Friday, May 18, 2012

सल्लाहकारको नियती


दैनिक कार्य संचालनमा सहजता प्रदान गर्नकोलागि घोषित तथा अघोषित रुपमा सल्लाहकार राख्ने प्रचलन देखिन्छ । कतिपय अवस्थामा सल्लाहकारका विचार र निर्देशनहरुले प्राथमिकता पाएका हुन्छन भने कतिपय कुराहरुमा त्यसले प्राथमिकता पाउन सकेको हुंदैन । सल्लाहकारको सल्लाहले कुनै काम सफल भएमा सल्लाह लिने व्यक्ति सबैभन्दा बढि प्रफुल्लित हुन्छ भने त्यसले सकारात्मक सन्देश दिन सकेन भने त्यसको दोष सल्लाहाकार प्रति बढी आउ“दछ ।

सल्लाहकारले सल्लाह दिदा जसलाई आफूले सल्लाह दिई रहेको हुन्छ उ प्रति अरुले हेर्ने दृष्टिकोण र  उनको काम कारवाहीबाट पर्न सक्ने असरको बारेमा राम्रोसंग नियालेको हुन्छ । राम्रा राम्रा कुरा गरेर अगाडी खुशी पार्ने र त्यसको पछाडी पर्ने बित्तिकै उनको काम कारवाहीको बारमो नकारात्मक सन्देश दिन सक्ने संस्कार भएको बारेमा सल्लाहकार सतर्क हुनु पर्दछ र सतर्क पनि बनाउन सक्नु पर्दछ । सल्लाहकारले जहिले पनि भविष्यमा पर्न सक्ने नकारात्मक असरको बारेमा सजग गराउनु उनको दायित्व हो । तर भविष्यको सजगतालाई सल्लाह लिने व्यक्तिले नकारात्म्क सोच लियो भन्न थाल्यो भने त्यो भन्दा बढि पिडा सल्लाहकारलाई अरु ठूलो नहोला ।

सल्लाहकारको जिम्मेवारी सम्हाली सकेपछि भविष्यमा आउन सक्ने सकारात्मक नकारात्मक परिणमको बारेमा सोच्नु उसको प्रमुख दायित्व हुन आउछ । सकारात्मक परिणाम आउछ भने त्यसको प्रभाव कस्तो पर्दछ । साथै नकारात्मक परिणाम आएको त्यसको असर कस्तो हुन्छ, सकारात्मक परिणाम आउने कार्य हरुलाई अझ कसरी लोकप्रिय बनाउन सकिन्छ भन्ने बारमो सोच्नु पनि सल्लाहकारको जिम्मेवारी हो । नकारात्मक परिणामको बारमा पनि सल्लाहकारहरु घोत्लिनु पर्दछ । दैनिक क्रियाकलापमा गरीने बिभिन्न आनी बानी व्यवहार र त्यसबाट आफू प्रति आम मानिसले सोच्न सक्ने बिचारको बारेमा पनि सजग रहनु पर्दछ । सामाजिक संस्कार, मुल्य मान्यता एवम् रीति तिथिको पनि कदर गरी आफ्नो व्यवहारमा परीवर्तन ल्याउनु पर्दछ।

हाम्रो सामाजिक संस्कार अहिले पनि वर्तमान विश्वको भन्दा घेरै पछाडी भएकोले त्यसकाबारेमा पनि बुभ््mनु जरुरी छ र सल्लाहकारले पनि बुझाउनु पर्ने आवश्यकता छ । सघै राम्रो नराम्रो कामको सदैव राम्रो गर्नु भयो भन्ने सल्लाह पुग्न थाल्यो भने त्यसको परिणाम नराम्रो हुन्छ ।

हामीका पनि सल्लाहकारहरुको कमि छैन राष्ट्रपति देखि प्रधानमन्त्री र दलका ठूला नेताहरुका आ—आफ्नै सल्लाहकारहरु छन् । उनीहरुले कसरी महामहिमहरुको कामको मुल्यांकन गरेर सल्लाह दिई रहेका हुन । उनीहरुको सल्लाह मानिएको छ कि छैन होला । वा कहिलेकही उनीहरुको सल्लाहलाई पनि नकारात्मक सोच भनेर फ्याकिएिका छन् होला । जे होस सल्लहकारको दायित्व ईमान्दारीपूर्वक वस्तुस्थितिको विश्लेषण गर्नु पर्ने हुन्छ । त्यसको सम्भावित परिणाम र त्यसका समाधानका उपायहरुबा बारेमा पनि सोच्नु पर्ने हुन्छ । र सल्लाह लिने ले नकारात्मक सोच्छ कि सोच्दैन भन्ने पनि सोच्नु पर्ने हुन्छ ।

सुधिर भद्र
२०६९ वैशाख २८

No comments:

Post a Comment