Thursday, August 30, 2012

भट्टराईको ट्रयाक्टर एडभेन्चर


प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताड्ड गाडी चढेर शुरुका दिनमा जति लोकप्रियता कमाउन थालेको थिए त्यसले लामो समय सम्म निरन्तरता पाउन सकेन । उनका मन्त्रिपरिषदका सदस्यहरुले बेला बेलामा गर्ने क्रियाकलाप उनको लोकप्रियतामा कमि ल्याउने प्रमुख तत्वका रुपमा रहे । त्यसका साथ साथै उनी आफै पनि बिभिन्न कारणले गर्दा बिवादित बन्दै गए । सायद उनी आफैमा नराम्रो व्यक्ति होईन होला तर समयकालले उनलाई त्यस्ता कमद उठाउन बाध्य पारीए होला । जे भए पनि एक जुगका राम्रा ईन्जिनियर त्यसमाथि पनि विद्यावारीधि गरी सकेका व्यक्तिले नेतृत्व लिदा अवश्य पनि देश र जनताको हितकोलागि नै कार्य गर्छन होला भन्ने आश सबैको थियो । उनले आफैले अर्थ मन्त्रीको जिम्मेवारी सम्हाल्दा गरेका आर्थिक सुधारले पनि सर्वसाधारण धेरै आशावादी थिए । तर विविध कारणले गर्दा उनले गर्न सक्ने र गर्न खोजेका काम गर्न सकेनन होला । उनी द्वारा नरुचाईएका कार्यहरु गर्न वाध्य भए होलान । त्यत्तिका बिचमा पनि उनले एउटा नौलो कामको फेरी शुरुवात गरेका छन । प्रत्येक महिना बिभिन्न गाविसमा पुगेर स्थनीयवासीहरुसंग एक दिन विताउने ।

उनको यो कार्यक्रम स्थानीय स्तरमा पुगेर स्थनीयवासीहरुले स्थानीय स्तरमा भोग्नु परेका समस्याहरु पत्ता लगाउनु होला । उनले त्यहा देखेका समस्याहरुको समाधानकोलागि सरकाले गर्न सक्ने कार्यहरु प्राथमिकतामा पारेर गर्नु होला । यो कार्य अवश्य पनि राम्रो शुरुवात हो तर यो भट्टराईको हेलो सरकार जस्तो सुपर फल्प प्रोजेक्ट नहोस भन्नेमा आशावादी होऔ ।

काठमाण्डौबाट उडेर भरतपुरमा कालो झण्डाको सामना गर्दै लावा लस्कर सहित चितवनको सिद्धि गाविसमा पुग्ने उनको कार्यक्रमको शुरुवात निकै ताम झामका साथ गरिएको थियो । एउटा दैनिक पत्रिकामा ८९ वर्षिय बन्दिपुरे चेपाड्डको बारेमा समाचार प्रकाशन भएपछि उनी सिद्धि पुग्न हौसिएका थिए । सवारी साधन पुग्ने ठा“उसम्म उनी सहित सरकारी कार्यालका उच्च पदस्थ अधिकारीहरु वातानुकुलित गाडीमा पुगे । वर्षायाममा उर्लेर आएको खहरे तर्न नसकेपछि उनीलगायत उनको टोलीको साधन खोला वारी नै छोडेर स्थानीवासीहरुको सदावहार साधन ट्रयाक्टरमा सिद्धि पुग्ने योजना बन्यो । जनयुद्धकाला हिडेका धेरै अनुभवहरुलाई सिद्धि यात्राले रिफ्रेश्मेन्ट गरिदिए जस्तो थियो ।

उनी ट्रयाक्टरमा जानु ठूलो कुरा थिएन तर ती भेगका जनताको यातायातको मुख्य साधन नै त्यही हो भन्ने मुलकका कार्यकारी निकायका म्रमुख व्यक्तिले बुझनु ठूलो कुरा थियो । आकासबाट कहिले कहिले विश्राम लिदै परिरहेको एकनासे झरीमा ट्रयाक्टरको पछाडी भागको ढाला समातेर बसेका भट्टराईलाई ज्ञान छ कि छैन होला त्यहा“का स्थानीवासीहरुकोलागि त्यो साधन नै मर्सिडिज वेन्च भन्दा पनि बढि महत्वपूर्ण छ । त्यसमा समातेर हिड्दा हिड्दा हातका छालाहरु खुईलिएर ठेला परिसकेका छन् । त्यो पनि छुट्यो भने घण्टौ पैदल हिडनु पर्ने बाध्यता उनीहरु माथि छ । एम्बुलेन्स भने पनि, बस भने पनि, ट्याक्सी भने पनि उनीहरुको एउटै रोजाई त्यहि साधन हो ।

गाविस सचिव र हेल्थपोष्टका डाक्टरसावको अनुहार कहिले कहि मात्र देख्न पाउने स्थानीयवासीहरुले यतिका धेरै उच्च पदस्थ सरकारी कर्मचारीहरु देख्न पाउनु धेरै ठुलो कुरा थियो । भट्टराईज्यू तपाई सरकारी मेजमानीमा स्वास्थ्य चौकीको पक्की घरको कोठामा रात बिताउनु भयो होला । चिसो भुईमा भए एकसरो कपडा त्यो पनि नभए पोलिथिन बोरा ओछ्याएर बस्नेहरुलाई के थाहा सुत्केरीको बेलामा त्यहि हेल्थपोष्टमा कति पटक चिकित्सकको नियमित परिक्षण गराउनु पर्दछ भनेर । गांउका केहि सिमित टाठाबाठाहरुलेमात्र कखरा सिक्ने मौका पाएका र अरु अहिले पनि तीन बिसको हिसाव गर्नु पर्नेहरुलाई शिक्षाको महत्व र यसले पार्ने दुरगामी असरको बारेमा के थाहा ।

तपाई एक दिनको लागि जा“दा आपतकालिन औषधि र अन्य प्राथमिक उपचारको साधनसंगै लिएर जानु भयो होला । जहा“ झाडापखाला लागेको बेला जीवन जल पाउनु नै ठूलो कुरा छ । जे जस्तो रोग लागे पनि सिटोमोल र ब्रुफिन नै सबै रोगको उपचार गर्ने प्रमुख औषधि भनेर बस्नु परेको छ । स्वास्थ्यकर्मी भन्दा पनि धामी झार्की सर्वशुलभ भएर विरामीहरुको उपचारको पहिलो रोजाई शुक्र लागेको र शनिको दशा शान्ति स्वस्ती गराउनेमा हुन्छ । उपचार दोश्रो स्तरमा मात्र हेल्थपोष्ट र अस्पताल जानु पर्नेलाई लिईनछ ।

भट्टराईज्यू तपाई जानु भएको दिनमा त भान्छामा तपाईसंगै गएका सहयोगीहरुले मिठै कुराहरु पकाएर खुवाए होला । जहा“ चामलको अनुहार हेर्न दशैं तिहार कुर्नु पर्दछ वा कुनै दाताको दिन कुर्नु पर्दछ । गर्न सके दैनिक ज्यालादारी नसके जंगली कन्दमुल र अन्यको भरमा बस्नु परेका छन् । जसको प्रभाव बालवालिकादेखि बृद्ध बृद्धासम्म सबैलाई परेको छ । तपाईले त्यहा आफ्नो तिर्खा मेटाउन मिनरल वाटर खानु भयो होला तर खोलाको तरिमा रहेको कुवा कुलेसोको धमिलो पानी नै त्यहाका स्थानीयवासीहरुको प्यास मेटाउने श्रोत हो । त्यसमा हुन सक्ने किटानु र त्यसले पार्न सक्ने प्रभावको बारेमा न तिनलाई हिजो थाहा थियो न आज थाहा छ ।

भट्टराईज्यूले एक रात बिताउनु भयो, अध्ययनशील र विवेशिल मानिस भएका हुनाले उहा“ले धेरै कुरा बुझनु भयो होला । उहा“संगै जानु भएका भर्खरनै निजामति सेवाका उच्च व्यक्तित्व लिलामणी पौडेलले पनि त्यहा“को यथास्थिति राम्रोसंग बुझ्नु भयो होला । नेपालका ग्रामीण क्षेत्रमा देखिने अंधिकाशंको सामुहिक समस्या र आवश्यकताको प्रतिनिधित्व सिद्धि गाविसले गर्दछ । त्यसैको आधारमा सरकारी सेवा चुस्त दुरुस्त राख्नको लागि व्यवहारीक रणनीति बनाउनु हुन्छ होला ।

बेला बेलामा गरीने भ्रमण दुई चार जना गरीव गुरुवाहरुलाई बांडिने लत्ता कपडाहरुले समस्याको दिर्घकालिन समाधान गर्न सक्दैन । एक हुल मानिस जम्मा गरेर पत्र पत्रिकाको मुख्य समाचार बनाएर मात्र हुंदैन  । स्थानीयस्तरमा पुगेर याथास्थिति बुझि सकेपछि त्यहा“ देखिएका समस्याहरुको निराकरणकोलागि आवश्यक कदम चालिनु पर्दछ । भ्रमणमा देखिएका सरकारी कमि कमजोरीमा सुधारको लागि प्रयास गरिनु पर्दछ । यदि त्यसो भएन भने  यो भ्रमण ट्रेक्टर एडभेन्चरकोलागि मात्र सिमित हुन सक्दछ ।

सुधिर भद्र
२०६९ भाद्र ३ गते

Sunday, August 5, 2012

पार्वतीको भट्टी


दिनहरु सुसाउदै गएपछि, पार्वतीको आगन बाक्लिदै जान्छ । दिउसै छोडाएर राखिएको अदुवा लसुन अनि त्यसमाथि खोर्सानीको मिश्रण मासुका बिभिन्न परिकारको लागि तयार भई सकेको छ । छेउमा ग्यासमा मम पकाउनकोलागि पानि तताउने काम पनि शुरु भईसकेको छ । ग्यास चुलोको अर्को पटी मुखमा महिनौ देखि नमाझेर राखेको ताप्केको पिधमा हिजोको भुटुनको केहि थोपाहरु बा“की छ । बाक्लिदै गएको आगनमा मोटरसाईकलहरु अटाई नअटाई हुन थालेपछि टेबल पनि भरिदै गयो । पार्वतीका नियमित उपभोक्ताहरुकोे सा“झ छिप्पिदै गएपछि जिब्रो फपराउन शुरु हुन्छ । जहा“ भएपनि केहि समय ढिलो चा“डो गरी पार्वतीका टेबल सम्हालन आईपुग्छन ।

टेबल नं. १
खाली पेट थियो अस्ति दुई स्टिल नेट हानेको त म झ्याप भईरा, घरमा बा फायर, भर्खरैै जुगाको रेखि बसेका युवा आफ्ना साथीहरुलाई सुनाउदै थिए । अस्ति कलेज हाफ पछी निस्केर जी मा झ्याप नी क्या रिल्याक्स भाको थियो, यो मु......लाई हिड भनेको गएन । आफ्ना पुरानाकुराहरु स्मरण गर्दै धमिलो पानी भरिएको जस्तो देखिने सिसाको गिलास उठाउ“दै थिए । उनीहरु मध्ये कै एकको मोबाईलमा फोन आयो । मोबाईल र उ स्वयंले मात्र सुन्ने स्वरमा अलि संयमित भएर फोन गर्दै थिए । पा“च मिनेटसम्मको फोन सम्वादको अन्तिम तिर मिस यु र सि युको को वर्षादसंगै फोन सम्बाद टुंगियो । यसको जीएफको फोन आको होला हैन, दीनको १० पटक सम्म फोन गर्न सक्छ के मात्र गफ गर्छौ टेबलका  साथी मध्येकै एकले प्रश्न गरे । फोन उठाउने साथीले स्पष्टिकरण दिदैं भने अस्ति हामी डेट गाको त्यसको बाले देखेछ क्या ११ को हो भनेर सोधेर ¥याग गरी रा छ रे क्या । के गर्ने बाल मतलव छैन, धेरै किच किच गर्न थाल्यो भने तेललाई लिएरै जानु पर्छ यार ।  एउटै प्लेटमा राखिएको नास्तामा भएको चार चम्चा मध्ये एउटा चम्चाले भटमास र दुई चोक्टा सुकुटी अठाएर मुखमा हाल्दै योजना सुनाउन थाले ।

टेबल नं. २
दीदी मःम ३ प्लेट, नास्ता २ ठा“उ अनि कचिला १ राख्दीनु है, अधवैसे मानिसहरुको समुहबाट पार्वतीलाई उनको रेगुलर मेन्युबाट अर्डर आयो । उनीहरु त्यहा आउनु भन्दा अगाडी अर्कै भोजमा मान मनितो भएर आईसकेका रहेछन । उनीहरुको दैनिक रेगुलर कोटाको केहि अंश भोजमा पुरा गरिसकेको भएतापनि पार्वतीको हातको स्वादको न्याश्रो मेटाउन उनीहरु आएका रहेछन् । ये सुन्न आई डन्ट लाईक टु ड्रिक बट यु फोर्स मी क्या, एकजना जिब्रो लरबराउर्दे अरु साथीहरुलाई आरोप लगाउदै थिए । यो अफिसबाट सिधै आएको थियो खाली पेटमा दुई प्याग हानेको थियो यसलाई धेरै भए जस्तो छ । अर्कोले उसको व्यवहार प्रति टिप्पणी गर्दै सुनाए । यसलाई खाएपछि अंग्रेजीको जा“च दिन लगाउनु पर्ने बोर्ड फस्ट नै हुन्थ्यो कि क्या हो, अर्कोले कटाक्ष गरे त्यहा हा“सोको फोहरा छुट्टयो । उनीहरुले त्यहा राष्ट्रिय देखि अन्तराष्ट्रिय चिन्तन सम्म गर्न भ्याए । सबैभन्दा धेरै गालि नेताहरुलाई गरे त्यसपछि स्थानीय निकायहरु पनि उनीहरुको गालिको सिकार भए । सबै जनाको सामूहिक स्वर एउटै थियो सा‘‘ नेताहरुले देश विगारे । उनीहरु तार्किक हिसावमा सहि छन वा गलत छन त्यो आफ्नो ठांउमा छन तर आफ्नो कुण्ठा पार्वतीकाको सोमरस पान गरेपछि आक्रमक रुपमा बाहिर आएको जस्तो लागेको थियो ।

टेबल नं. ३
आईरन गरिएर कडा पारिएको क्रिज सहितको सेटो सर्ट र निलो पाईन्ट लगाएका दुई भद्र एउटा कुनामा बसेका थिए । गिलास विस्तारै दाया“ हातले उचालेर मुखमा एक चुस्की लगाएपछि हा‘आ‘ गरेर मुख विगारेर गिलास टेबलमा पुनः राखे । आजको त्यति मिठो छैन, अस्तिको स्वादिलो थियो । पुराना स्वादका पारखी जस्तो उनीहरु सोमरसको मुल्याड्ढन गर्दै थिए । सधै हाकिमको अघि पछि गरेर मात्र हुन्छ, तेसले हाकीमलाई तेल घसेर काज मिलाएर खाई राछ । मलाई कुन दिन झोक चल्छ म हाकिमसंग डाईरेक्ट कुरा गर्छु । अस्ति पनि म काठमाण्डौ जानु पर्ने थियो यसो काज मिलाई देला भनेर सोध्न गाको त तेसलाई पठायो । हाकिमको व्यवहार प्रतिको असन्तुष्टि प्रकट गर्दै थिए । अर्कोले मुन्टो हल्लाउदै मौन समर्थन दिंदै आएका थिए । बेला बेलामा उसको आफ्नो असन्तुष्टि पनि सुनाउदै थिए । उनीहरु आ—आफ्नो संगठन मार्फत हाकिमको सरुवाको लागि केन्द्रिय स्तरका नेताहरुलाई पनि फोन लगाउ“दै थिए  । उताबाट पनि चा“डो भन्दा चा“डो सरुवाको व्यवस्था गरीने आस्वासन पाउदै आएका थिए । यसलाई सरुवा गर्नु पर्छ अनि अर्को आउनेलाई पहिल्यै पढाउनु पर्छ । सुर्य चुरोटको लामो सर्को तान्दै वियरको प्रचार खुईलिएको पुरानो खरानी दानीमा चोर औलाले टवाक्क ट्वाक्क खरेर चुरोटको खरानी झार्दै सुनाए ।

टेबल नं. ३
के छ पार्वति दीदी ११ आज बिल पास हुन्छ भनेको आज पनि पास भएन । तपाईको अझ दुई चार दिन ढिला हुन्छ है । धुलै धुलोले ज्याकेट टकटकाउ“दै सुनाउदै एकजना निर्माण व्यवसायी पार्वती दिदीसंग भर्खर साईट गएर आएको व्यख्या गर्दै थिए । उनीसंग भएका अरु साथीहरुलाई भन्दै थिए कस्तो चोरहरु उसै त स्टिीमेट भन्दा ३० प्रतिसत लो रेटमा काम गरेको छ,  त्यसमाथि पेमेन्टको चेक लिन पहिल्यै नै उसको कमिशन चाहियो भन्छ । ओभरसियरले फोन गर्दैथ्यो, के गर्ने यीनीहरुलाई नदीए बिल पास नै हुंदैन सीसाको गिलासमा भरिएको तरल एक धुट्कोमै स्वाट्ट पारेर लामो सास लिदैं सुनाउदै थिए ।

पार्वती पालै पालौ सबै टेवलको अर्डहरु सुन्दै त्यहि अनुसार पु¥याउदै आई रहेकी थिईन । उनको हात चुलोसंगै टेबलमा राखिएको कपिमा चल्दै थियो । तेलले अलि फोहर भएको धर्के कपिमा शिशु कक्षाका विद्यार्थीको अक्षर जस्ताें अक्ष्ँरले टेवल नं. सहित हिसाव राख्दै थिए । खानपिनको कार्यक्रम सकिएपछि जाउ“ है दिदी भन्दै विदावारी माग गरी उनका नियमति ग्रहकहरु फर्कन थालेका थिए । उनी पनि हवस भन्दै आत्मियता पूर्वक अभिवादन फर्काउदै फेरी भोलीको तयारीमा जुटन थालिन ।

सुधिर भद्र
२०६९ श्रावण २०