Tuesday, February 28, 2012

दिल्लीमा भेटिएको ठिटो

राम्रोसंग पुछ फोहर देखियो भने गाली खालास !! २४ घण्टे वातानुकुलित रेलयात्रा र एक घण्टे टोयटा ईनोभाको यात्रामा गलेकोजिउले आफनो लगेज उठाउ“दै दिल्लीको कृष्णसागर होटलमा भित्र पस्न खोज्दा ठोक्किएको यो सम्वादले हामीलाई झसंग बनयो । हामीले होटलमा काम गर्ने नेपालीहरु हुन्छन भन्ने कल्पना पनि गरेका थिएनौ । नेपाली अनुहार देखेपछि उनीहरु  अल्मल्एिर अलि अलि लाज र अलि अलि खुशी मिश्रीत अनुहार बनाउदै हाम्रो लगेज उठाउन आईपुगे । होटल व्यवस्थापनले नेपाली पाहुनाहरु आएका छन् भन्ने थाहा पाएर हामीबसेको रुम सर्भिसकोलागि नेपाली कामदारहरु खटाएका थिए ।

अर्धाखाचीका दीपक दाहाल, गुल्मीका कृष्ण ढुड्डाना लगायत करिव एक दर्जन कामदारहरुले होटलमा जागिरेको रुपमा थिए, उनीहरुले अन्य धेरै जसो होटलमा नेपालीहरु रहेको हामीलाई जानकारी गराउ“दै थिए । नेपाली पाहुनाहरुको स्वागत गर्न पाउ“दा शुरुमा देखिएको लाज हटेपछि उनीहरु निकै सक्रिय थिए ।

बेलायतमा विगत १० वर्ष देखि बसोवास गर्दै आएका एनआरएन मित्र रोशन क्षेत्रीको दिल्लीमा किट विशेषज्ञमा विद्यावारीधि गरेकी नेपाली मुलका भारतीय दुलही मोनिका क्ष्ँेत्रीको विहेमा हामी सहभागी हु“दै थियौ । कार्यालयको चारदिने भ्रमण विदाको उपयोग गर्दै रक्सौलबाट विहान ९ वजे सत्याग्रह एक्सप्रेसबाट हाम्रो दिल्ली यात्रा शुरु भएको थियो । दिल्लीसंग सीमा जोडिएको शहर गाजीयावादसम्म हाम्रो यात्रा थियो ।  हामी चढेको रेल सुपरफास्ट भएकोले एक्सप्रेस रेलहरुलाई बाटो छोड्दै विस्तारै विस्तारै सुगौली, बेतिया, मुरादावाद, गोरखपुर हु“दै २४ घण्टामा गाजियावाद पु¥याएको थियो ।

हामी बसेको डिब्बामा आधासरो नेपालीहरु थिए भने आधा जति नेपालमा व्यसाय गरी रहेका र नेपालको बारेमा जानकारी राख्ने भारतीयहरु थिए । उनीहरु नेपालको बारेमा आफूले पाएको जानकारी र जिज्ञाशाहरु हामीलाई सुनाउन खुशी मान्दै थिए । बेच्न ल्याउने खानेकुराहरु र स्टेशन पिछेको खाजाको परिकारले नेपाली दालभातको न्याश्रो मेटाउन सकेको थिएन । लागुपदार्थको दुव्र्यसनी जस्तो हामीलाई भातको नशाको कारण शरिरमा एक किसिमको फूर्ति आउन सकेको थिएन ।

गाजियावादको स्टेशनको दुई चोक मध्ये घण्टाघर चोकमा आउने कुरा दुरभाषबाट टोयटा ईनोभोका चालक दीपकसंग भयो, उनलाई भेटेपछि हाम्रो यात्रा होटलतिर मोडियो । केहि बेर आराम गरेपछि हाम्रो दिल्ली घुम्ने कार्यक्रम तय भयो । दील्लीको बारेमा राम्रो जानकार भएका कपडा व्यवसायी अजय अग्रवाल पनि हामीसंगै भएकोले हामीलाई सजिलो भएको  थियो । गाजीयावादबाट दिल्ली पुग्नकोलागि अत्याधिक गतिमा विजुलीबाट चल्ने प्रख्यात मेट्रो ट्रेन चढन बैशाली जाने निधो गरियो । टेम्पोवालासंग लामो बार्गेनिड्डपछि १ सय पचासमा पा“चसवारी बैसाली लान सहमत भयो ।

हाम्रो केवलकारको जस्तै सम्झना दिलाउने मेट्रो स्टेशनमा सुरक्षा सतर्कता निकै चुस्त थियो । सर सफाई र व्यवस्थापन पनि तारिफ योग्य थियो । पा“च पा“च मिनेटमा आउने स्टेशन अनि स्वचालित खुल्ने ढोका र दिईने जानकारीले हामीलाई युरोपको यात्रा जस्तो लाग्थ्यो भने बिस्तारै भिड बढेर खुट्टा टेक्ने ठा“उ नहु“दा रत्नपार्क नागढुड्डाको बसको सम्झना दिलाउथ्यो । स्टेशनमा पार्किड्ड गरिएर राखिएको हजारौ मोटरसाईकल र वरीपरीको बिसाल भवन संरचनाले विकासको फड्को सजिलै आकलन गर्न सकिन्थ्यो । सरसफाई र संरचनाको आकर्षणको कारण ईन्जिनियर मित्र नविनले फोटो झिकेर क्यामरामा मेरो फोटो कैद गर्न मात्र के भ्याएका थिए, त्यहाका एक कर्मचारीले फोटो खिच्न नहुने र खिचेमा २ सय जरिवाना लाग्ने जानकारी गराएपछि हाम्रो फोटोशेसनको कार्यक्रम स्थगित गरियो ।

राजीव चौकमा ओर्लेर पुनः अर्को मेट्रो लिएर चादनी चोक पुगेपछि हाम्रो किनमेल शुरु भयो । पुराना भवन र असिमित गल्लिले असन र ईन्द्रचोकका गल्लिहरुको सम्झना दिलाएको थियो । कपडा, खाद्यान्न र अन्य विविध विषयमा खरिद गर्नकोलागि आउने मानिसको निकै भिडभाड थियो । हल्का फुल्का सामान खरिदपश्चात नजिकै रहेको लालकिल्लामा गएर मेट्रोमा गर्न नपाएको फोटोशेसनको रिस फेर्दै लामो समयसम्म फोटो शेसन गरियो ।

भोलिपल्ट दुलही पक्षको निम्तो आए पछि हामी जन्ति जान तयार भयौ । नेपाली र भारतीय परम्पराको मिश्रित रुपमा वैदिक परम्परा अनुसार विहे गर्ने पारीवारीक सहमति अनुसार दुलाहा तयार भए । क्ष्ँेत्री परिवारको विहे भएको हुनाले दुलाहको हातमा तरवार अनि घोडा सवार भई हिडेको हाम्रो जन्ति निकै आकर्षक थियो । बत्ति र पटका अनि संगीतमा नाच्दै गा“उदै हिडको हाम्रो जन्ति दुलही भएको पार्टि प्यालेसमा पुग्दा निकै तामझाम सहित स्वागत गरिएको थियो । मनमोहक ढंगले सजाईएको पार्टी प्यालेसमा भारतीय परम्परा अनुसार दुलाह दुलहीले विहेमा लगाउने लामो माला र नेपाली परम्परा अनुसार दुबोको माला  एक आपसमा लगाई विहेको शुरुवात गरियो । माला साटासाट पश्चात करिव दुई तिन घण्टा परिवारका सदस्य र साथीभाईहरुसंग दुलाहा र दुलहीको फोटोशेसनको कार्यक्रम चल्यो तत्पश्चात अग्नीलाई साक्षी राखि सातफेरा घुमेपछि विवाहको कार्यक्रम समापन भयो ।

सजिसजावट गरिएको पार्टी प्यालेस चाट, पाउ भाजी, ईडली, डोसा, रोटी, पराठा लगायत नब्बे किसिमका परिकारहरुले सजिएको थियो तर विहेमा माछामासु खान बानी परको जिब्रो चनाखो भएर त्यसैको स्वाद खोज्दै थियो । रातभरीको बैवाहिक कार्यक्रम पश्चात विहान ५ वजे हामी बेहुली लिएर अन्मियौ ।

बैकाहिक कार्यक्रम सकिएपछि हामी घर फर्कने हल्ला थाहा पाएपछि गुल्मीका ढुड्डाना भाई रुम सर्भिस भन्दै ढोका ढक ढकाउन हाम्रो कोठामा आईपुगे । उनको अनुहारमा परदेशमा भेटिएका नेपाली दाजुभाई छुट्टिनुपर्दाको उदासी थियो । उनको आ“खाले तीन महिना अगाडी मात्र विहे भएको उनको अर्धाग्नीलाई सन्देश पठाउन खोजीरहेको थियो । बावु आमालाई खर्च पठाउने ईच्छा उनको मनमा छछल्किएको थियो । सारा कुरा उनको अनुहारले बताईरहेको भएतापनि यी सबैलाई मनभित्रै राख्दै हाम्रो व्याग बोकेर गाडीमा हाल्दिए अनि आफन्त सम्झेर राम्रोसंग जानुस है सर भनेर औपचारीकता निभाए ।


सुधिर भद्र
२०६८ फागनु १५ गते

Tuesday, February 14, 2012

उड यु लाईक टू बी माई भ्यालेन्टाईन !!

दिवशसै दिवस मनाउने क्रममा हरेक वर्ष फेब्रुअरी १४ को दिनमा आउने भ्यालेन्टाईन डे यसवर्षपनि आईपुगेको छ, मायाको टुसा पलाउन लागेको जोडी र परिपक्व भईसकेकाहरुलाई यो दिन महत्वपूर्ण होला । अग्रेजी महिनालाई नै राष्ट्रिय महिना मान्नको लागि राष्ट्रले नै कसरत गरीरहेको बेला युवा पुस्ताले भ्यालेन्टाईनको तयारी गर्नुलाई कुनै नौलो मान्नु नपर्ला । २१ औ शताब्दी अनि त्यसमाथि पनि सुचना प्रविधिले यत्रो फड्को मारेका अवस्थामा हलिउड, बलिउडका सेलीब्रेटीहरुले मनाउने भ्यालेन्टनाईन डे को नक्कल भनौ या अनुशरन गर्नु सामान्य हो ।

अन्तराष्ट्रिय रुपमा मनाउ“दै आएको बिभिन्न दिवशसंग सगै युवापुस्तामाझ लोत्रप्रिय त्रिसमस देखि न्यू ईयर, फ्रेण्डसिप डे देखि भ्यालेन्टाईन डे सम्मका चा“डहरु आम नेपालीकै चाड जस्तो हुन थालिसकेको छ । स्कुल कलेजमा नै अलि अलि माया प्रेम बारे अनुभव हासिल गर्न सफल भईसकेका अचेलको पछिल्लो पुस्तालाई कलेजमा एक आर्कालाई माया गर्नु सामान्य कुरा जस्तो भईसकेको छ । अफेयर चल्नु अनि ब्रेक हुनु युवा पुस्ताको नया“ टे«ण्ड भईसकेको छ । त्यसमाथि पनि देशको नामचलेका कलेजले प्रेमपत्र लेखन प्रतियोगिता गरेर भ्यालेन्टाईन डे लाई बैद्यानिकता दिए पछि अन्य कलेजको त के कुरा गर्नु ।

हुन त माया नलाएको भए माया लाउन, टुटेको माया भए जोडनलाई यो दिन महत्वपूर्ण दिन मानिन्छ तर प्रेमको परिभाषा नै थाहा नभएकाहरु संग युवा अवस्थामा राम्रोसंग प्रवेष नगरी सकेका अर्थात म्याच्योर नभईसेका हिप हप ड्रेस लगाउने युवा पुस्ता अनि स्यागी कट कपाल काटेर कम्मर मुनि जिन्समा म्याचिड्ड क्यानभास जुत्ता लगाउने युवतिहरु बीच चलेको अफेयरले कसरी यो प्रणय दिवसको महत्वलाई प्रतिविम्बित गर्न सक्दछ ।

छाती चिरेरमा मुटुमा राख्ने खालको प्रेमी प्रेमिको मिठो बचनले नौ महिना गर्भमा राखेर जन्म दिने आमाको माया, तोते बोलीमा नै सबै खुशी पु¥याईदिने बाबुको ममता अनि बालपन देखि हरेक सुखदुखमा साथ दिने दाजुभाई दिदी बहिनीको आत्मियतालाई ओझेलमा पारेको छ । माया प्रेमको अन्धो जालमा भविष्यको परिणामको बारेमा सोच्ने फुर्सद नभएका जोडीहरुको पनि बाहुल्यता बढदै गएको छ ।

अन्तराष्ट्रिय रुपमा मानिदै आएको यस्ता दिवशहरुको बारेमा चासो राख्नु राम्रै कुरा हो माया प्रेम गर्नु नै हुदैन भन्ने मुश्लिम देशको जस्तो मान्याता राख्नु पनि हु“दैन तर कुन कुरालाई कतिसम्म प्राथमिकता दिनु पर्छ भन्ने कुरा युवापुस्ताले राम्ररी मनन गर्नु पर्दछ । कलिलो अवस्थामा गरिने माया भन्दा पाको अवस्थामा गरीने मायामा अलि बढि अध्ययन गरिएको हुन्छ कि ? दुई चार दिन डेटिड्ड जाने पैसा भए खर्च गर्र्न नभए आमा बुवासंग ढाटेर पैसा मागेर खर्च गर्ने परिपाटीले कस्तो परिणाम ल्याउला ? कलेजदेखि स्कुलले यस्ता दिवशकोबारेमा चासो राख्दा के कस्तो सकारात्मक तथा नकारात्मक प्रभाव पर्दछ सो बारेमा अभिभावकहरुले बुझनु जरुरी हुन्छ ।

शिशु, बाल र युवाअवस्थाबो अनुभव हासिल गरी जीवनको आरोह अवरोहको बारेमा जानकारी हासिल गरी सकिएको छ बा“की जीवनमा आफूलाई सल्लाह, सुझाव र मार्गदर्शन दिन सक्ने योग्य साथीको खोजी गरीएको छ भने आजको दिन आफूले खोजेका भ्योलेन्टाईन अर्थात माया साटासाट गर्न सक्ने साथीालाई दिल खोलेर भन्नुहोस युड यु लाईक टू बी माई भ्यालेन्टाईन तव मात्र यस्ता अन्तराष्ट्रिय दिवशले सार्थकता पाउनेछन् अन्यथा यी सव मनोरन्जनको साधन बाहेक अरु केहि पनि हुनेछैन ।


सुधिर भद्र
२०६५ फागुन २ गते हेटौडा सन्देशमा प्रकाशित

Monday, January 16, 2012

तपाई नमस्ते मात्र खान नजानुस !!

अध्यक्षज्यू नमस्ते !! महासचिवज्यू नमस्ते !! उपाध्यक्ष्ँज्यू नमस्ते !! .........ज्यू नमस्ते !! भर्खरै निर्वाचति अध्यक्षज्यू एवम् पदाधिकारीज्युहरु र कार्यसमितिका सदस्यज्यूहरुले आफू निर्वाचित भएको संस्थामा पुग्दा त्यहा कर्मचारीहरु एवम् अन्य साथीभाईहरुबाट पाउने अभिवादन हो । मकवानुपरका ठुला मध्येमा गनिने दुई संस्था निर्माण व्यवसायी संघ र यातायात व्यवसायी संघमा हालै सम्पन्न निर्वाचनबाट नया“ कार्यसमिति चयन भई सकेको छ । कुनै संस्थामा नया“ अनुहार आएको छ भने कुनैमा पुरानै अनुहार दोहरीएको छ । जे भएपनि सम्बन्धित संस्थाको विकासको लागि आफूले कार्य गर्ने उहा“हरुले प्रतिवद्धता जाहेर गरी सक्नु भएको छ । आशा गरौ उहा“हरुको प्रतिवद्धता अनुसार नै क्रियाकलापहरु अघि बढदै जाउन ।

मकवानपुरको आर्थिक विकासमा ठूलो भूमिका खेल्न सक्ने अर्को संस्था मकवानुर उद्यँेग वाणिज्य संघको निर्वाचन पनि नजिकिदै छ । नजिकिदो निर्वाचनसंगै अध्यक्ष्ँका उम्मेदवारहरुको घोषणा पनि हु“दै गरेको छ । संघको विकासमा सहकार्य गर्दै आएको र उद्यँेग वाणिज्य क्षेत्रको विकासमा लामो अनुभव सम्हाली सक्नु भएकाहरुबाट उम्मेदवारीको घोषणा भईसकेको छ । व्यवसायीक चिन्तन, आर्थिक विकासको बारेमा ज्ञान, सामाजिक आर्थिक विकासकोलागि गुरु योजना सहितको दिर्घकालीन सोच अबका नेतृत्व सम्हाल्नेहरुको लागि अत्यावश्यक छ ।

मकवानपुर उद्यँेग वाणिज्य संघले विगतमा बनाएको छविलाई पछिल्लो क्रममा नेतृत्व लिनेहरुले निरन्तरता दिने मात्र काम गरेको पाईन्छ त्यसलाई अझ अगाढी बढाउने काममा त्यति सफलता मिलेको प्रष्टरुपमा देखिदैन । लामो समयदेखि उठाउ“दै मकवानपुर जिल्लालाई औद्योगिक जिल्ला घोषणा गर्ने सम्बन्धि नीतिगत रुपमा हालसम्म पनि निर्णय गराउन सकिएको छैन । हेटौडा काठमाण्डौ सुरुड्डमार्ग सम्बन्धमा धेरै पटक छलफल र डेलिगेशन गईसके पनि त्यसको पनि हालसम्म कुने निकास निस्कन सकेको छैन । हेटौडा विरगंज सडकखण्डका खेतियोग्य जमिनमा उद्यँेगहरु स्थापना भई खेतियोग्य भूमिको ह्रास हुनुका साथै नया“ औद्यँेगिक करिडोरको रुपमा स्थाना भईसकेको छ । लामो औद्यँेगिक संस्कार बोक्नुका साथै उद्यँेगहरु स्थापनाकालागि आवश्य भौतिक पूर्वाधार प्रयाप्त मात्रामा हु“दा हु“दै पनि नया“ उद्यँेग स्थापनकोलागि लगानीकर्ता आकर्षित गर्न नसक्नु यस जिल्लाको ठूलो बिडम्वाना हो ।

स्वास्थ्य क्षेत्रमा चिकित्सकलाई गलत व्यवहार गर्ने र औद्योगिक क्षेत्रमा उद्योगपतिहरुलाई गलत व्यवहार गर्ने मानिसहरुको जमात हेटौडामा छ भन्ने हल्ला दुवै क्ष्ँेत्रका विज्ञहरुमा देखिएको छ । चकित्सकहरुमा हुने गरेको दुर्वव्यहार र उद्योगपतिहरुलाई गरीने गरेको दुर्वव्यहारको कारण हालसम्म पनि उनीहरुको नजरमा मकवानपुर पहिलो प्राथमिकतामा पर्न  सकेको छैन ।  विगतमा घटेका केहि घटनाहरुको कारण स्वास्थ्य क्षेत्रका विकास एवम् औद्योगिक क्षेत्रको विकासमा छिमेकी जिल्लाहरुको तुलनामा पछाडी परेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको अवका नेतृत्व लनेहरुले यस किसिमका चुनौतिहरुको सामाना गर्न सक्छु भन्ने आत्मविश्वास लिएर मैदानमा आउनु पर्दछ । मकवानपुरमा नया“ लगानी भित्राउन सक्छु भईरहेका उद्यँेग प्रतिष्ठानहरुको विकास र विस्तारमा ठोस कदम एवम् आवश्यक पहल कदमी गर्नेछु , रोजगारदाता र श्रमिकहरुबीचको आपसी सदभाव र भाईचारा बढाउन उल्लेख्य भूमिका खेल्छु भन्ने प्रतिवद्धता गर्नु आवश्यक छ । यसका साथै उद्यँेग संघ हेटौडासंग चिसिदै गएको  सम्बन्धलाई पनि पुनः सहकार्य र एकताको रुपमा अगाडी बढाउनु पर्ने चुनौति रहेको छ ।

साना व्यवसायीहरुको हकमा सिफारीश लिनकोलागि मात्र उद्यँेग वाणिज्य संघको सदस्य बन्नुपर्ने अनिवार्य प्रवधानको सट्टा उद्यँेग वाणिज्य संघको सदस्यता आफै लिनकोलागि प्रोत्साहित गर्नकोलागि वातावरण बनाउन सक्नु पर्दछ । विगतमा ल्याएको सदस्य दुर्घटना बीमा जस्तै सदस्यहरुको लागि उपलब्धिमुलक हुने किसिमका कार्यक्रमहरु तर्जुमा गर्नु पर्ने देखिन्छ । कर तथा राजश्वको परामर्श, लेखा सम्बन्धि परामर्श, कानूनि परामर्शहरु संघबाट दिंईदै आएको भएता पनि त्यसको सहि उपयोग हुन सकेको छैन । त्यसलाई समायनुसार व्यवसायीहरुलाई सर्वशुलभ रुपमा सहजै प्रदान गर्न सके साना व्यवसायीहरु पनि संघको सदस्यता लिन उत्साहित हुन सक्थे होला । यसका साथै  समय समयमा तालिम, गोष्ठी अन्तरक्रियाहरुबाट पनि व्यवसायीहरुको साझा समस्याहरुको बारेमा बुझि त्यसको निकास सम्बन्धमा पनि राय सल्लाय संकलन गरी सोही अनुरुप आवश्यक पहल गर्न सक्नु पर्दछ ।

सार्वजनिक नीजी साझेदारी अवधारणा अनुसार गरीने क्रियाकलापहरुमा सरकारी क्ष्ँेत्रको नीति निर्देशनमा व्यवसायीक क्ष्ँेत्रमा अनावश्यक बोझ दिने किसिमको कार्यक्रम मात्र तर्जुमा नगरी व्यवसायीक क्ष्ँेत्रको विकासकोलागि पनि उपलव्धि मुलक हुने किसिमको नीति नियम तर्जुमा गर्न सके अझ राम्रो गर्न सकिने  सम्भावना रहेको छ ।
नेपालको उद्यँेग वाणिज्य संघको ईतिहांसमा सक्रिय महिला उद्यमीहरु मकवानपुरमा छन् भन्ने जुन उदाहरण विगतमा पेश गर्न सफल भएको थियो त्यसको निरन्तरता दिंदै महिला उद्यमीहरुको प्रवद्र्धन एवम् विकास र विस्तार गर्नु पर्ने दायित्व पनि बोक्नु पर्ने देखिन्छ । संघको आर्थिक विकासको लागि गरीने क्रियाकलापहरु विगतको तुलनामा धेरै मात्रामा भए पनि त्यसको प्रभावकारीता राम्रोसंग मुल्याड्ढन गर्नु पर्ने आवश्यकता देखिएको छ । औद्यँेगिक प्रर्दशनीहरुको निरन्तरताले संघको आर्थिक विकासमा केहि हदसम्म टेवा पु¥याउन सफल भयो, केहि हदसम्म व्यवसायीक कारोबार गर्न पनि सफल भयो तर यस्ता मेलाहरु पूर्ण रुपमा व्यवसायीक मेला हुन नसकेको हो कि भन्ने गुनासाहरु पनि सहभागी व्यवसायीहरुबाट नै आएको पाईन्छ । रमाईलो मेलाको रुपमा मात्र यस्ता औद्यँेगिक व्यापार प्रदर्शनीहरुको परीभाषित नगरी पूर्ण रुपमा व्यवसायीक मेलागर्न गराउन के गर्न सकिन्छ त्यसबारेमा पनि सोच्नु टडकारो आवश्यकता देखिएको छ ।

जे भएपनि पुनः एकपल्ट नेतृत्व परीवर्तनको समय आएको छ । नया“ नेतृत्व लिनकोलागि केहि नामहरु अगाडी आईसकेका छन् । सायद उहा“हरुबाट कुनै एकजनाले यसपटकको नेतृत्व लिनु हुन्छ होला । आशा गरौ नेपाल उद्यँेग वाणिज्य महासंघको क वर्गको उद्यँेग वाणिज्य संघमा रहेर कुनै समय सम्मानित हुन सफल भई सकेको उद्यँेग वाणिज्य संघले फेरी थप उर्जा र लगनशिलता प्राप्त गरी मुलुकमै नाम राख्न सकोस । नेतृत्व सम्हाल्नेहरु नमस्ते खानकोलागि मात्र विजयी हुनु ह“ुदैन होला मकवानपुर जिल्लाको आर्थिक विकासमा केही परिवर्तन ल्याउनु हुन्छ होला ।

सुधिर भद्र
२०६८ पौष २८ गते

Sunday, October 23, 2011

चर्चा मकवानपुरको स्वास्थ्यको

असोज २६ गते विहिवार, महिन्द्रा ऐम्बुलेन्स साईरन बजाउ“दै हेटौडाबजार भन्दा २ घण्टा पूर्वमा रहेको छतिवन प्राथमिक स्वास्थ्य उपचार केन्द्र आईपुग्यो । घरमै सुत्केरी भएर साल अड्किएकी महिलालाई स्वास्थ्य चौकीमा ल्याईएको थियो । चौकीका ईन्चार्ज विदामा भएको कारण तत्कालिन स्वास्थ्य चौकि ईन्चार्ज अनु लामाले तिनको उपचार गरी दिईन । त्यतिनै बेला चौकीमा उपचाररत एक गर्भवती महिलालाई दिईने औषधी चौकिमा नभएको कारण उनका पति चौकीका कर्मचारी माथि खनिदै थिए । यी घटनाहरु छतिवन लगायत मकवानपुरका अन्य धेरै स्वास्थ्य चौकीहरुको साझा घटना हुन भन्दा अत्युत्ति नहोला ।

स्वास्थ्य क्षेत्रमा मकवानपुरको स्थिति अत्यन्त दयनिय रहेको छ । स्वाथ्य चौकी नजिक हुनेहरुले उपचारको आश गर्न सक्छन तर त्यो पनि टाढा हुनेहरुको लागि घरेलु उपचार र घामी झाक्रीको शरण वाहेक अन्य कुनै विकल्प छैन । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै गाविसहरुरुमा स्तर अनुसार स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र प्राथमिक उपचार केन्द्र स्थापना गरेको छ । भौतिक पूर्वाधारहरु पनि तयार छन तर अभाव केवल जनशक्तिको  रहेको छ । कोगटे, धियाल, सिस्नेरी, ईपा, फाखेल, चुरीयामाई लगायतका स्वास्थ्य चौकि र छतिवनको नव निर्मित भवनहरुको अझ प्रभावकारी रुपमा सदुपयोग गर्न सकिएको छैन । दरवन्दि अनुसारको कर्मचारी नखटाईनु र खटाईएका कर्मचारीहरु पनि कार्यालयको कामको सिलसिलामा सदरमुकाममा नै केन्द्रित हुनुले विद्यमान भवनहरुको सही सदुपयोग हुन सकेको छैन ।

स्वास्थ्य चौकीहरुमा चिसोमा राख्नु पर्ने खोप तथा अन्य औषधिहरुकोलागि दिईएको फ्रिज, सुत्केरी सामाग्री र सरकारका तर्फबाट निशुल्क दिईने औषधिहरु लठिभद्र रुपमा रहेको पाईन्छ । औषधिहरुको उत्पादन मिति र प्रयोग गर्न योग्य समयको बारेमा जानकारी राखिएको हुन्छ हुदैन टेबल र दराजमा यत्रतत्र फालिएका औषधिहरु हेर्दा त्यसको एकिन गर्न सकिदैन । सरसफाईको लागि सहयोगीहरु नियुक्त भएका छन् । केन्द्र प्रमुखको कार्यालयको र केहि हदसम्म व्यक्तिगत कार्यको सिसिलामा समय अभावको कारण  कार्यालय अनुगमनमा निरन्तरता दिन सकेका छैनन । यसै कारण सफाई कर्मचारीहरुले पनि विश्राम लिने गरेका होलान । बाक्लिदै गएको माकुराको जालो र चुलिदै गएका फोहरको ढिस्कोले यसलाई प्रमाणित गरीरहेका छन् । सहयोगी कर्मचारीहरुले दैनिक रुपमा नभ्याएपनि साप्ताहिक रुपमा सरसफाईमा ध्यान दिए स्वास्थ्य चौकीहरुमा उपचार गर्न आउंदा रोगीहरु केहि राहत महशुस गर्थे कि ? स्वास्थ्य चौकी जे जस्तो भएपनि ग्रामीण स्वास्थ्य कार्यकताहरुले स्वस्थ्य क्षेत्रमा पु¥याएको चेतनालाई सन्तोषजनक मान्नु पर्दछ । 

जिल्लाका सम्पूर्ण स्वास्थ्य चौकिहरुको अनुगमन र नियमन गर्ने जिल्ला स्वास्थ्य कार्यालय, मकवानपुर र जिल्ला अस्पताल आफै घाईते अवस्थामा रहेको छ । भौतिक पूर्वाधारको हकमा ठूलो भवन भएपनि स्वास्थ्य उपचारकोलागि चाहिने उपकरणहरुको उपलव्धता छैन । उपचारको क्रममा घटिने बिभिन्न घटनाहरुको कारण आम चिकित्सकहरुको मकवानपुर प्रतिको घारणा सकारात्मक छैन । यहि कारणले यस क्षेत्रका विरामीहरुले सामान्य भन्दा सामान्य उपचारकोलागि पनि छिमेकी जिल्लाहरुको शरण लिनु परेको छ । बच्चा विरामी भयो बाल रोग विशेषज्ञ छैन, स्त्री रोग सम्बन्धि समस्या आयो स्त्री रोग विशेषज्ञ छैन, कुनै पनि रोगमा विशेषज्ञको बारेमा मकवानपुरे विरामीले नसोचे पनि हुने भईसक्यो । सबै उपचारको लागि जनरल फिजिशियनको भर पर्नु परेको छ । पाहुनाको रुपमा महिनाको एक पटक र हप्ताको एक पटक आउने विशेषज्ञहरुले जेनतेन भरदेख गरिरहेको छ । तत्काल कसैलाई गाह्रो साह्रो प¥यो भने त्यसको लागि प्राथमिक उपचार बाहेक अन्य केहि सम्भव नहुने मानसिकतामा यहा“का विरामीहरु देखिन्छन । गर्भवति महिलाहरु प्रसुतिको लागि अस्पताल लगियोभने सामान्य प्रसुति भएसम्म यहि अस्पतालमा सम्भव होला । अन्यथा जटिलता देखिएको  भरतपुर लान तयार हुन आवश्यक बन्दोबस्त सहित अस्पताल पुग्नु पर्दछ

अस्पताल विकास समितिका अध्यक्ष एवम् जिल्ला जनस्वास्थ्य प्रमुख मकवानपुरमा दरवन्दि थप्न एवम् बिशेषज्ञहरु ल्याउन प्रयासरत भएपनि सफल हुन सकेका छैनन् । विशेषज्ञहरुलाई राम्रै आर्थिक सुविधा दिईएको भएता पनि उनीहरुको प्राथमिकतामा मकवानपुर नपुर्नु मकवानपुरवासीको दुर्भाग्य हो । मकवानपुरवासीहरुले आफूहरु स्वास्स्थ्य क्षेत्रको विकासकोलागि भविष्यमा कुनै पनि घटना घटन दिने छैनौ भन्ने प्रतिवद्धता व्यक्त गर्नु पर्ने आवश्यकता टडकारो रुपमा देखिएको छ, त्यसकोलागि हाल विद्यमान चिकित्सकहरुबाट पनि विरामी मैत्री वातावरण तयार गर्नु पर्ने देखिन्छ ।

विश्वमा कुनैपनि उपचार शतप्रतिसत सफल हुन्छ भन्ने छैन त्यसले केहि न केहि प्रतिशत कम्पलिकेशन अर्थात जटिलता निम्त्याउन सक्छ जसको परिणाम नकारात्मक पनि हुन सक्दछ । यसको बारेमा विरामीहरुलाई बुझन् बुझाउन अपरिहार्य देखिएको छ । चिकित्सकहरुले उपचारको संगसंगै कुशल परामर्शदाताको रुपमा विरामीहरुलाई परामर्श प्रदान गर्न सके भविष्यमा जस्तोसुकै घटना घटेपनि त्यसले अप्रिय दुघटना निम्त्याउन दिदैन । जनरल अस्पतालमा सायद बिरामीको चाप बढी भएको कारण चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरुले सबैसंग हा“सी खुशी राम्रोसंग बोल्ने वातावरण बन्न नसकेको होला । यसबाट विरामीको अस्पताल र सम्पूर्ण स्वास्थ्यकर्मी प्रति सोच्ने धारणामा पनि नकारात्मक असर पर्न सक्दछ । विरामी पक्ष र स्वास्थ्यकर्मीहरु बीच यसबाट असमझदारी उत्पन्न भई सानो भन्दा सानो त्रुटीमा पनि ठूलो दुर्घटना निम्तने वातावरण बन्छ ।

पछिल्लो क्रममा मकवानपुरमा मेडिकल कलेज खोल्ने कुरा चलिरहेको छ । यसको लागि प्रारम्भिक चरणका कुराहरु पनि शुरु भईसकेको भन्ने जानकारी आएको छ । मेडिकल कलेज खोल्नु मकवानपुरवासीकोलागि राम्रो कुरा हो तर यसको उपचारको गुणस्तरको बारेमा पनि सचेत हुनु पर्दछ । आवश्यक नीति निर्देशन समयमा नै दिई कार्यसञ्चालन गर्ने अनुमति प्रदान गर्नु पर्दछ नत्र भविष्यमा यसले अर्को ठूलो दुर्घटना न निम्त्याउला भन्न सकिदैन । हेटौडा नगरपालिका वडा नं. १ भैरवडाडा वासीले डा“डाको थुम्कै थुम्को देखाएर तीनवटा मेडिकल कलेजको जग्गाहो भनेर देखाउन थालेको छ महिना भन्दा बढी भईसक्यो । एउटाले सामान्य निर्माणकार्य शुरु गरेतापनि अन्य शान्त छ ।  नाम मात्रका मेडिकल कलेज हो कि साचिकै मेडिकल कलेज आउन थालेको हो त्यो बारेमा सम्बन्धित निकाय समयमा नै चनाखो हुनु पर्ने हो कि ?

स्थास्थ्य क्षेत्रकै कुरा गर्दै आ“खा उपचारको हकमा भने मकवानपुरवासीहरु भाग्यमानी भएका छन् । तिलगंगा आ“खा प्रतिष्ठानले आफ्नो शाखाको रुपमा हेटौडा सामुदायिक आ“खा अस्पताल स्थापना गरेपछि आ“खाका धेरै जसो उपचार हेटौडामा नै सम्भव भएको छ । यहि अवधारणा अनुसार अन्य रोगको पनि उपचार गर्नकोलागि सामुदायिक अस्पताल बनाउने भन्ने चर्चा पनि चलिरहेको छ । यसमा सम्बन्धित निकायहरुको मिश्रीत धारणा आईरहेको छ एक पक्षको भईरहेको जिल्ला अस्पताललाई नै स्तरोन्नती गरेर अझ प्रभावकारी बनाउनु पर्ने घारणा रहेको छ भने अर्को पक्ष पूर्ण रुपमा नविन ढंगले सेवा शुरु गर्नु पर्ने धारणा राख्दै आएका छन् ।

हाल विद्यमान सेवा सुविधामा स्तरोन्नती गर्दा विरामीहरु पूर्णरुपमा लाभान्वित हुन सक्छन ? विशेषज्ञहरु त्यहि संरचनामा कार्य गर्न ईच्छुक छन् ? र भविष्यमा विरामी मैत्री ढंगले उपचार प्रदान गर्न कटिवद्ध हुन्छन ? त्यसको बारेमा बिचार गर्नु आवश्यक छ । यसको बारेमा सम्बन्धित निकायबाट जोडदार प्रतिवद्धता आए मात्र त्यसको स्तारोन्नती गर्नु उपलब्धिमुलक हुन्छ अन्यथा जतिसुकै स्तरीकरण गरे पनि त्यसले कुनै महत्व बोक्दैन । अर्को तर्फ नया“ सरचना तयार गरेर सामुदायिक अवधारणामा अस्पताल संचालनकोलागि खर्चको बन्दोबस्त कहा“बाट गर्ने, भौतिक पूर्वाधार र अन्य उपकरणको बन्दोबस्त गर्न सम्भव छ, छैन ? केहि गरी स्थापना भए पनि त्यसको निरन्तर संचालनको ग्यारेन्टि छ, छैन ? त्यसबाट प्रदान हुने सेवा विरामी मैत्री छ छैन यसबारेमा पनि बुझनु आवश्यक छ ।

जसरी भएपनि मकवानपुरको स्वास्थ्य क्षेत्रको विकाशमा सबैको सहकार्य आवश्क छ । सरकारी निकाय, नागरिक समाज, निजी क्षेत्रबाट मकवानपुरको लागि स्वास्स्थ्य क्षेत्रको लागि मौखिक प्रतिवद्धता भन्दा पनि कार्यत्मक प्रतिवद्धताको जरुरी छ ।

सुधिर भद्र
२०६८ कार्तिक ४ गते


Thursday, September 15, 2011

स्मारकको शहरदेखि चार मिनारको शहरसम्म

पछिल्लो भाडाको यातायातको बन्दलाई पार गर्दै जसोतसो रातो प्लेटको गाडीको बन्दोवस्त गरेर रक्सौल नाकासम्म पुगीयो । भन्सार कार्यालयसंगै ठूलो हण्डिमा बनाएको पुरी तरकारीको नास्ताले पेट अलि उकालो लागेपछि रक्सौल रेल्वे स्टेशन तर्फ लिगै लिग सर्टकट म्याराथुन दिईयो । २० किलोको ट्रेकिड्ड व्याग पछाडी बोकेर पसिना पसिना हु“दा तालिमे सैनिक लाईन मिलेर हिडको जस्तो आफूलाई अनुभव आईरहेको थियो ।

पहिलो पटक लामो रेल यात्राको उत्सुकता र रेलयात्रामा हुने गरेको सुनिने घटनाको नकारात्मक असरले मनमा अलि अलि चिसो लिएर रक्सौलबाट कलकत्ताको हाउडाको लागि मिथिला एक्सप्रेस नामक रेलमा १८ घण्टे यात्राको शुरुवात गरियो । काठमाण्डौ विश्व विद्यालका प्राध्यापक उत्तम बुढाथोकी पनि हाउडा जाने क्रममा रहेकाले उहा“को सहयोगले रेलको डब्वा तथा सिट खोज्ने कार्यलाई सजिलो बनायो ।

सगौली, मुजफरपुर पार गर्दा हामीलाई बीरगंजको वातारण भन्दा कुनै पनि फरक लागेको थिएन । पहिलो पटक लामो समयको रेलको यात्रा अनि खान पिनको अनुकुलता तथा होस्टेलको जस्तो तल्ले सुताईले हाम्रो शरिर आफै कन्फूयज भईरहेका थियो । हामी खासै गोरा नभएकाले हामी संगै यात्रामा रहेकाहरुले तपाईहरु भारतको कुन ठांउबाट कहा“ जान लाग्नु भएको हो भन्ने उत्सुकताका साथ प्रश्न राख्थे । हामी नेपालबाट भनेपछि उनीहरु नेपालको बारेमा केहि जिज्ञाशा सहित प्रश्न राख्थे । थाहा भएसम्म उनको जिज्ञाशाको उत्तर दिंदै भारतीयहरु नेपाल प्रति कस्तो धारणा राख्छन भनेर हामी पनि कुरामा कुरा मिसाउ“दै जान्थ्यौ ।

२४ घण्टा एसीमा बस्ने बानी नपरकोले होला हामीलाई एसीवाला टे«नले जोडो महिनाको याद दिलाईरहेको थियो । कागजको खाममा सुत्नकोलागि दिईने सेतो तन्ना र रुमाल सायद मुख पुछ्नको लागि होला त्यसले हामीलाई नौलो अनुभव दिईरहेको थियो । प्रत्येक सिटमा राखिएको कम्वल र तकियाले हामीलाई एसीको जाडो छल्न सजिलो बनाएको थियो । रक्सौलबाट दिनको १० वजे हिडेको रेल भोलिपल्ट विहान पौने चार बजे हाउडा पु¥याएको थियो । विहान ४ वजे रिटायर हुन १ वर्षमात्र बाकी रहेका हजुबुवाको उमेरका रेलका कर्मचारीले हाउडा आया दादा, हाउडा आया दादा भनेर उठाएपछि हामी आ“खा मिचमाच गर्दै हाउरा प्लेटफार्म तर्फ ओर्लियौ ।

हाम्रा यात्राका सहयोगी प्राध्यापक बुढाथोकीकै सहयोगमा हामी २६ ओटा प्लेटर्फाम भएको हाउडा रेल्वेस्टेशनमा सहज र सरल तरिकाले वेटिड्ड एरीया तिर लाग्यौ । वातानुकुलित वेटिड्ड एरीया सुविधा यात्राको थकाई मार्नकोलागि सुविधा सम्पन्न थियो । धेरै किसिमका र धेरै ठांउका मानिसहरुको ओहरो दोहरो हुने हुंदा अलि भिडभाड थियो । हाम्रो हैदरावादको टिकट दिनको पौने १२ वजेको भएकोले हामीले त्यो समय त्यहि बिताउनु थियो । वेटिड्ड एरीयमा २ घण्टा अगावै मात्र बस्न पाउने भन्दै कपाल फुली सकेको बुढी आमा पनि हामीसंग केहि अतिरिक्त पैसा माग्दा हामलाई अलि असमान्य लागेको थियो । हामी बसेको ठांउबाट हाउडाको पुल र गंगा नदि प्रस्ट रुपमा देखिने भएको तथा हाउडाको पुलमा नै गएर फोटो खिच्न नपाउने प्रावधानको कारण हामीले टाढैबाट भएपनि हाउडाको पुल र गंगा नदिलाई पुष्ठभूमिमा राख्दै फोटो सेशन ग¥यौ ।

हाउडाबाट हैदरावादको लागि फेरी ईष्टकोष्ट ऐक्सप्रेस नामक रेलमा ३० घण्टा लामो रेलयात्रा शुरु भयो । यात्राको क्रममा भुवनेश्वरको आईसीआईसीआई बैंकमा कार्यरत नवविवाहित जोडी हामीसंगै परेको थियो उनीहरुले पनि नेपालको बारेमा आफ्नो जिज्ञाशा राखे र उनीहरुसंगै थापा थरका नेपाली मुलका भारतीय पनि कार्यरत रहेको जानकारी दिए । उनीहरुको भुवनेश्वरमा ओर्लेपछि अर्को एक मुस्लिम परिवार हामीसंगैको सिटमा आईपुगे । शायद उनीहरु छोरीलाई घरबाट लिएर माईत जादै थिए । दुवईमा काम गर्ने ज्वाई भएर होला छोरी र नातिनिको लुगा लगाई अलि महंगै शैलीको थियो । साउको भन्दा व्याजको माया भने जस्तै ३ वर्षिय नातिनी जुवेदालाई हजुरबुवा र हजुरआमाले निकै पुलपुल्याएको जस्तो देखिन्थ्यो । उनले हामीलाई मुन्नी वदनाम है र सिलाकी जवानी गीत सुनाउ“दै यात्रालाई अलि रमाईलो पार्दै थिईन । हामीलाई यो गीत बालबालिकाहरुको माझ युनिभर्सल नै छ कि क्या हो जस्तो पनि लाग्यो ।

रेल यात्राको क्रममा बेला बेलामा बेच्न ल्याउने बिभिन्न खानेकुरा खाने अनि कागजमा प्याक गरेर ल्याईएको भारतीय स्वादको दाल भात खानु बाहेक हाम्रो अर्को काम पुस्तक पढनु पनि थियो । रेलमा यात्रा गर्दा पुस्तक लानुस है भन्ने प्रद्युम्न मार्सावको सल्लाहबाट युग पाठकको उर्गेनको घोडा पनि राखेकोले हाम्रँे यात्राको समय कटाउन यसले पनि महत्वपूर्ण कार्य ग¥र्यो । उर्गेनको घोडा पढदा उपन्यासका पात्र म्हेन्दोसंगै जनयुद्धमा शालिन स्वभावका रुपमा मैले चिनेको उपन्यासकार युग पाठकपनि कम्व्याड ड्रेसमा आक्रमक ढंगमा हातहतियार सहित रणभूमिमा भिडेको जस्तो मलाई अनुभव भईरहेको थियो ।

भारतको विहार, उत्तरप्रदेश, उरीसाको सिमा पार गरी आन्ध्रप्रदेशको हैदरावाद पुग्दा बरौनी, भुवनेश्वर, विशाखापटनम, विजयवाडाजस्ता नामचलेका शहरहरुलाई छुदै रेल यात्रा अगाडी बढेको थियो । यात्राको क्रममा हामीले दुईकिसिमका भारतीयहरको व्यवहार पाएका थियौ । एउटा अति सभ्य प्रकृतिका जो सम्बादको क्रममा प्लीज, थ्याकंयू र एक्सयुजमिका् समिश्रण गरेर व्यवाहार गर्थे भने अर्को प्रकृति केहि नजानेका होईनन अलि अलि जानेका आदरआर्थक भावले बोल्न खोज्ने तर आफ्नो पुरानो संस्कृति विस्तारवाद संस्कृतिको प्रयोग गर्दै रेलको सिटमा समेत प्रभाव पार्न खोजेको थियो ।

सांझ ७ वजे हामी पहिलो पटक हैदरावाद ओर्लिएपछि हामीले अग्रीमरुपमा बुक गरिएको द्वारका होटल तर्फ हानियौ । हामी रेलको टिकटको कारणले कार्यक्रम शुरुहुने भन्दा एक दिन अगाडी पुगेकोले हामीले पहिलो दिनलाई भ्रमण दिनको रुपमा लिएर हैदरवाद भ्रमणमा जाने योजना बनायौ । हामीलाई हेटौडामा घुम्ने ठाउ“ के के छ भन्दा सामुहिक रुपमा भन्ने शहिद स्मारक भनेजस्तै त्यहि प्रश्न त्यहाका होटलवालाई सोध्यो उसले रामुजी फिल्म सिटी, लुम्बिनि पार्क, हुसेन दह ,चार मिनार, ग्लोकोण्डा फर्ट, कार म्युजिम, जियोलोजिकल पार्क, अकवर मस्जिद, विरला टेम्पल जस्ता नामको फोहरिस्त लगायो । हामीलाई छोटो समयमा धेरै ठांउमा घुम्नु परेको तथा धेरै फिल्म सुटिड्ड हुने भनेर चिनिएको रामुजी फिल्म सिटी पुगेर फर्केर आउ“दा अरु कुरा पनि हेर्दै आउने सल्लाह ग¥यौ ।

निकै बेरको भाडाका टेम्पो वाला र कारवालासंगको मोलमलाई पछि हामीले पाको उमेरका एम्बेस्डर कार चालकसंग रामुजी फिल्म सिटी गयौ । करिव करिव हेटौडा नगरपालिकामा जत्तिकै क्ष्ँेत्रमा फैलिएको रामुजी फिल्म सिटी एक पटक हेर्ने नै ठांउ जस्तो लाग्यो । शुरुमा हामीलाई प्रवेश टिकट ६ सय रुपैया तिर्नु पर्दा अलि महंगो लागे पनि त्यसको व्यवस्थापनले उक्त खर्च फर्चौट भए जस्तो लाग्यो । भाडाको सवारी साधन बाहिर राखे पछि पार्ककै बसले एक ठांउमा लगेर घुम्न छोडने त्यहा“ घुमि सकेपछि फेरी अर्को गाईड सहितको शिसा रहित खुला बस आएर फिल्म सुटिड्डका लागि तयार पारिएको बिभिन्न सेट र उक्त क्ष्ँेत्रमा सुटिड्ड भएका फिल्महरुको नाम लिंदा हाम्रा मानसपलटमा हेरिएका ति फिल्महरुको दृश्य पनि आएको थियो । सबैभन्दा राम्रो कुरा के थियो भने त्यत्रो ठूलो क्षेत्र भए पनि ठा“उ ठा“उमा आरओ प्रविद्धिद्वारा शुद्ध गरिएको र स्वचालित रेफ्रिजेरेटरले चिसो गरेको पानीको व्यवस्थापन निकै राम्रो लाग्यो । मानव निर्मित कृतिम कुराहरुको त बयान गरेर शाध्य छैन ।

रामुजी फिल्म सिटीको घुमाईपछि फर्केर आउदा हाम्रो सवारी चालकले हामीलाई हैदरावादका तत्कालिन सुल्तान मोहम्मद क्वाली कुताव शाहले सन १९५१ मा बनाएका चार मिनार, हजरत हुसैन साह वालीले सन १५६२ मा बनाएको हुसैन दह लगायत चुरी बजार, अकवर मस्जिद, लुम्बिनी पार्क, विरला टेम्पल घुमाउ“दै होटलमा ल्याएर छोडेको थियो । चार मिनारमा हाम्रै क्यामेराले चार मिनार सबै आउने गरी फोटो खिच्दिन्छु मात्र पा“च रुपिया दिनु भन्दै एक व्यक्ति आएर हाम्रो फोटो बिभिन्न पोज दिएर खिच्न लगाए । अनि उनले प्रति फोटोको पा“च रुपैयाको दरले हामीसंग पैसा मागेको देख्दा हामी अवाक भर्यौ । हुसैन दहको मध्य भागमा ठूलो बुद्धको मुर्ति अनि त्यस संगैको पार्कको नाम लुम्बिनी पार्क राखेको देख्दा हामीलाई खुशी लाग्यो । लुम्बिनी पार्कका एलसीडी प्रोजेक्टरद्वारा पानीको छालमा देखाईएको हैदरवादको ईतिहास र अन्य मनोरन्जनात्मक कार्यक्रम अत्यन्त आकर्षक थियो । गणेश महोत्सवको अवसर भएकोले हैदरावाद पुरा गणेशमय भएको थियो । बाटो बाटोमा नाच गान गर्दै बडेमानको गणेशको मुर्ति अगाडी राखेर पुजा आजा गर्दै थिए ।

४ दिनको वसाईमा विहान बेलका फुर्सत हुने भएकोले हामी यसो बाहिर तिर घुम्न जांदा त्यहा प्रचलित खाना तथा नास्ता ईडली, डोसा, उपमा, चपाठीसंग हाम्रो निकै जम्काभेट हुन्थ्यो हामीलाई घरको दालभातको निकै न्याश्रो लागेको थियो ।  हेटौडाको त के तुलना गर्नु काठमाण्डौ भन्दा निकै विकसित शहर भए पनि काठमाण्डौ र हैदरवादमा एउटा मिलन थियो त्यो के भने नदिको पानीमा भएको प्रदुषण त्यहाका साना तिना नदि नजिक आउ“दा ठ्याक्कै बाग्मति र विष्णुमतिको गन्ध हामीलाई सम्झाउथ्यो । अनि काठमाण्डौमा ट्याक्सीवालाले नजिकको ठाउ“मा मिटरमा जान नमानेर मनलाग्दी भाडा लिए जस्तै त्यहा पनि भाडाका ट्याम्पोवालाको त्यहि शैली देखिन्थ्यो ।

शहरी व्यवस्थापन, सडकको मर्मत सम्भार सरसफाई, ट्राफिक व्यवस्थापन एवम् पयर्टन प्रवद्र्धनका लागि गरिएका कार्यहरु हैदरवादका स्रहानिय छन् मुस्लिम र हिन्दु जातिहरुको मिश्रित रहेको हैदरवादमा पाईयो जुन जाती भएपनि तेलगु भाषा त्यहा जोकोहीले बोल्ने गरेको हामीले पायौ । अन्य युवा युवतीहरुसंगसंगै कालो बुर्काका मुस्लीम जोडीहरु पनि पार्कहरु डेटिड्ड आउने र मोटरसाईकलमा यात्रा गर्ने शैली देख्दा पनि पश्चिमि प्रभाव राम्रोसंग परेको होकी भन्ने हामीलाई कता कता लागेको थियो ।

३ दिनै औपचारीक कार्यक्रम पश्चात हाम्रँे यात्रा पुन हैदरावाद हाउडा र हाउडा रक्सौल हु“दै लामो रेलमार्ग पुन पार गर्दै हेटौडा सम्म आईपुगी हाम्रँे मुलुक बाहिरको यात्रा पुरा भयो ।



सुधिर भद्र
२०६८ भाद्र २७ गते

Tuesday, May 3, 2011

रामेश्वरमको मिठाई,मख्खनको कपडा पसल र एक पाउ जेरी

रामेश्वरम न्यूरोडको ठूलै  मिठाई पसलहो विशेषगरी भारतको प्रख्यात मिठाई कम्पनिका मिठाईहरु यहां पाईन्छ । मिठाई मात्र हाईन मिठाईलाई आकर्षित गर्न त्यसको प्याकेजिगं पनि त्यस्तै ढगंले गरिएको छ विशिष्ट श्रेणीका विशिष्ट मुल्यका मिठाईहरुमा यहां पाईनेहुनाले यहां विशेषगरी धनाढ्य मारवाडि समुदाय तथा सभ्रान्त नेपालीहरुको चहलपहल वढि हुन्छ । आमाको मुख हेर्ने दिनको लागि  निकै ठूलो लावा लस्कर त्यतै तिर मिठाई किन्नको लागि हानिदै थिए  महगां महगां कार चढेर हातमा मोवाईल फोन हल्लाउदै आमाको च्वाईस अनुसारको मिठाईको खरिद भैरहेको त्यो ठाउंमा मातृ वासल्यको राम्रो उदाहरण पाउन सकिन्थ्यो । आमालाई तपाई भन्दा पनि अझ प्यारो गरेर तिमि भनि सम्वोधन गरि आधुनिकताको परिचय दिदै थिइन त्यहा केहि केहि विदेश भ्रमण गरी सक्नु भएका नेपाली छोरीहरु आफनो आमालाई आफनो च्वाईस अनुसारको मिठाई किनिदिदै थिईन । आमा आफनो मुजा परेको गाला च्यातेर केहि लजालु मुस्कान फालेर सारीको साटो कुर्ता सलवार लगाएर मोर्डन मामु वनेर छोरीलाई आफनो फर्माईस सुनाइरहनु भएको थियो, वास्तवमा नै हेरिरहु लाग्ने त्यो आमा छोरीको माया प्रेम थियो ।

चाड एक तर मान्नु पर्ने अनेकले खासमा त्यसै दिन त्यही चाडको लागि रामेश्वरम भन्दा अलिक पर मख्खनको सुरज आर्केड भन्दा अगाडी रहेको कपडा पसलमा आमाको लागि सारी छान्ने काम भै रहेको थियो छोरी आफनो गच्छेले भ्याए सम्म आफनो आमालाई  सारी किन्दिन खोज्दै थिईन सकेसम्म राम्रो तर सस्तो  सारी देखाउनुस न साहुजी भन्दै  आफनो मनको वह र सामथ्र्यता प्रष्टयाउदै थिईन ।

रामेश्वरमको मिठाई पसल देखि सुरज आकेर्ड सम्मको मातृवासल्यलाई मरुटोलमा कोठा भाडामा लिएर वसेका धादिगंका ठूले भरियाका कान्छि श्रीमतीले राम्ररी जिस्काई रहेका थिए । त्यो चाड उनको पनि थियो त्यसैकारण हिजो वूढाले वचत गरी राखेको पचास रुपैयावाट उसलाई आमालाई मिठो मिठो कुरा खुवाउनु पनि थयो र राम्रो लुगा किन्दिन पनि थियो । उसले गहन विचार पश्चात मनुचा हलुवाईको पसलमा गएर एक पाउ जेरी लिईन र रामपुकारका गई एक पत्ता  टिका किनेर आमालाई लगिदिने विचार गरिन । उसले देखाउन खाजेको माया उसले ल्याएका उपहार भन्दा कयौ गुना वढि थियो ।
सवैले मान्नु पर्ने चाड एउटै तर सवैको स्थिति एउटै नहुनु आखिर सवैको मनै त रहिछ कसैले रामेश्वरममा चित्त वुझाई रहेका छन भने कसैले साधारण कपडामा भने कसैले एक पाउ जेरीमा ,सवै खुशीछन आफनो आमालाई खुशी गर्न पाएकोमा । सवैको सामथ्र्य रामेश्वरममा गएर मिठाई किन्न सक्ने भईदिएको भए हाम्रो वजार पनि पक्कै पनि ठूलै वजार हुन्थ्यो होला , वजाको स्तर पनि अन्तराष्ट्यि स्तरमा पुग्थ्यो होला अनि अहिले ग्राहक कुरेर वस्नु परेको व्यापारीहरु सामान दिएरै भ्याउदैन थिए होला र अनि  कति रमाईलो हुन्थ्यो होला सवैका आमाहरुलाई उनीहरुका सन्तानले भनेको जति खुशी दिन सकेमा अझ कति के के हुन्थ्यो होला के के हुन्थ्यो होला ।

सुधिर भद्र
२०६१ बैशाख

Friday, April 8, 2011

एक्लो बृहस्पति

भन्सार कार्यालय, मालपोत कार्यालय, आन्तरिक राजश्व कार्यालयको कर्मचारी भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा राम्रो आम्दानी भएको कर्मचारी हुन भन्ने भान परीसकेको छ । अन्य कर्मचारीहरुले खाने तलव सरह नै खाने गरेका तलव एवम् सेवा सुविधामा पनि कुनै थप हुदैन तर पनि किन उनीहरुको रहन सहन र जीवन यापनमा फरक पन आउछ त्यस बारेमा सबैले लख काटीसकेका हुन्छन उनीहरुको राम्रो आम्दानी हुन्छ भनेर ।

राम्रो आम्दानी कुन अर्थमा हो त्यसको स्वाद कस्तो हुन्छ त्यसको बारेमा त्यस क्षेत्रका कर्मचारीहरु राम्रोसंग जानकार भईसकेका हुन्छन, अन्य क्ष्ँेत्रहरुका कर्मचारीहरुलाई त्यस्तो स्थानमा आफू जान नपाएको पिडाका साथ साथै समकक्षिको आर्थिक प्रगति देखेर अलि अलि डाहा लाग्नु स्वभाविकै होला । राम्रो आम्दानीको लागि योगदान गर्नेमा पैसा प्रसस्त हुने तर समय नहुने वर्गका मानिसहरुको नाम पहिलो चरणमा आउछ होला । काम चा“डो सम्पन्न गर्नकोलागि सम्बन्धित फाटको कर्मचारीलाई केहि सहयोग गरी दिए पछि जस्तो सकै काम पनि समान्य रुपमा सहज ढंगमा अगाडी बढ्दछ । त्यसबाट नै उसले राम्रो आम्दानी बनाउन गरेको योगदानलाई सहजै बुझन सक्छौ ।

राम्रो आम्दानीको अर्को श्रोतमा कागजी रुपमा वा भनै राष्ट्रको कानूनले गर्न हुदैन भनेर किटेको कामलाई अन्य कानूनी शव्दजालले बिभिन्न प्रक्रिया अपनाई बैधानिक वा कानूनी रुपमा गर्न सकिने गरी सम्पन्न गर्न बाटो खुलाई दिए वापत सम्बन्धित पक्षले दिने आर्थिक सहयोग होला । यसमा कुनै एक व्यक्ति विशेषको मात्र सक्रियता नभई सम्पूर्ण मातहतको निकायको पनि संलग्नता आवश्यक देखिन्छ यस्तो अवस्थामा माथिल्लो निकायदेखि तल्लो निकायसम्मका सम्पूर्ण कर्मचारीहरुलाई भागवण्डा लगाउनु पर्ने भएकोले यसको मात्रा अलि बढि नै हुन्छ होला ।

राम्रो आम्दानीको श्रँेत बढी हुनेमा चमक धमका मन्त्रालयसंगसंगै तिनका माथिल्लो निकायका कर्मचारीहरु पनि देखिन्छन । कार्यन्वन गर्ने तह भन्दा नीति निर्माण तहमा व्यापक रुपमा लेनदेनको खेल हुने कुरा बिभिन्न माध्यबाट बाहिर आईरहका हामीले सुन्दै आएका छौ । कर्मचारी सरुवा बढुवामा समेत बोलवालाहरुको सक्रियताका साथ साथै लाउडादेखि धमिजा अनि चेज एयर देखि क्यासीनो काण्ड ईतिहास भईसके भनै भर्खरै नक्कली भ्याट बिलको कुरा तातिरहेका छ । 

साना तिनो सरकारी तथा गैरसरकारी निकाय पनि हालको अवस्थामा कुनै नै कुनै रुपमा आर्थिक रुपमा विवादित नै छ वा भनौ भ्रष्ट्राचारको जीवाणु कतै न कतै कुनै न कुनै रुपमा पसि सकेको छ । सम्बन्धित क्षेत्रका कर्मचारीहरुको व्यवहार मात्र राम्रो बनाएर हु“दैन कु भावना त्याग्नको लागि मस्तिष्कबाट नै कुविचारहरु त्यागिनु पर्दछ । मस्तिष्कबाट कु बिचारहरु त्याग्नको लागि नियमन गर्ने निकायबाट कार्यात्मक आदेश आउनु प¥यो आदेशको पालना नगर्नेहरुलाई सोही अनुसारको कारवाही गर्नु पर्यो अनि मात्र आर्थिक अनियमतितामा केहि हदसम्म कमि आउन सक्थ्यो होला ।

नियमन गर्ने हकमा अख्तियारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुरु शुरुमा भ्रष्ट राष्ट्रसेवकहरुको एव नीति निर्माणतहका व्यक्तिहरु विरुद्ध चलाएको क्रियाकलापले अव सुशासनको प्रत्याभूति हुने भो भन्ने आश पलाएको थियो तर आयोगबाट कारवाही लगाएकाहरु विशेष अदालतबाट धामाधम सफाई पाएर निसक्न थालेपछि आयोग थलिएर बसेको छ । 
हाल एक्लो बृहस्पितको रुपमा प्रधानन्यायधिस रामप्रसाद श्रेष्ठले भ्रष्ट्राचार विरुद्ध शुरु गरेको कदमले अख्तियार फेरी सक्रिय हुन सक्ने सम्भावना धेरै छ । श्रेष्ठले न्यायक्ष्ँेत्रमा देखिएको भ्रष्ट्राचारको संस्कृति निर्मुल पार्नको लागि आफ्नै न्याधिशलाई कारवाही गर्ने साहस गर्नु भएको छ, भने ईतिहासमानै पहिलो पटक मन्त्री भईसकेका मानिसलाई पनि भ्रष्ट्राचारको अभियोगमा जेल हाल्ने साहसको कदर गर्ने पर्दछ ।

उनको यस साहसबाट भ्रष्ट्राचारको स्वाद चाखि सकेको मानिस डराएर पह“ुच भएकाहरुका पुगी मद्धा नखोतल्नको लागि दवाव दिनको लागि सक्रियता बढाई रहेका होलान । तर आशा गरौ रामप्रसाद श्रेष्ठले देखाएको बाटो अवका न्याधिशहरुले पनि पालना गरुन

माथिल्लो निकायमा हुने भ्रष्ट्राचार र आफ्नो मातहताका निकायहरुबाट गैरकानूनी कमाईको अंश खोज्ने परम्परा अन्त भएमा तल्लो निकायमा स्वतः रुपमा भ्रष्ट्राचार गर्ने आट कसैले गर्न सक्दैन । सानो तिनो खरिद प्रक्रियामा व्यवसायीले लोभको पिण्डोको रुपका साथै व्यवसायीक स्वार्थको लागि कर्मचारीहरुलाई दिईने दुई चार प्रतिशत माथिल्लो निकायमा हुने भ्रष्ट्राचारको तुलनामा शुन्य प्रतिशत नै होला । ठेकेदारहरुसंग निर्माणकार्यको लागि गरीने मिलेमतोमा स्थानीय निकायले माथिल्लो निकायसम्म प्रक्रियागतरुपमा कागजपत्र मिलाउनु पर्ने भएकोले माथिल्लो निकायमा हुने भ्रष्ट्राचारमा यसले केहि प्रतिशत सहभागीता जनाउने सम्भावना होला ।

आशा गरौ अहिले एक्लो बृहस्पतीको रुपमा देखिएका रामप्रसाद श्रेष्ठजस्ता कर्तव्यनिष्ठहरुको नियमन गर्ने ईकाईमा सहभागीता भएमा भोली कुनै पनि कार्यालय आर्थिक हिसावले चमक धमकको हुंदैन होला सबै विभाग, निकाय संघसंस्थामा एकै किसिमको एकता देखिन्थ्यो होला ।  र भविष्यमा हाल भ्रष्ट्राचारमय भई रहेको नेपालमा कानूनी राज्यको प्रत्याभूति सर्बसाधरण सबैले गर्न सक्थे होलान , कानूनी आधार भन्दा बाहेका कहि कसैले कतिपनि रकम खर्च गर्न पर्दैनथ्यो होला ।

सुधिर भद्र
हेटौडा, २०६७ चैत्र २५ गते