Wednesday, February 5, 2020

विम्ब र प्रतिविम्ब

न बुटा कुदेर राम्रो बनाउन सक्छौ ।
न धोएर सफा बनाउन सक्छौ ।।
जे छौ त्यही देखिन्छौ ।
जे छैनौ त्यो देखिन्दैनौ ।।
यो विम्ब र प्रतिविम्बको सम्बन्ध हो ।

न ढाकेर छोप्न सक्छौ ।
न पगालेर गाल्न सक्छौ ।।
जे छौ त्यही देखिन्छौ ।
जे छैनौ त्यो देखिन्दैनौ ।।
यो विम्ब र प्रतिविम्बको सम्बन्ध हो ।

न पखालेर लागेको दाग हटाउन सक्छौ ।
न उखालेर गडेको बचन झिक्न सक्छौ ।।
जे छौ त्यही देखिन्छौ ।
जे छैनौ त्यो देखिन्दैनौ ।।
यो विम्ब र प्रतिविम्बको सम्बन्ध हो ।

न छलेर लगाएको मोहनी दरो हुन्छ ।
न ढाटेर बसालेको प्रित कसिलो हुन्छ ।।
जे छौ त्यही देखिन्छौ ।
जे छैनौ त्यो देखिन्दैनौ ।।
यो विम्ब र प्रतिविम्बको सम्बन्ध हो

सुधिर भद्र
२०७६ माघ २२ गते
sudhirhtd@yahoo.co.uk