Tuesday, September 30, 2014

दवावमा हुने ठगी

केहि समय अगाडी तेल चोरीको आरोपमा ट्रयाड्डकर व्यवसायी लगायत तेल व्यापारमा राम्रो पकड रहेका पश्चिम क्षेत्रका केहि व्यवसायीहरु पक्राउ परे केहि फरार छन् । त्यस काण्डमा मुछिएका व्यवसायीहरुलाई सफाई दिलाउनकालागि सम्बन्धित संघ संस्थाहरु निकै खुलेर नै लागे । बिभिन्न क्षेत्रमा दवाव दिनकोलागि उनीहरु डेलिगेशन नै गए । त्यो घटनाको स्पष्ट कारवाही अहिलेसम्म सुन्न सकिएको छैन ।
 
काठमाण्डौमा एक सुन व्यवसायी पनि सुनको नाप तौलमा केहि गडवडी देखिएपछि समातिए । त्यसको विरोधमा सबै व्यवसायीहरुले आ—आफ्नो व्यवसाय बन्द गरेर त्यसको विरोध गरे । यस काण्डमा उनलाई कति कारवाही भयो वा भएन कुने पत्र पत्रिकामा आएको छैन । भर्खरै मात्र फेरी काठमाण्डौको विशालवजारमा तयारी पोशाकहरुको अनुगमन गर्न पुगेका सरकारी अधिकारीहरुले पनि त्यस्ते विरोधको सामाना गर्नु प¥यो । किनेर ल्याएको विल र बेचेको विलमा देखिएको अन्तरको आधारमा कारवाहीकोलागि विशाल वजार पुगेका सरकारी अधिकारीहरु त्यस क्षेत्रका समग्र व्यसायीहरुको विरोध पछि त्यत्तिकै फर्केर आउनु प¥र्यो ।
 
मुलुकमा यस किसिमको दवावमा कारवाही रोकिने प्रक्रिएका एक पछि अर्को गरी थपिदै आएको छ । एउटा घटनाले अर्को घटनालाई प्रोत्साहन दिन थप नजिरको काम गर्दै आईरहेको छ । सरकारी अनुगमन व्यवसायीहरुको पुग्यो केहि गल्ती भेट्टायो भने त्यसको केहि समयमा ठूलो दल वल सहितको डेलिगेशन स्थानिय प्रशासनमा पुग्ने, सकेसम्म एकपटकलाई माफ दिने, यदि सम्भव भएन भने सानो भन्दा सानो कारवाही गर्ने परिपाटिको विकास भएके छ । 
 
विशेषगरी चा“डवाडको वेलामा बढि चलखेल हुने भएकोले अनुगमनको प्रयास गरीन्छ तर हालसम्मको अनुगमनको प्रयास त्यत्ति सफल भएको कसैले पाएको छैन । बजारको एक कुनामा अनुगमन शुरु भएको थाहा पाएपछि त्यसको हल्ल समग्र वजारका फैलिने भएकोले यदि त्यस्ता कुनै गल्ति कमजोरी छन भने व्यवसायीहले अनुगमनको समयकोलागि मात्र सच्चाउने गरेको देखिएकोछ ।
 
अनुगमनको नाममा स्थानि प्रशासनको तदकारुकताको त कमि देखिएको नै छ । त्यसमाथि उपभोक्तावादी संघसंस्थाहरुको भूमिका पनि त्यत्ति प्रभावकारी पाईएको छैन । उनीहरुले समग्र क्षेत्रका देखिएको कमि कमजोरीहरुको बारेमा सम्बन्धित संघसंस्थाहरुलाई सचेत गराउनु पर्ने हो । यदि कमजोरी भेटाईएकोछ भने त्यो नदोह¥याउन सर्तक गराउनु पर्ने हो । सरकारी टोलीको संगसंगै पछि लागेर हिडेर मात्र उपभोक्तावादी संघसंस्थाको दायित्व निर्वाह हुदैन ।
 
प्रत्येक वर्षको दशैमा देखिने एउटा समस्या टाटा सुमोका भाडाको समस्या हो । यसमा गत वर्ष स्थानिय प्रशासनले अलि कडा गर्न खोजेको थियो केहि हदसम्म सफल भएता पनि पूर्ण रुपमा सफल हुन सकेन । यस वर्ष पनि सुमो व्यवसायीहरु आफै सक्रिय भएर भाडा समायोजन गर्न छलफल गरेका थिए तर त्यो सफल भएन । त्यसपछि काठमाण्डौबाट हेटौडाको एकतर्फि भाडा बढ्यो । प्रशासनले आफ्नो उपस्थिति देखाउन बल्खुका केहि काउण्टरहरुमा छापा मा¥यो त्यसको विरोधमा सुमो व्यवसायीहरुले सुमो बन्द ग¥यो । प्रशासन फेरी लचिलो भयो अधोशित रुपमा अहिले काठमाण्डौबाट हेटौडा आउन यात्रीहरुले केहि बढी पैसा तिर्नु पर्दछ । सुमो व्यवसायीहरुका अनुसार हेटौडाबाट काठमाण्डौ जा“दा यात्रु नपाईने हुनाले यताको खर्च उठाउन उताबाट पैसा अलि महंगो गरिएको भनिएको छ । दशैंको बेलमा सना देखि ठूला सबै गाडीहरुम काठमाण्डौ जाने यात्रुको कमि हुन्छ यसरी सबै यातायातले आ—आफ्नो किसिमले भाडा बृद्धि गर्न थालेपछि त्यसको मार कसले व्यहोर्ने हो ।
स्थानिय प्रशासनलाई ताकोता गर्न उपभोक्तावादी संघसंस्थाहरु यो समस्यामा त्यत्ति सक्रिए भएको पाईएको छैन । समयमा नै झक झकाउने कार्य गर्नु पर्ने संस्थाहरु व्यवसायीक संघसंस्थाहरुको अगाडी निरही देखिएका छन् । सुमो व्यवसायीहरुको पनि आ—आफ्नो समस्या होलान त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयका सम्बन्धित व्यवसयी र स्थानीय सरोकारवालाहरुको बिच छलफल हुन आवश्यक छ । हिजो आज जो कोहि काठमाण्डौबाट हेटौडाकोलागि सुमोमा यात्रा गरी रहेका हुन्छन उनीहरुले सामूहिक स्वरमा सुमो व्यवसायीहरुको विरोध गरी रहेका छन् । एकतर्फि भाडा बढाएर मात्र समस्याको सामाधान हु“दैन । हेटौडाबाट काठमाण्डौ जा“दा यात्रीहरु पाईदैन भने राज्यले त्यो रुटमा के के छुट दिन सकिन्छ त्यसमा सोच्ने हो की ? जसबाट व्यवसायीहरुलाई र यात्रीहरुलाई कुनै पनि किसिमको अतिरिक्त व्यय भार नपरोस । यसले सुमो व्यवसायी र यात्रीहरु बीचको सम्बन्ध अझ विश्वासीलो र भरपर्दो हुन्छ ।
 
चा“डावाडको शुरुवात संगसंगै साना पान व्यवसायीहरुदेखि ठूला व्यवासायीहरुसम्मले पनि मुल्य बृद्धि गर्ने गरेका पाईएको छ । दशैको टिकाको दिन पान लिन गयो भने साना पान व्यवसायीहरुले समेत त्यसको मुल्य अर्कै तोकेका हुन्छन । ठूला व्यवसायीहरुको त कुरै नगरौ उनीहरुको दशै व्यापार नौरथा लाग्न केहि समय अगाडी देखि शुरु हुन्छ । त्यसमा हुने ठगी उपभोक्तामा निर्भर गर्दछ । सचेत उपभोक्ता कम ठगीमा पर्दछन भने अन्य उपभोक्ताहरु ठूलो ठगीको मारमा पर्न सक्छन ।
 
सरकारी टिभी र पत्र पत्रिकामा वाणिज्य विभागका महानिर्देशक मकवानपुर जिल्लावासी नारायण प्रसाद विडारी खुव देखिन थालेका छन् । उनले कहि कतै बाट कसैले ठगी गरेको पाईएमा, हामी तुरुन्त कारवाही गर्छौ,  हामीलाई सम्पर्क गर्नु होला भनेर सार्वजनिक रुपमा नै फोन नम्बरहरु टिपाएका छन् । सायद विशालवजारको टोलीमा उनी पनि दिए क्यार, हेरौ उनको अभिवयत्तिलाई मुर्त रुप दिन दवावमा गरीने ठगीले सफल हुन दिन्छन कि दिदैनन् । 

सुधिर भद्र
sudhirhtd@yahoo.co.uk
२०७१ आश्विन १३ गते

Friday, February 21, 2014

पत्रकार महासंघ मकवानपुरको आगामी नेतृत्व

झयाप्प दारी पालेको, गोलो अनुहार सधै टाउकोमा क्याप र खल्ति नै खल्तिवाला हाफ ज्याकेट कहिल्यै नछोडने भु“डी प्याकल्याक्क बाहिर निस्केको मकवानपुरे पत्रकारीतामा परिचित अनुहार प्रताप बिष्ट जसले महासंघको कमान हाक्रदै आएका थिए उनी अव आफ्नो जिम्मेवारी सुम्पन्ने तरखरमा छन् भने उनको जिम्मेवारी सहर्ष स्वीकार गर्न तीन तन्नेरी पत्रकारहरु कम्मर कसेर लागेका छन् । सबैले आ—आफ्नो उम्मेदवारी किन भन्ने धारणा आफ्ना साथीहरुलाई प्रस्टाउन थालेको छन ।
 
तीन पत्रकारहरु प्रत्यक्ष्ँ तथा अप्रत्यक्ष्ँ रुपमा बिभिन्न राजनैतिक धारसंग सम्बन्धित रहेका छन् हुन त पत्रकार जुन राज्यको चौथो अंगमा पर्ने हुनाले कुनै राजनैतिक दलसंग आवद्ध हुनु नपर्ने हो तर हामीकहा“ त्यसो हुन सकेको छैन यहि कारणले आफू माथि पुग्न एउटा न एउटा दल समाउने परिपाटीको विकास हु“दै आएको छ जसको परिणामा सकारात्मक नभएपनि क्षणिक सफलताको लागि यसले प्रसय पाउ“दै आएको छ ।
 
नेपाली कांग्रेस समर्थित पत्रकारहरुको समूह नेपाल प्रेस युनियन, नेकपा एमालेसंग सम्बन्धित प्रेस चौतारी नेपालले आ—आफ्नो उमेदवारी उठाएको भन्ने हल्ला बजारमा व्यापक छ हुन त उक्त संस्थाहरुसंग सम्बन्धितहरुले हामी पनि स्वतन्त्र उम्मेदवार हौ भनेका छन कुरो जे भए पनि दलको समर्थन लिएर चुनाव जितुला भन्नेहरुले संस्थाको मर्यादाको ख्याल राख्न पनि कदापी भुल्नु हुदैन । सबै दलसंग समन्वय हुनु पर्दछ तर आफ्नो अनुकुल वातावरण सृजना गर्न दलहरुले संघसंस्था कव्जा गर्ने परीपाटीको विकासले गर्दा पेशागत हकहितको लागि स्थापित संस्थाको अस्तित्व नै संकटमा पर्न जाने सम्भावना रहन्छ । त्यसो हुनाले आफू कुनै राजनैतिक दलमा सम्बन्धित भए पनि नेतृत्व पक्तिमा आउनको लागि केहि समयको लागि भए पनि राजनैतिक क्ष्ँेत्रबाट बिदा माग्नु पर्दछ ।
 
उमेदवार मध्येका एक आफ्नो महासंघमा ठूलो योगदान भएको बताउनु हुंदै आफ्नो उमेदवारी प्रस्तुत गरेको बताउनु हुन्छ हुन त उहा“को पृष्ठभूमि पनि कुनै एक राजनैतिक दलसंग सम्बन्धित थियो तर आजकल स्वतन्त्र जीवन बिताउदै आएकोले स्वतन्त तर्फबाट उम्मेदवारी दिएको बताउनुभएकोले उहा“ वास्तििवक स्वतन्त्र उमेदवार हो वा दलगत विभाजनबाट वाक्क भएकाहरुको सहानभुति बटुल्न स्वतन्त्रताको खोल ओड्नु भएको हो सो कुरा प्रष्ट पार्न जरुरी छ ।

भर्खरै निवर्तमान हुन खोज्नु भएका सभापतिज्यूको पनि पृष्ठभूमि राजनैतिक क्ष्ँेत्रसंग सम्बन्धित छ उहा“ले राजनैतिक पार्टि परीवर्तनका साथ साथै पेशा पनि परिवर्तन गरी महासंघको सभापति जस्तो गरीमामय पदमा आसिन हुनु भएको छ । पेशा परीवर्तन गरे पश्चात अहिले खुलेर कुनै पनि पार्टिको समर्थन वा विरोध गर्नु भएको छैन तर पनि अदृश्य रुपमा उहा“ कुनै एक पार्टिसंग सम्बन्धित हुन हुन्छ भन्ने सुनिएको छ त्यो उहा“को व्यक्तिगत कुरा हो उहा“ पदमा आसिन भए देखि कुनै दलको समर्थन वा विरोधमा नबोल्नु नै उहा“ले निभाउनु भएको सफल जिम्मेवारी हो ।
 
कुरो जे भए पनि राज्यको चौथो अंगको रुपमा परिचित पत्रकारीता क्ष्ँेत्रमा अबको नेतृत्व सम्हाल्नेले धेरै चुनौतिहरु पनि सम्हाल्नु पर्ने टडकारो रुपमा देखिएको छ । मकवानपुरमा पत्रकारीताको विकाससंग संगै पित पत्रकारीताको पनि विकास हुंदै गएको जनमानसमा गुनासो सुनिन्छ । स्वच्छ पत्रकारीताको वातावरण सृजना गर्न नया“ पुस्ता देखि पुरानो पुस्ता, नागरीक समाज देखि उद्यँेगी व्यवसायी, बिद्यँर्थीदेखि जागीरे सबै बिच पत्रकारीता पेशाको छवि धमिलिन नदिन आचार संहिताको विकास गरी समग्र पत्रकारीतामा पेशामा संलग्नहरुलाई उक्त आचार संहिता पालन गर्न प्रोत्साहित गर्नु पर्दछ ।
 
पैसा दिएर समाचार छाप्ने, पैसा दिए नराम्रो समाचार पनि लुकाउने, विज्ञापनको लागि अनावश्यक धाक धम्कि देखाउने जस्ता बिक्रिृतीहरु देखिन थालेको भन्ने गुनासो आएको अवस्थामा न्हुच्छेमान श्रेष्ठको सभापतित्वमा गठन भएको पत्रकार महासंघ मकवानपुरले आगामी दिनहरुमा यस्ता गुनासाहरुको सतहबाट नै समाधान गरी स्वच्छ एवम् मर्यादीत पेशाको विकास गर्ने अवको नेतृत्वले ठूलो चुनौति समाना गर्नु पर्दछ । आखा“ले देखिएका र कानले सुनिएका बाहेक पनि अन्य विविधि क्ष्ँेत्रका समस्या समाधान गर्न सक्ने नेतृत्वको विकास गर्न हामी जस्तो नवप्रवेशी सदस्यहरुले निकै सोच्नु पर्ने समय आएको छ ।

सुधिर भद्र
हेटौडा
२०६४ माघ १७ पाण्डुलिपी तयार सोही महिनामा हेटौडा सन्देशमा प्रकाशित
 

Friday, February 7, 2014

मैले भोट हालिन

मंसीर ४ गते विहानै देखि टेलिभिजन र एफ.एममा चुनाव सम्बन्धि प्रत्यक्ष प्रसारणको चर्को धुन गा“उ छिमेकमा सुनिएको थियो । एक पक्षको आक्रमक, ध्वशांत्मक र विवेकहिन बन्दको त्रासमा मानिसहरु भोट हाल्न जा“दैनन् भन्ने धेरै थिए । यसपालिको मतदालनमा ४० प्रतिशत मात्र मतदान हुन्छ भन्ने अनुमान गर्ने हरु त्यति बेला चकित भए जुन बेला विहान सबैेरे मतदान केन्द्रमा मतदाताहरुको भिड देखे । बम र बारुदसंग लुकिछिपि गर्दै अदम्य साहसका साथ मतदाताहरु मतदान केन्द्रमा पुगे । २०७० सालको मतदानलाई हालसम्म ईतिहासकै सबैभन्दा बढी मतदाताहरुसहभागी भएको निर्वाचन बन्न सफल भयो ।
 
आफेनो मताअधिकारको उपयोग गर्नका साथै चुनावी नसा लिन जनताहरु मतदान केन्द्रमा पुगेका थिए । त्यहा उमेरले कुनै रोक धोक गरेको थिएन । हिड्न सक्नेहरु साथीभाईसंग नसक्नेहरु आफन्तको साहारामा, आफन्तले समय दिन नसक्नेहरु लठिको साहारमा मतदान केन्द्र पुगेका थिए । यसपालिको चुनावमा साधारण मानिसहरुको शक्तिलाई कम आंकलन नगर्नु भन्ने एउटा चिर्चित हिन्दि फिल्मको एउटा संवाद निकै युक्तिसंगत देखिएको छ । लोकतन्त्रमा राजनैतिक दलहरुलाई ठेगान लगाउने र खवरदारी गरी सतर्क हुन सिकाउने एउटा प्रमुख अस्त्र नै चुनाव भएको सत्यतालाई यस पटकको नतिजाले थप पुष्ट्याई गरेको छ ।
 
२०६४ सालको चुनावमा जनतको विश्वास र आसको केन्द्रविन्दु नै नेकपा माओवादी थियो । उनीहरुको संघर्ष र लडाई जनताकोलागि नै होला भन्ने सबैले ठानेका थिए । त्यसै कारण कुनैपनि पार्टिमा खुलेर नलागेकाहरुको धेरै स्वतन्त्र मत नेकपा माओवादीमा गएको थियो । त्यस समयको चुनाव र त्यस पश्चात बनेको सरकार र बिभिन्न घटनाक्रमले बिस्तारै बिस्तारै माओवादी तर्फको आर्कषण जनतामा कम हु“दै गयो । आफ्ना कार्यक्रममा देखिएको भिड र रमितै सबै मेरो भोटर हुने भन्ने नेतृत्व पंक्तिको गलत बुझाईको कारण उनीहरुको अपेक्षाकृत भोट आउन सकेन ।
 
आफ्नै पार्टि भित्रको अन्तरकलह, बहिगर्मित जनमुक्ति सेनाको असन्तुष्टि, सर्वहारा वर्गको संघर्षको कुरा तर काम पू“जीपतिहरुको पछि लाग्ने गर्ने,पार्टीको संगठनात्मक बिस्तारमा गा“उ क्ष्ँेत्रमा प्रभावकारी भूमिका खेल्न नसक्नुलाई माओवादीको हारको प्रमुख कारणको रुपमा लिन सकिन्छ । त्यसपछिका दलले पाएको त आफू राम्रो भएर होईन की नराम्रा मध्येका राम्रा मात्र भएर हो भन्ने चुरो कुरा पनि बुझनु पर्दछ । अहिले सबैभन्दा ठूलो पार्टि भनेर त्यति बतासे गफ दिनु सान्दर्भिक नहोला । अर्को चुनावमा फेरी परीणाम अकै परिणाम पनि आउन सक्दछ ।
 
चुनाव सकियो, परीणाम अयो, मतदान गर्नेहरुको बूढी औलामा लगाईएको कालो मसीको दाग पनि टुप्पोमा आउन थालि सक्यो तर मत परीणामाबाट आएको समिकरणको जोड घटाउ अझ मिल्न सकेको छैन । समाचारको च्यानल हर्न सबैलाई वाक्क लाग्न थालि सक्यो । फेरी उहि पुरानै शैली र पुरानै गफहरुले समाचारका पानाहरु भरीन थालेका छन । झिना मसिनाकुराहरुमा केन्द्रिय नेताहरु अल्मलिन थालेका छन् । आफ्नौ पार्टीभित्रको असन्तुष्टिले बिभिन्न गुट उपगुटहरुको जन्म भईरहेको छ । जनताले विश्वास गरेर फेरी एकपटक पुरानै पार्टीहरुलाई साथ दिएका छन् । त्यसको सही सदुपयोग यदि पुराना भनाउ“दाहरुले गर्न सकेनन् भने फेरी राजनीतिले नया“ कोल्टे फेर्न सक्ने सम्भावना धेरै छ ।
 
छिमेकी देशमा भ्रष्ट्राचार बिरोधी नारालिएर एकै वर्षमा सरकार बनाउन सफल आम आदमी पार्टीको भनाई र गराईमा आउको शिध्रताबाट हाम्राहरुले पनि केही सिक्ने बेला आएको छ ।  उनको घोषणा पत्रमा उल्लेख भएका कुराहरु सरकार गठन भएको केहि दिनमा नै पुरा हुन थालेका छन् । हाम्रो घोषणा पत्रको हिसाव किताव चुनाव सकिए पछि कहिल्यै पनि मिल्दैन । पहिलो संविधान सभाको चुनाव पश्चात अव पालो आर्थिक क्रान्तिको भनेर हौसिएका उद्योगपति व्यापारीहरु अहिले सेलाएका छन् । बसन्तपुरमा जति नै घा“टी सुक्ने गरी कराएपनि सन्नेले नसुनेपछि उनीहरु पनि आजित भई सकेका छन् । आशा गरौ अवका दिनहरुमा फेरी हामीले पुराना दिनहरुको निरन्तरता पाउने छैनन । फेरी उहि कुराहरुको निरन्तराता हुन थालेमा मैले भोट हाले भन्दा पनि यस्ताहरुलाई मैले भोट हालिन भन्नेहरुको जमात धेरै हुन सक्छन ।
 
सुधिर भद्र

Wednesday, January 29, 2014

जेट एयरमा आईओएमको लागो

त्रिभवुन विमानस्थालको बोर्डिड्ड पास लिने क्रममा सबैभन्दा लामो लाईन बैदेशिक रोजगारको थियो । बैदेशिक रोजगारको लाईन लामो हुने भएको हुनाले अन्य कारणले विदेश भ्रमण गर्नेहरुकोलागि छुट्टै लाईनको बन्दोबस्त गरिएको थियो । काठमाण्डौबाट हैदराबादको टिकट आयोजकबाट मिलाईएको जेट एयरको थियो । डिस्प्ले बोर्डमा जेट एयरको सूचना हेर्दै विमानस्थलको वेटिड्ड एरियामा यता उता नजर घुमाउदै समय कटाई रहेको थिए । केहि विदेशीहरु मोटा मोटा उपन्यासमा घोतल्लि रहेका थिए । विदेशमा बस्ने नेपालीहरु नोट प्याड र स्मार्ट फोनमा औलाहरु नचाईरहेका थिए ।
बेल्ट देखि जुत्ता सम्म खोलेर सुरक्षा चक्र पार गर्ने लामो ताति थियो । सुरक्षाकर्मीहरु सबैलाई सम्झाउन व्यस्त थिए । त्यहि समूहमा लावा लस्कर सहित दशैको छुट्टीमा घर जाना लागेको जस्तो एक झुण्ड पनि थियो । उनीहरुले लगाएको लुगामा सबैले टाढाबाट सजिलै चिन्न सकिने गरी आईओएमको लोगो भएको स्टिकर टासिएको थियो । त्यो स्टिकर देख्ने बित्तिकै मलाई यीनिहरु भुटानी शरनार्थीहरु हुन भन्ने लागि सकेको थियो । संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी जिम्मेवारी सम्हालेको संस्था आईओएमले यीनीहरुलाई अमेरिका लान लागेको होला भन्ने ठानेको थियो । त्यो समूहमा १ वर्ष काखे बच्चादेखि ७० वर्षको बृद्धसम्मको सहभागीता थियो ।
डिसप्लेमा जेट एअर आई सकेको जानकारी पाएपछि बस चढेर प्लेनसम्म पुग्नकोलागि विमानका कर्मचारीहरुको निर्देशनलाई हामी यात्रुहरु पर्खेर बसेका थियौ । केहि समयपछि आएको निर्देशनलाई पालना गर्दै पुनः सुरक्षा जा“च पार गर्दै बिमानको विजनेश क्लासको सीटलाई छिचोल्दै ईकोनोमिक क्लासको सिटमा बसियो । म संगै उही आईओएमका स्टिकरधारी युवा बस्न आईपुगे । करिव ३ सय जनाको क्षमता रहेको विमानमा आधासरी आईओएमका स्टिकरघारी थिए ।
मसंगै रहेको युवाको नाम गोपाल भण्डारी रहेछ । उनी भूटानी शरणार्थी भएको पक्का भएपछि मैले उनलाई सोधे शरणार्थी सुविधा अन्तर्गत अमेरिका जान लागेको हो । उनले मेरो जिज्ञाशालाई मेटाउदै उत्तर दिए अमेरिका हैन क्यानडा जान लागेको । यसमा आधासरी अमेरिका जान्छन र आधासरी क्यानडा उनले अझ प्रष्ट्याए । घुलोले कालो बनाएको खुट्टामा लगाईएको साधारण चप्पल, जाडो छल्नको लागि लगाईएको एकसरो कपडामा नौलो संस्कृतिले भरिएको क्यानडामा कसरी ती युवा बस्न सक्छन होला जस्तो मेरो मनमा लागि रहेको थियो ।
शरणार्थी सम्बन्धी धेरै कुरा सुनेको र पहिलोपटक आ“खाकै सामुन्ने पाए पछि उनीहरुको विगत जान्ने उत्सुकताले मैले सोधे, कति भो यता आको उनले पूर्वेलीलवजमा भने म सानौ थे, बाउहरुले काखमा बोकेर ल्याएका रे । मैले उनको क्यानडा यात्राको बारेमा जान्न खोजे उता गएर टिकिन्छ त ? खै अलि अलि तालिम दिएको छ । दिल्लिमा अर्को मान्छे लिन आएछ रे अनि अमेरिका जानेलाई अर्कै प्लेनमा हाल्दिन्छ रे हामी क्यानडा जानेलाई अर्कै प्लेनमा हाल्दिन्छ रे । त्यहा“ गए पछि केहि न केहि गरीन्छ होला नी दाजु भन्दे अर्को साईडमा रहेका उनका बहिनीलाई हेरेर मुस्कुराए । बहिनी अलि डराएको अनुहारमा दाईको आड भरोसामा केहि नबोली सीटमा बसिरहेकी थिईन ।
हवाईजहाजको सीट अधिल्तिर सानो स्क्रीन राखिएको थियो । गेम, गीत र फिल्म हरेर लामो यात्राको थकान मेटाउने उद्देश्यले उक्त सामान राखिएको थियो । यात्राको केहि समय पश्चात जाने बुझेकाले त्यो सामानको उपयोग गर्न थालेपछि मसंगै रहेका गोपालले पनि बिस्तारै सिके अनि आफ्ना साथीहरुलाई सिकाउन थाले । दाल, भात र तरकारीमा हुर्केका हामीहरुलाई एअरहोस्टेजले ल्याएको खानेकुराहरु सजिलै स्वीकार्य हुदैन थियो । त्यसमाथि ६० काटेका बुढाबुढीहरुल त्यो कसरी स्वीकारे होला । सीटमा राखिएको फोल्डिड्ड टेबल खोलेर सबैलाई सिकाउन परेपछि एयर होस्टेजको कम्पारा तातेको थियो ।
तीनसय जना यात्रु अनि दुईवटा शौचालय त्यसै पनि भिडभाड हुने शौचालय थियो । शौचालयमा बच्चा बुच्चि र बुढापाकाको भिडभाड थियो । कमोडमा शौच गर्ने अभ्यास नभएर होला फोहरहरु असरल्ल छरिएका थिए । एअर होस्टेजहरु कृतिम हासो निकाल्दै उनीहरुलाई सम्झाउन कोशिश गर्दै थिए ।
काठमाण्डौबाट करिव सवा दुई घण्टाको उडान पछि हवाई जहाज दिल्लीको ईन्दिरागान्धी अन्तराष्ट्रिय विमान स्थलमा अवतरण ग¥यो । यसको विशाल भौतिक संरचनामा हाम्रो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कल्पना पनि गर्न सकिदैन । अत्याधुनिक र विश्वका अन्य विकसित देशका विमानस्थलको प्रतिस्पर्धामा आउने यो धेरै नै राम्रो छ । आन्तरिक देखि अन्तराष्ट्रिय उडानको चाप रहेको यो विमानस्थल निकै शान्त थियो । हिडन नसक्नेहरुकोलागि लामो ट्रलिहरु विमानस्थलको वारपार चलिरहेको थियो  । मेरो लगेज लिनको लागि अफूनै डिस्प्ले बोर्डका संकेतहरु ह्ेर्दै भ्याई नभ्याई भईरहेको थियो । मलाई आफ्नो भन्दापनि मसंगै बसेका गोपाल भण्डारी लगायत उनीहरुको टीमको चिन्ता थियो । उनीहरुको बीचमा रहेको काखे बच्चाको चिन्ता थियो । लठीको साहाराले हिडने बुढाबुढी त्यो वातानुकुलित ट्रमिनलमा हराउने चिन्ता थियो ।
लगेज लिनको हस्याड्ड फस्याड्डमा दिल्लीको एक घण्टाको ट्रान्जिट समय हराई सकेको थियो । त्यस पछि फेरी एक घण्टाको हैदरावाद उडानको तयारीकोलागि फेरी डिस्प्ले बोर्ड हेर्दै जेट एयरवेजको काउन्टर नं. ३१  ए अगाडी आएर बसियो । कुराई उही, बसाई उही तर त्यहा“को वातावरण फरक थियो, त्यहा“को संरचना र सुविधा फरक थियो । हामी जस्तो एशीयन मुहार भएकालाई नेपालबाट आएका भनेर कमैले पत्तो पाउने रहिछ । उनीहरुकै दार्जलिड्ड, आसाम, कोलकतातिरबाट आएका होलान भनेर धेरैले ठान्दो रहिछ ।
दिल्लीको एरपोर्टमा माईग्रेशन शाखामा एउटा मंगोलिएन अनुहारको युवती हाम्रो पासपोर्ट हेर्दै थिईन । यहा“ नेपाली काम गर्दो रहिछ भनेर खुशी हुंदै उनैसंग काम लिन जान खोज्दा आफ्नो अनुहारै नहेरी हिन्दीबाट वार्तालाप शुरु गर्दा कता कता मलाई अप्ठ्यारो महशुस भएको थियो । विशाल हैदरावाद शहरमा हराउदा फाट्ट फुट्ट नेपाली अनुहारह भेटिन्थे तर कसैसंग दोहरो सम्बाद भएन । आयोजकले व्यवस्था गरेको विश्राम गृहमा पनि एउटा नेपाली मुलको जस्तो देखिएर केहि शव्द साटसाट गर्न खोज्दा हिन्दीबाट उत्तर आयो हम तो सिलोड्डी है । रेडियो सिलोड्डमा नेपाली भाषाको कार्यक्रम निकै सुनेका हुनाले मलाई उनीहरुलाई नेपाली भाषा आउ“दैन भन्नेमा कुनै शंका थिएन तर उनीहरुले किन नेपाली भाषा बोलेन भन्ने जिज्ञाशा मात्र मेरो मनमा रह्यो ।
१५ दिने हैदरावदा बसाईमा प्रमुख पर्यटकिय क्षेत्रहरु गोलोकोण्डा फोर्ट, रामुजी फिल्म सिटी, प्रसाद ईन्टरटन्टमेन्ट हाउस, जुलोजिकल पार्क, स्नो वल्र्ड लगायतका सबै क्षेत्र घुमि सकेपछि केहि सपिड्ड मल र त्यहा“को प्रख्यात सिकन्दरावादको प्याराडाईज रेस्टुरेन्टको विरयानी पनि खाईयो । बेला बेलामा भईरहने आतकंवादी हमलाले होला सपिड्ड सेन्टरदेखि रेस्टुृरेन्टसम्म सुरक्षा जा“च निकै कडा थियो । प्याराडाईजमा विरयानी खादा हामी बसेका ठा“उमा मात्र पा“चसय भन्दा बढीले विरयानी खाईरहेका थिए त्यस भन्दा माथिल्लो तल्ला र तल्लो तल्लामा पनि त्यत्किै भिड थियो तर त्यत्तितको भिडमा पानि पाहुनाहरुको सहि व्यवस्थापन गरिएको थियो त्यो अवश्यपनि प्रशंसनिय छ ।
विश्वव्यापिकरण र संचारको विकासले होला सायद त्यहा“को भवन निर्माणको संरचना र हाम्रो भवन निर्माणको संरचनामा समानता देखियो फरक ठूलो र सानोको मात्र भेटियो । त्यहा“ देखिने भवनको नाप नक्सा र डिजईन र हाम्रो डिजाईनको समानताको कारण भवनको विकासमा भने हामीले पनि फड्को मारेको हो कि भन्ने मनमा अलि अलि सन्तोष आउछ । ठूला ठूला भवनको सुरक्षामा खटिएका सूरक्षाकर्मीहरु पा“चमा एक नेपाली भेटिन्थै कसैले खुलेर आफ्नो नाम ठेगना भन्दे भने कसैले हिन्दीमा नै कुरा गरेर आफू असाम र मणिपुरको भएको भनेर ढाटथे । त्यो देख्दा आफैलाई अचम्म लाग्थ्यो किन उनीहरु आफ्नै दाजुभाईलाई नक्कली नामले परिचय दिईरहेका होलान जस्तो लाग्थ्यो । जतिसुकै लामो बसाई बसे पनि, जति धेरै ठाउमा घुमेपनि नेपालीहरु कताछन होला भनेर हेर्दा सुरक्षागार्ड र भान्छा सफा गर्ने तिर आ“खा घुमाउ“दा एउटा न एउटा पक्के भेटिन्थ्यो । कुनैबेला त्यो निकै सहज लाग्थ्यो भने कुनै बेला त्यो निकै असहज हुन्थ्यो ।
सुधिर भद्र
sudhirthd@yahoo.co.uk
२०७० माघ १२ गते

Friday, July 26, 2013

मृत्यु दण्ड र फुलमाला

माक्सवादी ईतिहासलाई साक्ष्ँी राख्दै लामो समयसम्म राजनीति गरेर  बिभिन्न मर्यादित ठाउमा आफ्नो अस्तित्व राख्न सफल भईसकेका छिमेकी मुलुक चीनका पूर्व रेल मन्त्री लियु झिजुन अन्तवत्व भ्रष्ट्रारको कसुरमा मृत्युदण्डको भागीदार हुनु पर्यो । त्यसैको सेरोफेरोमा नेपालमा केही समय अगाडी सम्पत्ति शुद्धिकरण अनुशन्धान विभागले श्रोत नखुलेको करौडौको सम्पत्ति थुपारेको आरोपमा विशेष अदालतले दुईचार जनाका मुद्वादर्ताे गरेका थियो । अदालतले धरौटी मागेपछि तत्काल धरौटी रकम बुझाउन नसकेपछि केहि दिन उनीहरु मध्येका एक जेलमा बस्नु परेको थियो । केहि दिनपछि चिनीया कम्युनिष्ट पार्टीकै नाम राखेर नेपालमा राजनीति गरीरहेको पार्टीको सक्रियतामा छुट्न सफल भएको कुरा,  रिहा भएको केहि समयपछि सार्वजनिक गरे ।

६ करोड ४६ लाख युयान भ्रष्ट्राचार गरेको प्रमाणित भएका झिजुनले आफ्नो गल्ती स्वीकारे र राज्यले दिएको सजाय सस्मान स्वीकारेर मृत्युदण्डकोलागि राजि भए । ६० वर्षिय झिजुन रेल्वेको विकासकोलागि महत्वपूर्ण मानिन्थे । काम विगारेपछि सजायको भागीदार हुनै पर्छ भन्ने मान्यता भएको मुलुक भएरहोला उनले अफ्नो गल्ती स्वीकारे । यहा“पनि पूर्व मन्त्रीहरु भ्रष्ट्राचारको काण्डमा नपरेका होईनन । अदालतले प्रमाणीत गरीसकेपनि उनीहरु आफ्नो गल्ति स्वीकार्नु भन्दा आफूमानि पक्षपाती पूर्ण निर्णय भयो भनेर कुर्लिने गरेको अखवार र टेलिभिजनहरुमा देखिन्छन ।

हालै प्रकाशित ट्रान्सपरेन्सी ईन्टरनेशनलको प्रतिवेदनले त झन नेपाल भ्रष्ट्राचारीहरुको मुलुकको रुपमा परिभाषित हुनकोलागि अग्रगामी कदम चालिरहेको सार्वजनिक भएको छ । प्रतिवेदनले राजनैतिक पाटीहरुनै भ्रष्ट्राचारीहरुको नाईकेको रुपमा क्रियाशिल रहेको कुरा घुमाउरो पाराले स्पष्ट पान खोजेको छ । हालै देखिएको राजनैतिक पार्टिहरुको क्रियाकलापहरुले यो कुरालई केहि पुष्टि गर्न पनि खोजी रहेको छ । धमिजा काण्ड, लाउडा काण्डदेखि शुरु भएको भ्रष्ट्राचारमा राजनैतिक पार्टिहरुको संलग्नता हाल आएर एफ.एम. प्रशारणको अनुमित, क्यासीनो संचालनको अनुमति, ठूला स्तरका उद्यँेग व्यवसायको अनुमित, ठूला लगानीका विकास निर्माण लगाउत जलविद्युल लगानी सम्ममा फैलि सकेको छ । व्यक्तिगत रुपमा बिचौलिया मार्फत पार्टिकोलागि भनेर रकम उठाउने संस्कारको अप्रत्यक्ष्ँ विकास भएको देखेर ट्रान्सपरेन्सी ईन्टरनेशनले आफ्नो रिर्पोट सार्वजनिक गरेको होला।

हजारको मात्रामा गरिने भ्रष्ट्रारको दर अहिले करोडको आकडामा आएकोछ । हालै युनिटी काण्डमा तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम जोडेर आएको रकमले नै यसको मात्रा देखाउछ । मन्त्रालयक स्तरका कर्मचारीहरु र सम्बन्धित मन्त्रीहरु आ—आफ्नो मातहतका कार्यालयबाट गरीने प्रिपेड घुसकाण्ड पनि सार्वजनिक भईसकेको छ । सम्बन्धित कार्यालका प्रमुखले आफ्नो माथिल्लो निकायमा ठूला ठूला निर्माण प्रक्रिया एवम् अन्य ठूलो रकमको कारोवारमा ठूलै प्रतिशतको देशव्यापी दररेट छ भन्ने पुष्ट अपुष्ट सुनिन आएको छ ।  भ्रष्ट्राचारको जालो सानो देखि ठूलो जुनपनि क्ष्ँेत्रमा मौलाएको छ ।  दण्डहिनताको संस्कृतिको विकासको कारण यसले फैलिन मौका पाएको छ । सरकारी कार्यालयदेखि केहि संससंस्थाहरुमा यसको ज्वलन्त उदाहरण देख्न सकिन्छ ।

कार्यालयमा आवश्यक सरसामानहरु सप्लाई गर्ने पार्टिहरुको दिउ“सो चेक काटेर बेलुका पसलमा पुगी आफ्नो कमिशन माग्ने कर्मचारीहरुको नाम सप्लायरहरुलाई कण्ठस्त नै हुन्छ । बालबच्चा पढाउन लाग्ने कपि कलम समेत आफ्नो कार्यालयमा स्टेश्नरी सप्लाई गर्नेहरुसंग आश गर्ने सोच भएका कर्मचारीतन्त्र हामीकाहा विद्यमान छ । सेवाग्रहीलाई सजिलै ढंगले हुने काममा विभिन्न किसिमको बाधा अवरोध देखाएर अतिरिक्त रकम असुल्न पल्केकाहरुका जमात धेरै भईसकेको छ । आफ्नै जग्गा धितो राख्न वा बेच्नकोलागि सम्बन्धित कार्यालयमा जांदा पनि अतिरिक्त रकमकै सर सल्लाह नगरी काम सजिलै सकिन्न । पैसा दिएपछि सजिलो काम हुन्छ भन्ने धारणा साना देखि ठूला सबैमा भएकोले आ¥आफ्नो गक्षे अनुसार पैसा दिने चलन चल्तिले लामो समय देखि निरन्तरता पाएको छ ।

ठेकेदारको रकममा दात किच्चाउने प्राविधिक कर्मचारीका आवरण ओढेकोहरु र त्यसको बिलमा लालमोहर लगाउने सम्बन्धित विभागका कर्मचारीहरुबाट भएका निर्माण कार्यहरुबाट गुणस्तारको अपेक्षा राख्नु बेकार भईसकेको छ । जसको ज्वलन्त उदाहरण भईरहेका निर्माण प्रक्रिया र त्यसको परिणामले नै देखाउछ छ । निर्माण भएका एक महिनामा नै रोडहरु भत्किन थालेको समाचार सुनेको धेरै भईसक्यो, ढल कल्वट छोपेका स्ल्यापहरु एकवर्षमा जिर्ण भएर भित्रको अस्थिपञ्जर देखिन थालिसक्छ । आर्थिक वर्षको अन्तिम दिन माग फारम र दाखिला रिपोर्टको हिसाव किताव मिलाउन बर्षौदेखि सक्रिय कर्मचारीहरुको मनबाट भ्रष्ट्राचारको ह्यागंओभर मेटाउन सकारात्मक देखिदैन्न र त्यो कुनै एकको प्रयासबाट पनि सम्भव हुदैन । त्यसकोलागि समग्र प्रशासनिक प्रणालीलाई नै सुधार गर्नु आवश्यक छ ।

भष्ट्राचारीलाई शुन्य प्रतिशत सहनशिलताको मान्यता राखेर सुशासनको अनुभुतिको प्रयास शुरु गर्नु नितान्त आवश्यक छ । प्रत्येक नागरिकको मनमा भ्रष्ट्रार गर्नै नहुने कुरा हो भन्ने बुझाउन सक्नु पर्ने आवश्यकता देखिएको छ । घुस लिने र दिने दुवै भ्रष्ट्राचारी हुन भन्ने पुरानो उखानलाई सबै सामु अभफ स्पष्टसंग बुझाउनु सकेमा मात्र भ्रष्ट्राचारीहरुको संख्या कम गर्न सकिन्छ, अन्यथा दिनेले दिउन्जेल मान्छेको जात हो त्यसमाथि पनि पैसा देखेपछि नकार्न सक्ने मान्छे थोरै मात्र हुन्छ ।  ।

सुधिर भद्र
२०७० असार ३० गते

रिवाईन्ड एण्ड प्ले

हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ भन्ने नारा फेरी सुनिन थालेकोे छ । विगतमा बिभिन्न दिवश र औपाचारीक कार्यक्रमहरुमा अनिवार्य गरिएको यी नाराहरु पछिल्लो राजनैतिक परीवर्तनसंगै सेलाएको थियो । परिवर्तनका लहरहरुलाई सबैले समयको मागको रुपमा लिदैं सुनौला भविष्यहरुको कामना गर्दै आत्मसाथ गरेका थिए । लामो समयसम्मको एकतान्त्रिक शासन पद्धती र  सिमित व्यक्तिहरुको हालि मुहाली र उनीहरुको जगजगीमा नेपाली जनाताहरु रुमल्लिरहेका थिए । ०४६ सालको परिवर्तन पश्चात ओईलाएका नेपाली जनताहरुको चेतनामा केहि परिवर्तन अरु आउने हुनकी भन्ने आशाको मुना पलाएको थियो ।
मुलुकले एकतन्त्री राजतन्त्रबाट संवैधानिक राजतन्त्रको रुपमा कोल्टे फे¥यो । विकासका केही नया“ आयामहरु थपियो । एक्लो निर्णय नै सर्बोपरी हुन्छ भन्ने मान्यता हराउन थाल्यो । यद्धपी बहुमतको आधार होस वा शक्तिको अधिकतम प्रयोगको कारण विवादास्पद नियर्णहरुले निरन्तरता पाई रहयो । चुनावी घोषणा पत्र र भाषणहरुमा राष्ट्र र देशको नाम निकै प्रयोग भएतापनि व्यवहारमा यो प्रतिविम्वित हुन सकेन । जनताको विचार बुझने काम स्पष्ट रुपमा गरिएन । त्यसैको फलस्वरुप अल्पमतकै कदर गर्दै राजनीतिमा नौलो शक्तिको विजारोपणको रुपमा माआवादी पार्टीको विजारोपन भयो ।
तत्कालिन शेरबहादुर सरकारलाई अल्टिमेटम दिएर भाला र खुकुुरीको भरमा शुरु गरिएको माओवादी आन्दोलन विस्तारै बिस्तारै गा“उ गाउ“ र बस्ती बस्तीमा फैलन थाल्यो । केही रहर, केही कर अनि केही आस्थाको रुपमा माओवादीमा जनसहभागीता बढन थाल्यो । यसमा कयौ निर्दोष व्यक्तिहरुले ज्यान गुमाउनु प¥यो, कयौ अपाड्डको रुपमा जीवन बिताउन परिरहेको छ सायद यसको बयान गरेर साध्य छैन । माओवादी आन्दोलन चरम बिन्दुमा पुगेको बेला तत्कालिन राजनैतिक शक्तिहरु पटक पटकको शान्ति वार्ता पश्चात पनि स्थापना गर्न असफल भईरहेको थियो । राजनैतिक शक्तिहरुको पनि एक आपसमा एकता हुन सकिरहेको थिएन । यसै कमजोरीलाई फाईदा उठाउदै तत्कालिन राजा ज्ञानेन्द्रले आफू सक्रिय हुने आकक्षा राखेर राज्य सत्ता आफ्नो हातमा लिएर केहि परिवर्तन खोजेका थिए । तर राष्ट्रिय तथा अन्तराष्ट्रिय दवावको कारण उनको त्यो मोहले लामो समयसम्म निरन्तरता पाउन सकेन ।
उनको विरोधमा सात दलले चालेको आन्दोलनले मन्द गति लिईरहेको बेला माओवादीको गठबन्धनसंगै तिव्र गतिमा फैलिन थाल्यो । बिभिन्न पेशागत संघसंस्था, बिद्यार्थी, गांउघरका गृहणीहरुको ठूलो सहभागीतााम ०६२÷०६३को आन्दोलन जुर्मुराउन थाल्यो । उर्लेदो आन्दोलनको भिड देखेर नेताहरु नहौसिने कुरै भएन,झन झन नया“ रुपमा फैलदो अँन्दोलनको अगाडी अन्ततः ज्ञानेन्द्र सरकारले आत्मसमर्पण ग¥यो ।
गिरीजा प्रसाद कोईरालाले लामो समय सम्म लगाई रहेको प्रतिनिधि सभाको पुनरस्थापनाको मागले पूर्णता पायो । उनलाई त्यसबेलाका राजाले एक्लै बोलाएर के भनेका हुन त्यो उनलाई नै थाहा होला कि तत्कालिन राजालाई थाहा हुन । जे भए पनि बिना रत्तपात पूर्ण लामो समयसम्म जरा गाडेर बसेको राजतन्त्र अन्त भयो । राजतन्त्रको अन्त संगसंगै नेपाली भूगोल र एकतालाई अझ बलिलयो बनाउन बिभिन्न निणर्यहरु गरिए ।
सम्पूर्ण जनतामा माओवादी आन्दोलन मुलधारमा आएपछि नेपाली राजनैतिले नया“ फडको मार्ने आश लिएका थिए । उद्यँेगपतिहरुले अब पालो आर्थिक क्रान्तिको भन्ने नारा दिएर आर्थिक विकासमा लाग्नकोलागि पहल गरेका थिए । दिर्घकालिन शान्तिको स्थापना हुनुका साथै मुलुकबाट गरीबि र पिछौटेपनले लामो समयको लागि बाई बाई गर्ने आश गरेका थिए । भोखले चाउरी परेको पेटले दुई छाक खानाको आश गरेका थिए । उपचार नपाएर तडपिएर बसेकाहरुले औषधोउपचारको आश गरेका थिए । बेरोजगारले छटपटिएकाहरुले जागीरको आश गरेका थिए ।
ति आशहरु आशै आशमा बिलिन भईरहे, त्यसमा अब अलि अलि घिटघिटीपन मात्र बाकी छ । लामो समयको किच किच पछी भएको चुनाबबाट गठित संविधान सभाको देहावसान पछि झन जनतामा एक किसिमको निराशापन छाएको छ । नागरीक समाजको नाममा चलेको आन्दोलन जसले ०६२÷०६३ को आन्दोलनलाई सफल बनाउन निकै महत्वपूर्ण काम गरेको थियो । त्यहि नागरीक समाज अहिले दलहरुले गरेको गल्तिहरुलाई सच्याउन बारम्बार आग्रह गर्दा पनि थाकि सकेको छ । सम्पूर्ण जनताहरुमा एक किसिमको नैराश्यपन छाएको छ । पैसाहुनेहरु  र पैसा खर्च गरेर पैसा नहुने दिमाग हुनेहरु दिमाग भाडामा लगाएर विदेशीन थालेको छन् । केही नहुनेहरु रोडमा बसेर राजनैतिक दलले गर्न नसकेका कामहरुको कुरा काटदै चिया गफमा मस्त हुन थालेका छन् ।
यस्तो अवस्थाको भरपुर उपयोग गर्न नया“ शक्ति उदय हुन थालेको छ । देश र जनताको मनोभावना बुझन तत्कालिन राजा ज्ञानेन्द्र आफै जनताको घरदैलो पुग्न थालेका छन् । हुनत धार्मिक भ्रमण भनिएता पनि उनको सक्रियता धर्ममा भन्दा जनातको मनोभावना बुझन अलि बढी भएको देखिन्छ । त्यसमाथि धेरै आश गरेका मानिसहरुबाट निराशाको परिणाम पाएपछी पुरानै शक्तिले बरु केहि गर्छकी भन्नेहरुको झुण्ड देखिन्छ  । ३० औं वर्ष सम्म हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लिएर सरकारको नुन खाएको मान्छे भन्ने भावनामा सरकारी जागिर खाएकाहरुको मनमा राजनैतिक दलहरुको खिचलो देखेर बरु हाम्रै सरकारले केही गर्ने हुनकी भन्ने आशा पलाएको देखिन्छ । शुरुका दिनमा बाहिर निस्कनको लागि गाह्रो हुने ज्ञानेन्दलाई अहिले जहा“ जादा पनि जनताको जय जय र सरकार मुलुकमा केहि गर्नु प¥यो भन्ने अनुरोधले झन गदगदीरहेका होलान ।
हामी जनमतको सरकार, हामी जनताबाट चुनिएर आएका भन्नेहरुले अब सोच्ने बेला आई सकेको छ । हामीमा बौद्धिक वर्गहरुको झुण्ड छ भन्ठानेर आफूलाई ठूला भन्ने राजनैतिक दलहरुले आफ्नो आनी बानीमा परिवर्तन ल्याउने बेला भईसकेको छ । अहिले जनताको मनमा व्याप्त तिक्ताको फाईदा उठाउदै पूर्व राजा ज्ञानेन्द्रले राजनैतिक दलहरुको नाडी छाम्ने काम गरीरहेका छैनन भन्ने अवस्था छैन । लामो समयसम्म यस्तै किचलोले निरन्तरता पाउने हुन भने फेरी हाम्रा पुराना नाराहरु पुन एकपटक सबैले रिवाईण्ड एण्ड प्ले गुर्न पर्ने दिन नआउला भन्न सकिन्न ।
 
सुधिर भद्र
२०७० असार १२ गते , राती १०ः१५ वजे

Friday, April 26, 2013

डेमोक्रेटिक कि अटोक्रेटिक


अध्यक्षका उम्मेदवार ४ जना त्यसैगरी सचिव, सह  सचिव लगायत अन्य पदका उम्मेदवारहरुको आधिकारीक नाम उदघोष गरियो । निर्वाचन गर्ने आधिकारीक रुपमा जिम्मेवारी पाएका प्रतिनिधिहरुले नामावली फिर्ता लिन कोही ईच्छुक हुनु हुन्छ भने जानकारी गराउन पनि अनुरोध गरे । स्थापनाकालदेखि सक्रिय रुपमा सहभागीता जनाउदै आएका संगसंगै भर्खरै संलग्नता देखाउन लाएकाहरु संस्थाको कार्यसमितिमा उपस्थिति देखाउन चाहन्थे । सायद त्यहि भएर होला उम्मेदवारी फिर्ता लिनेको नाम उच्चारण भएन ।
सानो संस्था त्यसमा पनि सदस्यता खासै बिस्तार नभएकोले उपस्थित सम्पूर्ण सदस्यहरु निर्वाचनको भन्दा सहमतिको विकल्पलाई नै उत्तम मान्ने पक्ष्ँमा थिए । सहमतिकालागि कसरत शुरु हुन थाल्यो । जिम्मेवारी पाएका मध्ये भर्खरै निर्वतनमान हुन लागेकाले संस्थाको प्रमुख अध्यक्ष्ँको पद हो, पहिला सो पदमा सहमति जुटाउन प्रयास गर्नु पर्छ,  त्यसकोलागि हाल उम्मेदवारी दिएकाहरु मध्येबाट कसैले त्याग गर्न तयार हुनु हुन्छ भन्ने प्रश्न राख्नु भयो । सहभागीहरुबाट मौन समर्थन आयो । उनी लगायत केहि सहयोगीहरु सहित अध्यक्ष्ँका उम्मेदवार सहमितकोलागि वार्ताकोलागि भिन्न ठांउमा बसे । केहि समयको छलफल पश्चात सदस्यहरुको अनुमोदनको लािग एउटा सूचि लिएर
आए ।
सूचिमा उल्लेख नामहरु उच्चारण गरीन थालियो । उम्मेदवारी दिएकाहरुको नाम कसैको सोही पदमा त कसैको तलमाथि भएर उच्चारण गरियो । कतिलाई त्यो चित्त बुझयो कसैलाई चित्त बझेन । खास खुुस कुरा शुरु हुन थाल्यो । त्यसै मध्येका एकजना उम्मेदवारले आफूले पदाधिकारीमा उम्मेदवारी दिएको तर आफूुसंग एक वचन पनि नसोधेर सदस्यमा राखेको प्रति असहमति प्रकट गरे । उनका केहि सहकर्मीहरुले पनि उनको कुरमा समर्थन गर्दै निर्वाचन मण्डली तर्फ औला उठाउन थाले । त्यसमा लामो वार्तालाप भयो । आ—आफ्नो योगदानको चर्चा भयो । आफूले पाउनु पर्ने कारणहरुको बारेमा लामो व्याख्या गरियो । अन्ततः सहमतिमा नै सम्पूर्ण पदाधिकारीको चयन भयो । लोकतन्त्र दिवको अवसरमा मकवानपुरमा क्रियाशिल संस्थाहरु मध्ये एक मा देखिएको प्रजातान्त्रिक अभ्यास थियो यो ।
निर्वाचन मण्डलीले ल्याएको नामावली लामो कसरत र समावेशी रुपमा ल्याउन प्रयास गरेको दावि गरिएको थियो । जुन केहि हदसम्म साचो पनि देखिन्छ । सानो संस्थामा सकेसम्म निर्वाचनको अवस्था ल्याउन दिन पनि हु“दैन । अध्यक्षका उम्मेदवारहरुले देखाएको त्यागलाई पनि सम्मान गर्नु पर्ने थियो । पदाधिकारीमा उम्मेदावरी दिएका एकजाना मित्रको नाम सदस्यमा आए पछि उनको फरक मत पनि एकदम उचित र सान्दर्भिक थियो । उनले संस्थामा देखाएको योगदानको पनि सम्मान गर्नु पर्ने आवश्यकता थियो ।
विगतमा पनि कार्य समितिको सदस्य पदमा रहि कार्य गर्दै आएको र यस पटक उनले पादाधिकारीको जिम्मेवारी सम्हाल्न ईच्छा प्रकट गरेका थिए । उनको कुरा सुन्दा उनी केन्दिय तहका पाहुनाहरुसंग त्यत्ति खुशी थिएनन् । उनलाई सहमतिको सूचि लोकतान्त्रिक संस्थामा गरिएको एकतन्त्रिक प्रयास जस्तो लागेछ । अनुभवि र आफू भन्दा दिग्गजहरुको भिडमा पनि उनले आफ्नो कुरा स्पष्टसंग राखेको देख्दा उनी निकै हठि स्वभावका देखिन्थे । सायद उनको स्थानमा अरु कोही भएको भए पनि यहि हठि पन दोह¥याउथे होला ।
उनको क्रोधको साक्ष्ँीको रुपमा एक घण्टासम्म सहभाका सहभागीहरु सबै रहे । सहमतिको प्रयासमा उनलाई आफूमाथि अन्याय भएको भन्ने परिभाषित गर्न उनी प्रयास गर्दै थिए । निर्वाचन मण्डलीले पद हेरफेर गर्नु भन्दा अघि एकपटक नसोधिएकोमा आत्माआलोचना ग¥यो । त्यसले उनलाई अलि सन्चो भयो । आफूले उम्मेदवारी दिएको पदको दावीमा भने उ निरन्तरता दिंदै थिए । आफ्ना कारणले सानो संस्थामा निर्वाचनको प्रक्रिया ल्याउन चाहदैन थिए । उनको मनको कुनामा आफूले उम्मेदावरी दिएको पदमा प्रस्तावित नाम वा अन्य कुनै हेरफेर गरी पदाधिकारीमा आउने चाहना थियो ।
उनकै कारणले प्रक्रियाले लामो समय लिन थालेपछि सहमितकोलागि निकै दवाव आउन थाल्यो । अन्ततः उनी पदाधिकारीमा नरही कार्यसमितिको सदस्य पदमा नै रही संस्थाको कामलाई निरन्तरता दिने निर्णयमा पुगे । प्रत्रिया लामो भए पनि उनले उठान गर्न खोजेको विषय अहिले धेरै संघसंस्थाहरुमा उठान गर्न आवश्यक देखि सकिएको छ । जुनैपनि सामाजिक संस्थाहरुमा समिति बोलवालाहरुको होल्डमा संस्था रहने एक किसिमको रोग हुन्छ । शक्तिमा भएका सिमित व्यक्तिहरु निर्वाचनमा हावि हुन पुरानो रोग हो । सिमित व्यक्तिहरुले नै सम्पूर्ण संस्था नियन्त्रणमा लिएको देखिन्छ । देखाउनकोलागि डेमोक्रेटिक अभ्यासको रुपमा चुनावको चर्चा गरेपनि त्यहा“ अदृश्य रुपमा अटोक्रेटिक परिपाटीको विकास भईरहेको छ । जसले त्यस्ता संस्थालाई कता डो¥याउने हो थाहा छैन ।  

सुधिर भद्र
२०७० वैशाख ११ गते , राती १०ः१५ वजे