यो आडम्वरकोखोल उघार्न चाहन्छु
रीत भित्रको रिवाज फेर्न चाहन्छु ।
म अरुलाई देखाउन होईन
मलाई अरुले हेरेको हेर्न चाहन्छु ।
तलाई सवैले छाडेर गै सक्यो भन्नेहरु पनि छन यहा“
तेरो आवाज सवैले सुन्न छाडी सक्यो भन्नेहरु पनि छन् यहा“
म अरुलाई देखाउन होईन
मलाई अरुले हेरेको हेर्न चाहन्छु ।
हो म एकनाश हिड्छु,
हो म दौडन सक्दिन
यदि कुदने मानिसहरुको मात्र बोलवाला छ भने
म सहभागी छैन त्यो भीडमा त्यो दौडमा
म अरुलाई देखाउन होईन
मलाई अरुले हेरेको हेर्न चाहन्छु ।
सुधिर भद्र
२०७६ जेठ ३
Hi there, Namaste and warm welcome to my blog. I would like to collect my feelings, experience, some & the emotional ups and downs I face. If you have any comment, feedback or suggestions, I would be more than happy to listen and improve my blog. Stay tuned and keep in touch Sudhir Bhadra
Friday, May 17, 2019
Tuesday, February 12, 2019
हस्पिटल डायरी
यो चित्त दुख्ने मुटु फाल्न पाए पनि कति सन्चो हुने थियो होला हगी, काभ्रेकी ५६ वर्षिय कान्छिमाया तामाड्ड अन्य अस्पतालमा विरामी कुरेर बसेका अन्य विरामीहरुसंग गफिदै थिईन । घरमा हासि खेली बसीरहेको परिवारमा ७३ वर्षिय आमालाई एक्कसी ज्वरोले समाते पछि गा“उकै सामान्य औषधि दोकानमा औषधि किनेर खान दिएका थिए । पसलको औषधिले ज्वरोमा कुनै कमि न ल्याएपछि उनीहरुले नजिकैको अस्पतालमा पु¥याएका थिए । अस्पतालले काठमाण्डौ रिफर गरे पछि उनीहरु सर्व प्रथम शिक्षण अस्पताल पुगेका थिए । विरामीको सामान्य चेकजा“च पछि आईसीयूमा राख्नु पर्ने चिकित्सकाके सल्लाह बमोजिम उनीहरुले शिक्षण अस्पतालमा आईसीयू खोजे । शिक्ष्ँण अस्पतालमा आईसीयू पाउनु सामान्य मानिसकोलागि त्यति सजिलो छैन । देश भरीका विरामी आउने एवम् राम्रा उपचारको प्राथमिकता नजिकका मानिसले मात्र पाउने भएकोले सामान्य मानिसका लागि सहज छैन शिक्ष्ँण अस्पताल ।
शिक्ष्ँण अस्पतालका चिकित्सकहरुकै सल्लाहमा उनीहरुले रिड्डरोडकैे निजी अस्पतालमा आईसीयूको बेड पाए, उनीहरुलाई केही आश भयो । आईसीयूको उपचारलाई सहि हिसावले सोच्यौ भने यो विरामीकोलागि एक किसिमको वरदान नै हुने उपचार हो । न्यून आय भएकाहरुकोलागि यसमा राखेर गरेर गरिने उपचार निकै महड्डो पर्दछ । तामाड्ड परिवारले पनि शुरुका दिनहरुमा आफ्नो आमाको जीवन रक्षा गर्नकोलागि आफूसंग भएको बचतले भ्याएसम्म गरे त्यसपछि भएको जाय जेथा बेचेर पनि शुरु गरी रहेका थिए । ठूला ठूला प्लास्टिकका झोरा भरी ओषधि दिनको दुई पटक ल्याउनु पर्दथ्यो । दैनिक १५ हजार भन्दा बढीको औषधि, बेड चार्ज र अन्य गरेर दशौ हजार तिर्नकोलागि जो कोहीलाई पनि सहज हुंदैन । तामाड्ड परिवारले पनि भ्याएसम्म गरे अन्तमा रकम अभाव भएको जानकारी अस्पताल प्रशासनलाई गराएर उनीहरु फेरी केही सस्तो सरकारी अस्पतालको खोजीमा हिड्न थाले । आमाको दैनिक उपचारमा समान्य मात्र प्रगति भएकोले उनीहरु केही हतास तथा केही उत्साहित थिए ।
अग्रेजी नाम अनि सुन्दै अलि सफा लाग्ने नाममा विरामीको चाप राम्रै थियो । आठवटा वेड भएको आईसीयू प्राय खाली हु“दैन थियो । विष सेवन गरेर आएका दुई जना युवाहरुको पनि उपचार भई रहेको थियो । अस्पतालमा दैनिकी विरामी हेर्दा विष सेवान पनि अहिलेको नया“ फेशन जस्तो लागि रहेको थियो । स्थायी घर नेपलको पश्चिम लमजुड्ड भएका तर लामो समयदेखि रोजगारकै शिलशिलमा भारतमा रहेको ब्राम्हण परीवारका काठमाण्डौमा होटल चलाईरहेको जेठो छोरो पनि विष सेवन गरेर उपचारकोलागि ल्याईएको थियो । शुरुका तीन दिनसम्म त विरामीको कुनै होश थिएन । पछि विस्तारै होस आउन थालेको थियो । उनको परिवार, भारतीय सरकारी जागीरे आमा सबै आई पुगेका थिए । नेपाली नबुझने ४ वर्षिय बहिनी पनि दाजुको स्वास्थ्य स्थितिकोबारेमा जानकारी राखी रहेकी थिईन । काठमाण्डौमा नै सानातिनो व्यपार गरी रहेका २८ वर्षिय युवाको पनि विष सेवनबाट तीन दिनसम्म आईसीयूमा बोलचाल नै बन्द भएर उपचार भईरहेको थियो । चौथौ दिनमा होस आए पछि उनको वरी परी ५ वर्षिय र ३ वर्षिय छोरीहरु बाबासंग झुम्मिएर बसेको दृष्य सारै मार्मिक थियो ।
बालाजुमा काठा लिएर बसेकी अर्को एकजना २१ व्र्षिय महिला पनि विष सेवन गरेर उनको परिवारले ल्याई पु¥याएका थिए । संगै कोठाको मान्छेले भोलिपल्ट देखेर परिवारलाई जानकारी गराएपछि मात्र उनको उद्दार गरिएको थियो । समयमानै उद्दार हुन नसकेको कारण उनको जीवन अगाडी बढन सकेन । भीडमा केटीको दिउ“सो कुनै केटा मान्छेसंग झगडा भएको र सोही कारणले आत्महत्या गरेको चर्चा चलि रहेको थियो । उक्त युवकलाई प्रहरीमा जाहेरी दिनेसम्म हल्ला आएको थियो । आर्थिक श्रोत त्यत्ति राम्रो नभएको र पहु“च कम भएको कारण त्यो हल्ला त्यही भिडमा नै हरायो ।
खुमलटार तिरका मंगोलियन परिवारका एक जना बुढा बा पनि आईसीयूमा राखिएको थियो । पचास काटिसकेका छोराहरु बावुको उपचारमा लागिरहेका थिए । नातीहरु पनि मोबाईलमा गेम खेलेर भएपनि हजुरबुवा भर्ना भएको अस्पतालमा दिनभरी हजुरवुवालाई कुरेर बसिरहेका थिए । सायद चिकित्सकले विरामीको अन्तिम अवस्था छ भनेर होला, पारिवारीक समुहमा बेला बेलामा रुवावासी चल्थ्यो । अन्तिम आशको रुपमा आप्mनो घार्मिक गुरुलाई ल्याएर पैसा फुकेर पानीमा हालेर खुवाउने काम पनि भई रहेको थियो ।
कुपण्डोलका एकमात्र छोरा भएको परिवारको पनि हालत उस्तै थियो । केही नभएको मानिस विहान उठ्दा होस थिएन रे त्यस दिन देखि आईसीयूमा राखिएको २० औं दिनसम्म आईसीयूमा नै थियो । विरामीको अवस्थामा केही सुधार आएको थिएन । बेदेशिक रोगजारमा काम गर्ने दिदीले विरामीको सम्पूर्ण खर्च व्यहोरी रहेको थियो । १५ लाखभन्दा बढीको हिसाव आईसकेको कुरा गर्दै थिए । अर्को अस्पतालमा लैजान पनि तपाईहरको रिस्कमा लानु भनेर अस्पताल आफू पन्छिन खोजीरहेको थियो । विरामीको अवस्थामा कुनै सुधार नआउनु र बारम्बार ठूलो रकम खर्च गरेर औषधि मात्र किनिरहनु पनि सजिलो थिएन । अन्तत उनीहरुले आफ्नै रिस्कमा विरामीलाई अर्को अस्पतालमा लगे ।
एकहप्ताको अस्पतालमा बसाईमा नेपालमा स्वास्थ्य क्ष्ँेत्रमा सर्वसाधरणले भोग्नु परेको समस्याहरुको बारेमा निकै नजिकैसंग जान्न र बुझ्न पाईयो । सामान्य दैनिक खर्च चलाउन त गाह्रो पर्ने ८० प्रतिशत भन्दा बढी नेपालीहरुले दैनिक रुपमा यति महंगो उपचार खर्च कसरी ल्याउछन होला भन्ने प्रश्न मेरो मन मस्तिष्कमा घुम्यो । सरकारले भर्खरै लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमले केही हदसम्म स्वास्थ्य क्षेत्रको समस्यालाई सम्बोधन गर्न खोजेको छ । सरकारी स्वास्थ्य क्षेत्रमा आम नेपालीहरुले अहिले सरकारले उपलव्ध गराएका सेवाहरु पनि सहज रुपमा पाउन सकि रहेका छैनन । सरकारी अस्पताल हाक्ने नेतृत्वकर्तामा अस्पतालको सेवा र पहुच निर्भर हुन्छ ।
सुधिर भद्र
२०७५ वैशाख १०
sudhirhtd@yahooo.co.uk

Sunday, February 10, 2019
रित्ति सकेछ
गंगाबाट संगलोपानी अञ्जुलीमा ल्याएको थिए
बाटामा नै हात खाली भईसकेछ ।
कैलाशबाट हिउ“को छिटो कोसेली ल्याएको थिए
बाटामा नै पग्लि सकेछ ।
खानीबाट एक अंगालो फलाम ल्याएको थिए
बाटामा नै सबै खिया लागि सकेछ ।
गाउँको बगैचाबाट फलफूल लाएको थिए
बाटामा नै कुहिई सकेछ ।
पहाडको फुलवारीबाट फुलहरु ल्याएको थिए
बाटामा नै ओईलाई सकेछ ।
बजारको साहुसंग वर्ष भरीलाई ऋण ल्याएको थिए
बाटामा नै खल्ती रित्ति सकेछ ।
सुधिर भद्र
२०७५ माघ २७

Wednesday, July 25, 2018
छोराले पठाई दिएको सेल्फी स्टिक
निधारमा पसिनाको धाराहरु थिए, कभरले सुरक्षित गरी राखिएको सामसुड्ड मोबाईलमा अनगिन्ति फोटोहरु बिभिन्न पोज पोजमा खिचिदै थिए । यसपालि टेक्सास जादा छोरा बुहारीले किनिदिएको मोबाईल र सेल्फि स्टिकको प्रशंसा गर्दा गर्दा थापाकाजी र उनको अधाड्डीनी थाकेका थिएनन् । २५वर्ष अघि सामान्य जागिरको भरमा चलेको थापा काजीको परिवारमा एउटा छोरा र छोरीको आगमनले पूर्णता पाएको थियो ।
सामान्य सरकारीको विद्यालयमा अध्ययन गरेका छोरा छोरीको भविष्यकोलागि दम्पत्तिले गरेको दुःख देख्दा बावु आमाले सन्तान प्रति निभाउनु पर्ने कर्तव्य पूर्ण रुपमा निभाएको देखिन्थ्यो । उच्च शिक्षाको अध्ययनकोलागि राजधानी हु“दै चार वर्ष अघि अमेरिका पुगेका छोरा अहिले ढुक्कैसंग उतै बसेका छन् । विद्यार्थीको रुपमा छिरेर अहिले जागीरे जीवनको रुपमा अमेरीकामा रमाउ“दै आएका छन् । काम गर्दा गर्दै माया प्रेम बसेर उतै अन्तरजातीय विवाह पनि गरी भ्याई सकेका छन् ।
शुरुका दिनमा पुग्दा उनका छोरा विद्यार्थीको रुपमा बसेका थिए । साथी भाईसंगै बसेको केही समय पछि अध्ययनका साथ साथै सानो तिनो नोकरी पनि शुरु गर्न थालेपछि छुट्टै बस्न थाले । जागिरे जीवनसाथी भए पछि झन खर्च र वचतको सन्तुलत मिलाउन समस्या भएन । उता कमाएको पैसा यता आएर मात्र धेरे हुने हो । उता खर्च गर्नलाई निकै सोच पु¥याएर गर्नु पर्ने हुन्छ । मासिक घर खर्च, गाडीको बीमा, किस्ता लगायत अन्य खर्चबाट बचेको केहि रकमबाट यसवर्षका गर्मी महिनामा उनले बुवा आमालाई अमेरिका घुमाउने योजना बनाए ।
थापाकाजीलाई काठमाण्डौ पनि राम्रोसंग परिचित थिएन । त्यसमाथि अमेरिका जानु ठूलो कुरो थियो । अचेल अनलाईलनको जमाना अनि बिद्युतिय कारोबारले सजिलो भएका छ । छोराको साथी पनि उतै फर्कने भएकोले उनीहरुलाई सजिलो भयो । उतैबाट बुक गरी दिएको टिकट लिएपछि उनीहरुको यात्रा शुरु भयो । नेपालको एयरपोर्टमा कसरी जाने कसलाई भेटने । प्लेनमा बस्दा कसरी बस्ने, खानेकुरा कसरी खाने । त्यसपछिको ट्रान्जिटमा कसरी ओर्लने, अनि अर्को प्लेनमा कसरी चढने । आफूसंगको व्यागमा के के लानु हुन्छ, के के लानु हु“दैन त्यो सबै कुरा छोराले फोनमा पहिला नै सम्झाएका थिए ।
कतारको दोहामा ट्रान्जिट भएकोले उनीहरुले केही समय त्यहा“ पर्खनु प¥र्यो । गगनचुम्बी घर, जता ततै बत्तिकै उज्यालै उच्यालोले भरिएको देखेर उनीहरु कतार त यस्तो छ अमेरिका कस्तो होलो भनेर उत्साहित थिए । उनीहरु दुई जनामात्र भएको भए अलि गाह्रो हुने थियो । संयोगवश छोराको साथीको पनि फर्कने बेला भएकोले सजिलो भयो । अचेल उता बसेकाले आमा बावुलाई बोलाउने पर्यो भने ह्वील चियर प्रयोग गर्ने गरेका छन् । ह्वील चियरमा बस्यो अनि सहयोगीले कहा“ कहा“ जानु पर्ने त्यही लगिदिने चलन छ ।
टेक्सास एयरपोर्टमा छोरा वुहारी देखिए पछि थापाकाजीको मुहारमा उज्यालो पन अयो । जुन उज्यालो २५ वर्ष अगाडी उनले अस्पतालको वेडमा पहिलो पल्ट आफ्नो छोरोको मुहार देख्दा आएको थियो । नेपालमा हु“दा सामान्य मुस्कानमा सम्बोधन गर्ने छोराले शिर नुहु¥याएर दर्शन भेट ग¥र्यो । हामीलाई एयरपोर्टबाट गाडीमा राखेर आफू बस्ने घर तिर लिएर गयो । चिल्लो सफा बाटो, बेतोडले हुईकिरहने गाडीको भिडमा छोराले मज्जैले हाकेका थिए । यो देखेर उलने छोरालाई तलाई राम्रैसंग चलाउन आउछ बावु, विस्तारै चलाउनु है भन्दे विदेशी भुमीमा पहिलो सल्लाह दिन भ्याए ।
थापाकाजीका केटाकेटीहरु साना साना हु“दा महिनाको थोरो तिनो आम्दानदीमा सामान्य परिवार चलेको थियो । घर व्यवहारको खर्च, चा“डवाडको खर्च, पढाई खर्च जसो तसो चलिरहेको थियो । परिवारका सवै सदस्यहरुसंगै हुन्थे अफूले चाहेको बेलामा भने जसरी खर्च गर्न बचत हुदैन थियो । अहिले बुढा बुढी मात्र घरमा चाहेजती खर्च गर्न पुगेसरी पैसा छ । साथ दिने परिवारका सदस्यहरु सबै आ—आफ्नै ठाउ“उमा छन् संगै कोही पनि छैनन् । अवस्था फेरीएको छ ।
घरको पुरानो शौचालयमा पहिले पहिले प्यान राख्ने चलन थिएन । ईटा राखेर दुईवटा खुट्टा टेक्ने बनाईएको हुन्थ्यो ।सानो बेलामा छोरालाई शौचालयको प्रयोग गर्न सिकाउन थापाकाजीको दम्पतिलाई निकै गाह्रो भएको थियो । अहिले तिनै दम्पतिलाई छोराले सुविधासम्पन्न शौचालयको प्रयोगको बारेमा सिकाउ“दै थिए । यहा“ थिचे पछि तातो पानी आउ“छ, यहा“ थिचेपछि चिसो पानी आउ“छु, हात पुछ्ने कागज त्यहा“छ, साबुन लिनलाई यसरी गर्नुस भनेर सिकाउ“दा दम्पति एक अर्काको आ“खामा हेरेर छोराले बालापनमा त्यसरी नै शौचालय जान सिकाउन आफूले गरेका कसरत सम्झेर मुस्कुराउदै थिए ।
नाती भर्खर दुई महिना पुगेको छ । प्रायः विदेश बसेका छोराछोरीका आमाबावुहरु नाता नातीनी पाउने बेलामा जाने गरेको बढी मात्रामा देखिन्छ । उता वसेकाहरुलाई त्यस्तो बेलामा हाम्रो नेपाली आत्मीयता हिसावले सहयोग गर्ने मानिसहरुको कमि हुन्छ । सबै जना व्यस्त हुन्छन् । व्यस्त नभई त्यो खर्चिलो सहरमा टिक्न गाह्रो हन्छ । मानिसहरुले अरुको सहयोगकोलागि त्यत्ति सजिलो समय निकाल्न सक्दैनन् । त्यहि भएर त्यस्तो बेलामा उनीहरुले नया“ सन्तान हुनु अगाडीको दुःख । सन्तान प्राप्ती पछिको सुख बाडन आफ्ना परीवारलाई धेरै सम्झन्छन र डाक्ने गर्छन ।
विहान उठन् वित्तिकै भजन गाएर पूजा गर्नु पर्ने, ठूलो स्वरले घण्टी बजाएर भगवानलाई सुनाउनु पर्ने थापाकजीको श्रीमतीलाई त्यो नौलो सहरमा अनुमति थिएन् । छोराले पहिले नै त्यसको जानकारी गराई सकेको थिए । आमा तपाई घरमा जस्तो ठूलो स्वरले भगवानको नाम लिएर भजन गाउनु होला, यहा“ त राम्रा मान्दैनन् भनेर । छोराले गरेको अन्तरजातिय विवाहमा खुलेर सहमती पनि जनाउन नसकेका र असहमत पनि हुन सकेका थिएनन् तर बुहारीले गरको सम्मानमा भने उनीहरु सन्तुष्ट थिए । उनीहरुलाई त्यो घरमा गरीने पुजाको त्यत्ति आनन्द पनि लिन सकेक थिएनन् ।
६ महिनाको लामा बसाई पछि फर्किदा उनीहरुको मन भारी भएको थियो, छोरा बुहारी भन्दा पनि सानो नातीको बढी याद आईरहेको थियो । ठूला ठूला घर हरु, चिल्ला चिल्ला गाडीहरु, पार्कहरुमा सयौ मानिसहरुको भीड भएतापनि उनीहरुलाई आफ्नै भिर पाखाहरुको सम्झनाले सताई रहेका थियो । पुराना घरहरुको चित्र आ“खामा आई रहेको थियो । मानिसको भिडभाडले भरिएको सार्वजनिक सवारी साधनको गन्धसंग समिप्य नभएको धेरै भईसकेको थियो । कुना काप्चामा जम्मा भएरु बस्ने फोहरको बास्ना पनि नसुधेको धेरै भई सकेको थियो । अन्तिम विदाई दिन छोराले किनिदिएको सामसुड्ड मोबाईलमा सपरीवारको फोटो सेल्फी स्टिकबाट खिचियो अनि त्यसैलाई सामाजिक संजालमा हालियो । अहिलेसम्म त्यो सेल्फी स्टिकले बिभिन्न अवसरमा फोटो खिच्न सजिलो बनाई रहेको छ ।
सुधिर भद्र
२०७५ साउन ९ गते
sudhirhtd@yahoo.co.uk
Monday, April 23, 2018
नया“ कक्षामा नया“ कितावको बास्नामा रमाएका विद्यार्थी
कितावको पाना पल्टाउदा आउने आवाजमा रमाएका विद्यार्थी
फोहर लाग्ला कि भनेर टकटकाई टकटकाई
जतन गरेर राख्ने झोलाको चमकमा मन्द मुस्कान फाल्ने विद्यार्थी
देखिन्छ विद्यालयको नया“ शत्रमा । देखिन्छ विद्यालयको नया“ शत्रमा ।।
त्यहि मुस्कान खोज्न किताव पसलामा सन्तानसंगै बसेका बुवा आमाको लाईन
किताव किने पछि भोक लागेरसंगै खाएको खाजा
नया“ झोला समाई फुर्केर हिडेका हेर्नलाई
जोहो गरीएको एक दुई हजारको खर्च
देखिन्छ विद्यालयको नया“ शत्रमा । देखिन्छ विद्यालयको नया“ शत्रमा ।।
किताव सबै एकै पटक किन्न नसकेर किस्तावन्दिमा किन्नु पर्ने विद्यार्थी
मोटो कपि किन्दा बजेट नपुगी एउटा गृहकार्य गर्दा नै भरिने सानो कपि लिएका विद्यार्थी
घरमा किताव नभएर साथीसंग पैचो माग्दै गहृकार्य गर्नु पर्ने विद्यार्थी
नयाँ पोशाक नभई तीन कक्षा देखि पा“च कक्षासम्म लगाई रहनु परेको एउटै पोशाक
देखिन्छ विद्यालयको नया“ शत्रमा । देखिन्छ विद्यालयको नया“ शत्रमा ।।
सुधिर भद्र
२०७५ वैशाख १०
sudhirhtd@yahoo.co.uk
Thursday, February 22, 2018
स्वपन सुमन,ज्योती मगर र सरस्वती लामा
ला....ला....ला.....खोजी रहे एकान्तमा....... भन्ने आवाज गुञ्जीयो, भिडमा अकास्मत हलचल मचियो, भेला भएका सयौ युवा युवतीहरु उनको लयमा साथ दिन थाले भिडले गाएको सामुहिक आवाजमा उनको माईक्रोफोनको आवाज हरायो । भिडले के यो माया..... हो भनेर चिच्याउन थाले ।
उनको प्रस्तुती सकिएपछि उनी फर्कन खोज्दा सयौ उनका प्रशंसकमाझ घेरीए, प्रहरीलाई उनको सवारी साधनसम्म लान हम्मे हम्मे परेको थियो । उनको गाडी तिब्र गतिमा लम्कियो, प्रशंसकहरु सवारी साधन ओझेलमा नपर्दासम्म हेरी रहे । यो दृष्य देख्दा लाग्थ्यो नेपालमा पनि अब सेलब्रटी कल्चर शुरु हुन थालेछ । भारत तथा अन्य मुलुकमा जस्तो सेलिब्रटीले घरको झ्याल वा बरण्डाबाट फ्यानहरुलाई हात हल्लाउने दिन नेपालमा पनि आए जस्तो लाग्यो । सानो उमेरमा पनि उनको तेत्रो क्रेज देख्दा लाग्थ्यो नेपालमा पनि संगीतमा लाग्नेहरुको फ्यान फलोअरहरुले गर्व बढाई रहेको छ ।
युट्युब तिर घोतल्लिदा उनको प्रस्तुती र उनका प्रशंसकहरु उनलाई देखेर रोएको कराएको देखियो । उनले पुराना नेपाली गीतहरुलाई कभर संगको रुपमा गाएको गीतहरुपनि सुनियो । सबै गीतहरु राम्रै थिए, प्रंशसनीय नै थिए उनको पुराना दिनहरुको दुःख व्यथा पनि सुनियो मार्मिक थियो । सायद यीनले भविष्यमा केहि गर्छन होला आशा गरौ ।
केहि समय अघि यस्तै मेला महोत्सवमा एक जनाको प्रस्तुती हेर्न पाईयो, हुन त उनको छवि लोक गायीकाको हो क्यारे तर उनको सम्पूर्ण प्रस्तुती समय भरी लोक गायीकाको आभास कहि कतै देखिएन । उही मुलाको चना, उही मुलाको सिन्की भनेर कस्सेर गीत गाउदै थिईन । कुनै बेला अत्यन्त चलेको यो लोक गीत र उक्त गीत गाउने गायीका ज्योती मगरको अहिले रुप रंग फेरीएको छ । महोत्सवहरुमा गाईदा गीतको मौलिकता माथि खेलबाड भएर अत्यन्त रिमिक्स ढंगमा गाईन थालीएको छ । गायीकाको त कुरा नगरौ, उनको गीतमा शव्दको उतार चढाव भन्दा पनि शरिरकै उतार चढाब बढी हुन्छ । उनी गाउन भन्दा उफ्रिन बढी उत्साहीत हुन्छिन । स्टेज वरीपरी युवा र अधवैशेहरु उनको यही शैलीलाई हेरेर मनोरन्जन लिई रहेका हुन्छन ।
अझ गीत संगीत भन्दा पनि बीच बीचमा गरीने सम्बाद र सुनी नसक्ने हु“दो रहिछ । परिवारसंगै छ भने त हुन्ने गाह्रो हुन्छ । अशलिलताको पनि सीमा नाध्ने गरी गरीने सम्बाद र दोहरी सुनि नसक्नु हुन्छ ।
अनलाईन समाचार तिर एउटा अर्का स्टेजका प्रस्तोताको नाम निकैआउन थालेको छ । मेला महोत्सवहरुमा गरीएको उनको प्रस्तुती हेर्दा लाग्छ उनी गीत संगीत प्रदर्शन गर्न भन्दा बढी शरिरको प्रर्दशन गर्न आएकी छिन । उनका प्रदर्शनहरुमा आफ्नो शरिर प्राय अर्धनग्न जस्तै देखिन्छ । स्टेजबाट तल झरेर गीत गाउ“दा सांगीतक तृष्णा भन्दा पनि शारिरिक तृष्णा मेटाउन केटाहरु झुम्मिएको देखियोे । उनको यस्तै कलालाई उर्तान बिभिन्न मेला महोत्सवमा आयोजकले वारम्बार सम्झने नाम हो सरस्वती लामा ।
विशेषगरी व्यापारीक मेला महोत्सवहरुमा अवलोकनकर्ताहरुलाई आकर्षित गर्न बिभिन्न सांगीतिक कार्यक्रमहरु आयोजन ागर्ने गरीन्छ । त्यस्ता महोत्सवहरुमा अहिले यी दुई नामहरु खुव आउन थालको छ । यस्ता किसिमका सांगीतीक कार्यक्रमहरुले समाजमा कस्तो सन्देश दिईरहेको होला । मेलामा बालबालिकाहरु घुमाउन ल्याउने बालवालिकाहरुले उनीहरुले बाल्ने भाषाको अर्थ सोध्यो भने कसरी दिने होला । उनीहरुले लगाएको पहिरनको विषयमा प्रश्न सोध्यो भने कसरी उत्तर दिने होला । अनि उनीहरुको प्रर्दशनमा मात्तिएर चौरबाट हल्ला गरेर सोधेको प्रश्नको अर्थ सोध्यो भने कसरी उत्तर दिने होला ।
समाजमा सामाजिक विकासको लागि स्थापित संघसंस्थाहरुले कलाकारहरु छनौट गर्दा यस विषयमा पनि सोच्ने पर्ने समय आएको छ । भीड जम्मा गर्नु लाई यस्तो प्रर्दशनीको व्यवस्था गर्नु भन्दा केही अर्को नया“पन खोज्ने हो की ? सालिन प्रदर्शनहरुले पनि दर्शकहरुलाई आकर्षित गर्न सकिन्छ । यस्ता प्रदर्शनहरुले अयोजक संघसंस्थाहरुले मेलामा यतिका धेरै अवलोकनकर्ताहरु उतार्न सफल भयो भन्ने सन्देश त दिन सफल होला । मेलाको उद्देश्य के हो, यसको लक्षित समूह कुन हो र यसले त्यसको विकासकोलागि गर्नु पर्ने के हो भन्ने विषयमा बेलैमा ध्यान दिने समय आएको छ । स्थानिय प्रशासनले पनि सोच्ने बेला आएको छ ।
सुधिर भद्र
२०७४ फागनु १० गते
sudhirhtd@yahoo.co.uk
Wednesday, October 25, 2017
भीमफेदी
जहिले पनि भीमफेदीबाट काठमाण्डौ उक्लदा होस वा फर्कदा जुरीखेतबाट तलझर्दा देखिने भीमफेदीव बजार हेर्दा बन्दिपुरको झझल्को आउछ । सडकका दुवै तिरका पुरातन शैलीका घरहरु, मठ मन्दिर लगायत पाटी पौवाले नेपालको संस्कृति झल्काई रहेको छ । अहिले बनेका केही कंक्रिटका घरहरुले भीमफेदीको पुरानो पहिचानलाई छोप्दै गएको देखिन्छ । भीमफेदी गांउपालीकाका अध्यक्ष हिदम लामाज्यूलाई भीमफेदीमा नयां बन्ने घरहरु वा पुराना घरहरुलाई जिर्णोद्धार गर्दा पुरातन शैलीका घरहरु बनाउने पर्ने तर्फ पहल गर्ने हो की भनेर विशेष अनुरोध गर्न चाहन्छु । यसले गर्दा भीमफेदीलाई आन्तरिक पर्यटन तर्फ थप आकर्षित गर्न सकिन्छ कि ?
Subscribe to:
Posts (Atom)