Friday, May 18, 2012

विश्वका मजदुर एक, दुई, तीन .....हौ


विश्वका मजदुर एक हौ, श्रमिकहरुको हक हित जिन्दावाद, सामन्ती र पूजीपति वर्ग मुर्दावाद जस्तै धेरै नाराहरु श्रमिकहरुको महान चाड श्रमिक दिवशमा बजार र चोक चोकमा घन्किएको थियो । अमेरीकामा धेरै वर्ष पहिले मजदुुरहरुको श्रमको उचित मुल्य र मान्यताको माग गर्दै एउटा आन्दोलन चर्किएको थियो । यो आन्दोलनले पूंजीपतिवर्गहरुले श्रमिक वर्गहरुलाई गर्दै आएको शोषण र अत्याचारलाई अन्त गर्दै दैनिक ८ घण्टा कार्य गर्ने नियम प्रतिपादन गरे । आठ घण्टा भन्दा बढी कार्य गर्नु परेमा सोही अनुुुसारको अतिरिक्त समयको ज्याला भुक्तान गर्नु पर्ने नियम बसालियो ।

यसै नियमलाई अन्तराष्ट्रिय मापदण्डको रुपमा लिंदै समय अनुसार र बिभिन्न राष्ट्रको आ—आफ्नो नीति नियम तर्जुमा गरी सोही अनुसार कार्यान्वयन गर्दै आएको छ । नेपालको सन्दर्भमा २०४६ साल भन्दा अगाडीको अवस्थामा मजदूरहरुले खुलेर आफ्नो हक हितकोलागि लडन् सक्ने अवस्था थिएन । लुकिछिपी संगठनिक रुपमा क्रियाकलापहरु संचालन गर्नु पर्ने बाध्यता थियो  । तर २०४६ साल पछि सबैले सबै क्षेत्रबाट आ—आफ्नो हक हितकोलागि आवाज उठाईरहेको अवस्थामा मजदूरहरुको हकहितकोलागि पनि आवाज नउठने कुरा नै भएन ।

मजदुरहरुको आवाजहरुको सम्बोधन गर्दै श्रमिकहरुको हकहितकोलागि तत्कालिन श्री ५ को सरकारले २०४८ सालमा श्रम ऐन लागू गरेपछि केहि हदसम्म् मजदूरहरुको हक हित सुनिश्चित भएको थियो । यसकोलागि बिभिन्न दलसंग आवद्ध भएका श्रमिक संघसंस्थाहरुको सामूहितस जोडलाई सम्मान नै गर्नु पर्ने हुन्छ । २०४६ सालको बहुदलिय व्यवस्था पश्चात केहि वर्षसम्म मे १ का दिन मनाउदै आएको मजदर दिवश विश्वका मजदुर एक हौ भन्ने नाराका साथ सबै दलहरुले सामुहिक रुपमा मनाउदै आएको देखिएको थियो । तर त्यसले लामो समयसम्म निरन्तरता पाउन सकेन । बिभिन्न दलसंग आवद्धित मजदुर संगठनहरु माउ पार्टिको निर्देशन तथा आ—आफ्नो निहित स्वार्थका कारण छुट्टा छुट्टै रुपमा सामुहिक हितकोलागि संघर्ष गर्न थाले जुन त्यति उपलविध्मुलक हुन सकेन । समयकालसंगसंगै मजदुर दिवशले आ—आफ्नै तरिकाले निरन्तरता पाउंदै गयो ।

२०६३ सालको परिवर्तन पछि पुनः एकपट सबै मजदुर संगठनहरुले सामुहिक रुपमा मजदुर दिवश मनाउने जमर्को कसे । एउटै मञ्चबाट बिभिन्न दलका मजदुर नेताहरुले मजदुरहरुको हक हितको आवाज उठाउन थाले । पूजीपतिहरु फेरी एकपटक मजदूरहरु एक जुट हुने भए कि भनेर झस्कन थालेका थिए । अव फेरी मजदुरहरु सामुहिक सौदावाजी ९अयििभअतष्खभ द्यबचनबलष्लन० मा प्रखर भएर आउने हुन कि भन्ने लागेको थियो । तर पांच वर्ष पुग्दा नपुग्दै यसको निरन्तरतामा फेरी पूर्णविराम लाग्यो ।

फरक धारको राजनैतिक दलको मात्र नभएर एउटै दलका मजदुर संगठनहरु पनि छुट्टा छुट्टै किसिमले मजदुरको हक हित भनेर केहि मानिसहरुको झुण्ड जम्मा गरेर विश्वका मजदुर एक हौ भन्ने नाराको सार्थकताको बारेमा बोलिरहदा साचो मजदुर नेताको मन कति खुशी होला । मजदुर क्रान्तिकालागि उठेका हातहरुको योगदान र त्यसैको भरमा राजनीतिमा आफ्नो छवि बनाई टिकेकाहरुले अव सोच्ने बेला आएको छ । यस्तो संस्कार अनि एउटै वर्गको हितकोलागि फरक फरक संघर्षले के उपलव्धि देला । अब मजदुरहरुले विश्वका मजदुर एक हौ भन्ने नारा भन्न अलि नसुहाएको जस्तो भएको छ । क्रान्तिकारीहरु अति क्रान्तिकारी देखाउन जायज नजायज माग सम्पूर्ण पुरा हुनु पर्छ भन्ने अनि अन्य मुलधारका मजदुर संगठनहरु पनि राम्रो नराम्रो छुट्टयाउन नसके पछि कसरी सम्पूर्ण मजदुरको हित हुन्छ होला । अवका मे दिवशमा विश्वका मजदुर एक हो होईन दुई हौ, तिन चार..... हौ भन्ने नारा राख्दा उपयुक्त होला कि ।

सुधिर भद्र
२०६९ वैशाख २८

No comments:

Post a Comment