Thursday, May 24, 2012

म पनि नेपाली


गत साता एक नेपाली कपडा व्यवसायी र अर्का मारवाडी कपडा व्यवसायीसंग सानो कुरामा असमझदारी भयो । असमझदारीलाई दुवै पक्ष्ँका व्यवसायीहरुको सामुहिक प्रयासमा सामान्य बनाउने प्रयास गरीयो । दुवै पक्ष्ँ वाहीरी रुपमा समझादरी भएपनि भित्री रुपमा उनीहरुको दुवैको मनमा परेको चिसो सामान्य हुन सकेको थिएन । एकजना मारवाडी व्यवसायीले आफ्नो दुखासो पोख्दै भने हाम्रा बाउ बाजे भारतीय मुलका होलान तर हामी यही जन्मेका, यही हुर्केर यत्रो भईसक्यौ तर पनि हामीलाई समाजले पूर्णरुपमा नेपाली भनेर पत्याउन सकेको छैन । सधै हामीलाई भेदभाव हुन्छ सधै हामी हेपिन्छौ ।

एक किसिमको जातीय विभेद हामीले अनुभव गर्नु परीरहेको छ । हामी स्कुल यही पढ्यौ, कलेज यही पढ्यौ, हाम्रो सम्पूर्ण जीवन यहि बित्दै गईरहेको छ तर पनी कहिले कहिले यस्तो विभेद देख्दा हाम्रो मन रुन्छ । हामी व्यवसायीक कारोवारको सिलसीलामा भारत तथा अन्य मुलुकमा जान्छौ हामी गर्वसाथ हामी नेपाली भनेर हाम्रो परीचय दिन्छौ, देश विदेशमा कार्य गरी रहेका नेपालीहरु देख्दा हामीलाई निकै खुशी लाग्छ । तर हाम्रै मुलुकमा त्यसमाथी पनि आफ्नै शहरमा दोश्रो दर्जाको व्यवहार सहनु पर्दा धेरै दुःख लाग्छ । ब्राम्हण तथा दशनामी सामाजको नेपाल वन्दको दोश्रो दिनमा ती मारवाडी व्यवसायीले सुनाएको दुखेसो सुनेर अलि कति सोच्न वाध्य तुल्यायो ।

हामीकहा वास्तवमा नै जातीय विभेदका कारण कुनै पक्ष्ँ पिडित भएर बसीरहनु परेको छ त ? साच्च नै उनीहरुको आत्मसम्मानमा चोट परेको छ त? यदि यस्ले जरा गाड्दै जाने हो भने भविष्यमा अर्को नकारात्मक घटना घटाउन सक्ने सम्भवना पनि बढि हुन्छ होला । पृथ्वीनरायण शाहले २२ से र २४ से राज्यलाई एकिकरण गरेको नेपाल  अहिले फेरी त्यहि ढंगमा चिरा चिरा पर्न थालेको घटनाक्रमहरु देखिरहेका बेला यस्ता कुराले थप नया संकट ल्याउने सम्भावना देखिएको  छ ।

सवैभन्दा पहिला नेपाली अनिमात्र नेवार, तामाड्ड, वाहुन, क्षेत्री, मारवाडी, मधिशे, दशनामी आदि ईत्यादी हुन भन्नेकुरा सबैले बुझेको भएतापनि कसै कसैको निहीत स्वार्थमा यहा जातिय विभेद ल्याउने संस्कृतिको विकास भईरहेको छ । अन्य जात जातीको उदगम् जहा भए पनि उनीहरु नेपाली नै हुन भन्नेमा छ । तर मारवाडी र मधिसे समुदायहरुका धेरै धर्मसंस्कार र पारीवारीक नाता कुटुम्ब पनि छिमेकी राष्ट्रमा बढि हुने गरेको कारण उनीहरुको नाम दक्षिणी छिमेकी राष्ट्रसंग वढी जोडिएर आएको पाईन्छ । यो भन्दैमा उनीहरुलाई नेपाल प्रति माया छैन, उनीहरु नेपालका पहिलो दर्जाका नागरीक होईनन् भन्ने भावना विकास हुनु राम्रो हाईन होला ।

जुन पनि सम्प्रदाय जात जातीमा राम्रो नियत र नराम्रो नियत विचार भएका मानिस वा मानिसहरुको झुण्डहरु हुन्छन । यसले गर्दा समग्र समूहलाई नै लक्षित गरी उनीहरुलाई पक्ष्ँपात गर्नु सान्दर्भिक हुदैन होला । यसो भन्दैमा सानो भन्दा सानो कुरामा केन्द्रित भएर हामी मारवाडी वा मधेशी भएर नै हामी पक्ष्ँपातमा परेका हौ, हामीलाई दोश्रो दर्जाको रुपमा लिईएको छ भन्ने मान्यता त्यस समुदायले लिनु पनि उपयुक्त हुदैन । एउटा तामाड्डले तामाड्डलाई वा एउटा वाहुनले अर्को वाहुनलाई पिटदा वा गाली गर्दा त्यहा कुनै जातीय सम्प्रदायीकता वा जातीय भेदभावको कुरा आउदैन तर एउटा बाहुनले मारवाडीलाई वा एउटा नेवारले अर्को क्षेत्रीलाई गाली गलैचा गर्दैमा वा हातपात गर्दैमा त्यहा जातीय वा सम्प्रदायीक कुरा ल्याउनु ठूलो मुर्खता हो । जसको शुरुवात छटपुटका केहि घटनाहरुबाट देखिन थालेको छ ।

बन्दकै सन्दर्भमा यस भन्दा अगाडीको बन्दमा ब्राम्हन, क्ष्ँेत्री, खस, दशनामीहरुले शंक फुक्दै ठूलो बन्दको प्रचार प्रसारकोलागि मसाल जुलुश निकालेका थिए ठिक त्यसै गरी तामसालिड्ड र अन्य जनजातिहरुले पनि बन्दको पूर्व सन्ध्यामा त्यसैगरी चोक चोकबाट ठूलो समूहमा मशाल जुलुश निकाले । कसै कसैमाथि हातपान भएको पनि सुनिएको छ । मशाल जुलुश बन्द लाई नै प्रतिश्पर्धात्मक रुपमा लिईन थालेको देखिएको छ । यस्ता जात जाती विचको सहिषणुतामा बिस्तारै आ“च आउनु लाग्यो भने भविष्यमा ठूलो दुर्घटना निम्त्याउन सक्छ । यस्तै घटनाक्रमले निरन्तरता पाउंदै गयो भने भारत र पाकिस्तान छुट्टीदा शिख र मुस्लिम सम्प्रदाय बीच भएको साम्प्रदायिक घटना नेपालमा पनि नदोहरियला भन्न सक्निन ।

सवै जात जाती, धर्म वा सांस्कृतीका आ—आफ्नै मुल्य र मान्यताहरु छन् । उनीहरु आ—आफ्नै क्षेत्रमा धेरै महत्वपूर्ण छ । त्यसकारण हामी सबैले म कुन जातीय वा सम्प्रदायको हु भन्दा पनि म पनि नेपाली हु र हामी सबै नेपाली हौ भन्ने सोच्ने बेला आएको छ ।

सुधिर भद्र
२०६९ वैशाख ३० गते
sudhrihtd@yahoo.co.uk

No comments:

Post a Comment