Friday, February 21, 2014

पत्रकार महासंघ मकवानपुरको आगामी नेतृत्व

झयाप्प दारी पालेको, गोलो अनुहार सधै टाउकोमा क्याप र खल्ति नै खल्तिवाला हाफ ज्याकेट कहिल्यै नछोडने भु“डी प्याकल्याक्क बाहिर निस्केको मकवानपुरे पत्रकारीतामा परिचित अनुहार प्रताप बिष्ट जसले महासंघको कमान हाक्रदै आएका थिए उनी अव आफ्नो जिम्मेवारी सुम्पन्ने तरखरमा छन् भने उनको जिम्मेवारी सहर्ष स्वीकार गर्न तीन तन्नेरी पत्रकारहरु कम्मर कसेर लागेका छन् । सबैले आ—आफ्नो उम्मेदवारी किन भन्ने धारणा आफ्ना साथीहरुलाई प्रस्टाउन थालेको छन ।
 
तीन पत्रकारहरु प्रत्यक्ष्ँ तथा अप्रत्यक्ष्ँ रुपमा बिभिन्न राजनैतिक धारसंग सम्बन्धित रहेका छन् हुन त पत्रकार जुन राज्यको चौथो अंगमा पर्ने हुनाले कुनै राजनैतिक दलसंग आवद्ध हुनु नपर्ने हो तर हामीकहा“ त्यसो हुन सकेको छैन यहि कारणले आफू माथि पुग्न एउटा न एउटा दल समाउने परिपाटीको विकास हु“दै आएको छ जसको परिणामा सकारात्मक नभएपनि क्षणिक सफलताको लागि यसले प्रसय पाउ“दै आएको छ ।
 
नेपाली कांग्रेस समर्थित पत्रकारहरुको समूह नेपाल प्रेस युनियन, नेकपा एमालेसंग सम्बन्धित प्रेस चौतारी नेपालले आ—आफ्नो उमेदवारी उठाएको भन्ने हल्ला बजारमा व्यापक छ हुन त उक्त संस्थाहरुसंग सम्बन्धितहरुले हामी पनि स्वतन्त्र उम्मेदवार हौ भनेका छन कुरो जे भए पनि दलको समर्थन लिएर चुनाव जितुला भन्नेहरुले संस्थाको मर्यादाको ख्याल राख्न पनि कदापी भुल्नु हुदैन । सबै दलसंग समन्वय हुनु पर्दछ तर आफ्नो अनुकुल वातावरण सृजना गर्न दलहरुले संघसंस्था कव्जा गर्ने परीपाटीको विकासले गर्दा पेशागत हकहितको लागि स्थापित संस्थाको अस्तित्व नै संकटमा पर्न जाने सम्भावना रहन्छ । त्यसो हुनाले आफू कुनै राजनैतिक दलमा सम्बन्धित भए पनि नेतृत्व पक्तिमा आउनको लागि केहि समयको लागि भए पनि राजनैतिक क्ष्ँेत्रबाट बिदा माग्नु पर्दछ ।
 
उमेदवार मध्येका एक आफ्नो महासंघमा ठूलो योगदान भएको बताउनु हुंदै आफ्नो उमेदवारी प्रस्तुत गरेको बताउनु हुन्छ हुन त उहा“को पृष्ठभूमि पनि कुनै एक राजनैतिक दलसंग सम्बन्धित थियो तर आजकल स्वतन्त्र जीवन बिताउदै आएकोले स्वतन्त तर्फबाट उम्मेदवारी दिएको बताउनुभएकोले उहा“ वास्तििवक स्वतन्त्र उमेदवार हो वा दलगत विभाजनबाट वाक्क भएकाहरुको सहानभुति बटुल्न स्वतन्त्रताको खोल ओड्नु भएको हो सो कुरा प्रष्ट पार्न जरुरी छ ।

भर्खरै निवर्तमान हुन खोज्नु भएका सभापतिज्यूको पनि पृष्ठभूमि राजनैतिक क्ष्ँेत्रसंग सम्बन्धित छ उहा“ले राजनैतिक पार्टि परीवर्तनका साथ साथै पेशा पनि परिवर्तन गरी महासंघको सभापति जस्तो गरीमामय पदमा आसिन हुनु भएको छ । पेशा परीवर्तन गरे पश्चात अहिले खुलेर कुनै पनि पार्टिको समर्थन वा विरोध गर्नु भएको छैन तर पनि अदृश्य रुपमा उहा“ कुनै एक पार्टिसंग सम्बन्धित हुन हुन्छ भन्ने सुनिएको छ त्यो उहा“को व्यक्तिगत कुरा हो उहा“ पदमा आसिन भए देखि कुनै दलको समर्थन वा विरोधमा नबोल्नु नै उहा“ले निभाउनु भएको सफल जिम्मेवारी हो ।
 
कुरो जे भए पनि राज्यको चौथो अंगको रुपमा परिचित पत्रकारीता क्ष्ँेत्रमा अबको नेतृत्व सम्हाल्नेले धेरै चुनौतिहरु पनि सम्हाल्नु पर्ने टडकारो रुपमा देखिएको छ । मकवानपुरमा पत्रकारीताको विकाससंग संगै पित पत्रकारीताको पनि विकास हुंदै गएको जनमानसमा गुनासो सुनिन्छ । स्वच्छ पत्रकारीताको वातावरण सृजना गर्न नया“ पुस्ता देखि पुरानो पुस्ता, नागरीक समाज देखि उद्यँेगी व्यवसायी, बिद्यँर्थीदेखि जागीरे सबै बिच पत्रकारीता पेशाको छवि धमिलिन नदिन आचार संहिताको विकास गरी समग्र पत्रकारीतामा पेशामा संलग्नहरुलाई उक्त आचार संहिता पालन गर्न प्रोत्साहित गर्नु पर्दछ ।
 
पैसा दिएर समाचार छाप्ने, पैसा दिए नराम्रो समाचार पनि लुकाउने, विज्ञापनको लागि अनावश्यक धाक धम्कि देखाउने जस्ता बिक्रिृतीहरु देखिन थालेको भन्ने गुनासो आएको अवस्थामा न्हुच्छेमान श्रेष्ठको सभापतित्वमा गठन भएको पत्रकार महासंघ मकवानपुरले आगामी दिनहरुमा यस्ता गुनासाहरुको सतहबाट नै समाधान गरी स्वच्छ एवम् मर्यादीत पेशाको विकास गर्ने अवको नेतृत्वले ठूलो चुनौति समाना गर्नु पर्दछ । आखा“ले देखिएका र कानले सुनिएका बाहेक पनि अन्य विविधि क्ष्ँेत्रका समस्या समाधान गर्न सक्ने नेतृत्वको विकास गर्न हामी जस्तो नवप्रवेशी सदस्यहरुले निकै सोच्नु पर्ने समय आएको छ ।

सुधिर भद्र
हेटौडा
२०६४ माघ १७ पाण्डुलिपी तयार सोही महिनामा हेटौडा सन्देशमा प्रकाशित
 

No comments:

Post a Comment