Sunday, September 29, 2019

बुद्धको घर चुहिएको छ ।

बेमौसमको वर्षा लागेको छ । जता ततै हिलो नै हिलो भएको छ, हट्यो सारा हिलो मैला, हरायो पानीको वर्षा भन्ने पुरानो कविता पनि अपवादमा पर्न लागेको छ । थन्काएर राखिएको वर्षादी र छाताहरु पुनः सक्रिय हुन थालको छन् । आज रोक्ला, भोली रोक्ला भन्ने पानीले पनि आफ्नो म्याद थप्दै लगेको छ । मौसम विदको भविष्यवाण्ी र गुगल बाबाको भिवष्यवाण्ी पनि घण्टा घण्टामा फेरीन थालको छ । व्यापारी व्यवसायीहरु दर्शैको व्यापार वर्षाले नास हुनेमा चिन्तित छन् ।

यस्तै मौसममा भैरहवामा कार्यक्रमको शिलशिलमामा पुग्दा सहभागीहरुसबैलाई बुद्ध जन्मेको ठा“उमा एक पटक पुग्न हुट हुटी जागेको थियो । आयोजकले पनि सहभागीहरुले घुमाउनकोलागि यातायताको व्यवस्था गरेको थियो । कोही पुग्दै नपुगेका कोही दुई चार वर्ष अघि पुगेका सहभागीहरु सहितको टोली भ्रमणकोलागि हिडेका थियौ । बुटवल भैरहवाको सडकको अवस्था देख्या हाम्रा मनमा बुद्ध जन्मेका ठा“उ लुम्बिनीका धेरै कुराहरु खेलीरहेको थियो । 

भैरहवा शहर छोडने बित्तिकै जव हिलो बाटोमा गाडीको टायर दवेका आवाजमा मन्द गतिमा गाडी चल्न थाल्यो, बुटवल भैरहवा खण्डमा देखिएका राम्रा सडकका कल्पाना त्यहिबाट समाप्त भयो । अरुबेला आधा घण्टा समय लाग्ने बाटो त्यति नै समय थपेर अचेल एक घण्टाको भएको रहेछ । घाम लागेको बेला धुलो अनि पानी परेको बेला हिलो, यहा“को बाटोको पर्याय भई सकेको रहेछ । हामीसंग सहभागी मध्ये एक जना विदेशी पाहुनालाई पनी हामीले बुद्ध जन्मेको ठा“उ भनेर घुमाउन लगको थियौ । बुद्धका बारेमा  यात्रामा निकै गफहरु भएका थिए । लुम्बिनी पुग्ने बेलमा गर्मी भएर झयालको के खोलेका मात्र थियौ उताबाट आएको गाडीले उछिट्ट्एको पानी हाम्रो गाडी भित्र छिरेर विदेशी पाहुनको सटमा लाग्न पुग्यो । हामीले उसलाई बुद्ध सानो छदा“ फुटबल खेल्ने ठा“उको माटो तिम्रौ सटमा परेछ यसलाई भवगान वुद्धको प्रसादको रुपमा लिनु भनेर सान्तवना दियौ ।

विदेशका ठूला ठूला फोरमहरुमा बुद्ध वाज वर्न ईन नेपाल भनेर वहस गर्नेहरु साच्चै नै बुद्ध जन्मेकै ठाउ“मा पुगेर गर्नु पर्ने अत्यावश्यक कार्य गर्न पछि परेको हामीले पायौ । सन् २०२० भिजीट नेपाल वर्ष भनेर मनाउने कुरा आई रहेको बेला । देशकै महत्वपूर्ण गनतव्य लुम्बिनीको बारेमा अझ धेरै सोच्नु पर्दछ । विदेश तिरका साना साना पार्कहरुमा समेत पर्यटककोलागि यथेस्ट सूचनाहरु राखिएका हुन्छन् । तर विश्वको नै ध्यान खिच्नु पर्ने बुद्धको जन्म स्थानमा प्रयापत सूचनाहरुको अभाव देखियो । हामीलाई पनि कति धेरै जिज्ञाशाहरु थियो तर हामीले त्यसबारेमा जान्नकोलागि कहि कतै केहि लेखिएको पाईएन न त सोध्नकोलागि आधिकारीक व्यक्ति कोही पायौ । बाटाको छेउ छेउमा कलात्मक स्ट्रिट ल्याम्पहरु ठडिएका छन् तर बाटोको दाया बाया“को झार ठूलो भएर बाटोको आधा सीमा नै खाई त्यो स्ट्रिट ल्याम्प पनि छोपी सकेको छ । बेलुका त्यसको उज्यालो बाटोमा आउछ की आउदैन त्यस्मा पनि प्रश्न चिन्ह खडा भएको छ ।

मायादेवीको मन्दिरमा पानी चुही रहेको देख्दा सबै भन्दा बढी दुःख लाग्यो । संसार पुरा ब्रम्हाण्ड अनि विश्वमा नेपाल चिनाउने महत्वपूर्ण स्थान त्यहि स्थानमा पानी चुहिनु अनि त्यसको मर्मत सम्हार बेलामै नहुनुले त्यसमा सबै जना सच्चा नेपाली शिर झुकाएको छ । आकाशको पनी चुहिएकोले पुरातात्विक महत्वको केहि सर सामानहरु पनि भिजिएका थिए । त्यसको मर्मत सम्हार कस्ले गर्ने हो थाहा भएन । समान्य चुहिएको देखिएमा त्यसको चुस्त व्यवस्थापन गरी चा“डो भन्दा चा“डो त्यसको व्यवस्थापन गर्नु पर्ने थियो । दैनिक हजारौ संख्यामा आउने विदेशी पर्यटकहरुले यस्तो देखेमा के भन्ठान्छन होला । बुद्ध नेपालमा जन्मेको हो भनेर वकालत गर्नेहरु एक पटक लुम्बिनी जाऔ, सबै भन्दा पहिले बुद्धको घर बनाऔ । बुद्धको घर अहिले चुहिएको छ । हामीसंगै गएका विदेशीलाई हामीले तमाम नेपालीहरुको घर पनि चुहिएको हुनाले बुद्धको घर पनि चुहिएर समस्त नेपाली घरहरुको प्रतिनिधित्व गरी रहेको बताएर हाम्रो लाज ढाक्ने प्रयास ग¥यौ ।

लुम्बिनी विकास कोष लामो समय देखि यस क्ष्ँेत्रको संरक्षण एवम् विकास विस्तारमा लागि रहेको छ । माया देवी मन्दिर, अशोक स्तभ लगाएतका प्राचिन संस्कृतिका घरोहरहरुको संरक्षणमा अलि खटन पटन नपुगेको हामीले महशुस गरेका छौ । मन्दिर वर पर पक्कै पनि फोहर व्यवस्थापनको लागि कर्मचारीहरु खटाईएका होलान तर फोहर भएको ठाउ“मा उपस्थिती शुन्य देखियो । संसारको ध्यान खिच्न सक्ने मायादेवी मन्दीरमा यदि कसैले एउटा कागजको टुक्रा फालेमा एकै छिनमा सफा गर्न आई पुग्नु पर्ने हामीले सोचेका थियौ । त्यहा पानीको खाली बोतल फालिएको घण्टौ भएको थियो तर त्यहा सफाई कर्मचारीहरुको उपस्थिति देखिएन । उक्त बोतल हावाले उडाएर पोखरीमा नै पु¥याउन थाले पछि हाम्रै टोलीको सदस्यले त्यसलाई उठाएर डष्ट विनमा हाले । त्यहा घुम्न आउने पर्यटकहरुसंग झिझो लाग्ने गरी अनियन्त्रित बाल बालिकाहरुले पछि लागेर पैसा मागी रहेको दृष्य देख्दा हामी कुनै गल्लिमा छौ की संसारकै बहुमुल्य पर्यटकीय स्थलमा छौ भन्ने कुरामा अल्मलिएका थियो ।

पर्यटन वर्षको नामाम अवश्य पनि यस पावन भूमिका बिभिन्न कायृक्रमहरु गर्ने योजना बनाएका होला । विदेशी बस र सव स्टेशन हरुमा बुद्ध नेपालमा जन्मेका हुन भनेर ठुला ठुला अक्ष्ँरमा लेखेर राखेका होलान । उनीहरुले बुद्ध जन्मेको ठाउमा तिमीहरुले के के गरेका छौ भनेर सोध्यो भने हामीले के भनेर उत्तर दिने । तिमले त्यो चुहिएको मायादेवी मन्दिर किन बनाएनौ भन्यो भने के भन्ने । यस्ता पावन भुमीमा सर सफाई व्यवस्थापन गर्न सकेनौ भने के भन्ने । लामा लामा अव्यवस्थित झारपात किन व्यवस्थित गरेनो भने के भन्ने ।

हामी अवसरै अवसरको बीचमा छौ । बुद्धको पावन भूमिमा विभिन्न कृषि उत्पादनलाई प्रसय गरेर बुद्धको नाम राखेर उत्पादन गरीएका कृषि उत्पादनहरुको व्यापार लाई अन्तराष्ट्रिय करण गर्न सकिन्छ । तर अहिले त्यस क्ष्ँेत्रमा उव्जाउ योग्य भूमिहरु बिस्तारै बिस्तारै ठूला ठूला कंक्रिट उद्योगहरुले ढाकिन थालको छन् । विशेषगरी बुद्ध घर्म मान्ने मुलुकहरुले यस क्ष्ँेत्रमा उत्पादन भएका कृषि उत्पादनहरु खरिद गरेर लान सक्छन । अथवा बुद्ध र सो संग सम्बन्धित बिभिन्न मायाको चिनोहरु व्यवस्थित रुपमा बनाएर त्यसको व्यापारबाट पनि आर्थिक स्थिति उकास्न सक्छन् ।  सबैले सवै क्ष्ँेत्रबाट बुद्धको जन्मभूमीको बारेमा सोच्ने बेला आएको छ ।

सुधिर भद्र
२०७६ असोज १२