Sunday, November 1, 2020

मेरो बुवा अल्कोहोलिक होईन (बुबाको १३ औंदिनको पुण्य तिथीमा)


 दुई साता अघि श्वास प्रस्वासको समस्या भए पछि हेटौडा अस्पतालमा बुवालाई लिएर गएका थियौ । एक्सरेमा निमोनिया अलि गहिरीएको देखिएपछि हेटौडा अस्पताका चिकित्सकहरुले आईसीयू भएको अस्पतामा लान सुझाव दिए । सामान्य गाह्रो भएर आएको बिरामीलाई अन्यत्र रिफर गरेर जांच्न जानु पर्छ भनेर हामीले सोचेका पनि थिएनौ । जानै पर्ने भएपछि तत्काल एम्बुलेन्स् बन्दोबस्त गरेर भरतपुर पुग्यौ । भरतपुरको ठूलो अस्पताल पुग्दा त्यस्तै किसिमका समस्या लिएर आएका धेरै विरामीहरु थुर्पै थिए । बालबालिका, युवा युवति देखि बृद्धबृद्धासम्म सबै श्वास प्रश्वासको समस्याले ल्याईएका थिए । 

हाम्रो विरामीको बारेमा केहि समय पछि सोधि खोजी भयो । स्वास प्रश्वास्को समम्या भन्ने बित्तिकै पहिला उहां“हरुले कोरोनाको शंका गर्नु भयो । फेमीली हिस्ट्री लिनु भयो । कोरोना जा“च गरेर किन नआएको भन्ने विषयमा त्यहा“का ड्युटी ईन्चार्जले लामो भाषण दिन थाल्नु भयो ।  अनि बिरामीको हिस्ट् सोध्न थाल्नु भयो । रक्सि चुरोट लिनु हुन्छ भनेर थाहा पाएपछि, रोगको सबै कारण रक्सि चुरोट ने ह्ँे भन्ने निचोड सुनाईयो । विहानै देखि रक्सि चुरोटको मातमा मात्तिने मानिसको जस्तो व्यवहार देखाईयो । त्यहि सूचना सहकर्मी र जुनियर स्टाफहरुलाई पनि दिईयो । मैले जीवनमा अहिलेसम्म मेरोबुवा रक्सिले सधै मात्तिएर घर आएको देखेको छुईन । एकपल्ट राती घर आंउदा मात्तिएर आएदा म भर्खर एसएलसी पास गर्दाको समय विहानै म संग माफ माग्नु भएको थियो । सानै देखि दुःखमा हुर्केको हुनाले उहालाई दैनिक रुपमा खान पिनको बानी बसको होला । अहिलको सडक विभाग तत्कालिन आरटीओमा जागीर खादा देखि अहिलेको सडक विभागको नायव सुब्बाको जिम्मेवारी सम्हालदै रिटाएर हुंदासम्म साथीभाई संग जम्ने बानी परेको होला । हो मेरो बुवा ले रक्सि सधै खानु हुन्थ्यो उहा“को कोटा कोकको २ सया ५० एमएलको बोतलको एक बोतल थियो तर उहा“ कहिले मात्तिनु भएको थिएन । सधै नियन्त्रित नै हुनु हुन्थ्यो ।

कोरोनाको रिर्पोट नेगेटिभ आई सके पछि पनि निमोनियाको समस्याको प्रमुख दोष दिएर विरामीको मनोवल खस्काउनु भन्दा मनोवल उच्च राखेर उपचार प्रक्रियामा ध्यान दिने शैलीको अभाव मैले चिकित्सकको पहिलो दोश्रँे सम्वादमा नै ख्याल गरेको थिए । अहिले कोरोनाको बिरामीको चापको कारण स्वास प्रश्वासका बढि उमेरका बिरामीहरु त्यस माथि रक्सि चुरोट खाने बिरामी भने पछि उनीहरु बिरामीको उपचार भन्दा अव बिरामीको समय आयो गाह्रो छ बचाउन भन्ने सुचना प्रवाह गर्न व्यस्त देखिन्थे । त्यो बिरानो शहरमा मेरो बुवालाई एउटा अल्कोहोलिक पेसेन्टको चिनारी दिलाउन सबै व्यस्त थिए । चिकित्सकको पहिलतो दायीत्व भनेको उनको रोगको पहिचान गरी उपचारमा लाग्नु हो । सधै रक्सिले मातेर हल्लेर बस्ने यदि उपचार गर्न आए भने पनि पहिलो उनको उपचारमा लाग्नु पर्छ ।

भीमफेदीको ११ सालको बाढी पिडितहरुलाई हेटौडामा जग्गा मुआव्जा दिए पछि हजुरबुवाको परिवार बुवा सहित अहिले को वन विज्ञान अध्यन संस्थानमा बसेको थियो । त्यहा पनि क्याम्पसले जग्गा अधिग्रहण गरेपछि हेटौडा वडा नं. ९ मा हाम्रो बसाई सरेको थियो । हजुरबुवा भीमफेदीमा राणाहरु आउंदा जांदा उनीहरुंग बाक्लो संगद परेको हुनाले सामाजिक कार्य गर्न अलि क्रियाशिल हुनु हुन्थ्यो । उहाको सक्रियतामा बनेको पानी खाने जरुवाको धारा अहिले सम्म छ  । जसको पछिल्ला क्रममा उदय थापाको सक्रियतामा मन्दिरको पुरनरनिर्माण र राजेन्द्र भट्राईको सक्रियतामो बिभिन्न भौतिक पूर्वाधाहरु निर्माण भएका छन । हजुरबुवाको सिको गर्दै बुवा पनि हालको भुट्नदेवी माध्यामिक बिद्यालय तत्कालिन हिमालय रात्री स्कुलमा अध्ययन गर्दै सामाकिज कार्य तथा आरटीओमा पनि जागीर शुरु गर्न थाल्नु भयो ।

२०२० साल तिर होला पशुपतिनगरका सक्रिय बासिन्दाहरुको सहयोगमो हालको प्रगति उच्च माध्यामिक विद्यालय प्रगति स्कुलको नाममा स्थापना गर्न बुवा पनि सहभागी हुनु भएको थियो । खानेपानी उपभोक्ता समिति मार्फत खानेपानीको व्यवस्थागर्न गठित समितिमा बसेर कार्य गर्नु भएका,  नेपाल रेडक्रश सोसाईटी उपशाखा ८ र ९ स्थापना गर्न पनि सक्रिय रुपमा सहभागी हुनु भएको थियो । पछिल्लो क्रममा नेपाल भाषा खलः को उपाध्यक्ष र काबा अध्यक्षको जिम्मेवारी  र सीतु बचत तथा ऋण सहकारी संस्थको सदस्य समेतको जिम्मेवारी सम्हाल्नु भएको थियो । 

सडक विभागको जागिरको क्रममा थुप्रै समय पालुगं बस्न भएको थियो । त्यस समयमा आदरणीय तुलसी थापा त्यहिको विद्यँलयमा अध्यापन गराउन हुन्थ्यो सायद उहा“कै संगतको प्रभावले होला नारायण मिलनको साहित्यिक उपनामले कोरीएका कविताहरु अहिले पनि पुरानो डायरीमा भेटिन्छ । आदरणीय स्व.भीम विरागज्यूले निकाल्ने पत्रिकामा पनि बुवाको सहयकार्य थियो क्यारे ।

जागिरकै क्रममा जनकपुर मुजेलियामा हामीले पनि प्राथमिक कक्ष्ाँ त्यहि अध्ययन गरेका थियौ । २०४२÷०४३ सालतिर होला सायद हामीले सुब्बा सावको छोरा छोरीकै हैसियतले राम्रो सुख सुविधा भोगेका थियौ । कहिले कहि सडक विभागको पुरानो रसियन जिपमा हामी हेटौडा जनकपुरसम्म गथ्र्यौ  । २०४९ सालमा ३० वर्षिय सेवा अवधिको कारण रिर्टायर हुन भएपछि छोरा छोरीहरुको उच्च शिक्षाको जिम्मेवारी बहन गर्न अलि गाह्रँे भएको थियो । समय अनुसार व्यवस्थित हुदै गयो । आईरन गरेर क्रिज मिलाएको सर्ट पाईन्ट, लाईनिड गरि मिलाईएको कपाल, कालो चश्मा, खल्तिमा डायरी र काईयो उहा“को ट्रेडमार्क थियो । आफ्नो छोरा छोरीको सानो भन्दासानो सफलता पनि सुनाउन निकै हातारिनु हुन्थ्यो । चोकमा बसेर उमेर ७५ भए पनि सधै आफूलाई युवा सम्झेर चोकमा चुरोट तानेर गफ गरी बस्ने उहा“को सौख थियो ।

अस्पतालमा दैनिक हजारौ बिरामीहरु आउछन मेरो बुवा पनि उहा“हरुले हेर्ने हजारौ बिरामी मध्ये एक थियो होला । उहा“हरुको सामुन्ने एउटा शिष्ट विद्यार्थी जस्ते मैले शिष्ट रुपमा म प्रस्तुत भई रहेको थिए । दैनिक ६ हजार तिरेर आईसीयूमा उपचार गरी रहेका म र मेरा बुवासंग बोल्न ६ सकेण्ड पनि उहा“हरुसंग समय थिएन । मैले शिष्ट रुपमा राखेका प्रश्नको उत्तर दिन पनि उहा“को शिष्टतामा खडेरी परेको थियो । सुब्वा सावको सौखमा बसेका मेरो बा लाई चिकित्सकको व्यवहार मन परेको थिएन । मेडिकल कलेज भएको हुनाले मेरो बुवा लगायत अन्य विरामी उहा“हरुकोलागि विरामी मात्र नभएर एउटा केश थियो जुन केशमा मेडिकल अफिसरहरु प्रयाक्टिकल गरि रहेका थिए । उनीहरुको सोचमा एउटा कमि थियो त्यहा लाईएका बिरामी उसको परिवारकोलागि हजारौमा मात्र होईन करोडौमा एक हो ।

अस्पतालको एक साताको उपचार पछि बुवाको स्वास्थ्यमा सुधार आए पछि हामी खुशी मनाउदै घर फर्केका थियौ । एक सातासम्म हामी हाम्रो परिवार हासि खुशी बसेको थियो । अस्पतालबाट फर्केको एकसाता पछि हामीलाइै धेरै माया गर्नु हुने, सत्कर्ममा प्रेरित गर्नु हुने,सधै अनुशासनमा बस्न सिकाउन हुने, हाम्रँे सानो भन्दा सानो प्रगति सबैलाई सुनाउन हातारिनु हुने, हामीलाई सधै स् साना बालबालिकाहरुलाई जस्तो केयर गरी रहुन हुने हाम्रो बा यस पटक को विजय दशमीमा सधै जसो विहानै चिटिक्क परेर हाम्रो सफलताको कामान गरी टिका लगाएर धेरै आशिष दिन हुन भौतिक रुप्मा हामी माझ हुनु हुन्न तर हाम्रो वरपरका प्रत्येक बस्तुमा बा को स्मृति ताजा छ, बा र हामी संगै छौ ।


सुधिर भद्र

२०७७।७।२१