Saturday, December 1, 2012

पचहर्वा रिभिजिटेड



“पाईलागु मालिक, हमर खेतमे पानी नलगली खेतो पुरा बाझ है”, आगनभरी बसेका गाउलेहरु मध्येबाट एकजनाले मरो हजुबुवालाई सुनाए । पुरानो काठको मेचमा उपरखुट्टी लगई, बुढी औला र चोरी औलाको बीच भागबाट बिडी तानेर मेरो हजुरबुवा समस्या सुनी रहनु भएको थियो । सफा सोतो धोती, सेतो कुर्ता अनि स्टकोटमा सजिएका हजुरबुवा “महिन्दर ऐ महिन्दर ऐने आ, ओ बैलके वाहर लकर बाध न”  भन्दै हाम्रो मामाघरको गाई बस्तु हेर्ने मानिसलाई पनि काम लगाउन भ्याई रहनु भएको थियो । २० वर्ष अधिको मेरो मस्तिष्कमा यी धभिला स्मरणहरु अझै पनि खेलिरहन्छन ।

२०४६ सालको जनआन्दोलनमा ६ जना सहिद भएको धनुषा जिल्लाको यदुकुहा गाविससंगै जोडीएको मेरो मामाघर पचहर्वा गाविसमा अव ति धमिला स्मरणहरु केवल ईतिहासका पाना मात्र भईसकेछन् । युवा उमेरमा नै काठमाण्डौबाट जग्गा जमिन सम्हाल्न पचहर्वा आईपुग्नु भएका हजुरवुवालाई तराईको रमाईलो नै प्यारो लागेर स्थायी रुपमा नै गा“उमा बस्न थाल्नु भएको थियो । तराईको गाउ“मा चल्ता फुर्ता काठमाण्डौ बाट आएको युवकको शान नै छुट्टै थियो उनको । सायद त्यहि भएर होला उनले पञ्चायत कालाम लामो समयसम्म पचहर्वा गाविसको प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए ।

पचहर्वाका उतीवेलाका ति दिनहरुमा उनी राजर्षी सानका साथ बसेका थिए । उतीबेला उनको बोलीले नै कानूनको काम गथ्र्यो । गा“उमा समस्या आई प¥र्यो भने त्यसको समाधान प्रधानजी अर्थात मेरो हजुरबुवाका हुन्थ्यो । गाउ“लेहरुमा बादविवाद आएमा त्यसको न्याय निसाफ छुट्टयाउने काम प्रधानजी अर्थात काजीबावुले नै गर्थे । त्यो सबैलाई स्वीकार्य पनि हुन्थ्यो । सयौ विघा जमिनको हेरचाह गर्न दुई दर्जन भन्दा बढी जन अर्थात कामदारहरु थिए । भैसीको शुद्ध दुघ  विहानको नास्तासंग पाईन्थ्यो । ध्यूका ठूला ठूला डब्बा हुन्थे, माटोको भाडोमा दही दलिनमा झुण्डाईएको हुन्थ्यो ।

प्रधानजीको पहिलो सन्तानको विहे अर्थात मेरी आमाको विहे भव्य रुपमा भएको थियो रे । भीमफेदीमा जन्मेका मेरो वुवा र पचहर्वामा जन्मेकी मेरी आमाको लगन जुरेको थियो । उतीवेला गा“उ हिडेर जानु पर्ने भएकोले हजुरवुवाले दुलाहकोलागि हात्तिको व्यवस्था गरी दिनु भएको थियो जसको प्रमाणको रुपमा पुरना फोटोहरु अझ पनि विद्यमान छ । प्रधानजीको पहिलो नाती भएकै कारणले होला मैले मामाघर जा“दा कहिल्यै पनि हिड्नु परेन । म सधै महिन्दरको काधमा बसेर मामाघर पुग्थे ।

एक किसिमको प्राकृतिक सुन्दरता गा“उमा थियो । बासको चोयामा माटोले छापेर बनाईएका घरहरुको बीचमा पक्कि घर एउटा प्रधानजी अर्थात हाम्रो मामाघर थियो । हाते कल सार्वजनिक ठा“उहरुमा राखिएको थियो । केहि स्थानहरुमा ईनार पनि थियो । हाम्रो मामाघरमा चाहि आगनमा नै हाते कल राखिएको थियो । मान्छेको नाम उनको आफ्नो जन्मस्थानसैगै जोडेर बोलाउने तराईको पुरानो प्रचलनको कारण बीर्ता वाली, खजुरी वाली, गिदाहा वाला जस्ता नामले यहा“का गाउ“लेहरुलाई उपनामले बोलाईन्थ्यो ।

२०४६ सालको जनआन्दोल पश्चात आएको मुलुकमा आएको परिवर्तनले हाम्रो मामाघरमा पनि असर गर्न थालेछ । सोझा साझा गाउ“लेहरुको बीचमा सोषक र सामन्तिको परिभाषाको गलत व्याख्या गर्न थालिएछ । प्रधानजी माथि आ“खा जुधाएर बोल्न नसक्नेहरु औला ठडाएर कुरा गर्न थालेछन् । काम नगरे दैनिक हातमुख जोर्न गाह्रो हुनेहरु काम गर्दा सोषित भएको सम्झन थालेछन् । विस्तारै मामाघरमा काम गर्ने जमातमा कमि आउन थाल्योे । तर जतिसुकै हक अधिकारको कुरा गरेपनि काम नगरी माम नपाईइने तितो यथार्थ सवैले बुझन थाले । आफू अन्य काम गर्न सक्षम नभएपछि पुनः खेतको काम गर्ने प¥र्यो । विस्तारै सोषकको र सामिन्तको गलत परिभाषा लगाउन कुचेष्टा गर्नेहरु आफै असफल हुन थाले ।

अहिले हजुरवुवा बितिसक्नु भयो । गाउ“को सम्पूर्ण जिम्मेवारी हजुरआमाले हेरी रहनु भएको छ । मामा जागीरे भएका कारण गा“उमा त्यति बस्न पाउुन हुन्न । वंशाणुगत गुण भएर होला उहा“लाई पनि राजनैतिक सचेतना छ । आफ्नो रिटायर्ड लाईफ गाउ“मा नै बिताउने उह“ाको योजना छ । खोल लगाएर कोठाको भित्तामा राखिएको पुरानो गितार र ब्रसुली सैलीमा खिचिएको पुराना श्याम स्वेत फोटोले उनले आफने उमेरमा प्रधानजीका छोराले गरेका सौखहरु प्रतिविम्वित गर्दथ्यो ।

गा“उमा मधेश आन्दोलन ताका सेलाएको सम्बन्ध अहिले फेरीएको छ । अहिले गाउ“का अधिकाशं युवाहरु विदेशिएका छन् । गाईबस्तुको हेरचाह र खेती किसानीकाम गर्नकोलागि जनशक्तिको अभाव भई सकेको छ । माटाका घरहरु विस्तारै पिल्लर हालिएर पक्कि हुदैछन् । साईकल चढने कुरा नै ठुलो भएको गा“उमा अहिले घरै पच्छिे मोटरसाईकल देखिन थालेको छ । पहिले कछाड र लुड्डीमा देखिने मानिसहरु अहिले ब्राण्डेड विदेशी कपडामा देखिन्छन । विदेशी रेमिटेन्सको प्रभाव स्पष्ट भेटिन थालेकोे छ । विदेशीएकाहरुले धेरै पैसा पठाएर होला गा“उमा भैसी पाल्ने चलन हराउन थालेछ । पहिले शुद्ध दुध फालाफाल हुने ठा“उमा दुधवाला चिया खान आधा धण्टा पर दुध लिन जानु पर्ने भएछ ।

अध्ययनको कमि, दक्ष सीपको कमि भएका गाउलेहरु पूर्णरुपमा निर्माण कम्पनिमा काम गर्ने अदक्ष कामदारको रुपमा अरव, कतार पुगेका छन् । कोहि त दुःख पाएर फर्कि पनि सकेका छन् । हाम्रो घरमा बेला बेलामा मामाघरको कोसेली ल्याउने काम गर्ने शिवजीका तिन छोरा पनि विदेशमा रहिछन् । “हमर एगो बेटा साउदी, एगो कतार या एगो मलेसिया मे है । यी छोट्का कै पोता है” भन्दै काखमा भएको सानो नाती देखाउदै, आफ्नो विदेशिएका छोराहरुको बारेमा सुनाउदै थिए । अहिले गाउ“मा प्रष्ट रुपमा देखिएको परिवर्तन भन्नु पर्दा उतीवेला युवा देखिएका अहिले सबै बुढा देखिन थालेछन् । अनि सबैको घरमा एउटा वा दुईटा नाता नातिनी भै सकेछन् ।धेरै परिश्रम पनि पौष्टिक तत्व युक्त खानाको अभावले होला यहा“का पुराना पुराना मानिसहरुको अल्प आयुमा नै मृत्यु भै सकेछ । बा“की भएकाहरुमा पनि बिभिन्न किसिमका रोगहरु देखिन थालेछ । यहा“ पनि शहर तिर जस्तो ब्लड प्रेसर र सुगर सामान्य हुन थालेछ । उतीबेलाका पानी खाने ईनारहरु पुरीन थालेछन ।

गाउ“मा गरिएको उल्लेख्य विकासको रुपमा विद्युतको सुविधा र यातायातको सुविधालाई देखिन्छ । टुकि बत्ति र लालटिनको शाहरामा बस्नु पर्ने गा“उ अहिले झिलमिले भएको छ । यद्यपि अहिले पनि विद्युत आउने जाने समयको कुनै टुंगो छैन । पहिले जनकपुर जयनगर चल्ने रेल चढेर मामाघर जानु पर्ने वाध्यता थियो  । परवाहा, महिनाथपुर वा वैदही स्टेशनमा ओर्लेपछ तीन या चारघण्टा हिडेपछि पचहर्वा पुगिन्थ्यो । अहिले त्यो वाध्यता हटेको छ । जनकुपुरबाट यदुकुहासम्म दैनिक पा“च छ वटा बस चल्दो रहिछ । बाटोको अवस्था हेर्दा वर्षायाममा गाडी चल्न सक्ने सम्भावना अलि कम देखिन्छ ।

पछिल्लो जनआन्दोलन पश्चात राजनैतिक चेतनाको विकास भएर होला गाविमा छुट्टाईएको बजेटबाट केहि सामान्य विकासका कार्यहरु भएको देखिन थालेको छ । गाविस स्तरीय राजनैतिक चलखेल पनि देखिन थालेछ ।


सुधिर भद्र
२०६९ मंसीर ११ गते