Friday, July 26, 2013

रिवाईन्ड एण्ड प्ले

हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ भन्ने नारा फेरी सुनिन थालेकोे छ । विगतमा बिभिन्न दिवश र औपाचारीक कार्यक्रमहरुमा अनिवार्य गरिएको यी नाराहरु पछिल्लो राजनैतिक परीवर्तनसंगै सेलाएको थियो । परिवर्तनका लहरहरुलाई सबैले समयको मागको रुपमा लिदैं सुनौला भविष्यहरुको कामना गर्दै आत्मसाथ गरेका थिए । लामो समयसम्मको एकतान्त्रिक शासन पद्धती र  सिमित व्यक्तिहरुको हालि मुहाली र उनीहरुको जगजगीमा नेपाली जनाताहरु रुमल्लिरहेका थिए । ०४६ सालको परिवर्तन पश्चात ओईलाएका नेपाली जनताहरुको चेतनामा केहि परिवर्तन अरु आउने हुनकी भन्ने आशाको मुना पलाएको थियो ।
मुलुकले एकतन्त्री राजतन्त्रबाट संवैधानिक राजतन्त्रको रुपमा कोल्टे फे¥यो । विकासका केही नया“ आयामहरु थपियो । एक्लो निर्णय नै सर्बोपरी हुन्छ भन्ने मान्यता हराउन थाल्यो । यद्धपी बहुमतको आधार होस वा शक्तिको अधिकतम प्रयोगको कारण विवादास्पद नियर्णहरुले निरन्तरता पाई रहयो । चुनावी घोषणा पत्र र भाषणहरुमा राष्ट्र र देशको नाम निकै प्रयोग भएतापनि व्यवहारमा यो प्रतिविम्वित हुन सकेन । जनताको विचार बुझने काम स्पष्ट रुपमा गरिएन । त्यसैको फलस्वरुप अल्पमतकै कदर गर्दै राजनीतिमा नौलो शक्तिको विजारोपणको रुपमा माआवादी पार्टीको विजारोपन भयो ।
तत्कालिन शेरबहादुर सरकारलाई अल्टिमेटम दिएर भाला र खुकुुरीको भरमा शुरु गरिएको माओवादी आन्दोलन विस्तारै बिस्तारै गा“उ गाउ“ र बस्ती बस्तीमा फैलन थाल्यो । केही रहर, केही कर अनि केही आस्थाको रुपमा माओवादीमा जनसहभागीता बढन थाल्यो । यसमा कयौ निर्दोष व्यक्तिहरुले ज्यान गुमाउनु प¥यो, कयौ अपाड्डको रुपमा जीवन बिताउन परिरहेको छ सायद यसको बयान गरेर साध्य छैन । माओवादी आन्दोलन चरम बिन्दुमा पुगेको बेला तत्कालिन राजनैतिक शक्तिहरु पटक पटकको शान्ति वार्ता पश्चात पनि स्थापना गर्न असफल भईरहेको थियो । राजनैतिक शक्तिहरुको पनि एक आपसमा एकता हुन सकिरहेको थिएन । यसै कमजोरीलाई फाईदा उठाउदै तत्कालिन राजा ज्ञानेन्द्रले आफू सक्रिय हुने आकक्षा राखेर राज्य सत्ता आफ्नो हातमा लिएर केहि परिवर्तन खोजेका थिए । तर राष्ट्रिय तथा अन्तराष्ट्रिय दवावको कारण उनको त्यो मोहले लामो समयसम्म निरन्तरता पाउन सकेन ।
उनको विरोधमा सात दलले चालेको आन्दोलनले मन्द गति लिईरहेको बेला माओवादीको गठबन्धनसंगै तिव्र गतिमा फैलिन थाल्यो । बिभिन्न पेशागत संघसंस्था, बिद्यार्थी, गांउघरका गृहणीहरुको ठूलो सहभागीतााम ०६२÷०६३को आन्दोलन जुर्मुराउन थाल्यो । उर्लेदो आन्दोलनको भिड देखेर नेताहरु नहौसिने कुरै भएन,झन झन नया“ रुपमा फैलदो अँन्दोलनको अगाडी अन्ततः ज्ञानेन्द्र सरकारले आत्मसमर्पण ग¥यो ।
गिरीजा प्रसाद कोईरालाले लामो समय सम्म लगाई रहेको प्रतिनिधि सभाको पुनरस्थापनाको मागले पूर्णता पायो । उनलाई त्यसबेलाका राजाले एक्लै बोलाएर के भनेका हुन त्यो उनलाई नै थाहा होला कि तत्कालिन राजालाई थाहा हुन । जे भए पनि बिना रत्तपात पूर्ण लामो समयसम्म जरा गाडेर बसेको राजतन्त्र अन्त भयो । राजतन्त्रको अन्त संगसंगै नेपाली भूगोल र एकतालाई अझ बलिलयो बनाउन बिभिन्न निणर्यहरु गरिए ।
सम्पूर्ण जनतामा माओवादी आन्दोलन मुलधारमा आएपछि नेपाली राजनैतिले नया“ फडको मार्ने आश लिएका थिए । उद्यँेगपतिहरुले अब पालो आर्थिक क्रान्तिको भन्ने नारा दिएर आर्थिक विकासमा लाग्नकोलागि पहल गरेका थिए । दिर्घकालिन शान्तिको स्थापना हुनुका साथै मुलुकबाट गरीबि र पिछौटेपनले लामो समयको लागि बाई बाई गर्ने आश गरेका थिए । भोखले चाउरी परेको पेटले दुई छाक खानाको आश गरेका थिए । उपचार नपाएर तडपिएर बसेकाहरुले औषधोउपचारको आश गरेका थिए । बेरोजगारले छटपटिएकाहरुले जागीरको आश गरेका थिए ।
ति आशहरु आशै आशमा बिलिन भईरहे, त्यसमा अब अलि अलि घिटघिटीपन मात्र बाकी छ । लामो समयको किच किच पछी भएको चुनाबबाट गठित संविधान सभाको देहावसान पछि झन जनतामा एक किसिमको निराशापन छाएको छ । नागरीक समाजको नाममा चलेको आन्दोलन जसले ०६२÷०६३ को आन्दोलनलाई सफल बनाउन निकै महत्वपूर्ण काम गरेको थियो । त्यहि नागरीक समाज अहिले दलहरुले गरेको गल्तिहरुलाई सच्याउन बारम्बार आग्रह गर्दा पनि थाकि सकेको छ । सम्पूर्ण जनताहरुमा एक किसिमको नैराश्यपन छाएको छ । पैसाहुनेहरु  र पैसा खर्च गरेर पैसा नहुने दिमाग हुनेहरु दिमाग भाडामा लगाएर विदेशीन थालेको छन् । केही नहुनेहरु रोडमा बसेर राजनैतिक दलले गर्न नसकेका कामहरुको कुरा काटदै चिया गफमा मस्त हुन थालेका छन् ।
यस्तो अवस्थाको भरपुर उपयोग गर्न नया“ शक्ति उदय हुन थालेको छ । देश र जनताको मनोभावना बुझन तत्कालिन राजा ज्ञानेन्द्र आफै जनताको घरदैलो पुग्न थालेका छन् । हुनत धार्मिक भ्रमण भनिएता पनि उनको सक्रियता धर्ममा भन्दा जनातको मनोभावना बुझन अलि बढी भएको देखिन्छ । त्यसमाथि धेरै आश गरेका मानिसहरुबाट निराशाको परिणाम पाएपछी पुरानै शक्तिले बरु केहि गर्छकी भन्नेहरुको झुण्ड देखिन्छ  । ३० औं वर्ष सम्म हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लिएर सरकारको नुन खाएको मान्छे भन्ने भावनामा सरकारी जागिर खाएकाहरुको मनमा राजनैतिक दलहरुको खिचलो देखेर बरु हाम्रै सरकारले केही गर्ने हुनकी भन्ने आशा पलाएको देखिन्छ । शुरुका दिनमा बाहिर निस्कनको लागि गाह्रो हुने ज्ञानेन्दलाई अहिले जहा“ जादा पनि जनताको जय जय र सरकार मुलुकमा केहि गर्नु प¥यो भन्ने अनुरोधले झन गदगदीरहेका होलान ।
हामी जनमतको सरकार, हामी जनताबाट चुनिएर आएका भन्नेहरुले अब सोच्ने बेला आई सकेको छ । हामीमा बौद्धिक वर्गहरुको झुण्ड छ भन्ठानेर आफूलाई ठूला भन्ने राजनैतिक दलहरुले आफ्नो आनी बानीमा परिवर्तन ल्याउने बेला भईसकेको छ । अहिले जनताको मनमा व्याप्त तिक्ताको फाईदा उठाउदै पूर्व राजा ज्ञानेन्द्रले राजनैतिक दलहरुको नाडी छाम्ने काम गरीरहेका छैनन भन्ने अवस्था छैन । लामो समयसम्म यस्तै किचलोले निरन्तरता पाउने हुन भने फेरी हाम्रा पुराना नाराहरु पुन एकपटक सबैले रिवाईण्ड एण्ड प्ले गुर्न पर्ने दिन नआउला भन्न सकिन्न ।
 
सुधिर भद्र
२०७० असार १२ गते , राती १०ः१५ वजे

No comments:

Post a Comment