Tuesday, October 7, 2014

स्काईपमा दशैं

बावु, यसपालि विहान १०ः१५ को टिकाको साईत छ रे, विहानै स्काईपमा अनलाईन आईज है म तलाई त्यहीबाट टिका लगाई दिउ“ला । लामो समय देखि युरोप बसाईमा रहेका छोरालाई आमाले दर्शैको टिकोको निम्तो प्रविधिको माध्यममा दिंदै थिईन । बेलायत, अमेरिका, अष्ट्रेलिया लगायत अन्य विकसित मुलुकमा अध्ययन एवम् कार्यरत छोराछोरीहरु दशैं मनाउन आउन सक्ने जति आए । नआउनेहरुको धेरैले दशैंको टिका यहि स्काईपको माध्यमबाट भयो ।
 
ईन्टरनेटको माध्यमबाट चल्ने स्काईप नामक सफ्टवेयर आ—आफ्नो मोवाईल, ल्यापटप वा कम्प्यूटरमा ईन्स्टल गरेपछि परीवारजन र साथीभाईसंग निशुल्क फोन एवम् भिडियो चार्ट मार्फत अनुहार हेरेरै कुरा गर्न सकिन्छ । यो अहिले निकै लोकप्रिय भएको छ । सात समुन्द्र पारी बसेका आफ्नो छोरा नाती बोलेका हासेको सबै कुरा देख्न सकिन्छ । सन्तान दुब्लाएको, मोटाएको, घरको कोठाहरुमा लगाएको रड्ड, किनिएको नया“ गाडी, लगायत लुगाफाटा देखि गरगहनाहरु यसैको माध्यमबाट शेयर गर्ने चलन पनि छ । 
 
राजधानी लगायत मोफसलका धनाढ्य र नव धनाढ्यका सन्तानतहरु कोही न कोही बाहिर नै छैन । कसैको धन छैन भने भविष्य राम्रो हुेन आशमा ऋणै लिएर भए पनि छोराछोरीहरुलाई विदेश पठाउने जमातहरु धेरै छन् । बावु वाजेको व्यापार भएकाहरु आफ्नै व्यापार सम्हाल्न छाडेर आर्काको व्यापारमा काम गर्न गएका छन् गा“उ घरमा बाटोमा हिंडदा नमस्कार फर्काउ“दै हिडनेहरु विदेशमा अरुलाई मर्निड्ड गर्दै टाउको हल्लाउन व्यस्त छन् । उनीहरु सबै आ—आफ्नो भविष्य निर्माणकोलागि भनेर यहा“ जहान परीवार त्यागेर बसेका छन् । पैसा तिरेर जान सक्नेहरु आवश्यकता भन्दा बढी पैसा तिरेर गएका छन् । नसक्नेहरु अहिले पनि वार्षिकरुपमा आफुलाई चिठ्ठा पर्ने आशमा डीभी भरेर भएपनि सन्तुष्टि लिंदै छन् । खाडी मुलुक वाहेक पनि अन्य विकसीत देशमा जाने नेपालीहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै छ । जुन नेपालको रेमिटयान्स भित्राउने गतिलो श्रोत पनि भईरहेको छ ।
 
करिव प्रत्येक सयजनामा एकजना डीभी परेर अमेरीका पुगेकाहरु पनि पुनः नेपाल नै फर्केर बसेका छन् । कोही आफ्नो पारीवारीक कारणले फर्केका छन् भने कोही आपूm सम्मानित जीवन विताउन फर्केकाहरु छन् । एक पटक युरोप अमेरीका वा अन्य कुनै विकसीत मुलुकको भ्रमण गरेर आई सकेपछि त्यहा“को व्यवस्थापनबाट निकै प्रभावित हुन्छन । कतिले आफ्नो कार्य क्ष्ँेत्रको त्यसको सिको गर्न खोज्छन तर विविध कारणले त्यो सम्भव हु“दैन । विकसीत मुलुकमा पाईने शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सुविधाहरु यहा“कोसंग तुलना योग्य छैन । त्यहा“का जनताहरुलाई सरकारले दिने अत्यावश्यक सेवाहरुको बारेमा सायद यहा“को जिम्मेवार निकायलाई जानकारी नै छैन होला । यहा“का सडक र सडकमा हिड्ने अव्यवस्थित सवारीहरुको पहिलो शिकार लामो समय विदेश वसेर आउने नेपालीहरु हुन्छन । उनीहरु शुरुका केहि दिन आफना्े सवारी साधन चलाउन समेत डराउछन् ।
 
विकसीत देशमा जाने नेपालीहरुको जिवनस्तर खाडी मुलुकमा कार्यरत नेपालीहरुले भन्दा राम्रै हुन्छ । तर जो खाडीको गर्मीमा आफ्नो जिवनको श्रम वेचि रहेका छन उनीहरुलाई झन बढी आफ्नो गा“उ घर को सम्झना आ“उछ । गर्मीले हप हपिएको ज्यानले गा“उको चिसो कुवा पधेराको पानी खुव सम्झिरहेको हुन्छ । राम्रो रोजगारदता र ईमेल ईन्टरनेटको पहु“च भएकाहरुले आफ्नो परीवारजनसंग कुरा गर्न पाउछन होला । अन्यको हकमा फोनको माध्यमबाट त्यो कार्य केहि हदसम्म भई रहेको होला । कतिको शिक्ष्ाँको स्तर पनि त्यति राम्रो नभएकोले अचेल आएका ईन्टरनेटसंग सम्बन्धित नया“ एप्पसहरु चलाउन जानको हु“दैनन ।
 
विगतका दशैंहरुमा परिवार सवैं संगै हुन्थ्यो तर पैसा हु“दैन थियो । अरुका सन्तानले नया“ नया“ लुगाहरु लगाउथे आफ्नो सन्तान अरुले लगाएको नया“ लुगाको स्टिकर हातमा हल्लाउदै रमाउथ्यो । अरुका घरमा फुलपाति देखि पाकेको मेवा मिष्ठान्नको बास्ना अफ्नो घरमा आउथ्यो, आफ्नो घरमा मुस्किलले त्यो तिन चार दिन मध्ये एक दिन मेवा मिष्ठान्न पाक्थ्यो । तर अव पैसा पनि भयो, मेवा मिष्ठान्न पनि भयो तर संगै दशै मनाउने वावा आमा वा छोरा छोरी चाहि भएन । प्रविधिको माध्यमबाट उनीहरुले पैसा घरमा सजिले पठाउन सके तर अर्काको जागिर खाएकाहरुल सजिलै छुट्टीमा घर आउन सकेनन् । विदेशमा कतिले भौतिक श्रम गरेर केहि रकम कमाई रहेका छन् भने कति ले बौद्धिक श्रम गरेर केहि रकम कमाई रहेका छन् । 
 
वैदेशिक अध्ययन कम रोजगारको क्रममा विकसित मुलक जानेहरुको हकमा पनि त्यस्तै छ । परदेशमा भेटीएका केहि नेपाली साथीहरुसंगै उनीहरुको दशै मानिएको छ । नेपालमा रहेका अभिवावकहरुको दशैं ठूलो घर र ठलो कम्पाउण्ड हेरेर मात्र बितेको छ । अहिले छोरा छोरी विदेशीएको घरमा देखिने साझा चित्र भौतिक सुख सुविधाले सम्पन्न घरवार अनि परिवारको संख्या मात्र दुई हो, त्यो पनि वुवा आमा । सम्पन्न परिवारका वाहिर पढन गएका अभिभावकहरुको भित्री मनमा देखिने व्यथा हो । पैसाले सबै कुरा किन्न सक्छन तर सन्तानको साथ र सन्तानको माया किन्न सक्दैनन । परिवारको माया र ममता चा“डवाडमा एउटै कुराको खा“चो देखिन्छ  सन्तानको सुखद भविष्यकोलागि भनेर अभिवावकले आफ्नो चित्त बुझाई रहेका छने । धन्य ईन्टरनेट र ईमेलले अहिले सबैलाई सामाजिक सञ्जाल मार्फत नजिक बनाई दिएको छ । पहिले मिनेकै धेरै रकम तिरेर फोनमा गफ गर्नु पर्ने समस्या समाधान भएको छ । निशुल्क चार्ट मार्फत घण्टौ गफ गर्न सक्ने वातावरण छ । धन्य स्काईप दशैमा हातैले टिका लगाउन नपाएपनि अनुहार हेरेर आर्शिवाद दिन पाईयो ।   

सुधिर भद्र
sudhirhtd@yahoo.co.uk
२०७१ आश्विन २१ गते

No comments:

Post a Comment