Sunday, July 26, 2015

परिवर्तनको लालसा


कसैको व्यवहारमा परिवर्तन
कसैको हैसियतमा परिवर्तन
सबै तिर परिवर्तन मात्र देख्दैछु ।
खोई कहिले आउने हो म मा पनि परिवर्तनको ललासा ।

कसैको बोलीमा परिवर्तन
कसैको ज्ञानमा परिवर्तन
सबै तिर परिवर्तन मात्र देख्दैछु ।
खोई कहिले आउने हो म मा पनि परिवर्तनको ललासा ।

यर्थाथमा बाचेको जुगौ भईसक्यो
यथास्थितिमा रमाएको धेरै भईसक्यो
सबै तिर परिवर्तन मात्र देख्दैछु ।
खोई कहिले आउने हो म मा पनि परिवर्तनको ललासा ।

फरककोणहरुले चिच्याएर कान खाईसक्यो
फरकधारहरुले जिस्काएर हैरान पारिसक्यो
सबै तिर परिवर्तन मात्र देख्दैछु ।
खोई कहिले आउने हो म मा पनि परिवर्तनको ललासा ।

सन्तुष्टिको मापन धेरै भो जस्तो छ
असन्तोष गर्भमा नै हराउन थालेको छ
सबै तिर परिवर्तन मात्र देख्दैछु ।
खोई कहिले आउने हो म मा पनि परिवर्तनको ललासा ।

सुधिर भद्र
२०७२ साउन ३ गते
sudhirhtd@yahoo.co.uk

No comments:

Post a Comment