माक्सवादी ईतिहासलाई साक्ष्ँी राख्दै लामो समयसम्म राजनीति गरेर बिभिन्न मर्यादित ठाउमा आफ्नो अस्तित्व राख्न सफल भईसकेका छिमेकी मुलुक चीनका पूर्व रेल मन्त्री लियु झिजुन अन्तवत्व भ्रष्ट्रारको कसुरमा मृत्युदण्डको भागीदार हुनु पर्यो । त्यसैको सेरोफेरोमा नेपालमा केही समय अगाडी सम्पत्ति शुद्धिकरण अनुशन्धान विभागले श्रोत नखुलेको करौडौको सम्पत्ति थुपारेको आरोपमा विशेष अदालतले दुईचार जनाका मुद्वादर्ताे गरेका थियो । अदालतले धरौटी मागेपछि तत्काल धरौटी रकम बुझाउन नसकेपछि केहि दिन उनीहरु मध्येका एक जेलमा बस्नु परेको थियो । केहि दिनपछि चिनीया कम्युनिष्ट पार्टीकै नाम राखेर नेपालमा राजनीति गरीरहेको पार्टीको सक्रियतामा छुट्न सफल भएको कुरा, रिहा भएको केहि समयपछि सार्वजनिक गरे ।
६ करोड ४६ लाख युयान भ्रष्ट्राचार गरेको प्रमाणित भएका झिजुनले आफ्नो गल्ती स्वीकारे र राज्यले दिएको सजाय सस्मान स्वीकारेर मृत्युदण्डकोलागि राजि भए । ६० वर्षिय झिजुन रेल्वेको विकासकोलागि महत्वपूर्ण मानिन्थे । काम विगारेपछि सजायको भागीदार हुनै पर्छ भन्ने मान्यता भएको मुलुक भएरहोला उनले अफ्नो गल्ती स्वीकारे । यहा“पनि पूर्व मन्त्रीहरु भ्रष्ट्राचारको काण्डमा नपरेका होईनन । अदालतले प्रमाणीत गरीसकेपनि उनीहरु आफ्नो गल्ति स्वीकार्नु भन्दा आफूमानि पक्षपाती पूर्ण निर्णय भयो भनेर कुर्लिने गरेको अखवार र टेलिभिजनहरुमा देखिन्छन ।
हालै प्रकाशित ट्रान्सपरेन्सी ईन्टरनेशनलको प्रतिवेदनले त झन नेपाल भ्रष्ट्राचारीहरुको मुलुकको रुपमा परिभाषित हुनकोलागि अग्रगामी कदम चालिरहेको सार्वजनिक भएको छ । प्रतिवेदनले राजनैतिक पाटीहरुनै भ्रष्ट्राचारीहरुको नाईकेको रुपमा क्रियाशिल रहेको कुरा घुमाउरो पाराले स्पष्ट पान खोजेको छ । हालै देखिएको राजनैतिक पार्टिहरुको क्रियाकलापहरुले यो कुरालई केहि पुष्टि गर्न पनि खोजी रहेको छ । धमिजा काण्ड, लाउडा काण्डदेखि शुरु भएको भ्रष्ट्राचारमा राजनैतिक पार्टिहरुको संलग्नता हाल आएर एफ.एम. प्रशारणको अनुमित, क्यासीनो संचालनको अनुमति, ठूला स्तरका उद्यँेग व्यवसायको अनुमित, ठूला लगानीका विकास निर्माण लगाउत जलविद्युल लगानी सम्ममा फैलि सकेको छ । व्यक्तिगत रुपमा बिचौलिया मार्फत पार्टिकोलागि भनेर रकम उठाउने संस्कारको अप्रत्यक्ष्ँ विकास भएको देखेर ट्रान्सपरेन्सी ईन्टरनेशनले आफ्नो रिर्पोट सार्वजनिक गरेको होला।
हजारको मात्रामा गरिने भ्रष्ट्रारको दर अहिले करोडको आकडामा आएकोछ । हालै युनिटी काण्डमा तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम जोडेर आएको रकमले नै यसको मात्रा देखाउछ । मन्त्रालयक स्तरका कर्मचारीहरु र सम्बन्धित मन्त्रीहरु आ—आफ्नो मातहतका कार्यालयबाट गरीने प्रिपेड घुसकाण्ड पनि सार्वजनिक भईसकेको छ । सम्बन्धित कार्यालका प्रमुखले आफ्नो माथिल्लो निकायमा ठूला ठूला निर्माण प्रक्रिया एवम् अन्य ठूलो रकमको कारोवारमा ठूलै प्रतिशतको देशव्यापी दररेट छ भन्ने पुष्ट अपुष्ट सुनिन आएको छ । भ्रष्ट्राचारको जालो सानो देखि ठूलो जुनपनि क्ष्ँेत्रमा मौलाएको छ । दण्डहिनताको संस्कृतिको विकासको कारण यसले फैलिन मौका पाएको छ । सरकारी कार्यालयदेखि केहि संससंस्थाहरुमा यसको ज्वलन्त उदाहरण देख्न सकिन्छ ।
कार्यालयमा आवश्यक सरसामानहरु सप्लाई गर्ने पार्टिहरुको दिउ“सो चेक काटेर बेलुका पसलमा पुगी आफ्नो कमिशन माग्ने कर्मचारीहरुको नाम सप्लायरहरुलाई कण्ठस्त नै हुन्छ । बालबच्चा पढाउन लाग्ने कपि कलम समेत आफ्नो कार्यालयमा स्टेश्नरी सप्लाई गर्नेहरुसंग आश गर्ने सोच भएका कर्मचारीतन्त्र हामीकाहा विद्यमान छ । सेवाग्रहीलाई सजिलै ढंगले हुने काममा विभिन्न किसिमको बाधा अवरोध देखाएर अतिरिक्त रकम असुल्न पल्केकाहरुका जमात धेरै भईसकेको छ । आफ्नै जग्गा धितो राख्न वा बेच्नकोलागि सम्बन्धित कार्यालयमा जांदा पनि अतिरिक्त रकमकै सर सल्लाह नगरी काम सजिलै सकिन्न । पैसा दिएपछि सजिलो काम हुन्छ भन्ने धारणा साना देखि ठूला सबैमा भएकोले आ¥आफ्नो गक्षे अनुसार पैसा दिने चलन चल्तिले लामो समय देखि निरन्तरता पाएको छ ।
ठेकेदारको रकममा दात किच्चाउने प्राविधिक कर्मचारीका आवरण ओढेकोहरु र त्यसको बिलमा लालमोहर लगाउने सम्बन्धित विभागका कर्मचारीहरुबाट भएका निर्माण कार्यहरुबाट गुणस्तारको अपेक्षा राख्नु बेकार भईसकेको छ । जसको ज्वलन्त उदाहरण भईरहेका निर्माण प्रक्रिया र त्यसको परिणामले नै देखाउछ छ । निर्माण भएका एक महिनामा नै रोडहरु भत्किन थालेको समाचार सुनेको धेरै भईसक्यो, ढल कल्वट छोपेका स्ल्यापहरु एकवर्षमा जिर्ण भएर भित्रको अस्थिपञ्जर देखिन थालिसक्छ । आर्थिक वर्षको अन्तिम दिन माग फारम र दाखिला रिपोर्टको हिसाव किताव मिलाउन बर्षौदेखि सक्रिय कर्मचारीहरुको मनबाट भ्रष्ट्राचारको ह्यागंओभर मेटाउन सकारात्मक देखिदैन्न र त्यो कुनै एकको प्रयासबाट पनि सम्भव हुदैन । त्यसकोलागि समग्र प्रशासनिक प्रणालीलाई नै सुधार गर्नु आवश्यक छ ।
भष्ट्राचारीलाई शुन्य प्रतिशत सहनशिलताको मान्यता राखेर सुशासनको अनुभुतिको प्रयास शुरु गर्नु नितान्त आवश्यक छ । प्रत्येक नागरिकको मनमा भ्रष्ट्रार गर्नै नहुने कुरा हो भन्ने बुझाउन सक्नु पर्ने आवश्यकता देखिएको छ । घुस लिने र दिने दुवै भ्रष्ट्राचारी हुन भन्ने पुरानो उखानलाई सबै सामु अभफ स्पष्टसंग बुझाउनु सकेमा मात्र भ्रष्ट्राचारीहरुको संख्या कम गर्न सकिन्छ, अन्यथा दिनेले दिउन्जेल मान्छेको जात हो त्यसमाथि पनि पैसा देखेपछि नकार्न सक्ने मान्छे थोरै मात्र हुन्छ । ।
सुधिर भद्र
२०७० असार ३० गते
Hi there, Namaste and warm welcome to my blog. I would like to collect my feelings, experience, some & the emotional ups and downs I face. If you have any comment, feedback or suggestions, I would be more than happy to listen and improve my blog. Stay tuned and keep in touch Sudhir Bhadra
Friday, July 26, 2013
रिवाईन्ड एण्ड प्ले
हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ भन्ने नारा फेरी सुनिन थालेकोे छ । विगतमा बिभिन्न दिवश र औपाचारीक कार्यक्रमहरुमा अनिवार्य गरिएको यी नाराहरु पछिल्लो राजनैतिक परीवर्तनसंगै सेलाएको थियो । परिवर्तनका लहरहरुलाई सबैले समयको मागको रुपमा लिदैं सुनौला भविष्यहरुको कामना गर्दै आत्मसाथ गरेका थिए । लामो समयसम्मको एकतान्त्रिक शासन पद्धती र सिमित व्यक्तिहरुको हालि मुहाली र उनीहरुको जगजगीमा नेपाली जनाताहरु रुमल्लिरहेका थिए । ०४६ सालको परिवर्तन पश्चात ओईलाएका नेपाली जनताहरुको चेतनामा केहि परिवर्तन अरु आउने हुनकी भन्ने आशाको मुना पलाएको थियो ।
मुलुकले एकतन्त्री राजतन्त्रबाट संवैधानिक राजतन्त्रको रुपमा कोल्टे फे¥यो । विकासका केही नया“ आयामहरु थपियो । एक्लो निर्णय नै सर्बोपरी हुन्छ भन्ने मान्यता हराउन थाल्यो । यद्धपी बहुमतको आधार होस वा शक्तिको अधिकतम प्रयोगको कारण विवादास्पद नियर्णहरुले निरन्तरता पाई रहयो । चुनावी घोषणा पत्र र भाषणहरुमा राष्ट्र र देशको नाम निकै प्रयोग भएतापनि व्यवहारमा यो प्रतिविम्वित हुन सकेन । जनताको विचार बुझने काम स्पष्ट रुपमा गरिएन । त्यसैको फलस्वरुप अल्पमतकै कदर गर्दै राजनीतिमा नौलो शक्तिको विजारोपणको रुपमा माआवादी पार्टीको विजारोपन भयो ।
तत्कालिन शेरबहादुर सरकारलाई अल्टिमेटम दिएर भाला र खुकुुरीको भरमा शुरु गरिएको माओवादी आन्दोलन विस्तारै बिस्तारै गा“उ गाउ“ र बस्ती बस्तीमा फैलन थाल्यो । केही रहर, केही कर अनि केही आस्थाको रुपमा माओवादीमा जनसहभागीता बढन थाल्यो । यसमा कयौ निर्दोष व्यक्तिहरुले ज्यान गुमाउनु प¥यो, कयौ अपाड्डको रुपमा जीवन बिताउन परिरहेको छ सायद यसको बयान गरेर साध्य छैन । माओवादी आन्दोलन चरम बिन्दुमा पुगेको बेला तत्कालिन राजनैतिक शक्तिहरु पटक पटकको शान्ति वार्ता पश्चात पनि स्थापना गर्न असफल भईरहेको थियो । राजनैतिक शक्तिहरुको पनि एक आपसमा एकता हुन सकिरहेको थिएन । यसै कमजोरीलाई फाईदा उठाउदै तत्कालिन राजा ज्ञानेन्द्रले आफू सक्रिय हुने आकक्षा राखेर राज्य सत्ता आफ्नो हातमा लिएर केहि परिवर्तन खोजेका थिए । तर राष्ट्रिय तथा अन्तराष्ट्रिय दवावको कारण उनको त्यो मोहले लामो समयसम्म निरन्तरता पाउन सकेन ।
उनको विरोधमा सात दलले चालेको आन्दोलनले मन्द गति लिईरहेको बेला माओवादीको गठबन्धनसंगै तिव्र गतिमा फैलिन थाल्यो । बिभिन्न पेशागत संघसंस्था, बिद्यार्थी, गांउघरका गृहणीहरुको ठूलो सहभागीतााम ०६२÷०६३को आन्दोलन जुर्मुराउन थाल्यो । उर्लेदो आन्दोलनको भिड देखेर नेताहरु नहौसिने कुरै भएन,झन झन नया“ रुपमा फैलदो अँन्दोलनको अगाडी अन्ततः ज्ञानेन्द्र सरकारले आत्मसमर्पण ग¥यो ।
गिरीजा प्रसाद कोईरालाले लामो समय सम्म लगाई रहेको प्रतिनिधि सभाको पुनरस्थापनाको मागले पूर्णता पायो । उनलाई त्यसबेलाका राजाले एक्लै बोलाएर के भनेका हुन त्यो उनलाई नै थाहा होला कि तत्कालिन राजालाई थाहा हुन । जे भए पनि बिना रत्तपात पूर्ण लामो समयसम्म जरा गाडेर बसेको राजतन्त्र अन्त भयो । राजतन्त्रको अन्त संगसंगै नेपाली भूगोल र एकतालाई अझ बलिलयो बनाउन बिभिन्न निणर्यहरु गरिए ।
सम्पूर्ण जनतामा माओवादी आन्दोलन मुलधारमा आएपछि नेपाली राजनैतिले नया“ फडको मार्ने आश लिएका थिए । उद्यँेगपतिहरुले अब पालो आर्थिक क्रान्तिको भन्ने नारा दिएर आर्थिक विकासमा लाग्नकोलागि पहल गरेका थिए । दिर्घकालिन शान्तिको स्थापना हुनुका साथै मुलुकबाट गरीबि र पिछौटेपनले लामो समयको लागि बाई बाई गर्ने आश गरेका थिए । भोखले चाउरी परेको पेटले दुई छाक खानाको आश गरेका थिए । उपचार नपाएर तडपिएर बसेकाहरुले औषधोउपचारको आश गरेका थिए । बेरोजगारले छटपटिएकाहरुले जागीरको आश गरेका थिए ।
ति आशहरु आशै आशमा बिलिन भईरहे, त्यसमा अब अलि अलि घिटघिटीपन मात्र बाकी छ । लामो समयको किच किच पछी भएको चुनाबबाट गठित संविधान सभाको देहावसान पछि झन जनतामा एक किसिमको निराशापन छाएको छ । नागरीक समाजको नाममा चलेको आन्दोलन जसले ०६२÷०६३ को आन्दोलनलाई सफल बनाउन निकै महत्वपूर्ण काम गरेको थियो । त्यहि नागरीक समाज अहिले दलहरुले गरेको गल्तिहरुलाई सच्याउन बारम्बार आग्रह गर्दा पनि थाकि सकेको छ । सम्पूर्ण जनताहरुमा एक किसिमको नैराश्यपन छाएको छ । पैसाहुनेहरु र पैसा खर्च गरेर पैसा नहुने दिमाग हुनेहरु दिमाग भाडामा लगाएर विदेशीन थालेको छन् । केही नहुनेहरु रोडमा बसेर राजनैतिक दलले गर्न नसकेका कामहरुको कुरा काटदै चिया गफमा मस्त हुन थालेका छन् ।
यस्तो अवस्थाको भरपुर उपयोग गर्न नया“ शक्ति उदय हुन थालेको छ । देश र जनताको मनोभावना बुझन तत्कालिन राजा ज्ञानेन्द्र आफै जनताको घरदैलो पुग्न थालेका छन् । हुनत धार्मिक भ्रमण भनिएता पनि उनको सक्रियता धर्ममा भन्दा जनातको मनोभावना बुझन अलि बढी भएको देखिन्छ । त्यसमाथि धेरै आश गरेका मानिसहरुबाट निराशाको परिणाम पाएपछी पुरानै शक्तिले बरु केहि गर्छकी भन्नेहरुको झुण्ड देखिन्छ । ३० औं वर्ष सम्म हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लिएर सरकारको नुन खाएको मान्छे भन्ने भावनामा सरकारी जागिर खाएकाहरुको मनमा राजनैतिक दलहरुको खिचलो देखेर बरु हाम्रै सरकारले केही गर्ने हुनकी भन्ने आशा पलाएको देखिन्छ । शुरुका दिनमा बाहिर निस्कनको लागि गाह्रो हुने ज्ञानेन्दलाई अहिले जहा“ जादा पनि जनताको जय जय र सरकार मुलुकमा केहि गर्नु प¥यो भन्ने अनुरोधले झन गदगदीरहेका होलान ।
हामी जनमतको सरकार, हामी जनताबाट चुनिएर आएका भन्नेहरुले अब सोच्ने बेला आई सकेको छ । हामीमा बौद्धिक वर्गहरुको झुण्ड छ भन्ठानेर आफूलाई ठूला भन्ने राजनैतिक दलहरुले आफ्नो आनी बानीमा परिवर्तन ल्याउने बेला भईसकेको छ । अहिले जनताको मनमा व्याप्त तिक्ताको फाईदा उठाउदै पूर्व राजा ज्ञानेन्द्रले राजनैतिक दलहरुको नाडी छाम्ने काम गरीरहेका छैनन भन्ने अवस्था छैन । लामो समयसम्म यस्तै किचलोले निरन्तरता पाउने हुन भने फेरी हाम्रा पुराना नाराहरु पुन एकपटक सबैले रिवाईण्ड एण्ड प्ले गुर्न पर्ने दिन नआउला भन्न सकिन्न ।
सुधिर भद्र
२०७० असार १२ गते , राती १०ः१५ वजे

Friday, April 26, 2013
डेमोक्रेटिक कि अटोक्रेटिक
अध्यक्षका उम्मेदवार ४ जना त्यसैगरी सचिव, सह सचिव लगायत अन्य पदका उम्मेदवारहरुको आधिकारीक नाम उदघोष गरियो । निर्वाचन गर्ने आधिकारीक रुपमा जिम्मेवारी पाएका प्रतिनिधिहरुले नामावली फिर्ता लिन कोही ईच्छुक हुनु हुन्छ भने जानकारी गराउन पनि अनुरोध गरे । स्थापनाकालदेखि सक्रिय रुपमा सहभागीता जनाउदै आएका संगसंगै भर्खरै संलग्नता देखाउन लाएकाहरु संस्थाको कार्यसमितिमा उपस्थिति देखाउन चाहन्थे । सायद त्यहि भएर होला उम्मेदवारी फिर्ता लिनेको नाम उच्चारण भएन ।
सानो संस्था त्यसमा पनि सदस्यता खासै बिस्तार नभएकोले उपस्थित सम्पूर्ण सदस्यहरु निर्वाचनको भन्दा सहमतिको विकल्पलाई नै उत्तम मान्ने पक्ष्ँमा थिए । सहमतिकालागि कसरत शुरु हुन थाल्यो । जिम्मेवारी पाएका मध्ये भर्खरै निर्वतनमान हुन लागेकाले संस्थाको प्रमुख अध्यक्ष्ँको पद हो, पहिला सो पदमा सहमति जुटाउन प्रयास गर्नु पर्छ, त्यसकोलागि हाल उम्मेदवारी दिएकाहरु मध्येबाट कसैले त्याग गर्न तयार हुनु हुन्छ भन्ने प्रश्न राख्नु भयो । सहभागीहरुबाट मौन समर्थन आयो । उनी लगायत केहि सहयोगीहरु सहित अध्यक्ष्ँका उम्मेदवार सहमितकोलागि वार्ताकोलागि भिन्न ठांउमा बसे । केहि समयको छलफल पश्चात सदस्यहरुको अनुमोदनको लािग एउटा सूचि लिएर
आए ।
सूचिमा उल्लेख नामहरु उच्चारण गरीन थालियो । उम्मेदवारी दिएकाहरुको नाम कसैको सोही पदमा त कसैको तलमाथि भएर उच्चारण गरियो । कतिलाई त्यो चित्त बुझयो कसैलाई चित्त बझेन । खास खुुस कुरा शुरु हुन थाल्यो । त्यसै मध्येका एकजना उम्मेदवारले आफूले पदाधिकारीमा उम्मेदवारी दिएको तर आफूुसंग एक वचन पनि नसोधेर सदस्यमा राखेको प्रति असहमति प्रकट गरे । उनका केहि सहकर्मीहरुले पनि उनको कुरमा समर्थन गर्दै निर्वाचन मण्डली तर्फ औला उठाउन थाले । त्यसमा लामो वार्तालाप भयो । आ—आफ्नो योगदानको चर्चा भयो । आफूले पाउनु पर्ने कारणहरुको बारेमा लामो व्याख्या गरियो । अन्ततः सहमतिमा नै सम्पूर्ण पदाधिकारीको चयन भयो । लोकतन्त्र दिवको अवसरमा मकवानपुरमा क्रियाशिल संस्थाहरु मध्ये एक मा देखिएको प्रजातान्त्रिक अभ्यास थियो यो ।
निर्वाचन मण्डलीले ल्याएको नामावली लामो कसरत र समावेशी रुपमा ल्याउन प्रयास गरेको दावि गरिएको थियो । जुन केहि हदसम्म साचो पनि देखिन्छ । सानो संस्थामा सकेसम्म निर्वाचनको अवस्था ल्याउन दिन पनि हु“दैन । अध्यक्षका उम्मेदवारहरुले देखाएको त्यागलाई पनि सम्मान गर्नु पर्ने थियो । पदाधिकारीमा उम्मेदावरी दिएका एकजाना मित्रको नाम सदस्यमा आए पछि उनको फरक मत पनि एकदम उचित र सान्दर्भिक थियो । उनले संस्थामा देखाएको योगदानको पनि सम्मान गर्नु पर्ने आवश्यकता थियो ।
विगतमा पनि कार्य समितिको सदस्य पदमा रहि कार्य गर्दै आएको र यस पटक उनले पादाधिकारीको जिम्मेवारी सम्हाल्न ईच्छा प्रकट गरेका थिए । उनको कुरा सुन्दा उनी केन्दिय तहका पाहुनाहरुसंग त्यत्ति खुशी थिएनन् । उनलाई सहमतिको सूचि लोकतान्त्रिक संस्थामा गरिएको एकतन्त्रिक प्रयास जस्तो लागेछ । अनुभवि र आफू भन्दा दिग्गजहरुको भिडमा पनि उनले आफ्नो कुरा स्पष्टसंग राखेको देख्दा उनी निकै हठि स्वभावका देखिन्थे । सायद उनको स्थानमा अरु कोही भएको भए पनि यहि हठि पन दोह¥याउथे होला ।
उनको क्रोधको साक्ष्ँीको रुपमा एक घण्टासम्म सहभाका सहभागीहरु सबै रहे । सहमतिको प्रयासमा उनलाई आफूमाथि अन्याय भएको भन्ने परिभाषित गर्न उनी प्रयास गर्दै थिए । निर्वाचन मण्डलीले पद हेरफेर गर्नु भन्दा अघि एकपटक नसोधिएकोमा आत्माआलोचना ग¥यो । त्यसले उनलाई अलि सन्चो भयो । आफूले उम्मेदवारी दिएको पदको दावीमा भने उ निरन्तरता दिंदै थिए । आफ्ना कारणले सानो संस्थामा निर्वाचनको प्रक्रिया ल्याउन चाहदैन थिए । उनको मनको कुनामा आफूले उम्मेदावरी दिएको पदमा प्रस्तावित नाम वा अन्य कुनै हेरफेर गरी पदाधिकारीमा आउने चाहना थियो ।
उनकै कारणले प्रक्रियाले लामो समय लिन थालेपछि सहमितकोलागि निकै दवाव आउन थाल्यो । अन्ततः उनी पदाधिकारीमा नरही कार्यसमितिको सदस्य पदमा नै रही संस्थाको कामलाई निरन्तरता दिने निर्णयमा पुगे । प्रत्रिया लामो भए पनि उनले उठान गर्न खोजेको विषय अहिले धेरै संघसंस्थाहरुमा उठान गर्न आवश्यक देखि सकिएको छ । जुनैपनि सामाजिक संस्थाहरुमा समिति बोलवालाहरुको होल्डमा संस्था रहने एक किसिमको रोग हुन्छ । शक्तिमा भएका सिमित व्यक्तिहरु निर्वाचनमा हावि हुन पुरानो रोग हो । सिमित व्यक्तिहरुले नै सम्पूर्ण संस्था नियन्त्रणमा लिएको देखिन्छ । देखाउनकोलागि डेमोक्रेटिक अभ्यासको रुपमा चुनावको चर्चा गरेपनि त्यहा“ अदृश्य रुपमा अटोक्रेटिक परिपाटीको विकास भईरहेको छ । जसले त्यस्ता संस्थालाई कता डो¥याउने हो थाहा छैन ।
सुधिर भद्र
२०७० वैशाख ११ गते , राती १०ः१५ वजे
Sunday, March 17, 2013
ट्याटु खोपिएको हातको चिया
दाया पाखुरामा बडेमानको गितारको चित्र कुदिएको थियो । बाया हात हत्केला देखि कुहिनोसम्म अजिगंरको चित्रले छोपिएको थियो । उमेरमा व्यायाम गरेर बनाएको हस्ट पुस्ट शिरर दुव्लाएको थियो । उति बेला बनाएका बाईसेप्स र ट्राईसेप्सका केहि अवसेशहरु मात्र बा“की थिए । बजारको एक कुनामा राखिएको ग्यास स्टोभमा चिया भकभकिदै थियो । चाईनिज एप्पल ब्राण्डको मोबाईलमा अंग्रजी हेभी मेटलको रिड्डटोन बजेर बेला बेलामा चियाको अर्डर आईरहेको थियो । चियाको स्वादमा फरफराएको जिब्रोलाई सान्तवना दिन पुराना मित्रले गरेको अनुरोधलाई सहर्ष स्वीकार गरी त्यस पसलमा चिया खान आईपुगेका थियौ ।
बाग्मती प्लास्टिकका दुईवटा ठूला बाल्टिनमा घरको कुनामा रहेको सानो धाराबाट पानी थापेर ल्याउनु उनको पहिलो काम रहेछ । नजिकै रहेको किराना पसलबाट दैनिक २० प्याकेट दुघ ल्याउनु उनको दाश्रो महत्वपूर्ण कार्य रहेको थाहा पाईयो । उनको ट्याटु मोह देखेर मेरो मनमा लागेको जिज्ञाशा मेटन प्रश्न तेर्साउने निधो गरे । भाई त उमेरमा निकै हिरो थियौ कि क्या हो ? अलिकति लाज मान्दै , अलिकति प्रफल्लित हु“दै अनि अलिकति क्रँेधित हु“दै म तिर हेरेर मुसुक्क मुस्काउदै उत्तर दिए । उमेरमा त के के गरियो के के गरियो नि दाजु । तेसैको त परिणाम भोग्दै छु नि
अहिले ।
लाग्थ्यो उनी आफ्नो विगत सुनाउन निकै आतुर थिए । साथी भाई निकै बनाईयो । निकै रमाईलो गरियो । चटपटेवाला देखि दुनोटबालासम्म निकै चुटियो । तर अहिले सबै बेकार लाग्दैछ । सुर्ती च्यापिएको ओठबाट पिच्च थुक फाल्दै आफ्नो बेकारी सुनाउ“दै थिए । दुई तीन ठाउमा छेडिएको कान मध्ये अहिले एउटामा सानो चा“दीको मुन्द्रा अल्झिरहेको थियो ।
उनको विगतमा अझ घोतलिन मन लागेर मैले उसका अध्ययनको बारेमा कुरा कोट्टयाउन थालेको थिए । उनले तीन कक्षासम्म अफू फस्र्ट व्याई भएको कुरा निकै गर्वका साथ सुनाए । तीन कक्ष्ाँ पछि घर भन्दा अलि टाढा स्कुल जानु पर्ने भएकोले साथीको संगतले पढाई भन्दा अन्यत्र तिर मन बरालिन थाल्यो रे उनको । बिस्तारै बिस्तारै उनको पढाईको स्टयामिना घटदै गएर नौ कक्ष्ाँमा दुईपटक फेलभए पछि अध्ययन जीवनमा फुल स्टप लाग्यो रे । चुरोट खान शुरु गरे पछि सारोमा ढुंगा र गिलो मा दिशाा बाहेक सबै कुरा खाएको छन रे उनले ।
उनको विगतको तमक झमकबाट चिया पसलेको जीवनमा कसरी परिवर्तन आयो होला भन्ने मलाई जान्न मन लाग्यो । बिस्तारै कुरा फुस्काउनको लागि मैले अर्को प्रश्न राखे । यो पसल खोल्नु भएको कति भयो भाई । चार वर्ष, एकै स्वासमा उत्तर दिए । दिउसोको समयमा पसलमा ग्राहकको चाप कम भएकोले उनी कुच्चिएको शिखर चुरोटको डव्बा खल्तिबाट निकाली चुरोट सल्काएर आकाश तिर धुवा उडाउ“न थाले । मैले प्रतिप्रश्न गरे भाडा कति तिर्नु हुन्छ त ? दुई हजार, भाडा तिर्न र दुई छाक भात खान मात्र यो पसल ठिक छ दाजु । १६ वर्षमा नै माया प्रेममा परियो । आउ“दा जादा“ सधै देखिने लामा थरकी केटीसंग मुटु साटियो । ६ महिनासम्म लास्ट डेटिड्ड गईयो नि दाजू । त्यसपछि त बिहे गर्ने शुर कसियो अनि अहिले त एउटा छोरा पनि छ ।
छोरा जन्मे पछि चिया पसल खोलियो । नत्र कहा“ मेरो मन अरुले खाएको जुठो गिलास माझन मान्थ्यो र । छोरा जन्मेको ६ महिनामा ठूलो विरामी प¥यो । उपचारको खर्चको लागि खल्तिमा सुको थिएन । मेरो घर पनि बलियो थिएन पैसा जम्मा गरेर राख्न । छरछिमेकसंग सापटि माग्नकोलागि मेरा छवि पनि राम्रो थिएन । बहुत गाह्रोसंग मैले त्यस दिन रकम जम्मा गरेर डाक्टर लाई देखाए नी दाजु अलि भावुक भएर सुनाए । त्यस पछि देखि अव त केहि गर्नु प¥र्यो भनेर शुरुमा ठेलामा चिया बेच्न शुरु गरे । विस्तारै यो एउटा सानो कोठा लिएको छु । अहिलेसम्म जेनतेन चल्दैछ ।
एकदिन मसंगै पढने साथी साहुजी चिया दिनुस त भन्दै आईपुगे, मलाई निकै लाज लागेको थियो । तर के गर्ने मेरो बाच्ने आधार नै चिया बेच्नु भएकोले मैले मनलाई बाधेर उनलाई चियो पु¥याए । मेरो आ“खा र उनको आ“खा एक छिन
जुध्यो ।उसको आ“खाले मेरो आ“खालाई तैले अहिले चिया बेच्ने भईस भन्यो, मेरो आ“खाले के गर्ने साथी उमेरमा तिमीहरु जस्तो पढन सकिएन बाच्नको लागि नराम्रो काम गर्नु भन्दा आफ्नै काम गरेर चिया बेचेर खानु नै बेस भन्ने लागेर यो काम गरेको भनेर उत्तर दियो । उनले तितो तर यथार्थपरक स्मरण सुनाए ।
काम भनेको आफ्नै गर्नु पर्छ । कुनै पनि काम सानो ठूलो हु“दैन । हरेश खान हु“ुदैन राम्रै हुन्छ । उनको विगतको तितो यथार्थलाई स्मरण गर्दै मैले सान्तवना स्वरुप केहि शव्द उसलाई सुनाए । उनको दिमागमा युवा अवस्थामा रहेका विचारहरु सायद अहिले परिवर्तन भईसकेका होला । उमेरमा देखाएको रवाफ सव बेकार हो भन्ने भान उनालाई भैसकेको होला । त्यति नभएको भए उनले ठेलाको चियाको शुरुवात अवस्य पनि गदैन थिए होला ।
उनको हातमा खोपिएको ट्याटु र कानमा लगाईएको मुन्द्राले उनको विगत राम्रै संग झल्काईरहेको थियो । फिटिड्ड टाईट भेस्ट, कपालमा चिल्लो तेल, कालो चश्मा , ड्याम बुट लगाएर हिडने ठिटो अहिले चियाको जुठो गिलास बोक्दै हिड्नु परेको छ । अलिहे पनि उनको हातमा खोपिएका ट्याटु विद्यमान छ । अध्ययनमा फुलस्टप नलगाएर उनका साथीहरुसंगै केही तन्काएको भए सायद उनले चियाको थाल बोकेर पसल पसल चाहर्नु पर्दैन थियो होला । दुई कप चियाको तीस रुपैया २० को एउटा नोट र १० को एउटा नोट दिदै उनको ट्याटु खोपेको हातले कहिलेसम्म चिया बोक्नु पर्ने हो भन्ने कुरामा म सोचमा परे ।
सुधिर भद्र
२०६९ फागुन २९ गते

Subscribe to:
Posts (Atom)