खेतो पुरा बाझ है”, आगनभरी बसेका गाउलेहरु मध्येबाट एकजनाले मरो हजुबुवालाई सुनाए । पुरानो काठको मेचमा उपरखुट्टी लगई, बुढी औला र चोरी औलाको बीच भागबाट बिडी तानेर मेरो हजुरबुवा समस्या सुनी रहनु भएको थियो । सफा सोतो धोती, सेतो कुर्ता अनि स्टकोटमा सजिएका हजुरबुवा “महिन्दर ऐ महिन्दर ऐने आ, ओ बैलके वाहर लकर बाध न” भन्दै हाम्रो मामाघरको गाई बस्तु हेर्ने मानिसलाई पनि काम लगाउन भ्याई रहनु भएको थियो । २० वर्ष अधिको मेरो मस्तिष्कमा यी धभिला स्मरणहरु अझै पनि खेलिरहन्छन ।
२०४६ सालको जनआन्दोलनमा ६ जना सहिद भएको धनुषा जिल्लाको यदुकुहा गाविससंगै जोडीएको मेरो मामाघर पचहर्वा गाविसमा अव ति धमिला स्मरणहरु केवल ईतिहासका पाना मात्र भईसकेछन् । युवा उमेरमा नै काठमाण्डौबाट जग्गा जमिन सम्हाल्न पचहर्वा आईपुग्नु भएका हजुरवुवालाई तराईको रमाईलो नै प्यारो लागेर स्थायी रुपमा नै गा“उमा बस्न थाल्नु भएको थियो । तराईको गाउ“मा चल्ता फुर्ता काठमाण्डौ बाट आएको युवकको शान नै छुट्टै थियो उनको । सायद त्यहि भएर होला उनले पञ्चायत कालाम लामो समयसम्म पचहर्वा गाविसको प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए ।
पचहर्वाका उतीवेलाका ति दिनहरुमा उनी राजर्षी सानका साथ बसेका थिए । उतीबेला उनको बोलीले नै कानूनको काम गथ्र्यो । गा“उमा समस्या आई प¥र्यो भने त्यसको समाधान प्रधानजी अर्थात मेरो हजुरबुवाका हुन्थ्यो । गाउ“लेहरुमा बादविवाद आएमा त्यसको न्याय निसाफ छुट्टयाउने काम प्रधानजी अर्थात काजीबावुले नै गर्थे । त्यो सबैलाई स्वीकार्य पनि हुन्थ्यो । सयौ विघा जमिनको हेरचाह गर्न दुई दर्जन भन्दा बढी जन अर्थात कामदारहरु थिए । भैसीको शुद्ध दुघ विहानको नास्तासंग पाईन्थ्यो । ध्यूका ठूला ठूला डब्बा हुन्थे, माटोको भाडोमा दही दलिनमा झुण्डाईएको हुन्थ्यो ।
प्रधानजीको पहिलो सन्तानको विहे अर्थात मेरी आमाको विहे भव्य रुपमा भएको थियो रे । भीमफेदीमा जन्मेका मेरो वुवा र पचहर्वामा जन्मेकी मेरी आमाको लगन जुरेको थियो । उतीवेला गा“उ हिडेर जानु पर्ने भएकोले हजुरवुवाले दुलाहकोलागि हात्तिको व्यवस्था गरी दिनु भएको थियो जसको प्रमाणको रुपमा पुरना फोटोहरु अझ पनि विद्यमान छ । प्रधानजीको पहिलो नाती भएकै कारणले होला मैले मामाघर जा“दा कहिल्यै पनि हिड्नु परेन । म सधै महिन्दरको काधमा बसेर मामाघर पुग्थे ।
एक किसिमको प्राकृतिक सुन्दरता गा“उमा थियो । बासको चोयामा माटोले छापेर बनाईएका घरहरुको बीचमा पक्कि घर एउटा प्रधानजी अर्थात हाम्रो मामाघर थियो । हाते कल सार्वजनिक ठा“उहरुमा राखिएको थियो । केहि स्थानहरुमा ईनार पनि थियो । हाम्रो मामाघरमा चाहि आगनमा नै हाते कल राखिएको थियो । मान्छेको नाम उनको आफ्नो जन्मस्थानसैगै जोडेर बोलाउने तराईको पुरानो प्रचलनको कारण बीर्ता वाली, खजुरी वाली, गिदाहा वाला जस्ता नामले यहा“का गाउ“लेहरुलाई उपनामले बोलाईन्थ्यो ।
२०४६ सालको जनआन्दोल पश्चात आएको मुलुकमा आएको परिवर्तनले हाम्रो मामाघरमा पनि असर गर्न थालेछ । सोझा साझा गाउ“लेहरुको बीचमा सोषक र सामन्तिको परिभाषाको गलत व्याख्या गर्न थालिएछ । प्रधानजी माथि आ“खा जुधाएर बोल्न नसक्नेहरु औला ठडाएर कुरा गर्न थालेछन् । काम नगरे दैनिक हातमुख जोर्न गाह्रो हुनेहरु काम गर्दा सोषित भएको सम्झन थालेछन् । विस्तारै मामाघरमा काम गर्ने जमातमा कमि आउन थाल्योे । तर जतिसुकै हक अधिकारको कुरा गरेपनि काम नगरी माम नपाईइने तितो यथार्थ सवैले बुझन थाले । आफू अन्य काम गर्न सक्षम नभएपछि पुनः खेतको काम गर्ने प¥र्यो । विस्तारै सोषकको र सामिन्तको गलत परिभाषा लगाउन कुचेष्टा गर्नेहरु आफै असफल हुन थाले ।
अहिले हजुरवुवा बितिसक्नु भयो । गाउ“को सम्पूर्ण जिम्मेवारी हजुरआमाले हेरी रहनु भएको छ । मामा जागीरे भएका कारण गा“उमा त्यति बस्न पाउुन हुन्न । वंशाणुगत गुण भएर होला उहा“लाई पनि राजनैतिक सचेतना छ । आफ्नो रिटायर्ड लाईफ गाउ“मा नै बिताउने उह“ाको योजना छ । खोल लगाएर कोठाको भित्तामा राखिएको पुरानो गितार र ब्रसुली सैलीमा खिचिएको पुराना श्याम स्वेत फोटोले उनले आफने उमेरमा प्रधानजीका छोराले गरेका सौखहरु प्रतिविम्वित गर्दथ्यो ।
गा“उमा मधेश आन्दोलन ताका सेलाएको सम्बन्ध अहिले फेरीएको छ । अहिले गाउ“का अधिकाशं युवाहरु विदेशिएका छन् । गाईबस्तुको हेरचाह र खेती किसानीकाम गर्नकोलागि जनशक्तिको अभाव भई सकेको छ । माटाका घरहरु विस्तारै पिल्लर हालिएर पक्कि हुदैछन् । साईकल चढने कुरा नै ठुलो भएको गा“उमा अहिले घरै पच्छिे मोटरसाईकल देखिन थालेको छ । पहिले कछाड र लुड्डीमा देखिने मानिसहरु अहिले ब्राण्डेड विदेशी कपडामा देखिन्छन । विदेशी रेमिटेन्सको प्रभाव स्पष्ट भेटिन थालेकोे छ । विदेशीएकाहरुले धेरै पैसा पठाएर होला गा“उमा भैसी पाल्ने चलन हराउन थालेछ । पहिले शुद्ध दुध फालाफाल हुने ठा“उमा दुधवाला चिया खान आधा धण्टा पर दुध लिन जानु पर्ने भएछ ।
अध्ययनको कमि, दक्ष सीपको कमि भएका गाउलेहरु पूर्णरुपमा निर्माण कम्पनिमा काम गर्ने अदक्ष कामदारको रुपमा अरव, कतार पुगेका छन् । कोहि त दुःख पाएर फर्कि पनि सकेका छन् । हाम्रो घरमा बेला बेलामा मामाघरको कोसेली ल्याउने काम गर्ने शिवजीका तिन छोरा पनि विदेशमा रहिछन् । “हमर एगो बेटा साउदी, एगो कतार या एगो मलेसिया मे है । यी छोट्का कै पोता है” भन्दै काखमा भएको सानो नाती देखाउदै, आफ्नो विदेशिएका छोराहरुको बारेमा सुनाउदै थिए । अहिले गाउ“मा प्रष्ट रुपमा देखिएको परिवर्तन भन्नु पर्दा उतीवेला युवा देखिएका अहिले सबै बुढा देखिन थालेछन् । अनि सबैको घरमा एउटा वा दुईटा नाता नातिनी भै सकेछन् ।धेरै परिश्रम पनि पौष्टिक तत्व युक्त खानाको अभावले होला यहा“का पुराना पुराना मानिसहरुको अल्प आयुमा नै मृत्यु भै सकेछ । बा“की भएकाहरुमा पनि बिभिन्न किसिमका रोगहरु देखिन थालेछ । यहा“ पनि शहर तिर जस्तो ब्लड प्रेसर र सुगर सामान्य हुन थालेछ । उतीबेलाका पानी खाने ईनारहरु पुरीन थालेछन ।
गाउ“मा गरिएको उल्लेख्य विकासको रुपमा विद्युतको सुविधा र यातायातको सुविधालाई देखिन्छ । टुकि बत्ति र लालटिनको शाहरामा बस्नु पर्ने गा“उ अहिले झिलमिले भएको छ । यद्यपि अहिले पनि विद्युत आउने जाने समयको कुनै टुंगो छैन । पहिले जनकपुर जयनगर चल्ने रेल चढेर मामाघर जानु पर्ने वाध्यता थियो । परवाहा, महिनाथपुर वा वैदही स्टेशनमा ओर्लेपछ तीन या चारघण्टा हिडेपछि पचहर्वा पुगिन्थ्यो । अहिले त्यो वाध्यता हटेको छ । जनकुपुरबाट यदुकुहासम्म दैनिक पा“च छ वटा बस चल्दो रहिछ । बाटोको अवस्था हेर्दा वर्षायाममा गाडी चल्न सक्ने सम्भावना अलि कम देखिन्छ ।
पछिल्लो जनआन्दोलन पश्चात राजनैतिक चेतनाको विकास भएर होला गाविमा छुट्टाईएको बजेटबाट केहि सामान्य विकासका कार्यहरु भएको देखिन थालेको छ । गाविस स्तरीय राजनैतिक चलखेल पनि देखिन थालेछ ।
सुधिर भद्र
२०६९ मंसीर ११ गते
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment