Monday, July 20, 2015

विपतमा विवेक हराएपछि

सप्तरीका चन्द्रकान्त चौधरी, अध्ययनको शिलशिलामा राजधानीमा भर्खरै छिरेका हुन । मकवानपुरमा रोजगररत चौधरी थप अध्ययनकोलागि काठमाण्डौ हानिएका थिए । पा“च महिने काखे छोरा, श्रीमती र बुढी आमालाई छोडेर उनी राजधानी पुगेका थिए । वर्तमानमा केहि कष्ट व्यहोरे भविष्यमा आफ्ना सन्ततिले सुख पाउछन भन्ने आशमा उनी केहि दुःख गरेर भएपनि अध्ययनकोलागि काठमाण्डौ गएका हुन । परीवारसंग छुट्टिएर बसेको केहि महिनमा नै उनले ठूलो विपतको समाना गर्नु पर्यो । गत वैशाख १२ गतेको भुईचालोमा उनी कालोपुलको तीन तले घरको दोश्रो तलामा खाना खाईरहेका थिए ।
 
आफू भाडामा बस्ने घर नराम्ररी हल्लिए पछि उनले भुईचालो गएको पत्ता पाए । घर वरिपरी कोलाहल मच्चियो, बालवालिका र महिलाहरु रुन कराउन थाले, ठूलो भुईचालोको पराकम्पनहरु बारम्बार आईरहे । चौधरीको शरिर काठमाण्डौमा भए पनि मन उनको घरतिर हुन थाल्यो । उनले आफ्नो काखे बच्चा, श्रीमती र आमालाई सम्झन थाले । बारम्वार फोनको प्रयास गरे, तर त्यो पनि सफल हुन सकेन । बेला बेलामा भुकम्पले बनाएको विध्वशंको खवर उनको हाते एफ.एम. मा बज्न थाली सकेको थियो । समाचारहरुले उनको मन निकै आत्तिएर धेरै पटक फोन सम्पर्कको प्रयास गर्दा बेलुका उनको परिवार सकुशल रहेको जानकारी पाए ।
 
त्यसपछि उनलाई काठमाण्डौ बस्न मन लागेन । त्यसको भोलिपल्ट उनी घर आउनकोलागि बल्खु पुगे त्यहा“ उनले विपतमा विवेक हराएका मानिसहरुको एक झुण्ड नै देख्न थाले । त्यहा“ समान्य भन्दा सामान्य पनि मानविय विवेकता व्यवसायीहरुमा देखिएन । धेरै पसलहरु त बन्द नै थिए, खुलेका पसलहरुको मुल्य पनि आकाशिदो थियिो । कुनै कानूनको उपस्थिति थिएन । काठमाण्डौबाट हेटौडा आउन सामान्यतः यातायातको साधनहेरी ३ देखि ५ सयसम्म एक जनाले भाडा तिर्नु पर्नेमा उनले २५ सय तिरेर रात्री बसमा उभेर हेटौडा आए ।
 
भुकम्प र त्यसको पराकम्पनसंगसंगे राजधानीमा अस्थाई रुपमा बसोवास गरेका चन्द्रकान्त चौधरी जस्तै हजारौ मानिसहरुले भोग्नु परेको साझा समस्या थियो । तर त्यसको नियमन गर्ने निकाय मौन थियो । मानिसहरुले खानुसम्म दुख खाईसके पछि दुई तिन दिन पछि सरकार र यातायात व्यवसायीहरुले केहि विवेकताको प्रयोग गरी त्यस किसिमको गैर कानूनी क्रियाकलाप गरे कारवाही गरीने सूचना प्रवाह गरे ।
 
हजारौ मानिसको मृत्यु हुने यो अकल्पनिय दैवी प्रकाये अवश्य पनि ठूलो हो । यसको व्यवस्थापनमा वर्तमान सरकार र त्यसका मन्त्रीहरुको भूमिका प्रभावकारी देखिएन । यसमा नेपाली सेना र नेपाल प्रहरीको भूमिकालाई हामी सबै नेपालीले आत्मसात गर्नु पर्छ । सरकारको कार्यशैली विशेषगरेर नेतृत्व गरी रहेका प्रधान मन्त्री स्वदेशी तथा विदेशी समकक्ष्ँिहरुसंग प्रष्टरुपमा प्रस्तुत हुन सकेको देखिएन । उनी आफै भन्दा पनि बढी कसैबाट चलाईएको देखियो । अझ विशेषगरेर भारतीय सेना र भारतीय संचार माध्याममा अंकुश लगाउन नसक्नुले पनि उनको उचाई घटाएको थियो । एउटा सार्वभौम सम्पन्न राष्ट्रको प्रधानमन्त्री,गृहमन्त्री जस्ता महत्वपूर्ण निकायका उच्च पदस्त व्यक्तिले विदेशी संचार माध्यममा उनीहरुकै भाषामा अन्र्तवाता दिएको कति पनि सुहाएको थिएन ।
 
भारतीय संचार माध्यमहरु नेपालका प्रधानमन्त्री र गृहमन्त्रीलाई उनीहरुको कुनै एक प्रान्त सरकारका मन्त्री सरह कुनै सामान्य कुटनैतिक मर्यादा पनि नराखी प्रश्न सोधीरहेको थिए । हाम्रा प्रधानमन्त्री र गृहमन्त्री पनि उनीहरुको उत्तर हिन्दी भाषामा गर्वका साथ दिई रहेका थिए । उहा“हरुको अंग्रजी कमजोर भएर हो वा उहा“हरुलाई हिन्दी प्यारो भएर त्यसो गरेको हो थाहा भएन । अंग्रजी साथै अप्ठ्यारो लागे नेपालीमा मात्रै भएपनि उत्तर दिए हामी सबै नेपालीहरुको शिर उचो हुने थियो होला ।
 
भारतीय सेनाको हालीमुहाली त्यसमा चिनीया पक्षको चासो र बेलायती सेनाको सहयोग अश्विकारले गर्दा पनि वर्तमान सरकार अन्तराष्ट्रिय बृतमा अलि कमजोर देखिएको छ होला । नेपाली सूरक्षा निकायको समय समयमा सृदृढिकरण नगरीएको भए अझ ठूलो संकट आउन सक्ने थियो । गोंगवुमा र भक्तपुरमा गरिएको जीवतै उद्दार र अन्य क्ष्ँेत्रमा नेपाली सूरक्ष्ाँ निकायले सिमित श्रोत र साधानमा गरेको कार्य सबैले प्रशंसा गरेका छन् ।
 
भुकम्प पछिको व्यवस्थापन कार्य तुलनात्मक रुपमा राम्रै देखिएपनि दाताहरुले सकारी क्षेत्रको विश्वास पाउन सकेको छैन । प्रधानमन्त्री राहतकोषमा उल्लेख्य रुपमा सहयोग जम्मा हुन सकेको छैन । नीजी क्षेत्रहरु आ—आफ्नै किसिमले सहयोग एवम् उद्दारमा जुटेका छन् । उनीहरुको उद्दार र उद्दार सामग्रीको नियमन कसले र कसरी गर्ने हो यसको उत्तर स्पष्ट कसैसंग छैन । ठूला व्यवसायीक घरानाहरुले बिभिन्न संख्यामा घर निर्माण गर्ने कुराहरु आई रहेको छ । त्यसको जानकारी राष्ट्रय सरकार वा स्थानीय सरकारलाई छ कि छैन, पत्र पत्रिकामा मात्र प्रचार वाजी भएको हो कि । पत्रकार सम्मेलन गरेर गर्ने भनिएको करौडौको सहयोग गरिएको छ वा छैन यसको नियमन कसले गर्ने हो ।
 
तर जे होस आपतको वेला हलिउडको विश्व विख्यात अभिनेत्री एवम् गोर्खा सैनिक आन्दोलनका सहयोगी जोयना लुम्ले , विश्व विख्यात फुटवलर क्रिष्टियानो रोनाल्डो, वलिउडका महानायक अभिताभ बच्चन लगायतकाले नेपालीहरुको सहयोगकालागि जुटेका हात अवश्य पनि हाम्रालागि गौरवको विषय हो । नेपाली कलाकारहरुले पनि आ—आफ्नो क्ष्ँेत्रबाट ढिलै भएपनि गरेको सहयोग राम्रै छ ।
हाम्रो देश बाढी पहिरोबाट जोखिम युक्त मुलुकको रुपमा त परिचित छदैछ । त्यस संगसंगै भुकम्प पनि थपिएको छ । संकटहरु कहिले कुन वेला आउन सक्छ भन्ने कुरो कसैलाई अग्रीम जानकारी हु“दैन । महत्वपूर्ण कुरा के हो भने त्यसको व्यवस्थापन हो । संकट व्यवस्थान गर्न सके जस्तो सुकै विपत परे पनि विवेक हराउनु पर्दैन अन्यथा विपतमा फेरी विवेक गुमे भने भावि पुस्ताले हामी देखेर हास्ने छ ।
 
सुधिर भद्र
२०७२ जेठ १८ गते

No comments:

Post a Comment