Sunday, November 1, 2020

मेरो बुवा अल्कोहोलिक होईन (बुबाको १३ औंदिनको पुण्य तिथीमा)


 दुई साता अघि श्वास प्रस्वासको समस्या भए पछि हेटौडा अस्पतालमा बुवालाई लिएर गएका थियौ । एक्सरेमा निमोनिया अलि गहिरीएको देखिएपछि हेटौडा अस्पताका चिकित्सकहरुले आईसीयू भएको अस्पतामा लान सुझाव दिए । सामान्य गाह्रो भएर आएको बिरामीलाई अन्यत्र रिफर गरेर जांच्न जानु पर्छ भनेर हामीले सोचेका पनि थिएनौ । जानै पर्ने भएपछि तत्काल एम्बुलेन्स् बन्दोबस्त गरेर भरतपुर पुग्यौ । भरतपुरको ठूलो अस्पताल पुग्दा त्यस्तै किसिमका समस्या लिएर आएका धेरै विरामीहरु थुर्पै थिए । बालबालिका, युवा युवति देखि बृद्धबृद्धासम्म सबै श्वास प्रश्वासको समस्याले ल्याईएका थिए । 

हाम्रो विरामीको बारेमा केहि समय पछि सोधि खोजी भयो । स्वास प्रश्वास्को समम्या भन्ने बित्तिकै पहिला उहां“हरुले कोरोनाको शंका गर्नु भयो । फेमीली हिस्ट्री लिनु भयो । कोरोना जा“च गरेर किन नआएको भन्ने विषयमा त्यहा“का ड्युटी ईन्चार्जले लामो भाषण दिन थाल्नु भयो ।  अनि बिरामीको हिस्ट् सोध्न थाल्नु भयो । रक्सि चुरोट लिनु हुन्छ भनेर थाहा पाएपछि, रोगको सबै कारण रक्सि चुरोट ने ह्ँे भन्ने निचोड सुनाईयो । विहानै देखि रक्सि चुरोटको मातमा मात्तिने मानिसको जस्तो व्यवहार देखाईयो । त्यहि सूचना सहकर्मी र जुनियर स्टाफहरुलाई पनि दिईयो । मैले जीवनमा अहिलेसम्म मेरोबुवा रक्सिले सधै मात्तिएर घर आएको देखेको छुईन । एकपल्ट राती घर आंउदा मात्तिएर आएदा म भर्खर एसएलसी पास गर्दाको समय विहानै म संग माफ माग्नु भएको थियो । सानै देखि दुःखमा हुर्केको हुनाले उहालाई दैनिक रुपमा खान पिनको बानी बसको होला । अहिलको सडक विभाग तत्कालिन आरटीओमा जागीर खादा देखि अहिलेको सडक विभागको नायव सुब्बाको जिम्मेवारी सम्हालदै रिटाएर हुंदासम्म साथीभाई संग जम्ने बानी परेको होला । हो मेरो बुवा ले रक्सि सधै खानु हुन्थ्यो उहा“को कोटा कोकको २ सया ५० एमएलको बोतलको एक बोतल थियो तर उहा“ कहिले मात्तिनु भएको थिएन । सधै नियन्त्रित नै हुनु हुन्थ्यो ।

कोरोनाको रिर्पोट नेगेटिभ आई सके पछि पनि निमोनियाको समस्याको प्रमुख दोष दिएर विरामीको मनोवल खस्काउनु भन्दा मनोवल उच्च राखेर उपचार प्रक्रियामा ध्यान दिने शैलीको अभाव मैले चिकित्सकको पहिलो दोश्रँे सम्वादमा नै ख्याल गरेको थिए । अहिले कोरोनाको बिरामीको चापको कारण स्वास प्रश्वासका बढि उमेरका बिरामीहरु त्यस माथि रक्सि चुरोट खाने बिरामी भने पछि उनीहरु बिरामीको उपचार भन्दा अव बिरामीको समय आयो गाह्रो छ बचाउन भन्ने सुचना प्रवाह गर्न व्यस्त देखिन्थे । त्यो बिरानो शहरमा मेरो बुवालाई एउटा अल्कोहोलिक पेसेन्टको चिनारी दिलाउन सबै व्यस्त थिए । चिकित्सकको पहिलतो दायीत्व भनेको उनको रोगको पहिचान गरी उपचारमा लाग्नु हो । सधै रक्सिले मातेर हल्लेर बस्ने यदि उपचार गर्न आए भने पनि पहिलो उनको उपचारमा लाग्नु पर्छ ।

भीमफेदीको ११ सालको बाढी पिडितहरुलाई हेटौडामा जग्गा मुआव्जा दिए पछि हजुरबुवाको परिवार बुवा सहित अहिले को वन विज्ञान अध्यन संस्थानमा बसेको थियो । त्यहा पनि क्याम्पसले जग्गा अधिग्रहण गरेपछि हेटौडा वडा नं. ९ मा हाम्रो बसाई सरेको थियो । हजुरबुवा भीमफेदीमा राणाहरु आउंदा जांदा उनीहरुंग बाक्लो संगद परेको हुनाले सामाजिक कार्य गर्न अलि क्रियाशिल हुनु हुन्थ्यो । उहाको सक्रियतामा बनेको पानी खाने जरुवाको धारा अहिले सम्म छ  । जसको पछिल्ला क्रममा उदय थापाको सक्रियतामा मन्दिरको पुरनरनिर्माण र राजेन्द्र भट्राईको सक्रियतामो बिभिन्न भौतिक पूर्वाधाहरु निर्माण भएका छन । हजुरबुवाको सिको गर्दै बुवा पनि हालको भुट्नदेवी माध्यामिक बिद्यालय तत्कालिन हिमालय रात्री स्कुलमा अध्ययन गर्दै सामाकिज कार्य तथा आरटीओमा पनि जागीर शुरु गर्न थाल्नु भयो ।

२०२० साल तिर होला पशुपतिनगरका सक्रिय बासिन्दाहरुको सहयोगमो हालको प्रगति उच्च माध्यामिक विद्यालय प्रगति स्कुलको नाममा स्थापना गर्न बुवा पनि सहभागी हुनु भएको थियो । खानेपानी उपभोक्ता समिति मार्फत खानेपानीको व्यवस्थागर्न गठित समितिमा बसेर कार्य गर्नु भएका,  नेपाल रेडक्रश सोसाईटी उपशाखा ८ र ९ स्थापना गर्न पनि सक्रिय रुपमा सहभागी हुनु भएको थियो । पछिल्लो क्रममा नेपाल भाषा खलः को उपाध्यक्ष र काबा अध्यक्षको जिम्मेवारी  र सीतु बचत तथा ऋण सहकारी संस्थको सदस्य समेतको जिम्मेवारी सम्हाल्नु भएको थियो । 

सडक विभागको जागिरको क्रममा थुप्रै समय पालुगं बस्न भएको थियो । त्यस समयमा आदरणीय तुलसी थापा त्यहिको विद्यँलयमा अध्यापन गराउन हुन्थ्यो सायद उहा“कै संगतको प्रभावले होला नारायण मिलनको साहित्यिक उपनामले कोरीएका कविताहरु अहिले पनि पुरानो डायरीमा भेटिन्छ । आदरणीय स्व.भीम विरागज्यूले निकाल्ने पत्रिकामा पनि बुवाको सहयकार्य थियो क्यारे ।

जागिरकै क्रममा जनकपुर मुजेलियामा हामीले पनि प्राथमिक कक्ष्ाँ त्यहि अध्ययन गरेका थियौ । २०४२÷०४३ सालतिर होला सायद हामीले सुब्बा सावको छोरा छोरीकै हैसियतले राम्रो सुख सुविधा भोगेका थियौ । कहिले कहि सडक विभागको पुरानो रसियन जिपमा हामी हेटौडा जनकपुरसम्म गथ्र्यौ  । २०४९ सालमा ३० वर्षिय सेवा अवधिको कारण रिर्टायर हुन भएपछि छोरा छोरीहरुको उच्च शिक्षाको जिम्मेवारी बहन गर्न अलि गाह्रँे भएको थियो । समय अनुसार व्यवस्थित हुदै गयो । आईरन गरेर क्रिज मिलाएको सर्ट पाईन्ट, लाईनिड गरि मिलाईएको कपाल, कालो चश्मा, खल्तिमा डायरी र काईयो उहा“को ट्रेडमार्क थियो । आफ्नो छोरा छोरीको सानो भन्दासानो सफलता पनि सुनाउन निकै हातारिनु हुन्थ्यो । चोकमा बसेर उमेर ७५ भए पनि सधै आफूलाई युवा सम्झेर चोकमा चुरोट तानेर गफ गरी बस्ने उहा“को सौख थियो ।

अस्पतालमा दैनिक हजारौ बिरामीहरु आउछन मेरो बुवा पनि उहा“हरुले हेर्ने हजारौ बिरामी मध्ये एक थियो होला । उहा“हरुको सामुन्ने एउटा शिष्ट विद्यार्थी जस्ते मैले शिष्ट रुपमा म प्रस्तुत भई रहेको थिए । दैनिक ६ हजार तिरेर आईसीयूमा उपचार गरी रहेका म र मेरा बुवासंग बोल्न ६ सकेण्ड पनि उहा“हरुसंग समय थिएन । मैले शिष्ट रुपमा राखेका प्रश्नको उत्तर दिन पनि उहा“को शिष्टतामा खडेरी परेको थियो । सुब्वा सावको सौखमा बसेका मेरो बा लाई चिकित्सकको व्यवहार मन परेको थिएन । मेडिकल कलेज भएको हुनाले मेरो बुवा लगायत अन्य विरामी उहा“हरुकोलागि विरामी मात्र नभएर एउटा केश थियो जुन केशमा मेडिकल अफिसरहरु प्रयाक्टिकल गरि रहेका थिए । उनीहरुको सोचमा एउटा कमि थियो त्यहा लाईएका बिरामी उसको परिवारकोलागि हजारौमा मात्र होईन करोडौमा एक हो ।

अस्पतालको एक साताको उपचार पछि बुवाको स्वास्थ्यमा सुधार आए पछि हामी खुशी मनाउदै घर फर्केका थियौ । एक सातासम्म हामी हाम्रो परिवार हासि खुशी बसेको थियो । अस्पतालबाट फर्केको एकसाता पछि हामीलाइै धेरै माया गर्नु हुने, सत्कर्ममा प्रेरित गर्नु हुने,सधै अनुशासनमा बस्न सिकाउन हुने, हाम्रँे सानो भन्दा सानो प्रगति सबैलाई सुनाउन हातारिनु हुने, हामीलाई सधै स् साना बालबालिकाहरुलाई जस्तो केयर गरी रहुन हुने हाम्रो बा यस पटक को विजय दशमीमा सधै जसो विहानै चिटिक्क परेर हाम्रो सफलताको कामान गरी टिका लगाएर धेरै आशिष दिन हुन भौतिक रुप्मा हामी माझ हुनु हुन्न तर हाम्रो वरपरका प्रत्येक बस्तुमा बा को स्मृति ताजा छ, बा र हामी संगै छौ ।


सुधिर भद्र

२०७७।७।२१


Wednesday, September 16, 2020

एक कर्मवीरको बर्हिगमन

आफ्नो कममा ध्यान दिने, अर्काको चियो चर्चोमा समय खेर नफाल्ने, अफ्नो पुरा समय आफू कार्यरर्त संस्थालाई दिने कर्मवीरहरु अचेल थोरै पाईन्छ । केहि समय अघि एउटा संस्थामा त्यस्तै कर्मवीरलाई नजिकबाट नियाल्ने मौका मिलेको थियो । उनी साधारण थिए । थोरै बोल्ने, आफ्नो क्षेत्रको सीपमा पोख्त थिए । उनको क्षेत्रमा नेपालमा अगाडी आउने नामहरुमा उनको पनि आउथ्यो । तर उनमा अलि कति पनि अहमको क्षणक थिएन । उनको नेतृत्वमा उनले सम्हालेको संस्थाको कायापलट भएको सबैले अनुभव गरेका थिए । सर्वसाधारणले विश्वास गर्न छाडेको संस्थामा विश्वासको मुना देखिन थालेको थियो  । यस्तै विग्रे भत्केको सम्हाल्न उनलाई जिम्मेवारी दिएर ल्याईएको थियो । भविष्यमा अझ ठूलो जिम्मेवारी दिने पनि अनौपचारीक छलफल भएका थिए । उनले आफ्नो अनुभव साटनलाई पुन एकपटक यसै क्षेत्रमा सेवा गर्ने अठोट लिए । छोटो समयमा उनका सुधारहरु धेरै प्रष्टरुपमा देखिने भएका थिए । यीनै कर्मवीर यस क्षेत्रमा उनको विषय बस्तुसंग समबन्धित विकासको लागि साचेर राखेका आफ्ना सबै ईच्छा, आकांक्षा र अठोटहरुलाई छोडेर यहा“बाट बर्हिगमन भएका छन् ।


संस्थमा भएका वेथितिहरुलाई सुधार गर्न खोज्दा कहिले सहकर्मीहरुको साथ पाए, कहिले उनी एक्लै भए । तर पनि उनको दृढ ईच्छा शक्तिको कारण उनी एक्लो भए पनि कहिल्यै पछाडी फर्केनन । सायद उनको कमजोरी यहि थियो होला, जसले गर्दा उनले समय समयमा आफ्ना सहकर्मीहरुको विश्वास पनि गुमाउनु परेको थियो ।  पुरानो उखान नै छ एक्लो बृहस्पती झुटो सायद उनी त्यही एक्लो बृहस्पतीमा परे होला । कार्यालय समय व्यवस्थापन, कार्यशैलीको सुधार, अन्य व्यवस्थापन लगायत सेवाग्रहीले पाउने सुविधामा के कसरी सुधार गर्न सकिन्छ भन्ने बारेमा सधै तल्लिन थिए । संस्थाको कार्य चुस्त दुरुस्त राख्न राय सुझावको लागि आफू भन्दा माथिका देखि आफू भन्दा तलका अन्य संघसंस्थाहरुमा छलफल गरी रहन्थे ।

आफूले  जानको र बुझेको कुरा जे हो त्यहि स्पष्ट राख्थे । संस्थागत हितकोलागि उनले आफ्नै सहकर्मीहरुलाई पनि कारवाहीको शुरुवात गरेर संस्थामा दण्डहीनताको समय समाप्त भएको आभाष दिन खोजेका थिए । उनको यो कदमबाट जसले संस्थागत कमि कमजोरीहरु गरी रहेका थिए उनीहरु सतर्क भएका थिए । दण्डहीनतामा नै अभ्यस्त हाम्रो समाजलाई यस्तो संस्कार पचेन, स्थानीय स्तर देखि राष्ट्रिय स्तर सम्मको दवाव आउन थाल्यो । सम्पूर्ण सेवाग्रहीले खुशी मानेको उनको कदममा उनकै संस्थाबाट सहयोग भएन । उनी एक्लै भए तल लडिरहे सायद उनको यहि कमजोरी थियो ।

संस्थामा भई रहेको निर्माण कार्यमा आफनो घरमा भन्दा बढि समय दिएर नियली रहेका थिए । अन्य कार्यालयमा जस्तो निर्माण कम्पनिले दिने अतिरिक्त रकम संस्थाको कोही कर्मचारीहरुलाई नदिनु त्यसको सट्टा संस्थामा नै गर्नु पर्ने भौतिक पूर्वाधार निर्माणमा सौजन्य गरी दिनु भन्ने उनको स्पष्ट भनाई थियो । निर्माण कम्पनिहरुले आफ्नो राजी खुशीले संस्थाको खर्च बिना नै केही पूर्वाधारहरु निर्माण गरिएका थिए । लामो समयदेखि अतिरिक्त लाभ लिई रहेकाहरुलाई यो कदम केहि साथीहरुलाई मन परेको थिएन होला । जनु संरचनामा काम हुने गरेको थियो त्यसको चेन ब्रेक भयो ।  यसमा पनि उनी एक्लै भए पनि लडि रहे सायद यो पनि उनको कमचजोरी थियो ।

कुनै एक कुरारको जिम्मेवारी पाए पछि जति सक्दो चा“डो काम सक्काउने उनको बानि थियो । एक दिनमा नै काठमाण्डौ पुगेर काम गरेर फर्कन पनि पछि परेका थिएनन् । एउटा सानो कामलाई हप्ता दिनको जाते आते खर्च बनाएर संस्थाबाट खर्च असुल्ने हरुलाई उहा“को यो काम पाच्य भएन । महिना भरी काम गरे बापत आउने तलव भन्दा बेला बेलामा दुई चार दिन बाहिर गएर आउ“दा बढी खर्च लिई रहेकाहरुलाई यसरी द्रुत रुपमा गरिएको कार्य स्वीकार्य भएन । सायद यो पनि उनको एउटा कमजोरी थियो होला ।

समाजमा सजिलै घुलमिल नहुन, आफ्ना सकहर्मीहरुसंग समय टिममा बाधेर बस्नु नसक्नु, ज्यू हजुर गरेर धेरै फरमल भएर बोल्न नसक्नु, स्थानिय देखि राष्ट्रिय स्तरसम्मका नेताहरुका बिभिन्न् माध्यमबाट पहु“च बनाएर राख्न नसक्नु, उनका व्यक्तिगत कमजोरीहरु थिए । संस्थागत हितकोलागि उनको मनमा लागे पछि गरी छाड्ने उनको हठी स्वभाव थियो । कारबाही फुकुवा वा कम बारवाही गर्नकोलागि बिभिन्न माध्यमबाट आएको अनुरोध तथ निर्देशनलाई उनले कार्यरत संस्थागत विकासकोलागि ठाडो अस्वीकार गर्ने गरेकका थिए । संस्थागत विकास हुनु भनेकै सेवा ग्रहीले पाउने सेवामा सुदृढिकरण हो । उनले कति पय स्थानमा संस्थागत विकासकोलागि लिएका निर्णयहरु राजनैतिक नेतृत्व र सिमित व्यक्तिहरुको समूहलाई सहज भएन । भविष्यमा ठूलो जिम्मेवारी दिईने भनिएको स्थानमा पनि उनको बिकल्प खोज्न लागियो । 

आफ्नो घरबार, अवसर सबै कुरा त्यागेर यस क्षेत्रमा पछाडी परेको सेवाको विकास गर्छु भनेर आएका एक कर्मविरको बहिर्गमन भएको छ । हामीले परिवर्तनको आभास गरेको स्थानमा फेरी पनि उहि पुरानै संस्कार र संस्कृतिको विकास हुने सम्भावना धेरै बढी छ । आशा गरौ फेरी नेतृत्व लिन आउने उनी जस्तै कर्मवीर होउन, व्यक्तिगत हित भन्दा संस्थागत हितमा धेरै ध्यान दिउन ।


सुधिर भद्र

२०७७ भाद्र ३० गते

sudhirshrestha.htd@gmial.com


Friday, September 4, 2020

जात्रामा दायित्व बिर्सिएपछि

 



14Shares
facebook sharing button Share
twitter sharing button Tweet
email sharing button Email

एउटा वर्दिवाल प्रहरी मोटरसाईकल लिएर भीडमा आईपुग्छ । भीडले उसलाई लडाउँछ, उ माथि मुक्का प्रहार गर्छ । उ ज्यान जोगाउन प्रयास गर्न खोज्छ । भिडले फेरी तान्छ । सयौंको सङ्ख्यामा उपस्थित भीडको लगातार प्रहार छल्न उ मोटरसाईकल छोडेर दौडन्छ । केहि समयपछि थप प्रहरी आई पुग्छ र उसको उपचार गर्न अस्पताल लगिन्छ । यो घटना सुन्दा कुनै चलचित्रका लागि रचिएको काल्पनिक दृश्यको एउटा अंश जस्तो लाग्छ । कसैले कल्पना पनि गर्न नसकेका यस्तो घटना बिहीबार ललितपुरमा देखियो । मच्छिन्द्रनाथको रथ निकाल्ने विषयमा भएको झडपको क्रममा जम्मा भएका भीडले आफ्नो कर्तव्य निर्वाह गरेर फर्केर आएका प्रहरी माथि गरिएको आक्रमण अत्यन्त निन्दनीय छ । यसको जति भत्सर्ना गरे पनि कम हुन्छ ।

सुधीर भद्र

रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्पर राजा नरेन्द्रदेवको पालादेखि चलेको मानिन्छ । गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई मानिन्छ । गोरखानाथ नेपालको भ्रमणमा आएका बेला उपत्यकावासीहरुले उनलाई राम्रो व्यवहार नगरेका कारण उनले उपत्यकामा वर्षा नहुने बनाई दिएका थिए । उपत्यकावासीहरुलाई वर्षा नभएर निकै समस्या परेकोले राजालाई गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई बोलाई सम्झाउन अनुरोध गर्न गए । मच्छिन्द्रनाथले गोरखनाथलाई सम्झाएपछि उपत्यकामा फेरी वर्षा भयो । सबै उपत्यकावासीहरुमा हर्ष छायो । त्यहिबेलादेखि यो रथ निकाल्ने परम्परा चल्न थालेको मानिन्छ । अन्तिम दिन भोटो देखाएपछि यो जात्राको समापन हुन्छ ।

नेपाललाई चिनाउने पुरानो संस्कृति मध्येका एक रातो मच्छिन्द्रनाथको जात्रा पनि हो । नेपालको प्राचिन संस्कृतिको संरक्षण र सम्बद्र्धनमा नेवारी समुदायको भूमिका अत्यन्त महत्वपूर्ण छ । वर्तमान समय र अवस्थाको कारण यो रथ तान्ने कार्यक्रम पटक–पटक रोकिएको थिएन । रथ तान्ने परम्पराले अवश्य पनि निरन्तरता पाउनु पर्दछ । यसलाई अहिले नै निरन्तरता दिने हो वा स्थिति सहज भए पश्चात गर्ने भन्ने विषयमा बृहत छलफल आवश्यक छ । यो जात्राले ललितपुरवासीहरु मात्र होईन, नेवार जातिमात्र होईन यो सम्पूर्ण नेपालीहरुको जात्राको रुपमा प्रतिनिधित्व गर्दछ ।

ललितपुर उपमहानगरपालिकाका प्रमुख चिनकाजी महर्जन नेवारी समुदायकै छन् । नेवारी समुदायका धेरै हस्तीहरु ललितपुरमा छन्, संस्कृतिविद् सत्यमोहन जोशीदेखि नेवारी कला र संस्कृतिमा धेरै दख्खल राख्ने व्यक्तिहरु छन् । स्थानीय प्रशासन यदि रथ निकाल्न नमिल्ने भन्ने निर्णयमा प्रतिवद्ध थियो भने एक पटक यस्ता संस्कृतिका व्यक्तित्वहरुसँग छलफल गर्नु पर्दथ्यो । सायद सत्यमोहन जोशीले ललितपुरवासीसँग एकपटक हामी रथ निकाल्ने सवालमा धैर्य गरौं भनिदिनुभएको भए कसैले हतारो गर्दैन थिए होला । जसको कारण आज (बिहीबार) को दुर्घटना हुँदैन थियो होला । प्रमुख जिल्ला अधिकारीले केहि समन्वय त अवश्य पनि गर्नु भएको होला तर उहाँले कहाँ समन्वय गरेर यस्तो निर्णय लिनु भएको हो त्यो स्पष्ट भएन । रथ निकाल्नै नमिल्ने निर्णय भएको हो भने प्रष्टसँग सम्बन्धित गुठियारहरुलाई यसको सन्देश पुर्‍याउनु पथ्र्यो । यदि स्पष्ट जनकारी सबैलाई अग्रिम रुपमा पुर्‍याइएको भए राज्यको एक जिम्मेवार निकायको आदेश नमान्नेलाई कानूनी कारवाहीको दायरमा ल्याउन सक्नु पथ्र्यो ।

सम्बन्धित निकायहरुको समन्वय अभावको कारण बिहीबारको घटना भयो भन्नुमा अत्युक्ति नहोला । भीडलाई भड्किन नदिन वा नियन्त्रणमा लिन नसक्नु प्रहरीतर्फको नेतृत्व पनि अलमलमा परेको देखिन्छ । जसको कारण भीड झन अराजक हुँदै गयो । सबैले आ–आफ्नो दायित्व बिर्सिँदै गए । कसैले कसैलाई नियन्त्रणमा राख्न सकेन । जसको कारण कमल घिमिरे जस्तो समान्य प्रहरी जवानले सयौं लात र मुक्का खानु पर्‍यो । उसको दोष केहि थिएन । कुपण्डोलमा सवारीको जाम व्यवस्थापन गर्दै थिए । आफ्नो जिविकोपार्जन गर्नका लागि सामान्य नेपालीले जस्तै सानोतिनो जागिर खाएका थिए । बाल बच्चाहरुको खुशीका लागि दिनभर रोडमा खटिन्थे, सामाजिक सञ्जालमा आएका भिडियो उनको बालबच्चा र घरका मान्छले हेरेर उनका बाबुलाई किन लखेटेर पिटेको भन्दा के उत्तर दिने ? तिम्रो बाबुले सवारी व्यवस्थापनमा सहयोग गरेका भनेर उपत्यकावासीले सम्मान स्वरुप लेखेटी लखेटी पिटेको भन्नु ? यस्तो रोगको सङ्क्रमण बढिरहेका बेला घर–परिवार नभनी जनताको सेवामा खटिरहेको पुरस्कार स्वरुप बीच सडकमा ईटा प्रहार गरे भीडले भन्नु ।

कर्तव्य पालनको सिलसिलामा नै राजधनी जस्तो शिक्षित, सुरक्षाको दृष्टिले चुस्त दुरुस्त ठाउँमा त प्रहरी पोशाकमा प्रहरीले यसरी कुटाई खानु पर्दछ भने अन्य सामान्य जनताको हालत के होला ? केहि सज्जनहरुले हमला रोक्ने प्रयास नगरेका होईनन् तर अराजक र दायित्व बिर्सिएका भीडले उनीहको कुरा सुनेनन् । यस किसिमको घटना अलि अगाडि पनि सामाजिक सञ्जालमा आएको थियो । त्यसको के कति कारवाही भयो थाहा भएन । प्रहरीहरु पनि सबै सही हुन्छन् भन्ने छैन । सबैको कारवाही गर्ने आफ्नो निकाय छ । भीड र हुल हुज्जतले कारवाही गर्दै जाने हो भने भोलिको अवस्था झन डरलाग्दो हुन्छ । संंस्कृति हामी सबैको हो, हामी सबै मिलेर संरक्ष्ँण गर्नु पर्दछ तर संस्कृतिको संरक्षण गर्ने नाममा यदि कतै कसैले अमानवीय कार्यलाई प्रश्रय दिइरहेको छ भने त्यस्तो कार्यलाई तत्काल रोकिनु पर्दछ ।

Sudhirshrestha.htd@gmail.com

Published in https://samriddhasamaj.com

कोरोनामा मकवानपुर


मकवानपुर जिल्लामा कोरोनाको संक्रमण तिब्ररुपमा बढि रहको सन्दर्भमा सम्बन्धित निकायहरुले आअफ्नो क्षेत्रबाट गरिरहनु भएको कार्य संह्रायनिय छ । आफ्नो घर परिवार छोडेर आफ्नो दायित्य निर्वाह गर्नु लागि पर्नु भएको छ । रोगको प्रकोप बढेसंगै कामहरु पनि बढन गएको छ, मानिसहरुको असन्तुष्टि पनि बढन गएको छ , शत प्रतिशतत सन्तुष्ट बनाउन अवश्य पनि सकिदैन  यो साश्वत सत्य हो । हामीले गरेको धेरै राम्रा कामहरु सतहमा नै हराउछन नराम्रा एउटा काम सतह भन्दा धेरै माथि आएर राम्रा कामहरु सबै ओझेलमा पार्छन । यस्तो बेला कोरोनाको क्ष्ँेत्रमा दिलो ज्यान दिएर लागिरहुन भएकाहरुलाई लाग्न सक्छ यसरी मरी मेटेर काम गर्दा पनि हामीले सबैको गाली सुन्नु पर्दछ भने किन मरी मेटर गर्नु । जिल्लावासीहरु तपाईहरुको दायित्यव भएकोले बढी भन्दा बढीलाई सन्तुष्टि बनाएर आफ्बाट भएका गल्तिहरुलाई कहा“ कसरी कम गर्न सकिन्छ भनेर कार्य गर्दा अझ राम्रो हुन्छ होला  

सर्वप्रथम पीसीआर परीक्षणको दायरा र परीणाम चा“डो भन्दा चा“डो निकाल्नु पर्ने अपरिहार्यता देखिएको छ । जिल्लामा समुदाय स्तरमा रोगको संक्रमण फैलिन थालको अवस्था छ । परीक्षणको दायरा नबढाईकन हामीले संक्रमित संख्या पत्ता लगाउन सक्दैनौ । देखिएका संक्रमित मात्रको गनणा गर्यौ भने नया“ संक्रmमित फेरी फेरी थपिन सक्छन । कम्तिमा एक घर एकजनाको परीक्षण गर्दा जिल्लामा विद्यमान रागीको पहिचान गरी उचित व्यवस्थापन गर्न सजिलो हुन्छ । यस पछि बाहिर जिल्लाबाट मकवानपुर आवत जावत पूर्णरुपमा कडा गर्नु पर्दछ । अहिले पनि बिभिन्न स्वास्थ्य संस्थाको कार्ड, औपाधि उपकरण, दुध तरकारी र अन्य खाद्य पदार्थ सप्लाईको नामाम चोरी छिपी अन्य सर्वसाधरणको पनि आवत जावत भई रहेको देखिन्छ । यस किसिमको अवत जावतलाई सम्बन्धित संघ संस्थाको काममा गएको हो होईन पत्ता लगाई सजिलै किसिमले गर्ने गरेको आवत जावतलाई तुरुन्त बन्द गर्नु पर्दछ । 


पीसीआर परीक्ष्ँणको परीणाम चा“डो ननिस्किदा संक्रमितले अरु धेरै संक्रमणको संख्या बढाउन सक्ने देखिन्छ । परीणाम चा“डो निकाल्नको लागि उपकरण खरिद गर्नु पर्ने भए हाल स्थानिय निकायहरुले छुट्टाएको बाटो घोटो, मठ मन्दिर भवन निर्माण जस्ता विकाश खर्च रकम सबै कट्टा गरी उपकरण खरीद गर्न लागि पर्दा राम्रो हुन्छ होला । हाल एक सातादेखि दुई सातासम्म लागिरहेको समयलाई घटाएर  बढीमा २ दिनमा परिणमा निकाल्ने व्यवस्था गरौ, यसो गर्दा रोगीको पहिचान चाडो भई अन्यमा संक्रमण फैलाउन सक्ने सम्भावना कम हुन्छ ।


रोगीको पहिचान भई सके पछि कोही संक्रमित भए के गर्ने र कसो गर्ने भन्ने विषयमा स्पष्ट जानकारीको अभाव देखिन्छ । कन्ट्याक्ट ट्रेसिगंकोलागि सम्बन्धित बडा स्वास्थ्य ईकाईहरुले काम गरी रहेको छ यसलाई अझ प्रभावकारी बनाउ“दा राम्रो होला । होम आईसोलेसन बस्दा के गर्ने के नगर्ने,  दुई साता भएपछि के गर्ने र आफ्नो स्वास्थयको अन्य नियमित परीक्षण कसले कसरी गर्छ भन्ने कुरामा अन्यौल रहेको अवस्था देखिन्छ । त्यसको लागि भोलिन्टीयर संघसंस्थाहरुकोलागि निश्चित जिम्मेवारी दिएर कार्य गराएर सबैलाई सूचनाको प्रवाह गर्न सकिन्छ होला । 


हाल परीक्षणको रिर्पोटहरु बिभिन्न माध्यमहरुबाट आउन थालेको छ, कुनै बेला हस्त लिखित, कुनै बेला आईसोलेशन सेन्टरकै पत्रमा हस्ताक्षर नभएको लिस्ट बाहिर आएको देखिन्छ । आधिकारीक व्यक्तिको जनकारी विना सूचनाहरु बाहिर आएको जस्तो देखिन्छ । विरामीको संख्या र कोरोना संक्रमणको बारेमा जानकारी गराउन एकद्धार प्रणाली लागु गरे राम्रो हुन्छ होला । यसबाट बाहिर जनमानसमा सहि सूचना मात्र बाहिर आउने र अनावश्यक रुपमा त्रशित हुने वातावरण हुदैन । केहि अगाडी एउटा बैंकको १ जना संक्रमित भएकोमा बाहिर ९ जनाको समाचार आएको थियो  भने एउटा अस्पतालको १ जना कर्मचारी हुनु पर्नेमा २ जना स्वास्थ्यकर्मी संक्रमित भएको समाचारहरु बाहिर आएको थियो । समाचार प्रसारण गर्ने निकायले पनि सम्बन्धित कार्यालयहरुसंग समन्वय गरेर समाचार प्रकाशन गर्दा सहि सूचनाको प्रवाह हुन्थ्यो होला ।  विगतमा नगर उपप्रमुखबाट जनकारी दिने प्रयास शुरु भएको पनि थियो हाल यसको निरन्तरता दिन पाए अझ बेस हुन्थ्यो होला ।

कर्रामा आईशोलेन हु“दा सायद थोरै विरामीहरु थिए जसले गर्दा व्यवस्थापन गर्न सजिलो भएको थियो । गौरीटार जाने बित्तिकै बिभिन्न किसिमका समस्याहरु देखा परे । समस्याहरु खासै ठूलो जस्तो लाग्दैन अलिकति व्यवस्थापनकोलागि भएको असमझदारी मात्र होलो । यदि खाना नै ढिलो भएको भएपनि स्पष्ट रुपमा बिरामीहरुलाई भनि दिएको भए सायद विरामीहरुले यहिले परीस्थिति बुझेर त्यसलाई ठूलो बनाउदैन थिए होला । अर्को सामान्य सम्बोधनमा भएको  विषय आएको छ । मन मिलेको बेला जत्रो ठूलो कुरा भने पनि केहि लाग्दैन जव मन मिल्दैन सानो सानो कुराहरु पनि ठूलो हुन जान्छ । यसमा विरामीको र कर्मचारी दुवैको बोल्ने शैलीले नकारात्मक प्रभाव पारेको हुन सक्छ । कर्मचाीहरु तनावमा थिए होला, तनावलाई उचित व्यवस्थापन गर्न सके यस किसिमको दुर्घटना निम्तिदैन थिए होला । कर्मचारीहरुको लागि सबै विरामीलाई एउटै जानकारी दिएको जास्तो लाग्छ तर विरामी जस्ले जिज्ञाशा राख्दछ उसले सम्बन्धित कर्मचारीहरुस“ग धेरै अपेक्षा गरेको हुन्छ । यो कुरालाई आईशोलेशनमा बस्ने कर्मचारीहरुले ध्यान पु¥र्याई दिनु भए धेरै राम्रो हुने थियो होला । 

सबै जना एक जुट होउ सबैले आ—आफ्नो क्ष्ँेत्रबाट रोग विरुद्ध लडनकोलागि एकयवद्धता जाहेर गरौ । सबैले सबै क्ष्ँेत्रबाट सकारात्मक सोच एवम् चिन्तन ग¥यौ भने अवश्य पनि हामीले कम क्ष्ँत्तिमा यो रोग विरुद्ध विजय हासिल गर्न सक्छौ ।


सुधिर भद्र

२०७७ भाद्र १३ गते

sudhirshrestha.htd@gmail.com


Wednesday, February 5, 2020

विम्ब र प्रतिविम्ब

न बुटा कुदेर राम्रो बनाउन सक्छौ ।
न धोएर सफा बनाउन सक्छौ ।।
जे छौ त्यही देखिन्छौ ।
जे छैनौ त्यो देखिन्दैनौ ।।
यो विम्ब र प्रतिविम्बको सम्बन्ध हो ।

न ढाकेर छोप्न सक्छौ ।
न पगालेर गाल्न सक्छौ ।।
जे छौ त्यही देखिन्छौ ।
जे छैनौ त्यो देखिन्दैनौ ।।
यो विम्ब र प्रतिविम्बको सम्बन्ध हो ।

न पखालेर लागेको दाग हटाउन सक्छौ ।
न उखालेर गडेको बचन झिक्न सक्छौ ।।
जे छौ त्यही देखिन्छौ ।
जे छैनौ त्यो देखिन्दैनौ ।।
यो विम्ब र प्रतिविम्बको सम्बन्ध हो ।

न छलेर लगाएको मोहनी दरो हुन्छ ।
न ढाटेर बसालेको प्रित कसिलो हुन्छ ।।
जे छौ त्यही देखिन्छौ ।
जे छैनौ त्यो देखिन्दैनौ ।।
यो विम्ब र प्रतिविम्बको सम्बन्ध हो

सुधिर भद्र
२०७६ माघ २२ गते
sudhirhtd@yahoo.co.uk

Thursday, January 30, 2020

अब उठ्नै पर्ने भो ।

अरुको कुरा सुन्ने मात्र होईन
सबैलाई कुरा सुनाउनै पर्ने भो ।
अब उठनै पर्ने भो
भारी बोक्नै पर्ने भो ।

अरुले गरेको हेर्ने मात्र होईन
आफै हात चलाउनै पर्ने भो
अब उठनै पर्ने भो
भारी बोक्नै पर्ने भो ।

तिमले बाजी मा¥र्यो मात्र भन्ने होईन
आफैले पनि जुवा खेल्नु पर्ने भो
अब उठनै पर्ने भो
भारी बाक्नै पर्ने भो

आफ्नो ठानेर सुझाव दिने मात्र होईन
कुरा नसुन्नेलाई त्यतिकै छोड्नु पर्ने भो
अब उठनै पर्ने भो
भारी बाक्नै पर्ने भो



सुधिर भद्र
२०७६ माघ १६ गते
sudhirhtd@yahoo.co.uk

सिंघे भ्लोनलाई अग्रीम श्रद्धाञ्जली

हेटौडा उपमहानगरपालिका २७ नं वडा बासामाडी शेरशेर का १४ वर्षिय वालक सिंघे भ्लोन चार महिनादेखि टाउको दुख्ने व्यथाले थलिएका छन् । उनी परिवारको नवौं सन्तान मध्येको माहिला छोरा हुन, उनी पछिका तीन सन्तान छन् । बसामाडीबाट ४ घण्टा उकालो लागेपछि उनको गा“उ पुगिन्छ । १० वर्षको उमेरमा काठमाण्डौमा गलैचा बुन्न पुगेका सिंघे शरिर थलिएपछि गा“उ फर्केका हुन । उनको टाउको एकदम दुख्ने, दुखाई सहन नसकेर घोप्टो परेर आमाको काखामा रोएर बस्ने उनको दैनिकी छ । दुखेको बेला बान्ता पनि आउने गर्छ । टा“उको दुख्ने व्यथाले धेरै च्यापेपछि बसामाडीका उनको नातापर्ने एक जना दिदीलेले आ“खा अस्पतालमा उपचारको लागि ल्याएका थिए । आ“खामा कुनै समस्या नदेखिएपछि उनलाई सीटि स्क्यान गर्नु पर्ने सल्लाहा अनुसार सिटी स्क्यान गराउदा उनको टाउकोमा ट्युमर देखिएको हो । उपचारकोलागि करिव एक लाख लाग्ने चिकित्सकहरुले बताएपछि परिवारका सदस्यहरु हरेश खाएर घरमा बसेका छन् ।
जाडोमा एक सरो कपडाको पनि अभाव भएको अवस्थामा उनको परिवारलाई यो उपचार खर्च ल्याउन असम्भव छ, कसैले सहयोग गरे बा“च्ला नत्र यो त्यसै मर्छ होला उनका परिवार तामाड्ड भाषमा चिन्ता मिश्रीत स्वरमा भन्दै थिए । आफन्तको सर सहयोगले भरतपुरमा परीक्षण गराउ“दा टाउकोको भित्री भाग(मगज)मा सिड्डो सुपारी जस्तो मासुको डल्ला देखिएको छ । जुन बिस्तारै बिस्तारै ठुलो हु“दै गई दिमाग र अन्य नसाहरुलाई चेप्दै गएको छ । जस्ले गर्दा उनको दृष्य क्ष्ँमतामा कमि हुनुका साथै टाउको दुखाई पनि बढ्दै गएको छ । चिकित्सकहरुका अनुसार उनको शल्यक्रिया १५ दिन भित्र गरी सक्नु पर्ने छ । अन्यथा उनको जीवनले लामो समयसम्म निरन्तरता पाउने सम्भावना कम छ ।

“आमा न्हानन थोबो स्वहाजी, ङादा मन लदोजी” आमा एकदम टाउको दुख्यो मलाई औषधि ल्याई दिनुस, तामाड्ड भाषा मात्र बुझ्ने उनको आमालाई भ्लोनले आफ्नो दुखाई सहन नसकेपछि रोएर याचाना गर्दै थिए । जति सुकै चन्चल, जति सुकै बदमास, जति सुकै घुमन्ते भए पनि पिडाको बेला बच्चाहरुको साहारा भनेको आमा नै हो । उनीहरुलाई आफ्नो आमाले जे पनि गर्न सक्दछ, चाहेको जे पनि ल्याई दिन सक्छ, दुख परेको जे पनि हटाई दिन सक्छ जस्तो लाग्दछ । सिंघेले त्यहि आशले आफ्नो आमालाई गुहारी रहेका थिए । उनको नजिकिदो मृत्युबाट कसैले नसके पनि मेरो आमाले त मलाई बचाउछ होला भन्ने आशमा आमाको काखमा लुटुपुटु गरेर रोई रहेका थिए ।

“फान्ला जा, थाकाराको कोला” निको हुन्छ छोरा नरोउ भन्दै आमाले स्नेहको हातले उनको टाउ“को मुसारी रहेका थिए । आमा मन मनै मेरो छोराको नजिकिदो मृत्युसंग कसरी लडने होला भनेर भक्कानिदै उनलाई सम्झाउन खोजी रहकी थिईन । उनको हातमा कुनै दिव्य शक्ति भए मेरो छोराको टाउको मुसारेर भए पनि त्यो मासुका डल्ला फाल्न पाए मेरो छोरा बच्थ्यो होला भन्ने उनी कल्पाना गरी रहन्थिन ।

हेटौडा वजार आईपुग्न नै खर्च अभावका कारण चार महिना लागेका ति बालकले थप उपचारको लागि के गर्लान का“हा जाला के गर्लान । पुषमा बढेको जाडोमा फित्ता चुडिन लागेको म्याजिक चप्पल, चार घण्टा हिडेर पसिना र धुलो टा“सिएर कालो माटोको तह तह परेको कुर्कुच्चा, सानो भएर नलि खुट्टा सम्म पुग्न लागेको पाईन्ट, एक सरो पहेलो भेष्टमा उपचारकोलागि हेटौडा आईपुगेका ति बालक थप उपचारको खोजिमा छन् । छोरा जाडो भएर खुम्चिएको देखेपछि आमाको स्नेह थामि नसक्नु भएर आफूले ओडीरहेको तामाड्ड समुदायका महिलाहरुले आड्ने रातो पछौरा छोरालाई ओडन दिई आफू जाडो बाट बच्न दुई हात बाधरे बसिन । रुन्चे मुख लगाएका ति बालक थप उपचारकोलागि सहयोगीहातहरुको खोजीमा छ । केही संघसंस्थाहरुले सहयोग रकम उनको परिवारलाई हस्तान्तरण गरेका छन् जुन उनको औषधि खरिदकोलागि मात्र पुग्ने देखिन्छ । शल्यक्रियकालागि आवश्यक ठूलो रकमकोलागि ठूलै धन र मन भएको मानिसको आवश्यकता छ ।

चार महिनादेखिको टाउको दुखाईले उनको शरिर शिथिल भएको छ । आखा“ले एक हात पर सम्मकोमात्र चिज बस्तु देख्न सक्दछ त्यो पनि स्पष्ट छैन । बोली मधुरो छ । भरतपुरमा दुखाई कमगर्ने औषधि खाए पछि उनको चार महिना देखिको टाउको को पिडा क्ष्ँणिक समयकोलागि कम भए पछि उनको ओठमा केहि लजालु मस्कान देखिएको थियो । अवको १५ दिन भित्र उपचार प्रकिया केहि शुरु भएन भने त्यो मुस्कान केहि दिनको लागि मात्र हुनेछ । उनका बावु परिवारमा त्यत्ति चासो नदिने धेरै समय वन तिर नै हराउने भएकोले परिवारको सम्पूर्ण जिम्मेवारी आमालाई नै छ । तर आमा बेसाहारा छिन चाहेर पनि केहि गर्न सकिरहेकी छैनन । गा“उ घरकै विद्यालयमा सामान्य शिक्षा दिनु बाहेक उनीहरुका अभिभावकले केहीगर्न सकेका छैनन । चामलको मुख कहिले कहि देखिने घरमा पौष्टिक तत्वको आश गर्नु वेकार छ । त्यहि भएर होला हेटौडामा सिंघेले दुघ र दुनोट खादा निकै रमाई रमाई खाईरहेका थिए । लाग्थ्यो उनले त्यो खाजा वर्षौ पछि पाएका थिए । अव कहि कतैबाट उनको परिवारले सहयोग पाए उनले फेरी नया“ जीवन पाउन सक्लान अन्यथा मन अमिलो पारेर भएपनि भन्ने पर्छ सिंघेलाई अग्रिम श्रद्धाञ्जली ।

सुधिर भद्र
२०७१ माघ १५ गते

म आफैमा हराउन थालि सके ।

आशाका जराहरु ढल्न थालि सके
निराशाको बादलहरु मडारीन थालि सके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।

आफ्नाहरु सबै पराई भई सके
पराईहरु झन पराई भईसके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।

क्षितिजको ज्योति देख्न छाडी सके
कल्पाना भित्रको मिठो परिकल्पना गर्न छाडी सके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।

सुधिर भद्र
२०७३ माघ २६ गते
sudhirhtd@yahoo.co.uk