काठमाडौंको मरुसत्तल भिमसेन स्थान जाने बाटोमा पर्ने ईलाचे टोल जन्मेका शंखधर साख्वाको सुकार्यस“ग जोडिएको नेपाल संवत्मा फेरी एक वर्ष थपिदै छ । आफू एक साधारण व्यापारी भएता पनि उनले सरा दुःखी गरीवको ऋण तिर्ने कार्य गरेका थिए । किवंदन्ती अनुसार उनले बालुवालाई सुनमा परिणत गरेका थिए । सोही सुनबाट उनले सम्पूर्ण दुःखी गरीवलाई ऋणमुक्त गरिदिएका थिए ।
यस्तो महान कार्य देखेर त्यतिवेलाका लिच्छवी राजा राघवदेव सा¥है प्रसन्न भएर उनलाई नया“ संवत् चलाउन दिएका हुन भनिन्छ । शुरुमा यस संवत्को नाम पशुपति भट्टारक थियो र पछि यसलाई नेपाल संवत् भनिन थालको हो । यो विक्रम संवत्भन्दा ९३६ वर्ष पछाडी शुरु भएको हो । उनले सुनमा परिणत गर्न थुपारेको बालुवा विसाउने पाटी अहिले पनि भिमसेन स्थान जाने बाटोमा रहेको छ जसलाई “लखु फाल्चा” भनिन्छ । यसरी नेपाल संवत् लक्ष्मी पूजाको भोलिपल्ट म्हपूजा अर्थात नेवारी समुदायको आत्मा पूजा गर्ने दिन धुमधामस“ग विविध कार्यक्रमका साथ मनाईदै आएको छ ।
नेपालका मौलिक सम्वत शक सम्वत र नेपाल सम्वत नै मानिन्छ । शक सम्वत केहि वर्षसम्म चलेको थियो भने नेपाल सम्वत जनस्तरमा र राज्य स्तरमा वि.स.१८२५(ने.स.८८८)सम्म चलेको थियो । नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वा हुन ।देशमा सवैस्तरबाट ऋण मुक्त गराएको स्मरणमा यो सम्वत प्रचलमा ल्याईएको हो । यो सम्वत कुनै धर्म, धर्मगुरु, राजा, महाराजाको नाममा नभई देशको नाममा ल्याईएको विश्वमा नै एउटा अपूर्व उदाहरुण हो । शंखघर शाख्वाको सुकर्मको सम्मान स्वरुपनेपाल सरकारले उनलाई २०५६ सालमा राष्ट्रिय विभुति घोषित गरेको थियो । त्यसैगरी उहा“को तस्वीर अङ्कित हुलाक टिकट समेत प्रचलनमा ल्याईएको छ ।
धार्मिक सहिष्णुताको अनुपम उदाहरण बनेको हाम्रो देशमा विभिन्न जातजाती, धर्म रहनसहनको विविधतामा एकता पाईन्छ । यिनै संस्कृति मध्ये एक नेवारी संस्कृति नेपालकै कला संस्कृति क्षेत्रमा महŒवपूर्ण मानिन्छ । नेवारी परम्परा र संस्कृतिलाई संरक्षण तथा सम्वद्र्धन गर्नको लागि विभिन्न संघसंस्थाहरु स्थानीय तथा राष्ट्रियस्तरमा लागि परेका छन् । उनीहरुले नेवारी संस्कृतिको संरक्षण एवम् सम्बद्र्धनमा उतुलनिय कार्यहरु पनि गर्दै आएका छन् ।
हेटौडामा पनि नेवारी संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्न यहा“ स्थापित विभिन्न संघसंस्थाहरु सक्रिय रुपमा लागि परेका छन । धेरै समय अगाडि बुद्धिलाल राजथला र जनकवि गणेशलालको सक्रियतामा नेपालभाषा खलःको गठन भए पश्चात खलःले नेवारी कला एवम् संस्कृतिको संरक्षण गरी आफ्नो परम्परा र मान्यतालाई लोप हुन नदिन बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । नेपाल भाषाका महाकवि सिद्धिदासको जन्म जयन्ती वार्षिक रुपमा मनाउदै र अन्य विविध सा“स्कृतिक र साहित्यीक कार्यक्रमहरु पनि गर्दै आएको छ ।
त्यसैगरी नेवारी संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गरी विकास विस्तार गर्न हेटौडामा नेवाः सांस्कृतिक पुचः पनि लामो समय देखि लागि परि रहेको छ । नेवारी संस्कृतिलाई लोप हुन नदिन नेवा सांस्कृति पुचःले वार्षिक रुपमा गाईजात्रा पर्वलाई निरन्तरता दिनुका साथै अन्य विविध पर्व एवम् जात्राहरुमा विविध कार्यक्रमहरु संचालन गरी सक्रिय रहेको छ ।
सांस्कृतिक दृष्टिकोणले धनी नेवारी संस्कृति एवं संयुक्त राष्ट्र संघको सदस्यताको लागि निवेदन पेश भएको नेवारी रञ्जना लिपीको राष्ट्रिय रुपमा नै महत्व छ । यसै लिपीले गर्दा संयुक्त राष्ट्र संघको नेपालले सदस्यता प्राप्त गर्न सहयोग पुगेको थियो । रञ्जना लिपीलाई सवै नेपालीको भाषाको रुपमा लिई यसको संरक्षण एवं सम्वद्र्धनको लागि विभिन्न समुदाय, सम्प्रदाय र साथै सरकारको सहयोगमा विविध कार्यक्रम संचालन गर्दा वेश हुने थियो ।
जसले नेपालीहरुको विविध संस्कृतिको संरक्षण र भाषाको जर्गेनामा मात्र सहयोग पुग्दैन साम्प्रदायिक सद्भाव वृद्धि गर्न सहयोग पु¥याई राष्ट्रिय विकासमा समेत सहयोग पुग्दछ । नेवारी संस्कृती, नेपाल संवत् र रञ्जना लिपीलाई हामीले नेपालका सवै सम्प्रदाय, समुदाय, जाती, र भाषाका मानिसको संस्कृति, संवत् र लिपी बनाउन सक्नु पर्दछ ।
नेपाल सम्वत नेवारहरुहको मात्र हो भन्ने केहि समूहको सोच पनि रहि आएको छ । वास्तवमा नेपाल सम्वत नेवारहरुको मात्र नभई सम्पूर्ण नेपालीहरुको सम्वत हो । यो सम्बत सामान्य नेवारी मुलका नागरीकको नाममा, त्यो पनि उनले गरेको सुर्कमको कारणले मात्र चलेको हो भन्ने बुझनु पर्दछ । यसको लागि सम्पूर्ण नेवारी समदुयाले अन्य सवै, सम्प्रदाय र जातीका नेपालीहरुलाई यो तपाई हामी सबै सम्पूर्ण नेपालीको सम्बत हो भन्ने कुरा बुझाउन सक्नु पर्दछ ।
नेपाल सम्वतको नया“वर्षको रुपमा वार्षिक रुपमा यस क्षेत्रमा नेवारी कला र संस्कृतिको संरक्षण गर्न सक्रिय संघसंस्थाहरुले औपचारीक रुपमा विविध कार्यक्रम गरी मनाउदै आएको छ । यस वर्षका पनि केहि कार्यक्रमहरु सार्वजनिक भएका छन् । यसरी मनाउ“दै आएको कार्यक्रमहरुमा केहि सुधार गरे अझ प्रभावकारी हुने देखिन्छ । औपाचारीक कार्यक्रम संचालन नेवारी भाषामा भएता पनि एउटा दोभाषेको व्यवस्था भएमा कार्यक्रममा सहभागी अन्य समुदायका सहभागीहरुले पनि कार्यक्रमको बारेमा धेरै कुरा जान्न पाउथे होला ।
वार्षिक रुपमा गरीने मोटरसाईकल ¥यालीलाई अझ व्यवस्थित गर्न सकिने सम्भावनाहरु धेरै छन् । सर्वप्रथम ¥यालीमा सहभागी हुन नेवार समुदायकै हुनु पर्दछ भन्ने मान्यता होईन्न भन्ने कुरा सर्वसाधारणलाई बुझाउन आवश्यक देखिन्छ । सहभागीहरु कुन रुटमा जाने हो त्यसको बारेमा अनभिज्ञ हुन्छन । यद्दपी यसपटक रुट पनि सार्वजनिक गरिएको छ । ¥यालीमा सहभागी र गैर सहभागी छुट्टयाउन गाह्रो हुन्छ । केहि शुल्क लिएर नाम दर्ताको प्रक्रिया राखि छुट्टै पहिचान हुने पोशाक लगाएर ¥यालीमा हिंडदा अलि व्यवस्थित देखिन्छ होला । साथै ¥यालीमा सहभागीहरुले अपनाउनु पर्ने सामान्य शिष्टता एवम् अनुशासनको बारेमा पनि पहिल्यै जानकारी गराउ“दा सहभागीहरुले के—के गर्न हुने र के—के गर्न नहुने पहिल्यै जानकार हुन्थे होला ।
आशा गरौ यस वर्षको कार्यक्रम निकै व्यवस्थित हुनेछ । यस वर्ष अझ धेरै अन्य समुदायका मानिसहरु पनि नेपाल सम्वद मनाउन सहभागी हुनेछन् । यस कार्यक्रमा सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरु अझ गम्भिर भएर नेवारहरुको मात्र नभएर हाम्रो नेपाल सम्बत मनाउन लाग्ने छन् ।
सुधिर भद्र
sudhirhtd@yahoo.co.uk
sudhirhtd@yahoo.co.uk
२०७१ कात्तिक ५गते