जहिले पनि भीमफेदीबाट काठमाण्डौ उक्लदा होस वा फर्कदा जुरीखेतबाट तलझर्दा देखिने भीमफेदीव बजार हेर्दा बन्दिपुरको झझल्को आउछ । सडकका दुवै तिरका पुरातन शैलीका घरहरु, मठ मन्दिर लगायत पाटी पौवाले नेपालको संस्कृति झल्काई रहेको छ । अहिले बनेका केही कंक्रिटका घरहरुले भीमफेदीको पुरानो पहिचानलाई छोप्दै गएको देखिन्छ । भीमफेदी गांउपालीकाका अध्यक्ष हिदम लामाज्यूलाई भीमफेदीमा नयां बन्ने घरहरु वा पुराना घरहरुलाई जिर्णोद्धार गर्दा पुरातन शैलीका घरहरु बनाउने पर्ने तर्फ पहल गर्ने हो की भनेर विशेष अनुरोध गर्न चाहन्छु । यसले गर्दा भीमफेदीलाई आन्तरिक पर्यटन तर्फ थप आकर्षित गर्न सकिन्छ कि ?
Hi there, Namaste and warm welcome to my blog. I would like to collect my feelings, experience, some & the emotional ups and downs I face. If you have any comment, feedback or suggestions, I would be more than happy to listen and improve my blog. Stay tuned and keep in touch Sudhir Bhadra
Wednesday, October 25, 2017
Tuesday, May 30, 2017
म जे छु खुशी छु ।
मैले बुझाउन सकिन वा
तिमले बुझन सकिनौ
तिमीले बुझाउन सकिन वा
मैले बुझन सकिन
बुझन बुझाउने समय विति सक्यौ
तिमी जे छौ खुशी छौ
म जे छु खुशी छु ।
भीडहरुबाट टाढा हटि
एक्लै रमाउन थालिसके
एकान्तको मौनता
प्यारो लाग्न थालि सक्यो
तिमी जे छौ खुशी छौ
म जे छु खुशी छु ।
खुशी साट्दा आउने आनन्द
अव ईतिहास भई सक्यो
दुःख वाड्दा पाउने हौसला
अव विरानो भई सक्यो
तिमी जे छौ खुशी छौ
म जे छु खुशी छु ।
सुधिर भद्र
२०७४ जेठ १६ गते
sudhirhtd@yahoo.co.uk
तिमले बुझन सकिनौ
तिमीले बुझाउन सकिन वा
मैले बुझन सकिन
बुझन बुझाउने समय विति सक्यौ
तिमी जे छौ खुशी छौ
म जे छु खुशी छु ।
भीडहरुबाट टाढा हटि
एक्लै रमाउन थालिसके
एकान्तको मौनता
प्यारो लाग्न थालि सक्यो
तिमी जे छौ खुशी छौ
म जे छु खुशी छु ।
खुशी साट्दा आउने आनन्द
अव ईतिहास भई सक्यो
दुःख वाड्दा पाउने हौसला
अव विरानो भई सक्यो
तिमी जे छौ खुशी छौ
म जे छु खुशी छु ।
सुधिर भद्र
२०७४ जेठ १६ गते
sudhirhtd@yahoo.co.uk
Wednesday, March 15, 2017
काकंडाका याकुब चेपाड्ड
सेतो सटको परिचय धुलो र मैलो ले गर्दा फेरी सकेको थियो । तिन पत्र परेको सटको कलरमा परेको मैल, अनि सयौपटक मुजा परेको पछाडी पट्टिको भाग त्यसमा अड्किएको ढूलो, हातको टाक खुस्किएर दुवै तीर फैलिएर बसेको बाहुला, छातीमा एउटा लामो दाग अनि लजाएर बोल्ने परिचय थियो ११ वर्षिय याकुव चेपाड्डको, मकवानपुरको अत्यन्त विकट गा“उ कांकडाका याकुवलाई सानै उमेर देखि मुटुमा रोग देखिएको थियो । एक छाक खान धौ धौ पर्ने चेपाड्ड परिवारलाई याकुवको उपचार असम्भव थियो । गा“उमा कार्यरत एक गैरसरकारी संस्थाले उनको उपचारको सम्पूर्ण खर्च व्यहोरी रहेको छ । धन्य छ याकुव र सहयोग गर्ने संस्था अन्यथा याकुवको जीवनको कहानी कहा“ गएर समाप्त हुन्थ्यो होला ।
सिलिड्डे १ का ४५ वर्षिय गणेशलाल चेपाड्ड र जयलड्डमाया चेपाड्डको १ छोरी र ४ छोरा मध्ये पहिलो सन्तातनको रुपमा याकुव चेपाड्डको जन्म भएको थियो । सानो उमेरमा स्वास फेर्न समस्या तथा ज्वरो आईरहने समस्या भएपछि उनीहरुले आफ्नो छोारेको उपचारको शुरुवात धामी झाक्रीबाट गरे । धामी झक्रीको लामो प्रयास पछि पनि उपचारमा कुनै सुधार नआएपछि स्वास्थ्य चौकीमा पुगे । दुई घण्टाको उकालो ओरालो बाटो हिडेर कयौ पटक स्वास्थ्य चौकी पुगे । राम्रो सुधार नआएपछि भण्डारा हु“दै भरतपुर अस्पतालसम्म पुगी उपचार प्रक्रिया चलिरह्यो । भरतपुर अस्पतालबाट बच्चामा जटिल प्रकृतिको समस्या देखिएकोले कान्तिबाल अस्पतालमा ज“चाउन लाग्ने सुझाव दिए ।
आफूसंग भएको अलि अलि पैसाले भरतपुरसम्मको उपचारमा खर्च भयो । काठमाण्डौ उपचार गर्न जानकोलागि उनीहरुमा आर्थिक रुपमा क्षमता थिएन र भौतिक रुपमा आट पनि थिएन । बच्चाले सास फेर्दा गाहो भएर रोएको देखेर आमा जयलड्डमायाको मन कुडिन्थ्यो । बेला बेलामा ज्वरोले चापेर गाह्रो भएर रोएको देख्दा बुवा गणेशलाल पनि गाह्रो भएर
आउथ्यो । बच्चालाई रोगबाट उन्मुक्ति दिलाउन मुलापाते लगायत चेपाड्ड ग्रामीण जडीबुटीहरुको पनि निकै प्रयोग गरे तर खासै सुधार आउन सकेन । उनीहरुले आफ्नो बच्चालाई साह्रै गाह्रो भएको सहन नसकेर गा“उमा १० हजार सापट लिएर काठमाण्डौ जाने निधो गरे । गणेशलालले आफ्नो जीवनमा देखेको ठूलो बजार भण्डारा र हेटौडा बाहेक अर्को कुनै थिएन । काठमाण्डौ उनकोलागि सात समुन्द्र पारी भन्दा टाढा थियो । उसलाई काठमाण्डौ एक्लै जान आट आएन, साथीको सहयोगमा आफ्नो छोरा लिएर काठमाण्डौ आए । कान्तिबाल अस्पतालमा याकुवको सम्पूर्ण उपचार पश्चात उनमा मुटुको समस्या देखियो । सहिद गंगालाल अस्प्तालमा जा“च गराउन जानु पर्ने भयो । लगेको पैसा सकिएपछि उनीहरु गंगालालमा जान थप खर्च जम्मा गर्नकोलागि पुनः एकपटक आफ्नो गाउ“ फर्के ।
श्री राष्ट्रिय मावि, सिलिड्डेमा अध्यनरत याकुव लामो समयसम्म विद्यालय नआएपछि बालबालिका, शिक्षा तथा स्वास्थ्य सम्बन्धि सोही विद्यालयमा कार्यक्रम चलाईरहेको एक संस्था यूएसडी नेपालले उनको रोगको बारेमा थाहा पायो । त्यसपछि संस्थाकै सक्रियतामा उनको थप उपचार सहिद गंगालाल अस्पतालमा भयो । उनको मुटुमा समस्या देखिएपछि दुई वर्ष अगाडी उनको मुटुको ओपन हर्ट सर्जरी भयो । चेपाड्ड भएकोले अस्पतालले उनको उपचार खर्च सम्पूर्ण व्यहोरी थियो । उनको आफन्तको खर्च र त्यहासम्म पु¥याउने, आवश्यक रेखदेख गर्ने र फर्काएर ल्याउने जिम्मा चाहि उनलाई लाने संस्थाले लियो । हाल कक्षा ७ मा अध्ययनरत याकुव अहिले पनि संस्थाको प्रत्यक्ष निगरानीमा औषधी उपचारमा छ । भर्खरै मात्र सम्पन्न एउटा शिविरमा उनको आ“खाको परीक्षण गर्दा आ“खामा मोतिविन्दु पनि देखा परेको थियो । घाममा हेर्दा दुबै आ“खा चिम्सो गरेर हेर्ने, टाढाको नदेख्ने समस्याबाट उनी पिडित हुंदै आएका थिए । हाल उनको मोतिविन्दुको सफल शल्यक्रिया सम्पन्न भई सकेको छ । उनी अहिले प्रष्टरुपमा टाढाको कुरा देख्न सक्ने भएका छन् ।
चेपाड्ड र तामड्ड जातीको बाहुल्यता रहेको कांकडा गाविसमा ९० प्रतिशत भन्दा बढि मानिस शहरी भौतिक सुख सुविधा भन्दा टाढा रहेका छन् । १२ देखि १४ वर्षको उमेरमा विहे अनी २० वर्षको उमेरमा ३ सन्तानको आमा हुने संस्कार रहेको छ काकडाका चेपाड्ड समुदायमा । माछा मार्ने जालोले बुनेको झोला लोप हुन लागेको चेपाड्ड संस्कृतिको परिचय हो । खेतीपातीको राम्रो व्यवस्था र जग्गा जमिन नहु“दा दैनिक ज्यालादारी र केही पशुपंक्षीको व्यापार नै यहा“का चेपाड्डहरुको मुख्य आय श्रँेत हो । विस्तारै विस्तारै शिक्षित हुनु पर्छ भन्ने आभास गा“उमा पुगेका बिभिन्न संघसंस्थाहरुले दिन थालेपछि प्राथमिक स्तरको पढाई सम्पूर्ण चेपाड्ड बालवालिकाहरुले गरको देखिन्छ ।
पोषणयुक्त खानेकुरा खानु पर्ने बालवालिकाहरु गा“उघरमा जे जे छ त्यहि खाईरहेका छन् । कतिको परिवार त दैनिक एक छाकमा मात्र सिमित भएका छन् । त्यस्ता घरका बालबालिकाहरुको स्वस्थता कसरी मापन गर्ने । सरकारले त्यस्ता पोषणयुक्त खाना नपाएका बालवालिकाहरुलाई बिभिन्न केन्द्र मार्फत खुवाउने व्यवस्था मिलाएको छ । स्पष्ट जानकारीको अभाव र सहज पहुंच नहुंदा यस्ता बालवालिकाहरुले अकालमा मृत्यु व्यहोर्नु परिरहेको छ । स्वास्थ्य चौकी पुग्न लामो समय हिडनु पर्ने हुनाले जस्तो सुकै रोग लाग्दा पनि पहिला धामी झाक्री, अनि त्यसपछि घरेलु उपचार त्यसबाट पनि भएन भने मात्र स्वास्थ्य चौकी जाने परम्परा छ । यस्तो क्रियाकलापले गर्दा सबैभन्दा बढी बालवालिकाहरु प्रभावित हुन्छन । सहन सक्ने ठूलामानिसहरु त सहन्छन तरा स साना बालवालिकाहरुको पिडा अत्यन्त असहज हुन्छ ।
धन्य छ विकासे संघसंस्था जो गा“उ गाउ“मा पुगेर बिकट क्ष्ँेत्रका ग्रामीण बस्तीहरुमा पगुी केही न केही सहयोग गरी रहेका छन् । कसैले निश्वार्थ भाव ले गाउ“मा काम गरेका छन् भने कसैको स्वार्थ लुकेको होला । जे भएपनि केहि उपचार नपाउने गा“उलेहरुले उपचार पाएका छन् । जाडोमा न्यानो लुगा नपाएर कठयग्रिनु पर्ने बालवालिकाहरुले तातो लुगा पाएका छन् । खाली पेट स्कुलमा पढनु पर्ने विद्याथीहरुले खाजा पाएका छन् । खुला चौरमा बसेर पढनु पर्ने विद्याथीहरुले कक्ष्ाँ कोठा पाएका छन् । याकुव चेपाड्ड जस्ता बालबालिकाहरुलाई मृत्यूको मुखबाट छिनेर ल्याएक छन् । जय होस ।।
सुधिर भद्र
२०७३ फागुन २६ गते
sudhirhtd@yahoo.co.uk
Tuesday, February 14, 2017
म आफैमा हराउन थालि सके ।
आशाका जराहरु ढल्न थालि सके
निराशाको बादलहरु मडारीन थालि सके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।
आफ्नाहरु सबै पराई भई सके
पराईहरु झन पराई भईसके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।
क्षितिजको ज्योति देख्न छाडी सके
कल्पाना भित्रको मिठो परिकल्पना गर्न छाडी सके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।
सुधिर भद्र
२०७३ माघ २६ गते
sudhirhtd@yahoo.co.uk
निराशाको बादलहरु मडारीन थालि सके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।
आफ्नाहरु सबै पराई भई सके
पराईहरु झन पराई भईसके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।
क्षितिजको ज्योति देख्न छाडी सके
कल्पाना भित्रको मिठो परिकल्पना गर्न छाडी सके
म आफैमा हराउन थालि सके ।
म आफैमा हराउन थालि सके ।
सुधिर भद्र
२०७३ माघ २६ गते
sudhirhtd@yahoo.co.uk
Subscribe to:
Posts (Atom)