Monday, March 17, 2025

सरल एवम् सफल एन्जिला

हाम्रो घर समाजका प्राय धेरै जसो घरको परिवेशको चित्रण एन्जिलामा गरिएको छ । धेरै घरपरिवारका वालवालिकाहरु अभावमा हुर्किएका हुन्छन । यस्ता परिवेशमा हुर्किएका सबै सफल हुदैनन । कति त्यहि गाँउ घरको चार सिमाना पनि पार नगरी त्यसैमा रमाई जीवन त्याग गर्छन । त्यस मध्येका केहि एन्जिला जस्तो सफल बन्न सक्छन । नेपाली राष्ट्रिय महिला टोली क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारीत चलचित्र एन्जिलाले २ घण्टा ३० मिनेट दर्शकलाई राम्ररी बाधेर राख्न सफल भएको छ । 


शुरुको केहि घण्टा लिम्वु परिवेशको चित्रणमा ईलाम वरपरको गाँउ घर समेटिएको छ । गाँउ घरमा हुने सामाजिक गतिविधि संस्कति एवम् कुसस्कृति सामान्य ढंगले देखाईएको छ । मदिरा पान, बहु विवाह, घरेलु हिंसा आदि कुराहरु समाजमा अझै पनि छन् । त्यसैलाई जस्ताको तस्तै देखाईएको छ । आफ्नो गाँउ घरमा उपलव्ध साधन र श्रोतको भरमा पनि आफ्नो मनमा लागेको ईच्छा पुरा कसरी गर्न सकिन्छ भनेर देखाईएको छ । सानै देखि फुटबल खेल्न धैरे चाहना राख्ने एन्जिला र उनकी दिदीले मोजाको बल बनाएर खेलेको देख्दा अलि पाका मानिसहरुले आफूले पनि सानो बेलामा मोजाको बल बनाएर खेलेको याद आउछ होला । खेलको ईच्छा भएपछि त्यसको चाहना मेटाउन जुन ठाउ“मा पनि अभ्यास गर्न सकिन्छ भन्ने कुरा उनीहरु बालापनमा घर बारीको काम गर्दा, सुन्तला टिप्दा, फर्सी टिप्दा पनि फुटबलको अभ्यास गरेका छन । 

आमाको मायाको एकदम सजिव चित्रण गरिएको छ । घरपरिवारलाई वास्ता नगर्ने बावु भएपनि साना नानी बावुहरुलाई कसरी हुर्काए, हर्काउन के कस्तो समस्या आई प¥र्यो र बच्चाहरुकै खुशीको लागि कस्तो कस्तो निर्णय लिनु पर्दो रहेछ भनेर देखाईएको छ । घर भाडा तिर्न नसकेर आफूले लगाई रहेको तिलहरी दिएर काखका नानीहरु बोकेर हिडेको दृष्य एकदम मर्मशपी छ । गा“उ छिमेक र घरपरिवारको दवावमा उनले छोरीलाई फुटबल खेल्ने काम रोक्न भनेका दिए । काखमा लुटपुलिएर आ“खामा आ“शु राख्दै छोरीले आफूलाई फुटबल खेल्न दिन अनुरोध गरेपछि छोरीको ईच्छाको अगाडी केहि गर्न सक्दिनन् । आफ्नै खतरा मोलेर टाढाको नाता पर्ने बहिनीकोमा फुटबल खेल्नकोलागि छोरीलाई काठमाण्डौ पठाउछिन । 

काठमाण्डौ पुगे पछि एन्जिलाको शहरी संघर्ष शुरु हुन्छ ।
गा“उबाट फुटबल खेल्न मात्र आएको भनेर उनले त्यत्ति सहानभूति पाउदिनन् । घरायासी काम कोठा सफा गर्ने, खाना बनाउने, लृगा धुनेकाममा काठमाण्डौमा बसेका सानीमाको परिवारलाई सहयोग गर्नु परेको थियो । उनको मनमा फुटबल खेल्ने चाहना मरेको थिएन । आमाले काठमाण्डौ जाने क्रममा हातमा पैसा राखि एउटा सानो मोबाईल किन्नु भनेर दिएका थिए । त्यहि पैसाले एक दिन मोबाईल किन्न जा“दा खेलकुद सामग्री बेच्ने पसल देख्छिन । उनको मनमा उकुस मुकुस्एिर रहेको फुटबल खेल्ने चाहना पुनः प्रस्फुटित हुन्छ । एक दिन मोबाईल किनेर बा“की रहेको पैसाले जर्सी कट्टु किन्न पुग्छिन र सोही पसलेलाई फुटबल खेल्ने ठा“उ सोध्छिन । उनले शसत्र प्रहरीको हल्चोकको खेल मैदानमा खेल्न पाईने भनेर लग्दिन्छन । शसत्रका प्रहरी निरीक्ष्ँकले गा“उबाट आएको सोझी केटी र उनको फुटबल खेल्ने लागाव देखेर एक मौका दिन्छन । उनी आत्तिएर राम्रो खेल दृखाउन सक्दिनन । मन भित्र पिडा बोकेर घर फर्कि रहेको बेला पाहुना बसेको घरबेटीले पनि राम्रो व्यवहार नदेखेपछि उनी त्यो घरबाट बाहिर निस्किन्छिन ।

कहा“ जनो के गर्ने भन्ने केहि थाहा नभएको अवस्थामा काठमाण्डौको सडक र सडकमा हिड्ने मानिस नै उनको साथी हुन्छ । जुन कामकोलागि आमासंग आमाको विश्वास जितेर गा“उबाट काठमाण्डौ आएको हो त्यो पुरा नगरी घर फर्किन मन लागेन । उनी फेरी एक पटक एक मौका माग्न उनै प्रहरी निरीक्षकका जाने निष्कर्षमा पुग्छिन । दोश्रो पटक उनले खुलेर आफ्नो गेम देखाउन पाउ“छिन र उनी छनौटमा पनि पर्छिन । आफनो मेहनत र आमाको उत्प्रेरणाले गर्दा शुरु भएको उनको खेल यात्रा राष्ट्रिय टिम हु“दै अन्तराष्ट्रिय क्लव सम्म पुग्छ । उनै निरीक्षक उनको गेमबाट प्रभावित भएर एन्जिला शसत्र प्रहरीको जागीरे पनि हुन्छिन । 

कहिले रक्सि बेचेर, कहिले चिया बगानमा काम गरेर कहिले बारीमा काम गरेर छोरा छोरीको खर्च र खुशी पुरा गर्न खटि रहने आमाको रुपमा सृजना सुब्बाको अभिनय अब्बल छ । छोरीलाई उर्जा थप्ने र छोरीको प्रेरणाको श्रोत बनेर उनले राम्रो काम गरेकी छिन । उको अभिनयमा सबैले आफ्नो आमालाई स्मरण गर्छन ।  जन्म दिने बुवाको रुपमा देखिएका माआत्से गुरुगंले आफ्नो भूमिकामा पूर्ण रुपमा न्याय गरेका छन् । हामीलाई हेर्दा पर्दाको बुवा नभर्इं एन्जिलाको आफ्नै बुवा जस्तो लाग्ने बनाएका छन् । दयाहागं राई बिहिरी रुपमा कडा भए पनि मनले नरम बावुको रुपमा देखिएका छन् । छोरी सफल भए पछि उनालई प्रदान गरिएको प्रमाण पत्र सबैलाई देखाउ“दै हिड्छन् । गाउ“घरमा सबैका बा आफ्ना सन्ताको प्रगति देखाउन तल्लिन हुन्छन । उनले सबैका बा को प्रतिनिधित्व गरेका छन् । विजय बराल र बुद्धि तामागले पनि उर्जा थपेका छन । 

एन्जिलाको भूमिकामा रहेका स्वयं एन्जिालाको पनि दमदार अभिनय रहेको छ । काठमाण्डौमा बस्ता शुरुवाती दिनहरुको सघर्षले सबैको मन छुन्छ । थोरै पैसाले पुरा महिना टार्नु पर्ने अवस्थामा बस भाडा र खाजा खर्चको मिलाउन कठिन अवस्थामा पनि दैनिक अभ्यास गर्ने हुटहुटी । एउटै सानो कोठामा बसेर खेल अभ्यास गर्नु पर्ने, जीवन खर्चको लागि दैनिक ज्याला मजदुरी देखि रेष्टुरेन्टमा वेटर काम गर्नु पर्ने, दशैंमा सबैजना घर जादा आफै एक्लै आमा सम्झेर बस्नु पर्ने जस्ता दृष्यहरुले सबैलाई भावुक बनाउछ । 

निर्देशक मिलन चाम्सले पनि राम्रो अध्ययन गरेर चलचित्र बनाएका छन् । व्याकराउण्ड म्युजिक, दृष्य, पोषाक एवम् सम्बादहरुको सहि समिश्रण गरेका छन् । शुरुवाती खेल अभ्यासको क्रममा रकम अभावको कारण पोषिलो डाईट खान पनि कठिन भएको अवस्था पार गरेकी चेली अहिले राष्ट्रिय टिम डो¥याउदै छिन । सरल एवम् सफल एन्जिलाको बा“की खेल जिवन अझ प्रगतिमय होस भन्ने शुभकामना ।   


सुधिर भद्र
sudhirshrestha.htd@gmail.com
२०८१ चैत्र ४ गते 



किन खोजिदैछ फेरी राजा

 गत मंगलवार राजधानीमा बाक्लो भिड जम्मा भयो, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नाराहरु घन्किए । यस्तै भिडले केहि वर्ष अघि गणतन्त्र मागेको थियो । राजा चोर देश छोड भनेको थियो । अन्तिम पटक राजाले सम्बोधन गरेर नारायणहिटी छाड्दा सम्बोधन पछि राजा बस्ने कुर्सिमा ठूलो तमासा भएको थियो । केहि वर्षको अन्तरलामा माग फेरीएको छ । उही जनता,उही स्थान तर मांग फेरीएको छ । 


२०६२÷०६३ को आन्दोलन पश्चात एक हर्ष थियो सबैमा, व्यवस्था परिवर्तन भयो अब सबै राम्रो हुन्छ,  देशको विकाशमा तिब्रता आउछ भन्नेमा । राजनैतिक क्रान्ति सफल भयो अव पालो आर्थिक क्रान्तिको भन्ने घारणाहरु सबैले व्यक्त गर्न लागेका थिए । प्राजातन्त्रको नाम फेरीएर अलि नया ब्राण्डिगं गरेर ल्याईएको गणतन्त्रमा जुन अपेक्षा गरिएको थियो त्यो चाहि पुरा हुन सकेको छैन । विश्वमा नै अभ्यास गरि रहेको प्राजातन्त्रको अनुभव नेपाली जनताले पनि गर्न पाए । आ—आफ्नो विचार र भावनाहरु स्पष्टसंग राख्न पाए । अहिले सरकारी कार्यालयहरु जांदा कर्मचारीहरुको नाम पढ्दा मिश्रित जनजातीहरुको सहभागीता देखिन पाईयो । महिलाहरुको पनि उल्लेख्य सहभागीता देखियो । पछिल्लो समयमा कोटा प्रणालीले गर्दा समान सहभागीतामा केहि सजिलो भएको छ । सामान्य सरकारी काम गर्न सदरमुकाम धाउन पर्ने बाध्यातालाई स्थानीय स्तरमा नै सरल पह“ुच गरी दिदा सेवाग्रहीहरु लाभान्वित भएका छन् । हालको तीन तहको व्यवस्थापकिय पद्धतीमा प्रदेश सरकारको भूमिकाचाही खासै देखिदैन । 


शुरुवाती वर्षहरुमा सात दल मिलेर सरकार चलाएका थिए । एक किसिमको प्रतिपक्ष बिहिन सरकार चलाएका थिए । केही गर्ने सम्भावना पनि बोकेको सरकार थियो । तर अफसोच यसमा पनि जनताले सोचेको जस्तो र चाहेको जस्तो हुन सकेन । सिमित व्यक्ति र नेताहरुका नजिकाले मात्र लाभ लिन सके ।  पार्टिहरु टुटने फुटनेका श्रृखलाहरु बढन थाले । जनताको भन्दा पनि व्यक्तिगत स्वार्थमा दलहरु केन्द्रित भएको देखिन थाल्यो । 


पछिल्लो पटक केपी वलीको सरकारले चुच्चे नक्सा ल्याएपछि सच्चा राष्ट्रवादी छविको रुपमा उनलाई हेर्ने गरेको पाईएको थियो । लभ यु केपी बा को क्रेज निकै बढेको थियो । अध्यादेशको राजनीति, पार्टी फुटाउने जोड घटाउमा उनको नामा आउन थाले पछि यो नारा अलि सेलाएको छ । भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरु घमाघम पक्राउ पर्न थाले पछि जनातामा सरकारले निश्पक्ष छानविन गर्न लागेको भान भएको थियो । यस घटनामा संलग्न एक प्रमुख व्यक्ति पक्राउसंगै नया“ ट्वीस्ट आएपछि उनी प्रतिको सम्मानमा अलि घटेको जस्तो देखिन्छ । 


त्यसैगरी गिरीबन्धुको जग्गा प्रकरणमा उनी स्पष्टसंग प्रतिवाद गर्न पछि परेको देखिन्छ । रवि लामाछानेसंग सम्बन्धित कुराहरुमा पनि उनी प्रति नकारात्मक धारणाहरु देखिन थालेको छ । लामिछाने दोषी होलान तर अलि व्यक्तिगत नै गएको हो कि जस्तो नि भान पर्न थालेको छ । देशका विभिन्न स्थानमा विभिन्न क्ष्ँेत्रबाट अनुशन्धान बढाईएको छ यस्तै अन्यको हकमा भने कानूनी प्रक्रियामा केहि शिथिलता अपनाईएको आरोप उनलाई छ । 


अहिले कुलमान घिसिगंसंग सम्बन्धित विवादास्पद निर्णयहरु पनि चर्चामा छ । लोडसेडिगं हटाउन अहम भूमिका खेलेकोमा जनताहरु कुलमानलाई उदाहरणको रुपमा पेश गर्छन । उनको एकल प्रयासले मात्र भएको होईन होला तर उनको सक्रियतामा भएको कुरा हामीले मान्नै पर्छ । कुनै दलसंग उनी नजिक छ भनेर उनको सबै कामको नकारात्मक मात्र टिप्पणी गर्नु हुन्न । बिभिन्न बाहनामा सामान्य मर्यादाको पनि ख्याल नगरी सरकारले अपनाएको रबैया राम्रँे मानिएको छैन । स्पष्ट रुपमा व्यक्तिगन ईगो साधेको देखिएको छ । त्यसको मुख्य हतियार उर्जा मन्त्रीलाई बनाईएको देखिएको छ । 


काठमाण्डौ महानगरपालिकासंग पनि सरकारको सम्बन्ध त्यत्ति राम्रो देखिएको छैन । नेपालमा मात्र नभई विश्व मानसमा नै छोटो समयमा काठमाण्डौको मेयरको नाम चिनाउन उनी सफल भएका छन् । अपवादको रुपमा उनका कुनै कुनै अभिव्यक्तिमा अलि परिपक्व पन देखिएको छ । उनले काठमाण्डौमा देखिने गरी परिवर्तन चाहि अवश्य लाएका छन् । देखिने परिवर्तनका कारण नै सबै खाले नेतृत्वबाट यसै किसिमको परिवर्तनको अपेक्षा गरिएको छ । 


राजनैतिक नियुक्ति गरिएका व्यक्तिहरु भ्रष्ट्राचार र अन्य कसुरमा दोषी ठहरीएका छन् । धरै जसो राजनैतिक नियुक्ति विवादित छन् । आर्थिक लेनदेनको अडियो भिडियोहरु असरल्ल बजारमा छन् । सबैको मनमा एउटा प्रश्न छ राजनैतिक दलहरुले नियुक्त गरेका मानिसहरुले बदमासी गरे पछि त्यसको जिम्मेवार राजनैतिक दल एवम् त्यसका प्रमुख व्यत्ति हुने कि नहुने । आर्थिक हिनामिना सहमितिमा गरिएको हुन सक्ने आंकलन जनताले गर्न थालेका छन । पार्टिगत र  व्यक्तिगत स्वार्थकोलागि  विधान प्रक्रियालाई पुनरलेखन र मिलना गरिएको देखिन्छ ।


पछिल्लो पटकको आन्दोलनबाट ल्याईएको व्यवस्थाबाट पनि उल्लेख्य सुधार नदेखिएपछि जनताहरु विकल्पको खोजीमा छन् । विवेकशिल साझा पार्टि, राष्ट्रिय स्वतन्त्र पार्टि, बालेन साह, हर्क साम्पागं, दिनेश हमाल यसकै उदाहरण हुन । अहिले मुलुकले एउटा गतिलो अभिभावक खोजी गरी रहेको छ । जसको पर्यायको रुपमा राजालाई एक समुहले लिन थालेको छ । अहिलेको छिन्न भिन्न अवस्था प्रति वाक्क भएकाहरुको समूह बढदै छ । यो भिडमा कोहि देशका लागि छन, कोहि आफ्ना पार्टीको ब्राण्ड भ्यालु बढाउन छन, कोही व्यक्तिगत फाईदाका लागि छन् । सबैको सामूहिक बुझाई लामो समयसम्म नेतृत्वमा रहेकाहरुले केही फरकको अनुभव देखाउन सकने भन्नेमा नै हो ।  


सुधिर भद्र
sudhirshrestha.htd@gmail.com
२०८१ फागनु २२ गते