Wednesday, October 22, 2014

यो हामी सबै को हो !! नेपाल सम्वत !!

काठमाडौंको मरुसत्तल भिमसेन स्थान जाने बाटोमा पर्ने ईलाचे टोल जन्मेका शंखधर साख्वाको सुकार्यस“ग जोडिएको नेपाल संवत्मा फेरी एक वर्ष थपिदै छ । आफू एक साधारण व्यापारी भएता पनि उनले सरा दुःखी गरीवको ऋण तिर्ने कार्य गरेका थिए । किवंदन्ती अनुसार उनले बालुवालाई सुनमा परिणत गरेका थिए । सोही सुनबाट उनले सम्पूर्ण दुःखी गरीवलाई ऋणमुक्त गरिदिएका थिए ।
 
यस्तो महान कार्य देखेर त्यतिवेलाका लिच्छवी राजा राघवदेव सा¥है प्रसन्न भएर उनलाई नया“ संवत् चलाउन दिएका हुन भनिन्छ । शुरुमा यस संवत्को नाम पशुपति भट्टारक थियो र पछि यसलाई नेपाल संवत् भनिन थालको हो । यो विक्रम संवत्भन्दा ९३६ वर्ष पछाडी शुरु भएको हो । उनले सुनमा परिणत गर्न थुपारेको बालुवा विसाउने पाटी अहिले पनि भिमसेन स्थान जाने बाटोमा रहेको छ जसलाई “लखु फाल्चा” भनिन्छ । यसरी नेपाल संवत् लक्ष्मी पूजाको भोलिपल्ट म्हपूजा अर्थात नेवारी समुदायको आत्मा पूजा गर्ने दिन धुमधामस“ग विविध कार्यक्रमका साथ मनाईदै आएको छ ।
 
 नेपालका मौलिक सम्वत शक सम्वत र नेपाल सम्वत नै मानिन्छ । शक सम्वत केहि वर्षसम्म चलेको थियो भने नेपाल सम्वत जनस्तरमा र राज्य स्तरमा वि.स.१८२५(ने.स.८८८)सम्म चलेको थियो । नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वा हुन ।देशमा सवैस्तरबाट ऋण मुक्त गराएको स्मरणमा यो सम्वत प्रचलमा ल्याईएको हो । यो सम्वत कुनै धर्म, धर्मगुरु, राजा, महाराजाको नाममा नभई देशको नाममा ल्याईएको विश्वमा नै एउटा अपूर्व उदाहरुण हो । शंखघर शाख्वाको सुकर्मको सम्मान स्वरुपनेपाल सरकारले उनलाई २०५६ सालमा राष्ट्रिय विभुति घोषित गरेको थियो । त्यसैगरी उहा“को तस्वीर अङ्कित हुलाक टिकट समेत प्रचलनमा ल्याईएको छ ।
 
धार्मिक सहिष्णुताको अनुपम उदाहरण बनेको हाम्रो देशमा विभिन्न जातजाती, धर्म रहनसहनको विविधतामा एकता पाईन्छ । यिनै संस्कृति मध्ये एक नेवारी संस्कृति नेपालकै कला संस्कृति क्षेत्रमा महŒवपूर्ण मानिन्छ । नेवारी परम्परा र संस्कृतिलाई संरक्षण तथा सम्वद्र्धन गर्नको लागि विभिन्न संघसंस्थाहरु स्थानीय तथा राष्ट्रियस्तरमा लागि परेका छन् । उनीहरुले नेवारी संस्कृतिको संरक्षण एवम् सम्बद्र्धनमा उतुलनिय कार्यहरु पनि गर्दै आएका छन् ।
 
हेटौडामा पनि नेवारी संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्न यहा“ स्थापित विभिन्न संघसंस्थाहरु सक्रिय रुपमा लागि परेका छन । धेरै समय अगाडि बुद्धिलाल राजथला र जनकवि गणेशलालको सक्रियतामा नेपालभाषा खलःको गठन भए पश्चात खलःले नेवारी कला एवम् संस्कृतिको संरक्षण गरी आफ्नो परम्परा र मान्यतालाई लोप हुन नदिन बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । नेपाल भाषाका महाकवि सिद्धिदासको जन्म जयन्ती वार्षिक रुपमा मनाउदै र अन्य विविध सा“स्कृतिक र साहित्यीक कार्यक्रमहरु पनि गर्दै आएको छ ।
 
त्यसैगरी नेवारी संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गरी विकास विस्तार गर्न हेटौडामा नेवाः सांस्कृतिक पुचः पनि लामो समय देखि लागि परि रहेको छ । नेवारी संस्कृतिलाई लोप हुन नदिन नेवा सांस्कृति पुचःले वार्षिक रुपमा गाईजात्रा पर्वलाई निरन्तरता दिनुका साथै अन्य विविध पर्व एवम् जात्राहरुमा विविध कार्यक्रमहरु संचालन गरी सक्रिय रहेको छ ।
 
सांस्कृतिक दृष्टिकोणले धनी नेवारी संस्कृति एवं संयुक्त राष्ट्र संघको सदस्यताको लागि निवेदन पेश भएको नेवारी रञ्जना लिपीको राष्ट्रिय रुपमा नै महत्व छ । यसै लिपीले  गर्दा संयुक्त राष्ट्र संघको नेपालले सदस्यता प्राप्त गर्न सहयोग पुगेको थियो । रञ्जना लिपीलाई सवै नेपालीको भाषाको रुपमा लिई यसको संरक्षण एवं सम्वद्र्धनको लागि विभिन्न समुदाय, सम्प्रदाय र साथै सरकारको सहयोगमा विविध कार्यक्रम संचालन गर्दा वेश हुने थियो ।
 
जसले नेपालीहरुको विविध संस्कृतिको संरक्षण र भाषाको जर्गेनामा मात्र सहयोग पुग्दैन साम्प्रदायिक सद्भाव वृद्धि गर्न सहयोग पु¥याई राष्ट्रिय विकासमा समेत सहयोग पुग्दछ । नेवारी संस्कृती, नेपाल संवत् र रञ्जना लिपीलाई हामीले नेपालका सवै सम्प्रदाय, समुदाय, जाती, र भाषाका मानिसको संस्कृति, संवत् र लिपी बनाउन सक्नु पर्दछ ।
 
नेपाल सम्वत नेवारहरुहको मात्र हो भन्ने केहि समूहको सोच पनि रहि आएको छ । वास्तवमा नेपाल सम्वत नेवारहरुको मात्र नभई सम्पूर्ण नेपालीहरुको सम्वत हो । यो सम्बत सामान्य नेवारी मुलका नागरीकको नाममा, त्यो पनि उनले गरेको सुर्कमको कारणले मात्र चलेको हो भन्ने बुझनु पर्दछ । यसको लागि सम्पूर्ण नेवारी समदुयाले अन्य सवै,  सम्प्रदाय र जातीका नेपालीहरुलाई यो तपाई हामी सबै सम्पूर्ण नेपालीको सम्बत हो भन्ने कुरा बुझाउन सक्नु पर्दछ ।
 
नेपाल सम्वतको नया“वर्षको रुपमा वार्षिक रुपमा यस क्षेत्रमा नेवारी कला र संस्कृतिको संरक्षण गर्न सक्रिय संघसंस्थाहरुले औपचारीक रुपमा विविध कार्यक्रम गरी मनाउदै आएको छ । यस वर्षका पनि केहि कार्यक्रमहरु सार्वजनिक भएका छन् । यसरी मनाउ“दै आएको कार्यक्रमहरुमा केहि सुधार गरे अझ प्रभावकारी हुने देखिन्छ । औपाचारीक कार्यक्रम संचालन नेवारी भाषामा भएता पनि एउटा दोभाषेको व्यवस्था भएमा कार्यक्रममा सहभागी अन्य समुदायका सहभागीहरुले पनि कार्यक्रमको बारेमा धेरै कुरा जान्न पाउथे होला ।
 
वार्षिक रुपमा गरीने मोटरसाईकल ¥यालीलाई अझ व्यवस्थित गर्न सकिने सम्भावनाहरु धेरै छन् । सर्वप्रथम ¥यालीमा सहभागी हुन नेवार समुदायकै हुनु पर्दछ भन्ने मान्यता होईन्न भन्ने कुरा सर्वसाधारणलाई बुझाउन आवश्यक देखिन्छ । सहभागीहरु कुन रुटमा जाने हो त्यसको बारेमा अनभिज्ञ हुन्छन । यद्दपी यसपटक रुट पनि सार्वजनिक गरिएको छ । ¥यालीमा सहभागी र गैर सहभागी छुट्टयाउन गाह्रो हुन्छ । केहि शुल्क लिएर नाम दर्ताको प्रक्रिया राखि छुट्टै पहिचान हुने पोशाक लगाएर ¥यालीमा हिंडदा अलि व्यवस्थित देखिन्छ होला । साथै ¥यालीमा सहभागीहरुले अपनाउनु पर्ने सामान्य शिष्टता एवम् अनुशासनको बारेमा पनि पहिल्यै जानकारी गराउ“दा सहभागीहरुले के—के गर्न हुने र के—के गर्न नहुने पहिल्यै जानकार हुन्थे होला ।  
 
आशा गरौ यस वर्षको कार्यक्रम निकै व्यवस्थित हुनेछ । यस वर्ष अझ धेरै अन्य समुदायका मानिसहरु पनि नेपाल सम्वद मनाउन सहभागी हुनेछन् । यस कार्यक्रमा सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरु अझ गम्भिर भएर नेवारहरुको मात्र नभएर हाम्रो नेपाल सम्बत मनाउन लाग्ने छन् ।
 
सुधिर भद्र
sudhirhtd@yahoo.co.uk
२०७१ कात्तिक ५गते
 

No comments:

Post a Comment