Monday, November 14, 2016

विजय र गगन

१९ वर्षिय विजय खड्काले अफ्नो जीवनको असहज अवासन गरेका छन् । १९ वर्षको बैसालु उमेरमा सबैलाई हुने एक प्रकारको जीवनको चढाव उनमा पनि लागेको थियो । लामो पालिएको कपाल, कानमा हालिएको एयरफोनबाट नै उनमा बैसको उन्मत्ताता झल्केको थियो । ठूलै पारीवारीक घराना नभएपनी बुवाको सानो जागिरले उनको मनको रहर पु¥याउदै आएका थिए । करीव दुई वर्ष अघि जव उनको स्वास्थ्यमा केही खरावी आयो तवदेखि उनको जोस जागर सबै झरेर गयो । उपचार पनि निको नहुने भनेर थाहा पाए पछि त झन उनी चल मल हुन सकेनन् । उनलाई वास्तविकता थाहा थियो, आफ्नो परीवारको, घरको बा को जागिरको अनि त्यसमाथि लागेको आफ्नो शरिरको रोगको । 

अँैला यसो उठाएर खिचिने फोटोहरु उनको भित्तामा ठडिएका थिए । अव उनको औला उठाएर फोटो खिच्ने न साहस नै थियो न जागर नै भयो । उनले आफ्नो दुवै मृगौलाले काम नगर्ने भनेर थाहा पाए । त्यसको उपचारकोलागि लाग्ने खर्च र त्यसको सम्भावना पनि थाहा पाए । त्यसपछि त्यसको लागि आफ्ना बाबा आमाले व्यहोरेको छटपटाहट पनि थाहा पाए । शुरु शुरुमा स्वास्थ्यमा सामान्य मात्रामा खरावी आउदासम्म उनलाई जीवनमा अहिल्यै केहि नभई हाल्ने भन्ने लागेको थियो होला । रोगले विस्तारै गाज्दै गएपछि डायलिससम्मको अवस्था आएपछि शायद उनले जीवनबाट हरेश खाए होलान । सरकारले दुईटा निशुल्क डायलिससेवा दिएता पनि रोगको जटिलताको कारण उनलेलाई थप एक शसुल्क डायलिसस गर्नु परेको थियो । प्रत्येक पटकको थप उपचारकोलागि घरमा पैसा खोज्नकोलागि हुने दौडधुपसंग उनी वाक्क भईसकेका थिए होला । 

उनलाई कहिले काहि दैवी चमत्कारबाट आफ्नो रोग सबै निको हुन्छ कि भन्ने पनि सानो आश थियो होला । समाचारमा सुनेका विशिष्ट व्यक्तिको उपचारमा गरिएको खर्च आफ्नो भागमा पनि आउछकि भन्ने सम्भावना सोचेका थिए होला । त्यहि भएर उनका परिवारका सदस्य जिल्लाका नेताहरुकासम्म पुगी छोराको जीवनको बचाउनकोलागि पहल गरी दिन हुन अनरोध गरेका रहेछन् । सामान्य सुरक्षागार्डको जागिरे बुवाको अनुरोध उनीहरुको कानसम्म पुग्न सकेन । नेताको चुनाव हराउन वा जिताउन सक्ने कौशल उनीसंग भएका भए सायद उनको अनुरोध सुनिन्थयो होला त्यो नभएकोले उनको बिलौना सन्ने मात्र काम भयो त्यसको निकसा दिने काम भएन । 

बचि खुचेको बचत रकम आफैले खर्च गर्दै उपचार गरी रहेको परिवारजनको तडप त्यस माथि आमाको अपार स्नेहले छोरालाई एउटा मृगौला दिनकोलागि तयार भएकी थिईन । विविध कारणले गर्दा त्यो सम्भव नभएपछिको तोड उनमा थियो । अन्तिम दिनमा उसको घरले अस्पतालले मागेको रकम पु¥याउन नसक्दा त्यहा“का कर्मचारीहरुबाट उपचार गर्न नसक्ने भए घरमा नै लगेर राख्नु भन्ने शव्द उनले सहजै स्वीकार्नै सकने । आफूले गर्दा सम्पूर्ण परीवारका सदस्यहरुले व्यहार्नु परेको सारा दुःख कष्ट मेटाउनकोलागि उनले आफैलाई नै समाप्त पार्ने योजना बनाए । उपयुक्त स्थानको खोजी गर्दा गर्दै उनले आफू बसेको शिक्षण अस्पताल महाराजगंजको माथिल्लो तल्ला रोजे । आफन्तलाई जानकारी दिनकोलागि अस्पताले औषधि लेखि दिएको कागजको पछाडी पट्टिको सेतो कागज रोजे । उनलाई थाहा थियो उनको आमा निरक्ष्ँर छन भनेर त्यसै कारणले उनले आफूलाई अस्पतालमा राती आमा कुर्न आएको मौका छोपी आफ्नो सकसपूर्ण जीवनलाई पूर्ण विराम लाउने निधो गरे । रातको समयमा परिवारका सदस्यहरुलाई अन्तिम विदाई भन्दै आफूले गल्ति गरेको भए माफ माग्दै आमाको मुहार अन्तिम पटक हेर्दै उनी सदाबाट विदा हुन तिनतले अस्पतालको झ्यालतिर पुगे । हाम्फाल्नु अधि उनले आफूलाई जन्म दिने आमालाई एक पटक हेरेर आफ्नो निर्णय बदलु कि जस्तो पनि लाग्यो होला, फेरी उनको मनमा उपचार खर्चको जोहो गर्न अमा बाबाले गर्ने चटारो सम्झे होला । अनि उनले मुटु दरो पार्दै आफ्नै निर्णयलाई निरन्तरता दिए र विदा भए सबैबाट ।

विजय खड्का यी सबै घटनाका प्रमुख नायक हुन, उनी एउटा प्रतिनिधि पात्र मात्र हुन । उनी जस्ता धेरै नेपाली दाजुभाई दिदी बहिनीहरुले अकालमा यसरी नै ज्यान गुमाई रहेका छन् । कोही उपचार अभावमा मृत्युको दिन कुरेर भने कोही उपचार अभावमा नै मृत्यु भन्दा अगाडीनै आफैले आफ्नो मृत्युलाई नजिक बोलाएर आफ्नो जीवनमा पूर्ण विराम लगाउ“दै छन् । 

पैसा नहुनेहरुको उपचार यात्रा यसरी वियोगान्तमा टुड्डिएको अवस्थमा छ भने पैसा हुनेहरु जो आफैले खर्च गरेर आफ्नो उपचार गर्न सक्ष्ँम छन् । जसका धेरै घरजग्गा मध्ये एउटा टुक्रा मात्र बेच्दा पनि आफ्ना सम्पूर्ण उपचार खर्च गर्न पुग्छ । जसले आफू र आफ्ना परिवारले लगाउने गर गहानाको केही अंश मात्र बेचेर भएपनि आफनो बन्दोबस्त गर्न सक्छन् । त्यस्ता लव्धप्रतिष्ठितहरुको उपचारकोलागि हाम्रो सरकार निकै अगाडी छ । विशिष्टहरुको उपचार राज्यले गरी दिनु पर्छ त्यसमा दुईमत छैन होला । तर विशिष्टका आशेपासेले समेत डलरमा भत्ता पाउने भन्ने कुरा सुनिन आएको छ । 
उपचार खर्चको बोझ व्यहोर्न नसकेर मृत्यु अंगाल्नेलाई वास्ता नगर्ने मुलुक उपचार खर्च आफै सक्षम हुने अझ त्यसमा पनि स्वदेशमा नै उपचार सम्भव भएकाहरुलाई समेत विदेशका सुविधा सम्पन्न होटलमा राज्यको ढुकुटीबाट उपचार खर्च व्यहोरी रहिएको छ  । 

यहि र यस्ता निरन्तर प्रक्रियाको क्रमभंग गर्नकोलागि मुलुकले स्वास्थ्य क्ष्ँेत्रमा युवाहरु माझ लोकप्रिय नेता गगन थापा मन्त्रीको रुपमा पाएको छ । उनका विगतका भाषण र जनताको लागि गर्ने भनेर भनिएका आश्वासनहरु कति कार्यान्वयन गर्लान । गगनको कार्याकालको शुरुवातमा नै विजय खडकाले मुलुकका स्वास्थ्य स्थिितको बारेमा स्पष्ट रुपमा चरित्र चित्रण गरेर गएका छन् । हेरौ संवेदनशिल र भावि पुस्ताका आशालाग्दा नेतृत्वकर्ता जसले आम नेपालीको स्वास्थ्य स्थिति र उपचार गर्ने सामाथ्र्यता राम्रो रुपमा बुझेका छन्,उनको स्वास्थ्य रणनीति कस्तो हुन्छ ।

सुधिर भद्र
२०७३ भाद्र ३० गते
sudhrihtd@yahoo.co.uk

Sunday, June 26, 2016

YES THEY ARE MINE


If I feel lonely
They give me company
If I feel trouble
They solve my problems
Yes they are mine

If I feel tiered
They care me as child
If I feel stress
They make me cheerful
Yes they are mine

If I care them
They respect as guardian
If I shouted them
They obey as teacher

Yes they are mine, Yes they are mine

Sudhir Bhadra
2073 Asadh 12




 

Wednesday, June 22, 2016

तालिवान तिमी माहान

दिनै दिन मान्छेको बलि चाहिन्छ तिमीलाई
खै किन हो किन
बारुदको गन्ध प्यारो छ तिमीलाई
तालिवान तिमी माहान
तालिवान तिमी माहान

काखे बालकको अभिभावक खोस्न शक्ति चाहिन्छ तिमीलाई
खै किन हो किन
मानिसको रगत प्यारो छ तिमीलाई
तालिवान तिमी माहान
तालिवान तिमी माहान

भागवानकोलागि लडेका छौ भन्छौ कहा“ पाईन्छ भगवान तिमीलाई
खै किन हो किन
लासमाथि भगवान खोज्ने चाल प्यारो छ तिमीलाई
तालिवान तिमी माहान
तालिवान तिमी माहान

सुधिर भद्र
२०७३ असार ८ गते (सन्दर्भः काबुल घटना)

Monday, January 4, 2016

धरातल नर्बिसिऔ

धेरै वर्ष पहिले चल्तिको थोक बिक्रेताको पसलमा कार्यरत अनिल शर्मा अहिले आफ्नै पसलको मालिक, घर वंगला छोरा छोरी उच्च शिक्षा आदि लगायत सम्पूर्ण सुख सुविधाले सम्पन्न भईसकेका छन् । बजारको सुक्ष्म अध्ययन गर्ने हो भने पहिले अरुका पसलमा कर्मचारीको रुपमा कार्य गर्ने केहि समय पछि आफैले पसल खोल्नेहरुको जमात बाक्लो छ । निरन्तरताको प्रश्न गर्दा सोच्नु पर्ने अवस्था आउछ । कोही सफल भएका छन् । कोही व्यवसाय शुरु गरे पनि फेरी अर्काकै पसलमा काम गर्नु पर्ने अवस्थामा आईपुगेका छन् । शुरु शुरुमा रहर, सौख वा ईश्याले गर्दा पसल खोल्छन त्यसमा पछि त्यसको निरन्तरताको ठैलो चुनौतिको सामाना गर्नु पर्छ । 

मैले पनि अनिल शर्माको उन्नती केही सुनेको र केही देखेका थिए । ठूला व्यापारीक घरानामा काम गर्ने भएकोले पसलमा आउने बिभिन्न कम्पनिका प्रतिनिधिहरुसंग राम्रो सम्बन्ध विस्तार हुन थालि सकेको थियो । बिभिन्न तह र तप्काका क्रेता तथा ठूला सामाजिक पृष्ठभूमि भएका व्यक्ति तथा व्यक्तित्वहरुसंग पनि भेटघाट हुन थाल्यो । साथ साथै बिभिन्न कार्यक्रमहरुमा पनि संगै उठबस हुन थाल्यो । सबै क्षेत्रमा अफ्नो सहज पह“ुच देखेपछि मानविय स्वभाव नै हो मलाई आफू पनि केहि गरौ भन्ने भावना आउन थाल्यो । शुरुका वर्षहरुमा चार पा“च हजारको जागिर नै मेरोे लागि ठूलो महत्व राख्थ्यो । बेलुका स्टोभमा मट्टितेल नभएर, बोरामा चामल नभएर अनि खल्तिमा पैसा नभएर भोकै सुतेका रातहरुको प्रतिवाद गर्न यो ठूलो हतियार थियो ।

मेरो नाम बिस्तारै बिस्तारै थोक बिक्रेताहरुको माझमा परिचित हुन थाल्यो । बजारमा हिड्दा पनि दुई चार जनाले हात उठाएर नमस्कार गर्ने सम्म औकात बनि सकेको थियो । समय काल संगसंगै मेरो मनमा बिभिन्न किसिमका भावनाहरु आउन थाल्यो । मेरो सा“हुजीको अधिकांश काम म आफै गर्छु । उनी अह्राउने पह्राउने काम मात्र गर्छन । मैले पनि यति सारो मानिस चिनिसके म किन आफै आफ्नो काम नगर्ने भन्ने आत्मविश्वास भनौ या अहम भनौ त्यस किसिमको सोच विकास हुन थाल्यो ।

शुरुमा साईकल यात्रा नै ठूलो मान्ने विस्तारै साहुजीको मोटरसाईकल यात्रामा मन भरिन थालेपछि आफ्नै निजी बाहन चढन उनको मन उताउलो हुन थाल्यो । म जे गरी रहेको छु त्यो मेरो व्यक्तिगत जीवन धान्नको लागि नभई मेरा साहुजीको व्यापार बढाउनको लागि मात्र हो भन्ने भावना आउन थाल्यो । दश वर्षे जागिरको अनुभव मैले अव आफ्नै काममा लगाउने निधो गरी एउटा सानो पसल खोल्ने बिचार गरे । बजारमा उपलव्धहुने सामानहरु मध्येको आधा आधाी जासो सामानको थोक बिक्रेता अनि दैनिक लाखौको व्ययापार हुने पसल छाडे । सानो १५ हजारमो मासिक भाडामा ३ लाख जतिको सामान राखेर व्यवसायको शुरुवात गरे । त्यो रकमको जोहो गर्न पनि मलाई निकै हम्मे परेको थियो । बा“उ बाजेको चिनो सानो एउटा जग्गा थियो त्यो पनि सहकारीमा धितो राखोर ऋण लिएका थिए । नपुग आफूले अलि अलि जम्मा गरेकोबाट खर्चेका थिए । 

शुरुका दिनमा त चिने जानेको बधाई खादै व्यापारको शुरुवात गर्दा म निकै मख्ख थिए । दिन बित्तदै गयो मानिसहरुको चहलपहल सुनसान हुन थाल्यो । पसलमा चिनेजानेको मानिसहरुको पनि आउने क्रम पातलिन थाल्यो । म पुरानो भए पनि शहरमा भएका धेरै पसलहरुमध्ये मेरो नया“ थियो । मलाई आफ्नो अस्तित्व जोगाउन निकै गाह्रो परिरहेको थियो । मेरो पसलभन्दा एकदुई पसल माथि लामो समय देखि त्यस्तै किसिमका व्यापार गरी रहेका अर्को पसल थियो । मेरोे पसलले खुद्रा व्यापारमा दैनिक पा“चसय हजार भन्दा बढी व्यापार गर्न सकेको थिएन । 

पुरानो पसलमा कार्यरत रहदा चिनजानको एकजना बिक्री प्रतिनिधिको सल्लाहमा मैले एउटा नया“ डिलरसिप लिने निधो गरे् । त्यसकोलागि फेरी धरौटी र अन्य रकमको खोजी गर्नु पर्ने भो । कम्पनि खासै ठूलो नभएकोले धरौटी हाल्नु नपरेपनि सामान मज्जाले उठाउने पर्ने भो । पुरानो चिनजानको आधारमा सामान बेच्न सकि हाल्छु भनेर ऋणघन गरेर रकम जम्मा गरेर फेरी  सामान उठाए । अव शुरु भयो थोक व्यापार, म सामान बेच्न निकै खटिए, आफ्नो पुरानो सम्बन्धका सबै फर्मूलाहरु प्रयोग गरे । तर सबै फर्मूलाहरु सफल भएनन् । मुश्किलले आधा आधी सामान मात्र जोर तोडले बेच्न भ्याए । त्यत्तिजेन्लसम्म बेचेका पैसाहरु पनि आफ्नै दालभात र छोराछोरीको पढाईमा मासी सकेका थिए । 

समानको बा“की पैसाकोलागि उद्योगबाट तारन्तार फोन आउन थाल्यो । अव मलाई गाह्रो हुन थाल्यो, सहकारीको व्याज, उद्योगको बक्यौता रकम, घरभाडा अनि आफ्नो मासिक खर्चको तनावले रन्थनिन थाले । अनि मैले पसल खोल्ने सम्बन्धमा लिएको निर्णय गलत हो की होईन भन्नेमा बिचार विमर्श गर्न थाले । अहिले जागिर मात्र खाई रहेको भए म मा कुनै टेन्सन थिएन, महिना मर्ने बित्तिकै तलव हात परि हाल्थ्यो । धेरै नपुगे पनि आफू र आफ्नो परिवार पाल्नकोलागि कुनै समस्या थिएन । छोराछोरी लाई राम्रैसंग पढाएर राखेको थिए, स्कुल जाने बेलमा बाबा पैसा भनेर माग्न आउ“दा केहि रकम दिनसक्ने मसंग सामथ्र्य थियो । त्यो सामथ्र्यता प्रदान मलाई त्यही पसलको जागिरले नै बनाएको थियो ।  अहिले म स्कुल जाने बेलामा छोरा छोरीदेखि टाढा बस्ने पर्ने अवस्था छ । उनीहरुलाई केहि गर्न मनले धेरै चाहेको छ तर मैले बेलामा अफ्नो धरातल बिर्सिएर नया“ काममा हात हाल्दा केही गर्न नसक्ने भएको छु । मेरा सा“हु अह्राउने पह्राउने काम मात्र गरेका रहेनछन् उनको बोझ हाम्रो भन्दा धेरै रहेछ, उनले कसरी म भन्दा धेरै त्यत्रा ठूला ठूला ऋृणहरुको तिरोतारोको व्यवस्था मिलाएर हामलाई समेत पैसा दिन भ्याउथे होला.... धन्य मेरो साहु अनि मलाई पहिलो जागिर दिने मेरो साहुको पसल.......... । 

मैले आफू लगायत आफ्ना लालाबालाको राम्रैकोलागि नया“ कामकाु शुरुवात गरेका थिए । व्यापारको दौरानमा म सफल हुन सकिन ।  सबैकाम सबैले गर्न सक्ने भए समाजमा किन वर्ग सर्घषका कुराहरु आउथ्यो । समाजमा एउटा निश्चित वर्ग छ जसको आर्थिक क्रियाकलाप ठूलो छ, उनीहरुलाई साना तिनो रकम डुवे पनि कुनै चिन्ता हु“दैन । अर्को एउटा यस्तो वर्गछ छ जसलाई सय पचास रुपैया भनेको पनि ठूलो रकम हो । त्यसकारण कहिल्यैपनि कहि कतै खर्च गर्दा, नया“ काम गर्दा यद्यपी नया“ सोचको थालनि गर्दा पनि कसैले आफ्नो घरातल कहिल्यै नर्बिसिऔ । 

सुधिर भद्र
२०७२ पौष १६ गते
कगमजष्चजतम२थबजयय।अय।गप