Friday, July 26, 2013

मृत्यु दण्ड र फुलमाला

माक्सवादी ईतिहासलाई साक्ष्ँी राख्दै लामो समयसम्म राजनीति गरेर  बिभिन्न मर्यादित ठाउमा आफ्नो अस्तित्व राख्न सफल भईसकेका छिमेकी मुलुक चीनका पूर्व रेल मन्त्री लियु झिजुन अन्तवत्व भ्रष्ट्रारको कसुरमा मृत्युदण्डको भागीदार हुनु पर्यो । त्यसैको सेरोफेरोमा नेपालमा केही समय अगाडी सम्पत्ति शुद्धिकरण अनुशन्धान विभागले श्रोत नखुलेको करौडौको सम्पत्ति थुपारेको आरोपमा विशेष अदालतले दुईचार जनाका मुद्वादर्ताे गरेका थियो । अदालतले धरौटी मागेपछि तत्काल धरौटी रकम बुझाउन नसकेपछि केहि दिन उनीहरु मध्येका एक जेलमा बस्नु परेको थियो । केहि दिनपछि चिनीया कम्युनिष्ट पार्टीकै नाम राखेर नेपालमा राजनीति गरीरहेको पार्टीको सक्रियतामा छुट्न सफल भएको कुरा,  रिहा भएको केहि समयपछि सार्वजनिक गरे ।

६ करोड ४६ लाख युयान भ्रष्ट्राचार गरेको प्रमाणित भएका झिजुनले आफ्नो गल्ती स्वीकारे र राज्यले दिएको सजाय सस्मान स्वीकारेर मृत्युदण्डकोलागि राजि भए । ६० वर्षिय झिजुन रेल्वेको विकासकोलागि महत्वपूर्ण मानिन्थे । काम विगारेपछि सजायको भागीदार हुनै पर्छ भन्ने मान्यता भएको मुलुक भएरहोला उनले अफ्नो गल्ती स्वीकारे । यहा“पनि पूर्व मन्त्रीहरु भ्रष्ट्राचारको काण्डमा नपरेका होईनन । अदालतले प्रमाणीत गरीसकेपनि उनीहरु आफ्नो गल्ति स्वीकार्नु भन्दा आफूमानि पक्षपाती पूर्ण निर्णय भयो भनेर कुर्लिने गरेको अखवार र टेलिभिजनहरुमा देखिन्छन ।

हालै प्रकाशित ट्रान्सपरेन्सी ईन्टरनेशनलको प्रतिवेदनले त झन नेपाल भ्रष्ट्राचारीहरुको मुलुकको रुपमा परिभाषित हुनकोलागि अग्रगामी कदम चालिरहेको सार्वजनिक भएको छ । प्रतिवेदनले राजनैतिक पाटीहरुनै भ्रष्ट्राचारीहरुको नाईकेको रुपमा क्रियाशिल रहेको कुरा घुमाउरो पाराले स्पष्ट पान खोजेको छ । हालै देखिएको राजनैतिक पार्टिहरुको क्रियाकलापहरुले यो कुरालई केहि पुष्टि गर्न पनि खोजी रहेको छ । धमिजा काण्ड, लाउडा काण्डदेखि शुरु भएको भ्रष्ट्राचारमा राजनैतिक पार्टिहरुको संलग्नता हाल आएर एफ.एम. प्रशारणको अनुमित, क्यासीनो संचालनको अनुमति, ठूला स्तरका उद्यँेग व्यवसायको अनुमित, ठूला लगानीका विकास निर्माण लगाउत जलविद्युल लगानी सम्ममा फैलि सकेको छ । व्यक्तिगत रुपमा बिचौलिया मार्फत पार्टिकोलागि भनेर रकम उठाउने संस्कारको अप्रत्यक्ष्ँ विकास भएको देखेर ट्रान्सपरेन्सी ईन्टरनेशनले आफ्नो रिर्पोट सार्वजनिक गरेको होला।

हजारको मात्रामा गरिने भ्रष्ट्रारको दर अहिले करोडको आकडामा आएकोछ । हालै युनिटी काण्डमा तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम जोडेर आएको रकमले नै यसको मात्रा देखाउछ । मन्त्रालयक स्तरका कर्मचारीहरु र सम्बन्धित मन्त्रीहरु आ—आफ्नो मातहतका कार्यालयबाट गरीने प्रिपेड घुसकाण्ड पनि सार्वजनिक भईसकेको छ । सम्बन्धित कार्यालका प्रमुखले आफ्नो माथिल्लो निकायमा ठूला ठूला निर्माण प्रक्रिया एवम् अन्य ठूलो रकमको कारोवारमा ठूलै प्रतिशतको देशव्यापी दररेट छ भन्ने पुष्ट अपुष्ट सुनिन आएको छ ।  भ्रष्ट्राचारको जालो सानो देखि ठूलो जुनपनि क्ष्ँेत्रमा मौलाएको छ ।  दण्डहिनताको संस्कृतिको विकासको कारण यसले फैलिन मौका पाएको छ । सरकारी कार्यालयदेखि केहि संससंस्थाहरुमा यसको ज्वलन्त उदाहरण देख्न सकिन्छ ।

कार्यालयमा आवश्यक सरसामानहरु सप्लाई गर्ने पार्टिहरुको दिउ“सो चेक काटेर बेलुका पसलमा पुगी आफ्नो कमिशन माग्ने कर्मचारीहरुको नाम सप्लायरहरुलाई कण्ठस्त नै हुन्छ । बालबच्चा पढाउन लाग्ने कपि कलम समेत आफ्नो कार्यालयमा स्टेश्नरी सप्लाई गर्नेहरुसंग आश गर्ने सोच भएका कर्मचारीतन्त्र हामीकाहा विद्यमान छ । सेवाग्रहीलाई सजिलै ढंगले हुने काममा विभिन्न किसिमको बाधा अवरोध देखाएर अतिरिक्त रकम असुल्न पल्केकाहरुका जमात धेरै भईसकेको छ । आफ्नै जग्गा धितो राख्न वा बेच्नकोलागि सम्बन्धित कार्यालयमा जांदा पनि अतिरिक्त रकमकै सर सल्लाह नगरी काम सजिलै सकिन्न । पैसा दिएपछि सजिलो काम हुन्छ भन्ने धारणा साना देखि ठूला सबैमा भएकोले आ¥आफ्नो गक्षे अनुसार पैसा दिने चलन चल्तिले लामो समय देखि निरन्तरता पाएको छ ।

ठेकेदारको रकममा दात किच्चाउने प्राविधिक कर्मचारीका आवरण ओढेकोहरु र त्यसको बिलमा लालमोहर लगाउने सम्बन्धित विभागका कर्मचारीहरुबाट भएका निर्माण कार्यहरुबाट गुणस्तारको अपेक्षा राख्नु बेकार भईसकेको छ । जसको ज्वलन्त उदाहरण भईरहेका निर्माण प्रक्रिया र त्यसको परिणामले नै देखाउछ छ । निर्माण भएका एक महिनामा नै रोडहरु भत्किन थालेको समाचार सुनेको धेरै भईसक्यो, ढल कल्वट छोपेका स्ल्यापहरु एकवर्षमा जिर्ण भएर भित्रको अस्थिपञ्जर देखिन थालिसक्छ । आर्थिक वर्षको अन्तिम दिन माग फारम र दाखिला रिपोर्टको हिसाव किताव मिलाउन बर्षौदेखि सक्रिय कर्मचारीहरुको मनबाट भ्रष्ट्राचारको ह्यागंओभर मेटाउन सकारात्मक देखिदैन्न र त्यो कुनै एकको प्रयासबाट पनि सम्भव हुदैन । त्यसकोलागि समग्र प्रशासनिक प्रणालीलाई नै सुधार गर्नु आवश्यक छ ।

भष्ट्राचारीलाई शुन्य प्रतिशत सहनशिलताको मान्यता राखेर सुशासनको अनुभुतिको प्रयास शुरु गर्नु नितान्त आवश्यक छ । प्रत्येक नागरिकको मनमा भ्रष्ट्रार गर्नै नहुने कुरा हो भन्ने बुझाउन सक्नु पर्ने आवश्यकता देखिएको छ । घुस लिने र दिने दुवै भ्रष्ट्राचारी हुन भन्ने पुरानो उखानलाई सबै सामु अभफ स्पष्टसंग बुझाउनु सकेमा मात्र भ्रष्ट्राचारीहरुको संख्या कम गर्न सकिन्छ, अन्यथा दिनेले दिउन्जेल मान्छेको जात हो त्यसमाथि पनि पैसा देखेपछि नकार्न सक्ने मान्छे थोरै मात्र हुन्छ ।  ।

सुधिर भद्र
२०७० असार ३० गते

रिवाईन्ड एण्ड प्ले

हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ भन्ने नारा फेरी सुनिन थालेकोे छ । विगतमा बिभिन्न दिवश र औपाचारीक कार्यक्रमहरुमा अनिवार्य गरिएको यी नाराहरु पछिल्लो राजनैतिक परीवर्तनसंगै सेलाएको थियो । परिवर्तनका लहरहरुलाई सबैले समयको मागको रुपमा लिदैं सुनौला भविष्यहरुको कामना गर्दै आत्मसाथ गरेका थिए । लामो समयसम्मको एकतान्त्रिक शासन पद्धती र  सिमित व्यक्तिहरुको हालि मुहाली र उनीहरुको जगजगीमा नेपाली जनाताहरु रुमल्लिरहेका थिए । ०४६ सालको परिवर्तन पश्चात ओईलाएका नेपाली जनताहरुको चेतनामा केहि परिवर्तन अरु आउने हुनकी भन्ने आशाको मुना पलाएको थियो ।
मुलुकले एकतन्त्री राजतन्त्रबाट संवैधानिक राजतन्त्रको रुपमा कोल्टे फे¥यो । विकासका केही नया“ आयामहरु थपियो । एक्लो निर्णय नै सर्बोपरी हुन्छ भन्ने मान्यता हराउन थाल्यो । यद्धपी बहुमतको आधार होस वा शक्तिको अधिकतम प्रयोगको कारण विवादास्पद नियर्णहरुले निरन्तरता पाई रहयो । चुनावी घोषणा पत्र र भाषणहरुमा राष्ट्र र देशको नाम निकै प्रयोग भएतापनि व्यवहारमा यो प्रतिविम्वित हुन सकेन । जनताको विचार बुझने काम स्पष्ट रुपमा गरिएन । त्यसैको फलस्वरुप अल्पमतकै कदर गर्दै राजनीतिमा नौलो शक्तिको विजारोपणको रुपमा माआवादी पार्टीको विजारोपन भयो ।
तत्कालिन शेरबहादुर सरकारलाई अल्टिमेटम दिएर भाला र खुकुुरीको भरमा शुरु गरिएको माओवादी आन्दोलन विस्तारै बिस्तारै गा“उ गाउ“ र बस्ती बस्तीमा फैलन थाल्यो । केही रहर, केही कर अनि केही आस्थाको रुपमा माओवादीमा जनसहभागीता बढन थाल्यो । यसमा कयौ निर्दोष व्यक्तिहरुले ज्यान गुमाउनु प¥यो, कयौ अपाड्डको रुपमा जीवन बिताउन परिरहेको छ सायद यसको बयान गरेर साध्य छैन । माओवादी आन्दोलन चरम बिन्दुमा पुगेको बेला तत्कालिन राजनैतिक शक्तिहरु पटक पटकको शान्ति वार्ता पश्चात पनि स्थापना गर्न असफल भईरहेको थियो । राजनैतिक शक्तिहरुको पनि एक आपसमा एकता हुन सकिरहेको थिएन । यसै कमजोरीलाई फाईदा उठाउदै तत्कालिन राजा ज्ञानेन्द्रले आफू सक्रिय हुने आकक्षा राखेर राज्य सत्ता आफ्नो हातमा लिएर केहि परिवर्तन खोजेका थिए । तर राष्ट्रिय तथा अन्तराष्ट्रिय दवावको कारण उनको त्यो मोहले लामो समयसम्म निरन्तरता पाउन सकेन ।
उनको विरोधमा सात दलले चालेको आन्दोलनले मन्द गति लिईरहेको बेला माओवादीको गठबन्धनसंगै तिव्र गतिमा फैलिन थाल्यो । बिभिन्न पेशागत संघसंस्था, बिद्यार्थी, गांउघरका गृहणीहरुको ठूलो सहभागीतााम ०६२÷०६३को आन्दोलन जुर्मुराउन थाल्यो । उर्लेदो आन्दोलनको भिड देखेर नेताहरु नहौसिने कुरै भएन,झन झन नया“ रुपमा फैलदो अँन्दोलनको अगाडी अन्ततः ज्ञानेन्द्र सरकारले आत्मसमर्पण ग¥यो ।
गिरीजा प्रसाद कोईरालाले लामो समय सम्म लगाई रहेको प्रतिनिधि सभाको पुनरस्थापनाको मागले पूर्णता पायो । उनलाई त्यसबेलाका राजाले एक्लै बोलाएर के भनेका हुन त्यो उनलाई नै थाहा होला कि तत्कालिन राजालाई थाहा हुन । जे भए पनि बिना रत्तपात पूर्ण लामो समयसम्म जरा गाडेर बसेको राजतन्त्र अन्त भयो । राजतन्त्रको अन्त संगसंगै नेपाली भूगोल र एकतालाई अझ बलिलयो बनाउन बिभिन्न निणर्यहरु गरिए ।
सम्पूर्ण जनतामा माओवादी आन्दोलन मुलधारमा आएपछि नेपाली राजनैतिले नया“ फडको मार्ने आश लिएका थिए । उद्यँेगपतिहरुले अब पालो आर्थिक क्रान्तिको भन्ने नारा दिएर आर्थिक विकासमा लाग्नकोलागि पहल गरेका थिए । दिर्घकालिन शान्तिको स्थापना हुनुका साथै मुलुकबाट गरीबि र पिछौटेपनले लामो समयको लागि बाई बाई गर्ने आश गरेका थिए । भोखले चाउरी परेको पेटले दुई छाक खानाको आश गरेका थिए । उपचार नपाएर तडपिएर बसेकाहरुले औषधोउपचारको आश गरेका थिए । बेरोजगारले छटपटिएकाहरुले जागीरको आश गरेका थिए ।
ति आशहरु आशै आशमा बिलिन भईरहे, त्यसमा अब अलि अलि घिटघिटीपन मात्र बाकी छ । लामो समयको किच किच पछी भएको चुनाबबाट गठित संविधान सभाको देहावसान पछि झन जनतामा एक किसिमको निराशापन छाएको छ । नागरीक समाजको नाममा चलेको आन्दोलन जसले ०६२÷०६३ को आन्दोलनलाई सफल बनाउन निकै महत्वपूर्ण काम गरेको थियो । त्यहि नागरीक समाज अहिले दलहरुले गरेको गल्तिहरुलाई सच्याउन बारम्बार आग्रह गर्दा पनि थाकि सकेको छ । सम्पूर्ण जनताहरुमा एक किसिमको नैराश्यपन छाएको छ । पैसाहुनेहरु  र पैसा खर्च गरेर पैसा नहुने दिमाग हुनेहरु दिमाग भाडामा लगाएर विदेशीन थालेको छन् । केही नहुनेहरु रोडमा बसेर राजनैतिक दलले गर्न नसकेका कामहरुको कुरा काटदै चिया गफमा मस्त हुन थालेका छन् ।
यस्तो अवस्थाको भरपुर उपयोग गर्न नया“ शक्ति उदय हुन थालेको छ । देश र जनताको मनोभावना बुझन तत्कालिन राजा ज्ञानेन्द्र आफै जनताको घरदैलो पुग्न थालेका छन् । हुनत धार्मिक भ्रमण भनिएता पनि उनको सक्रियता धर्ममा भन्दा जनातको मनोभावना बुझन अलि बढी भएको देखिन्छ । त्यसमाथि धेरै आश गरेका मानिसहरुबाट निराशाको परिणाम पाएपछी पुरानै शक्तिले बरु केहि गर्छकी भन्नेहरुको झुण्ड देखिन्छ  । ३० औं वर्ष सम्म हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लिएर सरकारको नुन खाएको मान्छे भन्ने भावनामा सरकारी जागिर खाएकाहरुको मनमा राजनैतिक दलहरुको खिचलो देखेर बरु हाम्रै सरकारले केही गर्ने हुनकी भन्ने आशा पलाएको देखिन्छ । शुरुका दिनमा बाहिर निस्कनको लागि गाह्रो हुने ज्ञानेन्दलाई अहिले जहा“ जादा पनि जनताको जय जय र सरकार मुलुकमा केहि गर्नु प¥यो भन्ने अनुरोधले झन गदगदीरहेका होलान ।
हामी जनमतको सरकार, हामी जनताबाट चुनिएर आएका भन्नेहरुले अब सोच्ने बेला आई सकेको छ । हामीमा बौद्धिक वर्गहरुको झुण्ड छ भन्ठानेर आफूलाई ठूला भन्ने राजनैतिक दलहरुले आफ्नो आनी बानीमा परिवर्तन ल्याउने बेला भईसकेको छ । अहिले जनताको मनमा व्याप्त तिक्ताको फाईदा उठाउदै पूर्व राजा ज्ञानेन्द्रले राजनैतिक दलहरुको नाडी छाम्ने काम गरीरहेका छैनन भन्ने अवस्था छैन । लामो समयसम्म यस्तै किचलोले निरन्तरता पाउने हुन भने फेरी हाम्रा पुराना नाराहरु पुन एकपटक सबैले रिवाईण्ड एण्ड प्ले गुर्न पर्ने दिन नआउला भन्न सकिन्न ।
 
सुधिर भद्र
२०७० असार १२ गते , राती १०ः१५ वजे