विहानको ९ः३० को समय राजधानीको सातदोबाटो महालक्ष्मीस्थान चोक सवारीको चापाचाप । छिनमा रोकिने र छिनमा चल्ने गर्दै विस्तारै हिडदै गरेको रातो रंगको हेटौडा काठमाण्डौ चल्ने सुमोमा यात्रारत सवारी चालक सहित हामी ४ जनाको टोली । राजधानीमा कार्यरत साथीहरुको मांग अनुसार हेटौडा, कुलेखानी, काठमाण्डौ रुटमा गाडी चलाउन सक्ने अनुभवी सवारी चालक सहितको सवारी रिजर्भ गरी काठमाण्डौबाट हेटौडाकोलागि हिडिएको थियो । हिेडेको केहि समयमा नै महालक्ष्मीस्थानको चोकमा हाम्रो रातो सुमो र हरियो रड्डको स्कुटरका चालकबीच सामान्य असमझदारी भयो । उ अगाडी जाने की उ जाने भन्ने विषयमा असमझदारी भई गाडी पनि अलिकति अगाडी बढेर रोकियो र स्कुटर पनि केहि अगाडी बढेर रोकियो । सामान्य भाषामा भन्नुपर्दा हामी पनि कहिलेकाही अगाडी हिड्दा को अगाडी जाने भन्ने विषयमा झुक्किए झै हाम्रो सवारी साधन पनि त्यसरी नै झुक्कियो ।
मंगोलियन अनुहारका अधवशैं स्कुटर चालक बिस्तारै हाम्रो गाडीको चालक भए निर आई पुगे, आ“खा देख्दैनस भन्दै उसले गर्न सक्ने गालिको वर्षात गरे । हाम्रो चालक शायद धेरै नै सोझो भएर होला न गालीको कुनै प्रतिवाद गरे न उनको मुखबाट कुनै स्पष्टिकरण आयो । लामो समयसम्म सुनेर सुन्न नसकिने गालिले निरन्तरता पाउ“दै गएको अवस्थामा सडकमा हाम्रो गाडी पछाडी अन्य धेरै गाडीहरुको लाईन लागी सकेको थियो । गालीको क्रम एक छिन रोकिएपछि शुल्यता छायो, त्यही मौकामा हाम्रो गुरुजीले गाडी अगाडी बढाए उसले गाडीको पछाडी पट्टी भागमा मुडकी बजारे । गाडीको शिसा त केहि भएन तर उनको घडी भुईमा खस्यो । उनी घडी खोज्न तिर लागे, स्थिती समान्य भएको होला भनेर हाम्रो गाडी अगाडी बढयो ।
हाम्रो गाडी विस्तारै महालक्ष्मीस्थान परको अर्को चोकमा केही बेर जाममा प¥यो । त्यही समयमा हाम्रो गाडीको अगाडी शिसामा केहि ठोकिएको जस्तो आवाज आयो । अगाडी हेर्दा अघिकै मानिस हेलमेटले शिसामा प्रहार गर्दै रहेछ । उनी फेरी रिसले ठूला ठूला आ“खा पल्टाउ“दै हाम्रो चालकलाई मारदिन्छु गाडदिन्छु भन्दै गाडी वरीपरी घुमेर हेलमेटले प्रहार गर्दै थिए । सायद गाडी बलियो थियो क्यारे हेलमेटको प्रहारबाट पनि कुनै समानको क्षत्ति भएन् । उनले लुकिड्ड ग्लास तिर पनि प्रहार गरे । दुवैतिरको लुकिड्ड ग्लासमा पालैपालो प्रहार गरेर दुबैमा क्षत्ति पु¥याए । व्यस्त सडकमा गाडी निकै जाम भई सकेको थियो । हामी गाडी भित्रै थियौ । त्यत्तिकैमा प्रहरी आईपुग्यो, प्रहरीको सामु पनि उ हाम्रो सवारी चालक तर्फ झम्टदै थियो ।
सडकमा निकै भिडभाड भएको र कुनै ठूलो अप्रिय घटना घटनसक्ने सम्भावनालाई मध्यनजर गर्दै हाम्रो गाडीलाई सातदोबाटो प्रहरी प्रभाग लगियो, हामी पनि गाडीसंगै गयौ । प्रहरीको सूचना सम्प्रेषणको कमि हो वा के कारणले हो हाम्रो गाडी त्यहा“ पुग्दा घटनाको बारेमा केहि जानकारी थिएन्, हामीसंगै गएको प्रहरी जवानले पनि राम्रोसंग विस्तार लगाउन सकेन । त्यत्तिकैमा अघिको मानिस फेरी गालि गर्दै आईपुगे, आउने बित्तिकै हाम्रो चालकलाई खुट्टाले प्रहार गरे । प्रहरी प्रभागमा प्रहरीकै सामू प्रहार गर्न सक्नु उनको साहस पनि ठूलै थियो । प्रहरीका साथीहरुले उनको प्रहारलाई तत्काल बचाव गरी दुवैजनालाई सुरक्षित स्थान तर्फ लगे ।
हाम्रो सवारी दर्ता भएका समितिमा फोन सम्पर्क गरियो, जिम्मेवार पदाधिकारीहरुले आफै मिलाएर आउनु भन्ने आदेश गुरुजीलाई दिए । आफ्नो समितिको गाडीमा तोडफोड भएको छ, आफ्ना सदस्य साथीहरुमाथि हातपातको प्रयास भएको अवस्थामा समितिहरुको सक्रियता प्रभावकारी देखिएन् । सानो मागमा ठूलो विरोधका कार्यक्रमहरु गर्न सकिनेले आफ्ना सदस्यहरु प्रति गरिएको यस्तो अमानविय व्यवहारमा आवाज अठाउन नसक्नु ठूलो गल्ति हो ।
केहि समय पछि ती व्यक्तिका आफन्त आए, आफ्नो गाडी दर्ता भएको समितिबाट कुनै सहयोग नपाएपछि हाम्रा चालक पनि केही रिपोर्ट गर्न सकेनन् । उल्टै ति व्यक्तिले आफ्नो स्कुटरलाई हानेर भाग्न खोजेको आरोप लगाउन थाले । अन्ततः कसले के अपराध गरेको हो, को बढी दोषी हो छुट्टीदै नछुट्टी दुवै आ— आफ्नो बाटो लागे । ट्राफिक व्यवस्थापनमा नाम कमाएका सीताराम हाछेथु पनि त्यहा“ आईपुगेका थिए । उनले यो ट्राफिकको नभई प्रहरीको काम भएकोले रिर्पोट गरे कारवाही अगाडी बढाउने आस्वास्न दिंदै थिए । तर सवारी समितिको उदासिनताका कारण एउटा निर्दोष व्यक्ति त्यसै पिडित हुनु प¥यो । उनको पिडामा कसैले साथ दिन सकेन । यदि समिति सक्रिय भएको भए आज जुन व्यत्तिले बीच सडकमा जुन किसिमको तमासा देखायो, त्यस्तो तमासा देखाउने आट फेरी गर्न सक्दैन थियो ।
भविष्यमा पनि यस्तो गल्ति फेरी दोहरीन सक्ने हुनाले नसिहतको रुपमा भए पनि सानो भन्दा साना सजाय दिनु पर्ने कुरा समितिमा राख्यौ । स्थानीय केटाहरुस“ग के दुश्मनि लिनु, हाम्रो गाडी त्यहिबाटो भएर गुडी रहनु पर्छ भन्ने किसिमको अभिव्यत्ति आए पछि हामी जानाजान अपराध गर्ने व्यक्ति खुलेआम निर्दोष भएर हिडेको हेर्दै फर्कियो । हामी चढेको गाडी मर्मतकोलागि गयो र हामीलाई लिनकोलागि समितिको अर्को गाडी आईपुग्यो । अर्को चालकले घटनाको बेलि बिस्तार थाहा पाए पछि उनी जोशिएर भन्दै थिए म भएको भए आफूले पनि पिटाई खान्थे होला तर त्यसलाई पनि छाडदिन थे..........। हाम्रो हेटौडासम्मको यात्रा भरी त्यही घटनाको विश्लेषणमा बित्यो । प्रहरीले सक्रियता देखाउनु पर्ने थियो कि, समितिले सक्रियता देखाउनु पर्ने थियो कि, चालक आफै अगाडी आउनु पर्ने थियो कि वा हामीसंगै भएको नाताले हामी आफै अगाडी बढनु पर्ने थियो भन्ने विषयमा छलफल चल्यो । अन्तमा जसले गल्ति ग¥यो उसलाई कुनै कारवाही नभएकोे त्यसले फेरी अर्को सवारी चालकलाई अवश्य पनि यस्तो घटना दोह्रयाउने निष्कर्षमा हामी पुग्यो ।
No comments:
Post a Comment