Sunday, December 26, 2010

संगीता अधिकारीको बाको आंशु

सिन्धुली हर्साईको दनुवार टोलमा हुर्की खेलो फड्को गर्दै जीवनको अडतिर्सौ बर्षमा हिड्दै गरेका आठ छोरा छोरीका बाउ भुखना अधिकारी आठ वर्षे संगीता अधिकारीका पिता हुन  । तीन ठांउमा टालेर सिलाईएको हाफ पाईनट, तुना चुडेर कपडाले सिलाईएको चप्पल, जाडो छल्नको लागि कलर घुमरकिएको कमिजमाथि खुईलिएको निलो जकेट भुखनाको पहिचान थियो । धनले गरीव देखिएको उनको बाहिरी आवरणलाई उनले आफ्नो छोरी माथि देखाएको मातृबासल्यले ओझेलमा पारेको थियो ।
जन्मजात मोतिविन्दुका कारण दुवै आंखा अन्धो भएर बसेकी संगीता अधिकारी सधै बाबुको हात समायर हिडने गर्थिन । उनको परिवारलाई थाहा थिएन के को कारणे उनको छोरीको दृश्य शक्ति गएको हो भनेर । सामान्य झारफुक गर्दै उनीहरुले छोरीलाई देख्ने बनाउने प्रयास गरेका थिए ।
डाक्टरलाई देखाएन त भनेर प्र्रश्न गर्दा सदरमुकाम सिन्धुली हालसम्म १ पटक मात्र पुगेका भिखनाले बाहिर उपचार गर्न लाने ज्ञान पनि भएन र मसंग पैसा पनि भएन, गांउकै धामी झाक्रिलाई केहि खर्च बन्दोबस्त गरी उपचार गरेर बाबुले आफ्नो छोरा छोरीलाई गर्नु पर्ने दायित्व पुरा गर्ने कोशिस भुखनाले गरेका थिए ।
खेतमा एफएम सुनेर काम गरीरहेका भुखनाले स्थानिय रेडक्रसको सक्रियतामा आंखा शिविर आउन थालेको थाहा पाएपछि उनी त्यस दिन विहानै उठेर हर्साईको शिविरमा पुगेका रहेछन । हर्साईमा आ“खा परीक्षण पश्चात दुधौलीमा लगेर शल्यक्रिया गर्नु पर्ने निश्चित भएपछि उनी दुधौली जाने तयारीमा जुटेका थिए । शल्यक्रिया गर्ने बेलामा अन्य बच्चालाई झै डाक्टरको सुईको हाउबुजी भएर छोरी डराएर कहालिएर रोएको बेलामा उनले आफ्नो मनलाई कठोर बनाएर समाएर भएपनि गर्नु पर्छ डाक्टरसाव अहिले म हुंदासम्म त ठिक  छ भोलि पर्सी यसले आफ्नो जीवन कसरी पाल्छ भनेर भनेको संवाद अत्यन्त मर्मस्पर्शी थियो । 
हल्का लठ्यानउे सुई दिएर अधिल्लो र पछिल्लो दिन गरी दुवै आ“खाको शल्यक्रिया पश्चात संगीता निकै खुशी देखिएकी थिईन । नेपाली भाषा बोल्न नजान्ने संगीता दनुवार भाषमा तोते बोलीमा कुरागर्दै बाबुको काखमा खुशीले लटपटिएर खैल्दै थिईन । शायद बाबु छोरीलाई त्यो दिन निकै खुशीको दिन थियो होला । उनको खुशीले छछल्किएको आंशु आ“खामा कता कता लुकेको थियो । यो शिविरमा मेरो छोरीको शल्यक्रिया नभएको भए म कहिल्यैपनि छोरीलाई आंखा देखाउन सक्दिनथे तपाईहरुलाई धेरै धन्यवाद भन्ने उनको चाहना भित्री मनामा देखिएता पनि अरुको खेत बटैया गरेर जोहो गर्दै आएका भुखनालेलाई त्यसको ज्ञान नभएर होला उनले व्यक्त गर्न चाहि सकेनन तर उनको हाउभाउले उनले धन्यवाद र आभार व्यक्त गर्न खोजेको भान भईरहेको थियो ।
स्थानीय दुधौली रेडक्रशको आयोजना र हेटौडा सामुदायिक आंखा अस्पताल र जानकी आ“खा अस्पतालको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमबाट संगीताले त नया“ जीवन पाईन होला तर देशका कुना काप्चामा यस्ता संगीताहरु धेरै होलान यस प्रति नजर पु¥याउने कसले होला ? विकासे कार्यक्रमहरु गर्ने नाममा आ—आफ्नो राजनैतिक क्ष्ँेत्रमा सस्तो लोकप्रियता कमाउन दिर्धकालिन अध्ययन बिना अल्पकालिन सोचले डा“डै डा“डा रोड खन्ने, घर घर सडक पु¥याउने, आवश्यक अनावश्यक जहा“ तहि पुल बनानउने काममा व्यस्त राष्ट्रनेताहरुबाट कसले के अपेक्षा गर्ने ? ठूला नेताहरु आपसी किचलोमा व्यस्ता सानाहरु ठूलाहरुको आदेश सिरोपर गर्दै व्यस्त भएका बेला स्वास्थ्य क्षेत्रको विकास र भुखना र संगीता जस्तोको कारेमा कस्ले सोच्ने हो ??

सुधिर भद्र

Friday, December 17, 2010

मैले गल्ति गरेको छ कि छैन ??

म एउटा कुरामा निकै कन्फ्यूज भएको छु, घटना सानो थियो तर त्यसबाट कुनै एक जना बेकसुर मानिस पिडित हुनु परेछ, थाहा छैन मलाई मेरै कारणले हो वा कुन कारणले भएको हो । तर त्यसको जिम्मेवारी प्रत्यक्ष्ँ तथा अप्रत्यक्ष्ँ रुपमा म पनि छु जस्तो लाग्छ । सायद मैले हाम्रो सम्झेर कुनै कुरा गरे होला, आफ्नै व्यवहार देखाए होला तर अर्कैको भईसकेको मानिसलाई त्यस्तो व्यवहार देखाउन उपयुक्त नहुने रहिछ भन्ने कुराको आभास मलाई भएको छ ।

आफ्नो वा हाम्रो सम्झदा खेरी अरुलाई के कस्तो असर पर्दछ भन्ने कुरा सायद मैले बुझ्नु पर्ने थियो होला, मेरो बुझाईको कमजोरीको कारणले जसलाई मैले आफ्नो वा हाम्रो सम्झेको थियो उसले उसको आफ्नो मान्छेलाई उसले स्पष्टिकरण दिनु प¥र्यो । शाव्दिक हमलाको साथसाथै शारिरिक हमलाको पनि शिकार हुनु प¥यो ।

मलाई पनि उसले आफ्नै वा हाम्रै सम्झेर गरेको व्यवहारले म पनि शायद उत्साहित भएको थिए होला, उनले मैले गरेको व्यवहारमा कहि कतै पराईले गरेको व्यवहार नसम्झि आफनै वा हाम्रै परिवारको मानिसले गरेको जस्तो व्यवहार गरेको मैले  प्रष्ट महशुस गरेको थिए । मैले जुन कार्य गरे त्यसको मलाई गल्ति गरेको आभास भएको छैन । तर मेरो कार्यको बुझाईमा भएको असमझदारीले उसले पाएको पिडा मलाई पनि कता कता गडेको छ 

तर मलाई अव एउटा ज्ञान भएको छ सबैलाई आफ्नै वा हाम्रै जस्तो व्यवहार गर्नु हुदैन रहिछ, जस्लाई आफ्रनै वा हाम्रै व्यवहार गरीन्छ उनका पनि हाम्रै वा आफ्नै मान्छे ह“ुदो रहिछ । तर म आफूले आफैलाई विश्वास दिलाउन सकिरहेको छैन, मैले गल्ति गरेको छ कि छैन भनेर...............

Sunday, November 28, 2010

सिद्धिचरणको गा“उ रोएको छ ।

सुनकोशी नदीको झुलुड्डे पुल पार गरी चार घण्टाको यात्रा तय गरेपछि पिहिलोपटक सद्धिचरणको गा“उ ओखलढुड्डा पुगियो । हवाई यात्रामा पहु“च हुने मानिसहरुको लागि रुम्जाटार एयरपोर्टबाट ओखलढुड्डा पुग्न सहज होला तर चर्को हवाई भाडाका साथ साथै रुम्जाटारबाट ओखलढुड्डासम्म आउन साना सवारी साधनले लिने भाडादरले सबै मानिसलाई त्यो यात्रा सायद त्यति सहज नहोला ।
सिराहको मिर्चैयासम्म तराई मधेशको हावा खादै कटारी लाग्ने बाटो तिर गाडी तेस्रे पछि पहाडको बास्ना अलि अलि आउन थाल्छ । कुलेखानी काठमाण्डौको बाटो सम्झउने कटारीबाट घुर्मीसम्मको खतरायुक्त यात्रामा शरिरलाई तराईको गर्मी र बेतिनीको चुचुरामा पुग्दा चिसो हावाले हान्दा सन्तुलनमा राख्न गाह्रो भएको थियो ।
किलोमा सुन्तला किनेर खानी बानी बसेका हामी मकवानपुरवासीलाई बेतिनीमा गोटामा सुन्तलाको व्यापार देख्दा अचम्म लागको थियो । त्यहाबाट दुई घण्टाको यात्रा पछि सुनकोशी नदीको किनारमा रहेको घुर्मी बजारमा व्यवसायीहरुको झुप्राझाप्री छिचोल्दै झुलुड्डे पुल तरेर ओखलढुड्डा जिल्ला छोईयो । उदयपुर जिल्लाको सिमाना पार गरी ओखलढुड्डा जिल्लामा टेक्दा सिलवरको कचौराबाट आएको गन्ध हाम्रो नाकमा ठोकिएको थियो । घुलाम्ये सडकको तिरमा भरीया तथा सवारी चालकहरुलाई लक्षित गरी राखिएको पसलको पहिलो प्राथमिक व्यापार स्थानीय मदिरा अनि अलि पैसा हुनेहरुको लागि ब्राण्डेड मदिरा र लोकल कुखुराको मासु थियो ।
ओखलुढड्डामा नै पहिलो पटक भित्रीएको फोर व्हिल टाटा सुमोलाई पनि तान्न गाह्रो हुने उकालो उरालो घुम्टी हरुलाई छिचोल्दै माने भञ्ज्याड्ड, क्यातुके, लुगलुगे, गोरुमारेजस्ता बाटाका बिचका सानातिना विजनेश सेन्टरहरुपार गर्दै रमाईलो डांडाबाट रामबजार हु“दै सिद्धिचरणको गाउ“ ओखलढुड्डा प्रवेश गरीएको थियो । युगकविको गा“उमा पहिलो पटक प्रवेश गर्न लागकोले होला देखिने र सुनिने कुरा सबै राम्रा हुन्छ भन्ने लागेको थियो ।
तर युगकविको गा“उले व्यहोरी रहेको समस्या सुन्दा त्यहा राम्रा कुराहरुलाई नराम्राकुराहरुले अतिक्रमण गरिसकेको जस्तो लाग्दथ्यो । सा“झ चार बजे काटिने विद्युतको लाईन भोलि बेलुका ११ बजे आ“उदा त्यहाको जनजीवन कस्तो हुन्छ हामी सहजै अनुमान लगाउन सक्छौ । सानो तिनो लोडसेडिड्डको अनुभव हामीलाई भएता पनि त्यो किड्डसाईजको लोडसेडिड्ड हाम्रोलागि अनि अनौठौ नै थियो ।
सञ्चारको विकासको क्रमसंगै तीनवटा एफ.एम रमाईलो सामुदयिक एफ.एम, आफ्नै सामुदायिक एफ.एम. र रेडियो ओखलढुंड्डाले आफ्नो प्रशारणलाई निरन्तरता दिएको भए पनि दैनिक पत्रिका हेर्नको लागि मौसमको अनुकुलता र जहाजको आगमनलाई पर्खिनु पर्ने वाध्यता पत्रकारीता क्षेत्रमा होमनाग दाहाल, पुरुषोत्तम दाहाल, पुष्पहरी क्याम्पाराई जस्ता परिचित हस्तिहरु उत्पादन गरी सकेका ओखलढुड्डाले व्यहोर्नु परिरहेको रहेछ ।
ईन्टरनेट र ईमेलबाट समाचार आदान प्रदान गर्न डायलअपबाट कनेक्ट नै नहुने र सिडिएमएको लाईनबाट पेज खोल्न ढिलो हुने समस्याबाट स्थानीय संचारर्मी मित्रहरु दिक्क भईसकोको भान भएको थियो । यी सव समस्याहरुका बरेमा कान्तिपुरका संवाददता कुम्भराज राई र एभिन्यूज टेलिभिजनका सम्वादाता दिपेन्द्र रुम्जालीले व्यक्त गरीरहदा उहा“ लगायत अन्य सम्वाददाताहरुले आफ्नो पेशा कसरी धानी रहेका छन जस्तो लागीरहेको थियो ।
हामीले देखेको र ओखलढुड्डाबासीको सबैको सामुहिक समस्या भनेको सनुकोशी नदीमा आधि बनेर छोडिएको पुल र त्यसको विकल्पमा संचालन गर्न लागिएको फेरी रहेछ । विगतमा संचालनमा भएको फेरी ठेकेदार र स्थानीय सरोकारवालाहरुको मिलिमतोमा थौरै रकममा टेण्डर खोलिएको र फेरी पार गर्न सवारी साधन र मानिसहरुसंग निकै महंगो भाडा दर अशुलिएको गुनासो आएकोले अहिले त्यसको विकल्पको रुपमा सरकारी रुपमा सडक विभाग आफैले फेरी संचालन गर्न लागेको रहेछ । स्थानीयवासीको रुपमा विगतमा फेरी चलाएर मनग्ये आय आर्जन गर्न खप्पिस भईसकेकाहरुले सरकारी फेरी चलाउन नदिने अड्डिी कसेका छन् भन्ने कुरा ओखलढुड्डाका हस्तीहरु एवम् सम्बन्धित सरोकारवालाहरुलाई राम्रैसंग बुझेका रहेछन । हालसम्म गुनासो नआएको हुनाले कारवाही गर्न नसकिने स्थानिय प्रशासनले कारण देखाउने गरेका स्थानीयवासीहरुको भनाईबाट बुझियो । चोरले चोरेर गुनासो आएपछि समाउने हो कि, चोरलाई चोर्न नदिने हो त्यो कुराचा“ही हाम्ले बुझन सकेनौ । 
तर जे भएपनि ओखलढुड्डाको भ्रमण पुरा गरेपछि सिद्धचरणको गाउ“ रोएको जस्तो लाग्यो । व्याकुल माईलाले खाएको पानीको मुल सकेको जस्तो लाग्यो, पुष्पहरी क्याम्पाराईले शव्दोच्चारण गर्न सिकेको आवाजहरु सुकेको जस्तो लाग्यो, होमनाथ दाहाल र पुरुषोत्तम दाहालले कलम चलाउन सिकेका हातहरु रोकिएको जस्तो लाग्यो सिद्धिचरणको ओखलढुंड्डा रोएको जस्तो लाग्योे लाग्यो ।

सुधिर भद्र
२०६७ मंसीर १२ गते

Tuesday, November 2, 2010

वायु पत्रिकाको शुरुवात

नियमित रुपमा अचेल कम्प्युटर प्रयोगकर्ताहरु मध्ये धेरैले चलाउने फेशबुक चलाउने क्रममा मकवानपुरको सेरोफेरो समेटिएको एउटा वायु पत्रिकाको बारेमा दाजु प्रमेश प्रधान एवम् मेरा अनन्य मित्र ऐलनजीले शुरुवात गर्नु भएको भन्ने कुरा थाहा पाए । मकवानपुरको सेरोफोरोको घटनाको बारमो थाहा पाउन अव स्थानीय पत्रिकाको मात्र भर पर्न नपर्ने भएको छ । पत्रिकाको पहुच नभएको ठांउमा ईन्टनेटको सञ्जालको माध्यमबाट सहजै स्थानीय सरोकारका विषयहरुमा जानकारी राख्न अव सहज भएको छ ।
मकवनपुरमा छापा तथा पत्रपत्रिकाको क्षेत्रमा परिचित अनुहार एवम् मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपकप्रसाद श्रेष्ठ गत छ महिना लामो अमेरिका बसाईमा मकवानपुरका समाचारको बारेमा जानकारी लिन निकै उत्सुक हुनु हुन्थ्यो वा भनौ एकप्रकारले उहा“लाई आफ्नो जिल्लाको घटना सुन्नको लागि निकै व्याकुल हुनु हन्थ्यो । यसको लागि बेला बेलामा मेरो उहा“संग वायुपत्रद्वारा समाचार आदान प्रदान हुन्थ्यो, त्यसबेला नै मेलै यस किसिमको वायु पत्रिकाको आवश्यकताको महशुस गरेको थिए ।
ढिलो भए पनि राम्रै शरुवात भएको छ, यसकोलागि उहा“हरुले गर्नु भएको शुरुवातलाई म आफ्नो अन्तरमनदेखि साधुवाद दिन चाहन्छु । संचारमाध्यमको विकासको कारण अहिले विश्व साधुरिएको छ, विश्वको एक कुनामा भएको घटनाको पूर्ण विवरण एउटा औंलाको क्लिकको भरमा सवैले सहजै थाहा पाउन सक्ने भैसकेका छन् यद्यपि हाम्रो देशमा अझै पनि समाचार पु¥याउन हप्तौ दिन हिडेर चिठी पु¥याउने पर्ने वाध्यता यथावत  छ । तर पनि  संचार साधनको पहु“च राम्रो भएको अन्य भागमा भने विश्वको सबै खाले घटनाको विषयमा जानकारी राख्न सकिने सामथ्र्यता हासिल गर्न सक्ने भईसकेका  छन् ।
हेटौडामा गनिएका सम्पन्न परिवारका प्रायः छोरा छोरीहरु उच्च शिक्षा अध्ययनको लागि विदेशीएका छन् उनीहरुलाई पनि आफू पढेको हुर्केको ठा“उको बारमो जानकारी राख्न निकै उत्साहित हु“दो हो त्यस्तो अवस्थामा छुट्टीमा आएको बेला पुरानो फ्ल्यासब्याक समाचार सुन्नु भन्दा तुरुन्ता तुरुन्तै समाचार सुन्न पाउ“दा अवस्यपनि रमाईलो लाग्छ होला ।
मकवानपुरको पहिलो वायु पत्रिका र पत्रकारीता क्ष्ँेत्रमा लामो अनुभव संहाली सक्नु भएका साथीहरुको संलग्नतामा संचाललित यस पत्रिकाले मकवानपुरको शिक्षा, स्वास्थ्य, उद्यँेग व्यवसाय आदि  समग्र क्षेत्रका मुख पत्रको रुपमा कार्य गर्न सक्नु पर्दछ । यसलाई चुनौतिको रुपमा लिई यो टिमले आफ्नो कार्य अगाडी बढाएमा अवश्य पनि सफलता हासिल गन सक्नेछ ।

सुधिर भद्र
२०६७ कार्तिक १४ गते

Friday, October 29, 2010

थाहै नपाई बर्तमान त ईतिहास भईसकेछ

हिजोसम्म आफ्नै लाग्नेहरु आज पराईको भैसकेछ
मलाई हातसमाएर हिनाउने हातहरु आज अर्कैको भैसकेछ
था“है नपाई बर्तमान त ईतिहास भैसकेछ ।

मेरो दुःखमा साथै रहने, सुखमा रमाउनेहरु आज अर्कैको दुःख सुखमा रमाउने भएछ
मेलैे शैसवकालमा खेलेका आगनहरु आज अर्कैको भईसकेछ
था“है नपाई बर्तमान त ईतिहास भैसकेछ ।

मेरो पूर्वजको रगत र पसिनाको मोल आज अर्कैले लाउने भएछ
मैले क ख रा सिकेका भित्ताहरु छुन मैले अर्कैको अनुमति लिनु पर्ने भईसकेछ ।
था“है नपाई बर्तमान त ईतिहास भैसकेछ ।

सुधिर भद्र २०६७ आश्विन ६ गते, ९ः०१ वजे विहान

Thursday, October 28, 2010

मिशन मन्थली


शुक्रावारको अस्पतालको आधा आधी काम सकाएर टेम्पो तथा मझौला यातायातको नया“ पनि भन्न नमिल्ने पुरानो पनि भन्न नमिल्ने मझौला स्तरको टाटा मोबाईलमा डा. किशोर सहित ७ जनाको टोली र स्थानीय आयोजकको तर्फबाट पार्वती मिस सहितको टोली शनिवारको शिविर संचलानको लागि ठिंगन प्रस्थान गरेपछि शुरुभयो हाम्रो मिशन मन्थली ।

कान्तिराजपथको पिचमा गाडीले बिस्तारै गति लिदा नलिदै चौघडाको सिमा नाघेपछि कालोपत्रै पिचको पुग्ने अवसर नपाएको ग्रेभल बाटोमा गाडी सामान्य गतिमा अघि बढ्दै गयो । म लगायत अस्पतालको प्राविधिक मित्र सुमोको बीच भागमा बसेका थियौ प्रदिप अलि मोटो भएकोले मेरो बसाईको सीमा अतिक्रमण गरेर  बेला बेलामा मेरो कम्मर र गाडीको ढोकाको हानाहान परिरहन्थ्यो ।

ठूलठूला बस र आधा हुट भएको निलो मिनी टाटा मात्र चल्ने ठिंगनको रोडमा कहिल्यै टाटा सुमो नदेखेका गाईबस्तुहरु अजंगकै जनावरले लखेटेको हो की क्या हो ? भनेर गाडीको अगाडी अगाडी कुद्दा हामीलाई गाईबस्तु धपाउन न नै हम्मे हम्मे परेको थियो । ठिंगनमा करिव साढेचार बजे पुगेपछि हाम्रो पैदल यात्रा शुरु भयो, पानी बग्ने कुलो जस्तो ओरालोबाटोमा असरल्ल पतकरहरुमा आवाज निकाल्दै हामी हुत्तिदै डा“डा पाखा“ नियाल्दै माछा पालनको लागि तयार सानो पोखरी हेर्दै हामी ललितपुर र मकवानपुरको सीमा छुट्टाएको बाग्मती नदिको तिरै तिर बाटोमा अगाडी बढ्यौ । बिचरा बाग्मतिले काठमाण्डौको दुर्गन्ध अझ छोडन सकेको रहेनछ कालो पानी त्यसमाथि फिजै फिजलिएर बागमति अगाडी बढीरहेको थियो ।

सायद स्थानिय आयोजकको प्रचार प्रशार रामै्र भएर होला हाम्रो टोली देख्ने बित्तिकै भोलीको बारेमा खासखुस कुरा शुरु गरी हाल्थे । सा“झ झमक्ैे भएपछि हामी ठ्याक्कै बा“स बस्ने ठा“उ आईपुग्यौ तर त्यहा“ के कुरा नमिलेर हो हामी फेरी आधा घण्टा माथि ठाडो उकालो चढेर शिविर आयोजना हुने स्थान प्रशिद्ध निमाविकै साध लालबहादुर दाईको घरमा बा“स बस्न पुग्यौ ।

तामाड्डको घरमा पनि गाई भैसी पालन अनि त्यसमाथि खुवा घोटिरहेको देख्दा अलि अलि अचम्म लाग्यो खासमा त्यहा“को मुख्य व्यापार नै खुवा रहिछ ललितपुरको प्यूटरसम्म यातायातको सुविधा रहेकोले खुवाको कारोवार काठमाण्डौमा नै हुने गरेकाले यहा“ यसको व्यापार फस्टाएको रहेछ । भोलिपल्ट विहान सबैरै देखि स्थानिय आयोजक नव सृजना क्लवका पदाधिकारीहरुको सक्रियतामा कार्यक्रम शुरु गरेपश्चात करिव १ बजेसम्ममा करिव १ सय १५ जना विरामीहरुले आ“खा परीक्षण गराएका र जसमध्य १५ जनामा मोतिबिन्दु भेटिएका थियो । मोतिबिन्दु भेटिएका बिरामीहरुलाई निशुल्क शल्यक्रियाको निम्तो दिंदै हामी १ वजेतिर फर्कयौ ।

हामीलाई लानु हुने पार्वती मिस फेरी हामीलाई पु¥याउन पनि आउनु भयो जा“दा एकै छिनमा झेरको जस्तो लाग्ने ठिंगनको उकालो हामीलाई फर्कदा निकै लामो लाग्यो बढेको सा“सलाई तह लगाउदै ठा“उ ठा“उमा आराम गरेर पानी खा“दै करिव डेढघण्टाको उकालो काटेपछि हामी पुनः ठिंगन पुग्यौ । हामीलाई टेम्पो तथा मझौलाको टाटा सुमोले कुरी रहेको थियो, सबैको गलेको जिउलाई विस्तारै बिस्तारै गाडीको सिटमा आ“ड लाउने काम भएपछि हामी हेटौडा फर्कयौ र हाम्रो मिशन मन्थली पुरा भयो ।

सुधिर भद्र

Wednesday, October 27, 2010

यत्रो गाली अनि सम्मान

हालै सम्पन्न एक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मकवानपुरका स्वास्थ्य क्षेत्रकोबारमो निकै चर्चा परिचर्चा गरिएको थियो, स्वास्थ्य क्षेत्रमा जिल्लामा उपलव्ध साधन र श्रोत, त्यसको कार्यन्वयनको क्रममा देखिएको चुनौति र अन्य सम्भावनाका विषयमा लगभन तीन घण्टा समयअवधि भरी निकै चर्चा चलेको थियो । कार्यक्रमको उद्देश्य मध्येको एक मकवानपुरको जनस्वास्थ्यको विषयमा नागरिक समाज र राजनैतिक दलहहरुको तर्फबाट प्रतिवद्धता लिने क्रममा आयोजक कति हदसम्म सफल भयो भन्ने कुरा आफ्नै ठांउमा छ, तर जिल्लाको स्वास्थ्य क्षेत्रका प्रतिनिधिमुलक संस्था हेटौडा अस्पतालले आफ्नो समस्या र दुःखासो पोख्ने फ्लोरको रुपमा त्यसलाई उपयोग ग¥यो भने अन्य सहभागीले अस्पतालसंगको असमmझारी र असन्तुष्टिहरुलाई पोख्ने मौकाको रुपमा लिए ।

विगतमा चिकित्सकहरुमाथि गरिएको दुव्र्यवहारको कारण चिकित्सकहरुको रोजाईमा मकवानपुर पर्न नसकेको कारण सानो भन्दा सानो रोगको उपचार गर्न छिमेकी जिल्लाहरुको आश्रय लिनु पर्ने मकवानपुरेहरुको समस्यालाई सम्बोधन गर्न आयोजित कार्यक्रमले विगतको गल्ति नदोहरीने प्रतिवद्धता आउने आशा गरिएको कार्यक्रममा सोचे जस्तो प्रतिवद्धता आउन सकने । कार्यक्रममा मकवानपुरेहरुले चिकित्सकहरुको दुव्र्यवहार मात्र गर्दैन सम्मान पनि गर्दछ भन्ने आभास दिलाउन मकवानपुमा कार्यरत चिकित्सकहरुको सम्मान पनि गर्ने कार्यक्रम राखिएको थियो । हेटौडा अस्पतालमा कार्यरत भेटवाल थरका डाक्टरसाबलाई आयोजकले गरेको सम्मन ग्रहण गर्न गाह्रो भयो उनको गह्रोपन शव्दमा व्यक्त भयो “हेटौडा अस्पताललाई यत्रो गालि अनि सम्मान”, डाक्टरसाव सायद तपाईलाई कार्यक्रम अवधिभर सहभागीहरुले हेटौडा अस्पताललाई गरेको गालिले अवश्य पनि चित्त दुख्यो होला तर तपाई सेवा प्रदायक भएर होईन सेवाग्रही भएर हेर्नुस तपाईको संस्था प्रति गरिएको गालि कति जायज छ, कति नाजायज ।

हेटौडा अस्पतालले पु¥याउदै आएको सेवा उपलव्ध साधन र श्रोतको तुलनामा अवश्य पनि प्रशंसायोग्य छ तर के सधै साधन र श्रोतको अभावको कारण देखाउदै उहि १० वर्ष अगाडिको सेवालाई निरन्तरता दिंदै आएपछि त्यसबाट जिल्लावासीहरु कसरी विश्वस्त हुन सक्ने ? कार्यक्रमा सहभागीहरुले अस्पतालको प्रवेशद्धारको बारेमा उठाएका शव्दहरु नै पैंचो लिएर भन्न पर्दा त्यहां देखिएको अस्तव्यस्त फुलवारी अनि सिमेन्ट भत्किएको प्रवेशद्धारबाट नै बिरामीहरुमा अस्पतालप्रति बितृष्णा जाग्न शुरु हुन्छ, त्यसमाथि कर्मचारीहरुले बिरामीहरु प्रति गर्ने व्यहारले त झन बाहिर चलेका हेटौडा अस्पतालका विषयमा चलेका चर्चा परिचर्चाहरुको पुष्टि हुंदै जान्छ ।

तपाईले पु¥याउनु भएको सेवा एकदमै गुणस्तरीय भए पनि तपाईले गर्नु भएको व्यवहार एकदम नै राम्रो भएपनि बिरामीले तपाई अगाडीने भेटेका र देखेका कुुराहरुले अस्पतालको विश्वसनियता र गुणस्तरको बारेमा आकलन गरि सकेका हुन्छन । एकजना कर्मचारीको गल्तिलाई विरामीले पुरा संस्थास“ग तुलना गरिएको हुन्छ । विदेशमा उपचारको संगसंगै विरामीलाई परामर्शको पनि आवश्यक छ भन्ने मान्यता विकास भईसकेको अवस्थामा हामीकहा विरामीसंग दोहरो बोल्न नै गाह्रो मान्ने स्वास्थ्यकर्मिहरुको व्यवहार परिवर्तन गर्नु नितान्त आवश्यक भईसकेको छ , माली, पियन, पाले, ल्याव, चिकित्सकसम्मको व्यवहार विरामीले सम्पूर्ण अस्पतालसंग तुलना गरेर हेरेको हुन्छ र सो बारेमा अचेलका बिरामीहरु अन्य अस्पतालसंग तुलना गरेर हेर्न पनि खप्पिस भईसकेका हुन्छन । हेटौडा अस्पताल त्यसबारेमा अलि चनाखो नभएको हो वा चाहेर पनि गर्न नसकेको हो त्यस बारेमा प्रष्ट हुन अलि गाह्रो छ । सायद यसैको कारणहोला डा. कल्याण बस्नेत, एच.आर.सिंह र पछिल्लो क्रममा हेटौडा सामुदायिक अस्पताल र तत्कालिन अस्पताल विकास समितिका अध्यक्ष्ँको घटना सृजना भएको हुनसक्छ ।

तपाईलाई अस्पतालले दिंदै आएको सेवा सुविधा कम होला, तपाईलाई मकवानपुर कार्यक्षेत्र रहेर कार्य गर्नु सहज नहोला, तपाईले खोज्नु भएको सेवा सुविधा मकवानपुरमा उपलव्ध नहोला, तपाईका घरपरिवार साथीसंगीहरुबाट टाढा आउनु परेको पिडा तपाईसंग होला तर त्यसको रिस तपाईले सोझा साझा विरामीहरुमा थुपार्नु कति हदसम्म उपयुक्त होला तपाई आफै सोच्नुस । तपाईसंग विरामीले निकै ठूलो अपेक्षा गरेका हुन्छन, तपाईसंग आईपुग्न पनि कतिपय विरामीहरुले आफनो पेट आधि राखेर आएका हुन्छन, तपाईले उनको पिडा र रोग सबै निको बनाई दिनुहुन्छ भनेर आशा राखेको हुन्छ । त्यसकारण तपाईको तमाम समस्याहरुलाई ताति राखि तपाईको पहिलो कर्तव्य भनेको विारमीको सेवा हो जस्तो लाग्दछ, सायद यो चिकित्सकहरुको आंचारसंहितामा उल्लेख भएको होला ।

हेटौडा अस्पतालका बर्तमान चिकित्सकहरुले आफ्नो व्यहावहारमा परिवर्तन ल्याई बिरामीसंग आत्मिय वातावरणको श्रृजना गरी मकवानपुरवासीहरुको भित्रीमनमा कता कता लुकेर रहेको चिकित्सकहरुप्रतिको नकारात्मक धारणा मेटाउन सहयोग गर्ने हो कि ? आर्थिक रुपमा हेटौडा अस्पताल सक्षम भएपनि चिकित्सकहरुलाई आकर्षित गर्न नसकेको भनेर अध्यक्षज्यूले औपचारकि तथा अनौपचारिक कार्यक्रमहरुमा पोखिरहनु भएको पिंडालाई परिवर्तित धारणाबाट नागरिक समाज, राजनैतिक दल र सम्पूर्ण नगरवासीहरुले चिकित्सकहरुलाई विगतको घटना नदोहरीने प्रतिवद्धता व्यक्त गर्नु सफल भएपछि चिकित्सक भेटाउन सहयोग पुग्छ कि ?

सुधिर भद्र

Sunday, October 10, 2010

Bijaya Dashami ko Subhakamana

dashain ko tasbir
On the auspicious occasion of Bada Dashain, I would like to wish all the Nepalese in Nepal and away from Nepal a Happy Bijaya Dashami.

May this Dashain bring all the happiness, prosperity and a good health to all of the Nepalese. May I also take this opportunity to wish Nepal a stable and a strong government to be formed soon.

Bhagawan Pashupati Nath le sabai ko kalyan garun.

Jaya Nepal