Wednesday, October 25, 2017

भीमफेदी

जहिले पनि भीमफेदीबाट काठमाण्डौ उक्लदा होस वा फर्कदा जुरीखेतबाट तलझर्दा देखिने भीमफेदीव बजार हेर्दा बन्दिपुरको झझल्को आउछ । सडकका दुवै तिरका पुरातन शैलीका घरहरु, मठ मन्दिर लगायत पाटी पौवाले नेपालको संस्कृति झल्काई रहेको छ । अहिले बनेका केही कंक्रिटका घरहरुले भीमफेदीको पुरानो पहिचानलाई छोप्दै गएको देखिन्छ । भीमफेदी गांउपालीकाका अध्यक्ष हिदम लामाज्यूलाई भीमफेदीमा नयां बन्ने घरहरु वा पुराना घरहरुलाई जिर्णोद्धार गर्दा पुरातन शैलीका घरहरु बनाउने पर्ने तर्फ पहल गर्ने हो की भनेर विशेष अनुरोध गर्न चाहन्छु । यसले गर्दा भीमफेदीलाई आन्तरिक पर्यटन तर्फ थप आकर्षित गर्न सकिन्छ कि ? 

No comments:

Post a Comment