Hi there, Namaste and warm welcome to my blog. I would like to collect my feelings, experience, some & the emotional ups and downs I face. If you have any comment, feedback or suggestions, I would be more than happy to listen and improve my blog. Stay tuned and keep in touch Sudhir Bhadra
Thursday, November 22, 2012
हातलाग्यो शुन्य
भर्खरै रंगाएका राईकहरुको ईनामेलको गन्ध कोठामा फैलिएको थियो । दशैको रौनकसंग पछि खोलिएको दोकानमा जाडोको पहिलो घामको प्रकाशहरु अगाडीको शिसामा टल्कदै थिए । पहिल जस्तो विहानै देखि देखिने भिडभाड अहिले सेलाएको छ । विहानदेखि एक्लै, दुक्लै र परिवार सहित देखिन ग्राहकहरुको भिडभाड विस्तारै ओरालो लाग्दै थियो । तिहारको रड्डीचड्डी सामानहरु विस्तारै विस्तारै निस्कन थालेको छ ।
व्यवसायी हुने जोस चलेर जीवनमा पहिलो पटक दशै अगाडी किनिएको फेन्सी दोकानका सर सामानहरु मसंग अझ राम्ररी परिचित भैसकेका छैन्न । कुन सामान कहा“ छ भन्ने मेसो मैले रामरी पाउन सकेको छैन । दैनिक पा“चसय तिरेर रंगाईएका सो केश र राईकहरु झलल बलेका छन् । महिनाभरीको तलव थाप्दा आउने पैसा दशैको अगाडी एकै दिनको व्यापारमा आएको दैख्दा मन निकै फुरुड्ड भाको थियो । माहाबौद्ध, असन, इन्द्रचोक, रञ्जना गल्ली र केहि सपिड्ड कम्पेल्क्सहरु धेरै पटक घुमियो तर यसपटक दशै अगाडीको घुमाई बेग्लै थियो । पसलको सामान किन्न आफूलाई उधारो नपत्याउने डरले पुराना चिनजानको पसलेलाई लगिएको थियो । नया“ व्यवसायीलाई उधारो दिने हो कि नदिने भन्ने डर मनमा थियो । त्यसमाथि धेरै सामान किनियो भने दशैमा बिक्छ कि बिक्दैन भन्ने डरले पनि पोलिरहेको रहेको थियो ।
सामान रोजी छानी गरेपछि मोटो रकमको बिल हातमा लिदै फर्किईयो । सामान बेच्दा आउने नाफा र त्यसको बाडफाडमा यात्रा बितेको पत्तै भएन । दुई चार दिन पछि सामान आईपुग्यो । नया“ कपडाको बास्नाले कार्टुन मगमगिएको थियो । सामान झिक्दै मिलाउदै रात अलि छिप्पि सकेको थियो । नया“ नया“ जोसको कारण मिडियम, लार्ज, एक्सट्रा लार्ज र अन्य नाप अनुसारको लुगाको थान मिलाउन निकै रमाईलो भईरहेको थियो । भर्खर भर्खर चलाउन सिकिएको बिक्रि मुल्य टास्ने मेसिनमा बिल अनुसारको रकमा आफूले घटाउन मिल्ने कोड हाली टास्ने काम पनि संगसगै भईरहेको थियो ।
आफ्नो पसल अगाडीबाट हिडेका मानिसहरु सबै मेरै पसलमा आउने भन्ने कामना मनमा लागि रहेको थियो । त्यसै भएर होला बाटोमा हिडेका मानिसहरुलाई मेरो मुखबाट स्वत स्फूर्त निस्केको मुस्कानले आमन्त्रण गरिरहेको थियो । सायद यहि भएर होला सामान भरिभराउ भएपछि खोलिएको दोकानमा विहान सबैरै देखि ग्राहकहरु आउने क्रम शुरु भएको थियो । प्लास्टिकको मानवआकृतिमा पनि नया“ लुगा लगाईएको थियो । राईकका माथि ह्याड्डर झुण्डाउन बनाईएका अंकुशेशहरुमा पनि नया“ नया“ डिजाईनका सर्टहरु झुण्डाईएको थियो । पसल नै नया“ कपडाको बास्नाले भरिभराउ भएको थियो । पसलमा आउने मानिस समान नकिनि नफर्किउन भन्ने चाहना मनमा थियो । उमेर अलि खाई सकेको भएपनि नक्कली तन्नेरी पन देखाई युवाहरुको मन जित्ने असफल प्रयास म गर्दै थिए ।
दिनभरीको व्यापार राम्रै भएको थियो । पा“चवटा शुन्यको हाराहारीमा व्यापार गरिएको थियो । दुई चार दिनसम्म पैसा आफू संग राख्दा निकै रामाईलो अनुभव भाथ्यो । त्यसैबाट बिस्तारै मेरो सामान्य खर्च पनि चलिरहेको थियो । घरतिरको झिना मसिना खर्च पनि त्यसैले धानी रह्यो । आफूलाई पनि दशैमा गतिलो सर्ट र पाईन्ट लाउने ईच्छा, त्यसमाथि नया“ पसलको नलगाउने त कुरै भएन । त्यसको खर्चको हिसाव पनि पसलमा नै गाभियो त्यसबाहेक सानो छोराको पनि ईच्छा पुरा गर्ने प¥यो । त्यसको खर्च पनि पसले नै पुर्ति गर्नु प¥यो । चा“डवाडको अन्य खर्चको पनि हिसाव त्यसैमा जोडिने भयो ।
टिकाटालो सकिएपछि फेरी पसल खोल्ने कामले निरन्तरता पाउन लाग्यो । विहानको ठेलाको चिया संगसैगै पसलकोलागि नै किनिएको सिटिजन क्यालकुलेटरमा हिसाव राख्ने कामले निरन्तरता पाउन थाल्यो । तिर्नु पर्ने र लिनुपर्ने पैसाहरुको लिस्ट पुराना पत्रिकाको लेख्न मिल्ने ठा“उ भउको छेउतिर उतार्न थाले । तिर्नु पर्ने रकमले लिनु पर्ने रकमलाई नराम्रोसंग पछाडी पारी सकेको रहेछ । अव दिमागमा त्यो समिकरण कसरी मिलाउने भनेर खेल्न थाल्यो । काठमाण्डौका साहुहरुसंग गरिएको पहिलो चोटीको कारोबारको व्यवहार कसरी मिलाउने भन्ने तर्फ मन डुल्न थाल्यो ।
अहिलेसम्म बिक्रिबाट जम्मा भएको रकम हेर्दा बैंकमा लामो समयसम्म सुस्ताएको खाता निकै माथि गएको थियो । बैंकको कम्पूटरको किबोर्डमा धेरै महिना अघि नथिचिएको मेरो एकाउन्ट नम्बरहर बारम्बर थिचिन थालिएका थिए । म पनि बैंकको नियमित ग्राहक भएकोमा मनमा एक किसिमका सुशुप्त घमण्ड थियो । म सधै बैंकमा जांदा आउ“दा मलाई अरुले हेरेका छन कि छैनन् भनेर नजर यताउता घुमाएर मात्र मोटरसाईकलमा बस्दथे । अव मलाई जममा गरेको रकम बैंकमा पु¥याउन हैन तिर्न पर्ने रकम कसरी ल्याने भने चिन्ताले सताउन थालको छ ।
जीवनमा व्यापार पहिलो पटक गरे, धेरै मानिससंग पहिलोपटक धेरै राम्रोसंग बोले, सबैसंग उनीहरु हास्नु भन्दा पहिले आफै हासेर सत्कार गरे, तपाई भन्दा अझ सम्मान गरेर हजुर भनेर बोल्न थाले । सधै अरुलाई यो देखाउनुस त्यो देखाउनुस भन्ने बानी परेको भएतापनि अरुले अह्राएको काम आज्ञाकारी युवकले जसरी गर्न थाले । छोटो समयमा पनि धेरै रकम पनि संकलन गरे तर अन्तमा कारोबार धेरै गरे पनि मेरो हात लाग्यो शुन्य । मैले तीन चार पटक क्यालकुलेटरमा धेरै पटक हिसाव गरे रिचेक पनि गरे । तर लिनु पर्ने भन्दा तिर्नु पर्ने निकै अगाडी देखे पछि म आफै सोचमा छु के गर्ने । फेरी तिहारमा एउटा अर्को लगानीकर्ता खोज्ने हो कि भन्ने बारेमा सोचमा छु ।
सुधिर भद्र
२०६९ कार्तिक १७ गते
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment